काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

पोखरा:  कास्की १ (ख) का वाम गठबन्धनका साझा  उम्मेद्वार दीपक गुरुङ माइलाले आफूले टिकट पाउनु नै तरुण दल र वाइसिएल लगायत गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व भएको बताएका छन । गुरुङ आफै पनि नेविसंघ हुँदै तरुण दल कास्कीको कार्यवहाक सभापति भएर काम गरेका व्यक्ति हुन । तरुण दलमा उनी वडा, क्षेत्र हुँदै जिल्ला तहमा पुगेका छन भने पार्टीमा महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य समेत छन । कास्की १ (ख)मा गठबन्धनले कांग्रेसका गुरुङलाई अघि सारेको छ भने (क)मा माओवादीका दीपक कोइराला उमेदवार छन । चुनावी अभियानका क्रममा एक कार्यक्रममा बोल्दै गुरुङले आफूहरुलाई पार्टीले युवाहरुको प्रतिनिधित्वको सम्मान गर्दै उम्मेद्वार बनाएको र यसलाई तरुण दल र वाइसिएलले गर्वका साथ लिनुपर्ने बताए । “तरुण दल, नेपाली कांग्रेस गठबन्धनबाट मैले टिकट पाएको छु । यसलाई अपनत्व लिएर तपाई तरुण साथीहरु जो खटिनुभएको छ । तपाइहरुलाई धन्यवाद ।” उनले भने, “गठबन्धनका अर्का उमेदवार दीपक कोइरालालाई पनि पार्टीले अगाडि बढाएको छ । यसलाई तरुण दल र वाइसिएलले पनि गर्वका साथ लिनुपर्छ ।”  पार्टीले दिएको यो स्थानलाई सम्मान गर्दै सबै तरुण दल, वाइसिएल सहित गठबन्धनका सबै दलहरुको भातृ संगठनलाई एकजुट भएर गठबन्धनका उम्मेद्वारलाई जिताउन उनले आग्रह गरे । जीतपछि संसदमा “युथ अफ भोइस” को रुपमा आवाज उठाउने उनले प्रतिबद्धता पनि जनाए । “यो सम्पुर्ण युवाहरुको प्रतिनिधीत्व गरेका छौँ । संसदमा पनि हामीले युवाको आवाज, तरुणको आवाज बोल्दै नीति निर्माण कामहरु गर्नेछौँ ।” उनले भने ।

पोखरा: आगामी मंसिर ४ गते हुने आम निर्वाचनपछि कास्की क्षेत्र नम्बर ३ का सबै सामुदायिक विद्यालयमा नर्सको व्यवस्था गर्ने ५ दलीय गठबन्धनले घोषणा गरेको छ । बलियो स्वास्थ्यसँगै गुणस्तरीय शिक्षाको लागि भन्दै गठबन्धनका उम्मेदवारहरुले आवश्यक शिक्षक कर्मचारी सहित नर्सको व्यवस्था गर्ने घोषणा गरेका हुन् । कास्की ३ मा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बराल , प्रदेश १ मा माओवादी केन्द्रकै दुर्गादत्त भण्डारी र २ मा नेपाली काँग्रेसका प्रकाश बराल चुनावी मैदानमा छन् । यो व्यवस्थाले नर्सिङ् विषय अध्ययन गरेर पनि विदेशिने बाध्यताको न्यूनीकरण हुने गठबन्धनको विश्वास छ । अहिले पनि नेपालका नर्सिङ् अध्ययन गरेर विदेशी मुलुकमा नेपाली नर्सहरु दैनिक विदेशिने बाध्यता छ । यसका साथै विद्यालयहरुको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने, आवश्यकता अनुसार सामुदायिक पुस्तकालयहरुको निर्माण गर्ने, प्राविधिक धार अध्यापन गराउने विद्यालयहरुलाई व्यवस्थित गर्ने समेत उम्मेदवारहरुले घोषणा गरेका छन् ।   

  पोखरा: कास्की क्षेत्र १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार दिपक गुरुङ माइलाले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले आइतबार पोखरा–१४ मा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् ।   उनले मतदाताले आफूप्रति सकरात्मक भएको बताए । ‘ए ! दिपक भन्नी हजुर हो ? नयाँ हुनुहुन्छ, भोट गरेर जिताउँछौं भनेर मतदाताले भनेको पाएको छुँ, ’ उनले भने, ‘मतदाताको सकरात्मक र उर्जाशिल भनाइले गर्दा चुनाव जितिसकेको अनभुव भएको छ ।’ उनले जनताको योजना र आवश्यकता आफ्नो प्राथमिकता भएको सुनाए । ‘अब झुटो बोल्ने उम्मेदवारलाई जनताले पत्याउँदैनन्,’ उनले भने, ‘मतदातालाई विभिन्न योजनाहरु देखाउने र प्रभावित पार्न खोज्ने प्रवृतिको अन्त्य हुनपर्छ ।’ अबको बाटो भनेको विकास र समृद्धिको हुँदा मंसिरको निर्वाचनले जनताको मतको कदर गर्ने उनले बताए । विकास र समृद्धि तर्फ प्रदेशलाई अगाडि बढाउने जिम्मा आएको उनले सुनाए । ‘विकास निर्माणको काम गर्दा राजनीतिक पूर्वग्रह राख्नुहुँदैन,’ उनले भने, ‘त्यसैले गठबन्धन विकासको लागि भएको हो विनाशको लागि होइन् । कसैलाई आक्षेप लगाउँदैनौं । सबै जनताले बुझिसकेका छन् ।’ पोखरा–१४ मा घरदैलो गर्दै मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै त्यस क्षेत्रको विकास, निर्माणाम समर्पित हुने गुरुङले प्रण गरे । मुलुकको समग्र विकासमा लागि स्पस्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्ने उनको भनाइ थियो । विकास निर्माणको खाँका र इच्छाशक्ति पाँच दलीय गठबन्धनको सरकारसँग मात्र रहेको उनको दावी  छ ।   

काठमाडौं: नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं १ मा कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको छ ।  समस्या समाधानका लागि भूमिआयोग बनेको र त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उहाँले बताउनुभयो । नेता सिंहले भन्नुभयो “भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचनका कारण अहिलेलाई रोकिएको छ ।” थापाथलीस्थित वाग्मती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा  उहाँले प्रतिवेदन आइसकेपछि त्यसको अध्ययन गरेर स्थायी समाधान निकाल्ने प्रतिबद्धता जनाउनुभयो ।  समस्या समाधान गर्दा जबरर्जस्ती नभइ भूमिहीनको पनि चित्त बुझाएर गर्ने उहाँको प्रतिबद्धता छ । मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उहाँले सरल र छिटोछरितो बनाउन पहल गर्ने उल्लेख गर्नुुभयो ।

पोखरा: गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ (ख) बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले आफू जनताको सेवा गर्नका लागि भरिया बनेर आएको भन्दै आफुलाई जिम्मेवारीको भारी बोकाउन मतदाताहरुलाई आग्रह गरेका छन् ।  उनले जनताको सेवाका लागि राजनीति गरेको बताउँदै जिम्मेवारीको भारी बोकेर जनताको अनुहारमा चमक ल्याउने उल्लेख गरे । शनिवार घरदैलोमा पुगेका श्यामले आफूले जित्दा किसान, मजदुर, महिला, वृद्धवृद्धा, बालबालिका र सबै तप्काका नागरिकहरूको अनुहारमा खुसी ल्याउने उनको भनाई छ । उनले गण्डकीमा पनि पृथ्वी सुव्बा नेतृत्वका सरकारले ३ वर्षमा जनताको पक्षमा र संघीयतालाई बलियो बनाउने आधार निर्माण गरेपनि गठबन्धन नेतृत्वले जनताको पक्षमा काम गर्न नसकेको बताए । ‘गठबन्धन सरकारले २ वटा बजेट ल्यायो । तर, अहिलेसम्म जनताले अनुभूति गर्न सक्ने कुनै पनि काम गर्न सकेको छैन । उल्टो हिजो एमाले नेतृत्वले सुरु गरेका कामका व्याज खाएको छ,’ उनले भने, ‘सरकार भनेको जनताको पक्षमा काम गर्न बन्छ । तर, यो सरकार कार्यकर्तालाई जागिर दिने र सत्तामा कसरी टिक्ने भन्दा अरु ध्यान छैन ।’ आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकोले चुनावको मैदानमा आएको गुरुङको भनाई छ । ‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो,’ गुरुङले भने । ०७४ सालको निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष समेत रहेका गुरुङले पालिका प्रमुख हुँदा सुरु गरेको विकास निर्माणका काम पूरा गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए । ‘अवको बाटो भनेकै विकास र समृद्धिको हो ।’ तपाईहरुको मतको खेर जान दिने छैन । अब विकास र समृद्धितर्फ प्रदेशलाई अगाडि बढाउने मेरो उद्देश्य हो,’ उनले भने । निर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनको भनाई छ । ‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वग्रह राख्दिनँ,’ उनले भने, ‘हाम्रो उम्मेदवारी गठबन्धनको विरुद्ध होइन् । यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो । विकास गर्न हो ।’ उनले आफूले गाउँपालिका अध्यक्ष हुँदा कास्कीमा नमुना गाउँपालिकाको रुपमा मादीलाई पु¥याएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘मुलुकको विकास कसले गर्न सक्छन् र त्यसैलाई मतदाताले पहिचान गर्नुपर्छ,’ उनले भने । उनले एमाले बाहेकका अरु दलको सिङगल सरकार बन्ने सम्भावना नरहेको उनले बताए । ‘कांग्रेसले गठबन्धनबाट प्रत्यक्षमा करिब ८५ सिट भन्दा पाएको छैन । माओवादीको त्यही ४५÷४६ कति हो । अरु दलको कुरा नगरौं । यसरी गठबन्धनबाट कसैको बहुमतको सरकार बन्ने सम्भावना झिनो आश पनि छैन,’ उनले भने, ‘बहुमतको सरकार बनाउने भनेको एमाले बाहेक अरु दलको सम्भवना छैन । यसैले एमालेलाई भोट दिएर स्थायी सरकार बनाउन तपार्ईंहरुले समानुपातिक र प्रत्यक्षमा भोट दिनुस् ।’ उनले जनतालाई भ्रममा पार्ने झुटा आश्वासन नदिने बताएका छन् । शनिवार मादी ५ को घरदैलो कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने झुटा दिँदै आएकाले आफूले त्यो नगर्ने बताए । ‘म जे बोल्छु त्यो गर्छु । जे सक्छु त्यो गर्छु । उनले भने, ‘केही उम्मेदवारले जनतालाई दिग्भ्रमित पार्ने गरी भुट्टा आश्वासन बाँडिरहेका छन् ।’ बहुमतको सरकारले मात्र नेपालमा काम गर्न सक्ने श्यामले बताए । उनले आफूलाई देखाएको माया र विश्वासको सम्मान गर्ने बताए । ‘जनताले गरेको यो माया र भरोसा कहिले पनि टुट्न दिने छैन गुरुङले भने, ‘शिक्षादेखि भौतिक पूर्वाधारको विकासमा जनताले महसुस गर्ने गरि काम गर्ने छु ।’  

पोखराः   पर्यटकिय क्षेत्र लेकसाइडका युवाहरु आगामी निर्वाचनमा कास्की क्षेत्र नम्वर ३(२) मा राजीव पहारीलाई जिताउन संगठित भएका छन् ।    लेकसाइडलाई अन्र्तराष्ट्रिय पर्यटकिय केन्द्र बनाउन पहारीको जित आवश्यक भएको लेकसाइडका युवाहरुको ठम्याई छ । ‘लेकसाइडको सडकमा खाडलै खाडल थिए, सडकमा पानी जम्दा कायाक समेत गरेर व्याङग्य प्रदर्शन गरे, तर अहिले यहाँ पहारीले सांसद बनेपछि चिल्लो अस्फाल्ट पिच गरे’–हल्लनचोकका शोभित परियारले भने ।   पहारीको कार्यकालमा फेवातालको सौन्दर्यकरणका लागि फुटट्रयाकदेखि लेकसाइडका भित्री बाटोघाटो समेत ढलान पिच भएका छन् । राजीव पहारी लेकसाइडकै स्थानिय भएकाले पनि युवाहरुका सबै खाले समस्या पहारीले नै हल गर्ने बंग्लादीका अर्का युवा सुन्दर पहारीले बताए । ‘उहाँ फेवातालको पानी खाएर हुर्किएको मान्छे हो, यहाँको माटोले खोजेको विकास उहाँलाई नै थाहा छ, त्यसैले आगामी निर्वाचनमा फेरी पनि उहाँलाई नै जिताउन हामी लागि पर्नेछौं’-सुन्दरको भनाई छ ।   ‘कोभिडबाट आक्रान्त पर्यटन व्यवसायलाई उकास्न पनि फेरी पहारीकै जितको खाँचो छ, उहाँले हाम्रो समस्या राम्ररी बुझ्नुभएको छ’ अर्का युवा सन्दीप बरालले भने । यहिबेला लेकसाइडका विभिन्न समुहहरु पहारीको पक्षमा मत माग्न घरदैलोमा छन् । 

पोखराः   देशमा धेरै पटक चुनाव भए । चुनावले कहिले बहुमत र कहिले गठबन्धन, अल्पमतका सरकार बने, गिरे । संसदीय राजनीतिको यो कुरुप पक्षले जनतालाई दिक्क पारेको छ ।    अहिले सत्ता गठबन्धनका दल एकातिर र एमाले एक्लै अर्कातिर भएर चुनावमा भिडेका छन् । यो अवस्थामा जनताले स्थिर, दरिलो सरकार र तीव्र विकासका लागि एमालेलाई नै छान्ने एमाले उम्मेदवार मीना गुरुङ बताउँछिन् ।   कास्की २ (२) मा उम्मेदवार बनेकी उनले मंसिर ४ को चुनावपछि एमालेले प्रदेशहरु र संघमा एकल सरकार बनाउने दावी गरिन् । उनले भनिन्, ‘हाम्रा एजेन्डा, जनताको आर्कषण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ । जनताले ५ तिर फर्किएको स्वार्थको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेका छन् ।’ गण्डकी प्रदेश सभाकी निवर्तमान सांसद समेत रहेकी उनले अघिल्लो कार्यकालमा सुरु गरी अधुरा रहेका योजना पूरा गर्न पनि आफु दोहोरिन चाहेको उल्लेख गरिन् ।   शनिवार पोखरा ९ मा घरदैलोका क्रममा उनले मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै उक्त क्षेत्रको विकास, निर्माणमा समर्पित हुने प्रण गरिन् । मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्नेमा जोड दिंदै उनले यसको खाँका र इच्छा शक्ति एमालेसँग मात्र भएको दावी गरिन् ।   उक्त क्षेत्रमा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा एमालेभित्र कतै समस्या नभएको उनले जनाइन् । उनले भनिन्–‘हाम्रो एकताको सामना गर्न अरु सबैजसो दल गठबन्धन बनाएर आउनुपरेको छ । म सँगसँगै टिकटको आकांक्षा राख्नुभएका साथीहरु, मेरो क्षेत्रका नेता, कार्यकर्तालाई चुनावी अभियानमा हुनुहुन्छ । हाम्रो एकता र जनताको सदिच्छा नै हाम्रो जितको मुख्य आधार हो ।’

पोखराः   नेकपा एमालेका उम्मेदवार वेद वहादुर गुरुङ श्यामले चुनाव जित्नको लागि अनुचित चन्दा संकलन गरी खर्च नगर्ने घोषणा गरेका छन् ।    नेकपा (एमाले) को तर्फबाट कास्की १ ‘ख’ का प्रदेश सभा सदस्य पदका उम्मेदवार गुरुङले सामाजिक सञ्जाल फेसवुकमा पोष्ट सेयर गर्दै उक्त कुरा व्यक्त गरेका हुन् ।   गुरुङले लेखेका छन् ‘चुनाव जित्नकै लागि म अनुचित चन्दा लिदिनँ र खर्च पनि गर्दिनँ ।’ उनले वर्तमान अवस्थामा अरु नेताहरुले चुनाव जित्न अनेक तिकडम गर्ने बताउँदै आफुले त्यस्तो नगर्ने उल्लेख गरे । पोष्टबारे स्पष्ट पार्दै उनले उनले भने,-‘म आफ्नो योजना सुनाएर जनताको मत जित्न चाहान्छु ।’ उनले अवैध रुपमा चन्दा उठाएर अनि खर्च गर्नु निर्वाचन आचार संहिता विरुद्ध मात्र नभई दीर्घकालिन रुप असर पर्ने बताए ।    चुनाव केन्द्रित प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त उनले आफ्नो क्षेत्रका स्थानियसँग आफूलाई सुर्य चिन्हमा मत दिएर विजयी बनाउन आग्रह गर्दै आफु निर्वाचित भए गुणस्तर शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, कृषि उत्पादन तथा बजारीकरण, पर्यटन, निशुल्क खानेपानी, व्यवस्थित सार्वजनिक यातायात, फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । साथै गठबन्धन सरकारले कटौती गरेका परियोजनाहरुलाई पुनः बजेट विनियोजन गरी कार्य सम्पन्न गर्ने बताएका छन् ।  

पोखराः   कास्की क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनेका नेताहरुले पोखराको सुन्दरतामा ध्यान दिने बताएका छन् ।     शनिबार पोखरा १७ घारीपाटनमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्की २ का उम्मेदवार श्रीनाथ बरालले पोखराको सौन्दर्यीकरणमा ध्यान दिने बताए ।    कास्की २ भित्र पोखरा महानगरका ११ वटा वडा मात्र पर्ने भएकाले पोखरा सौन्दर्यतामा आफूहरुको विषेश ध्यान जाने उनले सुनाए । ‘पछिल्लो समय पोखरामा भिडभाड बढेको छ । काठमाडौं, बुटवल, र नारायणगढ लगायत शहरबाट पोखरामा गाडीहरु थुप्रने गरेका छन्,’ उनले भने, ‘पोखरामा नयाँ विमानस्थल बनेको अवस्थामा बाईबास रोड बनाउने र पोखरालाई सफा सुन्दर राख्ने कुरामा ध्यान दिनेछौं ।’ पोखराको मुख्य समस्या फोहर व्यवस्थापन रहेकाले ल्याण्डफिल बनाउन पोखरा महानगरलाई सहयोग गर्दै पोखरालाई सफा र सुन्दर राख्ने प्रतिवद्धता जनाए ।    यसबाहेक भूमिहीन दलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीत बासोबासीको समस्या समाधान गर्ने बताए । पोखराका केही क्षेत्र कृषिका लागि योग्य भएकाले पनि कृषिमा आधुनिकीकरणमा ध्यान दिने उनले बताए । स्वरोजगार, तालिम, पर्यटन, साना घरेलु उद्योग, विना भेदभाव विकासका काम लगायतमा ध्यान दिने उनले बताए । यसका लागि मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह थियो ।    गठबन्धनबाट कास्की २ (क) का उम्मेदवार विश्व प्रकाश लामिछानेले व्यवस्था परिवर्तन भए अनुसार अबस्था परिवर्तन गर्न गठबन्धनले जित्नुपर्ने बताए ।     यसैका लागि आफूहरु गठबन्धन गरेर आएको उनले बताए । आफ्नो क्षेत्रमा विजयी भएमा स्वास्थ्य र शिक्षासँगै विकास निर्माणका काममा ध्यान दिने उनले प्रतिवद्धता जनाए । ‘अहिले देशका लागि असल नेतृत्वको अहिले आवश्यक परेको छ यसैका लागि हामी गठबन्धन गरेर आएका हौं,’ उनले भने, ‘कास्की २ (क) मा मलाई विजयी गराउनुभयो भने यस क्षेत्रको नमुना बिकास गरेर देखाउने छु । बिजयका लागि मतदान गर्न अनुरोध गर्छु ।’   यसैगरी, कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।   शनिबार मतदाताहरु सँगै भेट्दै थापाले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् ।  ‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ ।’,उनले भने ।    पोखरा ११ को कृषि सडकका लागि आफ्नै पहलमा एक करोड विनियोजन भएको उनले जानकारी गराए । काहुमा नै कृषि सडक राख्ने तयारी आफुले गरिरहेको भनाई उनको छ । बास खोला नियन्त्रण गर्दै बस्ती सुरक्षाका लागि समेत आवश्यक पहलकदमी गरिएको र संरक्षणमा लाग्ने प्रतिबद्धता उनको छ ।