राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

काठमाडौं:  अहिले भइरहेको चुनावमा प्रतिनिधि सभातर्फ १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । चुनावी प्रतिस्पर्धामा उत्रनेमा अधिकांश ४० देखि ६० वर्ष उमेर समूहका नेता छन् । साना र स्वतन्त्र उम्मेदवारी दिनेहरु धेरै युवा छन् । तर पुराना र प्रमुख दलबाट भने ४० वर्ष कटेका उम्मेदवारको संख्या ठूलो छ । त्यसमध्ये पार्टी प्रमुख र शीर्ष नेताहरु भने ७० वर्ष कटेर पनि चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ७० वर्ष कटेका उम्मेदवारमा पर्छन् । मुख्य दलमा ७० वर्ष कटेको धेरै उम्मेदवार कांग्रेसका छन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा।शेखर कोइराला, डा।नारायण खड्का, अर्जुननरसिंह केसी लगाायत सात जना उम्मेदवार ७० वर्ष कटेका छन् । एमालेमा ओलीसहित तीन जना उम्मेदवार ७० वर्ष कटेका छन् । पार्टी प्रवेश गराएर उम्मेदवार बनाइएका जालिम मिया र मंगलप्रसाद गुप्ता ७० भन्दा माथिका नेता हुन् । अरु एमाले उम्मेदवार ७० वर्ष मुनिका छन् । माओवादी केन्द्रबाट भने कोही पनि उम्मेदवार ७० वर्ष कटेका छैनन् । तर माओवादी केन्द्रको चुनाव चिन्हबाट भाग लिएका महिन्द्रराय यादव ८५ वर्ष पुगेका छन् । जसपाका तीन र लोसपाका चार उम्मेदवार ७० वर्ष माथिका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८० वर्ष पुगेका छन् । यो चुनावमा सवैभन्दा जेष्ठ उम्मेदवार भने नेपाली कांग्रेस (वीपी) ले उठाएको छ । गोरखा–२ बाट उम्मेदवार बनेका टीकादत्त पोखरेल ९९ वर्ष कटेका छन् । नेपाली कांग्रेस कृष्णप्रसाद सिटौला (७२) झापा–३ डा।शेखर कोइराला (७२) मोरङ–६ डा।नारायण खड्का (७३) उदयपुर–१ पद्यनारायण चौधरी (७४) सिरहा–१ अर्जुननरसिंह केसी (७५) नुवाकोट–२ रामचन्द्र पौडेल (७८) तनहुँ–१ शेरबहादुर देउवा (७८)डडेलधुरा एमाले केपी शर्मा ओली (७०) झापा–५ जालिम मिया (७५) पर्सा–४ मंगलप्रसाद गुप्ता (७७) कपिलवस्तु–३ माओवादी केन्द्र महिन्द्रराय यादव (८५) सर्लाही–२ नेकपा एकीकृत समाजवादी झलनाथ खनाल (७२) इलाम–१ जसपा राधा थापा (७०) झापा–१ बीरबहादुर राई (७०) झापा–३ नबलकिशोर साह (७३) सप्तरी–१ आनन्द यादव (७३) धनुषा–२ लोसपा महन्थ ठाकुर (८०) महोत्तरी–३ लक्ष्मणलाल कर्ण (७५) पर्सा–१ सर्वेन्द्रनाथ शुक्ल (७२) रुपन्देही–४ जनमोर्चा चित्रबहादुर केसी (८०) बाग्लुङ–१

तनहुँः तनहुँ घिरिङ१ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन ।   शनिबार घिरिङका दुई जना एमाले कार्यकर्ता पक्राउ परेको भन्दै अहिले त्यहाँ मतदान सुरु हुन नसकेको हो । शनिबार घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा भएको बताइएको छ ।   एमाले तनहुँका नेता विष्णुभक्त सिग्देलका अनुसार दुई जना एमाले कार्यकर्ता पक्राउ परेको र उनीहरुको रिहाइ नभएसम्म मतदान रोकिएको हो ।

 भरतपुर:  नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव पछि पनि गठबन्धन कायमै रहने बताउनुभएको छ ।  आज मतदान गरेपछि उहाँले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीकै लागि आफूहरू विवाद नगर्ने स्पष्ट पार्नुभयो । कांग्रेसबट पनि साथीहरू हुनुहुन्छ । शेरबहादुर देउवाजी र गगन थापाजीको पनि कुरा छ तर हामी मिलेरै प्रधानमन्त्री टुङ्ग्याउँछौँ, उहाँले भन्नुभयो ।  गठबन्धनको स्पष्ट बहुमत आउने र आफूहरूले नै सरकार बनाउने पनि प्रचण्डले  जानकारी दिनुभयो । प्रचण्डले शान्तिपुरस्थित प्रहरी स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले मतदान गरेसँगै चितवनमा मतदान सुरु भएको छ । 

कास्कीः  कास्की । कास्की क्षेत्र नं. २ नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन् । पोखरा–३३ भरतपोखरीको शान्ति उदय मावि मतदान केन्द्रमा बिहान ७ बजे उनले मतदान गरेकी हुन् ।   सो क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनमा मतदान गर्न नपाउने भएका छन् ।   लामिछाने चितवन क्षेत्र नं.२ का उम्मेदवार हुन् । यहाँ मतदाता नामावलीमा नाम नभएपछि उनी आफैलाई भोट हाल्न नपाएका हुन् ।   लामिछानेले आफ्नो मतदान काठमाडौंमा गरेका छन् । क्षेत्र नं.३ का मतदाता उनले महांकाल पानीटंकीस्थलमा मतदान गरेका छन् ।    चितवन क्षेत्र नं.२ मा लामिछाने नेकपा (एमाले)का कृष्णभक्त पोखरेल र गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठसंग प्रतिस्पर्धामा छन् ।

काठमाडौं:  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिनुभएको छ ।  उहाँले निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी काम गर्न विशेष निर्देशन दिनुभएको हो । उहाँले मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने सङ्कल्प गर्न, संविधान, प्रचलित ऐन, कानून, आचारसंहिता, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि र निर्देशनको पूर्णरूपमा पालना गर्न निर्देशन दिनुभएको हो ।       व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी कार्य सम्पादन गर्न उहाँको निर्देशन छ ।  प्रमुख आयुक्त थपलियाले निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की आउन भएकाले सचेत रहन समेत निर्देशन दिनुभयो ।  निर्वाचन सामग्रीको दुरूपयोग हुन नदिन, कसैले अवाञ्छित कार्य गर्न खोज्यो भने कानूनबमोजिम प्रतिकार गरी कदापि यस्ता कार्यको मतियार नबन्न समेत निर्देशन दिनुभएको हो ।  मतदान तथा मतगणनासम्बन्धी विवाद निरूपण गर्दा पक्षहरुबाट पर्नसक्ने प्रभावबाट स्वतन्त्र रही समाधान गर्न आग्रह गर्दै उहाँले राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा नपर्न समेत भन्नुभएको छ । मतदान तथा मतगणनासम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक, नागरिक समाज मिडियाकर्मी मतदातालगायत सबैप्रति आदरभाव र समान व्यवहार गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । “तपाईंको नैतिक आचरण, व्यवहार र कार्यशैलीले निर्वाचनको स्वच्छता र स्वतन्त्रताको मापन हुन्छ । त्यसैले कुनै पनि काम गर्दा आफूले आफूलाई सोध्नोस्, छातीमा हात राखेर निर्णय गर्नोस् । तपाईंको कामले तपाईं आफैँ लज्जित हुनुपर्ने अवस्था आयो भने हामी सबैको दुर्भाग्यको विषय हुनेछ”, उहाँले भन्नुभयो ।  उहाँले थप्नुभयो, “तपाईं जे काम गर्दै हुनुहुन्छ, निर्वाचन आयोग भएर गर्दै हुनुहुन्छ । म तपाईंहरु सबैलाई विश्वास सुम्पन चाहन्छु  र सम्पूर्ण सफलताको कामना गर्दछु ।”

पोखराः   प्रतिनिधिसभा सदस्य कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार रामजीप्रसाद बराल मौन अवधिमा चुनाव प्रचारप्रसारमा हिँडेको भन्दै एमालेका कार्यकर्ताले घेराउ गरेका छन् ।    कास्कीको अन्नपूर्ण गाउँपालिका-१ भीर मुनिभन्ने ठाउँमा उम्मेदवार बराल शुक्रबार साँझ एमाले कार्यकर्ताको घेराउमा परेका हुन् । बिहीबार रातिदेखि नै स्थिर अवधि अर्थात चुनाव प्रचार गर्न नपाइने समय सुरु भएको थियो ।   उम्मेदवार बराल गण्डकी प्रदेशका अर्थमन्त्री थिए । 

कास्की: नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य सन्तोष परियार विप्लव नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् ।    माओवादीको बुधबार पोखरामा आयोजित निर्वाचन बहिष्कार सभामा परियार विप्लव माओवादीमा प्रवेश गरेका हुन् । यसअघि परियार माओवादी परित्याग गरी एमालेमा आएका थिए ।    माओवादी अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’सँगै परियार पनि सार्वजनिक भएका थिए । त्यसको केही समयपछि एमालेमा प्रवेश गरेको एक एमाले नेताले जानकारी दिए ।    ‘उहाँ राजनीतिमा फड्को मार्न चाहिरहनु भएको थियो, प्रदेश सदस्यमा रहेर सक्रिय हुन सकिरहनु भएको थिएन’ उनले भने ‘सन्तोषजी उतै (विप्लव)बाट आउनु भएको हो, उतै जानुभयो ।’   उनका अनुसार महत्वकांक्षी स्वभावका परियार पछिल्लो समय सचिवालयमा निष्क्रिय रहेका थिए ।    माओवादी प्रवेश गरेपछि परियारले सभामा धारणा राख्दै एमालेले भूमिहीन, निम्न वर्ग र श्रमिकको पक्षमा केही काम नगरेपछि माओवादीमा प्रवेश गरेको बताए ।   परियारलाई माओवादीमा कस्तो पद, स्थान दिइन्छ भन्ने सन्दर्भमा हाल कुनै निर्णयमा नपुगेको माओवादी जिल्ला समितिले जनाएको छ ।    जिल्ला समितिका कास्की सचिव काजी गुरुङले भने, ‘सन्तोषजी पार्टीको विचार र सिद्धान्त स्वीकारेर आउनु भएको हो, के–कस्तो पद वा जिम्मेवारी दिने हो पार्टीले पछि निर्णय गर्छ ।’   परियार अन्नपूण गाउँपालिका, दाङसिङ निवासी हुन् । 

पोखराः   गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले आफुले कुमार खड्काले अघि सारेका योजनाहरुलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  पाँच दलिय गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) प्रत्येक्ष उम्मेदवार बनेका थापाले आफु क्षेत्र २ को विकासमा दत्त चित्त भएर लागि पर्ने बताएका छन् । पोखरा महानगरपालिका वडा १६ स्थित बाटुलेचौरमा कोणसभा गर्दै उक्त कुरा बताएका हुन् । क्षेत्र २ मा कांग्रेसको जित निश्चित देखेपछि विभिन्न तरिकाले कुमार खड्कासँग जोडेर कांग्रेसलाई हराउने षडयन्त्र बुन्ने काम भएको समेत उनले बताए ।  थापाले वडा १६ मा उर्लिएर आएको जनताको उत्साह र जोशले चुनाव जितको नजिक पुगेको अनुभव आफुले गरेको समेत बताए । उनले यस अघिको चुनावी रेसमा पार्टीले २०७४ सालको नतिजालाई हेरेर आफुलाई टिकट दिएको र त्यहि कुरालाई लिएर अहिले केहि व्यक्तिले गलत तरिकाले अफवाह फैलाएको समेत बताए । विन्दु थापा उम्मेदवार भन्दा पनि कांग्रेस उम्मेदवार भएको अभिव्यक्ति उनको थियो । कांग्रेसले जित्नु भनेको गठबन्धनले जित्ने विषय भएको उनले बताए । सोही क्रममा पछिल्लो समय निकै चर्चामा आएको कुमार खड्का र आफुबीचको बारेमा स्पष्ट पार्दै उनले निकै ठूलो अफवाह फैलाउने काम भएको बताए ।  ‘कुमारजी र मेरो बीच धेरै अफवाह फैलाइयो । एउटै खाटमा सुत्दा ठोक्किन्छ नै । हामी बीच दुस्मनी छैन हामी मित्र हौं । उहाँ बौद्धिक व्यक्ती हुनुहुन्छ’, उनले भने,‘उहाँले (कुमार खड्का)यहाँ धेरै काम गर्नु भएको छ । उहाँले अघि सारेको योजनालाई पूरा गर्ने जिम्मा मेरो हो ।’  उनले बुधबार राति आफु घरदैलो कार्यक्रमको बेला गायक बस्तिमा गई फर्कने क्रममा आफुमाथि नियोजित तरिकाले दुव्र्यवहार भएको बताए । ‘ हामीले गायक बस्तिमा घरदैलो सकाएर आएका थियौँ । मेरो गाडी भएको ठाउँसम्म हिडेर गएका थियौँ साझँको करिब साढे सात बजेको थियो’ उनले, ‘म माथीठूलो दुर्ववहार भयो । हामी स्वस्थ प्रतिस्पर्धामा जानुपर्छ ।’ उनले आफुमाथि पैसा दिएको भन्ने आरोप लागेको र कसैले एक हजार रुपैयाँमात्र बाडेको सप्रमाण देखाएमा आफुले तत्कालै राजनीतिबाट शन्यास लिने बताए ।