पोखरामा रोटरी युथ लिडरसिप अवार्डको (राइला) तयारी तिब्र

५० जनाको सहभागिता रहने

पाेखरा | पुस १७, २०८०

पोखरामा रोटरी युथ लिडरसिप अवार्डको (राइला) तयारी तिब्र

पोखरा:    पोखरामा रोटरी डिस्ट्रिक ३२९२ ले आयोजना  गर्ने रोटरी युथ लिडरसिप अवार्ड ९राइला० कार्यक्रमको तयारी तिब्र पारिएको छ ।


आगामी पुष २६ देखि २९ गतेसम्म पोखराको लेवाडेमा हुने रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको तयारी व्यापक बनाइएको  राइलाका चियर राजेन्द्र लिगलले जानकारी दिए ।


उनका अनुसार सो कार्यक्रममा १६–२० वर्ष उमेर समूहका ५० जना युवाको सहभागिता रहने छ । 


‘रोटरी डिस्ट्रिक ३२९२ को आयोजनामा रोटरी युथ लिडरसिप अवार्ड (राइला) हामीले प्रत्येक वर्ष विभिन्न स्थामा आयोजना गर्दै आएका छौं’, लिगलले भने,‘ राइला कार्यक्रम यसवर्ष हामीले पोखरामा आयोजना गर्दै छौं पोखराको सम्पूर्ण क्लब यसको तयारीमा लागि परेका छौं ।’


उनले युवाहरुलाई नेतृत्वदायी भूमिकामा पु¥याउने र नेतृत्व केहो भन्ने बुझाउन रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रम आयोजना गरेको बताए । 


‘रोटरी युथ लिडरसिप अवार्ड (राइला) को मुख्य उद्धेश्य भनेको युवाहरुलाई नेतृत्वदायी बनाउने हो, युवाहरुलाई दुव्र्यसनी र नराम्रो काममा लाग्नबाट बचाउने कार्यक्रमको उद्धेश्यको हो’, उनले भने, ‘यो अवार्ड विभिन्न उमेर समूहका युवाहरुलाई वितरण गर्दै गर्दै आएका छौं यस वर्ष भने हामीले १६–२० वर्ष उमेरसमूहका लागि वितरण गर्दै छौं ।’


राइला कार्यक्रमले युवालाई नेतृत्व विकासमा सहयोग पु¥याउने बताउँदै उनले चार दिनको कार्यक्रममा युवाहरुलाई विभिन्न तालिमहरु प्रदान गर्ने बताए । उनका अनुसार यसपटकको अवार्ड कार्यक्रममा नागरिकको अधिकार र कर्तव्य सम्बन्धि विषयसमेत समावेश गरिएको छ ।


‘कुनै पनि देशको नागरिकको देशको विकास के छ के हुँदै छ भन्ने जान्न पाउने अधिकारी नागरिकको हो, त्यसैले वर्षको अवार्ड कार्यक्रममा नागरिकको अधिकार के हो ? भन्ने विषयपनि  समावेश गरेका छौं ।’


रोटरी युथ लिडरसिप अवार्ड कार्यक्रममा रोटरीसंग सम्बन्धीत विज्ञ व्यक्तिहरुले उत्पेरक तथा नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गर्ने जनाइएको छ । सहभागीहरुको क्षमता दक्षता र सिकाइको आधारमा युवा नेतृत्व छनौट गर्दै अवार्ड प्रदान गरिने छ ।
 

पोखरा:   कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गा...

थप पढ्नुहोस्

काठमाडौं:  शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्ग सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ।  आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गरा...

थप पढ्नुहोस्

मनाङ:  यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षका जिग्नेस कुमार लल्लुभाई पटेल र १७ वर्षकी प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ । ...

थप पढ्नुहोस्