पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

गण्डकी:    विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मङ्गलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैङ्कको कार्य शुभारम्भ गरिएको हो । सांसद देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैङ्कमा आबद्ध ६७ सदस्यलाई शपथ ग्रहण गराएका थिए । युवालाई गाउँमै रोजगारी सिर्जना, स्थानीय सीप र श्रमको सदुपयोग, मानव संसाधनमार्फत गाउँपालिकाको समग्र विकासलागयत उद्देश्य राखेर श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको उनले बताए । रोजगार बैङ्कमा आबद्ध सदस्यलाई गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माणका आयोजना, निजी क्षेत्र, निर्माण व्यवसाय, कृषि, सहकारी र उद्यमका विकासका काममा लगाइने उनको भनाइ छ । ‘गाउँपालिकामा सञ्चालन हुने विकास योजना, ढुङ्गाखानी उत्खननलगायत स्थानीय उद्योगधन्दामा आवश्यक जनशक्ति आपूर्ति र रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई न्यूूनीकरण गर्न श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको हो,’ अध्यक्ष बिकले भने, ‘पहिलो चरणमा वडा तहबाट आवेदन सङ्कलन गरेर रोजगार बैङ्कमा ६७ जनालाई सूचीकृत गरेका छौँ ।’ स्थानीय दक्ष जनशक्ति परिचालन गरी विकास योजनालाई समयमै र गुुणस्तरीय रुपमा सम्पन्न गराउने, युवाको सीप र दक्षताको प्रयोगमार्फत सामाजिक रुपान्तरण, सामाजिक विकृति न्यूनीकरण, श्रमिकको सम्मान र सुरक्षा गर्ने बैङ्कको उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताए । गाउँपालिकाले बजेट विनियोजन गरेका, सङ्घीय र प्रदेशका आयोजनामा श्रम बैङ्कमार्फत जनशक्ति आपूर्ति गरिने उनले उल्लेख गरे । गाउँपालिकाभित्र रहेका निर्माण व्यवसायी र सञ्चालकहरुलाई पनि रोजगार बैङ्कमा सूचीकृत गरिने जनाइएको छ। चालुु आर्थिक वर्षमा रु तीन करोड छ लाख बजेट बराबरको योजना श्रम बैङ्कमार्फत कार्यान्वयन गरिने गाउँपालिकाका प्रशासकीय अधिकृत प्रकाश गैरेले बताए । ‘विकास निर्माणका अलावा सामाजिक गतिविधिमा पनि श्रम बैङ्कका जनशक्तिलाई परिचालन गर्छौं,’ उनले भने, ‘श्रम बैङ्क सञ्चालनका लागि कार्यविधि बनाएका छौं, श्रमिकको सम्मान र श्रमको उचित ज्यालाको सुनिश्चितता गर्न गाउँपालिका प्रतिबद्ध छ ।’ गाउँपालिकाले ताराखोलामा रहेका सबै दुुई हजार दुुई सय घरधुुरीबाट एकरएकजनालाई बैङ्कमा आबद्ध गराउने लक्ष्य लिएको छ । कार्यविधिमा दैनिक आठ घण्टा काम गर्ने मजदुुरलाई गाउँपालिकाको योजनामा प्रतिघण्टा ११०, प्रदेश, सङ्घीय योजना र निजी क्षेत्रका काममा प्रतिघण्टा ११५ का दरले ज्याला उपलब्ध गराइने व्यवस्था छ । मासिक १७ हजार तीन सय ज्यालामध्ये ३१ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गरिने भएको छ । गाउँपालिकाले श्रमिकलाई काम दिन नसके वा श्रमिकको एक महिनाको ज्याला १० हजार आठ सय २० भन्दा कम दिएमा सामाजिक सुरक्षा कोषमा गाउँपालिकाले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत जम्मा गर्ने व्यवस्था गरिएको छ । एक महिनाको ज्याला १० हजार आठ सय २० भन्दा बढी भएमा गाउँपालिकाले १० प्रतिशत र श्रमिकले २१ प्रतिशत बराबरको रकम जम्मा गर्नुपर्नेछ । श्रम बैङ्कमा आबद्ध निर्माण व्यवसायीले सामाजिक सुरक्षा कोषमा २६ प्रतिशत र गाउँपालिकाले ६ प्रतिशत जम्मा गर्नेछन् । श्रम बैङ्कमा आबद्ध श्रमिक र आश्रित परिवारलाई सामाजिक सुुरक्षा भत्ता, औषधि उपचार, मातृत्व सुुरक्षा योजना, बिरामी बिदा, दुर्घटना बीमा, किरिया खर्च, शैक्षिक छात्रवृत्तिलगायत सुविधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । एकजना श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरुको १० प्रतिशत सहभागितासहित वार्षिक एक लाख १५ हजार १९ खर्च गरिने भएको छ । श्रम रोजगार बैङ्कमा आबद्ध सदस्यहरुका लागि कार्यस्थलमा मादक पदार्थ सेवन गर्न नपाउने, तोकिएको पोसाक र सामग्रीसहित गाउँपालिकाले लगाएको काम गर्नुुपर्ने, काममा अनुपस्थित हुँदा व्यवस्थापकलाई जानकारी गराउनुपर्ने, सार्वजनिक रुपमा गाउँपालिकाविरुद्ध अभिव्यक्ति दिन नपाउनेलगायत आचारसंहिता बनाइएको गाउँपालिकाका अध्यक्ष बिकले बताए । श्रम रोजगार बैंकमा आबद्ध चन्द्रबहादुर रोकाले गाउँपालिकाले युवालाई लक्ष्य गरी रोजगारको कार्यक्रम ल्याएकामा खुशी व्यक्त गरे । केही दिनभित्रमा गाउँपालिकासँग सम्झौता गरेर सबै श्रमिक सदस्य कार्यस्थलमा खटिने उनको भनाइ छ । गाउँपालिकाका पाँचवटै वडाका युवा जनशक्ति श्रम रोजगार बैङ्कमा आबद्ध भएका छन् । युवाको आवेदन र वडा कार्यालयको सिफारिसका आधारमा गाउँ कार्यपालिकाले रोजगार बैङ्कमा आबद्ध हुने श्रमिकको छनौट गरेको थियो । १८ देखि ४० वर्ष उमेर समूहका युुवाका अतिरिक्त प्राविधिक सीपमा दखल राख्ने ६० वर्षसम्मका व्यक्तिहरुलाई समेत आवश्यकताका आधारमा श्रम रोजगार बैङ्कमा आबद्ध गरिने गाउँपालिकाले जनाएको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले श्रमिकको सम्मान र सुुरक्षाका लागि ताराखोला गाउँपालिकाले देशमै नमुना कार्यक्रम सुरु गरेको बताए । गाउँमै रोजगारी सिर्जनाका साथै गुुणस्तरीय पूूर्वाधार विकासमा श्रम रोजगार बैङ्क कोशेढुङ्गा बन्ने उनले विश्वास व्यक्त गरे ।

गुल्मी:    गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरका ६९ वर्षीय मुना महत आगो ताप्ने क्रममा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेका अनुसार मङ्गलबार साँझ करिब ५ः०० बजेको समयमा खाना पकाउने दाउराको चुलोमा आगो ताप्ने  क्रममा महत आफूले लगाएको सुतीको साडीमा अचानक आगो लागि दुवै खुट्टा जलेर घाइते घाइते हुनुभएको हो भएका हुन् ।  घाइते महतको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पाको मिसन अस्पतालमा रिफर गरिएको छ । दुवै खुट्टाको ३७ प्रतिशत भाग जलेको डाक्टरद्वारा जानकारी प्राप्त भएको बताइएको छ । 

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले फेसबुकमा फेक आइडीमार्फत ठगी गर्न खोजेको आरोमा तीन युवकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २ढ तालचोकका २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर नगरपालिका १३ का २०वर्षीय पवेश रिमाल र सिरहाको लाहान नगरपालिका १ रमाद मटियवरा बस्ने २१ वर्षीय पुनिक सिंह रहेका छन् ।   प्रहरीका अनुसार उनीहरुले केटीको फेक आइडी बनाएर पुरुष व्यक्तिहरुलाई अश्लिल भिडियो कल गरी स्किृन रेकर्ड गरी सार्वजनिक गर्ने धम्की दिई रकम माग्ने गरेका थिए ।   उनीहरु विरुद्ध परेको उजुुरीका आधारमा चितवन प्रहरीको समन्वयमा हिजो पक्राउ गरी कास्की ल्याइएको छ ।   पक्राउ परेका उनीहरुमाथि ठगी, आपराधिक विश्वासघात तथा लाभ (एक्सटर्सन) सम्बन्धि कसुर र विद्युतीय अपराध सम्बन्धि कसुरमा अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं: जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ ।   जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।     जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ ।

पोखरा:   सहकारीको क्षेत्र विस्तारका क्रममा घुस लिएको आरोपमा पक्राउ परेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली जेल चलान भएका छन् ।   न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।   यस्तै सञ्चालक समितिका सदस्य गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराललाई थुनामा पठाउन आदेश दिएको हो ।   सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उनले पोखराको मित्रमिलन सहकारीको क्षेत्र ११ वटै जिल्लामा विस्तार गर्नका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोप छ ।    

काठमाडौं:   मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३:३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ । प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराउनुभएको हो । “प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ,” एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दे उल्लेख गरेको छ । सोमबारदेखि जापानमा कम्तीमा एक सय ५५ वटा भूकम्पका धक्का अनुमान गरिएको छ ।

पोखरा:    पोखरामा रोटरी डिस्ट्रिक ३२९२ ले आयोजना  गर्ने रोटरी युथ लिडरसिप अवार्ड ९राइला० कार्यक्रमको तयारी तिब्र पारिएको छ । आगामी पुष २६ देखि २९ गतेसम्म पोखराको लेवाडेमा हुने रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको तयारी व्यापक बनाइएको  राइलाका चियर राजेन्द्र लिगलले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा १६–२० वर्ष उमेर समूहका ५० जना युवाको सहभागिता रहने छ ।  ‘रोटरी डिस्ट्रिक ३२९२ को आयोजनामा रोटरी युथ लिडरसिप अवार्ड (राइला) हामीले प्रत्येक वर्ष विभिन्न स्थामा आयोजना गर्दै आएका छौं’, लिगलले भने,‘ राइला कार्यक्रम यसवर्ष हामीले पोखरामा आयोजना गर्दै छौं पोखराको सम्पूर्ण क्लब यसको तयारीमा लागि परेका छौं ।’ उनले युवाहरुलाई नेतृत्वदायी भूमिकामा पु¥याउने र नेतृत्व केहो भन्ने बुझाउन रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रम आयोजना गरेको बताए ।  ‘रोटरी युथ लिडरसिप अवार्ड (राइला) को मुख्य उद्धेश्य भनेको युवाहरुलाई नेतृत्वदायी बनाउने हो, युवाहरुलाई दुव्र्यसनी र नराम्रो काममा लाग्नबाट बचाउने कार्यक्रमको उद्धेश्यको हो’, उनले भने, ‘यो अवार्ड विभिन्न उमेर समूहका युवाहरुलाई वितरण गर्दै गर्दै आएका छौं यस वर्ष भने हामीले १६–२० वर्ष उमेरसमूहका लागि वितरण गर्दै छौं ।’ राइला कार्यक्रमले युवालाई नेतृत्व विकासमा सहयोग पु¥याउने बताउँदै उनले चार दिनको कार्यक्रममा युवाहरुलाई विभिन्न तालिमहरु प्रदान गर्ने बताए । उनका अनुसार यसपटकको अवार्ड कार्यक्रममा नागरिकको अधिकार र कर्तव्य सम्बन्धि विषयसमेत समावेश गरिएको छ । ‘कुनै पनि देशको नागरिकको देशको विकास के छ के हुँदै छ भन्ने जान्न पाउने अधिकारी नागरिकको हो, त्यसैले वर्षको अवार्ड कार्यक्रममा नागरिकको अधिकार के हो ? भन्ने विषयपनि  समावेश गरेका छौं ।’ रोटरी युथ लिडरसिप अवार्ड कार्यक्रममा रोटरीसंग सम्बन्धीत विज्ञ व्यक्तिहरुले उत्पेरक तथा नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गर्ने जनाइएको छ । सहभागीहरुको क्षमता दक्षता र सिकाइको आधारमा युवा नेतृत्व छनौट गर्दै अवार्ड प्रदान गरिने छ ।  

काठमाडौं:    सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग विशेष रूपान्तरण अभियान’ ले नागरिकमा आशा पलाएको दाबी गरेको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले चार महिने अभियानले पार्टीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरे । उनले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनर्गठन गरेको बताए ।  प्रवक्ता सापकोटाले अभियानले कार्यकर्तामा जागृति ल्याएको, चुनावको बेलामा मात्रै नभई माओवादी अरू बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गरे । अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरूको सङ्ख्या बढाउन उल्लेखनीय भूमिका खेलेको उनको भनाई छ ।  उनले भने, ‘जनतासँग विशेष रूपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ । टोल कमिटीदेखि समिति गठन, पुनर्गठन भएको छ । कार्यकर्तामा जागृति आएको छ । नागरिकमा आशा पलाएको छ । यो अभियानले माओवादी चुनावको बेलामा मात्रै होइन अरू बेलामा पनि आउँदा रहेछन् भन्ने खालको नागरिकमा आशाका झिल्का पैदा भएको छ ।अभियानले गर्दा उल्लेखनीय सङ्ख्यामा पार्टी प्रवेश गर्नेको सङ्ख्या पनि बढेको छ । नागरिक हामीतिर फर्किएका छन् ।’ प्रवक्ता सापकोटाले अभियानले सदस्यता नवीकरण तीव्रताका साथ अघि बढाउन भूमिका खेलेको पनि बताए ।