पोखरा: नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २० गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको बृहत भेला आयोजना गरिएको हो । पोखरा रंगशाला स्थित जिल्ला खेलकुद विकास समिति कास्कीको सभाहलमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउँदै ब्राण्डको रुपमा स्थापित गराउँनुपर्नेमा सहभागिहरुले जोड दिए । सोही भेलाले मञ्चका अध्यक्ष मान बहादुर घर्ती (एमबी आस्था) संयोजक र राजाराम पौडेल सहसंयोजक रहेको मुल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमितिका संयोजकसमेत चयन गरेको छ । जसमा आर्थिक संकलन उपसमिति संयोजकमा बिमल तिवारी, प्रचार–प्रसार उपसमिति संयोजकमा राजु गिरी, अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक दीननाथ बराल, संघसंस्था समन्वय उपसमिति संयोजक कृष्ण दवाडी, स्वयंसेवक परिचालन उपसमिति संयोजक प्रविन मगर, साँस्कृतिक कार्यक्रम उपसमिति संयोजक राजाराम पौडेल, स्वागत सत्कार उपसमिति संयोजक एकराज गिरी, फोटो तथा भिडियोग्राफी उपसमिति बसन्त सेर्पा, क्विक रेस्पोन्स उपसमिति संयोजकमा शशीकुमार पौडेल, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा सन्देश श्रेष्ठ, चिठीपत्र तथा निमन्त्रणा उपसमिति संयोजकमा कविता घर्ती मगर, मुल्यांकन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञावाली रहेका छन् । उपसमितिमा आवश्यकताको आधारमा सदस्य थप गर्ने अधिकार संयोजकलाई दिइएको मञ्चका अध्यक्ष मानबहादुर घर्ती एमबी आस्थाले जानकारी दिए । यसरी थप गरिएको सदस्यको बारेमा उपसमिति संयोजकले मुल आयोजक समितिको संयोजक अथवा मञ्चको कार्यसमितिलाई जानकारी गराउनुपर्नेछ । प्रतिभा छनोट समिति र उत्कृष्ट खेल पत्रकार छनोट समिति पछि चयन गर्ने मञ्चले जनाएको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ ।
पोखरा: पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि नयाँ मिति तोकिएको छ। निर्वाचन अधिकृत प्राध्यापक डा. रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरी चैत १० गते निर्वाचन मिति तय भएको जानकारी दिएका हुन् । नयाँ निर्वाचन तालिकाअनुसार चैत १० गते आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चुनाव हुनेछ। निर्वाचनको मौन अवधि चैत ७ गते राति १२ बजेदेखि लागू हुने बताइएको छ । त्यस्तै यसअघि चैत ५ मा हुने भनिएको निर्वाचन रोकिए पनि त्यसदिन निर्वाचन गराउन खटिएका प्राध्यापक र कर्मचारीहरू यथास्थानकै जिम्मेवारीमा रहने पनि निर्वाचन अधिकृत पोखरेलले जारी सूचनामा भनिएको छ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विज्ञान, प्रविधि र नवप्रवर्तन मुलुकको प्रगति र समृद्धिका मुख्य चालक रहेको बताउनुभएको छ । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीको सहकार्यमा पोखरामा सुरु विज्ञान, प्रविधि र नवप्रवर्र्तनमा हालका प्रवृत्तिहरू सम्बन्धी सम्मेलन (आरटीएसटीआई २०२५) मा प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेश र नेपालभर विज्ञान र नवप्रवर्तनको प्रगतिका लागि यस्ता सम्मेलन उपयोगी रहेको बताउनुभयो । गण्डकी प्रदेशले दीगो, ज्ञानमूलक अर्थतन्त्रको परिकल्पना गरेकोमा यस्ता संस्थाहरूले अनुसन्धान, शिक्षा र नीति सिफारिसहरूमा अग्रणी भूमिका खेल्दछन् । पोखरा विश्वविद्यालयले उच्च शिक्षा र वैज्ञानिक उत्कृष्टताको केन्द्रको रूपमा आफ्नो पहिचान बनाएको पाएको छु। जसले कुशल अनुसन्धानकर्ता र प्राविधिकहरू तयार पार्दै नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको पनि छ । ‘सन् २०२२ मा सुरु भएदेखि नै आरटीएसटीआईले वैज्ञानिक, अनुसन्धानकर्ता, शिक्षक, नीति निर्माता र उद्यमीहरूलाई एकठाउँ गरी नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनको भविष्य आकार दिन महत्वपूर्ण भूमिका खेलेको छ ।’ उहाँले भन्नुभयो – ‘सम्मेलनका पूर्व संस्करणहरूको प्रभावकारिताले यसको बढ्दो महत्वलाई देखाउँछ। यस वर्ष पोखरा विश्वविद्यालयको नेतृत्वमा विकास र अनुसन्धान उत्कृष्टता प्रवद्र्धन गर्न चालिएको यो कदम पनि लाभदायक हुने विश्वास व्यक्त गर्दछु ।’ गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीले सन् २०२० मा स्थापना भएदेखि नै वैज्ञानिक अनुसन्धान, प्रविधिगत प्रगति र नवप्रवर्तनलाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ । ‘हामी प्रविधिगत परिवर्तन र विश्वव्यापी चुनौतीहरूको माझमा उभिएका छौं । यस चुनौतीको सामना गर्दै अघि बढ्न समयानुकूल अनुसन्धान, नवप्रवर्तन र नीतिगत हस्तक्षेपहरू साथैसाथै अगाडि लैजानुपर्ने हुन्छ ।’– प्रदेश प्रमुख भट्टले भन्नुभयो । यस्ता सम्मेलन वैज्ञानिक प्रगतिहरू छलफल गर्ने मञ्च मात्र होइन, बरु एसटीआई अनुकूल शासन, उद्योग सहकार्य र उद्यमशीलतालाई समर्थन गर्ने नीतिहरूलाई आकार दिने अवसर पनि रहेको भट्टले बताए । सबै मिलेर अनुसन्धानलाई वास्तविक जीवनमा प्रभाव पार्ने, नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने र गण्डकी प्रदेशलाई विज्ञान र प्रविधिको क्षेत्रमा नेतृत्व गर्ने केन्द्र बनाउने प्रयासमा हातेमालो गर्दै अघि बढ्न पनि उहाँले आह्वान गर्नुभयो । तीन दिने सम्मेलनमा नेपाल र अन्य देशहरूबाट २ सय भन्दा बढी अनुसन्धानकर्ता, विशेषज्ञ र विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
पोखरा: पोखरा महानगरपालिका–१ स्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सिपिएस क्रियाकलाप प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सि.पि.एस. क्रियाकलाप प्रदर्शनी तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा कक्षा नर्सरी, एल.के.जी. र यु.के.जी.का विद्यार्थीहरुले आफूले सिकेका ज्ञान, सिप, क्षमता पहिचान, अन्तर सांस्कृतिक दक्षता र व्यवहारिक सिकाइको कुराहरु प्रदर्शन गरेका थिए । यस्तै शिक्षिकाहरुले अभिभावकहरुलाई नानीबाबुहरुले आफुले वर्ष भरि सिकेका विभिन्न क्रियाकलाप प्रदर्शन तथा शैक्षिक खेलहरु खेलाएर मनोरञ्जन पनि गराएका थिए ।
पोखरा: पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ । मतपत्रमा सामान्य त्रुटि देखिएपछि उत्पन्न विवादका कारण आज मतदान स्थगित भएको भएको हो । निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले सूचना जारी गरी आजका लागि मतदान स्थगित भएको र भोलि बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने उल्लेख गरेका छन् । निर्वाचन समितिको लापरवाहीका कारण मतपत्र छपाईमा त्रुटि भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले विरोध गरेको थियो । निर्वाचन समितिले गम्भीर लापरबाही गरेको भन्दै अन्य विद्यार्थी संगठनहरुले नाराबाजी समेत गरेका थिए । पृथ्वीनारायण क्याम्पसमा ९ हजार २७० मतदाता रहेका छन् । स्ववियु सभापति पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् । सभापतिका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार हुन् । अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववीयु सभापतिमा उम्मेदवारी दिएका छन् । स्ववीयु सभापतिका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सचिवमा ५ जना, कोषाध्यक्षमा ५ जना र ४० जना सदस्य पदका उम्मेदवार छन् । समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी ९बैद्य० का उम्मेदवार पनि चुनावी मैदानमा होमिएर प्रतिस्पर्धा गर्दैछन्। २ वर्षे कार्यकालका लागि २१ सदस्यीय स्ववियु समिति निर्वाचित हुनेछन् ।
निर्वाचन समितिको लापरवाहीका कारण मतपत्र छपाईमा त्रुटि भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले विरोध गरेको छ। उक्त संगठनको विरोधपछि पृथ्वीनारायण क्याम्पसमा मतदान सुरु हुन सकेको छैन । निर्वाचन समितिले गम्भीर लापरबाही गरेको उनीहरुको ठहर छ । अखिल छैठौंको तर्फबाट उम्मेदवार बनेका मिलन सुनारको मतदान गर्नलाई कोष्ट नराखिएकाले विरोधमा उत्रनुपरेको अखिल छैठौं कास्कीले उल्लेख गरेको छ । यद्यपी अन्य विद्यार्थी संगठनहरुले भने यथाशिघ्र मतदान सुरु गर्नुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । पृथ्वीनारायण क्याम्पसमा ९ हजार २७० मतदाता रहेका छन् । स्ववियु सभापति पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् । सभापतिका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार हुन् । अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववीयु सभापतिमा उम्मेदवारी दिएका छन् । स्ववीयु सभापतिका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सचिवमा ५ जना, कोषाध्यक्षमा ५ जना र ४० जना सदस्य पदका उम्मेदवार छन् । समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (बैद्य) का उम्मेदवार पनि चुनावी मैदानमा होमिएर प्रतिस्पर्धा गर्दैछन्। २ वर्षे कार्यकालका लागि २१ सदस्यीय स्ववियु समिति निर्वाचित हुनेछन् ।
पोखरा: नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक चार्टर उडान सुरु हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान-प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुऱ्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ। छेन्दुबाट पोखरामा आउने सिचुवान एयरलाइन्समार्फत मंगलबार हुने व्यावसायिक चार्टर उडानमार्फत १२६ सदस्यीय नेपाली प्रतिनिधिमण्डल ‘पोखरा-छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का लागि जाँदै छ।
पोखरा महानगरपालिका २१ बाँझीपोखरीमा वडाध्यक्ष दीपक सुवेदीलाई रड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा निर्मलपोखरीका स्थानीय भूपेन्द्र गिरी (ठुलो) रहेका छन् । गिरीले वडाध्यक्ष सुवेदीसहित जनप्रतिनिधिलाई बाँझीपोखरीमा सार्वजनिक जग्गामा अतिक्रमण गरी निर्माण भइरहेको संरचना भत्काउन जाँदा रड प्रहार गरेका थिए । पक्राउ परेका गिरीविरुद्ध अभद्र व्यवहार मुद्दामा ७ दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ । यो पनि पढ्नुहोस वडाध्यक्ष दीपकलाई रड प्रहार गर्ने भूपेन्द्रविरुद्व निवेदन
पोखरा: कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास गरिएको छ । कोसेली घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले संयुक्त रूपमा पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा शिलान्यास गर्नुभएको हो । शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले हरित रोजगारी सृजनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहहरू मार्फत पुनः प्रयोगमा आउने सामाग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण समेत हुने उहाँको विश्वास छ । ‘विभिन्न चरणमा हामीले पोखरा महानगरपालिकाका १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी आवश्यक तालिम तथा प्राविधिक दक्षता अभिवृद्धिको कार्यक्रम गरीसकेका छौँ, उहाँले भन्नुभयो, यसले सामुदायिक स्तरमा रोजगारी सृजना र चक्रीय आर्थिक प्रणालीमा जोडिने अवसर समेत प्रदान गर्नेछ ।’ विदेश पलायन भइरहेको युवा शक्ति र गृहिणी महिलाहरूका लागि समेत हरित रोजगारी सृजना महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । ‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, फोहोरबाट मोहोर पनि आर्जन हुनेछ ।’ नगर प्रमुख आचार्य भन्नुभयो । परियोजनाको पहिलो चरणमा ३ हजार बढी प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी सृजना हुने उहाँले बताउनुभयो । कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले पोखरा महानगरपालिका र कोइका बिचको सहकार्य तथा समझदारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको पर्यटन राजधानी पोखरामा रिसाईकल र अपसाइकल मार्फत हरित रोजगारी सृजनाको नमुनाका रूपमा विकास गर्न यो परियोजना कोषेढुङ्गा साबित हुने कोङ्ले उल्लेख गर्नुभयो । ग्रिन जब क्रियसन संसारमा निकै प्रभावकारी परियोजनाका रूपमा अगाडी आएको उहाँले बताउनुभयो । संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई बढवा दिन यो परियोजना प्रभावकारी हुने बताउनुभयो । उहाँका अनुसार यसले आरयू उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ । परियोजना मार्फत ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गरी नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गरिने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले स्वच्छ पोखरा, हरित पोखरा निर्माणसँगै हरित रोजगारी सृजनामा समेत यो परियोजनाले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन राजधानी पोखराका लागि परियोजना रोजगारी सृजनाको नयाँ प्रयोगका रूपमा प्रभावकारी हुने बताउनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले यो परियोजना पोखराका लागि रोजगारी सृजना, सिकाई प्रवर्द्धन र उत्पादनका हिसाबले महत्त्वपूर्ण हुने बताउनुभयो । परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०।८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछन् । १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेश्नल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाण्डौले पाएको छ । परियोजनाले नकुहिने फोहोर प्रशोधन सहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ । फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण मानिन्छ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ । ३० अगस्ट २०२३ मा नगर प्रमुख आचार्य र कोइकाका उपप्रमुख युन यंग ली बिच सम्झौता भएको थियो ।