पोखरा:   पोखराको न्यूरोडस्थित गुरुङ गहना घरले सडक सौंन्दर्यकरणमा पोखरा महानगरलाई साथ दिएको छ ।  गहना घरले न्यूरोड सडकबीचमा ५ सय सयपत्री फूलका बिरुवा रोपेको छ । महानगरपालिकाले आफ्नो घर,...

पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ । माझठाना पोखरा सम्पर्क समाजद्धारा आज पोखरामा आयोजित तिज विशेष एवम् विद्यार्थी सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले सस्थागत रुपमा तिज मनाउनदा  मनाउँदा एक आपसमा आत्मियता अभिवृद्धि हुने बताउनुभयो । संस्कृति र संस्कारको माध्येमवाट धार्मिक एवम् पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा जोड दिंदै उहाँले समाज बढ्दै गएको विकृति र विसंगतिका विरुद्धमा एकतावद्ध भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा समाजमा आवद्ध सदस्यका छोराछोरी मध्येवाट एसइई २०८१ मा सर्वोत्कृष्ट अंक ल्याएर उत्ततिर्ण हुनु हुने पाँच जनालाई नगद सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । समाजका अध्यक्ष सारदा लामिछानेको अध्यक्षमा भएको कार्यक्रममा पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछाने,समाजका निवर्तमान अध्यक्ष भोलानाथ ओझा,सल्लाहकारव्दय डा निर्मल लामिछाने र डा. मानवहादुर केसी,सुर्यज्योती लाइफल इन्स्वरेन्स प्रालि गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद वराल,कार्यक्रम संयोजक सूर्यराज चपाई, विष्णुहरि तिवारी लगायतले समाजले खेल्दै आएको भूमिका माथि प्रकाश पार्नुभएको थियो ।    

पोखरा:  हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्की जिल्लाको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवद्र्धन गरिएको छ । साउनको अन्तिम शनिबार पोखरा ९ दरबारथोकमा भेला भई हेमजाको सुइखेत सम्म वसमा, त्यसपछि पैदल हेम्जाकोट सामुदायिक होमस्टे हुदै धिताल होमस्टेमा पुग्दा संचालन विशाल पौडेलले पुष्पगुच्छाले स्वागत गरेका थिए । हाइकिङ समुह धितालबाट, अस्तामको नौमती बाजापार्क, अस्ताम गाउँ, झिझिर्का हुँदै मिलनचोक सम्म पैदल आई हाइकिङ समापन गरिएको थियो । त्यसपछि माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्ताममा रहेको नौमती बाजा समुन्द्री सतहबाट १५५० मिटरको उचाईको पोखरीडाँडामा निर्माण गरिएको नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकजस्ता बाजा प्रदर्शनमा राखिएकोे छ । हरेक महिनाको अन्तिम शनिबार विगत ६ वर्षदेखि नियमित रुपमा हाईकिङ कार्यक्रम संचालन भइरहेको छ । क्लबको आयोजना भएता पनि उक्त दिनको यातायात र खानाको खर्च सहभागि आफैले व्यहोर्नु पर्ने यस कार्यक्रममा दिनप्रतिदिन सहभागिताको वढ्दो उपस्थितिले क्लबलाई हौसला मिलेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए । पहिलो पटक सहभागि जनसंचार डटकमका प्रकाशक, पत्रकार ओम हमालले हरेक महिना नयाँनयाँ गन्तव्यमा पैदलै हिड्दै, गाउँघर चाहर्दै गाउँको अर्गानिक खानाको स्वाद लिन पाईने भएकोले यसको आकर्षण वढ्ने वताए । उनले यस्ता राम्रा कार्यक्रमहरु गरी ग्रामिण पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने संस्थालाई राज्यले सहयोग गर्नु पर्ने पनि बताए । हाइकिङमा सहभागि पवित्र वचत तथा ऋण सहकारीका अध्यक्ष तथा समाजसेवी बुद्धिबहादुर रानाभाटले हाइकिङको सुरुवाती समयमा आफु पनि सहभागी हुने गरेको स्मरण गर्दै हाइकिङले हिड्ने वानीको विकास गर्ने बताए । हाइकिङ कार्यक्रममा पोखरा ११ फुलवारीकी कक्षा ५ की विद्यार्थी १० वर्षीय सगुन वास्तोला, व्यवसायी, राजनीतिक व्यक्तित्व, विभिन्न पेशा व्यवसायमा आवद्ध सहभागी भएका थिए । आगामि ६२ औं हाईकिङ श्रृङ्खला भदौको अन्तिम शनिबार २८ गते आयोजना गरिने छ भने कहाँ जाने भन्ने निर्णय तेश्रो शनिबार गरिने क्लबका सदस्य पितम सेन ठकुरीले बताए ।

पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ लाई बीवाईडीले मुख्य प्रायोजन गरि साथ दिने भएको हो । मुख्य प्रायोजनका गर्ने सम्झौता पत्रमा आयोजक केन्द्रकातर्फबाट अध्यक्ष भानुभक्त अधिकारी र बीवाईडीका तर्फबाट पोखरा शाखा प्रमुख निराजन खनालले हस्ताक्षर गरेका थिए । सम्झौता पछि प्रमुख खनालले बीवाईडीले पर्यटकीय नगरि पोखरा महानगरपालिका वडा नम्बर १० स्थित बुद्ध चोकमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा सहितको आफनो नयाँ सोरुम शुक्रबारदेखि संचालनमा ल्याएको जानकारी दिए ।   बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले पोखरामा आफनो २० औ सोरुम संचालनमा ल्याएको उनले बताए । नयाँ सोरुम स्थापना सगै नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजकाको अवसमा आयोजना हुने महोत्सवमा जोडिन पाउदा खुसी लागेको उनले बताए । आयोजक केन्द्रका अध्यक्ष अधिकारीले महोत्सव सम्पन्न गर्न बीवाईडी जस्तै व्यवसायिक संस्थाको साथ आवश्यक रहेको बताएका थिए । महोत्सव सम्पन्न गर्न साथ दिएकोमा बीवाईडीलाई केन्द्रको तर्फबाट उनले धन्यवाद समेत दिए । ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको बताए ।  १० दिने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकm नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत संचालन हुनेछन् । यसै गरि मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान रहनेछन् ।  महोत्सव स्थलमा व्यापारिक स्टल, रेष्टुरेन्ट, वाल उद्यान निमार्णको काम धमाधम भै रहेको छ । महोत्सवमा एक सय ५० व्यापारिक र १२ रेष्टुरेन्टका स्टल रहने छन् । व्यापारिक र रेष्टुरेन्टका सम्पुर्ण स्टलहरु बुकिङ भै सकेको अध्यक्ष अधिकारीले जानकारी दिए । आयोजक केन्द्रका उपाध्यक्ष एंव अर्थ संकलन उपसमितिका संयोजक निरज विक्रम राणाका अनुसार महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान रहेको र  बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने जानकारी दिए ।  

पोखरा:   छाङ्गेली नेवा: खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार मल्लले पहिलो रक्तदाता सराङ्गकोट सहकारी तथा रेडियो सराङ्गकोटका अध्यक्ष कृष्ण थापा र सैनिक आवासिय महाविद्यालयका शिक्षिका भवानी जोशी कायस्थलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गर्नुभएको थियो । पहिलो रक्तदाता कृष्ण थापा नियमित रक्तदाता हुनुहुन्छ । उहाँले शनिबार आफ्नो जन्मदिनको अवसरमा ८२ पटक रक्तदान गर्नुभएको हो । समाजका कार्यबाहक अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी तेजकुमार मल्लले तनहुँको साविक छाङ्ग गाविसबाट विभिन्न पेशा व्यवसायका लागि पोखरा बसाइसराई गरि आएकाहरुको साझा संस्था छाङ्गेली नेवा खलले विभिन्न साँस्कृतिक गतिविधीका साथ सामाजिक कार्य रक्तदान गरेकोमा खुसी प्रकट गनुभयो । उहाँले संसारको जुनसुकै कुनामा पुगे पनि समाजको आवश्यकता रहने कुरामा जोड दिंदै समाज जहिले पनि मानव कल्याणका लागि समर्पित रहनुपर्ने बताउनुभयो । रेडियो सराङ्गकोट तथा सराङ्गकोट सहकारीका अध्यक्ष नियमित रक्तदाता कृष्ण थापाले आफुले प्रत्यक ३ महिनामा रक्तदान गर्ने गरेको बताउदै पितृ उद्दारका लागि भन्दै समाजले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गर्नुभयो । प्रदेश रक्त संचार केन्द्र पोखराका प्रमुख अर्जुन  ज्ञवालीले अस्पतालमा उपचारर्त रगतको आवश्यकता पर्ने मानिसलाई रगतको बदलामा रगतकै आवश्यक पर्ने भएकाले यसको महत्व अन्य दान भन्दा माथी रहेकाले रक्तदान जीवनदान भनिएको प्रष्ट्याउनु भयो । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्शका उपाध्यक्ष श्याम मल्ल, महासचिब गोकर्ण अधिकारी, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष जसपाल पाख्रिन तामाङ, रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, समाचार प्रमुख आरजु विष्ट, समाजका सचिब जयराम कायस्थ लगायतले बोलेका थिए ।

पोखरा:   अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्टेमा जन्मनु भएका गुरुङले प्रथम पुरस्कार ५० हजार रुपैयाँ पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो ।   उक्त सम्झौता सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच आदानप्रदान गरिएको छ । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रिय गुरुङले प्रतियोगिताको सफलताको शुभकामना दिँदै प्रतियोगितालाई दिगो रूपमा आयोजना गर्न सुझाव दिनुभयो । “कामको सिलसिलामा विदेशमा भए पनि जन्मभूमि र खेल पर्यटनको विकासमा योगदान दिन पाउँदा खुसी लागेको छ,” गुरुङको भनाइ थियो । पूर्व अध्यक्ष थकालीले गुरुङको सहयोगलाई ‘प्रशंसनीय र प्रेरणादायी’ भन्दै खेलकुदमार्फत् अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम उच्च राख्न गुरुङको योगदान अविस्मरणीय रहेको बताउनु भयो ।  प्रतियोगिताका संयोजक बरालले विदेशबाटै पहिलो पटक प्रथम पुरस्कार प्रायोजन भएकाले थप प्रोत्साहन मिलेको बताउनु भयो । उहाँले अघिल्लो वर्षको तुलनामा पुरस्कार राशिमा दोब्बर वृद्धि भएको र बाँकी पुरस्कार प्रायोजनका लागि विभिन्न संघ–संस्थालाई आह्वान गरेको पनि बताउनु हुन्छ  । सम्झौता हस्तान्तरण कार्यक्रममा सहारा क्लबका अध्यक्ष केशवराज बराल, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितकोसमेत सहभागिता रहेको थियो ।   लेफ्टेनेन्ट कुसाङ गुरुङ मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथन तीन पटक लगातार जित्ने कीर्तिमानका साथै एभरेष्ट म्याराथनलगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको नाम उजागर गर्न सफल हुनुभएको थियो ।  पिता दिलबहादुर गुरुङ र माता धनसिरी गुरुङको कोखबाट पहिलो सन्तानका रूपमा जन्मिनु भएको कुसाङ कुमार गुरुङ प्रारम्भिक बाल्यकालदेखि नै भद्र, शालीन र आज्ञाकारी स्वभावका हुनुहुन्थ्यो । उहाँले प्रारम्भिक शिक्षा जनज्योति निम्न माध्यमिक विद्यालयबाट सुरु गरी माध्यामिक तह त्रिशहीद माध्यमिक विद्यालय, पञ्चमूल, स्याङ्जाबाट पूरा गर्नुभएको हो ।  सन १९८३ मा बेलायती सेनामा भर्ती भई टीडीबीजीको आधारभूत तालिम सकेपछि २÷२ गोर्खा राइफल्समा नियुक्त हुनु भएको गुरुङले सन् १९८९ मा उत्कृष्ट एनसीओको रूपमा “प्यारिस ट्रफी” प्राप्त गर्नुभयो ।  सन १९९४ मा दोस्रो र छैटौं गोर्खा राइफल्सको समिश्रण भएपछि उहाँ पहिलो रोयल गोर्खा राइफल्समा परिणत हुनुभयो । प्रशिक्षकका रूपमा उत्कृष्ट योगदानका लागि १९९५ र १९९६ मा लगातार दुई वर्ष “कमाण्डर ट्रफी” बाट विभूषित हुनुभयो । फकल्यान्ड आइल्यान्डमा तैनाथ हुँदा उत्कृष्ट कार्यका लागि उहाँलाई “कमाण्डर फकल्यान्ड आइल्यान्ड कमेन्डेसन” बाट उहाँको कार्यको उच्च प्रशंसा गरिएको थियो । सेनाको आदेशपालन र नेतृत्व क्षमताका कारण पल्टनका आरएसएम हुँदा नै २००२ मा महारानी एलिजावेथ द्वितीयबाट लेफ्टेनेन्ट पदमा पदोन्नति प्राप्त गर्नु भएको उहाँले २४ वर्षको अनुकरणीय सेवा पूरा गरी अवकास प्राप्त गर्नु भएको हो ।  सन् १९९१–१९९३ मलेसियाको “कोटा किनाबालु धावन प्रतियोगिता” लगातार तीन वर्ष जित्ने कीर्तिमान (गिनिज वल्र्ड रेकर्ड) कायम गर्नुभएका गुरुङ ब्रिटिस फोर्सेस हङकङ क्रस कन्ट्री १० पटक भन्दा बढी विजेता हुनुभएको थियो ।  उहाँले ब्रिटिस फोर्सेस रोड रेस विजेता, ब्रिटिस आर्मी क्रस कन्ट्री समूह स्वर्ण पदक, ब्रिटिस आर्मी एथलेटिक समूह स्वर्ण पदक, हङकङ “फोर पिक रेस” कीर्तिमानी समयसहित स्वर्ण पदक, अन्तर्राष्ट्रिय एभरेस्ट म्याराथन रजत पदक, १२ म्याराथन र २३ हाफ म्याराथन पूरा गर्दै समाजसेवामा सक्रिय गुरुङ विभिन्न प्रतिष्ठित संस्थामा आवद्ध हुनुहुन्छ । उहाँ सहारा यूके, चार भञ्ज्याङ तमु समाज यूके, एनआरएन यूके, क्याम्बर्ली नेपालीज गोर्खा सोसाइटी, पर्वत वेलफेयर सोसाइटीको सल्लाहकारसमेत रहनुभएको छ । गोर्खा कप, नेपाली मेला, ल्होछार महोत्सवदेखि तमु प्रतिष्ठानका परोपकारी भोजसम्म उहाँले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ । उक्त प्रतियोगितालाई सफल पार्न विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा लेकसाइडको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स,, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, परिचय एड्भर्टाइजिङ, पुइमे फाष्ट फुड एण्ड बार लगायतको सहयोग रहेको छ ।   प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका छन । प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका २२ को सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ । साथै नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने पोखरा क्लिक डटकमका वरिष्ठ संबाददाता असफल गौतमले बताउनु भयो । गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ रहेको थियो । यसैगरी, वडास्तरीय खुला, महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत हुने भएका छन् । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरेको व्यवस्थापक सागर सुनार बताउनु हुन्छ । उहाँका अनुसार भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।  

पोखरा: पोखरामा मेट्रो गुप्र प्रालिको शुभारम्भ गरिएको छ । छिमेकी मुलुक चीन तथा थाइल्याण्ड र बंगलादेश लगायतका मुलुकहरुबाट ‘लेडिज एण्ड जेन्ट्स’को अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु आयात गरेर पोखरामा होलसेल बिक्री वितरण गर्ने उद्धेश्यले मेट्रो ग्रुपको स्थापना गरिएको हो ।  पोखरा महानगरपालिका–४ पन्थीगल्लीमा खुलेको मेट्रो ग्रुपको आज पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्घाटन गर्नुभयो । पोखराका व्यवसायिक क्षेत्रमा स्थापित १७ जना व्यवसायी मिलेर ग्रुपको स्थापना गरेका हुन् ।  गु्रपको स्थापनासँगै छिमेकी मुलुक चीनबाट पोखरामा सिधै सामानहरु आयात गर्ने र काठमाडौँको परनिर्भरता हट्ने मेट्रो ग्रुपका अध्यक्ष यादवराज पोखरेलले बताउनुभयो । उहाँले एकल व्यवसायमा स्थापित व्यवसायीले खोलेको संस्था भएकाले मेट्रो ग्रुपको साझेदारी व्यवसाय समेत सफल हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष पोखरेलले भन्नुभयो,“चीनबाट सिधै पोखरामा अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु उपलव्ध गराउने कम्पनीको उद्धेश्य छ । चीनमा उत्पादक कम्पनीसँग जोडिने भएकाले काठमाडौँको तुलनामा यहाँ ल्याउँदा लागत समेत सस्तो पर्छ। साझेदारी व्यवसायमा चूनौती रहेपनि, एकल व्यवसायममा भन्दा कम जोखिम रहेकाले नाफा पनि आर्जन गर्ने र राज्यलाई समेत राजश्व तिर्ने योजना छ ।” मेट्रो ग्रुपका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक नवराज त्रिपाठीले एक वर्षअघिको अवधारणा अहिले साकार भएको बताउँदै कम्पनीले अहिले चीनबाट सिधै सामान आयात सुरु गरेको बताउनुभयो । सुरुआतमा शेयरसदस्यहरुबीच सामान खपत भइरहेको र सदस्य भन्दा बाहिर जान सकेको खण्डमा सम्भावना धेरै राम्रो रहेको बताउनुभयो ।  “निकट भविष्यमा पोखरामा आँफै उत्पादन गर्ने वा चीनबाट आफ्नै ब्राण्डमा ल्याउने योजना छ । संस्थाका सवै सदस्यहरु व्यवसायिक क्षेत्रमा उत्कृष्टता हासिल गरेका व्यक्ति भएकाले यो सामुहिक व्यवसाय सफल हुने विश्वासमा छौँ ।” त्रिपाठीले भन्नुभयो । त्रिपाठीले कम लागतमा उच्च गुणस्तरका आयतित सामग्रहीहरु यहाँका व्यापारीहरुलाई बिक्री गर्ने योजना सुनाउनुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भूकम्पछि मन्दीमा गएको व्यवसाय कसरी माथि उठाउने भन्ने चूनौती रहेको बताउनुभयो ।  कार्कीले व्यवसाय चलायमान नभएको अहिलेको अवस्थामा मेट्रो ग्रुपका लागि अवसर समेत बन्न सक्ने बताउनुभयो । “बैँक तथा वित्तिय संस्थाको व्याजदर न्यून भएपनि अहिले कर्जाको माग छैन, व्यापार व्यवसाथ मन्दीमा छन् । मन्दीमा रहेको व्यवसाय चलायमान बनाउनु अहिलेको आवश्यकता हो ।” कार्कीले भन्नुभयो । पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले महेन्द्रपुल तथा चिप्लेढुुँगा क्षेत्रको फुटपाथको समस्या समाधान गरिएको बताउँदै व्यवसायीमा उत्साह जगाउनका लागि स्थानीय सरकारले काम गरिरहेको बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पवनकुमार प्रजापतिले व्यावसायिक चूनौतीको अवस्थामा मेट्रो ग्रुपले सहुलियत र सहज रुपमा व्यवसाय सञ्चालन गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।  पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलाले उत्पादनमा जोडिने ग्रुपको योजना राम्रो रहेको बताउनुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ वस्तुगत संघका संयोजक पृथ्वीराज तिमिल्सिना, उद्योग व्यवसायी महासंघ गण्डकीका अध्यक्ष बबरजंग गुरुङ, कपडा व्यवसायी एशोसिएसन कास्कीका अध्यक्ष लेखनाथ पौडेल, ग्रुपका सचिव लेखनाथ सुवेदी, संस्थाका शेयर सदस्य अर्जन पोखरेल लगायतले व्यवसायी निराश भएको अवस्थामा ग्रुपले पोखरा तथा गण्डकी क्षेत्रभर आशाको दियो बाल्न सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।   

पोखरा: पोखरा महानगरपालिका न्यूरोडस्थित गुरुङ गहना पसल प्रालिका सञ्चालिका सिमा गुरुङको जन्मदिनमा आयोजित खुल्ला रक्तदानमा १ सय १४ युनिट रगत संकलन भएको छ ।  व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशिल गुरुङ गहना घरकी सञ्चालिका गुरुङले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेकी थिईन् ।  गुरुङले आफ्नो जन्मदिनको अवसरमा आयोजना गरेको खुल्ला रक्तदानमा १ सय १४ जनाले रक्तदान गरेका थिए ।  रक्तदान सँगै साहित्यकार तीर्थ गुरुङलाई नगद र कदरपत्रसहित सम्मान गरिएको छ ।  ‘पाठशाला’ र  ‘हिउँको गीत’ उपन्यासका लेखक गुरुङलाई नगद रु २० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।  उनलाई प्रदेश सांसदहरु पञ्चराम गुरुङ, सरस्वती गुरुङ, गुरुङ गहना घर  प्रालिका सञ्चालक सीमा गुरुङ, प्रबन्ध निर्देशक नेल्सन गुरुङ, तमु तमुधि नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, सञ्चारकर्मी बालकासी गुरुङ लगायतले नगद, कदरपत्र, दोसल्ला प्रदान गरेका हुन् । कार्यक्रममा सञ्चालक सीमा गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रक्तदान कार्यक्रम आयोजना गरेको बताईन् ।  आर्थिक अप्ठ्याराहरुका बाबजुद पनि अर्थ बजारमा योगदान दिन र आत्मनिर्भर बन्नका लागि सुनचाँदी व्यवसायमा लागेको बताउँदै त्यसमा अहिले सरकारले विलासिता कर र मुल्य अभिवृद्धि कर लगाएपछि मारमा परेको उल्लेख गरिन् ।  उनले विलासिताको नाममा थपिएको करले व्यवसायी र ग्राहक दुवैलाई नकारात्मक असर पारेको बताउँदै आफूहरु विलासीता करको विरोधमा रहेको बताईन् । प्रबन्ध निर्देशक नेल्सन गुरुङले गुरुङ गहना घरको नयाँ शाखा विस्तार गर्न लागेको बताए । नयाँ शाखाको असोज ६ गते घटस्थापनाको दिन शुभारम्भ गरिने जनाउँदै सो दिन सहभागी भैदिन आग्रह गरे । युवाहरुको विदेश पलायन बढिरहँदा आफूले स्वदेशमै केही गर्ने हुटहुटीसहित व्यवसाय सम्हाल्दै आएको बताए ।    

पोखरा: चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ योजना ल्याएको छ ।  साउन २५ देखि भदौ ४ सम्म यो योजना सञ्चालन हुने  । यस अवधिमा टे«ड मलमा रहेका व्यावसायिक प्रतिष्ठानबाट ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने छन् ।  पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष मिनराज काफ्लेले ग्राहकलाई सुविधा दिने उद्देश्यले ग्रान्ड सपिङ फेस्टिभल योजना ल्याएको बताए । ‘अहिल सर्वसाधारणको आम्दानी पनि कम भइरहेको अवस्थामा राहत महसुस होस् भनेर पनि यो योजना ल्याएका हौं,’ उनले भने, ‘यसले टे«ड मलमा रहेका व्यवसायलाई पनि केही मात्रामा भरथेग हुनेछ ।’  उनका अनुसार आगामी १० दिनको अवधिमा ग्राहकले मल भित्रका व्यावसायिक प्रतिष्ठानमा ५ सय र सो भन्दा माथिका दरमा सामान खरिद गर्न पाउनेछन् । मलले फेस्टिभल अवधिमा अधिकतम ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाएको हो । दसैं, तिहार लगायत चाडपर्वको अवसरमा भने छुट्टै योजना ल्याउने जानकारी उनले दिए ।  स्थापनादेखि नै मलले हरेक वर्ष साउन २४ गते आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण र मलका उत्कृष्ट व्यवसायीलाई सम्मान जस्ता विभिन्न सामुदायिक कार्यक्रमको माध्यमबाट मनाउँदै आएको छ । ०६९ भदौ २४ गते विधिवत रूपमा दर्ता भएको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालि ०७२ असोज २६ गते औपचारिक रूपमा सञ्चालनमा आएको थियो । प्रालिका प्रबन्ध सञ्चालक दीपककुमार मुल्मीले टे«ड मलले यस क्षेत्रको प्रमुख व्यावसायिक केन्द्रको रूपमा सेवा गरिरहेको बताए । ‘पोखराका विभिन्न स्थानमा पेसा व्यवसाय गर्ने व्यक्तिहरूको सामूहिक लगानीमा निर्मित यो मल गण्डकी प्रदेशकै गहनाको रूपमा स्थापित भएको छ,’ उनले भने, ‘मानवीय पहिरनका सुन, लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक लगायतका बस्तु खरिद गर्न बजारका विभिन्न स्थानमा भौतारिनुपर्ने अवस्थाको अन्त्य गरेको छ ।’ मलमा मनोरञ्जन सेवा प्रदान गर्ने २ वटा मल्टिप्लेक्स चलचित्र घर, गुणस्तरीय भोजन प्रदान गर्ने रेस्टुरेन्ट र सौन्दर्यकरणका लागि स्तरीय लेडिज तथा जेन्ट्स हेयर सैलुन, पार्लर जस्ता विविध सुविधा छन् । विदेश पढ्न जाने विद्यार्थीलाई उत्कृष्ट सेवा प्रदान गर्ने ३ वटा ख्यातिप्राप्त शैक्षिक परामर्शदाता कम्पनी छन् । कोरियाली स्किन केयर अस्पतालले हालै मलमा सेवा सुरु गरिसकेको छ ।  मलले आवश्यक वस्तु तथा सेवाहरू एकै छानामुनि उपलब्ध गराएर ग्राहकको मन जित्न सफल भएको व्यवसायी नवराज त्रिपाठीले बताए । उनका अनुसार मल व्यवस्थापनले ग्राहकको लागि पर्याप्त आकर्षक र सुरक्षित पार्किङको व्यवस्था गरेको छ । भवन भूकम्प प्रतिरोधात्मक छ र फायरफाइटिङ सिस्टम तथा स्मोक डिटेक्टरले सुसज्जित छ । ग्राहकको सुविधाको लागि बस्ने लबी, शौचालय, आवश्यकता अनुसार एस्कलेटर, लिफ्ट र ¥याम्पको व्यवस्था छ । मलको कुल क्षेत्रफल १ लाख ७१ हजार वर्गफिट छ, जसमध्ये ७८ हजार वर्गफिट सटरका लागि छुट्याइएको छ । मलमा २ सय १० व्यावसायिक प्रतिष्ठानका ५ सय ३ सट छन् । नयाँ व्यवसाय सुरु गर्न इच्छुक उद्यमीको लागि मलमा हाल ६ सयदेखि १ हजार २ सय वर्गफिटसम्मको स्थान उपलब्ध रहेकोे छ ।

पोखरा:   पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित आर्थिक वर्ष २०८१÷२०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।  स्थानीय सरकार र नागरिकहरूका बिचमा दोहोरो संवाद स्थापित गर्दै विकास प्रक्रियामा नागरिकहरूको रचनात्मक प्रतिनिधित्व सहित जबाफदेहिता तथा पारदर्शिता प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न गरिएको हो । सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दा, नागरिक समाजका प्रतिनिधिहरू, राजनीतिक दल, शिक्षक तथा वडामा रहेका विभिन्न संस्थाहरू गरी करिब ४५० जनाको सहभागिता रहेको थियो ।  सहभागीहरूले दैनिक सेवा प्रवाह, विकास निर्माण, साङ्गठनिक सुशासन, पारदर्शिता तथा जबाफदेहिता, ढल, नाला तथा पानीको निकास, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सदुपयोग, नागरिकको स्वास्थ्य सुरक्षा र शिक्षा लगायत समुन्नत वडा निर्माणका आधारहरूका विषयमा खुलेरै गुनासा तथा सुझावहरू राखेका थिए ।  प्रमुख अतिथिका रूपमा केही क्षण आएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणतर्फबाट सिद्ध मावि, बनक्याम्पस, हरियोखर्कहुँदै लेकसाइड जोड्ने ६२ करोड लागतको फास्ट ट्र्याक खुल्न लागेको जानकारी दिए । यो फास्ट ट्र्याकको निर्माणले यस क्षेत्रमा सवारी आवागमन सहज हुनुका साथै पर्यटकीय गतिविधिमा सहयोग पुग्ने विश्वास लिए ।  “बाटो चाक्लो बनाउँदा तत्कालका लागि केही मापदण्ड छोड्नुपर्ने भएपनि नाति पुस्तालाई ठुलो अवसरका रूपमा रहने भएकाले कसैले पनि सानो मन नगर्नुहोला“ मेयर आचार्यले भने ।  आर्थिक वर्षको लागि विनियोजित बजेट, योजना तथा कार्यक्रमहरूको प्राथमिकता, भावी कार्ययोजना र खर्चको विवरण प्रस्तुत गर्दै वडा अध्यक्ष बानियाँले गुनासा र जिज्ञासाको जवाफ दिए । बानियाँले वडाको बृहत्तर विकासका लागि सबै नागरिकलाई समेटेर उनीहरूको सल्लाह र सुझाव अनुरूप अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै आवश्यकता र औचित्यका आधारमा प्राथमिकता हेरेर एकपछि अर्को गर्दै विकासलाई अगाडि बढाउने बताए । पोखरा १५ लाई महानगरकै ३३ वटा वडा मध्ये उत्कृष्ट वडा बनाउन सबै वडावासीको साथ र सहयोग रहने उनले विश्वास लिए ।  वाराही सञ्चार प्रा।लिले सहजीकरण गरेको सार्वजनिक सुनुवाइमा सेवाग्राहीहरूका प्रश्नका जवाफ अध्यक्ष बानियाँसहित वडा सदस्यहरू र सचिव युवराज पौडेलले दिएका थिए ।