पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

पोखरा:     गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताउनुभएको छ । स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उहाँको भनाई छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा पोखरामा सञ्चालित १७ औं हिसान स्पोर्ट्स मीट २०८१ को औपचारिक समुद्घाटन गर्दै प्रमुख अतिथि भट्टले स्वस्थताका लागि खेलकुदको महत्वलाई प्रष्ट पार्नुभएको हो । ‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगी सिद्ध छ । स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रुपरेखा कोर्छन् । अनि मात्र मुलुक समृद्ध बन्दछ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । खेलकूद र शिक्षा एक अर्काका पूरक भन्दै उहाँले यसलाई तालमेल मिलाउँदै हिसान कास्कीले विगत १७ वर्षदेखि यस प्रकारका गतिविधि गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।  ‘विद्यालयमा विभिन्न क्षेत्र, लिङ्ग, वर्ग, संस्कृति र सामाजिक परिवेशका बालबालिका अध्ययन गर्न आउँदछन् । उनीहरूलाई शिक्षासँगै खेलकुदको माध्यमबाट सर्वाङ्गीण विकासका लागि विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ ।’ उहाँले भन्नुभयो । खेलकुद विकासको आधार स्तम्भ विद्यालय रहेको बताउँदै उहाँले दक्ष जनशक्ति, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालयमा खेलकुदको विकासको विकल्प नरहेकोमा जोड दिनुभयो ।    पछिल्लो समय नेपाल खेलकुदको माध्यमबाटसमेत चिनिँदै गएको उल्लेख गर्दै उहाँले सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेको र खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताउनुभयो ।   खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशीला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढिरहेको जनाउँदै उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य एवं खेल भविष्यका लागि सानैबाट पहलकदमी लिई जस्ता संस्थाले गरेको गतिविधि प्रशंसायोग्य रहेको बताउनुभयो ।   आफ्ना सदस्य विद्यालय तथा कलेजहरूमा अध्ययन गर्ने विद्यार्थीहरू बीच आपसी मित्रताको अभिवृद्धि गराउने तथा उनीहरूलाई स्वस्थ खेल प्रतिष्पर्धाको अवसर प्रदान गर्न हिसानको यो खेलकुद कार्यक्रम प्रशंसनीय रहेको उहाँको भनाई छ ।   निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत देशभर ४० हजार भन्दा बढी विद्यार्थी र १० हजार बढी कर्मचारीहरु छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् । ‘स्वास्थ्य, अनुशासन र प्रतिभा प्रस्फुटनका लागि खेलकुद’ नाराका साथ आयोजित यस १७ औं संस्करणको खेलकुद महोत्सवमा कास्कीका ७५ विद्यालय तथा कलेजहरूका ५ हजार भन्दा बढी विद्यार्थीले दर्जनौं प्रकारका खेलकुद प्रतियोगितामा सहभागिता जनाएको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिनुभयो ।    

पोखरा:   नेपाल पुन मगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन यही मंसिर २९ र ३० गते पोखरामा हुने भएको छ ।    नेपाल पुन मगर समाज केन्द्रीय समितिले आज पोखरामा पत्रकार सम्मेलन गर्दै दोस्रो राष्ट्रिय महाधिवेशनबारे जानकारी दिएको हो ।    वि.स.२०७२ सालमा हर्कबहादुर पहरे पुनमगरको अध्यक्षतामा स्थापना भएको समाजले ९ वर्षपछि दोस्रो महाधिवेशन गर्न लागेको महासचिव खमबहादुर पुनमगरले बताए ।    ‘आफ्नो भाषा, संस्कार, संस्कृति र भेषभुषाको संरक्षण गर्नको लागि २०७२ सालमा हामीले नेपाल पुन मगर समाजको स्थापना गरेका थियौं’, महासचिव पुनमगरले भने, ‘सम्पूर्ण मगर र पुनमगरहरुलाई एकताबद्ध ढङ्गले अगाडि बढाउन दोस्रो महाधिवेशन गर्दै छौं ।’   १२ जिल्लामा शाखा समिति रहेको नेपाल पुन मगर समाजको दोस्रो महाधिवेशनमा सुदूरपश्चिम, लुम्बिनी,कर्णाली प्रदेशका जिल्लाबाटसमेत प्रतिनिधिहरुको सहभागिता रहने महासचिव पुनमगरले बताए ।    ‘अहिले पुनमगरको शाखा समिति गण्डकी प्रदेशसहित सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा स्थापना गरेका छौं’, उनले भने, ‘महाधिवेशनमा करिव २ सय ५० बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ, यस महाधिवेशनबाट हामीले पुनमगरहरुमा एकताको सन्देशसमेत दिनेछौं ।’   पोखरा सभागृहमा हुने महाधिवेशनको उद्घाटन पूर्व उपराष्ट्रपति नन्द किशोर पुनमगरको प्रमुख आतिथ्यतामा हुने नेपाल पुनमगर समाज केन्द्रिय समितिले जनाएको छ ।    पोखरा मानवअधिकार चोकबाट झाँकी र्यालीसहित कार्यक्रम सुरु हुनेछ ।   

पोखरा:  रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं पठाउनेबारे केही तयारी नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले स्पष्ट पारेको छ ।   कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले तत्काल लामिछानेलाई काठमाडौं लैजानेबारे केही कुरा नभएको स्पष्ट पारे ।    ‘अहिले केही छैन । मलाई यस विषयमा केही जानकारी छैन । बिहानदेखि काम गर्न पाएको छैन । यो फेक न्यूज कस्ले लेख्यो, किन लेख्यो थाहा छैन ।’ डिएसपी शर्माले सुनगाभा न्यूजसँग भने ।   उनले दोहोर्याउदै अहिलेसम्म लामिछानेलाई काठमाडौं पठाउनेबारे ऐकिन नभएको बताए  । ‘तयारी भन्ने अहिलेसम्म केही छैन । सबै गर्ने काठमाडौंले हो । पठाइदे भन्यो भने हाम्रो काम पठाइदिने मात्रै हो । अहिलेसम्म केही छैन ।’   गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमै छन् ।   संगठित अपराध, सहकारीको रकम अपचलन तथा सम्पत्ति शुद्धिकरण मुद्धामा अनुसन्धानका लागि हालसम्म कास्की जिल्ला अदालतबाट पाँच पटक म्याद थपिएको छ ।   उनीविरुद्ध कास्की जिल्ला अदालतले गत ९ गते १५ दिनका लागि म्याद थप गरिएको थियो ।   उनलाई यसबीचमा काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेपछि बयानका लागि काठमाडौं लगिने भनिएपनि हालसम्म तयारी नभएको कास्की प्रहरीले बताएको छ ।

पोखरा:   राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला अन्तर विद्यालय भलिबल प्रतियोगितामा छात्रतर्फ गुरुकुल विद्यासदन र छात्रातर्फ करुणानिधी (केफ)  च्याम्पियन बनेको छ ।     टुडिखेलमा छात्रतर्फ भएको फाइनल खेलमा गुरुकुल विद्यासदनले माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो ।    उपाधिसँगै गुरुकुलले नगद ५० हजार, ट्रफी र मेडल प्राप्त गर्याे  । उपविजेता बनेको माउण्ट अन्नपूर्णले नगद ३० हजार, ट्रफि र मेडल प्राप्त गर्याे । भने, तेस्रो स्थान हाँसिल गर्दै न्यू ग्यालेक्सीले नगद १५ हजार, ट्रफि र मेडल हात पार्याे ।    प्रतियोगिताबाट गुरुकुलका अरबिन्द सुनार उत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु ५ हजार र मेडलसहित पुरस्कृत भए ।   त्यसैगरी छात्रातर्फ करुणानिधी एजुुकेशन फाउण्डेशन (केफ)ले शान्ता माविलाई ३–१ सेटमा पराजित गर्दै च्याम्पियन बन्यो ।    केफले नगद ५० हजार, ट्रफी र मेडल हात पार्याे । उपविजेता बनेको शान्ता माविले नगद ३० हजार, ट्रफि र मेडल प्राप्त गर्याे ।   यस्तै तेश्रो स्थान हाँसिल गरेको पश्चिमाञ्चल माविले नगद १५ हजार, ट्रफि र मेडल प्राप्त गर्याे ।       प्रतियोगितामा केफकी धनकुमारी बिक उत्कृष्ट खेलाडी बन्दै नगद रु ५ हजार र मेडलसहित पुरस्कृत बनिन् ।   हीरक महोत्सवको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगितामा छात्रतर्फ २६ टिम  र छात्रातर्फ १३ टिमको सहभागिता रहेको थियो ।    छेलोमा लक्सन र शशी विजयी   हीरक महोत्सवकै अवसरमा आयोजना गरिएको छेलो प्रतियोगितामा छात्रतर्फ त्रिभुवन शान्ति माविका लक्सन पुर्जा पुन प्रथम, भद्रकाली माविका शंकर बिक दोश्रो र गुरुकुल विद्या सदनका मनोज सिर्पाली तृतीय भए । भने, छात्रातर्फ त्रिभुवन शान्ति माविका शशी रानाभाट प्रथम, गौरीशंकर माविका डोल्मा छन्त्याल दोश्रो र राष्ट्रिय माविका सञ्जिता बिक तृतीय भइन् ।    छात्र/छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्धितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गरे ।    प्रतियोगितामा विजेताहरुलाई शिक्षा निर्देशनालयका महानिर्देशक अम्बिका आचार्य, पोखरा १ का वडाध्यक्ष साहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष बरुण विक्रम राणा, खेलकुद कार्यक्रम संयोजक तेज बहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश पौडेल, विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।   

पोखरा:    पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ ।  एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि तेश्रो किस्ताका रुपमा थप १ लाख एक रुपैयाँ प्रदान गरेको हो । एफएमको चौथो वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदिस पुनलाई रकम हस्तान्तरण गरेकी हुन् । एफएम स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो । सोहि प्रतिबद्धता अनुरुप एफएमले दोश्रो र तेश्रो वार्षिकोत्सवको अवसरमा पहिलो र दोश्रो किस्ता गरेर २ लाख २ रुपैयाँ प्रदान गरेको थियो । यस वर्ष प्रदान गरेको रकम एफएमको तेश्रो किस्ता भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेका थियौं,उनले भने,‘अघिल्लो दुई वर्ष पहिलो र दोश्रो किस्ता बुझाएका थियौं । यो दोश्रो किस्ता हो भने बाँकी आगामी तीन वर्ष निरन्तर प्रदान गर्छौं ।’ संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नै रेडियोले वार्षिकोत्सवको सन्दर्भ पारेर गत कात्तिक १० गते आयोजना गरेको आमस्मिक रक्तदान कार्यक्रम गर्दा २५१ युनिट रगत संकलन भएको थियो ।   कार्यक्रममा बोल्दै एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले एभरेस्ट एफएमको उद्देश्य नै सामाजिक सचेतना फैलाउँदै समाज सेवा गर्नुरहेको बताईन् । ‘सोहि उद्देश्य अनुसार नै हामीले एभरेस्ट कक्ष निर्माण गरेका हौं ।’–उनले भनिन् । कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका कार्यालय प्रमुख सदीश पुनले २०८२ साल सम्ममा सहयोगापेक्षीमुक्त समाज बनाउने अभियानमा आफूहरु रहेको भन्दै सो कार्यका लागि सहयोग गरेकोमा एभरेस्ट एफएमलाई धन्यवाद दिए । पोखराको छोरेपाटनमा आमा र हेमजामा बुबाहरुको लागि आश्रम बनाएको भन्दै उनले भने,‘असक्तहरुलाई पालनपोषण गर्ने, परिवार भएकालाई पुर्नमिलन गर्ने कामपनि गरिरहेका छौं ।’ कार्यक्रममा सञ्चालक समितिका सदस्य सन्तोष पोखरेल, सोभितमान बुद्धाचार्य, वोर्ड सदस्य दीपक कार्कीलगायतले बोल्दै एफएमले छोटो समयमै सफलता हासिल गरेकाले यसलाई कायम राख्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।   यसअघि एफएम सञ्चालनको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो भने प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले खादरजुङ्गको एक आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो । यसैबीच, एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’बाट सहायक लेखापाल जमुना तिमिल्सिना पराजुली पुरस्कृत भएकी छन् । । एफएमले वर्षभरी काम गरेको आधारमा छनौट गर्ने स्टाफ अफ दी ईयरबाट पराजुली पुरस्कृत भएकी हुन् । एफएमको तेश्रो वार्षिकोत्सवको अवसरमा पुरस्कृत पराजुलीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोषल्ला, माला र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङ, सम्पादक दीपेन्द्र श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु मीनाकुमारी गुरुङ, सन्तोष पोखरेल, सोभितमान बुद्धाचार्य, धनकुमारी रायमाझीलगायतले सम्मान गरेका थिए । यसअघि दोश्रो वार्षिकोत्सवको अवसरमा प्राविधिक प्रमुख दीलु गुरुङ र तेश्रो वार्षिकोत्सवको अवसरमा शशी पौडेल बेष्ट स्टाफ अफ दी इयरबाट पुरस्कृत भएका थिए ।

पोखरा:    शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा सामाजिक कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार शिलन्यास गरिएको हो । पोखरा महानगरपालिका वडा नं २७  अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासिय छात्रावासको सोमबार कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङले एक समारोहका बीच शिलान्यास गरेका हुन । सो अवसरमा बोल्दै सांसद मन बहादुर गुरुङले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम मार्फत अगाडी बढीरहँदा हाल आएर गरिब विद्यार्थीहरुलाई लक्षित गरी आवासिय छात्रावास निर्माणको थालनी गर्नु आफैमा श्रहानिय काम भएको बताए ।  छात्रावास निर्माणको लागि आफ्नो ब्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने र आफुले नेपाल सरकारको विभिन्न मन्त्रालयहरु र विभागहरुमा समेत उक्त योजनालाई अगाडि बढाउन पहलकदमी गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।  सरकारले गर्नुपर्ने काम युनाईटेड क्लबले गरिरहेको बताउदै गुरुङले युनाईटेड क्लबको हरेक क्रियाकलापमा आफ्नो सहयोग रहने समेत बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नं २७ का वडा सदस्य सूर्य बहादुर वाग्लेले आफ्नो वडा त्यसमा पनि कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थल नजिकै शिक्षाबाट बञ्चित भएका विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको आवासिय छात्रावास निर्माणमा वडाको तर्फबास सक्दो सहयोग रहने बताए ।  वडा नं २७ मा निर्माण हुन लागेको आवासिय छात्रावास स्थल सम्म वडाले यसअघिनै सडक निर्माण गरिसकेको बताउदै वाग्लेले आगामी दिनमा उक्त सडकको समेत स्तरोन्नती गर्ने बताए । सो अवसरमा बोल्दै युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र त्यसमा पनि पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहलकदमी उठाउदै आएको र क्लबकै पहलमा पोखराको लेखनाथ स्थित पचभैयामा चिडियाखानाको निर्माण कार्य जारी रहेको भएतापनि सरकारले त्यसलाई खुल्ला चिडियाखाना भन्दापनि घाइते भएका वन्यजन्तुको उद्धार केन्द्र बनाउनतर्फ अगाडी बढीरहेको बताए ।  पोखरामा खुल्ला चिडियाखाना निर्माणका लागी भनेर क्लबकै पहलमा सामुदायिक वनहरुसंग सहकार्य गरेको भएतापनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेकाले आगामी दिनमा त्यसतर्फ स्थानीयहरुले समेत सरकारको ध्यानाकर्षण गराउनतर्फ अगाडि बढ्नुपर्ने श्रेष्ठको धारणा रहेको थियो । त्यस्तै क्लबका संस्थापक अध्यक्ष तथा युनाईटेड आवासिय छात्रावास निर्माण समिति संयोजक हिमालय बख्रेलले युनाईटेड क्लबका परियोजनाको रुपमा आवासिय छात्रावास निर्माण गर्न लागिएको र यसका लागि तीनै तहको सरकारको सहयोग आवश्यक रहेको बताए । करिब ४ करोड लागतमा निर्माण हुने उक्त आवासीय भवन निर्माणका लागि सरकारी, विभिन्न निकाय, संघसंस्था तथा ब्याक्तिहरुको सहयोग आवश्यक रहने बख्रेलको भनाई रहेको थियो । ८ रोपनी क्षेत्रफलमा निर्माण हुने छात्रावास १० कोठाको रहने र ५० जना विद्यार्थीलाई राख्न मिल्ने बताउदै बख्रेलले पहिलो वर्ष ४ कोठाको भवन निर्माण सम्पन्न गरी विद्यार्थी राख्ने र वर्षै पिच्छे निर्माणको कामलाई जारी राख्दै प्रोजेक्ट सम्पन्न गर्ने बताए ।  युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थान नजिकै शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित रहेका विद्यार्थीहरुलाई लक्षित गरी निर्माण गर्न लागिएको आवासिय छात्राबास निर्माणले शिक्षाको क्षेत्रमा सानो भएतापनि सहयोग पुग्ने बताए ।   

पोखरा जेसीजको वर्ष २०२५ को अध्यक्षमा भाइराज राना मगर सर्वसम्मत चयन भएका छन् ।   पोखरा जेसीजको ४५ औं शाखा अधिवेशन तथा ५० औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।   यस्तै कार्यकारिणी उपाध्यक्षमा कपिल पौडेल, उपाध्यक्षमा किरण आचार्य, सुजन पोख्रेल, सञ्जय कुमार शर्मा र जेसी सुशील पौडेल चुनिए । साथै, निर्देशकहरूमा सरोज पौडेल,सन्दीप श्रीष, दिवस तिमिल्सिना र सुजल गोदार चयन भए । अध्यक्ष राना मगरले विधान बमोजिम कानुनी सल्लाहकार सुमन पहारी, महासचिव रबिन पौडेल, कोषाध्यक्ष रबिन्द्र गोदार, सचिव सञ्जय पौडेल लगायतलाई मनोनयन गरेका छन् ।      

पोखरा:     माछापुच्छ्रे  गाउँपालिकाको आयोजनामा भएको माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे –४,लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुले जितेको छ ।  पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरि उपाधि चुमेको हो । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।   यता ५ स्वर्ण १ रजत र ३ काश्य पदक पाप्त गरि माछापुच्छ्रे  माध्यमिक विद्यालय दोस्रो भएको छ । बराह माध्यमिक विद्यालयले ४ स्वर्ण ७ रजत २ काश्य पदकका साथ तेस्रो स्थान पाप्त गरेको छ  । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार , ७ हजार ५ सय रुपया,साथमा ट्रफी पुरस्कार पाप्त गरेका छन् ।   उक्त प्रतियोगितामा अन्तर माध्यमिक भलिबल छात्रारछात्र ,कबड्डी छात्रा÷छात्र ,एथलेटिक्स दौड ट्रयाक १००,२००,४००,८००,१५०० र ३००० मिटर साथै छात्रारछत्रा ४ ×१०० मि।रिले, ४×४०० मि।रिले, छात्रारछत्रा, हाइजम, लङजम्प , ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, मार्चपास  लगाएतका खेलहरु सम्पन्न गरेको माछापुच्छ्रे  गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम बहादुर गुरुङले बताए ।  स्थास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर ६ गते देखि ८ गते सम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।  

पोखरा:   कास्कीको अन्नपुर्ण गाउँपालिका–७ लान्द्रुकमा मंसिर २२ देखि २४ गतेसम्म लान्द्रुक हनि हन्टिङ महोत्सव सुरु हुने भएको छ ।  लान्द्रुक हनि हन्टिङ महोत्सव आयोजक समितिले आज पोखरामा पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी दिएको हो ।  लान्द्रुक हनि हन्टिङ महोत्सव समितिका अध्यक्ष सुरेश गुरुङले महोत्सव यही मंसिर २२ देखि २४ गतेसम्म सञ्चालन हुने बताए ।  ‘अन्नपूर्ण पदमार्गमा पर्ने लान्द्रुक गाउँमा यही मंसिर २२ देखि २४ गतेसम्म हनि हन्टिङ महोत्सव आयोजना छौैं’, उनले भने, ‘यही मंसिर २२ देखि २४ गतेसम्म सञ्चालन हुने महोत्सवमा साविक वडास्तरीय पुरुष भलिबल र कोटेसाङ भीरमा मह शिकार नै महोत्सवको आर्कषणको रुपमा राखेका छौं ।’   यो पनि पढ्नुहोस   कोटेसाङ महभीरमा जमेको पौडेल र पुन जोडी हनि हन्टिङ महोत्सवमा मोदी खोला किनारामा रहेको कोटेसाङ भीरमा यस पटक २२ घारमा मह शिकार गर्ने अध्यक्ष गुरुङले बताए ।  हनि हन्टिङ महोत्सवको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षण गर्न स्थानीय कला संस्कृति, भीरमा मह काढ्ने, व्यक्तित्व सम्मान र साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता लगायतका कार्यक्रमहरु समेत हुने अध्यक्ष गुरुङले बताए ।  उनका अनुसार साविक वडास्तरीय पुरुष भलिबलको विजेताले नगद ७० हजार, उपविजेताले ४० हजार र तृतीय हुने समुहले २० हजारसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै भलिबल प्रतियोगितामा सहभागिताको लागि एक समूहलाई ६ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।