पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका तीजको अवसरमा आयोजित महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकमार थापाले गरे । उद्घाटन समारोहमा उनले संस्कृति संरक्षणमा यस्ता महोत्सव महत्त्वपूर्ण हुने बताए । महोत्सवमा प्रदेश सांसद प्रकाश बराल, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवसमान प्रधानांग, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, कलाकार हरिदेवी कोइराला, महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्लले सभ्य र अनुशासित रुपले तीज मनाउनुपर्नेमा जोड दिए । टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले चौरमा बसेर तीज गीत गाउने परम्परा हराउँदै गएको अवस्थामा उक्त परम्पराको पुनर्जागरणका लागि पनि महोत्सव आयोजना गरिएको बताइन् । महासचिव शोभा अधिकारी पौडेलले पर्वलाई महिला सशक्तीकरणसँग जोड्नु महोत्सवको मुख्य उद्देश्य भएको बताइन् । उद्घाटनअघि हल्लनचोकबाट बाजागाजा सहित झाँकी ¥याली सुरु भएर बाराहीघाटमा आएर समारोहमा परिणत भएको थियो । महोत्सवमा मंगलबारदेखि तीज गीत प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा सहभागी अधिकांश महिला समूहले पर्यटनस“ग जोडेर तीज गीत प्रस्तुत गरे । पोखराको फेवा ताल संरक्षण, पर्यटकीयस्थलको प्रवद्र्धन, पर्यटनमा महिला सहभागिता, महिला सशक्तीकरण लगायत विषय प्रतियोगी समूहले गीतमार्फत उठान गरेका थिए । महोत्सव संयोजक शान्ता सुवेदी तिमिल्सिनाका अनुसार बुधबार पनि तीज गीत प्रतियोगिताले निरन्तरता पाउने छ । बुधबार रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ (संवाद कार्यक्रम) हुनेछन् । तीज गीत प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४–४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताइन् । यो महोत्सवले परम्परागत वेशभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारहरूको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले बताइन् । उनले भनिन्, ‘सांस्कृतिक संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रवद्र्धनका नयाँ ढोकाहरू खुल्नेछन् ।’ महोत्सवकै अवसरमा सेल रोटी पकाउने प्रतियोगिता पनि राखिएको छ ।
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवको चौथो दिनदेखि सुरु प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका उप सभामुख विना कुमारी थापाले गरेकी थिईन । यसरि हुन्छ प्रतिस्पर्धा आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीका अनुसार प्रतियोगितामा सहभागीहरुको एक समुहमा पाँच जना रहनेछन् । सहभागी प्रतियोगिलाई आयोजकले एक पाथी धान दिनेछ । त्यसपछि त्यो धानलाई ढिकिमा लगेर कुट्नु पर्नेछ । कुटेको धानबाट भुस र चामल छुट्याएर चामललाई जातोमा लगेर पिठो बनाउनुपर्नेछ । यस्का लागि सहभागिले २५ मिनेटको समय पाउनेछन् । आफुले पाएको समयमा जुन समुहले धेरै पिठो बनाउछ उही समुह बिजेता हुने अध्यक्ष अधिकारीले जानकारी दिए । बिजेता समुहले १२ हजार ५५५, द्धितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ नगद पुरस्कार पाउने प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराम सुवेदीले जनकारी दिए । यसै गरि महोत्सव अन्र्तगत मंगलबारदेखि खुल्ला एकल नृत्य प्रतियोगिता र बुधबार छेलोहान्ने प्रतियोगिता हुने आयोजक केन्द्रका सचिव दृर्गा प्रसाद अधिकारीले जानकारी दिए । एकल नृत्य र छेलोहान्ने प्रतियोगिताका बिजेताहरुले समान १२ हजार ५५५, द्घितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ नगद पुरस्कार पाउने छन् । महोत्सव अन्र्तगत आईतबारदेखि सुरु तिज गित प्रतियोगिता जारी रहेको छ । सोमबारसम्म ११ टोलीले भाग लिएको प्रतियोगिता बुधबारसम्म जारी रहनेछ । प्रतियोगितामा प्रथम हुनेले ३५ हजार ५५५, द्घितियले २० हजार ५५५, तृतियले १० हजार ५५५, सान्त्वनाले पाँच हजार ५५५, उत्कृष्ट भेषभुषा र नृत्यले तीन हजार ५५५ नगद पुरस्कार पाउनेछन् । १० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरि एक सय ५० व्यापारिकस्टलहरु, १२ रेष्टुरेन्टका स्टल, वाल उद्यान रहेका छन् । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ् । ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सव आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
पोखरा: नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले आगामी भदौ २० र २१ गते पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । इक्यान कास्कीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा शैक्षिक मेला आयोजना गर्ने जानकारी दिएको हो । लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर इकान कास्कीले आठौं संस्करण आयोजना गर्न गइरहेको छ । मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था, ब्रिटिस काउन्सिल लगायतका ६० स्टल रहनेछन् । मेलामा सहभागी विद्यार्थीलाई लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायत आकर्षक उपहार प्रदान गरिनेछ । पत्रकार सम्मेलनमा इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले गण्डकी प्रदेशका विद्यार्थीलाई लक्षित गरेर नेपाल सरकारबाट स्वीकृतप्राप्त कन्सल्टेन्सी मात्रै शैक्षिक मेलामा सहभागी हुने बताए । उनले भने, ‘विश्व ग्लोबल भिलेजका रूपमा परिवर्तित भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीले आफूले चाहेको विषय, संसारका जुनसुकै कुनामा रहेका कलेज, विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकारको कुरा हो ।’ इक्यान कास्कीका उपाध्यक्ष एवं मेला संयोजक सन्तोष शाहीले पोखरामै अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजको उपस्थितिमा हुने शैक्षिक मेलाले विदेशमा पढ्न इच्छुक विद्यार्थीका लागि एकै थलोमा परामर्शको अवसर प्रदान गर्ने बताए । उनले भने, ‘मेलामा आएपछि आफ्नो रोजाइ र क्षमता अनुसारका विश्वविद्यालय वा कलेजमा छान्न पाउने अवसर विद्यार्थीलाई मिल्ने छ ।’ इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर हाल ७ सय २० कन्सल्टेन्सी नेपाल सरकारको शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती कन्सल्टेन्सीबाट विश्वसनीय सेवा लिन सकिने बताए । इक्यानका सदस्यले विद्यार्थीलाई विदेश पठाउने मात्र नभइ अध्ययन पश्चात नेपाल फर्काउने अभियान पनि सञ्चालन गरिरहेको उनले बताए । ‘अवसरको खोजी गर्ने मानवीय स्वभाव नै हो,’ उनले भने, ‘यद्यपि इक्यानले नेपाल फर्काउने अभियान चलाउन अर्को शैक्षिक मेला छिट्टै आयोजना गर्दैछ ।’ शैक्षिक मेलाको प्रस्तुतकर्ता टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले उचित परामर्शका लागि इक्यान मेलामै सहभागी हुन आग्रह गरे । मेलालाई ब्रिटिस काउन्सिल नेपालको साथ रहनेछ । मेलाको पावर्ड बाइमा बेलायत स्थित युनिभर्सिटी अफ वर्केस्टर र योर्क सेन्ट जोन युनिभर्सिटी रहेका छन् । मेलाको प्लाटिनम प्रायोजकमा ग्रेस इन्टरनेसनल, गोल्ड प्रायोजकमा चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसन÷आईआईई र बैंकिङ पार्टनरमा एनएमबी बैंक रहेका छन् । पर्यटकीय राजधानी पोखरामा हुन लागेको बृहत् शैक्षिक मेलामाबाट यस क्षेत्रका विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले लाभ लिन सक्ने इक्यान कास्कीले जनाएको छ ।
पोखरा: बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि पोखरामा नयाँ शाखा विस्तार गर्न लागेको हो । विद्यार्थीलाई विदेश अध्ययनका लागि सही मार्गदर्शन र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रालिले पोखरा सिद्धार्थचोकमा नयाँ शाखा विस्तार गरेको अध्यक्ष सञ्जय कुँवरले जानकारी दिए । ‘पोखरामा जापान अध्ययनको बजार ठूलो छ तर यहाँ अझै पनि उचित मार्गदर्शन र व्यवस्थित प्रक्रिया अभाव छ । हाम्रो नयाँ शाखाले यस खालको अभावलाई पूरा गर्दै विद्यार्थीलाई सही जानकारी, पारदर्शी प्रक्रिया र व्यावसायिक सहयोग पुरÞ्याउनेछ,’ उनले भने । प्रालिले शाखा विस्तारको अवसमा विभिन्न छुट कार्यक्रम ल्याएको छ । जसमा जापानी भाषा कक्षामा २० जनालाई भर्ना शुल्क छुट, आयल्स पिटिइ तयारीका कक्षामा २० जनालाई निशुल्क कक्षाहरु सञ्चालन गरिने अध्यक्ष कुँवरले बताए । यस्तै विभिन्न संघसंस्थाको सहकार्यमा विविध तालिम कार्यक्रममा छुटको अवसर समेत रहेको कुँवरको भनाइ छ । प्रालिले आगामी दिनमा जापानी भाषा शिक्षा र अन्तर्राष्ट्रिय परीक्षा तयारीका लागि आधुनिक प्रशिक्षण केन्द्र स्थापना, अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा संस्थासँग साझेदारी गरेर छात्रवृत्ति तथा अवसर र अनलाइन काउन्सेलिङ प्लेटफर्म विस्तार गरेर ग्रामिण क्षेत्रका विद्यार्थीलाई पनि सेवा पु¥याउने लक्ष्य राखिएको अध्यक्ष कुँवरले जानकारी दिए । यस्तै व्यावसायिक तथा सीपमुलक तालिम र देशभर थप शाखा विस्तार गर्ने प्रालिको तयारी छ ।
पोखरा: आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ । पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सर पिडीत आप्mना सदस्यलाई आर्थिक सहयोग गरेर सवैका लागि अनुकरणीय बनेको हो । समूहको २३ औं वार्षिक साधारण सभा, सम्मान तथा नेपाली नारीको महान पर्व हरितालिका तिजको अवसरमा आयोजित तिज विशेष कार्यक्रम उद्घाटन कार्यक्रममा यस बर्ष समुहका चार जना क्यान्सर पिडीतलाई २५ हजारका दरले एक लाख रुपैया आर्थिक सहयोग गरेको जानकारी दिइयो । गण्डकी प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य पञ्चराम गुरुङले कार्यक्रमको उद्घाटन गर्दै आमा समुहले समाजका विकृति र विसंगतिको अन्त्य गर्दै सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । महिलाहरुले तिज पर्वको माध्येमवाट सस्कृतिको संरक्षणमा पु¥याएको योगदानको उच्च कदर गर्दै उहाँले पर्व मनाउँदै गर्दा तडक भडक नभई मौलिकतालाई भुल्न नहुने बताउनुभयो । मौलिक संस्कृति मुलुकलाई चिनाउने पहिचान भएको बताउँदै उहाँले यसको संवद्र्धन र प्रवद्र्धनको माध्येमबाट पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । समुहका सल्लाहकार एवंम सञ्चारकर्मी हरि बास्तोलाले समुहले संकलन गरेको आर्थिकलाई भरपुर उपयोग गर्दै समाज र समुहका सदस्यको नेतृत्व विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । टोलमा कृयाशिल विभिन्न आमा समुह, टोल विकास संस्था, टोल सुधार समिति लगायतले सामुदायिक भवन निर्माण जोड दिनु पर्ने उहाँको भनाई थियो । कार्यक्रममा समुहका जेष्ठ सदस्य, दश जोड दुई परिक्षा उत्तिर्ण छात्रछात्र र समुहलाई आर्थिक सहयोग गर्नुहुने महानुभावहरुलाई दोसल्ला, खाँदा र सम्मान पत्रले सम्मान गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि, अग्रह आमा लिलावती वास्तोला, पूर्व अध्यक्षव्दय हिरा अधिकारी र सुकुना गुरुङ लगायतले सम्मान गर्नुभएको थियो । साधारण सभाले समूहका सचिव सिर्जना खनाल र कोषाध्यक्ष निरमाया क्षेत्रीले प्रस्तुत गर्नुभएको सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको थियो । समुहका अध्यक्ष पार्वती खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार टिकाराम पौडेल, घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, निवर्तमान अध्यक्ष कोकिला उदास, उपाध्यक्ष मिना द्धारे लगायतले आमा समुहले खेल्दै आएको भूमिका माथि प्रकाश पार्नुभएको थियो ।
पोखरा: रोजगारीको शिलसिलामा कोरियामा रहेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन्। कोरियामा रोजगारीसँगै त्यहाँका सरकारी निकायमा कार्यरत व्यक्तिसँग समन्वय गरी संकलन गरेको रकमबाट पोखरा १६ छहरेपानीस्थित ज्ञानज्योति माध्यमिक विद्यालय र झुप्राङ्कोट आधारभुत विद्यालयका करिब १ सय २२ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको समन्वयकर्ता छवि आचार्यले जानकारी दिए। सो सामग्री एक कार्यक्रमका बीच वडा सदस्य रामकाजी गुरुङ, जुनकिरी फाउण्डेशन कोरिया नेपालका प्रतिनिधि दिपक बञ्जाराले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम आचार्य र प्रधानाध्यापक यम कार्कीको उपस्थितीमा विद्यार्थीलाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै फाउण्डेशनका नेपाल प्रतिनिधि दिपक बञ्जाराले देशका ग्रामीण क्षेत्रमा अझै पनि शिक्षा र स्वास्थ्य सर्वसुलभ हुन नसकेको बताउँदै, आफ्नो संस्था पनि यही क्षेत्रमा क्रियाशील रहेको बताए। उनले कोरियामा रहेका नेपाली तथा त्यहीका प्रहरी सेवामा कार्यरत कोरियन नागरिकसँग सहयोग संकलन गरी यहाँका जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई सहयोग गरेको सुनाए । विद्यालयका प्रधानाध्यापक यम कार्कीले भुपु विद्यार्थीको पहलमा भएको यस कार्यले अन्यलाई पनि हौसला मिल्ने बताउँदै, सहयोगी संस्था र व्यक्तिलाई आभार व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रामकाजी गुरुङ, भुपु विद्यार्थी छविलाल आचार्य, सि आर भि प्रहरी लामाचौरका प्रमुख पुर्ण बहादुर विक लगायतले संस्थाले गरेको असल कार्यको प्रशंसा गरे। शिक्षक बिष्णुमाया आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रअ लक्ष्मी देवकोटाले गरेकी थिइन्। कार्यक्रममा अभिभावक, विद्यार्थी सहितका सरोकारवालाको सहभागिता रहेको थियो।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन्। उनले महिलाहरुले अझै पनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताउँदै यसका विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ छ । सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठले महिलाका विचार र आवाजलाई निर्णायक भूमिकामा स्थान दिनुपर्ने बताइन्। उनले समावेशीतालाई सबै संस्थागत अभ्यासमा अनिवार्य रुपमा लागू गर्नुपर्नेमा जोड दिइन्। महिला समावेशी सम्बन्धी नीति नियमहरू बने पनि कार्यान्वयन हुन नसकेको उनको गुनासो छ। हरेक संस्थामा जेसी ९जेंडर समानता० नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा विशेष ध्यान दिन उनले आग्रह गरिन् । सवनम शर्माले महिलामाथि हुने हिंसाका विरुद्ध एकजुट भएर आवाज उठाउनुपर्ने बताइन्। अझै पनि समाजमा बोक्सी प्रथा विद्यमान रहेको बताउँदै त्यसलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखिन्। उनले नेपालको संविधानले हिंसा वा दुर्व्यवहार भएमा कानुनी उजुरी गर्ने अधिकार सुनिश्चित गरेको भन्दै पीडितलाई आफ्नो हक प्रयोग गर्न आग्रह गरिन्। कार्यक्रममा गण्डकीका प्रेस रजिस्ट्रार विमला भण्डारी, क्रियाशील महिला पत्रकार महासंघ गण्डकीका अध्यक्ष सरिता तिमल्सिना पंगेनी, गोनेसाका कार्यक्रम संयोजक मुना दवाडी, फेडोका प्रदेश सदस्य सुमित्रा गायक, इन्सेकका संयोजक गणेश भण्डारी, गोनेसाका कार्यकारी निर्देशक शिवराज शर्मा लगायतको उपस्थिति थियो।
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवमा १० हजारभन्दा बढी दर्शकको सहभागिता रहने आयोजकको अपेक्षा छ । संस्थाले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीबारे जानकारी दिएको हो । महोत्सवको मूल नारा ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा योगदान पु¥याऔं’ राखिएको छ । नेपाली महिलाको भक्ति, उल्लास र सामूहिक संस्कृतिको पर्वका रूपमा मनाइने तीजको परम्परागत गीतहरूलाई खुला चौरमा पुनर्जीवित गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले बताइन् । उनका अनुसार गत वर्ष झण्डै ८ हजार दर्शकले अवलोकन गरेको यस महोत्सवमा यस वर्ष गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाको सहभागिता रहनेछ । आन्तरिक तथा बाह्य पर्यटकको व्यापक सहभागिताको पनि अपेक्षा गरिएको छ । महोत्सव संयोजक शान्ता तिमिल्सिनाका अनुसार महोत्सवमा सांगीतिक तीज गीत प्रतियोगिता, विभिन्न खेलकुद प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम रहनेछन् । गत वर्ष ३० समूहको प्रतिस्पर्धा रहेको तीज गीत प्रतियोगिता यस वर्ष अझै उत्साहपूर्ण हुने अपेक्षा गरिएको छ । तीज गीत प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४–४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताइन् । टेवान महासचिव शोभा अधिकारी पौडेलले पहिलो दिन विहान १०ः३० बजे हल्लनचोकबाट बाजागाजासहित भव्य ¥याली निकालिने जानकारी दिइन् । पर्यटन व्यवसायीका संघसंस्था, आमा समूह, दिदी बहिनी समूह र विविध सांस्कृतिक समूहको सहभागिता रहने उक्त ¥यालीपछि उद्घाटन समारोह हुनेछ । सोही दिनबाट खुला तीज गीत प्रतियोगिता सुरु हुनेछ । दोस्रो दिन विहान १० बजेबाट खेलकुद प्रतियोगिता सुरु हुनेछ । रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ (संवाद कार्यक्रम) हुनेछन् । यो महोत्सवले परम्परागत वेशभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारहरूको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले बताइन् । उनले भनिन्, ‘सांस्कृतिक संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रवद्र्धनका नयाँ ढोकाहरू खुल्नेछन् ।’ महोत्सव सम्पन्न गर्न झण्डै १७ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिइन् । महोत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन ठोस योगदान पु¥याउने पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताए । उनले आगामी वर्षदेखि वार्षिक रुपमा टेवानको तीज महोत्सवका लागि बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गरे । पोखराको सुस्त अर्थतन्त्रलाई चलायमान गराउन यो महोत्सवले प्रत्यक्ष सहयोग पु¥याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । पर्यटन महिला व्यवसायीको क्रियाशीलता र सशक्तीकरणमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा उनले गरे । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले सांस्कृतिक गौरवलाई पर्यटकीय सम्पदामा रूपान्तरण गर्दै देशको आर्थिक समृद्धिमा अमूल्य योगदान दिन तीज महोत्सवले भूमिका खेल्ने बताए । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले विदेशी पर्यटकलाई तीजको महत्व बुझाउन महोत्सव सफल हुने विश्वास व्यक्त गरे । महोत्सवको मुख्य प्रवद्र्धकमा पोखरा महानगरपालिकाको कार्यालय र नेपाल पर्यटन बोर्ड रहेका छन् । महोत्सवलाई गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद्को सहयोग रहेको छ ।
पोखरा: इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संस्थाले विभिन्न महत्वपूर्ण चाडपर्व लक्षित गरी शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएकोमा तिजका अवसरमा शुुभकामना आदानप्रदान गरिएको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो । पोखराको लेकसाइडस्थित होटेल पौवामा सम्पन्न कार्यक्रममा ५६जनाको सहभागिता थियो । कार्यक्रममा एगा पोखराका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले तिज आँर्फैमा महत्वपूर्ण संस्कृति भएको बताउनुुभयो । यसको मौलिकतालाई जोगाउनु आवश्यक भएको उहाँको भनाई छ । कार्यसमिति सदस्य एवम् कार्यक्रम संयोजक सुन्ती पुर्जाले सबैको साथ र समन्वयमा कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो । एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको सभापतित्व एवम् कार्यसमिति सदस्य रामकृष्ण तिमल्सिनाले सञ्चालन गर्नुुभएको कार्यक्रममा उपाध्यक्ष गीता ढकाल पौडेलले स्वागत गर्नुुभएको थियो । कार्यक्रममा सद्भाव सदस्य गोविन्द अधिकारी, कमल सापकोटा, पूर्व अध्यक्षहरू जीवनाथ गौतम, कृष्णकुमार श्रेष्ठ, शंकर भट्टराई र विश्वराज पोखरेल लगायतले तिजको महत्व बारे प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।