पोखरा:   पोखराको न्यूरोडस्थित गुरुङ गहना घरले सडक सौंन्दर्यकरणमा पोखरा महानगरलाई साथ दिएको छ ।  गहना घरले न्यूरोड सडकबीचमा ५ सय सयपत्री फूलका बिरुवा रोपेको छ । महानगरपालिकाले आफ्नो घर,...

पोखरा:   पोेखराको संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएको जलाशय भित्र निर्माण गरिएको भगवान शंकरको जटाबाट निस्कने जलधाराको केदारेश्वर महादेव मणी मन्दीरका पीठाधिस चिद्घन चैतन्यजी महाराजले आज एक समारोहबीच उद्घाटन गर्नु भएको छ ।  विद्यालयको आन्तरिक स्रोत र  डिभिजन वन कार्यालय कास्कीको सहयोगमा निर्माण गरिएको सो उद्यानको लागत ५ लाख ९२ हजार रहेको छ । सो उद्यानको उद्घाटन गर्नुहुदैँ चैतन्यजी महाराजले आत्मसन्तुष्टि प्राप्त गरी स्थिर मन भएर गरेको धर्म मात्र सार्थक हुने बताउँदै धर्मले सबैलाई एकतामा बाध्ने स्पष्ट पार्नुभयो । उहाँले धर्मको बारेमा बोल्नुहुदैँ कुनै व्यक्तिको काम र कर्तव्यबाट पनि प्राप्त हुने स्पष्ट पार्नु भयो । भोकभोकै बसेर मन्दिरको दर्शन गरी लाखौं दान गरे पनि मनमा शान्ती र स्थितरता भएन भने त्यस्तो व्यक्तिले गरेको धर्मको कुनै अर्थ नहुने स्पष्ट पार्नु भयो । उहाँले धर्म र संस्कृति भनेको राष्ट्रको मुल मर्म भएकाले कुनै पनि अभिभावकले आफ्ना सन्ततीलाई धर्मको बारेमा सिकाउनुभयो  । गुरु चैतन्यले विदेश जाने छोराछोरीहरुलाई विदेश नजान आग्रह समेत गर्दै देशमै बसेर सेवा गर्न प्रेरित गर्नुभयो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष एवम् गोरखा पत्र दैनिकका व्युरो प्रमुख रमेश पौडेललाई पत्रकारीता क्षेत्रबाट धर्म संस्कृति र शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो ।   कार्यक्रममा विद्यालयका प्रध्यायानाध्यापक श्रीकृष्ण सिग्देल, प्रा। डा जग्गनाथ रेग्मी लगायतले धर्म संस्कृति र संस्कृत शिक्षाका बारेमा बोल्नु भएको थियो । सो विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । यहाँ हाल २६० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।  ७० जना विद्यार्थीहरुलाई निशुल्क आवास तथा भोजनको व्यवस्थासमेत विद्यालयले गर्दै आएको छ । जसका लागि गुरुकुल शिक्षाको संर्वद्धन र प्रर्वद्धनका लागि भन्दै अक्षयकोष खडा गरिएको छ । सो कोषमा हालसम्म ६५ लाख रुपैयाँ जम्मा भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । संस्कृत विद्यालय भएपनि सो विद्यालयमा वेद कर्मकाण्ड लगायत अंग्रेजी, विज्ञान, गणित विषयसमेत पढाई हुदाँ सो विद्यालयमा आउने विद्यार्थीको संख्यामा वृद्धि भएको सो विद्यालयका प्रअ सिग्देलको भनाई छ ।

पोखरा:   पोखरा लेकसाइडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्सले असोज ४ गते पोखरामा हुन गइरहेको दोस्रो पुम्दी—भुम्दी पर्वतीय दौड प्रतियोगितामा सहकार्य गर्ने भएको छ । होटलका सञ्चालक सुनिलबहादुर भट्टराई र दोस्रो पर्वतीय दौड प्रतियोगिताका संयोजक दीननाथ बराल बीच उक्त सहकार्यमा सम्झौता भएको हो । करिब सात रोपनी क्षेत्रमा फैलिएको होटलमा हाल तीन स्वीट रुमसहित डिलक्स र सुपर डिलक्स गरी ३८ रुम रहेकामा आउँदो असोजमा २४ रुम नयाँ थप हुने अर्को एक तीन सय सिट क्षमताको सभाहल निर्माणपछि जम्मा ६२ रुममा दुई सभाहल सहित फूलफेजमा होटल सञ्चालन हुने सञ्चालक भट्टराईले जानकारी दिनुभयो । फेवाताल, माछापुच्छ«े र अन्नपूर्ण हिमालशृंखलासहित मेथलाङ डाँडा नजिकको दृश्यावलोकन गर्न सकिने होटल सुरु भएको एक वर्षमै ट्रिप एडभाइजरमा पोखराका उत्कृष्ट पाँच होटलमध्ये एकमा पार्न सफल होटलसँग सहकार्य गर्न पाउँदा प्रतियोगितामा रौनकता थपेको संयोजक बरालले जानकारी गराउनु भयो । कन्फरेन्स हल, स्पा, साउना, स्ट्रिम, मसाज, खुला पार्किङ सुविधा भउको उक्त होटलमा दुई सयभन्दा बढी पाहुना को सिट क्षमताको रेस्टुरेन्टबाट समेत सेवा लिन सकिने सञ्चालक भट्टराईले बताउनु भयो । रेस्टुरेन्टले हरेक दिन एकोष्टिक लाइभ म्युजिकसहित कन्टिनेन्टल, नेपाली र भारतीय परिकारको स्वाद पस्कदै आएकाले पर्वतीय दौडसँगको सहकार्यले थप प्रचारप्रसार हुने पोखरा क्लिकका बजार व्यवस्थापक सागर सुनार बताउनुहुन्छ । सञ्चालक भट्टराईले होटल स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा फेवातालमा १० हजार माछाको भुरा छाड्दै वातावरण संरक्षणमा इट्टा थप्ने प्रयास गरेकोमा पर्वतीय दौडमा सहकार्य गर्न पाउँदा गौरवबोध भएको बताउनुभयो । विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा आयोजना हुने प्रतियोगितामा नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्य रहेको छ । मेडिकल पार्टनर रहेको नेलम्बो नेपालले तेस्रो पुरस्कारसमेत प्रायोजन गरेको प्रतियोगिताको अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन जोडिएको छ । प्रतियोगिताको आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ । प्रतियोगितालाई सफल बनाउन विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, परिचय एड्भर्टाइजिङ, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद् लगायत स्थानीय व्यावसायिक संस्थाहरूको सहयोग रहेको छ । 

पोखराः  पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको बृत्तिविकासका लागि पोखरा महानगरपालिकाका वडा नं ८ र ७ ले सहयोग गर्ने भएको छ ।  विगत देखिनै श्रीकृष्ण प्रणामी मन्दिरको भौतिक निर्माणमा साथ र सहयोग गर्दै आइरहेको ७ र ८ नम्बर वडाले आगामी दिनमा पनि मन्दिरको भौतिक निर्माणका लागि सहयोग गर्ने भएको हो । श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको १९ औं दिन शनिवार सहभागी भएका  वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बराल र वडा नं ७ का वडा अध्यक्ष राम मोहन आचार्यले श्रीकृष्ण प्रणामी मन्दिरको भौतिक बिकासका लागि साथ र सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरेका हुन । सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले आफु विगत ७ वर्षदेखि जनप्रतिनिधीको रुपमा वडाको प्रमुख भएर आएदेखि हाल सम्म श्रीकृष्ण प्रणामी मन्दिरका लागि १८ लाख रुपैयाँ निकासा गरिसकेको बताउदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे ।  अध्यक्ष बरालले आफुले वडा भित्रका मन्दिरहरुलाई सहयोग गर्दै आइरहेको र श्रीकृष्ण प्रणामी मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिती रहने भएकाले श्रीकृष्ण प्रणामी मन्दिरमा धार्मिक पर्यटक भित्रयाउने उद्देश्यले आगामी असोजमा आयोजना गर्ने कार्यक्रमका लागि समेत आफ्नो वडाको तर्फबाट सहयोग गर्ने समेत बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राममोहन आचार्यले श्रीकृष्ण प्रणामी मन्दिर वडा नं ८ मा स्थापित रहेको भएतापनि वडा नं ७ र ८ को महत्वपूर्ण धार्मिक स्थल रहेको बताए । मन्दिरलाई आफ्नो वडाबाट सहयोगलाई निरन्तरता दिदै यो पटक समेत मन्दिरको रंग रोकनको लागि एक लाख प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे । श्रीमदवीतकको १९ औं दिन सम्म आइपुग्दा भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको छ । श्रीमदवीतकमा भारतको सिलगुडीबाट समेत सहभागीता जनाएका छन ।  शनिवार सिलगुडीबाट आएका हंशदास महाराजले श्रीमदवीतकको बारेमा भक्तजनहरुलाई जानकारी दिएका थिए । सो अवसरमा वोल्दै श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकका संस्थापक कला माताले रत्नचोकमा ३४ वर्ष अगाडी श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरेको बताइन ।  आफुले सुुख दुख गरेर रत्नचोक संगै पोखराको विभिन्न तीन ठाँउमा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरेको बताउदै श्रीकृष्ण प्रणामी मन्दिरमा जुनसुकै धर्ममा आस्था राख्नेहरुले पुजाआजा गर्न पाउने समेत बताइन ।   सो अवसरमा श्रीकृष्ण प्रणामी मन्दिरको तर्फबाट कला मातालाई सम्मान समेत गरिएको थियो । सो अवसरमा वोल्दै श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले ३४ वर्ष पहिले स्थापना भएको श्रीकृष्ण प्रणामी मन्दिरमा आजको दिन सम्म श्रीकृष्णवीतक चर्चालाई निरन्तरता दिइएको बताए । स्थानिय तह र प्रदेश सरकारको सहयोग प्राप्त भएकाले मन्दिरलाई अझै ब्यवस्थित गर्दै भौतिक संरचना निर्माणमा जोड दिने ढकालको भनाइ रहेको थियो । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य पुरुषोत्तम रेग्मीले श्रीकृष्ण प्रणामी मन्दिर स्थानिय सरकार र प्रदेश सरकारको साथ र सहयोग जारी रहे पोखराकै उत्कृष्ण धार्मिक पर्यटकीय गन्तब्य निर्माण हुने बताए । आगामी श्रावण ३१ गते सम्म सञ्चालन हुने श्रीमदवीतक तथा श्रीकृष्ण कथा प्रवचनमा प्रत्येक दिन श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दु बाट संगीतमय कथा प्रवचन भइरहेको छभने संगीतमय कथा प्रवचनमा गायक तथा बाध्यवाधक सुनिल राइ र अनुपम भुजेलले साथ दिइरहेको समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए ।  

पोखरा: नेपाल अडिटर्स एसोसियसन (अडान) को साउन २० गते मनाउँदै आइएको स्थापना दिवस(अडान डे)का अवसरमा देशैभर सप्ताहाव्यापी कार्यक्रम गर्ने योजना अनुरुप अडान कास्कीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।      कार्यक्रम अन्तर्गत अडान कास्कीले साउन १६ गते बिहान मानव सेवा आश्रम हेम्जामा रहेका  करिब १८० जना आश्रितहरूलाई भोजन गराउनुका साथै वेल वृक्षरोपण गरिएको हो ।      उक्त कार्यक्रम अडानका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा गरिएको थियो ।      उक्त दिन दिउँसो सस्थाका सदस्यहरुलाई नविनतम प्रविधीको जानकारी गराउने उद्देश्यका साथ व्यवसायिक अभ्यासमा कृतिम बौद्धिकता (ब्चतषष्अष्ब िक्ष्लतभष्निभलअभ–ब्क्ष्)का अबसर तथा चुनौती विषयक प्रशिक्षण दिइएको थियो ।      कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू केशबहादुर के.सी, चन्द्रबहादुर सुवेदी, राजेन्द्र पौडेल, रुद्रनाथ पौडेल, कमलबहादुर रेग्मी र गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष पदमबन्धुु पोखरेललाई सम्मान गरिएको थियो ।       कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला सचिव अर्थ विज्ञ टंक पाण्डेले रजिष्टर्ड अडिटर्सहरूले प्रमाणपत्र मात्र लिएर नभइ पेशा व्यवसायमा  आवश्यकता अनुसार व्यावसायिक ज्ञान र शिप हासील गर्न जरुरी रहेको बताउनुभयो ।        कार्यक्रमका विशिष्ट अतिथि अडानका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले नेपाल अडिटर्स एशेसियशन २०६३ श्रावण २० मा स्थापना भएको बताउँदै संस्था स्थापनाको उद्देश्य, सदस्यहरूको पेशागत हक हितका पक्षमा सस्थाले गरेका कामहरू बारे जानकारी गराउनुभयो ।      लेखापरिक्षण व्यवसायमा आएका नविनतम मापदण्हरूको प्रयोग एवम् व्यवसाय माथि गैर व्यवसाही विचौलियाहरूको आक्रमण नियन्त्रण गर्न चुनैती भएको उल्लेख गर्दै उहाँले सम्पूर्ण लेखा व्यवसायीहरूले अनुशासित भै व्यवसाय गर्नुपर्नेमा जोड दिनुुभयो ।      आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले लेखापरिक्षकहरुले प्रचलित ऐन कानुन मापदण्ड समेतलाइ अध्यन गरी वित्तीय विवरणहरू पेश गर्न सुझाव दिनु भयो ।       अडान कास्कीका अध्यक्ष गुणनिधी पाण्डेको अध्यक्षता एवम् सदस्य कृष्णराज ढुङ्गनाले सञ्चालन गर्नुुभएको कार्यक्रममा काठमाडौं युनिर्भसिटी एआइ विज्ञ मनोज शाक्यले प्रशिक्षण दिनुभएको थियो ।      कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ उपाध्यक्ष दिनेश बास्तोला , लेखनाथ उद्योग वाणिज्य संघ, आइक्यान पोखरा, क्यान महासंघ कास्की, अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष एवम् पदाधिकारी, अडान केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, अग्रज अडिटर्स लगायत ८० जना सहभागी हुनुहुन्थ्यो ।   

पोखरा:  आगामी असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया शुरु गर्न पर्यटन व्यवसायीहरूले माग गर्नुभएको छ । पोखरा क्लिकद्वारा आज (बिहीबार) आयोजना गरेको पोखराका पर्यटन व्यवसाय सम्बद्ध संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालासँगको छलफल कार्यक्रमका वक्ताले उक्त सुझाव दिनुभएको हो । विश्व पर्यटन दिवस तथा विश्व शान्ति दिवसको अवसरमा आयोजना हुने प्रतियोगितामा उल्लेख्य विदेशी धावकहरूलाई सहभागी गराउन व्यवसायीहरूले आफ्ना क्षेत्रबाट पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।   कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखराको मुख्य बजारदेखि नजिक रहेको पोखरा २२ पुम्दीभुम्दी क्षेत्र विभिन्न ढंगले पछि परिरहेको हुँदा यस्ता गतिविधि त्यस क्षेत्रको आयआर्जन र खेल पर्यटन प्रवद्र्धन गर्नमा कोशेढुंगा साबित हुने बताउनुभयो ।  उहाँले भन्नुभयो “पोखराको लेकसाइड र नेपालका धेरै पदमार्गहरू यतिबेला बिग्रेका छन् तर पोखरा नजिकै रहेको पुम्दीभुम्दी, रानीवन क्षेत्र अझै बिग्रेको छैन त्यहाँ पर्यापर्यटनको राम्रो सम्भावना छ ।” यस वर्षको विश्व पर्यटन दिवसलाई पर्यटनको राजधानी पोखरामा भव्य रूपमा मनाउन राजदूतहरूलाई पोखरामा निम्ता गरेर उहाँहरूको इच्छा अनुसार पोखरा र पोखरा क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्यमा पु¥याउन पनि उहाँले सुझाव दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत युवराज गुरुङले विश्व पर्यटन दिवसका सन्दर्भमा आयोजना हुने प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामीले चाहँदा चाहँदै पनि कर्मचारी विविध सीमाभित्र बाँधिनुपर्ने, कसरी जोगिने भन्ने चुनौती छन् तापनि पर्यटन बोर्डको समयमै बजेट आएकाले पर्यटन प्रवद्र्धन हुने प्रदेशस्तरकै कार्यक्रम समयमै सञ्चालन गर्ने छौँ ।” साथै, उहाँले राज्यको पैसामा कुनै पदाधिकारीहरू घुम्ने प्रवृत्तिका कार्यक्रमका लागि बजेट माग्नु प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिबहादुर भुजेलले पोखरासँग जोडिएको पोखरा २२ किन बनेन भनेर चिन्तन गर्न ढिलो भएको बताउनु भयो । उहाँले पुम्दीभुम्दीको कोदो फल्ने डाँडामा विशाल महादेवको मूत्र्ति निर्माण हुँदा हिजोआज आम्दानीका बाटा खुलेको बताउँदै त्यसको व्यापक स्तरोन्नतिका लागि नेता, व्यापारी, स्थानीय सबैको ध्यानाकर्षण हुनुपर्ने बताउनु भयो । परिषद्का महासचिव जीवनराज सापकोटाले आयोजकले दीर्घकालीन सोचका साथ उक्त प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै प्रतियोगितामा धेरै पर्यटक सहभागी गराउन जति सक्दो छिटो फारम खुला गर्न सुझाव दिनुभयो । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले प्रतियोगितालाई सफल पार्न आफूहरूले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  सुवेदीले सो अवसरमा पुम्दीभुम्दीको रुटमा यस वर्ष आफूहरूले चौथो संस्करणको क्रस कन्ट्री दौड प्रतियोगिता गर्ने तयारी गरेकोसमेत बताउनुभयो । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखराको नौलो विधाको रूपमा आएको पर्वतीय दौड प्रतियोगितालाई आफूहरूले साथ र सहयोग गर्ने बताउनुभयो । उहाँले पोखराको फेवाताल पुम्दीभुम्दी क्षेत्रलाई समेट्ने गरेर हाफ म्याराथन आयोजना गर्नसमेत सुझाव दिनुभयो । नाट्टा गण्डकीका पूर्व अध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष पोखरेलले धेरै विदेशी धावकलाई सहभागी गराउनु व्यापक तयारीका साथ अगाडि बढ्न सुझाव दिनुभयो । पोखरेली ट्याक्सी सेवाका अध्यक्ष शोभाकान्त पौडेलले पोखराको पर्यटकीय क्षेत्रलाई खेलका माध्यमबाट थप प्रचारप्रचार गराउने उक्त अभियानलाई आफूहरूले सहयोग गर्ने बताउँदै आफूहरूसँग भएका दुई हजार ट्याक्सीमा स्टिकर टाँस गरेर प्रचारप्रसार गर्नसमेत तयार रहेको जनाउनुभयो । कार्यक्रममा नाटा गण्डकीका अध्यक्ष किशोर दाहाल, नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसी, बिबिसी नेपाली सेवाका संवाददाता कृष्णमणि बराललगायतले प्रतियोगितालाई नयाँ ब्राण्डका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । सहभागीहरूले दिएका सुझावलाई मनन गर्दै जति सक्दो छिटो विदेशी धावकलाई सहभागी गराउन फर्म खुला गर्ने संयोजक दिननाथ बरालले बताउनुभयो । पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतमले प्रतियोगिताको मुख्य उद्देश्य पोखरा क्षेत्रका पर्यटकको बसाइ लम्ब्याएर खेल पर्यटनका माध्यमबाट गाउँ पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिसँग पोखरा २२ लाई जोड्ने रहेको बताउनुभयो । उक्त प्रतियोगिता सम्पन्न गर्न, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्यम रहेको छ । प्रतियोगितामा मेडिकल पार्टनरका रूपमा रहेको नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ । प्रतियोगिताको आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिने भएको छ । प्रतियोगिताको अफिसियल टेलिभिजन तर्फ सिटीवान टेलिभिजन रहेको छ । प्रतियोगितालाई सफल बनाउन विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, परिचय एड्भर्टाइजिङ, पोखरा पर्यटन परिषद, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्लगायत स्थानीय व्यावसायिक संस्थाहरूको सहयोग रहेको छ ।

पोखरा:   पोखरा १५ मा बिहीबारदेखि निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन भएको छ ।  पोखरा कम्युनिटी सेन्टरको आयोजना तथा वडा कार्यालय १५ को समन्वयमा ४ दिने निःशुल्क दन्त परीक्षण शिविर सुरु भएको हो ।   अमेरिकाको क्रिकल्याण्ड कर्नरस्टोन डेन्टल बाट आएका डा. से जिन एनको १५ चिकित्सकीय टोलीले अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण गरेको पोखरा कम्युनिटी सेन्टरका कोअर्डीनेटर प्रकाश पार्कले जानकारी दिए ।  वडाध्यक्ष तोरण बानियाँले शिविरमा अमेरिकाका दन्त विशेषज्ञको टोलीद्वारा विशिष्ट मेसिनबाट दाँतको परीक्षण भइरहेको बताए ।  अघिल्लो वर्षको दन्त शिविरबाट धेरै जनाको सकारात्मक प्रतिक्रिया आएको र यस्तै शिविरको माग वडावासीबाट आएकाले शिविर सञ्चालनका लागि समन्वय गरिएको प्रतिक्रिया दिए ।  उनले मेसिन लगायत औजार झिकाउन भन्सारमा समस्या रहेकोमा वडा कार्यालयको विशेष पहलबाट औजार ल्याउन सकिएको र शिविर पश्चात् यी औजार वडाका कुनै सहयोगी संस्थामा राखेर त्यहाँबाट वडावासीलाई निःशुल्क सेवा दिने बारे कुरा भइरहेको  बताए ।   एक महिनादेखि दाँतको दुखाइले राम्रोसँग सुत्न पनि नसकेको बताउने कोल पाटनकी गुमा बानियाँले शिविरमा चिकित्सकले दाँतको उपचार र परीक्षण गरेर औषधी दिएको बताइन् ।  पोखरा लक्ष्मी टोल बस्ने सिता परियारको चिसो र तातो खाँदा दाँत दुखाइको समस्या रहेकोमा शिविरमा चिकित्सकले दाँत सफाइ गरी समस्या देखिएको दाँत निकालेको बताइन् । ’निजी क्लिनिकमा जाँदा ८–९ हजार लाग्छ भनेका थिए, अहिले आफ्नै घर छेउमा निःशुल्क उपचार पाइयो’ खुसी हुँदै उनले भनिन् ।  निःशुल्क ४ दिने शिविरको पहिलो दिनमा नै एक सय बढी बिरामीले लाभ लिएका छन् ।  बिहीबार र शुक्रवारको शिविर वडा कार्यालय अगाडिको भवनबाट सञ्चालन हुनेछ भने बाँकी दुई दिन सानिपाटनस्थित कम्युनिटी सेन्टरको हलबाट शिविर सञ्चालन हुनेछ ।  शिविरलाई वडा सदस्य बलराम पौडेल तथा कार्यपालिका सदस्य मन्दिरा परियार लगायत कम्युनिटी सेन्टरका एक दर्जन युवायुवतीले सहजीकरण गरेका थिए । 

पोखरा:   कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा बुधबार पहिरोमा पुरिएर एक युवकको मृत्यु  भएको छ ।  घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छ्रे सडक खण्डमा बुधबार विहान करिब १० बजे खसेको पहिरोमा पुरिएर पोखरा महानगरपालिका– २५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए ।  प्रहरीका अनुसार दिउँसो करिब साढे २ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको हो । स्थानीय बंगुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले उल्लेख गरेको छ। उक्त घटनामा परी स्थानीय शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराबाट विद्यालय जाने क्रममा शिक्षक पोखरेल सवार मोटरसाइकलाई पहिरोले पुरेको थियो । घाइते शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी तत्काल अस्पताल लगेका थिए ।   

पोखरा:  पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक वसन्तप्रसाद पराजुलीलाई बिदाई गरिएको छ । सेवा निवृत्त भएका इतिहास तथा संस्कृति विभागका सहप्राध्यापक पराजुलीलाई आइतबार विभागले एक समारोहका बीच बिदाई गरेको हो । विभाग सभाहलमा भएको कार्यक्रममा पराजुलीलाई ३० वर्ष सेवा अवधि पूरा गरेकोमा दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा।डा। हरिप्रसाद पाठक, इतिहासका पूर्व विभागीय प्रमुख प्रा।डा। ज्ञानबहादुर कार्की, सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेल, इतिहास विभाग प्रमुख नारायणप्रसाद ढकाल लगायतले पुष्पगुच्छा, दोसल्ला र मायाको चिनो प्रदान गरेका थिए । क्याम्पस प्रमुख पाठकले शिक्षण अवधिमा पराजुलीको योगदानको चर्चा गर्दै सुखद् निवृत्त जीवनको कामना गरे । ‘उहाँले शैक्षिक तथा प्रशासनिक नेतृत्वमा जिम्मेवार र कुशल ढंगले कार्यभार पूरा गर्नुभयो ।’ डा. पाठकले भने – ‘पराजुली सर सेवा निवृत्त हुनुभएपनि उत्तिकै सक्रिय र उर्जाशील हिसाबमा जीवन अघि बढाउनुहुनेछ भन्ने कामना गर्दछौँ ।’ सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेलले सहप्राध्यापक पराजुलीसँगको सौहार्द सम्बन्धको स्मरण गर्दै सक्रिय र स्वस्थ जीवनको लागि शुभकामना व्यक्त गरे । इतिहास विभागका पूर्व प्रमुख प्रा।डा। ज्ञानबहादुर कार्कीले इतिहास विभागलाई आजको यो अवस्थामा ल्याउन सहप्राध्यापक पराजुलीको अग्रणी भूमिका रहेको उल्लेख गरे । कार्यक्रमको अध्यक्षता समेत गरेका इतिहास विभागका प्रमुख नारायण ढकालले सहप्राध्यापक पराजुलीले ३ वर्ष विभागको नेतृत्व गर्दा उल्लेख्य प्रगति गरेको बताउँदै इतिहास विषयमा विद्यार्थीहरुको रुची बढ्दै गएको उल्लेख गरे ।  ‘साधारण जीवन र शालिन व्यवहार बसन्त पराजुली सरको पर्याय हो । सबैसँग मिल्न सक्ने भएकै कारण मनमा, मुटुमा, आँखामा बसन्त सर रहिरहनुहुनेछ । सेवा निवृत्त भएपनि विभागलाई उहाँको सहयोग मिलिरहनेछ ।’ विभाग प्रमुख ढकालले भने । सेवा निवृत्त सहप्राध्यापक पराजुलीले तीन दशक लामो शिक्षण पेशा नै पहिचानको आधार भएको उल्लेख गर्दै आफूले शिक्षा क्षेत्रका लागि सक्दो दिएको र सन्तुष्टि मिलेको बताए । उनले शुभकामना र सम्मानका लागि आभार पनि व्यक्त गरे । उपप्राध्यापक चन्द्रकान्त पौडेलले स्वागत तथा विभागका सदस्य तोयनारायण देवकोटाले सञ्चालन गरेको बिदाई कार्यक्रमा लेखा प्रमुख पुष्पराज पौडेल र विद्यार्थी विपिन आचार्यले पराजुलीले गरेको शैक्षिक योगदानको प्रशंसा गरेका थिए । इतिहास विभागको तर्फबाट सहप्राध्यापक डा. दीर्घमान गुरूङ, सहप्राध्यापक अर्जुन बहादुर भण्डारी, पूर्व विभागीय प्रमुख राधा भण्डारी लगायतले बरालसँगको लामो सहकार्यका अनुभव साझा गरे ।  

पोखरा:   पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको  गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ ।  लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र लियो क्लब अफ हेमजाले  संयुक्त रुपमा फलफूलका विरुवा रोपेको हो ।   प्रमुख अतिथि लायन्स इन्टरनेशनल ठिस्ट्रिक्ट ३२५ जे रिजन ५ का रिजन चियर पर्सन दिनेश तुलाचनले वातावरणीय स्वच्छता तथा उत्पादन मुखी फलफुलका बिरुवा रोपेर मानव स्वाश्थ्यलाई सरल र सहज बनाउनमा सहयोग पुग्ने कुरा बताए ।  तुलाचनले हेम्जा का लायन्स र लियोको समाज सेवाप्रति रहेको भावनालाई उच्च कदर गर्दै आगामि दिनमा अझै सक्रिय रुपमा समाजसेवामा समर्पित हुन आग्रह गरे ।  लायन्स इन्टरनेशनल ठिस्ट्रिक्ट ३२५ जे का जोन १०का जोन चेयर पर्सन प्रगत कायस्थले  फलफूलका विरुवा हुर्कदै फल्दै जाँदा बिधर्थिहरुलाई पनि अध्ययन र खाजाका लागी प्रयोग हुने  चराचुरुङ्गीको संख्या समेत बढेर जाने बताए ।  लियो पास्ट डिस्ट्रिक्ट गर्भनर बिष्णु दाहाल ले हेमजाको सामाजिक क्षेत्रमा लियोको सक्रियता खुलेर प्रसंसा गरे । गौरी शंकर माविका प्रधानाध्यापक अमर बहादुर कुँवरले रोपेका बिरुवालाई हुर्काउन र संरक्षण गर्न स्कुल प्रतिवद्ध रहेको बताए ।