पोखरा:  नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्राम लगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ ।...

पोखरा:   कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघिय  विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास गरिएको छ ।  कोसेली घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले संयुक्त रूपमा पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा शिलान्यास गर्नुभएको हो । शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले हरित रोजगारी सृजनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।  फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण  भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहहरू मार्फत पुनः प्रयोगमा आउने सामाग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक  सशक्तीकरण समेत हुने उहाँको विश्वास छ ।  ‘विभिन्न चरणमा हामीले पोखरा महानगरपालिकाका १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी आवश्यक तालिम तथा प्राविधिक दक्षता अभिवृद्धिको कार्यक्रम गरीसकेका छौँ, उहाँले भन्नुभयो, यसले सामुदायिक स्तरमा रोजगारी सृजना र चक्रीय आर्थिक प्रणालीमा जोडिने अवसर समेत प्रदान गर्नेछ ।’ विदेश पलायन भइरहेको युवा शक्ति र गृहिणी महिलाहरूका लागि समेत हरित रोजगारी सृजना महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।  ‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, फोहोरबाट मोहोर पनि आर्जन हुनेछ ।’ नगर प्रमुख आचार्य भन्नुभयो । परियोजनाको पहिलो चरणमा ३ हजार बढी प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी सृजना हुने उहाँले बताउनुभयो ।  कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले पोखरा महानगरपालिका र कोइका बिचको सहकार्य तथा समझदारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।  नेपालको पर्यटन राजधानी पोखरामा रिसाईकल र अपसाइकल मार्फत हरित रोजगारी सृजनाको नमुनाका रूपमा विकास गर्न यो परियोजना कोषेढुङ्गा साबित हुने कोङ्ले उल्लेख गर्नुभयो । ग्रिन जब क्रियसन संसारमा निकै प्रभावकारी परियोजनाका रूपमा अगाडी आएको उहाँले बताउनुभयो ।  संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई बढवा दिन यो परियोजना प्रभावकारी हुने बताउनुभयो ।  उहाँका अनुसार यसले आरयू उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ । परियोजना मार्फत ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गरी नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गरिने उहाँले बताउनुभयो ।  पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले स्वच्छ पोखरा, हरित पोखरा निर्माणसँगै हरित रोजगारी सृजनामा समेत यो परियोजनाले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।  कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन राजधानी पोखराका लागि परियोजना रोजगारी सृजनाको नयाँ प्रयोगका रूपमा प्रभावकारी हुने बताउनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले यो परियोजना पोखराका लागि रोजगारी सृजना, सिकाई प्रवर्द्धन र उत्पादनका हिसाबले महत्त्वपूर्ण हुने बताउनुभयो ।  परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०।८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछन् । १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेश्नल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाण्डौले पाएको छ ।  परियोजनाले नकुहिने फोहोर प्रशोधन सहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।  फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण मानिन्छ । हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ । ३० अगस्ट २०२३ मा नगर प्रमुख आचार्य र कोइकाका उपप्रमुख युन यंग ली बिच सम्झौता भएको थियो । 

पोखरा:  होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ को तयारी तीव्र रुपमा अगाडि बढाइएको छ । संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको जानकारी दिएको हो ।  महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवमा अवसरमा संघ अन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रचलित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने घोषणा गरे । यसैगरी संघले महोत्सवकै प्रचारका लागि हालै पूर्वी नेपालमा जाउँ है पोखरा अभियान सम्पन्न गरेको र पश्चिम नेपालमा पनि यस्तो अभियान छिटै संचालन गरिने जानकारी उनले गराए ।  जाउँ है पोखरा अभियान र फेवा नव वर्ष महोत्सव जस्ता कार्यक्रमकै कारण पोखरा आउने आन्तरिक पर्यटक हाल ४० प्रतिशत पुगेको तथ्यांक पनि उनले दिए । दुई दशक अघि यस्तो संख्या तीन प्रतिशत मात्र रहेको उनले स्मरण गराए । पोखराका होटलमा अहिले पाहुनाको समग्र अकुपेन्सी दर ४० प्रतिशत हाराहारी रहेको जानकारी पनि अध्यक्ष सुवेदीले गराए । भारतीय पर्यटकको संख्या पनि उल्लेख्य रहेको उनले बताए । पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यहाँको होटल क्षेत्रमा मात्र ५ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको संघको आंकलन छ ।   स्थानीय ड्यामसाइडदेखि खहरेसम्म सडकमा नै संचालन हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन, संस्कृति र खाना भन्ने नारासहित यो महोत्सव हुन लागेको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।  रैथाने र परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जन र खेलकूदका कार्यक्रम, पर्यटक दौड, पप कन्सर्ट, कृषि र हस्तकलाका सामग्रीको प्रर्दशनी र लोकदोहोरीका कार्यक्रम महोत्सवका प्रमुख आकर्षण रहने छन् । पर्यटनको राजधानी पोखरामा पोखरा भ्रमण वर्ष २०२५ चल्दै गर्दा हुन लागेको यो महोत्सवले फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं वाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य पनि लिएको छ ।  अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ बर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउने र यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ ।  सांस्कृतिक झाँकीसहित अम्मटमा महोत्सवको उद्घाटन कार्यक्रम हुने छ । महोत्सवलाई पोखरा महानगरपालिका, होटल संघ नेपाल, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले सघाउने छन् । पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले फेवा महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भनाई राखे ।  आयोजक संघको सल्लाहकार परिषद्का सदस्य एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले सकारात्मक माहोलले पर्यटनलाई अगाडि बढाउन मद्दत पुग्ने भनाई राखे । नेपाल पत्रकार महासंघ कास्कीका सभापति माधव वरालले पोखरा आउने पर्यटकको तथ्यांक राख्न सम्वन्धित संस्थालाई सुझाव दिए ।  

पोखरा: नेपाल फोटो पत्रकार संघ, कास्कीको नयाँ कार्यसमितिको शनिबार पदस्थापन गरिएको छ । फागुन २५ गते संघको नवौं अधिवेशनबाट निर्वाचितहरुलाई सपथसहित पदस्थापन गरिएको हो ।  समितिलाई निर्वाचन समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष कृष्णमणि बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । भने, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले प्रमाणपत्र प्रदान गरेका थिए ।  संघको अधिवेशनले राम गुरुङको अध्यक्षमतामा ७ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको थियो । उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा युनिश गुरुङ निर्वाचित भएका थिए । भने, गिरीधारी पोखरेल, सञ्जय शाक्य र प्रवेश पोखरेल सदस्य छन् ।  पदस्थापन कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य लामिछानेले हरेक सञ्चार माध्यममा फोटो पत्रकार आवश्यक रहेको बताए । फोटो पत्रकारसँग फोटो मागेर काम चलाउनुभन्दा फोटो पत्रकार नियुक्त गर्न सकेमा यो क्षेत्रमा पनि व्यावसायिकता बढ्ने उनको धारणा थियो ।  ‘सबै मिडिया हाउसले फोटो पत्रकारलाई आवद्ध गराउन नसक्नु कमजोरी भएकै हो,’ उनले भने, ‘यो विषयमा फोटो पत्रकार संघ र मिडिया हाउस बसेर समाधानका उपाय खोज्न आवश्यक छ ।’  फोटो भिडियोका जमानामा लेख्ने पत्रकारहरु आफैं सुधारिनुपर्ने उनको भनाइ थियो । फोटो पत्रकार विरुद्धका  उजुरी प्रेस काउन्सिल कमै भेटिएकाले यो क्षेत्र नीति नियममा रहेको उल्लेख गरे ।  ‘म आवद्ध संस्थाले आचार संहिता बनाउन, अनुगमन पनि गर्छ र पालना गर्न पनि लगाउँछ,’ उनले भने, ‘खुसीको कुरा के छ भने फोटो पत्रकारहरुका विरुद्धमा आचार संहिता उल्लघंनका उजुरी परेको मलाई नै थाहा छैन् । यसैबाट थाहा हुन्छ कति फेयर छ भन्न कुरा ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतम, संघका संस्थापन अध्यक्ष घनश्याम पौडेल, पूर्वअध्यक्ष इन्द्रप्रसाद पौडेल, प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरी लगायतले नवनिर्वाचित टिमले संस्थालाई आगामी दिनमा अझ क्रियाशिल बनाउँदै लैजानुपर्ने बताए ।  पोखरामा २०६६ फागुन ५ गते गठन भएको फोटो पत्रकार महासंघ नेपाल, कास्की शाखाका अध्यक्ष एकराज गिरीले आफ्नो संस्था राम गुरुङ नेतृत्वको फोटो पत्रकार संघ कास्कीमा गाभिएको घोषणा गरे । ‘अहिलेको अवस्थामा पोखरामा क्रियाशिल फोटो पत्रकारहरु एक भएको सन्देश दिन जरुरी छ,’ गिरीले भने, आजैका दिन देखि म अध्यक्ष रहेको संस्थालाई एनपिजए कास्कीमा समाहित जानकारी गराउँछु र खातामा भएको केही रकम पनि प्रक्रिया मिलाएर यही संस्थालाई सहयोग गर्न तयार छु ।’ यसैबिच, संस्थाको पहिलो बैठकले रिक्त रहेको पद र सल्लाहकार पनि मनोनीत गर्दै १३ सदस्यीय समितिले पूर्णता पाएको अध्यक्ष राम गुरुङले बताए । बैठकले सहसचिवमा दुर्गा रानामगर, सदस्यहरुमा सुदर्शन रञ्जित, सरोज अधिकारी, चेतबहादुर थापा ‘प्रविन’, सुरेश सुनार र रिखीराम जिसीलाई मनोनीत गरेको हो ।  संघको सल्लाहकारमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, संघका संस्थापक अध्यक्ष घनश्याम पौडेल, पूर्वअध्यक्ष कृष्णमणि बराल, इन्द्रप्रसाद पौडेल र निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेललाई चयन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।   

पोखरा:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी रहेको बताउनुभएको छ ।   निवृत्त शिक्षक समुदाय, कास्कीको २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि भट्टले शिक्षण पेशालाई अझ बढि सामाजिक हैसियत प्रदान गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।   ‘निवृत्त शिक्षक समुदायले पेसागत अधिकारको मात्र नभएर शैक्षिक, सामाजिक क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्दै आएको पाएको छु ।’ उहाँले भन्नुभयो – ‘हामीसँग विज्ञ शिक्षक छन्, राम्रा प्रशिक्षक छन् । सरकारका तीनै तहले सदुपयोग गरेर राष्ट्रहितमा शिक्षकका अनुभवलाई उपयोग गरी शैक्षिक गुणस्तर उन्नयनमा लगाउन आवश्यक छ ।’   देशको कर्णधार तयार गर्ने र मुलुकका महत्वपूर्ण परिवर्तनहरुमा अहम् भूमिका निर्वाह गर्ने शिक्षकहरुले अवकासपछि पनि सम्माननीय र सुरक्षित जीवन यापन गर्नसक्ने राम्रो वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । शिक्षकको सम्मान नहुने समाजलाई उत्कृष्ट र शिक्षित समाज भन्न नसकिने उहाँको भनाई छ ।       उहाँले भन्नुभयो – ‘प्रत्येक मानिसले जीवनभर कुनै क्षेत्रको सेवा गरेपछि जीवनका उत्तराद्र्धमा आर्थिक तथा हरेक कोणबाट आफू सुरक्षित बन्ने अपेक्षा राखेका हुन्छन् । सेवा निवृत्त शिक्षकहरुले आफ्नो परिचयपत्र बोकेर आफूले समाज र सिङ्गो देशलाई पु¥याएको योगदानप्रति गर्व गर्नसक्ने अवस्था निर्माण गर्नुपर्नेछ ।’   प्रदेश प्रमुख भट्टले निवृत्त शिक्षकहरूले निजामति कर्मचारी सरह सेवासुविधा माग गर्दै आएकोबारे आफू जानकार रहेको बताउँदै शिक्षा ऐन संसद्को यही अधिवेशनबाट जारी गर्ने गरी संघ सरकारले काम अगाडि बढाइरहेको उल्लेख गर्नुभयो । ऐनमा समेट्ने विषयमा एकमत बनाउन लागि निवृत्त शिक्षक समुदायहरूको पनि प्रमुख भूमिका रहने उहाँको भनाई छ ।   प्रदेश प्रमुख भट्टले जीवनको १४ वर्ष आफू पनि शिक्षा क्षेत्रसँग संलग्न रहेको अनुभव बाँड्नुभयो ।   निवृत्त शिक्षक समुदायले स्थापनकालदेखि नै संस्थाले सुधार र शिक्षक हकहितका लागि भएका थुप्रै प्रयासमा सक्रिय भूमिका निर्वाह गरेको थाहा पाउँदा खुशी पनि व्यक्त गर्नुभयो ।    

पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ ।   प्रचार नेपाल र स्पेक्स फोर्टिनले आयोजना गरेको `होलिल्याण्ड´ कार्यक्रममा पुग्नेको निकै ठूलो भीड बिहान ११ बजेदेखि साँझसम्म देखिन्थ्यो ।   करिब १५ हजार दर्शकले कार्यक्रममा भाग लिएको आयोजना संस्था प्रचार नेपालका संचालक आशिष पुरीले दाबी गरे ।   डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति कार्यक्रमको आकर्षण थियो । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक (विवेक गुरुङ) थिए । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा माहोल बनाउने व्यक्ति हुन् ।   कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहेका थिए ।   होलीमा गरिएको कार्यक्रममा दर्शकले दिएको साथले आफूहरुलाई आगामी कार्यक्रम गर्न निकै हौसला थपेको स्पेक्स फोर्टिनका संचालक महेश्वरसिंह भण्डारीले बताए ।   अन्तिम समयमा कार्यक्रम हुने स्थान बाराही घाटबाट कोमागाने पार्क सार्नु परेपनि दर्शकको साथले कार्यक्रम सोचेभन्दा धेरै सफल भएको उनको भनाइ थियो ।   करिब सात घण्टा चलेको कार्यक्रमको होस्ट यकिन गुरुङ थिए । यो कार्यक्रमलाई टिल्ट योर वर्ल्ड र एक्स्पर्ट एजुकेसन एन्ड भिसाले सहयोग गरेका थिए ।   प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा द एज ब्यान्ड र स्वरको कन्सर्ट गरेको थियो जहाँ करिब ५ हजार दर्शक उपस्थित थिए । त्यसअघि गत कार्तिकमा चर्चित गायक सज्जनराज वैद्यको कन्सर्टको व्यवस्थापन प्रचार नेपालले नै गरेको थियो ।    अंग्रजी नयाँ वर्षको अवसरमा यो वर्ष आयोजित २६ औं सडक महोत्सवमा प्रचारले गत पुसमा ‘द एण्ड गेम’ नाम दिएर सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, र्‍यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्तेलगायतको कन्सर्ट गरेका थिए 

पोखरा:    पोखराको फेवाताल किनार बाराही घाट चौरमा फागु पूर्णिमा होलीको दिन बिहीबार हुने भनिएको (होलिल्याण्ड)को कार्यक्रम स्थल सरेको छ ।  आयोजक प्रचार नेपाल र स्पेक्स फोर्टिनले बुधबार एउटा सूचना निकालेर कार्यक्रम हुने स्थान विशेष कारणले सार्नुपरेको जनाएको छ ।  कार्यक्रम कोमागाने पार्क (केदारेश्वर मन्दिर क्षेत्र)मा सारिएको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । अन्तिम समयमा कार्यक्रम स्थल सार्नुपरे पनि आफूहरुको उर्जा नघटेको पुरीले बताए ।  होलिल्याण्डको दोस्रो संस्करणमा पनि प्रवेश निशुल्क रहेको छ । कार्यक्रममा डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति रहने उनले बताए । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक ९विवेक गुरुङ० रहेका छन् । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा माहोल बनाउने व्यक्ति हुन् ।  कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहने स्पेक्स फोर्टिनका संचालक महेश्वरसिंह भण्डारीले जानकारी दिए ।  बिहान ११ बजेदेखि ६ बजेसम्म हुने कार्यक्रमको सञ्चालक एकिन गुरुङ छन् । यो कार्यक्रमलाई टिल्ट योर वर्ल्ड र एक्स्पर्ट एजुकेसन एन्ड भिसाले सहयोग गरेको छ ।  प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्षको प्रणय दिवस ९भ्यालेन्टाइन डे०मा द एज ब्यान्ड र स्वरको कन्सर्ट गरेको थियो जहाँ करिब ५ हजार दर्शक उपस्थित थिए । त्यसअघि गत कार्तिकमा चर्चित गायक सज्जनराज वैद्यको कन्सर्टको व्यवस्थापन प्रचार नेपालले नै गरेको थियो ।   अंग्रजी नयाँ वर्षको अवसरमा यो वर्ष आयोजित २६ औं सडक महोत्सवमा प्रचारले गत पुसमा ‘द एण्ड गेम’ नाम दिएर सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, र्‍यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्तेलगायतको कन्सर्ट गरेका थिए ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् ।    पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।   संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ (सुमन), र कोषाध्यक्षमा युनिश गुरुङ चयन भए ।   यस्तै सदस्यहरुमा संजय शाक्य, गिरीधारी पौडेल र प्रवेश पोखरेल निर्वाचित भए ।    रिक्त रहेको सहसचिव र ३ सदस्यहरु कार्य समितिले पछि मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए ।    अधिवेशनको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रमा अध्यक्ष पौडेलले समामार लेख्ने भन्दा फोटो पत्रकार फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने हुँदा धेरै चूनौति सामना गर्नुपर्ने बताए ।   समाचारका लागि अति आवश्यक फोटो खिच्ने पत्रकारहरु एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो । ‘समाचारका लागि फोटो अति आवश्यक चिज हो । अर्को अर्थमा भन्नुपर्दा समाचार आज लेख्यो भोली पुरानो हुन सक्छ तर फोटो कहिल्यै पुरानो हुँदैन्,’ उनले भने, ‘समचारको महत्वपूर्ण पाटो फोटो खिच्ने पत्रकारहरु एकजुन हुनु आवश्यक छ र रहिरहनेछ ।’   कास्कीका फोटो पत्रकारहरुले सिर्जनात्मक काम गर्नुपर्नेमा उनको जोड थियो । फोटो पत्रकारका हरेक गतिविधिमा पत्रकार महासंघको सदैव साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाए ।   नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले समाचारमा फोटोको महत्व जति छ त्यो भन्दा बढि फोटो पत्रकारको महत्व रहेको बताए । फोटो बिना समाचार र पत्रकार अपुरो हुने भएकाले आगामी दिनमा पत्रकार महासंघ र नेपाल फोटो पत्रकार संघ सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो ।   नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेलले कास्कीका फोटो पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिइन् । केन्द्रमा भएको फोटो पत्रकार संघ टुटफुट भएपनि कास्कीबाट एकजुटको सन्देश दिनुपर्ने उनले बताइन् ।   कार्यक्रममा संघका संस्थापक अध्यक्ष घनश्याम पौडेलले २०६२/०६३ को जनआन्दोलनको समयमा एकजुट भएका फोटो पत्रकारहरुको संस्थाले विभिन्न समयमा फोटो प्रदर्शनीलगायत अन्य रचनात्मक कार्यक्रम गर्दै आएको बताए । आगामी दिनमा पनि अझै क्रियाशिल भएर लाग्न उनको सुझाव थियो ।    संघका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेलले २०६२/०६३ को जनआन्दोलन क्रममा तस्विर खिच्ने क्रममा बिभिन्न समस्या भोग्नु परेपछि आन्दोलनकै दौरानमा स्थापना भएको संस्था अहिलेको अवस्थामा आईपुगेको बताए ।   २०५३ सालमा काठमाण्डौंमा खोलिएका राष्ट्रिय फोटो पत्रकार समूह नेपालको शाखाका रुपमा स्थापित संस्था केन्द्रमा गुटबन्दीमा परी टुटफुट भएको अवस्थामा कास्की एक भएर अघि बढिरहेको उनले सुनाए ।   संघले राजनीति बाहेक, पर्यटन प्रवद्र्धन र वातावरण संरक्षण तथा जनचेतनामूलक फोटो प्रदर्शनी गरिरहेको जानकारी दिए ।    पूर्वअध्यक्ष ईन्द्रप्रसाद पौडेलले केन्द्रमा केन्द्रले २०७४ सालमा गरेको भद्र सहमति र निर्णय लत्याएपनि कास्कीमा केन्द्रकै निर्णय अनुसार दर्ता गरिएको नेपाल फोटो पत्रकार संंघ कास्की विना कुनै गुटबन्दी अहिलेसम्म चलिरहेको जानकारी दिए ।   वि.सं की २०७४ सालमा दर्ता भएको नेपाल फोटो पत्रकार संंघ, कास्कीको पहिलो नेतृत्व आफैले गरेको उनले सुनाए ।   त्यसपछिका अध्यक्षहरुले पनि संस्थालाई जोगाएर विभिन्न कार्यक्रम गरिरहेको उनले बताए ।   फोटो पत्रकारहरुको अर्को संस्था फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाले फोटो पत्रकारहरु एकजुट हुनुपर्ने सन्देशसहित आफूहरुको संस्था नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा गाभिएको घोषणा गरेको छ ।   २०६७ सालमा कास्कीमा स्थापना भएको फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाका अध्यक्ष एकराज गिरीले आफ्नो संस्था एनपिजए कास्कीमा गाम्ने घोषणा गरेका हुन् ।   ‘यति सानो शहरमा फोटो पत्रकारहरुको संस्था किन धेरै बनाउनु छ र?,’ अध्यक्ष गिरीले भने, ‘अहिलेको अवस्थामा पोखरामा क्रियाशिल फोटो पत्रकारहरु एक भएको सन्देश दिन जरुरी छ । आजैका दिन देखि म अध्यक्ष रहेको संस्थालाई एनपिजए कास्कीमा समाहित गरिएको जानकारी गराउँछु ।’

पोखरा महानगरपालिका वडा नम्बर १७ को कार्यालयले ११५ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा टपरी गाँस्ने र धूपबत्ती बाट्ने प्रतियोगिता सम्पन्न गरेको छ ।   ‘सबै महिला तथा बालिकाहरुका लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने नारासहित वडा भित्रका महिला समूहहरुबीच प्रतियोेगिता आयोजना गरिएको वडाध्यक्ष राधिका कुमारी शाहीले जानकारी दिइन् ।    उनका अनुसार टपरी गाँस्ने प्रतियोगितामा छिमेकी आमा समूह विजयी बन्यो । यस्तै जनजागरण आमा समूह द्वित्तिय, लगनशिल आमा समूह तृतीय र संकल्प आमा समूहले सान्त्वना स्थान गर्याे ।      ति समूहले क्रमश: नगद रु १० हजार, ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरे । टपरी गाँस्ने प्रतियोगितामा कुल २१ आमा समूहको सहभागिता रहेको थियो ।   यस्तै धूपबत्ती बाटनेतर्फ शितलपथ महिला समूह प्रथम बन्यो । ड्यामसाइड टोल विकास आमा समूह द्वित्तिय, छिमेकी आमा समूह तृतीय र श्रीराम जानकी शान्तिपथ आमा समूहले सान्त्वना स्थान हाँसिल गर्याे ।   उनीहरुलेपनि ​क्रमश: नगद रु १० हजार, ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरे । धूपबत्ती बाटने प्रतियोगितामा कुल २० टिमले प्रतिस्पर्धा गरेका थिए ।      विजयी तथा उपविजेता समूहलाई कार्यक्रमका प्रमुख अतिथीसमेत रहेकी पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ वडाका जनप्रतिनिधिहरु लगायतले पुरस्कार वितरण गरिएको थियो ।    सो अवसरमा बोल्दै पोखरा महानगरकी उपप्रमुख गुरुङले उक्त कार्यक्रमले महिला सशक्तिकरणको पक्षमा सघाउ पुर्याउने विश्वास व्यक्त गरिन् ।   उ​नले आगामी दिनमा पनि वडाबासीलाई सशक्तिकरण बनाउने खालका रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेकी थिइन् ।      कार्यक्रममा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बास्तोला, वडासदस्य विक्रम गुरुङ, पोखरा-१७ का वडासचिव सुरेन्द्र शर्माका साथै सहभागीका तर्फबाट शितलपथ आमा समूहका अध्यक्ष सुमित्रा लम्साल र छिमेकी आमा समूहका अनिता पनेरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   वडाध्यक्ष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं वडासदस्य विष्णुकुमारी थापा भुजेलले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन वडाका कर्मचारी तिर्सना बरालले गरेकी थिइन् ।      

पोखरा:  गण्डकी मझौला मिनी तथा ट्रक संचालक समिति पोखराले व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण दिएको छ ।  समितिले पोखरामा व्यवसायी, चालक र सहचालकलाई ट्राफिक सचेतना, विमा पोलिसी र यातायात कानून सम्बन्धी प्रशिक्षण दिएको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ठ नायव प्रहरी निरिक्षक शिव पाठकले ट्राफिक नियम र दुर्घटना वारे प्रशिक्षण दिएका थिए ।  यस्तै गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका कानुनी सल्लाहकार यमबहादुर खत्रीले यातायात कानुन वारे प्रशिक्षण दिएका थिए ।  नेपाल इन्स्योरेन्सका अधिकृत दिनेश पोखरेलले सडक दुर्घटना र विमा पोलीसीबारे प्रशिक्षण दिएका थिए ।    कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की प्रमुख शोमा पाण्डेले सडक दुर्घटना न्यूनिकरण गर्नु सबैको दायीत्व रहेको बताइन् । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरणका लागि कानूनर व्यवहारीक पक्षलाई हेरेर काम गरिरहेको पाण्डेले बताइन् ।   गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका अध्यक्ष मनोज रसाइलीले दुर्घटना न्युनिकरण गर्ने उदेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।  सडकमा यात्रा गर्दा आवश्यक पर्ने नियम जानकारी भए दुर्घटना स्वतः कम हुने रसाइलीले बताए । व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षित गराउन समितिले काम गरिरहेको छ ।