राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

पोखराः   दिवङ्गत पर्यटनमन्त्री रविन्द्र अधिकारीको जन्मथलो पोखरा महानगरपालिका वडा नम्वर ३३  भरतपोखरीका जनताले रविन्द्र र उनले गरेको विकास सधैं मन मुटुमा रहेको बताएका छन् ।    कहिल्यै विर्सन नहुने एमाले नेता अधिकारीले देखेका विकासका सपना पूरा गर्न अव एमालेकै उम्मेदवार चाहिएकोले प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई र प्रदेश सभा सदस्यका उम्मेदवार भिम कार्कीलाई अत्याधिक मतले विजयी गराउने भरतपोखरीवासीले प्रतिवद्धता जनाएका छन् ।   मंसिर चार गते सम्पन्न हुने निर्वाचन अभियानमा आफ्नै गृह वडा पोखरा ३३ पुगेका नेकपा ९एमाले०को तर्फबाट कास्की क्षेत्र न २(१) का गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार भिम बहादुर कार्कीलाई भेटघाटका अवसरमा स्थानियहरूले सो प्रतिवद्धता जनाएका हुन् ।   भेटमा उम्मेदवार कार्कीले विकास र समृद्धिको योजनाबद्ध संवाहक नेकपा एमाले मात्रै भएको बताए । कार्कीले आफु सधैं जनताको साथमा रहेको र सधैं रहने भन्दै जनताको हित र विकासमा इमान्दारितापूर्वक लागिरहने उल्लेख गरे।   दिवङ्गत नेता रविन्द्रको उत्तराधिकारी भएर उनको विकासको सपना पूरा गर्दै थप योजना अघि सारेको कार्कीले जानकारी दिए । विगतमा आफ्नो पार्टीको केपी ओली नेतृत्वको सरकारले विकास अभियानमा उत्कृष्टतापूर्वक काम गरेको र अब पनि त्यस्तै योजना घोषणाापत्र मार्फत आइसकेको हुँदा जनजिविकाका सवाललाई समेट्दै आफू नीति निर्माणमा प्रभावकारी भुमिका सहित अगाडि बढ्ने उल्लेख उनको भनाई छ ।   निर्वाचन अभियानका क्रममा आफ्नो गृह वडा पोखरा महानगरपालिका वडा नम्वर ३३ पुगेका एमाले उम्मेदवार कार्कीले सो क्षेत्रको योजनाबद्ध एकीकृत विकासको अवधारणालाइ साकार  पार्ने बताए ।   सो पार्टीका गण्डकी प्रदेश कमिटीका उप–सचिव रश्मि आचार्यले आचार्यले एमाले नीति र योजनासहित निर्वाचनमा आएको एमालेका उम्मेदवारहरूलाई प्राप्त जनसाथले नै विजय निश्चित भैसकेको भन्दै आफ्नो ठाउँको विकास आफ्नै क्षेत्रका जनप्रतिनिधिले नै गर्ने हुँदा प्राप्त अवसर नगुमाउन भरत पोखरीवासीलाई आग्रह गरे ।   उपसचिव आचार्यले युवा, महिला,जनजाति पिछडिएका बर्गसहित आम नेपालीको समृद्धिको लागि महत्वपूर्ण कार्यक्रम घोषणा पत्र मार्फत एमालेले ल्याएको भन्दै सोको पूर्ण कार्यान्वयन गर्ने बताए ।   पोखरा ३३ का निवर्तमान वडा अध्यक्ष शिवप्रसाद आचार्यले सो वडाको लाम्गादिमा नयाँ मोटरेबल पुल निर्माणको लागि आफ्नो पार्टीका जनप्रतिनिधिको  पहलमा नेपाल सरकार संघीय पूर्वाधार विकास कार्यालय र स्विस सरकार बिच  नयाँ सम्झौता भैसकेको भन्दै अव छिट्टै निर्माण प्रक्रिया शुरु हुने जानकारी दिए ।

पोखराः   कास्की क्षेत्र नं.२ (२) प्रदेश सभाका सदस्य उम्मेदवार विन्दुकुमार थापाले काँहुडाँडाको समस्या समाधान गर्ने बताएका छन् ।    गठबन्धनका साझा उम्मेदवार थापाले शुक्रबार काहुँडाँडामा घरदैलो गर्दै जनताको समस्या सुनेपछि विकासका योजनालाई प्याकेजको रुपमा अघि बढाइने बताए ।    उनले पोखरा बजार क्षेत्रबाट अत्यन्तै नजिक रहेको काहुँ प्राकृतिक हिसाबले निकै रमणीय स्थान भएपनि विकासका हिसाबले पछि परेको सुनाए । उनले काहुँडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘हामी सरकारमा जाँदा धेरै काम गर्न सक्छौ । यहाँ खानेपानीको समस्या छ, त्यो समस्या समाधान हुनेछ । काहुँमा प्याकेजको हिसाबबाट विकासका उज्याला किरण लिएर आउने छु’, थापाले भने,‘तपाईंहरुको साथ र सहयोग बोकेर अघि बढ्नेछु । यो निकै रमणीय ठाउँ छ । पर्यटन र कृषिमा जोड दिदैँ तपाईंहरुको समस्या र मनोआकांक्षा बुझेर नै काम गर्नेछु ।’   स्थानीय वामदेव प्रसाद आचार्यले जनताको अड्केको काम पुरा गर्न थापालाई सुझाव दिए । उनले काहुँवासीको अपेक्षा र आशा थापामाथि नै रहेको सुनाउँदै  जनतालाई फर्केर हेर्न आग्रह गरे । ‘जनताको अड्केको काम पुरा गर्नुस् । तपार्इं आजमात्र होइन् सँधै आउनुहुन्छ भन्ने विस्वास हामीलाई छ । जनतालाई फर्केर हेर्नुस अनि विकास गर्नुस् शुभकामना छ’, उनले भने ।    थापाले आफु जनताकै लागि उम्मेदवारी दिएको बताउँदै जनताको सेवामा हिजोका पाँच वर्षमा लागेको र अब पनि निस्वार्थ भावनाले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले खानेपानीका लागि अब धेरै समय काहँुबासीले खानेपानीको समस्या खेप्नु नपर्ने बताए । उनले पाँच वर्ष प्रदेशको नीति नियमदेखी संरचना बनाउन व्यतित गरेको र अबको पाँच वर्ष विकास र संवृद्धिका लागि खर्च गर्ने बताए । साथै थापाले आफु विजयी भएर गएमा सरकारी सेवा सुविधाबाट प्राप्त रकम सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।    

पोखराः   नेकपा एमाले कास्की क्षेत्र नम्बर ३(२) प्रदेश सभा उम्मेदवार राजीव पहारीले जनताले दिएको जनतमतको कदर गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । शुक्रवार अन्नपूर्ण गाउँपालिका-३, धारापानीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पहारीले यस्तो बताएका हुन् ।    यहि क्षेत्रका निवर्तमान सांसद समेत रहेका पहारीले अघिल्लो पटक जनताले विजयी गराएर पठाएपछि चुनावका बेला गरेको केहि प्रतिवद्धता पुरा गर्न नसकेको औल्याए । ‘जनताले अनुभुती गर्ने गरि काम ग¥यांै, तर केहि बाँकी रहे, तिनै अधुरा काम पुरा गर्न फेरी मेरो उम्मेवारी हो’–पहारीले भने ।   अघिल्लो कार्यकालमा अँधेरी खोलामा झोलुङे पुल निर्माण गरिएको, मुख्यमन्त्री वातावरण नमुना कृषि गाउँ कार्यक्रम अन्नपूर्ण गाउँपालिकामै सञ्चालन गरिएको, धारापानी–शिवालय मार्ग, पत्थर–मरौंचे–भदौरे मार्गको स्तरोन्नती लगायतका कामहरु भएको जनाउँदै केहि योजनाहरु पुरा गर्न नपाउँदै सरकार ढलेकाले योजनाहरु अधुरा रहेको बताए ।    ‘अँधेरी खोलामा पक्की पुलका लागि डिपिआर बनेको छ, यहाँको पैह्रो व्यवस्थापनका लागि ठोस योजना अघि सारिएको छ, हिले–काहुँडाँडा बाटोको स्तरोन्नती गर्नुछ, कृषियोग्य क्षेत्रमा सिंचाइको व्यवस्थापन गर्नुछ’–उनले भने, ‘यसका लागि पनि फेरी जनताले मलाई साथ दिनुहुनेमा विश्वस्त छु ।’   उनले सामाजिक विकृती विसंगति विरुद्ध आमा तथा युवा समुहसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता समेत जाहेर गरे । 

पोखराः   गण्डकी प्रदेश सभासदस्य कास्की क्षेत्र नं.२(२) का उम्मेदवार विन्दुकुमार थापाले काँहु धरहरामा सार्वाजनिक यातायात पुनः आउने व्यवस्थाका लागि आफुले पहल थाल्ने बताएका छन् ।  गठबन्धनका साझा उम्मेदवार थापाले पोखरा महानगरपालिका ११ काँहुधरहरामा घरदैलो गर्दै मतदाताको समस्या बुझ्ने क्रममा सार्वजनिक यातायात नआउने गुनासो गरेपछि छिटै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।    स्थानीयहरुले कोरोना महामारीभन्दा पहिला काहुँधरहरामा सार्वजनिक यातायात आउनेगरेपनि अहिले आउन छाडेको र उक्त कुराका लागि पहल गरिदिन आग्रह गरेपनि उनले मंसिर ४ पछि उक्त समस्या समाधान गर्ने गरी अघि बढ्ने बताएका हुन् ।    स्थानीय कल्पना परियारले आफुहरुले विरामी हुँदा समेत अस्पताल जानका लागि महँगो भाडा ट्याक्सिलाई तिर्न बाध्य भएको र दैनिकी कामका लागि बजार झर्न समेत असहज भएको बताउँदै थापालाई यसको समाधानका लागि गुहारेकी हुन् ।    थापाले तत्कालै गर्दा आचारसंहिता लाग्ने भन्दै निर्वाचन पश्चात महानगरपालिकासंग समन्वय गरेर समस्याको समाधान गर्ने सुनाए । ‘महानगरमै सार्वजानिक यातायात नआउनु दुःखद् कुरा हो । महानगरवासीलाई सुख र सेवा दिनु हाम्रो दायित्व हो । यो काम म मंसिर ४ पछि जितेपनि हारेपनि गर्नेछु’ थापाले भने,‘यहाँ धेरै समस्या छन् । हामी प्याकेजमा विकासका योजना अघि बढाउने छौं ।    खानेपानीदेखी यहाँको कृषि र पर्यटनलाई विशेष जोड दिनेछौं ।’ पोखरा बजारबाट नजिकै रहेको काहुँ डाँडा निकै रमणीय रहेको र उक्त कुराको फाइदा लिन स्थानीय र प्रदेश सरकारले नसकेको बताए ।    उनले अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, संरचना निमार्ण, नीति निमार्ण तथा ऐन कानून बनाउमै वितेको बताउँदै अबको पाँच वर्ष पुर्ण विकासका लागि मात्रै रहेको सुनाए । थापाले काहुँबासीलाई मणिपाल अस्पताल र भलाम जानका लागि सहज हुने किसिमले मणिपाल शिक्षण अस्पतालसँग समन्वय गरी बाटो खुलाउने समेत प्रतिबद्धता व्यक्त गरे ।  

  पोखरा: कास्की २ बाट उम्मेद्वार बनेका नेताहरुले सुुकुम्बासी भूमिहीनको समस्या समाधान गर्ने बताएका छन् ।  शुक्रबार पोखरा १७ बेलघारी टोलमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्की २ का उम्मेदवार श्रीनाथ बरालले भूमिहीन दलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीत बासोबासीको समस्या समाधान गर्ने बताएका हुन् । गठबन्धनको सरकारको पालामा नै कास्कीमा सुकुम्बासीहरुको हित हुने काम भएकाले आफू निर्वाचित भएपछि पनि त्यसलाई निरन्तरता दिने उनले बताए । गठबन्धन  सरकारको पालामा राष्ट्रिय भूमि आयोगले निस्सा वितरणसँगै रातो पुर्जा वितरणको काम गरेको उनले सुनाए ।  संविधानको रक्षा गर्दै जनताप्रति उत्तरदायी हुने उनको प्रतिवद्धता छ । पोखरा १७ क्षेत्र कृषिका लागि योग्य भएकाले पनि त्यसमा ध्यान दिने उनले बताए ।  स्थानीय उत्पादनलाई प्याकेज गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार पु¥याउने उनको प्रतिवद्धता छ । वडा भित्र रहेको पातले छागों, गुप्तेश्वर गुफा, ड्याम साईड, गुम्बा लगायत पर्यटन क्षेत्रको विकासमा लागि पर्ने उनको भनाई थियो । पोखराबाट लेखनाथ छुट्याउने, निर्मलपोरी र कृष्टिनाच्नेचौर लाई छुट्टाएर २ वटा वडा बनाउने गरी मिलेसम्म पुर्नसंरचनामा ध्यान दिने उनले बताए ।  गठबन्धनबाट कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पहिले गणतन्त्र लोकतन्त्रका लागि जनता सामु आएको र अहिले विकास तथा सम्बृद्धिको लागि जनतासामु आएको बताएका छन् । पोखरा महानगरपालिका १७ मा सञ्चालित चुनावी अभियानमा लामिछानेले यस्तो वताएका हुन् । अब निर्वाचनमा विजयी भएर आर्थिक विकास र रोजगारीको क्षेत्रमा नेतृत्वदायी भुमिका खेल्ने उनको दावी थियो । राज्यको पुनर्संरचना अन्तरगत पोखरा उपमहानरलाई महानगर बनाएको उल्लेख गर्दै लामिछानेले महानगर भएर पनि महानगरबासीको अनुभुति गर्न नपाएको बताए । ‘अब हामीले महानगर कस्तो हुन्छ भनेर देखाउँछौं,’ उनले भने । यसैगरी, कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ काहुँमा मतदातासँग भेटघाट गर्दै उम्मेदवार थापाले जनताको आकांक्षा बुझेर पर्यटन र कृषिमा जोड दिने बताए । सरकारमा रहदाँ जनताका धेरै काम गर्न सकिने भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह थियो । पूर्वमन्त्रीसमेत रहेका थापाले प्याकेजमा कार्यक्रम ल्याएर विकासको ज्वाला फुटाइने बताएका छन् । ‘तपाईहरुको साथ र सहयोग लिएर मात्रै अघि बढ्नेछु,’ उनले भने । 

  पोखरा: पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का साझा उमेदवारहरुले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।  नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ नागरिक आवश्यक पर्ने उल्लेख गर्दै उनीहरूले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउन विशेष पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन गरी निःशुल्क स्वास्थ्य परीक्षण, उपचार, परामर्श नर्सिङ सेवा, डाक्टर ईन कलजस्ता सुविधा उपलब्ध गराई आवश्यकता ज्येष्ठ नागरिक स्याहार केन्द्र (एकीकृत सेवा) र दिवा सेवा कार्यक्रम अन्तरगत धार्मिक तथा आर्ट अफ लिभिङ जस्ता कार्यक्रम सञ्चालन गरिने छ, उनीहरूको प्रतिबद्धता पत्रमा भनिएको छ, बेरोजगारी, लागु औषध दुव्र्यसनी जस्ता समस्याहरूबाट उत्पन्न परिस्थितिलाई व्यवस्थापन र नियन्त्रण गर्न मनोसामाजिक परामर्श केन्द्र स्थापना गर्न पहल गरिने छ ।’ उनीहरूले पोखरामा ट्रमा सेन्टर, सरुवा रोग, बाल एवं प्रसूति अस्पताल निर्माण गर्न विशेष पहल गरिने समेत बताएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मातृ शिशु मितेरी अस्पतालमा जन साधारणको पहुँच र्पुयाई सर्वसुलभ सेवा प्रदान गर्ने गरी स्तरोन्नति गरिने गठबन्धनले जनाएको छ । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दैनिक जसो हजारौँ बिरामीहरूको चापका कारण सबै नागरिकहरूले सेवा प्राप्त गर्न क्रममा निकै सास्ती भोग्नु परेको छ ।  ‘काश्यप ऋषिको तपोभुमिको रूपमा प्रसिद्ध पोखरामा उपचार र निदान भन्दा रोग लाग्नै नदिनु वेश भन्ने उक्तिलाई चरितार्थ गर्न आयुर्वेदको पठनपाठन र उपचारका लागि आरोग्य धाम सञ्चालन गर्न तथा यस क्षेत्रमा रहेका औषधीजन्य जडीबुटी, वनस्पति र वन स्रोतको संरक्षण, संवर्धन र उपयोगितालाई बढाउन जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न पहल गरिने छ, प्रतिबद्धता पत्रमा भनिएको छ, पर्यटकीय सहर पोखरालाई थप पर्यटकमैत्री बनाउन पर्यटक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिने छ ।’ हरेक नागरिकहरूलाई स्वच्छ मनोरञ्जन गर्न पार्क तथा विश्राम स्थल, बाल उद्यान, खेलकुद मैदान, व्यायामशाला, वाचनालय र भजनकृतन गर्न आवश्यक पूर्वाधार निर्माण गरी सेवा प्रदान विशेष पहल गरिने उनीहरूले प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताएका उनीहरूले सुविधा सम्पन्न अस्पताल तथा उपचार केन्द्रहरू स्थापना गर्न आवश्यक रहेकामा जोड दिएका छन् ।  

  पोखरा:  नेपाली कांग्रेसका संस्थापक नेता विश्वश्वरप्रसाद कोइरालाका नातिनी मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्न आग्रह गरेकी छिन् । पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे कोइरालाले यस्तो बताएका हुन् । आफ्नो स्वास्थ्यले साथ नदिएको भन्दै केही मिनेटमात्र सभालाई सम्बोधन गर्दै नायिका कोइरालाले राप्रपा इमान्दार पार्टी भएकाले मतदान गर्न आग्रह गरेकी हुन् ।  राजेन्द्र लिङ्देनले नेतृत्व गरेको पार्टी मन परेकाले आफूले पनि साथ दिएको बताइन् । राप्रपाले बीपी विचारलाई पछ्याएको बताउँदै भनिन्, ‘मैले राजेन्द्र लिङ्देनको भाषण सुनिरहेको छु । मलाई उहाँको भाषण निकै घत लाग्दछ । जब नेताहरु गाउँ पुग्छन्, गाउँमा चोर आयो भन्छ भन्ने शब्द मलाई साह्रै मन पर्‍यो ।’ अन्य पार्टीका नेताहरुको वचन दिने, आशा दिने कार्य मन नपरेकाले राप्रपा नै ठीक लागेर साथ दिएको छु ।

  पोखरा:  पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङ ‘माइला’ देशलाई बलियो बनाउनको लागि गठबन्धनबाट उठेका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन् । घरदैलो कार्यक्रममा अन्तर्गत पोखरा–१२ का विभिन्न टोल–टोलमा पुगेका गुरुङ अबको सरकार गठबन्धनको सरकार बन्ने बताए ।  उनले अघिल्लो सरकारले संसद विघटनदेखि जनतालाई दिएको सास्तीको बारेमा मतदाताले मनन गर्नुपर्ने बताए । गुरुङले धेरै मतदाता बुझ्ने हुँदा पहिलेजस्तो पछुत्याउन पर्ने अवस्था नआउने बताए । ‘जनताहरु धेरै बुझ्ने हुनुहुन्छ । अघिल्लो पटक जस्तो गल्ती योपटक दोहोरिँदैन,’ उनले भने, ‘विचार पु¥याएर योग्य मान्छेलाई भोट हाल्न जनताले खोजेका छन् ।’ उनले आफू पहिलो पटक उम्मेदवारको रुपमा आएपनि लक्ष्य ठूलो रहेको सुनाए । ‘म युवा हो । एकपटक मलाई विश्वास गर्नुहोस्,’ उनले भने, ‘अर्को पटक आउँदा मेरो हजुरहरुले नै राम्रो कामको तारिफ गर्नुहुनेछ ।’ उनले प्रदेशको नेतृत्व गरेर उम्मेदवार दिइरहँदा युवा र खेलकुदलाई पनि प्राथमकितामा राखेको बताए । उनले जिल्ला, प्रदेशमा हुने विभिन्न अतिरिक्त खेलको प्रबद्र्धन गर्नेदेखि खेलाडीलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउने बताए । ‘खेल र खेलाडीको भविष्यको सुरक्षाको लागि व्यावसायिक खेलाडीलाई प्रोत्साहन गरि उनीहरुको लागि आवश्यक योजना र कार्यक्रम अगाडि बढाइनेछ,’ उनले भने, ‘दक्ष प्रशिक्षकको व्यवस्था गरि स्वस्थ जीवनका लागि खेलकुद नामक जागरण अभियान सञ्चालन गरिनेछ ।’ त्यस्तै पछिल्लो समयमा दैनिक जसो घटिरहने महिला तथा बालबालिका हिंसा सम्बन्धी सचेतनामुलका कार्यक्रम सञ्चालन गर्ने बताए । ‘घरबाटै समानता, आर्थिक क्षेत्रमा महिलाको संलग्नता नारालाई आत्मसाथ गर्दै लंैगिक तथा घरेलु हिंसा र बालहिंसा अन्त्यको लागि अभियान सञ्चालन गरिनेछ,’ उनले भने, ‘बालबालिका र महिलामैत्री संरचना निर्माण गरिनेछ ।’ पोखरा–१२ मा रहेका भूमिहीन सुकुम्बासी बस्तीलाई व्यवस्थित  बसोबासको व्यवस्था गरिने उनले बताए । उनले भूमिहीनहरुको स्रोत, साधन र अवसरमा पहुँच बृद्धिका लागि कार्यक्रम सञ्चालन गरिने बताए । ‘अव्यवस्थित बसोबास भएका तथा छुट भएका जग्गा दर्ताका लागि सम्बन्धित सरोकारवालसँग समन्वय गरेर समस्या समाधान गरिनेछ,’ उनले भने । 

  पोखरा:  कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरी बाह्रै मासे सवारी चल्ने बनाउने बताएका छन् । विहिबार घरदैलो गर्दै पोखरा १६ अर्मलाकोटका मतदाहरुमाझ पुगेका थापाले आफु निवार्चित भएपछि अर्मलाकोटको सडक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।  ‘अर्मलाकोटको समस्या भनेकै सडक हो । यहाँ बाह्रै मासे सवारी चल्न सक्ने सडकको आवश्यकता छ । सडकका कारण स्थानीयले भोग्नुपरेको समस्याका विषयमा म जानकार छु । कति काम हिजो सरकारमा हुँदा पनि गरियो । अब निर्वाचित भएपछि पनि अर्मलाकोट सम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काममा लाग्नेछु ।’, उनले भने ।  थापाले नारायण स्थान, भलाम हरिहर गुफा, डाँडागाउ हुँदै अर्मला कोटसम्म पुग्ने गौरवको सडक सम्पन्न हुने अवस्थामा रहेको जानकारी गराए । उनले भलामबाट आँटिघर मौज हुँदै बाटुलेचौर जोडिने रिङरोडको काम समेत अगाडि बढेको र त्यसलाई सम्पन्न गर्ने गरी आफु लाग्ने प्रतिबद्धता व्यक्त गरे ।  थापाले पोखरा १६ लाई सम्वृद्ध वडा बनाउन कुनै कसर बाँकी नराख्ने बताए । ‘हिजो पनि हामीले गर्न सक्ने सम्मका काम गरेका छौं । थुप्रै योजनाहरु वडामा परेका छन् । आगामी समय पनि यहाँको आवश्यकता अनुसारको योजनालाई अगाडि बढाउनेछु ।’,उनले भने ।  उनले घार्मीदेखि अर्मला कोटसम्म पुग्ने सडकलाई दुई लेनको बनाउने प्रतिबद्धता जनाए । समाज घरका निर्माण, गोरेटो बाटो र  फोहोर व्यवस्थापनमा समेत पहलकदमी गर्ने भनाई उनको छ । होमस्टेको स्थापना गरी उद्यमशीलताको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति उनको छ ।