पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

७ लाख बढी स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन्।    सप्तरी रूपनी नगरपालिका-१ खाडोपुलमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।   अग्निसाइर कृष्णसवरण नगरपालिका(२ बस्ने २७ वर्षीया सिमा भन्ने सागरकुमारी चौधरी र लहान नगरपालिका(१ बस्ने २६ वर्षीया चन्दा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट ७ लाख ८६ हजार ५०० रुपैयाँ स्रोत नखुलेको नगद बरामद भएको हो। विशेष सूचनाको आधारमा सोमबार खटिएको प्रहरीको टोली खटिएको थियो।    चेकिङ गर्नेक्रममा पूर्व जाँदै गरेको प्र-१-००-४८ प ३०९० नम्बरको स्कुटरको डिक्कीमा ७ लाख ५० हजार नगद र चालक सागरकुमारी चौधरीबाट ३६ हजार ५०० रुपैयाँ बरामद भएको हो।

झापामा बालिकामाथि बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरूष पक्राउ परेका छन्।   ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिवसताक्षी नगरपालिका-५ का ५५ वर्षीय फुलसिंह ताजपुरिया पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।   ताजपुरियाविरूद्ध पीडितका परिवारले घर निजिकै खेल्न गएकी बालिकालाई ललाइफकाइ बलात्कार गरेको भन्दै उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

बाजुरा: जिल्लामा मौसम बदलीसँगै भएको दैवी बिपत्तिमा विगत तीन महिनामा पाँच जनाको मृत्यु भएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले सार्वजनिक गर्नुभएको विवरणअनुसार बाढी र पहिरोमा परेर दुई जनाको मृत्यु भएको थियो भने चट्याङ लागेर, लेक लागेर र करेन्ट लागेर एक–एक जनाको मृत्यु भएको थियो ।    यसैगरी बाढी र पहिरोमा परी एकजना बेपत्ता हुनाका साथै तीन पशुचौपाया र ३० जङ्गली जनावरको मृत्यु भएको थियो । बाढीपहिरो र चट्याङ लागेर एक पशुचौपाया घाइते भएको प्रहरी निरीक्षक दानसिं भण्डारीले जानकारी दिनुभयो । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा दर्शनका लागि गएका दुई तीर्थयात्री लेक लागेर घाइते भएका थिए ।   महिला हिंसाका आठवटा उजुरी परेकामा सातवटाको सुनुवाइ भइसकेको छ । प्राप्त निवेदनअनुसार ज्येष्ठ नागरिक, महिला, बालबालिका गरी ११ जना हराएकामा छ जना फेला पारेको र पाँचजना अझै बेपत्ता भएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।    नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी चौकी स्थापनाको माग भएर आए पनि जनशक्ति अभावका कारण चौकी स्थापना हुन सकेका छैनन् ।    स्थापना भएर सञ्चालन भएका प्रहरी चौकीहरु  पनि जग्गा अभावका कारण भाडाका घरमा बसेर नागरिकलाई शान्ति सुरक्षा दिँदै आएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो  । रासस

इजरायलमा विद्रोही समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ।   सरकारले भारतीय जहाजमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको उद्धार जहाजमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए।   ‘१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने। परराष्ट्र मन्त्रालयले स्थानीय समयअनुसार तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ।   मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए।   नयाँ दिल्लीस्थित नेपाली दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याउने छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।   उनीहरू मंगलबार बेलुकी ६-७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११ औँ अधिवेशन काठमाण्डौमा शुरु भएको छ । चार दिनसम्म चल्ने अधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो ।   कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा हासिल गरेको ज्ञान, सिप र लगानी नेपालको विकासमा महत्त्वपूर्ण हुने बताउनुभयो । एनआरएनएहरुले विदेशी नियोगसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन, पर्यटक भित्र्याउन, नेपाली वस्तु विदेशमा निर्यात गर्न र नेपालको गौरवगाथा विश्वभर फैलाउन सक्ने उहाँको भनाइ छ ।   अधिवेशनमा ५९ देशका  ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदैछन् ।  गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा डा।बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाले उम्मेदवारी दर्ता गरेका छन् ।  

चाडपर्वका बेला सुरक्षा सतर्कता अपनाइ आफू, आफ्नो परिवार, छिमेक र समाजलाई सुरक्षित राख्न प्रहरीले अनुरोध गरेको छ ।   काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वका बेला  सचेत र चनाखो हुन आग्रह गर्नु भएको छ । बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान उहाँको अनुरोध छ ।   यस्तै, नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भिडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्यालढोका राम्रोसँग बन्द गरेको छरछैन यकिन गर्न र सकेसम्म साइरन जडित ताल्चा जडान गर्न, लामो समय घर, पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा नजिकैको प्रहरीलाई खबर गर्न भनिएको छ ।   यस्तै, सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकिङको पासवर्डलगायत हरदम गोप्य राख्न, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले भ्याउने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न अनुरोध गरिएको छ ।   लङ्गुरबुर्जा, तास, जुवालगायतका हारजित हुने खेल खेल्दा उठिबास हुनसक्नेतर्फ सचेत हुन, बनौँ बन्न, जाँड रक्सी तथा लागुपदार्थ सेवन गरेर गाडी नचलाउन, ट्राफिक नियमको पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ । उपत्यका प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर उपत्यकामा सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन पनि अनुरोध गरेको छ ।   

कैलालीमा बेमौसमी वर्षा भएपछि किसान दुःखी भएका छन्। धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले किसानलाई चिन्तित बनाएको हो। सोमबार दिउँसोबाट वर्षा सुरु भएपछि धान पाकेर भित्र्याउ जुटेका किसान बाली नोक्सान हुने पीरले चिन्तामा छन्।   टीकापुरका किसान निर्मल विकले काटेर सुकेको धान पानीमा भिजेको छ। पानी पर्ने सूचना पाएपछि धान थ्रेसिङ  गर्ने ९दाउने० तयारी गरे पनि ट्रयाक्टर नपाउँदा निर्मलको सुकेको धान खेतमै भिज्यो।  ‘ट्रयाक्टर आउँछ भनेर बाटो कुरेर बसेँ, आएन, समयमै धान घर भित्र्याउन पाइएन,’ उनले भने, ‘हावाहुरीले धान यत्रतत्र छरिएको छ । अझै वर्षा भएमा धानबाली खेतमै सड्ने चिन्ता बढेको छ।’   अर्का किसान पदम ओलीको खेतमा धान पाकेर बाला झुलेका छन्। वर्षाको डरले धान नकाटेका पदमको खेतमा सोमबारको हावाहुरीसहितको वर्षाले क्षति पु¥याएको छ। ‘हिजोको वर्षा र हावाहुरीले धान भाँचेको छ,’ उनी भन्छन्, ‘अझै वर्षा भएमा धानबालीमा धेरै क्षति हुन्छ। धान घर भित्र्याउने बेलामा हरेक वर्ष किन वर्षा हुन्छ होला ?’   कैलालीको किसानले हरेक वर्ष आउने बेमौसमी वर्षाका कारण पछिल्ला तीन वर्षयता धानबाली राम्ररी भित्र्याउन पाएका छैनन्।   कैलालीमा अधिकांश किसानले धान काटेको, अधिकांशको काट्न बाँकी छ। यस्तो बेलामा आएको वर्षाले किसान खुसी हुनसकेका छैनन्। ‘विसं २०७८ मा आएको वर्षापछिको बाढीले तीन बिघा धानबाली बगेर गयो, गत वर्ष पूर्वसूचना पाएर बाली काटेनौँ, गत वर्ष पनि आधामात्रै जोगियो,’ टीकापुर–५ का किसान हरि चौधरीले भने, ‘यस वर्ष पनि मौसमसम्बन्धी सूचना हेरेर धान काटेका छैनौँ, तर हावासहितको पानी आएकाले आधा नोक्सान भइसक्यो, अझै वर्षा भएमा यस वर्ष पनि धानबाली भित्र्याउन नपाइनेजस्तै छ।’ किसान पार्वती चौधरीले पानी आउन थालेपछि बोक्दाबोक्दै काटेको धान भिजेको बताए। ‘मौसम परिवर्तन हुन थालेपछि हतार–हतारमा काटेको धान बोक्यौँ तर सकिएन,’ उनले भने, ‘आधाआधी बोक्यौं, बाँकी धान खेतमै भिज्यो।’   टीकापुर–४ का किसान विपीन चौधरीले किसानले काटेको धान खेतमै थुप्रो लगाएका बताए। ‘किसान दिनभरि तनाबमा रह्यौं, अधिकांशले काटेको धान खेतमै थुप्रो लगाएका छन्, उनले भने, ‘अब यसरी राखिएको धान फेरि मुठा खोलेर सुकाउनुपर्छ, किसानको काम पनि बढ्यो, बालीमा समेत क्षति भयो।’ वर्षा अझै हुने भएकाले कृषि प्राविधिकले किसानलाई केही दिन धान बाली नकाट्न सल्लाह दिएका छन्। कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले सूचना प्रकाशित गरेर किसानलाई बाली नकाट्न सल्लाह दिएका छन्।

सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरू गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्रि केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरे।   जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो। ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए।   नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ। विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ।   संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो। ​ सतहत्तरवटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए। गैरआवासीय नेपाली नागरिकताका लागि आजदेखि गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन्। आगामी कात्तिक १ गतेदेखि सबै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने उनले बताए। 

म्याग्दी:  दुई महिनाअघिको बाढीको पीडा भुुलेर मुुस्ताङको बारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटेका छन् । गएको साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुुर्याएको थियो ।    गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताउनुभयो ।    बस्तीमा पसेको बाढीको गेग्रान पन्छाउने काम जारी छ । बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर बगाइएको छ । अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ । खानेपानी र विद्युत् आपूर्ति सहज बनाएका छौँु, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो, ुबाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छौँ । यी काम गर्न छिमेकी गाउँका बासिन्दाले आर्थिक सहयोगका साथै श्रमदान गर्नुभएको छ । सुरक्षा निकायले पनि जनशक्ति उपलब्ध गराएका छन् ।   गाउँपालिका, दाता र प्रभावितहरूले एक करोड रुपैयाँभन्दा बढी चन्दा जुटाएर कागबेनी बजारमा थुप्रिएको गेग्रान उठाएर फाल्ने काम गरिरहेका छन् । छिमेकी गाउँका बासिन्दाका साथै पोखरा, काठमाण्डौ र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सहयोग रकम सङ्कलन गरेर पठाएका हुन् । व्यक्तिगत घरभित्र पसेको गेग्रान पन्छाउन घरधनीले मजदुर परिचालन गरेका छन् । चन्दाको रकम परिचालन गरेर चार डोजर, ब्याकुहोलोडर परिचालन गरी खोला र सार्वजनिकस्थलको बाढीको गेग्रान निकालेर टिपरमा राखेर फाल्ने काम भइरहेको उहाँले बताउनुभयो ।    तिरीगाउँ र कागबेनीमा आवतजावत गर्न तीनवटा अस्थायी पुल बनाएर आवतजावत सहज बनाइएको छ । घरमा पूर्ण क्षति भएका बाहेकका नागरिक बाढी पन्छाएर घर र व्यवसायमा फर्किएका छन् । बाढीले घर भत्काएपछि करिब एक महिना छिमेकीकोमा आश्रय लिएर बस्नुभएकी युनुङ गुरुङले गोठलाई मर्मत गरेर त्यहाँ बस्न थालेको र बाढी पन्छाएपछि घर पुनःनिर्माण गर्ने योजना रहेको बताउनुभयो ।    क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो ।