पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव अधिकारको सवालमा आफू सचेत हुनुपर्ने र अरूको सम्मान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन भए नभएको बारे ख्याल गर्न जरुरी रहेको बताउनुभयो । सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिनेमा प्रदेश प्रमुख भट्टको जोड छ । ‘हामी सबै आफ्नो अधिकारप्रति सचेत र अरूका अधिकारप्रति सम्मान गर्न सक्नुपर्दछ । विधिको शासन लोकतन्त्र र मानव अधिकारको मेरुदण्ड हो ।’ उहाँले भन्नुभयो – ‘लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेका छन् । मुलुकमा सुशासन र विकासका लागि यस्ता संस्थाहरूको सम्वद्र्धन जरूरी छ ।’ मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षण गर्नमा आयोगले आफ्नो स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान गर्दै आइरहेको उल्लेख गर्नुहुँदै भट्टले आयोगले निरन्तर पर्यवेक्षण र अनुगमन गरी प्राप्त सुझावबाट नेपाल सरकारलाई मानव अधिकार संरक्षण गर्न थप मद्धत पु¥याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘मानव अधिकारप्रतिको आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नको लागि नेपाल सरकारलाई योजना बनाउन र त्यसको कार्यान्वयन गर्ने चरणमा समेत आयोगले पु¥याउँदै आइरहेको सहयोगप्रति पनि धन्यवाद छ ।’ मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिकारहरू मानिसको मानव मर्यादा, इज्जत र प्रतिष्ठाका लागि सिर्जित भएको हुँदा मानिसलाई मानिस भएर बाँच्नका लागि अपरिहार्य रहेको उहाँको भनाई छ । ‘मानव अधिकार मानिसको रूपमा जन्मेकै कारण मानव मात्रले पाउने नैसर्गिक अधिकार हो । मानव अधिकार अन्तराष्ट्रिय कानूनद्दारा सिर्जना हुने र राष्ट्रिय कानुनद्वारा कार्यान्वयन हुने हो ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘मानवले मानव भएर बाँच्न पाउनुपर्दछ भन्ने विश्वव्यापी धारणा मात्र होइन, यो आजको अपरिहार्य आवश्यकता हो ।’ राजनैतिक संरक्षण तथा दण्डहिनताको संस्कृतिले मानव अधिकारको सिद्धान्तलाई उपेक्षा गर्ने हुनाले यसतर्फ सबैपक्ष सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । ‘मानव अधिकार रक्षकलाई कार्यसम्पादनका लागि डरत्रास रहित सुरक्षित वातावरण जरूरी छ । मानव अधिकार रक्षकको संरक्षणले मानव अधिकारको सम्मान, लोकतन्त्रको संवद्र्धन, सुशासन, दिगो विकास र विधिको शासनको सम्मानजस्ता बृहत् उद्देश्यहरूलाई टेवा पुग्दछ ।’ उहाँले भन्नुभयो । मानव अधिकार सम्बन्धी जनचेतनाको अभाव रहेको हुँदा मानवअधिकार शिक्षालाई विद्यालय पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले थप्नुभयो – ‘मानव अधिकारको सम्मान र संरक्षण सबैको दायित्व हो । यसको पालनाका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुुपर्ने हुन्छ ।’
पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गर्नुभएको हो । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चितता सहित यस्तो घोषणा गर्ने गरिन्छ । नगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरू सहित स्वास्थ्य सम्बन्धी सेवाहरू समयमा नै उपलब्ध गराउनु पर्ने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । बालबालिकाहरूका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी ढङ्गले सञ्चालन गर्न उहाँले स्वास्थ्यकर्मीहरूलाई निर्देशन समेत दिनुभयो । स्वास्थ्य सम्बन्धी अभियानहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको भूमिका उल्लेखनीय हुने गरेको बताउँदै उहाँले पूर्ण खोपको सुनिश्चिततामा समेत उनीहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङले बालबालिकाहरूका लागि खोप एक प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको बताउनुभयो । महानगरपालिका क्षेत्रमा रहेका सबै बालबालिकाहरूलाई समयमा नै खोप उपलब्ध गराउने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । बालबालिकाको स्वास्थ्य सुरक्षा विना स्वस्थ नागरिकको सामाजिक आवश्यकता पूर्ति गर्न नसकिने उहाँले बताउनुभयो । स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले आफूहरूको महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना घोषणाका लागि निरन्तर अभियानहरू सञ्चालन गरेको बताउनुभयो । विगत एक वर्षको अवधिमा ०–१५ महिनासम्मका ५ हजार ३४१ र १६–२३ महिनासम्मका ४ हजार १५० बालबालिकाहरूको घरघरमा पुगेर खोपको अवस्था यकिन गरिएको स्वास्थ्य महाशाखा प्रमुख पौडेलले बताउनुभयो । अभियानका क्रममा जन्मदेखि कुनै पनि खोप प्राप्त नगरेको एक जना बच्चा फेला परेको र उक्त बच्चालाई समेत खोपको पहुँचमा ल्याइएको महाशाखाले जनाएको छ । यस क्रममा ४१ जना बालबालिकाहरूले पूर्ण खोप प्राप्त नगरेको पाइएपछि उनीहरूलाई समेत पूर्ण खोप लगाइएको छ । पोखरा महानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले बालबालिकाहरूको स्वास्थ्य प्रवर्द्धन र आधारभूत खोपको सुविधा उपलब्ध गराउन सबै वडा कार्यालयहरू प्रतिबद्ध रहेको बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेलले बालबालिकाहरूलाई आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने हरेक अभियानहरूमा महिला स्वयमसेविकाहरुको भूमिका उल्लेखनीय हुने गरेको बताउनुभयो । नगर क्षेत्रका खोप लगाउनु पर्ने बालबालिकाहरूलाई खोप लगाएको सुनिश्चित भएपछि महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले बताउनुभयो । कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले बालबालिकाको स्वास्थ्य प्रवर्द्धनको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन् । पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोपहरू, सबै बालबालिकाहरूले पूर्ण रूपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरू थप भएमा सो समेत लिएको अवस्थालाई बुझिन्छ भने पूर्ण खोप सुनिश्चितताको लागि १६ महिना देखि ५९ महिना सम्म उमेरको बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ ।
पोखरा — नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा छुट दिने सम्झौता भएको छ। अब कोषमा काम गर्ने कर्मचारी, सञ्चालक र उनीहरूका परिवारले पोलिक्लिनिकका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्। सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र रत्न पोलिक्लिनिकका प्रबन्ध निर्देशक प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गरे । सम्झौता अनुसार ल्याब टेस्ट, बेड चार्ज, फार्मेसी, अल्ट्रासाउण्ड, इसिजी (ECG) र एक्स–रे सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। यस सम्झौताले कोषसँग जोडिएका कर्मचारी र परिवारका लागि स्वास्थ्य सेवा सजिलो र किफायती हुने अपेक्षा गरिएको छ। साथै, कोषले आफ्ना कर्मचारीको हितका लागि गर्दै आएका प्रयासमा यो सम्झौताले थप योगदान पुर्याउने विश्वास लिइएको छ। सम्झौता हस्ताक्षर कार्यक्रममा दुबै संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
पोखरा: पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी)ले न्यूरो क्रिटिकल केयरमा थप सेवा सुरु गरेको छ । जीएमसी प्रशासनले दिएको जानकारी अनुसार अत्याधुनिक सेवा प्रदान गर्न हालै १५ शैय्याको न्यूरो सर्जिकल आइसीयू स्थापना गरिएको छ । आइसीयूको स्थापनासँगै अब कलेजले गम्भीर प्रकृतिका न्यूरोसर्जिकल र न्यूरोलोजिकल बिरामीलाई उपचार एवं विशिष्ट सेवा गर्न सम्भव भएको छ । ‘गण्डकी प्रदेशमै न्यूरोसम्बन्धित उपचारमा अस्पतालले आगामी दिन अझ परिष्कृत सेवा दिनेछ’ अस्पतालले जनाएको छ । जीएमसीले वरिष्ठ न्यूरोसर्जन प्राडा याम रोकालाई भित्र्याएसँगै २४ सैं घण्टा विशिष्ट सेवा प्रदान गर्न सुरु गरेको हो । मस्तिष्कमा नशा फुटेर रगत जमेको, ट्युमर, ट्रमा, ढाड र घाँटीमा नशा च्यापिएका बिरामीले जीएमसीबाट उपचार पाइसकेका छन् । नशाकै स्ट्रोकबाट पीडित बिरामी हाल स्वस्थ जीवन बिताइरहेको बायोडाटा अस्पतालसँग छ । न्यूरोसर्जन रोकाको नेतृत्वमा पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी)ले २ महिनादेखि न्यूरोसर्जरी सेवा सुरु गरेको हो । यसबीच करिब २० वटा सफल अपरेशन गरिसकेको डा. रोकाको योगदानपश्चात् जीएमसीले थप १५ शैय्याको सघन उपचार कक्ष (आइसीयू) स्थापना गरी सेवा बिस्तार गरेको छ ।
पाेखरा: ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित सञ्चालनमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय विविध कार्यक्रम सम्पन्न भएको छ । स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कलर सेलिब्रेशन तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको हो । कलर सेलिब्रेशन कार्यक्रममा पूर्व प्राथमिक तहमा कक्षा नर्सरीदेखि कक्षा एकसम्मका विद्यार्थीहरु रङ चिनाउने उद्देश्यले रातो रङको प्रर्दशन गरिएको थियो । उक्त कक्षाका विद्यार्थीहरु तथा शिक्षकहरु रातो पोशाक लगाउनको साथै विभिन्न रातो रङको शैक्षिक सामाग्री प्रर्दशन गरिएको थियो । यसैगरी आधारभूत (जुनियर) तह नेपाली शब्दखेल प्रतियोगितामा रातो (कोशी) सदन प्रथम र पहेँलो (वागमती) सदन द्वितीय भए । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त कार्यक्रमको विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण भएको थियो । भने, सो कार्यक्रमको सञ्चालन प्रावि तहकी नेपाली शिक्षिका शर्मिला शर्माले गरेकी थिइन् ।
पोखरा: पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र बागलुङका उद्योगी व्यवसायीहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ । उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुले बागलुङका उद्योगी, व्यवसायीहरुसँग व्यापार प्रवद्र्धनबारे अन्तरक्रियात्मक छलफल गरेका हुन् । छलफलमा सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुले काठमाडौंकै मूल्यमा पोखरामै होलसेलमा सामान बिक्री भइरहेको जानकारी दिएका थिए । कार्यक्रममा सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले चीन, हङकङ, थाईल्याण्ड, भारत, बंगलादेश लगायतका देशहरु तथा उद्योगहरुबाटपनि सिधै सामान ल्याईने भएकाले पोखरामै सस्तोमा सामान पाईने बताए । बागलुङलगायतका क्षेत्रका व्यवसायीहरुले अब सामान लिनकै लागि काठमाडौं धाईरहनुपर्ने बाध्यता छैन,उनले भने,‘पोखरामै सस्तो र गुणस्तरीय सामान पाईन्छ । यसले समयपनि बचत हुन्छ र झञ्झट बेहोर्नुपनि पर्दैन ।’ उनले बागलुङका व्यवसायीहरुलाई सर्वेश्वर मार्ग पराजुली मार्गलाई सामान खरिदको गन्तव्य बनाउन आग्रह गरे । कार्यक्रममा बोल्दै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले पोखरामा पाईने सामान सस्तो र गुणस्तरिय हुनुपर्ने बताए । पोखरा हाम्रो लागि नजिक ठाउँ भएकाले सामान खरिदका लागि गन्तव्य बन्न सक्छ,उनले भने,‘तर पोखरामा उत्पादन हुने वा आयात गरिएका सामान सस्तो र गुणस्तरिय हुनुपर्छ । त्यस्तै होलसेल व्यवसायीले सेवा सरल र छिटो बनाउनपनि जरुरी छ ।’ कपडा तथा फेन्सी व्यवसायी संघ बागलुङका अध्यक्ष डिबी कार्कीले पोखरा सामान खरिदका लागि नजिकपनि पर्ने र मूल्यपनि केहि सस्तो भएपनि ढुवानीमा समस्या रहेको बताए । पोखरामा सामान खरिद गर्दा ढुवानीमा समस्या छ,उनले भने,‘ढुवानी सहज होस्, अनलाईन सपिङ वैध बनोस् अनि सस्तो र गुणस्तरिय सामान खरिद गर्ने गन्तव्य पोखरा बनोस् । हामी सामान खरिद गर्न तयार छौं ।’ अन्तरक्रिया कार्यक्रममा बागलुङ तथा छिमेकी जिल्लाहरुबाट सहभागी व्यवसायीहरुले राखेका जिज्ञासाका बारेमा सर्वेश्वर व्यवसायी समितिका तर्फबाट अध्यक्ष तुलबहादुर थापा (राजन), सल्लाहकारहरु नरहरी अधिकारी, प्रेमप्रसाद सुवेदीलगायतले प्रस्ट्याएका थिए । छिमेकी जिल्लाहरुमा व्यवसायीक भेटघाट, अन्तरक्रिया तथा क्यालेन्डर वितरणका लागि सर्वेश्वर मार्ग–पराजुली मार्गका २९ जना व्यवसायीहरुको टोली उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा गएका हुन् । टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर र नयापुल, बागलुङको बागलुङ बजार, म्याग्दीको बेनी, दरबाङ र तातोपानीमा पुगेर त्यहाँका व्यवसायीहरुसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेको महासचिव विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार मुस्ताङको जोमसोम पुगेर व्यवसायीहरुसँग पनि भेटघाटसँगै अन्तरक्रिया गरिनेछ त्यसपछि उत्तरी नाका कोरला पुगेर व्यापारिक सम्भावनाबारे अवलोकन गरेर फर्किने उनको भनाई छ । ‘उद्योग व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुको बजारीकरण गर्न जिल्ला भ्रमणमा निस्केका छौं’–उनले भने । सर्वेश्वर मार्ग र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समितिका बरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले बताए । होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
पोखरा: बागलुङको काठेखोला गाउँपालिका ४ तङग्राम भई पोखरा–२७ बस्दै आएकी ३८ वर्षीय बेलीमाया थापा पुन दुईसातादेखि बेपत्ता भएकी छिन् । करिव ८ वर्षदेखि पोखरा–२७ वनकुना चोकमा बस्दै आएकी बेलीमाया गत बैशाख २२ गतेदेखि परिवारको सम्पर्कमा नआएको उनका देवर रन पुनले जानकारी दिए । ‘२२ गते दिउँसो घरबाट निस्कनुभएका उहाँ साँझसम्म पनि घरमा आउनु भएन । साँझसम्म पनि घर नआएपछि हामीले खोजी कार्य ग¥यौं’, पुनले भने, ‘रातभर नै खोजीकार्य गर्दा पनि फेला पार्न सकिएन नजिकको पसलमा रहेको सिसी क्यामेराको सहयोगमा खोजी ग¥यौं, केहीसमयपछि मझेरीपाटनमा गएको सूचनापछि खोजी कार्य गर्दा पनि कुनै खबर पाउन सकेनौं ।’ मझेरीपाटनका स्थानीयहरुले बेलीमायाको हुलिया अनुसारको महिला देखिएपनि एकिन जानकारी नभएको एक आफन्तले सुनाए । ‘बेलीमायाको हुलिया अनुसार २२ गते मझेरीपाटन झरेको बुझिएको छ, त्यहाँका केही स्थानीयहरुलाई बुझ्दा हामीले बताएको हुलिया अनुसार उहाँ नै होकी भन्ने आशंका अनुसार खोजी ग¥यौं, ती आफन्तले भने, ‘प्रहरीको सहयोगमा त्यहाँ वरिपरि र सेती नदीमा खोजी कार्य ग¥यौै तर १५ दिन बितिसक्दा पनि केही क्लु पत्ता लगाउन सकेनौं ।’ बेलीमायाका देवर रन पुनले हराएको मितिदेखि खोजी कार्य गर्दा पनि फेला नसकेको बताए । उनले ईलाका प्रहरी कार्यालय शिशुवामा खोजी कार्यका लागि निवदेन दिएको बताए । बेलीमायाका श्रीमान हर्क पुनले खोजी कार्यका लागि प्रहरीमा निवेदन दिएपनि प्रहरी प्रशासनबाट आवश्यक सहयोग नपाएको गुनासो गरे । ‘जेठ २२ गते दिउँसो खाना खाएर म काममा निस्किए, सधै घरमा बस्ने उनी म काममा निस्किएपनछ निस्किएकी रैछिन्, पुनले भने, ‘साँझ घर आउँदा देखिन खोजी कार्य गरियो, २३ गते ईलाका प्रहरी कार्यालय शिशुवामा खोजी कार्यका लागि निवेदन दियौ तर प्रहरी प्रशासनबाट आवश्यक सहयोग पाउन सकेनौं ।’ ईलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी हरिप्रसाद सलामीले बेलीमाया थापा पुन हराएको निवेदनपछि खोजी जारी राखेको बताए । ‘बेलीमाया हराएपछि परिवारले खोजी कार्यका लागि निवेदन दिनुभएको छ, हराउने व्यक्तिको हुलिया र फोटो जिल्लामा पठाएका छौं, हामीले गर्ने अनुसन्धान जारी नै छ’, प्रहरी निरीक्षक सलामीले भने, ‘परिवारले शंका गरेका स्थानमा खोजी कार्य ग¥यौ तर केही पत्ता लगाउन सकेनौं, खोजी कार्य जारी नै छ ।’
पोखरा: पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ । पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो । दिउँसो १ः५९ बजे कास्कीको सिनुवा आसपास केन्द्र बनाउँदै ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
पोखरा: उच्च गुणस्तरको कार हेरचाह सेवाहरूलाई लक्षित गरी पोखराको जिरो किलोमिटरमा कार्जस्पा स्टुडियो सञ्चालनमा आएको छ । पोखरा एक जीवन्त अर्थतन्त्र र बलियो अटोमोटिभ बजारको साथ द्रुत रुपमा बढीरहेको सहर रहेको भन्दै कारहरूको हेरचाह सेवालाई लक्षित गरी कार्जस्पा सञ्चालनमा ल्याइएको हो । यो सँगै कार्जस्पाले पोखरामा गाडीको सौन्दर्यलाई जोगाउन, अभिबृद्धि गर्न र कायम राख्न डिजाइन गरिएको प्रिमियम कार हेरचाह सेवाहरूको विस्तृत दायरा प्रदान गर्ने कार्यक्रममा जानकारी गराइयो । कार्जस्पा मार्फत पेन्ट प्रोटेक्सन फिल्म स्थापना गरिने जनाइएको छ । यसका माध्यमबाट कारको रंगलाई स्क्रयाच, चिप्स र वातवरणीय क्षतिबाट जोगाइने छ । त्यस्तै सिरेमिक कोटिंग, कारको भित्री भागलाई नयाँ देखिने गरी गहिरो सफाई, छालाको कन्डिसनिङ र कपडाको सुरक्षा, बाहिरी माटो धुने, स्टीम सफा गर्ने, विन्डशिल्ड पालिस गर्ने, रंग सतह परिष्करण आदि गरिने कार्यक्रममा जानकारी गराइयो । सेवा सञ्चालनको शुुभारम्भ गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खे्लकुद मन्त्री विन्दुुकुमार थापाले पोखरामा सञ्चालनमा आएको यो सेवा उपयोगी बन्ने विश्वास व्यक्त गर्दैै सफलताको शुुभकामना व्यक्त गर्नुभयो । ओमराज शर्माको सभापतित्व एवम् शिव थापाले सञ्चालन गर्नुुभएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बराल, नायिका प्रियंका कार्की, कार्जस्पा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अंकुर सामी, कार्जस्पा कम्पनीका नेपाल प्रमुख तरुन औजा चेम्बर अफ कमर्शका अध्यक्ष उमराज वास्तोला, पाोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले सफलताको शुुभकामना व्यक्त गर्नुुभयो ।