पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...

लेखनाथ:   शनिबारदेखि लेखनाथको भण्डारढिकमा ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने नारासहित २५ औं संस्करणको आदर्श कप सुरु भएको छ ।   आदर्श युवा क्लब भण्डारढिकले ६ वर्षपछि अयाोजना गरेको आदर्श कप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।   उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।   सो अवसरमा बोल्दै उनले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उल्लेख गरे ।   मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएको बताए ।     उनले विभिन्न खेल गतिविधिहरुलाई पर्यटनसँग जोडेदै समग्र प्रदेशको विकास गरिने धारणा राखे ।   यसअघि एन्फा तनहुँ र आयोजकबीच भएको उद्घाटन खेलमा आयोजक आदर्श पुवा क्लब विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरको छ ।   आयोजकको जीतमा ४१ औं मिनेटमा आदर्श युवा क्लबका सजिन मगरले निर्णायक गोल गरे । उनै मगर म्यान अफ द म्याच घोषित भए ।   दोस्रो खेल आज दिउँसो १ बजे नेपाल आर्मी सिद्धिदल गत (पश्चिम पृतना) र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच प्रतिष्पर्धा हुनेछ ।    शौर्य सिमेन्टको मुख्य प्रायोजनमा शनिबारदखि सुरु भएको प्रतियोगिता आगामी २९ गतेसम्म चल्नेछ ।    सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार पाँच सय २५ रुपैयाँ र उपविजेताले नगद रु २ लाख २५ हजार पाँचसय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।    यसैगरी विभिन्न विधामा खेलाडीलाई पनि नगद र ट्रफिसहित पुरस्कृत गरिने क्लबका अध्यक्ष पदम गुरुङले बताए ।   उनका अनुसार क्वाटरफाइनल खेलका लागि प्रवेश शुल्क १ सय र सेमिफाइनल तथा फाइनल खेलका लागि १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।  

पोखरा: एन प्याव्सन कास्कीले आयोजना गरेको ५ किमि सडक दौडमा छात्र तर्फ सिद्धार्थ लवडेल वोर्डिङ स्कुलका दुतमान गुरुङ र छात्रा तर्फ त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलकी कविता घर्ती क्षेत्रीले उपाधि जितेका छन् ।  ५ किमिको सडक दौड गुरुङले २० मिनेट ५६.०८ र घर्तीले २८ मिनेट ५५.५५ सेकेण्डको समयमा पुरा गरेका थिए । यस्तै छात्र तर्फ अक्सोफोर्ड स्कुलका इश्वर ढकाल (२१ मिनेट ०३.०९ सेकेण्ड) दोस्रा, न्यू लेखनाथ पब्लिक स्कुलका अजय कार्की (२१ मिनेट ४५ सेकेण्ड) तेस्रा, ज्ञानज्योति विद्याकुञ्ज माविका सक्क्षम भुजेल (२२ मिनेट १८.०४ सकेण्ड) चौथो र फेवा वोर्डिङ स्कुलका जोगबहादुर गुरुङ (२२ मिनेट ५३.४३ सकेण्ड) पाँचौ भए । त्यस्तै छात्रा तर्फ कास्की मोडनाईज्ड एकेडेमीकी सितल भण्डारी (२९ मिनेट.०१.७८ सकेण्ड) दोस्रा, ज्ञानज्योति विद्याकुञ्ज माविकी ओम माया गुरुङ (३० मिनेट ०९.४९ सेकेण्ड) तेस्रा, लेभन रेसिडेन्सियलकी युकिना भारी (३० मिनेट १६.२० सेकेण्ड) चौथा र अल्फा एकेडेमीकी कृष्ण तिवारी (३२ मिनेट २७.०५ सकेण्ड) पाचौ भइन् । त्यसैगरी शिक्षक शिक्षिक तर्फ भएको ५ किमि सडक दौडमा शिक्षक तर्फ हेम्जा वोर्डिङ स्कुलका धिरन घर्तीमगर (२४ मिनेट ०४ सेकेण्ड) प्रथम, त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलका विवेक श्रेष्ठ (२४ मिनेट ३१ सेकेण्ड) दोस्रा, लिटिल फ्लावर एजुकेशन एकेडेमीका शंकरप्रसाद शाहा (२५ मिनेट ४०.३५ सकेण्ड) तेस्रा भए । त्यस्तै शिक्षिका तर्फ अल्फा एकेडेमीकी रेश्मा गुरुङ (३५ मिनेट ४८.०४ सेकेण्ड) प्रथम, हेम्जा वोर्डिङ स्कुलकी प्रतिक्षा सुवेदी (३६ सेकेण्ड २३.४६ सेकेण्ड) दोस्रा र कान्तिपुर एकेडेमीकी दिक्क्षा शाही (३६ मिनेट ३३.८० सेकेण्ड) तेस्रा भए । सडक दौड कार्यक्रममा पोखरा महानगर पालिका खेलकुद विकास समिति अध्यक्ष दिपक गोदार जिल्ला ट्राफिक कार्यालय कास्कीकी प्रमुख ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डे र एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सडक दौड पोखरा रंगशालाबाट शुरु भइ पृथ्वीचोक, सभागृह, न्यूरोड, चिप्लेढु·ा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदै रंगशालामा आएर समापन भएको कार्यक्रम संयोजक केशवशरण पौडेलले जानकारी दिनुभयो । विजेतालाई समापनका दिन पुरस्कार प्रदान गरिने छ । शनिबार नै भएको छात्र फुटबल तर्फ सनराइज प्रिप्याराटोरीले डायमण्ड मोडेल स्कुललाई १–० ले पराजित गर्दा सिद्धिविनायक वोर्डिङ स्कुलले अल्फा एकेडेमीलाई ३–० ले पराजित ग¥यो । युनिभर्स इंगलिस वोर्डिङ स्कुलले वागमारा एकेडेमी गार्डनलाई ३–० ले पराजित गर्दा नेशनल क्रियशन एकेडेमीले हिल साइड इंगलिस सकेण्डरी स्कुललाई ७–० ले पराजित ग¥यो । त्यस्तै फेवा वोर्डिङ स्कुल श्री रत्नज्योति माविलाई ३–० ले पराजित गर्दा साइनिङ स्टार वोर्डिङ स्कुलले अञ्जुली वोर्डिङ स्कुललाई ३–१ ले पराजित ग¥यो । मर्निङ ग्लोरी एकेडेमी स्कुलले चिल्ड्रेन्स एकेडेमीलाई २–१ ले पराजित गरेको फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले जानकारी दिनुभयो । यसैगरी छात्र तर्फको क्रिकेटमा अल्फा एकेडेमीले श्रीरत्न ज्योति माविलाई ५ विकेटले, चिल्डे«न एकेडेमीले नेशनल क्रियशनलाई ९ विकटले, त्रिवेणी पब्लिक माविले लाभेन रेसिडियन्सल ४४ रनले, न्यू ग्यालेक्सीले वागमारा एकेडेमीलाई ३५ रनले पराजित ग¥यो । त्यसैगरी मर्निङ ग्लोरीले एकेडेमीले कान्तिपुरलाई ३ रन, कास्की मोडनाइज्ड एकेडेमीले अञ्जुली वोर्डिङ स्कुललाई ६ विकेट, हेम्जा वोर्डिङ ज्ञान ज्योति विद्याकुञ्ज ५ रनले पराजित ग¥यो । शनिबार भएको पहिलो क्वाटर फाइनल खेल त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलले अल्फा एकेडेमीलाई ४६ रनले जितेको छ । आइतबार चिल्ड्रेन एकेडेमी र न्यू ग्यालेक्सी, मर्निङ ग्लोरी एकेडेमी र लिटिर फ्लावर एकेडेमी, हेम्जा वोर्डिङ स्कुल र कास्की मोडनाइज्ड एकेडेमी बीच क्वाटर फाइनलका गेम हुने क्रिकेट संयोजक रमेशराज पौडेलले जानकारी दिनुभयो । त्यस्तै शनिबार भएको छात्र सेभेन ए साइड फुटबल प्रतियोगिता तर्फ कास्की मोडनाइज्ड एकेडेमीले सिद्धिविनायक वोर्डिङ स्कूललाई २–० ले पराजित ग¥यो । त्यस्तै युनिभर्स बोर्डिङ स्कुलले ज्ञानज्योति विद्याकुञ्जलाई टाइबेकर ३–२ ले पराजित गर्दा न्यून लेखनाथ पब्लिक एकेडेमीले वागमार एकेडेमीलाई टाइबेकरमा २–१ ले पराजित ग¥यो । नेशनल क्रियशन एकेडेमीले कान्तिपुर एकेडेमीलाई टाइबेकरमा २–१ ले  पराजित गरेको छात्रा सेभन ए साईड फुटबलका संयोजक हिमाल गुरुङले जानकारी दिनुभयो । १४ औ नेशल प्याव्सन खेलकुद महोत्सव मंसीर २५ गते औपचारिक उद्घाटन भएपनि अनौपचारिक रुपमा छात्र तर्फ इलाभेन ए साईड फुटबल र क्रिकेट तथा छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता र छात्र छात्र बास्केटल प्रतियोगिता भएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो । खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय  खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गर्ने छन् । जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन् । त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन् । चार दिनसम्म सञ्चालनहुने उक्त खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७  कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ । शिक्षक, शिक्षिका, छात्र, छात्रा ५ कि.मि सडक दौड, पुरुष क्रिकेट, फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् । मंसीर २५ गते औपचारीक रुपमा पोखरा रङ्गशालामा समुद्घाटन गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन संघिय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने कार्यक्रम रहेको छ ।

पोखरा:     पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्न पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रर्वद्धनमा निस्केको हो । टोलीले नेपालको मधेश प्रदेश तथा कोशी प्रदेशका मुख्य सहरहरुमा गण्डकी प्रदेशको पर्यटकिय गन्तव्यहरु प्रचारप्रसार, प्रवर्द्धनात्मक र अन्तरक्रिया कार्यक्रमहरु गर्ने छ । शनिबारबाट शुरु भएको अन्तरप्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम मंसिर २८ गते सम्म सञ्चालन हुने नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले जानकारी दिए । पर्यटन व्यवसायीहरुको टोलीले मधेश प्रदेशको जनकपुरमा, कोशी प्रदेशको इलाम र विराटनगरमा कार्यक्रम गरी प्रवर्द्धन गरिने नाट्टा गण्डकी पुर्व अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।  उनले त्यहाँ स्थित सरकार, स्थानिय निकाय, पर्यटन व्यवसायी, उद्योग व्यवसायी र पत्रकार संग अन्तरक्रिया गरी पोखरा र गण्डकी प्रदेश भ्रमणको निम्तो दिनेछ । उताबाट मात्रै नभै पोखराबाट पनि पर्यटक पठाउनका लागि छलफल हुने अधिकारीले बताए । नाट्टाले गण्डकी प्रदेश र पोखराको पर्यटन प्रवर्द्धनका लागि बेला बेलामा स्वदेश र  विदेशमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।  छलफलम भारतका पर्यटन व्यवसायीहरु पनि छलफलमा सहभागी हुने नाट्टा गण्डकीका महासचिब चेतबहादुर कार्कीले बताए । उनीहरु विदाइ गर्दै गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिब कुमानसिंह गुरुङले नेपालको पर्यटनको राजधानी शहर पोखरा र गण्डकी प्रदेश सबै मौसममा भ्रमणको लागी उपयुक्त हुने बताए । उनले प्रवद्र्धनका कार्यक्रमले दुबै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सहयोगी हुने बताए । विगतमा संस्थाले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि प्रवर्द्धनात्मक अवलोकन भ्रमण लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको कार्यक्रम संयोजक संगिता पौडेलले बताइन् ।  प्रर्वद्धनका कार्यक्रमले देश भित्रै आर्थिक गतिविधि बढाउने, स्थानिय संस्कृति, परम्पराको पहिचान गर्न एवं आन्तरिक पर्यटनलाई टेवा पुग्ने विश्वास लिएको बताइन् । भ्रमण टोलीमा ३० जना सहभागी रहेका छन् ।  

​​​​​​​​पोखरा:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ऋग्वेद जस्ता पूर्वीय वाङ्मयसँग सम्बन्धित ग्रन्थहरु केवल परम्परागत धर्मग्रन्थ मात्र नभएर नेपाली समाजका सांस्कृतिक धरोहर रहेको बताउनुभएको छ ।   मुक्त फाउण्डेशन पोखरा र गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दुई दिवसीय ऋग्वेद र हिमालयः दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्दै प्रमुख अतिथि भट्टले ऋग्वेद एवं अन्य पूर्वीय वाङ्मयका सम्बन्धमा वस्तुगत अध्ययनको नयाँ परम्परा स्थापित गर्न यस्ता सम्मेलनले सघाउ पुग्ने बताए ।   संस्कृति र पर्यटन मूल मन्त्रका साथ ऋग्वेदीय परम्परा र हिमालय क्षेत्रका विविध संस्कृतिहरुसँगको यसको सम्बन्धको गहिरो अन्वेषण गर्ने लक्ष्यका साथ दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गरिएको आयोजकले जनाएको छ ।   देश विदेशका स्कलर्स, रिसर्चर सहभागी सम्मेलनमा ऋग्वेद तथा वैदिक मान्यता, विधि र आयाम, हिमालय संस्कृति र पर्यटनका बारेमा अनुसन्धानात्मक लेखहरु प्रस्तुत गरिने र विद्वत छलफल गरिने कार्यक्रम छ ।   प्र​देश प्रमुख भट्टले नेपाल लगायत विभिन्न देशका वेदका ज्ञाताले ऋग्वेद र हिमाली सभ्यताका आयामबारे गरिने विचार मन्थन फलदायी हुने विश्वास लिँदै सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै धर्म, संस्कृति तथा पर्यटन सम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुनेमा आशावादी रहेको बताउनुभयो ।     वैदिक ज्ञान एवं आधुनिक समाज विज्ञानका ज्ञाताहरुका बीचमा वस्तुगत अध्ययनका लागि सहकार्यको नयाँ सम्भावना खुलेको बताउँदै प्रदेश प्रमुख भट्टले यस्ता सम्मेलनले हिमाली समाज र संस्कृतिका मूल्य र मान्यताको जागरणको ढोका खुल्ने उल्लेख गर्नुभयो ।     ‘हिमालय क्षेत्रको सांस्कृतिक तथा धार्मिक परिदृश्यलाई गहिरो रुपमा प्रभाव पारेको ऋग्वेद, मानव जातिको सबैभन्दा पूरानो र र प्रभावशाली ग्रन्थहरुमध्ये एक हो । मानवताको संरक्षण र पृथ्वीको संरक्षण जस्ता सार्वभौम सिद्धान्तमा आधारित यस ग्रन्थ २१ औं शताव्दीमा मानवमूल्यहरूको संकट सामनाका लागि सहयोगसिद्ध हुने ठानी आयोजकले सान्दर्भिक र समयसापेक्ष विषयमा आयोजना गरेको यो सम्मेलन महत्वपूर्ण छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।   ऋग्वेदीय सिद्धान्तहरूको पुनरावलोकन र पुनर्जीवन प्रदान गर्ने उद्देश्यका साथै हिमालय संस्कृतिमा परेको प्रभाव र आधुनिक चुनौतीहरुको समाधानको लागि सम्भाव्य अन्वेषण गर्ने प्रयासले मूर्त रुप लिन सकोस् भनी उहाँले शुभेच्छा प्रकट गर्नुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची पनि बोल्नुभएको थियो ।   सम्मेलनका विशेष वक्ताहरुमा प्राडा विणा पौडेल, छक्क बहादुर लामा, प्राडा कृष्णचन्द्र शर्मा, प्राडा विनोद पोखरेल, प्राडा ऋषिराम रेग्मी रहनुभएको छ ।     माया तिम्सिना, डा. महाश्रम शर्मा, सचिव कुलमान सिंह गुरुङ्ग, डा. रिपु कुँवर, समाजशास्त्री विष्णु बसेललगायतले पनि आफ्ना धारणा राख्नुहुनेछ ।   आयोजक मुक्त फाउण्डेशनका दामोदर त्रिपाठीका अनुसारकार्यक्रममा २८ वटा कार्यपत्र प्रस्तुत गरनेछ ।   वैदिक ज्ञानको पवित्रीकरण र हिमालय क्षेत्रमा साँस्कृतिक/सम्पदा अन्तराष्ट्रिय पर्यटनको सम्भावना दुई विषयमा प्यानल छलफल हुनेछन् । सम्मेलनको अन्तमा कार्यक्रमको उपलब्धिसहित भावी रणनीतिका सम्बन्धमा पोखरा महानगरका मेयर र विज्ञहरुका बीचमा विशेष छलफल हुने कार्यक्रम रहेको उनले जनाए ।   

पोखरा:     पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा शुक्रबार प्रेम मन्दिरको शिलान्यास गरिएको छ । यही मंसिर १७ गतेदेखी जारी ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ अन्र्तगत सोही स्थानमा प्रेम मन्दिरको शिलान्यास गरिएको हो । प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले मन्दिरको शिलान्यस गरेका हुन् । दुइ वर्ष भित्र मन्दिर निर्माण गरिने यज्ञ संकल्पकर्ता ढकालले जानकारी दिए । यस्तै शुक्रबारनै सोही स्थानमा रहेको नवदिप धाममा जाने बाटो (सिँढी)को पनि शिलान्यस गरिएको छ । महतगौंडा र टुटुङ्गालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा रहेको छ ।  सोही गुफामा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटो निर्माण गर्न लागिएको यज्ञ आयोजक समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए । दानदाता मायादेवी न्यौपाने (महामाया दासी)ले बाटोको शिलान्यास गरेकी हुन् । न्यौपाने परिवारले कोटिहोमको लागि ५१ हजार दान गरेका छन् । भने बाटो निर्माणका लागि थप सहयोग गर्ने प्रतिवद्धता समेत गरेको आयोजकले जनाएको छ । कोटिहोममा स्थलको दक्षिण तर्फ रहेको सेती नदिमा आजै कोटी दिप प्रज्वलन गरिएको छ । ठुलो संख्यामा उपस्थित भएका भक्तजनको सहभागितामा सेती नदिकोबिचमा साढे दुइ करोड दिप प्रज्वलन गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए । यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि  धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो ।   प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन सबै पोखरेलीको साथ र सहयोगको आवश्यक रहेको बताउदै यज्ञ स्थलमा आएर हौसला बढाइदिन आग्रह गरेका छन् । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज परेकाले कोटिहोममा पनि विवाह पञ्चमी विशेष कथा बाचन र झाकीँ प्रदर्शन गरिएको थियो । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ । प्रेम मन्दिर, नवदिप धाम पुग्ने बाटो साथै धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए । 

पोखरा:    यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका सवारीको अभिलेखसम्बन्धी ढड्डामा बिचौलियाको पहुँचको विषयमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले चासो राखेका छन् ।  शुक्रबार निरीक्षणको क्रममा कार्यालय पुगेका मन्त्री केसीले बिचौलियाले कार्यालयका फाइल भित्रै छिरेर हेर्ने गरेको गुनासो आफूसम्म आएको सुनाए ।  त्यसपछि उनले कार्यालयका निमित्त प्रमुख अशोक गौतमलाई सोधे – बाहिरको मान्छेले ढड्डा किन भित्रै पसेर हेर्छन् ? भोलि फाइल च्यातियो, फोटो हेरफेर भए कसले जिम्मा लिन्छ ? किन यस्तो पहुँच भयो ? निमित्त प्रमुख गौतमले आफूहरुकै निगरानीमा फाइल हेरिने गरेको जवाफ दिए । त्यसपछि मन्त्री केसीले प्रश्न गरे – कर्मचारीले सबै निगरानी गरेर भ्याउनुहुन्छ ?  कार्यालय प्रमुख गौतमले सीसी क्यामेराबाट पनि निगरानी गर्ने गरेको दाबी गरे ।  त्यसपछि मन्त्री केसीले त्यसरी पहुँच दिँदा कुनै कमजोरी भए जिम्मा कसले लिने भनेर निमित्त प्रमुख गौतमलाई प्रश्न गरे ।  निमित्त प्रमुख गौतमले अबदेखि बाहिरी व्यक्तिलाई फाइल र ढड्डामा पहुँच नदिने बताए ।  मन्त्री केसीले सेवा प्रवाहमा टोकन सिस्टम लागु भए÷नभएको विषयमा चासो राखे । टोकन सिस्टम लागु नभएको जानकारी पाएपछि मन्त्री केसीले टोकन सिस्टम तत्काल लागु गर्न निर्देशन दिए ।   ‘काठमा नम्बर खोपेर हुन्छ कि पेपरमा नम्बर लेखेर, कार्यालयको छाप हानेर हुन्छ तत्काल सुरु गर्नू,’ मन्त्री केसीले भने । निमित्त प्रमुख गौतमले आइतबारदेखि टोकन सिस्टम लागु गर्ने जवाफ दिए ।  निमित्त प्रमुख गौतमले सडक एकतर्फी भएको हुँदा पार्किङ र आवतजावतमा समस्या भइरहेको मन्त्री केसीलाई जानकारी गराए ।  कार्यालय छेउमा रहेको पोखरा उपत्यका नगर विकास समितिको जग्गा भाडामा लिएर पार्किङ प्रयोजनमा प्रयोग गर्न सकिने विकल्प उनले देखाए ।  निमित्त प्रमुख गौतमले चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म ४३ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको जानकारी मन्त्री केसीलाई गराए ।  मन्त्री केसीले शुक्रबार नै यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्रको पनि निरीक्षण गरे । उनले कार्यालय प्रमुख मिलन केसीसँग कार्यालयको सेवा प्रवाह र समस्याबारे ब्रिफिङ लिए ।  ब्रिफिङपछि मन्त्री केसीले ट्रायल परीक्षामा कुनै अनियमित गतिविधि हुन नदिन चनाखो रहन प्रमुख केसीलाई निर्देशन दिए ।  सेवा प्रवाहमा कुनै अनियमित गतिविधि भएको थाहा पाएमा कारबाही गर्ने चेतावनी दिए । उनले दुवै कार्यालय प्रमुखलाई कार्यालयले प्रदान गर्ने सेवामा कुनै गुनासो नआउने गरी काम गर्न निर्देशन दिए ।  मन्त्री केसीसँगै मन्त्रालयका सचिव कमलकुमार अधिकारी, यातायात महाशाखा प्रमुख अनिल सुवेदीलगायत पनि कार्यालय निरीक्षणमा पुगेका थिए ।   

पोखरा:  पोखरा महानगरपालिका–२ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रवारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।  शुत्रवारीय अतिरिक्त क्रियाकलाप अनुसार आज विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको हो ।  वादविवाद कार्यक्रममा आधारभूत तह सिनियर तर्फबाट कक्षा ७ का छात्र विनायक गिरी प्रथम, कक्षा ६ का छात्र आदित्य लम्साल द्वितीय र सोही कक्षाकी छात्रा सबिता सुनारले तृतीय स्थान प्राप्त गरे ।  यस्तै आधारभुत (जुनियर) तर्फको संवाद प्रतियोगितामा कक्षा ४ का छात्राहरु दिया क्षेत्री र युनिका खनाल प्रथम, कक्षा ३ का छात्रहरु सौगात हमाल, अंकित मन्ना र आयान श्रेष्ठ द्वितीय र कक्षा २ का छात्राहरु एञ्जिला थापा र इभानी बास्तोलाले तृतीय स्थान प्राप्त गरे ।  विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्ता विविध कार्यक्रमले विद्यार्थीहरुको  चौर्तफी बिकास हुन सहयोग पुग्ने बताए ।  कार्यक्रमको निर्णायक मण्डलमा शैक्षिक प्रमुख होमराज अधिकारी र शिक्षिका अनिता थापा रहेका थिए भने, कार्यक्रमको सञ्चालन शिक्षिका उर्मिला परियारले गरिन् ।   

पोखरा:     चौधरी ग्रुप अन्तरर्गत रहेको सिजी नेट जडान मार्फत पोखरा लामाचौरकी रितु गुरुङले  स्कुटर जित्न सफल भएकी छन् ।  गत मंसिर ७ गते काठमाडौँमा भएको लक्की ड्र मार्फत गुरुङले हिरो कम्पनीको जुम स्कुटर जितेकी हुन । उक्त स्कुटरको हाल बजार मुल्य २ लाख ६५ हजार रहेको छ । शुक्रबार पोखराको  अर्चलबोटमा रहेको सिजी प्लाजामा एक कार्यक्रमको आयोजना गरि स्कुटर बिजेता गुरुङलाई सिजीका शेल्स एण्ड मार्केटिङ नेशनल हेड आकेश जैसवालले स्कुटरको चावी हस्तान्तरण गरेका हुन् । देशै भरबाट २ महिनाको अवधीमा सिजी नेट  जडान गर्ने नयाँ तथा रिन्यु गर्ने ग्राहकहरुबाट लक्की ड्र मार्फत पोखराकी रितु गुरुङ बिजेता बन्न सफल भएको नेशनल हेड जैसवालले बताए । २ महिनाको उक्त अफरको बिचमा दैनिक,साप्ताहिक,मासिक र बम्पर उपहारको कार्यक्रम सञ्चालन गरेको जैसवालले उल्लेख गरे । सिजी नेटले गएको असोज १ गतेबाट कार्तिक ३० गते सम्म ‘ल है आयो हातै खाली नरहने अफरको बाहारʹ योजना सञ्चालन गरेको सिजी नेट पोखराका ब्रान्च म्यानेजर दिपेश सिग्देलले जानकारी दिए । स्कुटर बिजेता रितु गुरुङले आफुले कल्पना पनि नगरेको उपहार प्राप्त गरेको बताइन् । उनले सिजी नेट जडान पश्चात सहज रुपमा इन्टरनेट सेवा प्राप्त गरेको उल्लेख गरिन् ।  

पोखरा:   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको संझावनालई उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् ।  पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी कोटिहोममा बिहिबार प्रमुख अथितिको रुपमा सहभागि मन्त्री भट्टराइले पट्नेरीको विकासमा जनतासंसगै रहेको बताइन् ।   ‘यहाँहरुले दुइदुइ पटक निर्वाचित गराइसक्नुभएको छ, म यहाहरुसगैँ छु, यहाँहरु सबैको मायार सद्भावले अगाडी बढिरहेको छुु’ उनले भनिन् ।  सेती नदी माथी रहेको गुफामा जानका लागि आवश्यक संरचना बनाउन तपाईहरुले माग गर्नुभएको छ यसका लागि मेरो सहयोग रहन्छ’ उनले भनिन् ।  यस क्षेत्रको विकासका लागि स्थानीयले तयार गरेको परियोजनालाई बजेटको व्यवस्था गर्न सम्बन्धीत मन्त्रालयमा पहल गर्ने मन्त्री भट्टराईले आवश्वासन दिइन् ।  कोटिहोमका संकल्पकर्ता शोभाकान्त ढकालले यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थान बनाउन सकिने अथाह सम्भावन रहेको जानकारी गराए ।  सरकारी स्तरबाट बजेटको व्यवस्था गर्न सके ढुङगेसाँघु, पट्नेरी सेती नदि माथी रहेको गुफामा पर्यटक जानको लागि आवश्यक संरचना बनाउने सोचँ सुनाए ।  २ करोड रुपैया लागानी गर्न सके यस क्षेत्रमा सयौँ पर्यटक आउने र पर्याप्त आम्दानी समेत गर्न सकिने सभावना रहेको उनले जानकारी गराए ।  धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको संकल्पकर्ता ढकालले मन्त्री भट्टराईलाई अवगत गराएका थिए ।  गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ प्रमुख बाचक शोभाकान्त ढकाल(कृपालु दास), दिग्र्शनबाचक शिरोमणी दिपक सापकोटा, भागवतमन्जरी पुज्य राधाकिशोरी दासीले लगायतले कथा बाचन गर्नुका साथै हरेक दिन आमन्त्रीत कथाबाचकले कथावाचन गर्ने यज्ञका संयोजक नारायण भण्डारीले जानकारी दिए ।  प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) को धार्मिक पर्यटकीय केन्द्र बनाउने संकल्पलाई पुरा गर्न अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले कोटिहोमको आयोजना गरेको हो । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ ।