पोखरा:  नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्राम लगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ ।...

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका –१० र ११ स्थित घान्द्रुकमा आजदेखि घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको आयोजनामा आज देखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।  घान्द्रुक पर्यटन महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे ।  महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार भएको बताए ।    ‘हामीले घोषणा गरेका छौं अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार हो, यी चार वटा आधार मध्ये महत्वपूर्ण पर्यटन हो, अध्यक्ष केसीले भने, ‘पर्यटनबाट गाउँपालिकाले समृद्ध हासिल गर्न सक्दछ, त्यसैले हामीले धेरै भन्दा धेरै पर्यटक भित्राउन आवश्यक छ ।’ अध्यक्ष केसीले घान्द्रुक आउने सडक सहज बन्दै गएकाले पर्यटकलाई आकर्षण गर्नका निम्ति घान्द्रुकको मौलिकता जोगाउन आवश्यक रहेको बताए ।  ‘हिजो हाम्रो अर्गानिक गाउँ सबैले हेर्न आउने गाउँ आज कहिकहि बिग्रे जस्तो देखिन्छ, मेरो आग्रह छ संरचना जसरी बनाएपनि त्यसलाई फेरी मौलिकतामा ढालौं, धालौं  हिजो हाम्रा जे परम्परा थिए, जे हेर्न आउथे त्यसलाई फेरी रुपान्तरण गरौं, भएकालाई राम्रो गरौं, घान्द्रुक अरु गाउँभन्दा भिन्न गाउँ हो’, उनले भने, ‘अब घान्द्रुक आउने सडक बन्दै छ, कलाभिरको अप्ठ्यारो बाटो बन्दै छ, पर्यटक घान्द्रुक आउन कुनै समस्या छैन्, आएका पर्यटकलाई बस्ने, घुम्ने वातावरण बनाउने हो सोच्न पर्ने छ,हिजोको घान्द्रुक भन्दा आजको घान्द्रुक भिन्न छ गुनासो छ, त्यसैले घान्द्रुकको मौलिकता जोगाउने गरी संरचना बनाउन आवश्यक ।’ उनले घान्द्रुक पर्यटन क्षेत्र भएकाले यसको विकास गर्ने गाउँपालिकाको कर्तव्य भएको समेत बताए । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुकबाट एबिसी, पुनहिल घोडेपानी लगायतका पदमार्गसँग जोडिएकाले घान्द्रुक पर्यटकको हवको रुपमा अगाडि बढेको बताए ।  ‘ घान्द्रुकबाट अन्नपूर्ण बेस क्यापसम्मको, घोडेपानी जाने, मुल्डे जाने र मुल्डेबाट छोम्रोङ जाने नयाँ पर्यटन पदमार्गसँग जोडिएको त्यस्तै गरी मर्दी हिमाल जाने बाटाहरु भएका हिसाबले घान्द्रुक पर्यटनको हबको रुपमा अगाडि बढिरहेको देख्छु, कडरियाले भने,‘घान्द्रुक आउने पर्यटक संस्कृति र प्रकृतिसँग रमाउने भएकाले घान्द्रुकबासीहरुले आफ्नो संस्कृति जोगिने गरी संरचना बनाउन आवश्यक छ ।’ महोत्सवको उद्घाटन समारोहमा घान्द्रुक कल्चर रिसोर्टका सञ्चालक कुलप्रसाद गुरुङलाई सम्मान गरिएको थियो ।  घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत लामा गुरुङले भोलिदेखि खुल्ला क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सुरु हुने बताए ।  उनका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र  उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको  ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।  पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।  घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।         

पोखरा रंगशालामाको प्रशिक्षण मैदानमा आयोजना हुने भनिएको विराट चक्र विज्ञान कार्यक्रम तत्कालका लागि रोकिएको छ ।   आयोजकले विज्ञप्ती जारी गर्दै मौसम र प्राविधिक कारणले स्थगित गरिएको जनाएको हो ।    यद्यपी खेलकुद मैदानमा कार्यक्रम गर्न लागिएको भन्दै यसअघि विरोध भएको थियो ।   गण्डकी स्वाजागरको फागुन ११ गतेदेखि १७ गतेसम्म आयोजना हुने भनिएको उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरिएको आयोजकले उल्लेख गरेको छ ।  

पोखरा:    पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा  तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्की च्याम्पियन बनेको गुरुकुल विद्यासनले बिजयी शुरुवात गरेको छ । गुरुकुल विद्यासनले जुनियर सिटिजन एकेडेमी लेखनाथलाई १–० गोलले हरायो । अर्को खेलमा डाइमन्ड सेकेन्डरी स्कुलले पोखरा युनाइटेड एकेडेमीलाई ट्राइबे्रकरमा ३–२ गोलले हरायो । निर्धारीत समयमा दुई दुई गोलका बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । अर्को खेलमा सुर्योदय इङलिस बोडिङ स्कुलले ग्लोबल कलेजियट स्कुललाई फराकिलो अन्तरले हरायो । सुर्योदयले ग्लोबललाई ८–२ गोल अन्तरले हरायो । अर्को खेलमा अरनिको स्कुल तनहुले मदरल्याण्ड स्कुललाई ४–३ गोल अन्तरले हरायो । आइतबारको ६ औं खेलमा चिल्डेन लाइफ इङलिस स्कुल बाग्लुङले त्रिबेणी पब्लिक स्कुल लेखनाथलाई २–१ गोलले हरायो । अर्को खेलमा कास्की मोडनाइ एकेडेमीले फियुचर बोडिङ स्कुल बागलुङलाई ५–१ गोलको फराकीलो अन्तरले हरायो । कलेज तर्फको फुटसलमा सोच कलेज अफ आइटिले ज्ञान कलेजलाई ९–० गोलको फराकिलो अन्तरले हरायो । फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १४ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए । उनले कलेज तर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजीक तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले खेलाडी उत्पादनमा टेवापुग्ने बताए ।

पोखरा:   ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा समारोहमा भएको घट्नाका सम्बन्धमा छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन भएको छ ।  गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्री स्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।  समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् । समितिमा एक जना विस्फोटक पदार्थ विज्ञ पनि राखिने छ ।  समितिलाई घट्नाको विस्तृत छानबिन गरी आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्दा अपनाउनु पर्ने पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपाय सहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ । घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन् ।  कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेल र नगर प्रमुख आचार्यको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

काठमाडौं:  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा  आज सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु १५ले घटेको हो ।  गत शुक्रबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ५५ निर्धारण गरिएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

पोखरा:  सामाजिक कार्यमा क्रियाशिल रानीपौवा महिला समूह (पोखरा ११) ले  पोखरा महानगरपालिका ३२ स्थित लामेआहालको राधाकृष्ण गुरुकुल संस्कृति विद्यालयलाई खाद्यान्नका समाग्री सहयोग गरेको  छ ।   महिला समूहकी अध्यक्ष बेबी श्रेष्ठको सक्रियतामा स्वस्थानी पूर्णिमाको अवसरमा राधाकृष्ण मन्दिर शान्ति आश्रमद्वारा सञ्चालित गुरुकुल संस्कृत विद्यालयमा अध्यनरत बटुक (विद्यार्थी) संत महन्त तथा तिर्थयात्रीहरुका लागि करिब २२ हजार बराबरको खाद्यान्न समाग्री सहयोग गरेको हो ।   चामल, दाल, चिनी, नुन, तेल लगायतका उक्त सहयोग समाग्री महिला समूहकी सचिव लिलादेवी पौडेल शर्मा, कोषाध्यक्ष झलक अधिकारी, कार्यसमति सदस्यहरुले गुरुकुलका अध्यक्ष नगेन्द्र प्रसाद रेग्मी, सचिव घनश्याम खनाललाई हस्तान्तरण गरे ।    सो अवसरमा बोल्दै महिला समूहकी सचिव लिलादेवी पौडेल शर्माले विगतमा पनि विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सहयोग गर्दै आएको स्मरण गराइन् ।   उनले स्वस्थानी पूर्णिमाको अवसरमा गुरुकुल विद्यालयलाई सहायोग प्रदान गर्न पाउँदा निकै खुशी लागेको बताइन् ।   ‘हामीले समय समयमा विभिन्न संस्था र असहाय व्यक्तिहरुलाई जति सक्दो सहयोग प्रदान गर्दै आएका छौं, उनले भनिन्, ‘आज स्वस्थानी पुर्णिमाको अवसर पारेर यहाँ आएका छौं । यो सहयोग यथेष्ट नभएपनि यहाँहरुसँग हामी जोडिन पाउँदा खुशी छौ ।’   सचिव पौडेलले आगामी दिनमासमेत सामाजिक कार्यलाई निरन्तरता दिइरहने उल्लेख गरिन् ।   यस्तै गुरुकुल विद्यालयका गुरु दामोदर गौतमले बेद अध्ययनरत विद्यार्थीहरुलाई गरेको अन्नदानले पुण्य प्राप्त हुने धारणा राखे ।     विद्यालयका अध्यक्ष नगेन्द्र प्रसाद रेग्मीले रानीपौवा महिला समूहलाई सहयोगका लागि आभार व्यक्त गरे । उनले उक्त विद्यालय सञ्चालनका लागि  रानीपौवा महिला समूहको सहयोगले थप टेवा पुग्ने बताए ।    ‘सहयोग आफैमा ठुलो हुन्छ । कति सहयोग भयो भन्दापनि सहयोग भयो या भएन भन्ने कुरा ठुलो हो, अध्यक्ष रेग्मीले भने, ‘त्यसैले यहाँहरुको यो सहयोगका लागि हामी विद्यालय परिवार धेरै धेरै आभारी छौ ।’   उनले आर्थिक स्रोतको अभावका कारण विद्यालय सञ्चालनमा कठिनाई भएको बताउदै आगामी दिनमा पनि सहकार्य हुने विश्वास व्यक्त गरेका थिए ।

पोखरा:   निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटले आगामी फागुन ९ गते पोखरामा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।      निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटले १२ औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक निशुल्क शैक्षिक मेला आयोजना गर्न लागेको इन्स्टिच्युटकी  म्यानेजर स्नेहा राईले जानकारी दिइन् ।    उनका अनुसार जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा युके लागतयका देशमा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक मेला आयोजना हुनेछ  ।   ‘पोखरामा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको निगाता इन्टरनेशनल ल्याङग्वेजलले विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शैक्षिक मेला गर्दैछ, म्यानेजर राईले भनिन्, ‘निशुल्क मेलामा सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न प्याकेजको व्यवस्था गरेका छौं । ’   व्यवस्थापक राईका अनुसार पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित पोखरा मलमा हुने निशुल्क शैक्षिक मेला बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ ।   उनले मध्यान्न १२ बजेदेखि १ बजेसम्म जापानमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गरी सेमीनार सञ्चालन गर्ने बताइन् । यस्तै १ देखि २ बजेसम्म बेलायत (युके) २ देखि ३ बजेसम्म अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि सेमीनार सञ्चालन हुनेछ ।    यस्तै जापानमा कामदार भिषा (एसएसडब्लु) र जापानमा नै कामदार भिषामा (ब्याचलर कार्यक्रम) विद्यार्थीहरुलाईसमेत निशुल्क परामर्श दिइनेछ ।    उक्त शैक्षिक मेलामा युनिक्याम्पस ग्लोबल इडु ब्रिज र पोखरा मल बिजनेश एशोसियसनसँग सहकार्य गरको इन्स्टिच्युटका सञ्चालक किसान सुनारले बताए ।    उनका अनुसार अनुसार शैक्षिक मेलामा सहभागी हुने विद्यार्थीहरुलाई  भाषा तयारी कक्षा (Japanese Language, IELTS, PTE )मा ५० प्रतिशत छुट दिइने छ ।    ‘जापान जान चाहने विद्यार्थीहरु जो शैक्षिक मेलामा आउनुहुन्छ । उहाँहरुलाई हामीले तयारी कक्षाका लागि ५० प्रतिशतसम्म छुटको व्यवस्था गर्नेछौं ।,’ उनले भने ।   यस्तै पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित पोखरा मलमा पहिलो पटक आयोजना हुन लागेको शैक्षिक मेलाको तयारी तिब्र भइरहेको बजार व्यवस्थापक सुरज अधिकारीले जानकारी दिए ।   उक्त मेला उच्च शिक्षाका लागि विदेश जान चाहनेहरुका लागि उपयोगी हुने आयोजक संस्थाको विश्वास छ ।  

पोखरा:  पोखरा महानगरपालिका–१ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श स्कुलमा बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा २ – ८ सम्म खुल्ला चेस प्रतियोगिता सम्पन्न भएको हो ।  प्रतियोगितामा जुनियर आधारभूत तहमा कक्षा ३ का अंकित मन्ना प्रथम कक्षा ५ का सिद्धान्त के.सी. द्धितिय भए ।  यस्तै सिनियर आधारभूत तहमा छात्रतर्फ कक्षा ६ का आदित्य लम्साल प्रथम र कक्षा ७ का असिम अधिकारी द्वितीय भए । यस्तै छात्रातर्फ कक्षा ७ की प्रिस्टिना रसाइली प्रथम र सोही कक्षाकी अंकिता पौडेल द्धितिय भईन् ।  प्रतियोगिताका विजेताहरुलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।   

पोखरामा प्रणय दिवस (भ्यालेन्टाइन्स डे)मा दुई चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ र ‘स्वर’सहितको कन्सर्ट हुने भएको छ ।   भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, शुक्रबार लेकसाइडको बाराहीघाटमा मुख्य आकर्षणको रूपमा यी दुई ब्याण्ड गुञ्जिने भएका हुन् । फरेन्हाइट क्लबको आयोजनामा प्रचार नेपाल र आर्बिटरी इभेन्ट्सले यो कन्सर्ट गर्न लागेका हुन् ।   पोखरेली ब्याण्ड ‘द एज’ले आफ्नो २५ औं वार्षिकोत्सव मनाउँदा स्वरले भने पहिलोपटक पोखरामा संगीत पारखीलाई आफ्ना गीतमा झुमाउने प्रचार नेपालका सञ्चालक आशिष पुरीले जानकारी दिए । द एज ब्याण्ड सन् १९९८ मा स्थापना भएको थियो र स्थापनाको दुई वर्षपछि सन् २००० मा ‘मेरो आँसु’ एलबम सार्वजनिक गरेको थियो । त्यसैले उक्त ब्याण्डले फेब्रअरी १४ मा आफ्नो २५ औँ वार्षिकोत्सव संगीतप्रेमी माझ मनाउने भएको हो ।   द एज ब्याण्डको ‘नचाहेको होइन’, ‘तिम्रो याद’, ‘सम्झिने मुटु’, ‘मेरो आँसु’, ‘नछोड्नु यो साथ’ लगायत गीत युवा पुस्ताले रुचाएका छन् ।   स्वरको ‘अपरीभाषित’, ‘बादल सरी’, ‘विस्तारै’, ‘उडिरहेछन्’ निकै रुचाइएका गीत हुन् । ‘द एज ब्याण्ड’ का भोकलिष्ट जीवन गुरूङले ब्याण्डको २५ वर्ष पुगेको खुसी गृह सहरमै मनाउन पाउनु निकै खुसीको विषय भएको बताए ।   ‘पोखराबाटै हामीले हाम्रो सुरुवात ग¥यौं । घरमै हाम्रो ब्याण्डले २५ औं वर्ष मनाउँदै छ,’ उनले भने, ‘त्यो दिन पोखराले हाम्रो खुसीमा साथ दिन्छ भन्ने विश्वास छ ।’   पोखराकै द इन्फ्लेम ब्याण्ड र काठमाडौंका आविष्कार केसीको सोही दिन सांगीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक महेश्वरसिंह भण्डारीले जानकारी दिए । कन्सर्टका लागि जेनेरल टिकटको एक हजार रुपैयाँ र भीआइपी टिकटको दुई हजार रुपैयाँ शुल्क तोकिएको उनले जानकारी दिए । टिकट मोबाइल वालेट ‘खल्ती एप’ बाट काट्न सकिने भण्डारीले बताए ।   कलेजका विद्यार्थी, पोखराका रेष्टुरेन्ट, फिल्म हल, लेकसाइडको एल.इ.डी डिस्प्लेसहित सोसल मिडियाबाट कार्यक्रमको प्रचार भइरहेको छ । सो दिन ३ हजारभन्दा बढी दर्शक कन्सर्टमा उपस्थित हुने आयोजकको अनुमान छ ।   प्रचार नेपालले पोखरामा प्रायः यस्तै सांगीतिक कार्यक्रम गर्दै आएको छ । यसअघि २६ औं सडक महोत्सवमा प्रचारले गत पुसमा ‘द एण्ड गेम’ नाम दिएर सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, ¥यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्तेलगायतको कन्सर्ट गरेका थिए ।   चर्चित गायक सज्जनराज वैद्यको गत कार्तिकको पोखराको कन्सर्ट पनि प्रचारकै व्यवस्थापनमा सफल भएको थियो । प्रचारले फागु पूर्णिमामा ‘होलील्याण्ड’ नाम दिएर बाराही घाटमै होली विशेष कार्यक्रम पनि गर्दै आएको छ ।   यो पटक पनि होलीको दिन फागुन २९ मा ‘होलील्याण्ड’को दोस्रो संस्करण हुने प्रचार नेपालका सञ्चालक आशिष पुरीले बताए ।