पोखरा:   शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरिएको छ ।  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरील...

पोखरा:  पोखराको शैक्षिक शानका रुपमा स्थापित प्रतिभा एजुकेशन फाउण्डेशनले एभरग्रीन एकेडेमी स्थापना गरेको छ । पोखरा तेर्सापट्टिस्थित साविक कल्पना सिनेमा हलको स्थानमा अत्याधुनिक भवन निर्माण गरी एडेकेमी सञ्चालनमा ल्याएको हो । यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरेर एकेडेमीले जानकारी दिएको हो । टोडलरदेखि कक्षा ५ सम्मको पढाइ सुरु हुने भएको छ ।  आगामी वर्षदेखि कक्षा ६ देखि १० सम्म विस्तार गर्ने योजना छ । विद्यालयमै नर्ससहितको हेल्थ डेस्क, साइन्स ल्याब, लाइब्रेरी, तल्ला चढ्न लिफ्टसहित अत्याधुनिक सेवासुविधा उपलब्ध गराइने एकेडेमीले जनाएको छ । फाउण्डेसनद्वारा सञ्चालित प्रतिभा माविको शैक्षिक सफलतासँगै विद्यार्थीको बौद्धिक विकास र व्यक्तित्व निर्माणलाई सशक्त बनाउन प्रतिभा एजुकेसन मातहत नै रहनेगरी एभरग्रीन एकेडेमी स्थापना गरिएको प्रतिभा एजुकेसन फाउण्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए । विद्यार्थीलाई सिर्जनात्मक, व्यावहारिक तथा आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्य राखेको पौडेलले बताए । ‘एकेडेमीको मुख्य उद्देश्य भनेको प्रत्येक विद्यार्थीको वैयक्तिक भिन्नतालाई सबलीकरण गराउनु हो ।’ उनले भने, ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित ९स्टीम० र उन्नत प्रणालीमा आधारित शिक्षा प्रदान गर्नु हो ।’ ‘प्रत्येक विद्यार्थी फरक–फरक हुन्छन्, त्यसैले उनीहरूको प्रतिभा पहिचान गरी सोहीअनुसार सिकाइ प्रविधि अपनाइनेछ,’ पौडेलले थपे । एभरग्रीन एकेडेमीले समावेशी र विद्यार्थी केन्द्रित शिक्षा प्रणालीलाई केन्द्रमा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्ने एकेडेमीका निर्देशक किरण सापकोटाले बताए । उनले भने, ‘हामी पाठ्यक्रम र परीक्षामा आधारित मात्र शिक्षा दिन्नौँ । बरु विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउन चाहन्छाँै ।’ निर्देशक सापकोटाका अनुसार एकेडेमीले विद्यार्थीको व्यक्तिगत आवश्यकतालाई ध्यानमा राखेर शिक्षा प्रदान गदर्छ । ‘विद्यार्थीको सोंच र सिर्जनात्मक क्षमता प्रकट गर्न र उनीहरुलाई भविष्यका चुनौतीसँग सामना गर्न सक्षम बनाउने हो । जसका लागि विद्यार्थीको प्राकृतिक जिज्ञासा र अन्वेषणको भावना अभिवृद्धि गर्नमा केन्द्रित रहेर अध्यापन गराइन्छ ।’ उनले भने – ‘यसले विद्यार्थीलाई विभिन्न विषयसँग सम्बन्धित समस्याको समाधानमा अग्रसर बनाउँछ, जसले उनीहरुमा विश्लेषणात्मक र समस्या समाधान सीपको विकास गर्नेछ ।’ विद्यार्थीको समग्र व्यक्तित्व विकासको लागि विशेष योजना बनाएर शैक्षिक गतिविधि सञ्चालन गर्ने तथा शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई पनि उत्तिकै प्राथमिकता दिने निर्देशक सापकोटाले बताए । प्रत्येक कक्षामा २४ जनासम्म विद्यार्थी भर्ना गरिनेछ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कक्षाकोठाको संख्यालाई सीमित राखिएको विद्यालयले जनाएको छ ।  अत्याधुनिक साइन्स ल्याब, कम्युटर ल्याब, हाइजेनिक खाजाको व्यवस्था, एसीसहितको बस सुविधा, सबै विद्यार्थीका लागि कपडा तथा किताब राख्ने दराजको व्यवस्था गरिएको छ । विद्यालय पोशाक नतोकिने एकेडेमीले जनाएको छ । जग्गा र भवन निर्माणमा हालसम्म ५० करोड खर्च भइसकेको जनाइएको छ । निर्माण कार्य अझै जारी छ ।

पोखरा:   लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, नेपालले पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।   पोखरा रंगशालाको कभर्ड हलमा आगामी बैशाख १८ देखि २२ गतेसम्म लिगकम नकआउट फर्म्याटमा प्रतियोगिता आयोजना गर्ने आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   डिष्ट्रिक्ट गर्भनर लायन चण्डीप्रसाद अर्यालले संस्थाको अन्तर्राष्ट्रियस्तरमा १ सय ७ औं र नेपालमा ५३ औं वर्ष पूरा भएको अवसरमा उक्त प्रतियोगितामा आयोजना गर्न लागिएको बताए ।    उनका अनुसार सो प्रतियोगितामा विदेशीसहित कुल ६ टिमको सहभागिता रहने छ ।        अर्यालले गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, र पाकिस्तान भलिबल क्लब इस्लामावादको सहभागिता रहने बताउदै इरान र भारतको टिमसँग समन्वय भइरहेको जानकारी दिए ।    ‘अहिलेसम्म पाकिस्तान र नेपालको गरी ५ वटा टिमको फाइनल भइसकेको छ । बाँकी १ टिमका लागि भारत र इरानी टोलीसँग कुराकानी भइरहेको छ । त्यो पनि छिट्टै फाइनल हुन्छ’, उनले भने ।   प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछ ।    यस्तै उपविजेताले नगद २ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफी हात गर्नेछ । भने, सान्त्वना स्थान गर्ने समूहले नगद १ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफीद्वारा पुरस्कृत हुनेछ ।   डिष्ट्रिक्ट गर्भनर लायन अर्यालले विधागत पुरस्कार राशीको पनि व्यवस्था गरिएको बताए ।   प्रतियोगिताको लिगचरणका खेलका लागि प्रवेश शुल्क ३ सय रूपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

पोखरा: सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटोमार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको टोली सराङ्कोट पुगेको छ । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा ‘सराङकोट एट फोटो पत्रकार’ कार्यक्रम लिएर सोमबार एनपिजेएको टिम सराङकोट पुगेको हो । संघका अध्यक्ष राम गुरुङको नेतृत्वमा गएको टोलीले धार्मिक क्षेत्रको फोटो तथा भिडियो कैद गरेका थिए ।  फोटो पत्रकारले खिचेका फोटोको माध्यमबाट पोखरा १८ सराङकोटमा विस्तार हुँदै गरेको धार्मिक क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।  यहाँ रहेको कैलाशेश्वर महादेव मन्दिरमा प्रत्येक सोमबार साँझ ५ देखि ७ बजेसम्म महाआरति हुन्छ । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ ।  हालसम्म विशाल शिव मन्दिर (कैलाशेश्वर महादेव), नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएको समितिका अध्यक्ष जिसीले जानकारी दिए । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।  सोही क्षेत्रको विकासका लागि फागुन १४ देखि २१ गतेसम्म श्रीमद्भागवत् ज्ञानमहायज्ञ आयोजना गरिएको थियो ।   निर्माण गरिएका संचरनाको दिगो व्यवस्थापनमा अलवा बालउद्यान, योग ध्यान केन्द्रसहित दृष्य अवलोकनका लागि सिसाको आकाशे पुलसहितको थप संरचना बनाउने लक्ष्य रहेको अध्यक्ष जिसीले बताए ।  पोखरा १८ वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सराङकोट क्षेत्रको विकासका लागि पत्रकारहरुको अहम भूमिका भएकाले यसको प्रचारप्रसारमा फोटो पत्रकारको फोटोले अझ टेवा पुग्ने विश्वास व्यक्त गरे ।  धार्मिक क्षेत्रको विकासका लागि समितिले गरेको काममा आफ्नो वडाको तर्फबाट सधैं साथ र सहयोग रहने पनि उनको भनाइ थियो ।  यस क्षेत्रमा सडकमार्ग अलवा केवलकारमार्फत पनि पुग्न सकिन्छ । महाआरतिसँगै त्यस क्षेत्रको दृष्यअवलोकनका लागि सोमबार साँझ ४ देखि ७ बजेसम्म केबलकारमा छुटको व्यवस्था रहेको छ ।  नेपालीका लागि सो समयमा महाआरतिसँगै सराङकोट क्षेत्र जान आउनका लागि २ सय ५० रुपैयाँ मूल्य तोकिएको अन्नपूर्ण केबलकारका बजार व्यवस्थापक अरुण कोइरालाले जानकारी दिए । यसबाट पनि त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन टेवा पुग्ने उनले सुनाए ।  फोटो पत्रकारले कैद गरेका तस्विरले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भएकाले समय समयमा एनपिजेएले यस खालको कार्यक्रम गर्दै आएको अध्यक्ष राम गुरुङले बताए ।  पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा फोटोको माध्यमबाट यहाँको पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ कास्की सदैव तयार रहेको उनले प्रतिवद्धता जनाए ।   

पोखरा:   नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को तयारी तीव्र पारिएको छ ।  कार्यक्रमको प्रचारप्रसारकै क्रममा आयोजकले मंगलबार पुनः मोटर र्यालीको आयोजना गरेको कार्यक्रमका प्रचार संयोजक एवम आयोजक संस्थाका महासचिव विनय थापाले जानकारी दिए ।   अमरसिंहचोकबाट शुरु भएको मोटर ¥याली छोरेपाटनको गुप्तेश्वर महादेव गुफा, लेकसाइड, बाटुलेचौर हुदै महेन्दगुफा पुगेको थियो । पोखरा भ्रमण बर्षको सन्दर्भ पनि रहेकोले पोखराका पर्यटकिय गन्तव्यहरुमा मोटर र्यालीको गरेको उनले बताए ।  र्यालीमा ४० वटा गाडी सहभागी थिए । मोटर र्याली अमरसिंहचोकमा आएर समापन भएको थियो । कार्यक्रमको पुर्व सन्ध्यामा तयारीका साथै विभिन्न रचनात्मक कार्यक्रम गरेको आयोजकले बुधबार सरसफाइ कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक निरन केसीले बताए । सरसफाइ कार्यक्रम पोखरा नयाबजारबाट शुरु भइ पृथ्वीचोकमा पुगेर सम्पन्न हुनेछ । चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो सो हुदैछ । प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् ।   प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने छन ।     अटो सोमा बन्दिपुर केवुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज स्पन्सर अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने  छ  ।  प्रदर्शनी अवलोकन गर्न आउने महानुभावहरूले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । ४ दिनसम्म चल्ने अटो शोलाई ३५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकले  लिएका छन ।  

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोक सेवा आयोग राष्ट्रका सेवा गर्न चाहने आम नागरिकको आशा एवम् भरोसाको केन्द्रको रुपमा रहेको बताउनुुभएको छ ।   उहाँले निश्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई अक्षुुण राख्नु आयोगका लागि चुनौतीपूर्ण रहेको पनि उल्लेख गर्नुभयो ।   प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेश, पोखराको चौथो वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि भट्टले आयोगले गरेको काम र भूमिकाको प्रशंसा पनि गर्नुभयो ।     उहाँले भन्नुुभयो – ‘देश संघीय संरचनामा रूपान्तरण भएसँगै जारी हुनुपर्ने संघीय निजामती सेवा ऐन जारी नभएको विषम परिस्थितिमा पनि प्रदेश सरकार र प्रदेश लोकसेवा आयोगबाट प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह हुँदै आएको छ ।’   पाठ्यक्रमलाई आवधिक रुपमा परिमार्जन एवम् अध्यावधिक गर्ने, परीक्षा प्रणालीमा सामयीक सुधार गर्ने जस्ता विधि र प्रक्रिया अवलम्बन गरी उम्मेदवारको परीक्षण र छनौट प्रणालीको गुणस्तरीयता कायम गर्दै योग्यता प्रणालीको संरक्षण गर्नमा प्रदेश लोक सेवा आयोग निरन्तर क्रियाशील रहनेछ भन्नेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ ।   प्रदेश प्रमुख भट्टले संविधान र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमका कार्यहरुको अलावा स्मारिका प्रकाशन जस्ता रचनात्मक कार्यहरु समेत गरेकोमा बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा पनि नियमित कार्यहरुको प्रभावकारिता अभिवृद्धि गर्दै थप रचनात्मक कार्यहरु गर्न उत्प्रेरणा र सफलता मिलोस् भन्ने कामना पनि गर्नुभयो ।   प्रदेश प्रमुख भट्टले लोक सेवा आयोग गण्डकी प्रदेशले प्रकाशित गरेको स्मारिका समेत लोकार्पण गर्नुभयो ।     प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेश, पोखराका अध्यक्ष विष्णुप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, विपक्षी दलका नेता हरिबहादुर चुमान, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्ट लगायतले बोल्नुभएको थियो ।   उक्त अवसरमा उत्कृष्ट कर्मचारीबाट उपसचिव दामोदर सुवेदीलाई नगद १० हजार र सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो ।   यस्तै, आयोगको लोगो निर्माण गर्ने जगदीश्वर पाण्डेलाई नगद ४० हजारले पुरस्कृत गरिएको थियो ।  

पोखरा:   पृथ्वी नारायण क्याम्पस पोखरामा स्ववियु निर्वाचनको मतदान सकिएको छ ।   बिहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजेसँगै सकिएको हो ।   निर्वाचन समितिका अनुसार कुल २ हजार ८ सय ९७ मत खसेको छ ।    क्याम्पसमा कुल ९ हजार २ सय ७० विद्यार्थी मतदाता छन् ।   उक्त मतगणना भने सर्वदलीय बैठकपछि सुरु गरिने बताइएको छ ।   सभापतिमा ८ जनाको प्रतिस्पर्धा    स्ववियु सभापति पदका लागि ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।   अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य) संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ, स्वतन्त्र उम्मेदवारका रूपमा विप्लवी न्यौपाने र कमल सुवेदी चुनावी मैदानमा छन्।   क्याम्पसमामा १६ वर्षपछि हुन लागेको यस क्याम्पसको स्ववियु निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक संस्थाले मानव कल्याणको क्षेत्रमा गरेको योगदान अनुकरणीय रहेको बताउनुभएको छ ।   नेपालका लायन्स क्लबहरूले स्वास्थ्य, शिक्षा, प्राकृतिक विपद्का क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।   लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको पोखरामा आयोजित तेस्रो महाधिवेशनमा प्रमुख अतिथि भट्टले मानवीय सेवामा समर्पित पवित्र मन भएका व्यक्तिहरु आबद्ध रहेको लायन्स क्लबले गरेको सामाजिक कार्यहरूको प्रशंसा गर्नुभएको हो ।     ‘भूकम्प, बाढीपहिरोजस्ता समस्याले ठूलो धनजनको क्षति पु¥याउने गरेको हुँदा राज्यका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोग गर्दै आएका छन् । त्यसमा लायन्सको भूमिका पनि अग्रणी रहेको छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।     लायन्स क्लबको मुख्य उद्देश्य नै समाजसेवा रहेको भन्दै उहाँले स्वयंसेवी व्यक्तिहरु निर्माण गर्न लायन्सको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । ‘समाज व्यक्तिवादी हुँदै गएको बेला लायन्स जस्ता सामाजिक संस्थाले सानो उमेरदेखि नै स्वयंसेवी भावना पैदा गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ ।’ उहाँले भन्नुभयो – ‘सामाजिक सेवामा लाग्ने व्यक्तिको मूल्यांकन भावी पुस्ताले पनि गर्दछ । जसले समाजमा योगदान पु¥याउँछ, निश्चय नै समाजले त्यो व्यक्ति/संस्थाको मूल्यांकन उच्च रुपमा गर्ने गर्दछ ।’   मानव समुदायलाई सुसंस्कृत, अनुशासित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामी सबै लाग्नुपर्नेमा जोड दिँदै उहाँले हरेक मानिसलाई आफ्नो र परिवारसँगै समाज र राष्ट्रका लागि योगदान दिनु पर्छ भन्ने भावना जागृत गराउन आवश्यक रहेको बताउनुभयो ।   पछिल्लो समय लायन्स क्लबको संगठन विस्तार विशेष रुपमा भएको पाएको बताउँदै उहाँले यो विस्तारबाट समन्वयमा प्रभावकारिता, संगठन विस्तारमा टेवा, अन्तर्राष्ट्रिय सहयोग जुट्ने अवसर एवं सम्भावना र नेतृत्व निर्माण गर्नका लागि थप अवसर सिर्जना गरेको बताउनुभयो ।   सन् १९१७ मा अमेरिकाको शिकागो शहरमा स्थापित लायन्स अन्तर्राष्ट्रिय १०८ वर्ष लागिसकेको छ ।   नेपालमा पनि ५४ वर्ष पूरा भएको परिप्रेक्ष्यमा १५ वटा डिस्ट्रिक्ट अन्तर्गत २१ सय भन्दा बढी क्लब र ४४ हजार सदस्य आबद्ध भइसकेका छन् । डिस्ट्रिक्ट ३२५ एम अन्तर्गत देशभर १४० क्लब र ३५ सय बढी सदस्य छन् । 

पोखरामा ‘कार मोटर र्याली’ सम्पन्न भएको छ ।   नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को पूर्व सन्ध्यामा शनिबार पोखरामा मोटर र्याली आयोजना गरिएको हो ।   पोखरा रंगशालाबाट र्याली सुरु भएको थियो ।   गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले फ्ल्याग अफ गरी र्यालीको उद्घाटन गरे । र्यालीमा ५२ वटा गाडीमा १५० जना सहभागी भएको वाडाका वरिष्ठ उपाध्यक्ष एवं र्याली कार्यक्रम संयोजक शिव श्रेष्ठले जानकारी दिए ।   र्याली पृृथ्वीचोक, मुुस्ताङचोक, बिरौटा, ड्यामसाइड, राष्ट्रबैंकचोक, बसुुन्धारा पार्क, वाराहीचोक, हल्लनचोक, जिरो किमी, हरिचोक, हेम्जा, घट्टेखोला, नौंडाडा, कास्कीकोट, सराङकोट, विन्ध्यबासिनी, बागलुङ बसपार्क, नालामुुख, तेस्रापट्टी, महेन्द्रपुुल, नयाँबजार, पृथ्वीचोक, सभागृह, न्युुरोड, चिप्लेढुंगा, महेन्द्रपुुल, रानीपौवा, हस्पिटलचोक हुँदै र्याली अमरसिंहचोक मैदानमा पुगेर समापन भएको हो ।   र्यालीमा पुरुषतर्फ शोवितमान बुद्धाचार्य प्रथम, सुमन बिजुक्छे दोस्रो र सुनिल श्रेष्ठ तृतीय भएका छन् । महिलातर्फ तिसा जोशी प्रथम, रोमिका बुद्धाचार्य दोस्रो र शोभा केसी तृतीय भएकी छन् ।   नाडा र वाडासहित गण्डकी प्रदेश अटोमोबाइल संघ (नासा गण्डकी), नेपाली युवा उद्यमी मञ्च पोखरा, जोन्टा क्लब पोखराको संयुक्त आयोजनामा मोटर र्याली आयोजना गरिएको हो ।   कार्यक्रममा बोल्दै प्रमुख अतिथि विन्दुकुमार थापाले पोखरामा अटो शो आयोजना हुनु राम्रो पक्ष रहेको बताए । विशेष अतिथि नाडाका निबर्तमान अध्यक्ष ध्रुवबहादुर थापाले पोखरामा अटो शो आयोजना गर्दा अटो क्षेत्रलाई चलायमान बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।   कार्यक्रममा वाडाका अध्यक्ष दिपेन्द्र कोइराला, वाडाका उपाध्यक्ष एवं अटो शो संयोजक निरन केसी लगायतले बोलेका थिए ।   चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो सो हुनेछ ।   अटो सोका लागि २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण लगायत कम्पनीहरुको स्टल रहने संयोजक निरन केसीले जानकारी दिए ।

पोखरा:   पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते निर्वाचनको मिति  तोकेपनि निर्वाचन अधिकृतबाट मतपत्रमा त्रुटि हुँदा मतदान हुन सकेको थिएन ।  चैत ६ गते बसेको सर्वपक्षीय बैठकले चैत १० गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो । २०६५ साल यता स्ववियूको निर्वाचन हुन सकेको थिएन ।   अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएका छन् । यहाँ ९ हजार २७० विद्यार्थी रहेका छन् । अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् ।