पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...

पोखरा:    तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ ।    आगामी पुषको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तिब्र पारिएको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको युनाईटेड क्लबले तेह्रौं संस्करणमा भने छात्राबास निर्माणको उद्देश्यसहित आयोजना गरिएको क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए ।   उनका अनुसार युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा गरिब तथा आर्थिक विपन्न परिवारका वालवालिकालाई लक्षित गरी युनाईटेड छात्राबास निर्माणका लागि हालै शिलान्यास  भइसकेको छ  ।   सो छात्राबासको डिपिआर अनुरुप निर्माण कार्य अगाडी बढेको महोत्सव प्रचार प्रसार संयोजक तथा युनाईटेड क्लबका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।    सुनारका अनुसार उक्त छात्राबासलाई क्लबले निकट भविष्यमा विद्यालयको रुपमा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।   शिक्षासंगै स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रलाई समेत निरन्तरता भने रहने उनले बताए ।   १३ औं संस्करण सम्म आइपुग्दा युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी शिक्षा क्षेत्रमा पोखरा र आसपासका रहेका विभिन्न सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति अक्षयकोष स्थापना गरी शैक्षिक सामाग्रीहरु वितरण गरिसकेको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा विभिन्न ग्रामीण बस्तीमा लक्षित गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको र खेलकुदको क्षेत्रमा क्लब आफैले खेलकुद प्रतियोगिता आयोजना गर्दै विभिन्न खेलकुद प्रतियोगितामा प्रायोजन, सहयोगी संस्था, प्रर्वद्धक एवं सहभागीता जनाउदै आइरहेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।   पर्यटन प्रवद्र्धन तर्फ पोखरामा खुल्ला चिडियाखानाको अवधारणा लिई पोखरा महानगरपालीकाको पचभैया क्षेत्रमा पर्ने सामुदायिक बनहरुलाई समेटेर चिडियाखाना निर्माणको पहल गरेको र हाल उक्त काम गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको ओजनामा समावेश भइ काम भइरहेको क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए ।   युनाईटेड क्लबका निवर्तमान अध्यक्ष तथा महोत्सवका कार्यसम्पादन उप समिति संयोजक राजु श्रेष्ठले पोखरा महोत्सवको आयोजना गरी सेती नदी संरक्षणमा समेत काम गर्ने उद्देश्यले अगाडी वढिरहेको र त्यसका लागि पोखरा महानगरसंग सहकार्य गरेर अगाडी बढ्ने वताए । क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले युनाईटेड क्लब र अमरसिंह माविको सहकार्यमा पोखरा महोत्सव १३ औं संस्करण सम्म आइपुगेको बताए ।   महोत्सव बाहेक युनाईटेड क्लबले नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरी त्यसबाट बचत भएको रकमबाट विपद व्यवस्थापन कोष स्थापना गरी विपदका घटनाबाट प्रभावितहरुलाई सहयोग गर्दै आएको क्वलले जनाएको छ ।     महोत्सवकै माध्यामबाट सेती नदी खोचलाई शाहसिक पर्यटकीय गन्तब्य स्थल बनाउन समेत सम्बन्धित निकाय समक्ष पहलकदमी गर्दै आइरहेको छ ।   १२ दिन सम्म सञ्चालन हुने महोत्सवमा २५०  स्टल रहने र महोत्सवको सम्पूर्ण स्टलहरु पूर्ण रुपमा  बुकिङ भइसकेको महोत्सव प्रचार प्रसार संयोजक सुनारले बताए । महोत्सवमा २ लाख ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकले जनाएको छ ।   त्यसैगरी महोत्सबबाट १ करोड ५१ लाख ७५ हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खर्च भइ २८ लाख १५ हजार बचत गर्ने लक्ष्य आयोजकले राखेको छ ।   पोखरा महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।   महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन ।   महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, ज्योती मगर, प्रकाश दुतराज, रचना रिमाल, शान्ति श्री परियार, श्याम राना, अस्मिता अधिकारी, राजु परियार, सम्झना लामिछाने मगर,  शान्तिरानी परियार, जीवन दाहाल, चोलेन्द्र पौडेल लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छभने लाईभ कन्सर्ट तर्फ भीटेन, लाहुरे, उर्गेन, फिरन्ते, रकहेड्स, पूर्ण राई एण्ड दाजुभाई, जेमसी संगै स्थानिय ब्याण्डहरुको प्रस्तुती रहने क्लवका वरिष्ठ उपाध्यक्ष तथा कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।   त्यसैगरी हांस्य ब्यङ्ग्य  तर्फ म्याकुरी, दीपक थापा, पोखरेली धुर्मुस र माग्ने बुढाको प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती,  बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।   तेह्रौँ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस, सह प्रायोजकमा बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड रहेको छभने प्रायोजकहरुमा पोखरा सेकुवा घर अमरसिंह चोक, साकुरा डिजाइनर्स एण्ड विल्डर्स प्रालि, स्टारसिड टेक्नोलोजिस प्रालिको बिक्रेता जेपी इलेक्ट्रिकल्स प्रालि र बिवस इलेक्ट्रिकल्स पोखरा १० बुद्धचोक, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, हस्पिटालिटि पार्टनरमा होटल टास्क इन्टरनेश्नल प्रालि अमरसिंहचोक, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैक, अफिसियल इन्स्योरेन्स नेपाल लाइफ इन्स्योरेन्स, ड्रिङकीङ वाटरमा सोल्टी वाटर, पेमेन्ट पार्टनरमा रेभल, अफिसियल एयरलायन्समा यति एयरलायन्स, सहयोगी संस्थाहरुमा अमरसिंह मावि, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, अमरसिंह महिला समुह रहेका छनभने प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको छभने अझै प्रायोजकहरु आउने क्रम जारी रहेको युनाईटेड क्लबका अध्यक्ष तथा महोत्सव मुल समारोह संयोजक लोक बहादुर थापाले बताए ।   महोत्सवमा फरक क्षमता भएका, बृद्धबृद्धा (बृद्धभत्ता कार्ड) एकल महिला, विदेशी पर्यटक, पत्रकार, ५ वर्ष मुनिका वालवालिकाहरुलाई निशुलक प्रवेश गराइने छ । महोत्सवमा पर्यटकीय स्थलको जानकारी दिने स्टललाई निशुल्क प्रदान गरिने छ ।    युनाईटेड क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले बोलेका थिए । 

पोखरा:     पोखरालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको सिटीवान टेलिभिजनको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः पवन प्रजापतिको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ ।  उपाध्यक्षमा चिनु गुरुङ र राजेन्द्र ओझा, सचिवमा सुरेश श्रेष्ठ र कोषाध्यक्षमा विनोद भुजेललाई सर्वसम्मत चयन भएका छन् ।  सदस्यमा सुनिल गुरुङ, सुदीप प्रधानाङ्ग, सुस्मा थापा पाण्डे, सन्तोष कुमार श्रेष्ठ, वसन्त केसी र टिना थापा रहेका छन् ।  नेतृत्व चयनको लागि अधिवक्ता वि वि विष्ट संयोजक रहेको निर्वाचन समिति निर्माण गरिएको थियो । यस अगाडि अधिवेशनको उद्‌घाटन गर्दै अध्यक्ष प्रजापतिले टेलिभिजनको स्थापना कालिन लक्ष्य अनुसारै अबको कार्य समितिले काम गर्ने धारणा व्यक्त गरे ।  अध्यक्ष प्रजापतिले अबको कार्यसमितिले बजारको अवस्थालाई ध्यान दिदैँ टेलिभिजन अझै राम्रो र सबै दर्शकको अपनत्व हुने खालका कार्यक्रम प्रसारण गर्ने वातावरण बनाउन सबैसँग अनुरोध पनि गरे ।  कार्यक्रममा टेलिभिजनका उपाध्यक्ष चिनु गुरुङले सबैको हित र आम नागरिकको पक्षमा वकालत गर्न स्थापना गरिएको सिटीवानले भुइँ मान्छेको आवाजलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने धारणा राखिन् ।  उनले यस्तो विकराल अवस्थामा पनि टेलिभिजनले लक्ष्य अनुसारको नाफा आर्जन गर्न सकेकोमा सबैलाई धन्यवाद दिदैँ यो वर्ष अझ धेरै काम गर्न सबैसँग सहकार्यका लागि अनुरोध गरिन् ।  पोखराको दि होटल कान्तिपुरमा भएको साधारण सभामा आर्थिक वर्ष २०८०÷८१ को आर्थिक प्रतिवेदन र सचिवको प्रतिवेदन सर्वसम्मतले पारित समेत गरेको थियो ।  कार्यक्रममा टेलिभिजनका प्रबन्ध निर्देशक तथा सेयर सदस्य अनिशा श्रेष्ठले टेलिभिजनको सञ्चालन प्रकृया र टेलिभिजनले आगामी वर्षमा लिनुपर्ने रणनीतिक योजनाका बारेमा जानकारी गराएकी थिइन् ।  स्टार नेपाल मिडिया हव प्रा.लि द्वारा सञ्चालित सिटीवान टेलिभिजन गण्डकी प्रदेशलाई आधार मान्दै सञ्चालित छ । २०७७ सालमा स्थापित टेलिभिजनले शिक्षा, स्वास्थ्य, मनोरञ्जन, समाचार, पर्यटन र व्यवसायलाई मुख्य विषयवस्तु बनाउने गरेको छ । 

कास्की जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले विकास निर्माणमा तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने बताएका छन् ।   कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउ सिक्लेसमा शुरु भएको संस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण योजनाको स्थलगत अध्ययन अवलोकनका क्रममा उनले सम्झौता अनुसार निर्माण व्यवसायीले काम गर्नु पर्ने आवश्यकता औल्याए ।   विकास निर्माणमा ढिला सुस्ति र गुणस्तर नहुना जनतामा नैरास्यता पैदा हुदै गएको बताउँदै उनले योजना सम्पन्न गर्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने बताए  ।    संस्कृतिक ग्रामको योजनाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने प्रमुख पौडेलको भनाई थियो ।      नेपाल सरकार संस्कृति, पर्यटन तथा  नागरिक उड्यन मन्त्रालय पर्यटन पुर्वाधार एवम् पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत कूल ३ करोड सात लाख  ८३ हजार १८५ को लागतमा मुक्तिनाथ प्राकृतिक जेभीले निर्माणको जिम्मा लिएको हो ।      नेपाल सरकारको ७० प्रतिशत र मादी गाउँपालिकाको ३० प्रतिशतको साझेदारीमा निर्माण गरिने संस्कृतिक ग्राम अन्तर्गत ६४ वटा सिसि टिभि जडान, नमुना घर, पुरै गाउँलाई समेटेर विद्युत लाईन विस्तार, नयाँ सिडी बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा अध्यक्ष देवीजंङ्ग गुरुङले जानकारी दिए ।   सम्झौता अनुसार ५०० मध्ये २४० विद्युतपोल प्रयोग भएको छ भने नयाँ सिडी बाटोको काम करिव सम्पन्न हुने अवस्थामा पुगेपनि स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्तरोन्नती गरिने सिडी बाटो, डष्विन, सुचना बोर्ड राख्ने काम नभएको उनको भनाई छ ।    आगन्तुक पाहुना एवम् स्थानीय व्यवसायिको सुरक्षाका लागि गाउँभरी सिसि टिभि जडान गरिएका छन्, वडा कार्यालयमा राखिएको मनिटरमा सवै गतिविधि रेकर्ड गर्ने हुँदा सुरक्षामा सुविधा पुगेको बताउँदै उहाँले भन्नुभयो,संस्कृति ग्राम योजना सम्पन्न भएसंगै आन्तरिक एवम् बाह्रय पर्यटकको आकर्षण बढने विश्वास छ ।   जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उपप्रमुख सरिता कुमाल, समन्वय अधिकारी नवराज बराल, प्राविधिक, पत्रकार सहितको स्थलगत अनुगमनमा पुगेको टोलीलाई गाउँपालिकाका सवइन्जिनियर राजु ढकालले योजना अन्तर्गत भएगरेको गतिविधिबारे जानकारी गराएका थिए ।   निर्माण व्यवसायी ओम गौचनका अनुसार डिपिआर अनुसारको काम गर्न अप्ठेरो परेको गुनासो गरे । लोकल ढुङ्गा प्रयोग गरेर पदमार्गको स्तरोन्नती गर्ने भएपनि उक्त स्थानमा उपयुक्त ढुङ्गा नरहेको सम्झौतामा ५०० विद्युत पोल रहेपनि २४० वटा पोलले पुरै गाउलाई पुगेको उनको भनाई छ ।   शुरुमा नापजाँच हुँदा करिब ४० प्रतिशत काम सम्पन्न भई केही रकम भुक्तानी समेत लिएको बताउँदै उनले भने, ‘पछिल्लो समय निर्माण कार्य अन्तिम चरणमा पुगेछ ।’   पछिल्लो समय सिक्लेस कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । संस्कृतिक ग्राम योजना सम्पन्न भएसंगै थप आकर्षण बढ्ने विश्वास छ ।   गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको यो मनोरम गाउँ अन्नपूर्ण दोश्रो र लमजुङ लगायतका हिमश्रृखलाको काँखमा अवस्थित छ ।            

पोखराको अमरसिंहमा हुने १३ औं संस्करणको पोखरा महोत्सवमा अमरसिंहचोकस्थित होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरको रुपमा सहकार्य गर्ने भएको छ ।    युनाइटेड क्लबको आयोजनामा यही पुषको २५ देखि माघको ७ गतेसम्म आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा रहेर साथ दिने भएको हो ।   महोत्सवको आयोजक युनाइटेड क्लब र होटल टास्क इन्टरनेश्नलका प्रतिनिधिबिच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता गरे ।    सम्झौता पत्रमा हस्ताक्षर गर्दै होटल टास्क इन्टरनेश्नलका सञ्चालक मीन गुरुङले होटल टास्क इन्टरनेश्नलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महोत्सवमा सहकार्य गर्न लागेको बताए ।    युनाइटेड क्लबले पोखरामा रहेर पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडी बढाइरहदा होटल टास्क इन्टरनेश्नललेसमेत आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने गरी महोत्सवमा सहकार्य गर्न लागेको हो ।    होटल टास्कले  तीनवटा आउटलेट लेकाली चुलो घर, लेकाली कफी घर, लेकाली सेकुवा एण्ड सुकुटी घर र लेकाली सिटी भ्यूरेष्टुरेन्ट एण्ड बारबाट आफ्नो सेवा प्रवाह गर्दै आइरहेको र त्यसमा हाल लेकाली सेकुवा एण्ड सुकुटी घरबाट अधिकतम खुद्रा मुल्य (एमआरपी) मुल्यमा बियर विक्री गर्दै आइरहेको छ ।    बियरका पारखीहरुलाई अधिकतम खुद्रा मुल्यमा बियर बिक्री गरी ब्यवसाय संगै सेवामुलक ढंगले आफुहरु अगाडी बढिरहेको सञ्चालक गुरुङले बताए ।    लेकाली सेकुवा एण्ड सुकुटी घरमा गोर्खा ब्रुअरीको टुबोर्ग, गोर्खा र काल्र्सबर्ग बियर (अधिकतम खुद्रा मुल्य) एमआरपीमा ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ ।  नेपाली विशुद्ध खानाको रुपमा चर्चित रहेको लेकाली चुलो घर, धराने सेकुवाका पारखीहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको लेकाली सेकुवा एण्ड सुकुटी घर र होटल टास्क संगै सञ्चालनमा रहेको लेकाली सिटी भ्यु   रेष्टुरेण्ट एण्ड वारबाट ग्राहकहरुलाई ग्राहकको रोजाइको खानाको परिकारहरु पस्किदै आएको छ ।   महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले पोखरा महोत्सव सामाजिक कामकै लागि आयोजना भएको बताउदै होटल टास्क इन्टरनेश्नल जस्तै सहयोग मनहरुको साथ र सहयोगबाट महोत्सव १३ औं संस्करणसम्म आइपुगेको बताए ।    महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।   

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।  शुक्रबार मन्त्रालयद्वारा आयोजित स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला कार्यक्रमलाई शुभारम्भ गर्दै उनले जीवनउपयोगी शिक्षा प्रति ध्यान दिनुपर्ने उल्लेख गरे । “योजना बनाइरहदा शिक्षामा सुधारलाई अप्नाउदै नयाँ ढंगबाट योजना तर्जुमा गर्नुपर्छ । जीवन उपयोगी शिक्षा प्र्रति ध्यान दिनुपर्छ । नैतिक शिक्षाको खडेरी छ, त्यस तर्फ हाम्रा योजना अगाडि बढ्नुपर्छ ।”, उनले भने । मन्त्री थापाले गण्डकी प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी गरिरहेकोले स्थानीय तहले पनि समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताए । स्थानीय तहले अपनत्व लिएर शिक्षामा सुधार ल्याउन प्रदेश सरकारलाई सहयोग गर्नुपर्ने आवश्यक्तालाई उनले औंल्याएका छन् ।   संस्कृति, रहनसहन, भाषा भेषभुषालाई आत्मसात गर्दै विद्यार्थीलाई संस्कारी बनाउने शिक्षामा जोड दिन उनको निर्देशन छ । प्राविधिक र जीविकोपार्जन गर्ने खालको शिक्षालाई जोड दिए नेपालमा नै सम्भावना अधिक रहेको तर्क उनको छ ।  मन्त्री थापाले प्रदेश सरकारले ल्याएको अभिभावक शिक्षा, सिक्दै कमाउँदै जस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन र परम्परागत भन्दा नयाँ योजना तर्जुमा गर्न स्थानीय तहबाट आएका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले योजना निर्माणमा पछाडि नपरियोस् भन्ने उद्देश्यस्वरुप कार्याशाला कार्यक्रम राखिएको जानकारी गराए । उनले यही जेनवरी भित्र नै स्थानीय तहको शिक्षा योजना निर्माण गर्नुपर्ने भएकाले त्यसको तयारी स्वरुप नै उक्त कार्यक्रम गरिएको उल्लेख गरे ।  कार्यशालबाट शिक्षा योजना निर्माणले गति लिने अपेक्षा उनले गरेका छन् । शिक्षा विकास निर्देशनालय पोखराका महानिर्देशक अम्बिका प्रसाद आचार्यले प्रदेश सरकारले बनाएको शिक्षा नीति २०७८ लाई टेकेर शिक्षा योजना निर्माण गर्नुपर्ने बताए ।  उनी विद्यार्थीको सीप, क्षमता र दक्षता उजागर गर्न उक्त शिक्षा योजना सहायक सिद्ध हुनेमा विश्वस्त छन् । समर्पित शिक्षक, जिज्ञासुु विधार्थी र सन्तुष्ट अभिभावक शिक्षा योजना आजको आवश्यकता रहेको भनाई उनको छ । कार्यक्रममा लमजुङ र पर्वत जिल्लाका शिक्षा अधिकृतहरुको सहभागिता छ ।

पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर बन्दीपुर केबुलकारले सहकार्य गर्ने भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बन्दीपुर केबुलकारले सह प्रायोजकमा रहेर साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लब पोखराका पदाधिकारी र बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड बीच पोखरा महोत्सव सफल बनाउन सहकार्य गर्ने गरी सहमति भएको छ ।  सम्झौता पत्रमा हस्ताक्षर गर्दै बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका भाइस प्रेसिडेन्ट किरण पोखरेलले पर्यटकीय गन्तब्य बन्दीपुरमा सञ्चालनमा आएको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक कार्यमा अग्रणी पोखराको युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा सहकार्य गरी सामाजिक रुपमा जोडिन पाउदा खुसी लागेको बताए । महोत्सवमा सहकार्य मात्र नभइ ब्यवसायीक प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउदै पोखरेलले पोखरा महोत्सवमा आउने दर्शकले टिकटको आधारमा बन्दीपुर केबुलकारमा विशेष छुट पाउने समेत बताए ।  पोखरेलका अनुसार पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबुलकार चढ्न जाने कुनैपनि ब्यक्तिले बन्दीपुर केबुलकारमा २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभईन रेष्टुरेण्टमा १५ प्रतिशत छुट पाउनेछन । बन्दीपुर केबुलकारको टिकट प्रति ब्यक्ति पाँच सय रहेको र उक्त रकममा २५ प्रतिशत छुट हुनुका साथै स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट दिने पोखरेलले बताउदै आगामी दिनमा समेत युनाईटेड क्लब संग सहकार्य गर्दै पोखरा महोत्सवको प्रायोजकलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा वोल्दै क्लबका अध्यक्ष लोक बहादुर थापाले जनस्तरबाट निर्माण सम्पन्न भइ सञ्चालनमा आएको बन्दीपुर केबुलकार लिमिटेड संग सहकार्य गरी अगाडी वढ्न पाउदा खुसी ब्यक्त गरे ।  उक्त अवसरमा बन्दीपुर केबुलकार कम्पनीको होल्डिङ कम्पनी आरकेडी ग्रुपका प्रमोटर तथा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पञ्चासे केबुलकारका प्रेसिडेन्ट चिन्तामणी शर्मा, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ लगायतको उपस्थिती रहेको थियो । महोत्सवको मिति नजिकिदै गर्दा महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुको सहयोग आउने क्रम जारी रहेको र अन्य तयारीहरु समेत तीब्र रुपमा अगाडी वढिरहेको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा:   ‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’ भन्ने नाराका साथ पोखरा महानरपालिका १ मोहरिया टोलमा सञ्चालित  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।   विद्यालयको ४० औँ वार्षिकोत्सवको अवसरमा एकल नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न गरेको हो ।   एकल नृत्य प्रतियोगितामा करिब ३५ जना विद्यार्थीहरु सहभागी भएका थिए ।    दुई तहमा भएको उक्त प्रतियोगितामा आधारभूत जुनियर तहबाट कक्षा ५ की छात्रा अदिती तिमिल्सिना प्रथम, कक्षा ४ की छात्रा दिया क्षेत्री द्वितीय, कक्षा ५ का छात्र आयन सुनार तृतीय र कक्षा २ की छात्रा इभानी बास्तोलाले सान्त्वना स्थान हाँसिल गरिन् ।    त्यसैगरी मावि तथा आधारभूत सिनियरतर्फबाट कक्षा ८ की छात्रा एस्थर तामाङ प्रथम, कक्षा १० की छात्रा सुजिता सुनार द्वितीय, कक्षा ९ की छात्रा आरोशी देवकोटा तृतीय र कक्षा ७ का छात्र विनायक गिरिले सान्त्वना स्थान हाँसिल गरिन् ।    एकल नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा नृत्य प्रशिक्षिका रञ्जु बाल्कोटी र कविता गुरुङ रहेकी थिइन् ।   यसैगरी वार्षिक रुपमा हुँदै आएको खेलकुद कार्यक्रमका विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।    साथमा प्याब्सन कास्कीद्वारा प्रथम भएको मार्च पास्टको पुरस्कार पनि वितरण गरिएको थियो ।    विद्यालयका संस्थापक शम्भुलाल कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा  विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।   सो कार्यक्रममा स्वागत मन्तव्य सहायक प्राचार्य निलकण्ठ पौडेलले गरेका थिए । भने, कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गरेकी थिइन् ।  

पोखरा:  ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।  ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले प्रदेशको पर्यटन विकासको लागि टान गण्डकीसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले पर्यटन क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि सरकार र सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । “पर्यटन व्यवसायीले कति कमाउँछ भन्नेमा चासो जति छ,त्यति नै पोखरामा पर्यटन कति आए र यसलाई अझ कसरी बढाउन सकिन्छ भन्ने विषयमा विशेष ध्यान दिन जरुरी छ । उनले थपे ‘पर्यटन क्षेत्रमा आर्थिक कारण र चेतनाका कारण देखिएका समस्या समाधानमा ध्यान दिनु अत्यावश्यक छ ।’ उनले अन्तर्राष्ट्रिय विमानस्थल उडानको ढिलाइको विषयमा सरकारको सिस्टममा कमजोरी भएको स्वीकार गरे ।  अध्यक्ष दाहालले चेतनाको कमीले यी समस्याहरू उत्पन्न भएको बताउँदै अन्तर्राष्ट्रिय उडानको लागि पहल गरिरहने बताए ।  यसअघि टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले रोजगारको ठूलो सम्भावना भएको पदयात्रा पर्यटनमा समन्वय र सहकार्यको खाँचो देखाउँदै टान गण्डकी सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।  नेपालको पदयात्रा पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएको बताउँदै आचार्यले पर्यटन व्यवसायमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्न अध्यक्ष दाहाल आग्रह गरेका थिए । टान गण्डकीले बुझाएको १२ बुँदे ध्यानाकर्षण पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यथाशीघ्र अन्तर्राष्ट्रिय उडान गर्न, काठमाडौँ–पोखरा जोड्ने पृथ्वी राजमार्गको तत्काल स्तरोन्नति गर्न, जथाभाबी मोटरबाटो निर्माणका कारण पदयात्रा क्षेत्रमा असर परेकोले विश्वप्रसिद्ध पदमार्गहरू लोप हुँदै जानु र पदयात्रा पर्यटनमा कमजोरी ल्याउन थालेको भन्दै नयाँ पदमार्गको खोज, प्रवद्र्धन तथा संरक्षणमा सरकारले ध्यान पु¥याईदिन उल्लेख गरिएको छ ।  यसका साथै, निषेधित क्षेत्रमा १ जनाले पनि यात्रा गर्न मिल्ने व्यवस्था गर्न, स्थानीय निकायले पालिका प्रवेश गर्दा विदेशी र आन्तरिक पर्यटकबाट शुल्क लिने निर्णय रोक्न, अवैध रूपमा सञ्चालन हुने पदयात्रा रोकेर कडा कारवाही गर्न, टिम्स चेकपोस्ट पुनः सञ्चालन गर्न, र पर्यटन क्षेत्रमा प्रभावकारी रूपमा गाइड वा सहयोगी नपरी यात्रा गर्न नपाउने नीतिलाई पनि थप मजबुतीकरण गर्नुपर्नेमा टानको आग्रह छ । संघीय संरचनामा समन्वयको अभावलाई सम्बोधन गर्न एकद्वार प्रणाली लागू गर्न, पर्यटन नीति तथा कानुनलाई समयसापेक्ष परिमार्जन गर्न र गण्डकी प्रदेशमै कम्पनी रजिष्ट्रारको कार्यालय स्थापना गरेर दर्ता प्रक्रिया सहज बनाउन समेत टानले ध्यानाकर्षण पत्रमार्फत जानकारी गराएको छ । धवलागिरी क्षेत्रलाई संरक्षित क्षेत्रको रूपमा घोषणा गर्दै क्याम्पिङ ट्रेकिङको  प्रवद्र्धन गर्न समेत टानको जोेड छ । 

पोखरा:  आगामी पुषको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बैंकिङ पार्टनरको रुपमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ ।    तेह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गरेको हो ।   महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोकबहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।   सो अवसरमा बोल्दै ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले युनाईटेड क्लब संग अघिल्लो संस्करणका पोखरा महोत्सवहरुमा समेत सहकार्य गर्दै आइरहदा तेह्रौं संस्करणको पोखरा महोत्सवमासमेत महोत्सवको बैंकिङ पार्टनरको रुपमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।    युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी महोत्सवको आम्दानीको बचत रकमबाट आयोजना गर्ने सामाजिक कामबाट आफु प्रभावित भएकाले सहकार्यलाई निरन्तरता दिएको उनको भनाइ रहेको थियो ।   यस्तै क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले सम्पूर्णको साथ र सहयोगलेनै पोखरा महोत्सव तेह्रौं संस्करणसम्म आइपुगेको बताए ।   अघिल्लो संस्करणहरुमा जस्तै तेह्रौं संस्करणमा समेत ग्रीन डेभलपमेन्ट बैंक संग सहकार्य गर्न पाउदा आफुहरुलाई अझै हौसला प्रदान भएको थापाको भनाई थियो ।   उक्त अवसरमा युनाईटेड क्लब पोखराका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, , क्लबका कोषाध्यक्ष जयराम आचार्य, क्लबका कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।    महोत्सवको मिति नजिकिदै गर्दा महोत्सको तयारी तीब्र रुपमा अगाडी वढिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।