पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

लमजुङ:    लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो ।  तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिनुभयो । नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा विद्यालय सञ्चालन गरिएको उहाँको भनाइ छ । प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि पनि प्याराग्लाइडिङ विद्यालय महत्वपूर्ण हुने उहाँको भनाइ छ ।  पालिकामा प्याराग्लाइडिङ विद्यालय स्थानीयका लागि समेत नयाँ अवसर भएको अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रमा नै विद्यालय सञ्चालन हुँदा स्थानीयलाई रोजगारी प्राप्त हुन्छ । यसबाहेक स्थानीयले तालिम समेत लिन मिल्ने भएपछि रोजगारीको समेत अवसर हो ।”  बाबु एड्भेञ्चर प्याराग्लाइडिङ कम्पनीले नौ वर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ विद्यालय सञ्चालन गर्दै आएको छ । प्याराग्लाइडिङ विद्यालयसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन् । हालै मात्र रेडबुलको ‘एड्भेन्चर’ टोली नेपाल आएर विद्यालयको अवलोकन गरेको थियो ।  त्यसपश्चात उनीहरुले विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको सञ्चालक सुनुवारले बताउनुभयो । नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक ‘हाइ अल्टिच्युड’ प्याराग्लाइडिङका लागि आउने नेपाल हवाई खेलकुद संस्था ९ना० का निवर्तमान अध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो । सामान्य प्याराग्लाइडिङ विश्वको धेरै ठाउँमा उपलब्ध रहेको भए पनि हाइ अल्टिच्युड भने नभएको उहाँको भनाइ छ ।  नेपालमा हाइ अल्टिच्युड प्याराग्लाइडिङको अत्यधिक सम्भावना रहेकाले उक्त विद्यालय महत्वपूर्ण हुने भट्टराईको विश्वास छ । “नेपालमा प्याराग्लाडिङ र साहसिक पर्यटनका लागि धेरै उत्कृष्ट गन्तव्य छन्”, उहाँले भन्नुभयो । विद्यालय सञ्चालनले साहसिक प्याराग्लाइडिङ उडानमा दक्ष जनशक्तिको उत्पादन र विदेशी मुद्रा आर्जनमासमेत सहयोग पुग्ने उहाँको विश्वास छ ।

काठमाडौं:     सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपरस्थित त्रिवि मैदानमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।  एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ४ विकेटको क्षतिमा १०३ रन जोड्न सक्यो।  कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ६२ रन जोडिन्। अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको स्थितिमा रुबिना पहिलो बलमै आउट भएकी थिइन्। उनले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गरिन्।  यस्तै काजल श्रेष्ठले २२ रन जोड्दा कोशीका अरु ब्याटर चल्न सकेनन्।  बलिङमा एपिएफका करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक विकेट लिए।  एपिएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो। समूह चरणका ६ खेल जितेको एपिएफले क्वालिफायर र फाइनलमा पनि उत्कृष्ट खेल देखाउन सफल भयो। यता प्रतियोगितामा राम्रो लयमा देखिएको कोशीले एपिएफविरुद्ध भने जित निकाल्न सकेन। कोशीले एपिएफविरुद्ध समूह चरण, क्वालिफायर र फाइनल गरी तीन खेलमा हार बेहोर्‍यो। यीबाहेक कोशीले अरु सबै खेलमा जित निकाल्यो।

पोखरा:    हिमालय एयरलाइन्सले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न इच्छा देखाएको छ । हिमालय एयरलाइन्सका अध्यक्ष झाओ एनयोङले मंगलबार पोखरामा पर्यटनकर्मीहरु माझ उक्त इच्छा प्रकट गरेका हुन् । पोखरा पर्यटन परिषदको आयोजनामा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्सिना, र पोखराका पर्यटन व्यवसायीका बीच भएको अन्तर्क्रियामा अध्यक्ष झाओले राष्ट्रिय उडान गर्न चिनियाँ र नेपाली पक्ष र एयरलाइन्सले संयुक्त प्रयास गर्नुपर्ने खाँचो पनि औंल्याए । उनले विश्वमा वार्षिक रुपमा १० करोड चिनिया पर्यटकले बाह्य देशमा भ्रमण गर्ने गरेको र त्यसको १ प्रतिशतमात्र नेपाल ल्याउन सम्भव रहेको बताए । उनले कम्बोडियाले २ वर्षमा चिनियाँ पर्यटकको संख्या १० गुणा बढाएर ४० लाख पुर्याएको उदाहरण दिए । उनले पोखराको प्राकृतिक सुन्दरता, प्याराग्लाइडिङ लगायतले चिनिया पर्यटकलाई आकर्षित गरेको पनि सुनाए । नेपाल सरकारले विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएर एयरलाइन्स कम्पनीहरुलाई उडानका लागि आकर्षित गर्नुपर्ने सुझाए । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न आफूले गरेका मुख्य प्रयासबारे जानकारी गरएका थिए । उनले आफू कार्यकारी पदमा नभएकाले निर्णायक कामका लागि सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले कूटनीतिक प्रयास गर्नुपर्ने खाँचो औंल्याए । कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष्य पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरु बासुदेव त्रिपाठी, टीकाराम सापकोटा, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष्य चिरञ्जीवी पोखेल, महासचिव सञ्जयकान्त सिग्देल, उपाध्यक्ष्य कृष्ण भण्डारी, रेबान पोखराका अध्यक्ष नरेश भट्टराई, टान पोखराका अध्यक्ष धर्म पन्थी, उपाध्यक्ष कृष्ण आचार्य, नाट्टा गण्डकी अध्यक्ष हरेराम अधिकारी लगायतले अन्तर्राष्ट्रिय उडान छिटोभन्दा छिटो सञ्चालन गर्न सबैले सहयाग गर्नुपर्ने बताएका थिए । उनीहरु सबैले नेपाल सरकारलाई पोखराबाट छिटोभन्दा छिटो नियमित अन्तराष्ट्रिय उडान गर्ने नीति र वातावरण बनाउन आग्रह गरेका थिए । पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले राष्ट्रिय सभाअध्यक्ष तिम्सिना र हिमालय एयरलाइन्सलाई सकारात्मक प्रयासका लागि धन्यवाद दिएका थिए । उनले पोखरा र गण्डकी प्रदेशको तर्फबाट जस्तोसुकै पहल र प्रयास गर्न पनि तयार रहेको बताए ।

इलाम:   भारतको दमदम जेलमा ४० वर्ष बसेपछि निर्दोष साबित भई २०७७ मा नेपाल फर्केका इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना ६ महिनादेखि अस्पतालमै छन्। ०७७ चैतमा नेपाल ल्याइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए। ६ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि घर ल्याउन नसकिएको दुर्गाप्रसादको भतिजा गोपाल तिम्सिनाले बताए। डाक्टरले घर लैजाँदा हुन्छ भनेपनि अहिलेसम्मको बिल तिर्ने पैसा नहुँदा दुर्गाप्रसादलाई अस्पतालबाट निकाल्न नसकिएको उनले बताए। ‘उपचारमा सात लाख १५ हजार खर्च भएको थियो,’ गोपालले भने, ‘तीन लाख रुपैयाँ बुझायौँ, बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा ठूलोबुबा अस्पतालमै बस्नुपरेको छ। पैसा नतिरी उहाँलाई अस्पतालबाट ल्याउन सकिँदैन।’ गोपालका अनुसार त्यो पनि ६ महिनाअघिको हिसाब हो। अहिले कति पुग्यो भन्ने थाहा नभएको उनले बताए। ‘अस्पतालले बारम्बार फोन गरिरहेको छ, त्यतिका पैसा कसरी जोहो गर्नु,’ उनले भने। भारतीय उच्च अदालतको आदेशबाट क्षतिपूर्तिवापत प्राप्त रकम यसअघि नै उपचारमा खर्च भइसकेको गोपाल बताउँछन्। थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत दुर्गाप्रसादलाई अस्पतालसम्म लैजान सहयोग गरेको तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न नसकिएको गोपालको भनाइ छ। दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि उनीमा मानसिक समस्या देखिएकाले विराटनगरमा समेत १७ दिन उपचार गरिएको गोपालले बताए। ‘विराटनगरमा गरिएको उपचारले समेत निको नभएपछि चितवन लगिएको हो,’ उनले भने, ‘अहिले चाहिँ निको भइसकेको बिरामीलाई अस्पतालबाट निकाल्न सकिएको छैन।’ इलामको माई नगरपालिका १०, लुम्बाक घर भएका दुर्गाप्रसादलाई २०७७ साल चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो। उनी २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए। घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी २०७७ साल फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परेका थिए। उनलाई  विभिन्न सङ्घसंस्थाको पहलमा २०७७ साल चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो। अहिले उनकी आमाको निधन भइसकेको छ। इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो। कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो। उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रुपैयाँ नगद प्रदान गरेको थियो।  लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त रहेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताए।

तनहुँ:    तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा उक्त केन्द्र शुभारम्भ गरेका छन् । स्थानीय तहहरुलाई फोहरमैला व्यवस्थापनमा सकस हुँदै आएकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणपछि केही सहज हुने गाउँपालिकाले जनाएको छ ।  अध्यक्ष श्रेष्ठले भने, “अधिकांश स्थानीय तह त्यसमाथि पनि सहरीकरणको गतिमा बढेको पालिकालाई फोहरमैला व्यवस्थापनमा चुनौती हुँदै आएको थियो । डम्पिङ साइड सञ्चालनमा आएपछि फोहरमैला व्यवस्थापन धेरै हदसम्म सहज हुन्छ ।” गाउँपालिकाको बजार क्षेत्रमा सङ्कलन हुने कुहिने र नकुहिने दुवै प्रकारका फोहरहरु उक्त सङ्कलन तथा व्यवस्थापन केन्द्रमा जम्मा गरिने जनाइएको छ । उपाध्यक्ष घिमिरले फोहर सङ्कलन केन्द्रबाट कुहिने र नकुहिने फोहर छुट्याइने र कुहिने फोहरबाट मल उत्पादन गरिने र नकुहिने फोहरबाट अन्य उत्पादन गरी मोहर बनाइने बताए। २२ रोपनी आठ आना जग्गा खरिद गरी फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । गाउँपलिकाले विसं २०७८ चैत ९ गते स्थानीयवासीसँग रु ३३ लाखमा जग्गा खरिद गरेको थियो ।  जग्गा खरिदलगायत गरी फोहरमैला व्यवस्थापन केन्द्र निर्माणमा रु दुई करोड १५ लाख खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । फोहरमैला व्यवस्थापन केन्द्रका लागि रु २१ करोडको गुरुयोजना तयार भएको छ । गुरुयोजनाअनुसार केन्द्रसम्म पुग्ने सडक कालोपत्र गर्न बाँकी छ । अधिकारीका अनुसार करिब पाँच हजार घरधुरीबाट फोहरमैला सङ्कलन गरिनेछ । फोहर सङ्कलनका लागि टिपरसमेत खरिद भइसकेको छ । फोहरमैला व्यवस्थापनका लागि सर्वसाधारणसँग न्यूनतम रु एक सय शुल्क लिइने अधिकारीले बताए । केन्द्रमा तीनजनालाई रोजगारी दिइएको छ ।    साप्ताहिक रुपमा सबै वडामा पुगेर फोहरमैला सङ्कलन गरिने जनाइएको छ । छिमेकी पालिका व्यास र शुक्लागण्डकी नगरपालिकासँग समेत रोयल्टी लिएर त्यस ठाउँको फोहर यहाँ व्यवस्थापन गर्न सकिने विषयमा छलफल भएको अधिकारीले बताए । गाउँपालिकाको आन्तरिक स्रोतबाट उक्त डम्पिङ साइड निर्माण गरिएको हो । उक्त केन्द्र निर्माणको थालनी विसं २०८० वैशाख ३ गतेदेखि भएको थियो । शुक्लागण्डकी नगरपालिका–४ स्थित लाहुरे काइला बिल्डर्ससँग सम्झौता भई डम्पिङ साइट निर्माण गरिएको हो ।  गाउँपालिकाले हालै आयोजित गाउँसभाबाट वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, २०८० पारित गरिसकेको छ । जिल्लाका दश स्थानीय तहमध्ये शुक्लागण्डकी नगरपालिकाले मात्रै यस अगाडि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको थियो । तर उक्त केन्द्र पनि सञ्चालनमा आउन सकेको छैन । तनहुँको स्थानीय तहमा फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइट बनेको छ । जिल्लाका सबैजसो स्थानीय तहलाई फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएको छ । अधिकांश स्थानीय तहले सङ्कलित फोहरमैला नदी किनारमा फाल्दै आएका छन् । 

मकवानपुर:    मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । दुई प्रहरीसहित तीन जना घाइते भएका छन् । तालिमका क्रममा दौडिरहेको बेला ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा डडेलधुराको आलिताल(६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय विनोद एडीको मृत्यु भएको हो । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा-११ थानाभ्याङमा बुधबार बिहान हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सो घटनामा प्रहरी जवानहरु नवराज सार्की र विजय खत्री तथा मोटरसाइकल चालक हेटौंडा-४ का ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन् । मोटरसाइकल चालक लामाको चितवनमा उपचार भइरहेको छ । प्रहरी जवानद्वय सार्की र खत्रीको हेटौँडा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

काठमाडौं:  मानव अंग मृगौला बेचबिखन कार्यमा संलग्न रहेका एक व्यक्ति पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नागरपालिका–१३ का ४३ वर्षीय हरी नेपाली भनिने हरी दर्जी रहेका छन् ।   उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।    दर्जीले पीडितलाई भारतको कलकत्तामा म:म पसलमा मासिक ३० हजार भारतीय रूपैयाँ तलबमा काममा लगाईदिने प्रलोभनमा पारेर भारत लगेका थिए ।   ति पीडितलाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत कलकत्ताको अस्पताल पुर्‍याएर बेहोस पारी मृगौला झिकेर अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेर फरार थिए ।   अस्पतालमा बेहोस पारेर अर्कै व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गरी पिडीतलाई ६ लाख दिएपछि मात्र पीडितले आफ्नो मिर्गौला बेचिएको थाहा पाए। पीडितले बाँदरे भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएका थिए।   त्यसपछि प्रहरीले पाएको सूचनाको आधारमा फरार रहेका दर्जीलाई खोजतलास गरेको थियो ।    हाल पक्राउ परेका दर्जीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी मुलुकहरूमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन.१ को  सङ्क्रमण बढिरहेकाले नेपालमा पनि भित्रिन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।    मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गर्नुभएको छ। डा. बुढाथोकीका अनुसार हालसम्म नेपालमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एनड्ड १ को सङ्क्रमण पुष्टि भैसकेको छैन।  नेपालमा पनि सङ्क्रमण भित्रिन नदिन विभिन्न नाकामा नयाँ सङ्क्रमणलाई दृष्टिगत गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहरूमार्फत आवश्यक निगरानी भइरहेको जानकारी दिनुभयो ।  साथै नेपालमा सङ्क्रमण फैलिहालेमा मन्त्रालय कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको डा। बुढाथोकीको भनाइ छ।

पोखरा:    पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०७९/८० मा ७ जना गर्भवती महिलाको मृत्यु भएको छ । विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुने गरेको पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरिक्षक सविना श्रेष्ठले जानकारी दिइन् ।  उनका अनुसार कास्की जिल्लामा १३ जना गर्भवती महिलाको मृत्यु भएको छ भने, ७ जना पोखरा महानगरका भएको बताइन् । उनका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउन यता दुई जना गर्भवती महिलाका मृत्यु भएको छ । उनले दिएको जानकारी अनुसार पोखरा –८ की रोशनी क्षेत्री र पोखरा २९ की सावित्री सुनारको मृत्यु भएको हो । रोशनीको आफैले पेट्रोल खन्याएर आगो लगाएको र सुनारले कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । पोखरा महानगरमा यस वर्ष  ६ हजार महिला सुत्केरी हुन्छन् भन्ने अनुमान गरिएको उनले बताइन् । गत आर्थिक वर्ष २०७९/८० मा पोखरा सहित कास्की जिल्ला र अन्य जिल्लाका गरी १३ हजार महिला सुत्केरी भएको तथ्यांक रहेको महानगर नर्सिङ निरिक्षक श्रेष्ठले बताइन् । विभिन्न कारणले हुने मातृ मृत्यु दर न्यूनिकरण गर्ने उद्देश्यले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्य समिति रहने  र उक्त समितिले मातृ मृत्यु हुनुको कारण बारे छलफल गर्दै समुुदायमा कार्यक्रम सञ्चालन गर्ने गरी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएर उपप्रमुखको संयोजकत्वमा समिति रहने  ब्यवस्था गरको  छ । पोखरा महानगरपालिका उप्रमुख मञ्जुुदेवी गुरुङको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकमा समितिका सदस्यसचिव समेत रहेकी महानगर नर्सिङ निरिक्षक सविना श्रेष्ठले मातृ मृत्यु दर न्युनिकरणका र २८ हप्ताको गर्भदेखि जन्मेको एक हप्ता सम्मको नवजात शिशुको मृत्यु दर घटाउने र आमा तथा शिशुको मृत्यु हुन नदिने बारे जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि बैठकले कार्ययोजना बनाउने निर्णय गरेको बताइन् ।  उनका अनुसार पहिलो प्राथमिकता गर्भवती आमाको सुरक्षामा ध्यान दिने गरी कार्यक्रम जनसमुुदायमा पुु¥याउने गरी योजना बनाउने र त्यसको कार्यान्वयन स्वास्थ्य संस्थाहरुले गर्ने बताइ्न । उनले मातृ मृत्युलाई कम गराउन  स्वास्थ्यकर्मीलाई क्षमता अभिबृद्वि गर्ने र पूर्वाधार युक्त बनाउने कार्यमा समितिले पहल गर्छ । गभर्वती महिलाको मृत्यु हुने वित्तिकै त्यसको बारेमा अध्ययन गर्ने चिकित्सकले के कारण मृत्यु भयो भन्ने बारेमा पत्ता लगाउने र समिति समक्ष प्रतिवेदन प्रस्तुत गरेपछि आगामी कार्ययोजना तयार बैठकले गर्ने नर्सिङ निरिक्षक श्रेष्ठले बताइन् । मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्य कार्यक्रमको संयोजकमा पोखरा महानरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ संयोजक, सदस्यहरुमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्य, सामाजिक महाशाखा प्रमुख निर्मला शर्मा, निजि अस्पतालहरुको  प्रतिनिधिबाट चिकित्सक जुनु श्रेष्ठ, कजएसाइन्मेन्ट चिकित्सक डा। नवीन श्रेष्ठ सदस्य रहेका छन् भने सदस्यसचिमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा  नर्सिङ निरिक्षक सविना श्रेष्ठ सहित सात सदस्यीय समिति रहेको छ ।  बैठकमा गर्भवती महिलाहरुलाई जाँच गर्दा फरक फरक कार्ड दिने गरिएको भन्दै त्यसलाई एउटै मनाउने बारेमा सुझाव समेत दिइएको छ । नीजि स्वास्थ्य संस्थाको प्रतिनिधित्व गरेकी मणिपाल शिक्षण अस्पतालकी चिकित्सक जुनु श्रेष्ठले महिला गर्भवती हुन मानसिक र शारिरिक रुपमा तयार छ की छैन भन्ने विषयमा ख्याल गर्नुपर्ने बताइन् । उनले महिलाको अवस्था बारे नबुझी गर्भधारण गर्दा आमाको मृत्यु हुने गरेको बताइन् । मृत्यु दर मानसिक स्वास्थ्य र विभिन्न रोगकका कारण बढेको बताइन् । उनले अझै पनि जनचेतनामुुलक कार्यक्रमको खाँचो रहेको औल्याइन । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले मृत्युको कारण पत्ता लगाई त्यसको न्यूनिकरणमा सचेतना मुलक कार्यक्रम संचालन गनुपर्नेमा जोड दिइन् ।पछिल्लो समय शिक्षित भनिएका गर्भवती महिलाहरुको मृत्यु हुने  गरेको बताउदै स्वास्थ्यका बारेमा सचेत बनाउनुपर्ने अवस्था रहेको बताइन् ।