पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

पोखरा:   एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आठौं शाखा विस्तार गरेको छ । एडुब्रिज कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले सयुक्त रुपमा शाखाको उद्घाटन गरे ।    शाखाको उद्घाटनपछि बोल्दै एडुब्रिज कन्सल्टेन्सीका निर्देशक योगेश क्षेत्रीले नेपाली विद्यार्थीसँगै विदेशी विद्यार्थीहरुलाई पनि नेपालको विभिन्न क्षेत्रमा अध्ययनका लागि ल्याउन सहजिकरण गर्दै आएको बताए ।  ‘एडुब्रिज कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरुलाई वैदेशिक उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदैं आएका छौं, क्षेत्रीले भने, ‘हामीले अहिले पर्यटनको राजधानी पोखरामा शाखा विस्तार गरिसकेका छौं, यस कन्सल्टेन्सीले अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा अध्ययन लागि पनि हामीले परामर्श दिर्दै आएका छौं ।’ उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई नेपालमा मेडिकल,पर्यटन र बुद्धिजम लगायतका क्षेत्रमा अध्ययनका लागि सहजिकरण गर्नेे बताए ।  एडुब्रिज कन्सल्टेन्सी गण्डकी प्रदेश पोखरा शाखाका निर्देशक किसान सुनारले कन्सल्टेन्सीले विभिन्न देशका अस्टेलिया, युके, जापान, युरोप र युएईको विभिन्न युनिभसिटीको प्रतिनिधि संस्थाको रुपमा यस कार्यालयले सहजिकरण बताए ।  शैक्षिक पृष्ठभूमि, रुचि र करियरको आकाक्षाका आधारमा उपयुक्त शैक्षिक संस्था छनोट गर्न सहयोग पु¥याउने उनले बताए ।  एडुब्रिज कन्सल्टेन्सीले अस्टेलिया, युके, जापान र युरोपमा उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीसँगै अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई नेपालको विभिन्न क्षेत्रमा अध्यापनमा ल्याउन सजकिरण गर्ने छ ।  एडुब्रिज कन्सल्टेन्सीले पोखरा शाखा विस्तारको उद्घाटनसँगै नेपाली विद्यार्थीहरुलाई वैदेशिक उच्च शिक्षाका लागि परामर्श समेत दिइएको थियो । 

पोखरा:   पोखरा महानगरपालिका वडा नं.१९ चुरुङ्गामा तेस्रो संस्करणको दाँई महोत्सव गरिएको छ । परम्परागत कृषि प्रणालीमा आधारित दाँई कृषि उपज भित्र्याउने क्रममा परम्परागत ढङ्गले नै गोरुको सहायतामा पराल माड्ने कार्यलाई बुझिन्छ ।  मूल रूपमा धान झारी सकेपछि बाँकी रहेको धान समेत झार्ने र कुन्यू लगाइएको  पराल खलामा बिच्छ्याएर त्यसमाथि गोरुलाई लहरै दाम्लो वा डोरीले बाँधेर दाँईमा घुमाउने गरिन्छ ।  यसलाई कृषकहरूको उत्साह तथा मनोबल उच्च बनाउने उद्देश्य अनुरूप पोखरा महानगरपालिका समेतको सहकार्यमा महोत्सवका रूपमा मनाइएको हो ।   उक्त अवसरमा पोखरा महानगर क्षेत्रमा ५०० मुरी, १०० मुरी र ९८ मुरी धान उत्पादन गर्ने उत्कृष्ट कृषकहरूलाई नगर प्रमुख धनराज आचार्यले विशेष सम्मान प्रदान गर्नुभएको छ । यसले कृषकहरूलाई उत्पादन बढाउन, कृषिको व्यवसायीकरण, गोरु पालक कृषकहरूलाई प्रोत्साहन र उत्प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिकाले पोखराको पहिचानको रूपमा रहेको जेठोबुढो लगायत धानहरूको ब्राण्डीङ गरिरहेको छ भने, रैथाने जातका धानहरूको संरक्षणका लागि कृषकहरूलाई मल, बिउमा अनुदान दिदैँआइरहेको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।

पोखरा: पोखरा महानगरपालिका-११ फूलबारीमा शुक्रबार निस्शुल्क आँखा परीक्षण तथा मोतिविन्दु पहिचान शिविर सम्पन्न भएको छ। फूलबारी क्लबको आयोजना र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा १८५ जनाको आँखा जाँच गरिएको थियो। जाँचका क्रममा १५ जनामा मोतिविन्दु देखिएको र उनीहरू सबैको आगामी मंसिर २५, २६ र २७ गते दृष्टि आँखा अस्पतालमै निःशुल्क शल्यक्रिया गरिने अस्पतालले जनाएको छ। गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्त्री थापाले यस्ता सामुदायिक शिविरले आर्थिक रूपले विपन्न नागरिकलाई ठूलो राहत पुग्ने बताउनुभयो।  आँखाको उपचार निकै महँगो हुन्छ, यस्ता शिविरले धेरैको जीवनमा उज्यालो छर्ने काम गरेका छन् उहाँले भन्नुभयो। शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। फूलबारी क्लबका सह(सचिव अनन्तराज आचार्यले भन्नुभयो हाम्रो सानो प्रयासले कसैको संसार अँध्यारो नहोस् भन्ने नै हाम्रो उद्देश्य हो। क्लबले यस्ता स्वास्थ्यसम्बन्धी शिविरहरू भविष्यमा पनि निरन्तरता दिने जनाएको छ। कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष जनार्दन बाँस्तोलाले गर्नुभएको थियो भने संयोजन संगीता आचार्य र सञ्चालन  सचिव सबिना आचार्यले गर्नुभएको थियो। कार्यक्रममा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, दृष्टि आँखा अस्पतालका अध्यक्ष शिवप्रसाद पोख्रेललगायत जनप्रतिनिधि, विभिन्न संघ(संस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो।

पोखरा: वेगनास सिंचाइ प्रणाली शाखा नं २ ले आफ्नो वार्षिक साधारण सभा तथा अधिवेशन बिहिबार एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।      साधारणसभामा भैरहेको सिंचाईको अवस्था लगायतका विषयमा छलफलसँगै शाखाको नयाँ नेतृत्व चयन गरेको छ ।      कार्यक्रममा प्रमुख अतिथि एवम् बेगनास सिंचाई प्रणाली मूल उपभोक्ता समितिका उपाध्यक्ष राजु खत्रीले शाखाले आफ्नो कार्यक्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुुभयो । फोहोर व्यवस्थापन, पानीको उचित उपयोग र सिंचाई प्रणालीलाई प्रविधिमैत्री ढंगले अगाडि बढाउन उहाँले सुझाव दिनुभयो ।      शाखाका अध्यक्ष एवम् कार्यक्रमका सभापति विष्णुवहादुर बस्नेतले  सिंचाई प्रणाली कृषि विकासको मेरुदण्ड भएको बताउँदै कृषकहरूलाई बाढी, पहिरो, भूक्षय तथा माटो कटान जस्ता जोखिम व्यवस्थापनमा सक्रिय हुन आग्रह गर्नुभया्े ।      कृषि वालीको संरक्षण र उत्पादन वृद्धिका लागि सिंचाईलाई व्यवस्थित बनाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।      संस्थाका कोषाध्यक्ष शिवबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सचिव विश्वराज लामिछानेले आगामी योजना र कार्यक्रमबारे जानकारी गराउँदै सिंचाई सुविधालाई विस्तार गर्दै स्थानीय जलस्रोतको संरक्षण र कृषक प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।      कार्यक्रममा शाखाका पूर्व अध्यक्ष घनश्याम खनाल, सल्लाहकार गणेशबहादुर खत्री, लेखनाथ उद्योग बाणिज्य संघका सल्लाहकार सदस्य भरत थापा, समाजसेवी खेमराज अधिकारी, किसान परियार र शरणकुमार प्रधान लगायतले कृषि आधुनिकीकरणको आधार स्तम्भ नै सिंचाई भएको बताउनुभयो । नयाँ नेतृत्वलाई बहुउद्देश्यीय योजनाका साथ अगाडि बढ्न सुझाव दिँदै उहाँहरूले कृषकको हितलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।          अधिवेशनले शिवबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज लामिछाने,  सचिवमा मोहनबहादुर थापा र कोषाध्यक्ष कृतिराज खनाल रहनुभएको छ । त्यस्तै सदस्यहरूमा राजु खत्री, बलराम केसी, रामबहादुर खत्री, सम्मरबहादुर खत्री, पद्ममा बास्तोला, लालमाया थापा र झलक थापा निर्विरोध रूपमा निर्वाचित बन्नुभएको छ । निर्वाचन मण्डलको संयोजकमा संस्थाका सल्लाहकार गणेशबहादुर खत्री रहनुभएको थियो ।  

पोखरा:  एडुब्रिज कन्सल्टेन्सीले स्थापनाको २५ औं वर्षको अवसर पारेर पोखरा महानगरपालिका–१७ विरौटामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  काठमाडौंमा प्रधान कार्यालय रहेको एडुब्रिजले पोखराको विरौटामा आठौं शाखा सञ्चालनमा ल्याएको हो ।   शाखाको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गर्ने शाखाका प्रवन्धक निर्देशक किसान सुनारले जानकारी दिए ।  ‘काठमाडौं लगायत देशको विभिन्न जिल्लामा शाखा रहेको एडुब्रिज कन्सल्टेन्सीले पोखरा विरौटामा शाखा सञ्चालनमा आएको छ, सुनारले भने,‘आइतबार औपचारिक रुपमा शाखाको उद्घाटन गर्दै वैदेशिक उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला समेत आयोजना गरेका छौं ।’ उनले विद्यार्थीहरुलाई शैक्षिक पृष्ठभूमि, रुचि र करियरको आकाक्षाका आधारमा उपयुक्त शैक्षिक संस्था छनोट गर्न सहयोग पु¥याउने बताए ।  एडुब्रिज कन्सल्टेन्सीले अस्टेलिया, युके, जापान र युरोपमा वैदेशिक उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थी र अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई नेपालको विभिन्न क्षेत्रमा अध्यापनमा ल्याउन सजकिरण गर्ने छ ।  कन्सल्टेन्सीले विभिन्न देशका अस्टेलिया, युके, जापान, युरोप र युएईको विभिन्न युनिभसिटीको प्रतिनिधि संस्थाको रुपमा गण्डकी प्रदेशको यस कार्यालयले सहजिकरण गर्नेछ ।   

पोखरा:  पोखरा उद्योग वाणिज्य संघले यही मंसिर १७ देखि २१ गतेसम्म नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको २०८२ पोखराको आयोजना गर्ने भएको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलनमार्फत् मेलाको तयारी चलिरहेको र योपटक मेलाको मुख्य सहयात्रीको रुपमा पोखरामै रहेको नेपाल मणिपाल शिक्षण अस्पताल रहेको जानकारी दिएको हो ।  संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले अगाडि सारेको पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरको नारासँग मणिपालको उद्देश्य मिलेकोले यो सहकार्य सम्भव भएको बताए । ४० को दशकमै पोखरालाई शिक्षा,स्वास्थ्य र पर्यटनको सहरको रुपमा परिकल्पना गरेको स्मरण गर्दै उनले भने,‘ पोखराको भौगोलिक अवस्थिति र हावापानी स्वास्थ्य पर्यटनका निम्ति उचित रहेको यसबाट हामीले मनग्ये विदेशी मुद्रा आर्जन अनि रोजगारी सिर्जना गर्न सक्छौँ भन्ने पुष्टि हुँदै गएको छ । आधुनिक चिकित्सा पद्धतिलाई अंगालेर नेपाल मणिपाल अस्पतालले पोखरा उद्योग वाणिज्य संघको त्यो पुरानो सपनालाई मलजल गरेको छ । त्यसैले त नेपाल मणिपाल अस्पताल हामीसँग जोडिन आइपुगेको छ ।– उनले पोखरालाई आधुनिक चिकित्सा सेवादेखि आयुर्वेद,योग र ध्यानको केन्द्र पनि बनाउन सकिने पनि बताए । अध्यक्ष कार्कीका अनुसार योपटकको मेलाको नारा पनि ‘लगानीको सम्वद्र्धन, उद्योग–व्यवसायको प्रवद्र्धन’ नै जानकारी दिए । मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन तथा प्रचार–प्रसार,पोखराको पर्यटन र व्यापार प्रवद्र्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना,पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यमा समर्पित गरिएको अध्यक्ष कार्कीको भनाइ छ । मेलालाई मनोरञ्जनात्मकभन्दा पनि उद्यमशिलता विकासको थलो बनाउनकै लागि यसपटक समयावधि घटाएर ५ दिनको बनाइएको उनको भनाइ छ । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद तथा महासचिव शोभा गौतमको संचालन रहेको पत्रकार सम्मेलनमा बोल्दै क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत् सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय आएका नयाँ प्रविधिबारे जानकारी गराउने,साइबर सुरक्षाबारे सचेतता फैलाउनेलगायतका कार्यक्रम समावेश गरिने जानकारी दिए । यसअघि बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले क्यान नेपाल महासंघ,कास्कीले विगत १३ वर्षदेखि आयोजना गर्दै आइरहेको क्यान इन्फोटेकलाई मेलामा समाहित गर्नुको उद्देश्य सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानहरुले पछिल्लो समयका प्रविधि,दैनिक जीवनलाई अझ सरल बनाउने उपकरणहरु प्रदर्शनी तथा बिक्रीका राख्नु रहेको बताएका थिए ।

पोखरा:  लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरेकोे छ ।  पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर ८ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाले जानकारी दिए । अन्य व्यवसायीहरुका लागी भने दोश्रो चरणमा मंसिर १५ गतेबाट स्टल बुकिङ खुल्ला गरिने थापाले बताए । यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवमा कृषि तथा स्थानिय उत्पादनका स्टललाई प्राथमिकता दिईने र स्वदेशी उत्पादनहरुको प्रर्वद्धनको लागी मेड ईन नेपाल अन्र्तगत केही स्टलहरुको व्यवस्थापन गरिने संयोजक थापाले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले हालको विषम परिस्थितिका कारण शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचार प्रसार समितिका संयोजक ध्रुबवावु भटृराईले बताए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने २१ औं संस्करणको महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल, पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

पोखरा:  होटल संघ पोखरा नेपाल र नेश्नल रेफरेन्स ल्याब्रोटरी (एनआरएल) विच प्रयोगशाला सम्वन्धि परीक्षणमा छुट प्रदान गर्न आपसी सम्झौता भएको छ । एनआरएलले संघका सबै पदाधिकारी, साधारण सदस्य र परिवारका सदस्यहरुका लागि रगत र पिसाव सम्वन्धि जाँचमा ३५ प्रतिशत छुट दिने गरी आइतबार यो सम्झौता भएको हो । सम्झौतामा संघका अध्यक्ष लक्ष्मण सुवेदी र एनआरएल पोखरा नयाँ सडककी मार्केटिङ प्रमुख समिता आचार्यले हस्ताक्षर गरेका छन् ।  उल्लेखित छुटका अतिरिक्त संघ अन्तर्गतका होटलमा कार्यरत कर्मचारीका लागि २० प्रतिशत छुट प्रदान गर्ने सहमति पनि भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । होटल संघ परिवारका तर्फबाट सिफारिस भएर आउने सेवाग्रहीले पनि पाँच देखि सात प्रतिशत छुट पाउने छन् । पोखरामा नहुने र बाहिर पठाउनुपर्ने नमुनाको प्रयोगशाला सम्वन्धि परीक्षणमा भने १५ प्रतिशत मात्र छुट प्रदान गरिने सम्झौतामा उल्लेख गरिएको छ ।  १२ बर्ष अघिदेखि पोखरामा सेवा दिन थालेको एनआरएलले प्रयोगशाला सम्वन्धि गुणस्तरीय परीक्षणमा जोड दिंदै आएको मार्केटिङ प्रमुख आचार्यले जानकारी दिइन् । 

पोखरा:  २१ औं संस्करणको लेखनाथ महोत्सव पुस पहिलो सातादेखि हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस ३ देखि १४ गतेसम्म २१ औं संस्करणको लेखनाथ महोत्सव हुन लागेको हो ।  लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी  प्रदेश र ने.उ.वा. महासंघ गण्डकी प्रदेशको सहआयोजनामा हुने महोत्सवको पहिलो चरणको तयारीका बारेमा जानकारी दिने उद्देश्यले आईतबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको ३ गते देखि १४ गते सम्म पोखरा २७ को तालचोकमा २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताईन । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रि गरिने वताए । पत्रकार सम्मेलनमा महोत्सवका प्रचार प्रसार संयोजक ध्रुवबावु भटृराईले विषम आर्थिक परिवेशमा मेला महोत्सव आयोजना गरिनु आफैंमा चुनौतिपुर्ण रहेको वताउँदै व्यवसायी तथा आम सर्वसाधारणहरुको खस्किएको मनोबल उच्च बनाउन र राष्ट्रको अर्थतन्त्रलाई चलायमान गराई बजारलाई गतिशिल बनाउँदै आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताए ।   यसरी आयोजना गरिने मेला महोत्सवले स्थानिय र राष्ट्रिय स्तरको अर्थतन्त्रको विकासमा टेवा पुग्ने साथै क्रेता, विक्रेता र उपभोक्ताको आवश्यकता र परिपूर्तिको संगम स्थलका रुपमा महोत्सव प्रयोग हुने भटृराईको दावी छ ।  देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउन महोत्सव सफल हुने उनले बताए । महोत्सवका विशेष आर्कषणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनी रहनेछन । थप आकर्षणको रुपमा यस वर्ष महोत्सवमा गतवर्ष जस्तै एशियाका ज्योतिको रुपमा चिनिने शान्तिका दुतः गौतम बुद्धको प्रतिमा सहितको पर्यटन प्रवद्र्धन कार्यक्रम विजनेश टक शो र मोटीभेसनल स्पिच कार्यक्रम, जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकीर्याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय कार्यक्रम, महोत्सव प्रर्वद्धन सम्बन्धी टिकटक प्रतियोगिता, महोत्सव प्रर्वद्धन कन्टेन्ट क्रिएशन प्रतियोगिता, सुगम संगित तर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्याङ्य) कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार रहेका छन् । महोत्सव अवलोकन गर्ने सर्वसाधारणहरुको लागी प्रवेश टिकटको मुल्य रु १ सय, विद्यार्थीहरुको लागी रु ५० र बेलुका सुगम संगित÷कन्सर्ट का लागि रु २ सय कायम गरिएको छ । महोत्सवको बचत रकमवाट नवउद्यमी उत्पादनमा पहल, उद्यमशिलता विकास, औधोगिक क्षेत्र निर्माणको लागि पहल, पर्यटन प्रर्वद्धनमा विकास साथै सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सीना पँगेनीले लेखनाथ क्षेत्रलाई विकासको दृष्टिकोणले पछि पारिएको वताउँदै यस क्षेत्रको विकास र प्रर्वद्धनको लागी सम्बन्धीत निकाय र संघ संस्थाले ध्यान दिन नसकेको बताएकी थिईन । यस्तै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले अहिलेको आर्थिक संकटको अवस्थामा महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र व्यवसायीहरुलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रमहरु गर्न सके राम्रो हुने सुझाव व्यक्त गरेका थिए । कार्यक्रममा महोत्सवको मुख्य प्रायोजक रहेको गृहलक्ष्मी ग्याँस कम्पनी प्रालीका महाप्रबन्धक भिमराज लामिछानेले लेखनाथ महोत्सव सग सहकाय गर्ने मौका प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरुका विषयमा वताउनुभएको थियो । संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, ३०० सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । करिब ३३५ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८५ लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ ।