पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...

पोखरा:    लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गर्ने २०औ संस्करणको लेखनाथ महोत्सव अन्र्तगत विहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामा डायमण्ड माविकी मनिका शाहि प्रथम, रिलायन्स पब्लीक स्कुलकी मनिसा गुरुङ द्धितिय, सिर्जना बहिरा माविका सनम गुरुङ तृतिय र विश्वशान्ति माविका सुर्जल गुरुङ सान्त्वना भएका छन ।  विजयी प्रथम, द्धितीय, तृतिय र सान्त्वना हुनेले क्रमशः नगद ७ हजार, ५ हजार, ४ हजार र ३ हजार प्रदान गरिनेछ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिनेछ ।  पुरस्कार वितरण महोत्सवको मञ्चबाट प्रदान गरिने विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित प्रतियोगितामा १२ वटा विद्यालयका २७ जना छात्र छात्राहरुको सहभागीता रहेको थियो ।  प्रतियोगिहरुलाई पोखराको कृषि र पर्यटनसँग सम्बन्धीत चित्र कोर्न भनिएको थियो । निर्णायकको भुमिकामा सृजनशिल कलाकार समुहका अध्यक्ष डिबि गुरुङ,मिलन शेरचन र झविन्द्र गुरुङ रहेका थिए ।  ‘‘प्रतियोगितामा विद्यार्थीहरुले कोरेका चित्रहरुलाई महोत्सवमा प्रर्दशनी एवं बिक्रिको लागी समेत राखिनेछ जसबाट विद्यार्थीहरुले अतिरिक्त आयआर्जन समेत गर्न सक्नेछन’’–संयोजक ढुंगानाले बताए । महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि हुनेछन भने विद्यार्थीहरुलाई महोत्सव अवलोकनको लागी विद्यार्थी परिचयपत्रको आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको छ । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पोखरा आँफैमा प्रकृतिको सुन्दर सृजना भएको बताउँदै चित्रकला प्रतियोगिताले विद्यार्थी भाई बहिनीहरुमा पनि सृजनात्मक क्षमताको विकास गराउने वताएका थिए ।  उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले महोत्सवको बारेमा जानकारी गराउँदै चित्रकला सँगसँगै महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, नृत्य प्रस्तुतहिरु पनि रहेको बताएका थिए । विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संघकी महासचिव जानुका पराजुलीले गरेकी थिइन् ।   

पोखरा:    लेखनाथ पत्रकार मञ्चले पत्रकारिताबाट लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका पत्रकारमध्ये प्रत्येक वर्ष १ जनालाई उक्त पुरस्कार प्रदान गर्दै आएकोमा यसपालि ऋषिकान्त पौडललाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार राशि ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्र छ । पुरस्कार छनोट समितिमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, पूर्व सम्मानित पत्रकार परशुराम शर्मा र स्थापनाकालिन  अध्यक्ष भीमपाणि बराल रहेका थिए । दुई दशक अघि गोल्डेन आइ टेलिभिजनबाट पत्रकारिता सुरु गरेका पौडेल हाल रेडियो नेपालमा आबद्ध छन् । पौडेलले कान्तिपुर टेलिभिजन, एभि न्यूज टेलिभिजन, पोखरा हटलाईन राष्ट्रिय दैनिक,पोखरा टेलिभिजन लगायत संचार संस्थामा आवद्ध भई समाचार संकलन तथा सम्पादनको माध्यमबाट लेखनाथ क्षेत्रको उनन्यनका लागि कार्यगरिसकेका उनी लेखनाथ पत्रकार मञ्चका संस्थापक सदस्य तथा सल्लाहकार समेत भइसकेका छन् । उनले पोखराका पहिलो पत्रकार स्व. जगन्नाथ सिग्देलको स्मृतिमा सन्चालित हिमदुत पत्रकारीता पुरस्कार, यातायात व्यवसायिक पत्रकारिता पुरस्कारका साथै विभिन्न सामाजिक संघ संस्थावाट पुरस्कार समेत पाइसकेका छन् पौडेल नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष समेत हुन् । उनी पोखरा महानगरपालिका वडा नंं. ३१, पचभैयाका स्थायी वासिन्दा हुन् । यसअघि सो पुरस्कारबाट मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, वसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल,  सरिता तिमिल्सेना र दीपक परियार सम्मानित भइसकेका छन् । पुरस्कार १५ पुसमा कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको मूल समारोह अर्घौ अर्चलेमा प्रदान गरिनेछ ।

पोखरा:   पर्यटनको राजधानी पोखरामा बि वाइ डि अन्तर्राष्ट्रिय बेलनु महोत्सव मङ्गलबार पोखरामा सुरु  भएको छ ।    पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्वेश्यसहित पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि.को संयुक्त आयोजनामा यो महोत्सव सुरू भएकाे हाे ।   पोखराको पामे क्षेत्रमा यही पुस ९ देखि १७ गतेसम्म उक्त महोत्सव चल्ने छ ।   क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर हुने यस महोत्सवले आन्तरिक मात्र नभई वाह्य पर्यटकलाई पनि आकर्षित गरी पोखरा मात्र नभई  समग्र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्न सहयोग पुग्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  बताए ।    पोखरामा डुङ्गा खियायर मनोरञ्जन गर्ने क्रम क्रमिरुपमा प्याराग्लाङिडिङ्ग, अल्टा फराइटि र हाल  हट इयर बेलुन सम्म आइ पुगेको र अन्तर्राष्ट्रिय महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकहरु पर्यटकिय नगरी पोखरामा आउनेमा आफू विस्वस्त रहेको ब्याण्ड एम्बासडर तथा महानायक राजेश हमालले बताए ।   यस महोत्सव अवधिभर विभिन्न सांस्कृतक कार्यक्रमहरुका साथै पोखराका स्थानीय सांगीतिक ब्यान्ड र दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि रहने उनले बताए ।    नौ दिनसम्म सञ्चालन हुने यस महोत्सवमा अमेरिका, स्पेन, जापान, दक्षिण कोरिया, बेलायत, मलेसिया, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत २० भन्दा बढी देशको सहभागिता रहने बेलुन नेपाल प्रा.लि. का प्रबन्ध निर्देशक सविन महर्जनले जानकारी दिएका छन् ।   त्यस्तै महोत्सवमा १५ देशका पाइलट पनि सहभागि हुने र एकै पटकमा २० वटासम्म बेलुनहरु पोखराको आकाशमा उड्ने उनले बताए ।    सो हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्नेछन् । बेलुन उडान महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म हुनेछ ।    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जमिनको सतहदेखि ५ हजारफिट उचाइसम्म बेलुन उड्न पाउनेगरि सीमा तोकिदिएको छ ।    पोखराको आकाशमा बेलुनको उचाईबाट उत्तरतर्फको हिमाली श्रृंखला, पोखरा शहर, फेवाताल सहितका यहाँका प्राकृतिक सौन्दर्य समेत अवलोकन गर्न पाइने आयोजकले जनाएको छ ।   वि.सं २०७३ सालमा स्थापना भएको बेलुन नेपाल प्रा.लि.ले २०७५ सालदेखि पोखरामा हट एयर बेलुनको व्यावसायिक उडान गर्दै आएको छ । 

पोखरा:    नेपाल ह्योल्मो समाज सेवा समिति, पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा प्रशिक्षण कक्षा शुभारम्भ भएको छ ।  गण्डकी प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा सञ्चालन भएको प्रशिक्षणमा कास्कीका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका व्यक्तिहरूको सहभागी रहेको छ । भाषा प्रशिक्षण कक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले नेपाल बहुभाषिक, बहु जातीय मुलुक भएको उल्लेख गर्दै मुलुकको विविधतालाई बचाउन विभिन्न समुदायमा सदियौँ देखि प्रचलनमा रहिआएका भेसभुसा, कला, संस्कृति तथा भाषा जस्ता महत्त्वपूर्ण पक्षहरूको संरक्षण तथा संवर्धन आवश्यक रहेकोमा जोड दिए ।  कार्यक्रमका विशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश भित्र १०६ वटा भाषाहरू प्रचलनमा रहेको उल्लेख गर्दै सबै भाषाहरूलाई जोगाउँदै गण्डकी प्रदेशलाई भाषा तथा सांस्कृतिक रूपमा उदाहरणीय बनाउन प्रज्ञा प्रतिष्ठान सक्रिय रहेको जानकारी दिए।  कार्यक्रममा खेन्पो फुन्छोग लामा, भाषा प्रशिक्षक मिङ्मार ह्योल्मो, पोखरा ह्योल्मो गुम्बा समितिका अध्यक्ष सुमित्रा ह्योल्मो लगायतले ह्योल्मो भाषा पुरानो तथा उत्कृष्ट रहेको र लवज एवं व्याकरण समेत उत्कृष्ट रहेकाले यसको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।  नेपाल ह्योल्मो समाज सेवा समिति पोखराका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर ह्योल्मोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत ह्योल्मो आमा समूह कास्कीका अध्यक्ष रिता ह्योल्मोले गर्नुभएको थियो भने सञ्चालन पूर्ण ह्योल्मोले गर्नुभएको थियो ।

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले कास्कीमा चन्दा आतंक व्याप्त रहेको बताउँदै यसलाई बन्द गर्नुपर्ने बताएका छन ।  मंगलबार लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै एस पि ओलियाले जिल्लामा चन्दा आतंक रोेक्न व्यवसायीहरु लाग्नुपर्ने बताए ।  उनले राज्यलाई नियमपुर्वक कर तिरिरहेका व्यवसायीहरुले विभिन्न बहानामा चन्दा दिन नहुने पनि बताए । एस पि ओलियाले सुरक्षा र आर्थिक विकास अन्र्तसम्बन्धीत रहेको र सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहेको ठाउँमा आर्थिक क्रियाकलाप पनि फस्टाउने वताउँदै व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन जिल्ला प्रहरी कार्यालय कास्की सधैं तत्पर रहेको बताएका थिए । उनले चन्दा आतंक बाहेक पनि जिल्लामा चेक बाउन्सका मुद्धा, अनलाई स्क्याम, सवारी दुर्घटना हुने क्रम वढ्दो रहेको र जिल्ला भित्रिने नाकाहरुमा डिजिटल चेक पोष्टको आवश्यकता रहेको वताउँदै यसमा व्यवसायीहरुसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवण कुमार वि.क.लाई पनि स्वागत गरिएको थियो । उक्त अवसरमा  लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ क्षेत्रको विकासमा विगतदेखी संघले खेलेको भुमिकाको बारेमा जानकारी गराउँदै व्यवसायीहरुका विभिन्न समस्याहरुका विषयमा जानकारी गराउँदै सहजीकरणको लागी आग्रह गरेका थिए । यसै गरि संघका अध्यक्ष विनोद श्रेष्ठले स्वागत एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लामा शान्ति सु–व्यवस्था राम्रो हुँदै गएको र यहि पुस १८ गतेदेखी आयोजना हुने २०औं लेखनाथ महोत्सवमा पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाईदिन आग्रह गरेका थिए । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका अधिकारीले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।         

लेखनाथ उद्योग वाणिज्य संघले पुष १८ गते देखि माघ १ गते सम्म गर्न लागेको २० औं संस्करणको लेखनाथ महोत्सवमा वृहत झाँकी र्‍याली  प्रर्दशन गरिने भएको छ ।    “महोत्सव लेखनाथको संस्कृती, स्थानिय उत्पादन विकास र समृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवलाई विगतका वर्षमा जस्तै यस वर्ष पनि सवै जातजाती र समुदायको भेषभुषा र संस्कृति झल्कने गरि झाँकी र्‍याली​ प्रर्दशन गरिने भएको हो ।   महोत्सव उद्घाटन समारोहका दिन स्थानिय आमा समुह, टोल विकास संस्था, सामाजिक संघ सस्थाको साथमा जातीय तथा धार्मीक संघ सस्थाहरुको प्रतिनिधीत्व हुने गरि मौलीक संस्कृती र जातीय भेष भुषाको पहिचान हुने गरि ब्यवस्थीत रुपमा झाँकी र्‍याली प्रर्दशन गर्न लागिएको हो ।    झाँकी र्‍याली प्रर्दशनी ब्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महसचिव जानुका अधिकारीले महोत्सवको आयोजक उद्योग वाणिज्य संघ भएपनि यसमा सवैको साथ र सहयोगले उत्कृष्ट महोत्सवका रुपमा स्थापित भएकाले यस वर्ष पनि आफनै घर आगनको पर्वको रुपमा लिएर सहभागि हुनका लागि अनुरोध गरिन् ।   महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफुल, होटल तथा रेष्टुरेण्टका गरि करिव तीन सय ३५ वटा स्टलहरु रहनेछन् ।   लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने २०औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।  

पोखरा: पर्यटनको राजधानी पोखरामा भोलिदेखि नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु हुँदैछ ।   पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रालिले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अवसरमा महोत्सवको आयोजना गरेका हुन् ।   फेवाफाँटमा (भोलि) ९ देखि–१७ गतेसम्म महोत्सव सञ्चालन हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।   उनका अनुसार महोत्सवमा नेपालसहित १५ देशका अन्तर्राष्ट्रिय बेलुन पाइलटहरुले भाग लिने छन् । १७ वटा हट एयर बेलुन पोखराको आकाशमा उड्नेछन् ।   महोत्सव पामे क्षेत्रको लौरूकदेखि चंखपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुनेछ । फेस्टिभलमा अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिनेछन् ।   बिहान ६ देखि ९ बजेसम्म ब्यावसायिक उडान हुनेछ भने साँझ विविध कार्यक्रम हुने उनले बताए ।   साँझ ४ देखि ६ बजेसम्म विभ्निन देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटले हट एयर बेलुनको उडान भर्ने छन् । राति ७ दखि ८ बजेसम्म बेलुन नाइट ग्लो तथा सांगीतिक कार्यक्रम हुनेछन् ।   महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फूड स्टल, मेला र विभिन्न खेल समेत हुनेछन् ।   महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कविता नेपाली, काटुन क्रूज, बेली नृत्य लगायत स्थानीय कलाकार र व्यान्डले सांगीतिक प्रस्तुति दिने छन् ।   महोत्सवमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य आयोजकको छ ।   करिब तीन सय वटा गैरव्यावसायिक उडान हुनेछन् । हट एयर बेलुनमा सामान्यतः ४० मिनेटको लामो उडान हुने गर्छ ।    २४–२६ डिसेम्बरसम्म विभिन्न व्याण्डसहितको प्रस्तुति हुनेछ भने २७ देखि ३१ डिसेम्बरसम्म बेलुन उडान तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछ ।   सन् २०२५ को पहिलो दिन १ जनवरीमा सांगीतिक कार्यक्रम प्रस्तुतिसहित कार्यक्रम समापन हुनेछ । 

पोखरा महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई एमबिबिएस पढ्न छात्रवृत्ति दिइने सम्बन्धि सूचना जारी गरेपछि चौतर्फी विरोध भएको छ ।    महानगरपालिकाले यसअघि सहिदका सन्तालाई एमबिबिएस पढाउन हरेक विद्यार्थीलाई हरेक वर्ष १० लाख विनियोजन गर्दै आएको थियो ।    उक्त रकम जनआन्दोलनका पहिलो सहिद भिमसेन दाहालका छोरालाई उपलब्ध भएको थियो । सोही क्रममा उक्त रकम मणिपालको खाताला गएको देखेपनि महालेखाले बेरुजु देखाएको थियो ।    त्यसपछि कार्यविधि संशोधन गर्दा सहिदका छोराछोरीसँगै जनप्रतिनिधि र कर्मचारीका सन्तानले पाउने व्यवस्था थपेको थियो ।    सोही व्यवस्थालाई टेकेर महानगरको छात्रवृत्ति समितिको २ पुसको बैठकले कर्मचारी र जनप्रतिनिधिका एमबिबिएस पढ्ने छोराछोरीको विवरण पेस गर्न सूचना निकाल्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम ४ पुसमा सूचना निकालेको थियो ।    अहिले उक्त कार्यको विरोध हुन सुरु भएको छ ।   के भन्छन्, जनप्रतिनिधि​ ?   ‘शिक्षा र अवसर सबैका लागि समान हुनुपर्छ । डाक्टर पढ्ने सुविधा केवल जनप्रतिनिधि र सरकारी कर्मचारीहरूको छोरा–छोरीको लागि सीमित गरिएको छ भने, यसले समानताको सिद्धान्तको ठाडो उल्लङ्घन गर्न सक्छ ।, पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘यस किसिमको नीतिले समाजमा असमानता र अन्यायको भावना सिर्जना गर्न सक्छ जसले महानगरपालिकाको छवि र विश्वसनीयतामा नकारात्मक प्रभाव पार्न सक्छ ।’   उनले समानताको सिद्धान्तको उल्लंघन गर्न नहुने भन्दै भनेका छन्, ‘यदि यस्तो नीति जारी रहन्छ भने, जनतामा अविश्वास र असन्तोष फैलिन सक्छ, जसले शासकीय निकायसँगको सम्बन्धमा समस्या उत्पन्न गर्न सक्छ । यस्ता निर्णयहरूले समाजमा विभाजनको वातावरण सिर्जना गर्न सक्छ ।   तसर्थ, यस निर्णयलाई पुन: विचार गरी, सबैका लागि समान अवसर सुनिश्चित गर्ने नीति लागू गर्न आवश्यक छ । यसले समाजमा विश्वास र समर्पणको वातावरण सिर्जना गर्नेछ र शिक्षा प्रणालीमा समावेशीपन र न्यायको सिद्धान्तलाई प्रोत्साहन दिनेछ । समान अवसर र न्यायको आधारमा बनाइएका नीतिहरूले केवल सरकारको छवि सुधार गर्छ तर, सबै नागरिकका लागि समृद्धि र समान अवसरको सुनिश्चितता पनि गर्दछ ।’  

पोखरा:   नेपाल पत्रकार महासंघ कास्कीमा नवनिर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेका छन् ।   निवार्चन समितिका संयोजक पुण्य पौडेलले नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाएका हुन् ।   सो कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न संचार जगतलाई व्यवस्थित एवम मर्यादित बनाउन पर्ने धारणा राखे ।    उनले राजनीतिक अस्थिरताले नीतिगत स्थायित्व नहुने उल्लेख गर्दै सरकारका कुनै पनि अंगले राम्रो तवरले काम गर्न नसक्ने टिप्पणी गरे ।    मन्त्री गुरुङले आम संचार विधेयक बन्ने प्रकियामा रहेकाले सरोकारवालासंग छलफल गरेर मात्र विधेयकलाई संसदमा पेश गरिने स्पष्ट पारे ।   कार्यक्रममा नेपाली कांगे्रस कास्कीका सभापति किशोर दत्त बराल, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवम गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, महासंघ कास्कीका सल्लाहकार राजेन्द्र अधिकारी, नवनिर्वाचित नेपाल पत्रकार महासंघका अध्यक्ष माधाव बराल लगायतले बोलेका थिए ।   मंसिर २८ गते सम्पन्न भएको निवार्चनमा अध्यक्षमा माधव बराल, उपाध्यक्षमा माधव रेग्मी, उपाध्यक्ष (महिला) कञ्चन थापा, सचिवमा भुपाल गुरुङ, सहसचिवमा मधु अधिकारी, सहसचिव (समावेशी) धनबहादुर गुरुङ (सुमन), कोषाध्यक्षमा राजाराम पौडेल निर्वाचित भएका थिए ।      यस्तै कार्यसमिति सदस्यहरुमा अर्जुन गाहा (सुशान्त), गौरव त्रिपाठी, , राजु गिरी, बालकुमारी पौडेल (तारा), सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी, पुष्पराज दाहाल, महिला सदस्यमा कविता घर्तिमगर, दलित सदस्यमा सुरेश सुनार, आदिवासी सदस्यमा पुनम थापा मगर र अन्य समावेशीमा सूर्य परियार निवाचित भएका थिए ।    पदस्थापनपछि निर्वाचित कार्यसमितिले पहिलो बैठकबाट निवार्चन मण्डलसहित निर्वतमान कार्यसमितिलाई धन्यवाद ज्ञापन तथा यसअघि महासंघको सदस्यता प्राप्त गर्नका लागि सिफरिस भएका १८ जना पत्रकारहरुलाई सदस्यताका लागि पुनः सिफारिस गर्ने निर्णय गरेको छ ।