काठमाडौं: जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो । सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको छ । जापानको मौसम विभागले यहाँ पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ । इशिकावाको शुजु शहरमा केही घर र विजुलीका पोलहरू ढलेको जापानका सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ । यसैगरी निगाता र टोया क्षेत्र पनि सुनामीबाट प्रभावित हुने अनुमान छ । यी क्षेत्रमा तीन मिटरसम्म उचाइको लहर उठ्ने बताइएको छ । जापानको सबैभन्दा ठूलो आणविक ऊर्जा अपरेटर कान्साई इलेक्ट्रिक न्युक्लियर प्लान्टहरुमा भने भूकम्पले क्षति नपुर्याएको बीबीसीले जनाएको छ । जापानमा सन् २०११ मा भूकम्पपछि आएको सुनामीका कारण हजारौंको ज्यान गएको थियो । सुनामीका कारण परमाणु संयन्त्रमा पनि क्षति पुगेको थियो ।
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा आइतबार कवि लेखनाथको समझनामा विशेष कार्यक्रमको आयोजना गरियो । कवि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा महोत्सवस्थलमा निर्माण गरिएको थ्रि डि आर्ट सहितको जन्मघरमा कविको प्रतिमामा माल्यार्पण सहित उनका रचनाहरुको विषयमा चर्चा परिचर्चा गरिएको थिया । कार्यक्रमलाई सम्बोधन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले कविका कृति र रचनाहरुका कारण उहाँ हामिमाझ अजर र अमर रहिरहनुभएको बताउँदै सबैले आफ्नो जिवनमा असल एवं भावि पुस्ताले सम्झन लायक कर्म गर्नुपर्ने बताएका थिए । अध्यक्ष श्रेष्ठले कवि शिरोमणिको योगदानलाई जीवन्त राख्ने गरी महोत्सवस्थलमा उहाँको जन्मघर हेर्ने व्यवस्था मिलाइएको वताउँदै यसको परिकल्पनाकार व्यवसायी विश्वगोपाल श्रेष्ठप्रति धन्यवाद समेत व्यक्त गरेका थिए । कार्यक्रममा कवि लेखनाथका रचनाहरु वाचन गर्दै सघका पुर्वअध्यक्ष चतुराखर अधिकारीले कविका रचनाहरु प्रकृति र मानवतावादी रहेको र त्यसबेला रचना गरिएका कृतिहरु अहिलेको समयमा पनि सान्र्दभिक रहेको वताउँदै नेपाली कविताको श्रीवृद्धिमा कविशिरोमणि लेखनाथ पौड्यालको महत्वपूर्ण र विशिष्ट योगदान रहेको बताएका थिए । उक्त अवसरमा धन्यवाद व्यक्त गर्दै महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले पूर्वीय दर्शनभित्र लुकेर बसेका जटिलतालाई व्यावहारिक रूपमा सिर्जनामार्फत सर्वसाधारणसम्म पु¥याउने काम गरेको वताउँदै सामाजिक चेतना र जागरणको आवाज कवितामार्फत उठाउन कवि लेखनाथको विशेष भूमिका रहेको बताएका थिए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवको ११ औं दिन आइतबार मात्रै ८० लाख बराबरको कारोबार भएको र हालसम्म ८ करोड ५० लाखको कारोबार भएको प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिए । यसै गरी महोत्सवको हालसम्म ३ लाख दर्शकहरुले अवलोकन गरेका छन । आइतबार मात्रै २० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले जानकारी दिईन । हालको शिथिल अर्थतन्त्रको अवस्थामा पनि महोत्सवमा देखीएको दर्शकहरुको उपस्थीती र कारोबारले आफुहरुलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि वढि दर्शक र कारोबार हुनेमा विश्वस्त रहेको संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले बताए । आईतबार लोकदोहोरी कलाकारहरु राजु परियार, जलुमाया गुरुङ, श्रीराम थापा, ईन्द्रा गुरुङ, मञ्जु वि.क., रामप्रसाद ढकाल, पुजा गुरुङ बाल कलाकार प्रिन्स लम्साल लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ पवन खतिवडा‘म्याकुरी’ र बेलुका लाईभ कन्सर्टमा र्यापर विवश जेके, डेभिड शंकर र ओम गुरुङ लगायतले स्टेज तताएका थिए । आइतबार लोकदोहोरी कलाकारहरु पार्वती जिसी, शिवहरी ढुंगाना, सुमन परियार, ध्रुव जि.सी, लक्ष्मी नेपाली, गगन गुरुङ, देवी महतो, दिपक अधिकारी, नविना सुवेदी र माधव चापागाई लगायतको प्रस्तुती रहनेछ । महोत्सवको सोमबार नै एक समारोहका विच पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्यले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
बाँके: बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए ।
पोखरा: साहित्यकार गोपाल बैद्य किञ्जललाई वि.स. २०८०यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको छ । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक दीपक परियारलाई प्रदान गरिएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा त्रिदिवसीय जन्म जयन्ती मूल समारोह कार्यक्रम अन्तर्गत आइतवार विभिन्न संघ सस्थाको सहभागीतामा उनको जन्मस्थल पोखरा–२७ अर्चलेमा राखिएको मूल समारोहमा साहित्यकार गोपाल बैद्य किञ्जललाई बृद्धाबस्थाका कारण घरमै पुरस्कार अर्पण गरिएको जानकारी गराइएको थियो । कविशिरोमणि लेखनाथ पौड्यालको कान्छी छोरी कुन्तिदेवी भट्टराईका परिवाजनद्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ साहित्य पुरस्कार पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ रहेको छ । यसै गरी लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्र रहेको लेखनाथ पत्रकारिता पुरस्कार समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान गरेकामा कान्तिपूर राष्ट्रिय दैनिकका उपसम्पादक दीपक परियारलालाई पुरस्कार अर्पण गरिएको थियो । २०६४देखि पत्रकारितामा निरन्तर सक्रिय उनले लेखनाथका विकास निर्माण, यहाँका साहित्यिक पर्यटनका विविध पक्षका साथै तालैतालको सहरका रुपमा लेखनाथ क्षेत्रलाई चिनाउँदै लेखनाथ क्षेत्रका समाचार प्राथमिकताका साथ सम्प्रेषण गर्दै आएका छन् । लेखनाथ पत्रकारिता पुरस्कारबाट मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना , बशन्त अधिकारी, वासुदेव पौडेल र परशुराम शर्मा , भीमपाणि बराल र सरिता तिमिल्सेना सम्मानित भईसकेका छन् । । कार्यक्रमका अवसरमा कविशिरोमणिकी कान्छी छोरीका नाममा स्थापित कुन्तिदेवी पुरस्कार भागीरथी श्रेष्ठलाई प्रदान गरिएको छ थियो । लेखनाथ प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालद्वारा आफ्ना बाबाका नाममा स्थापित पुरस्कार ,मधुमाया ढकाल शिक्षा पुरस्कार ,ढकालकी बहिनी अम्विका ढकालद्वारा आमाका नाममा स्थापित परस्कार फणिन्द्र कुमारी ढकाल शिक्षा पुरस्कार, कविशिरोमणिको १४० औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका अवसरमापोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कविशिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको चर्चा गरेका थिए । पुरस्कृत सबैलाई बधाई ज्ञापन गर्दै साहित्यमा लाग्न थप पे्ररणा प्रदान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पश्चिम पृतनाका पृतनापति सन्तोषबल्लभ पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल,लेखनाथ उद्योग वाण्ज्यि संघका अध्यक्ष विनोद श्रेष्ठ,लेखनाथ पत्रकार मञ्चका सचिव विष्णुहरि पौडेल , लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्ण तिमिल्सेना, सचिव तुलसी सापकोटालगायतले सम्बोधन गरेका थिए । लेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए ।
पर्वत: पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिनुभयो । अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेकोे उहाँले बताउनुभयो । घटनामा घाइते भएका शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले जानकारी दिनुभयो । हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ । नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखराः: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले स्थापना गरेको सूचना केन्द्रमा केही व्यवसायीहरुले तोडफोड भएको छ । गाउँपालिकाले मर्दी पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सूचना संकलन गर्न केही महिना अघि हुमालमा सूचना केन्द्र स्थापना गरेको थियो । सोही सूचना केन्द्रमा आज (आइतबार) बिहान केही होटल व्यवसायीहरुले तोडफोड गरेको गाउँपालिकाको प्रवक्ता गणेश आचार्यले बताए । ‘गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रमा अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुसँग हामीले कार्यपालिका बैठकबाट नै शूल्क लिने निर्णयसहित कार्यान्वयनमा गएका छौं’, प्रवक्ता आचार्यले सुनगाभा न्यूजसँग भने,‘आन्तरिक तथा बाह्य पर्यटकहरुको सूचना संकलन गर्न दुई जना कर्मचारी सहित हामीले मर्दी हिमालको हुमालमा सूचना केन्द्र स्थापना गरेका छौं, त्यही सूचना केन्द्रमा आज केही व्यवसायीहरुले तोडफोड गर्नुभएको छ ।’ उनले जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना र माछापुच्छ्रे गाउँपालिकाको संयुक्त साझेदारीमा मर्दी हिमाल पदमार्गको हुमालमा पर्यटक सुचना केन्द्र स्थापना गरिएको जानकारी दिए । यसैबीच सूचना केन्द्रमा केही व्यवसायीहरुले तोडफोड गरेपछि गाउँपालिकाले विज्ञप्ती निकालेर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको ‘नेपालको संविधान अनुसूची ८, स्थानीय सरकार संञ्चालन ऐन, २०७४, आर्थिक ऐन २०८० प्रचलित नियम कानूनको अधिनमा रहेर गाउँ पालिकाको बृहत्तर हितलाई ध्यान राखी गाउँ सभाले गरेको निर्णयानुसार सञ्चालित कार्यमा अवरोध सिर्जना गर्नु संविधान, नियम र कानूनको ठाडो उल्लंघन भएको छ, कानूनी उपचारको उचित बाटो नलिई स्थानीय सरकारले नियमानुसार सञ्चालन गरेको कार्यमा अवरोध गर्ने निहित स्वार्थले प्रेरित व्यक्ति वा समुहलाई सार्वजनिक संरचनाको तोडफोड गर्दा सजायको भागिदार हुनुपर्ने व्यहोरा स्मरण गराउँदै यस्ता कार्यहरु नगर्न समेत आग्रह गरेको छ ।’ माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिका भित्र आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गरेबापत शूल्क लिने निर्णय कार्यान्वयन गरेपछि गाउँपालिका र व्यवसायीहरुबीच विवाद बढ्दै गएको छ । गाउँपालिकाले सूचना केन्द्र स्थापनापछि पदमार्गमा अवस्थित होटल तथा लजहरुलाई सरोकारवालासंगको समन्वयमा कानुनी तवरबाट नै व्यवस्थित गरी करको दायरमा ल्याउने जनाएको छ ।
पोखरा: ‘भाषा, कला धर्म र संस्कृतिको जगेर्ना गरौ, पुख्यौली इतिहासलाई संरक्षण गरौं’ भन्ने नारासहित नदीपुरमा सक्रिय रहेको कानुङ नमुना मगर समाजले एकदिने तालिम सम्पन्न गरेको छ । समाजका सदस्यहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित शनिबार व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न गरेको हो । समाजका अध्यक्ष किरण सारु मगरले समाजमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने तालिम आयोजना गरेको जानकारी दिए । उनका अनुसार सो तालिममा धिरन गाहामगरले मगरको इतिहास र वर्तमान अवस्थाबारे, सिर्जना थापामगर र श्याम चौहान मगरले नेतृत्व तथा व्यक्तित्व विकास र पत्रकार सुशान्त गाहामगरले उद्घोषणबारे तालिम दिएका थिए । ‘यो तालिमको अवधि छोटो भएपनि निकै महत्वपूर्ण रह्यो, समाजका अध्यक्ष सारु मगरले भने, ‘आगामी दिनमा अझै यसलाई व्यापकता गर्ने लक्ष्य लिएका छौ । साथै महिलाहरुलाई उद्यमशिलतामा कसरी जोड्ने भन्नेबारे पनि तालिम दिनेछौं ।’ सो कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका कविराम थापामगरले सकरात्मक तथा रचनात्मक कार्यक्रम गरेको बताउदै प्रशंसा गरे । उनले आगामी दिनमासमेत यस्तै खालको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे । ‘यो कार्यक्रम निकै फलदायी बनेको छ । यसले हाम्रो समाजका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न निकै टेवा पुर्याएको छ, थापा मगरले भने, ‘त्यसैले आगामी दिनमा पनि यस्तो खालको कार्यक्रमले निरन्तरता पाओस् भन्ने मेरो शुभेच्छा छ ।’ कार्यक्रममा समाजमा आबद्ध करिब ५० जनाको सहभागिता रहेको थियो । समाजका अध्यक्ष किरण सारु मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सोनी थापामगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने तिलक बराल मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।
काठमाडौं: सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा हालसम्म कुनै अवसर नपाएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने कुरालाई प्राथमिकता दिने भएको छ । आइतवार पार्टी केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सो कुरालाई प्राथमिकता दिने बताउनु भएको हो । भौगोलिक, जातीय, क्षेत्रीय सन्तुलन, संसदीय क्षेत्रमा योगदान दिनसक्ने, पार्टीप्रति प्रतिवद्ध र स्वच्छ छवि भएकालाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड बैठकले तय गरेको पनि उहाँले बताउनु भयो । प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो, ‘‘राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतीको आधारमा साझा उम्मेदवार बनाउने र नेपाली काँग्रेसले उम्मेदवार प्रस्तुत गर्दा विधान धारा ३२ को उपधारा ९ बमोजिम प्रदेश कार्य समितिको सिफारिस भई आएको नामहरु मध्ये भौगोलिक, जातीय, क्षेत्रीयलाई समेत ध्यानमा राखेर पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्नसक्ने क्षमता भएका, पार्टीप्रति प्रद्धिवद्ध स्वच्छ छवि भएका, हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिइनेछ ।’’ नेपाली काँग्रेसले यसअघि नै सो निर्वाचनमा गठबन्धन दलहरुको तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । राष्ट्रिय सभाको रिक्त हुने २० सिटमध्ये १९ सिटमा लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । यस्ता छन् ११ निर्णय-

