पाेखरा ।    गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइ बहुमतको नयाँ सरकारलाई धेरै अवसर रहेको बताएका छन् ।   बुधबा...

नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ ।   आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुविहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुरु गरेको छ ।    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौँ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको हो ।    आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिनुभयो । हङकङ जाने यात्रुलाई काठमाडौँ हुँदै गन्तव्यमा पुर्‍याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौँ विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ ।    महाप्रबन्धक पाण्डेले आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको जानकारी दिनुभयो । उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुल्ला गरेको थियो ।    नेपाल वायुसेवा निगमले मलेसिया(भैरहवा रुटमा थप जेठ ३० गतेबाट उडान सुरु गरेको थियो । त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो ।  रासस

पोखरा:  मानवअधिकारकर्मी तथा वामपन्थी नेता टेकनाथ बरालको आज निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बरालको निधन भएको हो ।  विसं १९९६ मा पोखरा नुवारथोकमा जन्मिएका बराल २००७ सालमै राना विरोधी आन्दोलनमा सहभागी थिए । वि.सं. २०१३ मा उनी रात्री पाठशाला छात्र संगठनको अध्यक्ष भएका थिए । २०२१ मा उनीमाथि चोरी आरोप लागेपछि भागेर बनारस पुगेका थिए । सोही क्रममा उनी पुष्पलालको हातबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । बनारसबाट मेट्रिक पास गरेका उनी २०२२ मा नेपाल छात्र संगठनको चुनावमा नेकपाको तर्फबाट सचिव चएका थिए भने ०२९ सालमा पञ्चायतविरोधी गतिविधि गरेको भन्दै देश निकाला भएका थिए । २०४६ सालको आन्दोलनमा बाममोर्चा नेतृत्व र ०५० सालमा बाममोर्चाको अध्यक्षका रुपमा काम गरिसकेका छन् । उनी राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिको संस्थापक अध्यक्ष पनि हुन् । पछिल्लो समय उनी सम्पदा संरक्षणको पक्षमा आवाज उठाउँदै आएका थिए ।

नवलपुर: नवलपुरको विभिन्न विकासका विषयमा जिल्लाको टोलीद्वारा प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएको छ ।    जिल्ला समन्वय समिति नवलपुरको समन्वयमा संघीय तथा प्रदेश सांसद, पालिकाका जनप्रतिनिधि ,जिल्लाका राजनीतिक दलका प्रतिनिधि लगायतको सँयुक्त उपस्थितिमा प्रधानमन्त्री समक्ष जिल्लाको विकासका विषयमा ध्यानाकर्षण गराएको हो ।   जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले जिल्लामा विभिन्न योजना तथा बजेट सुनिश्चितताको माग गरिएको बताए ।   उनले नमूना सदरमुकामको काम अघि बढ्न नसकेको र गत वर्षको बजेटसमेत फ्रिज भएको हुदाँ उक्त कार्यलाई तत्काल अगाडि बढाउनका लागि कार्यक्रममा समावेश गरी आवश्यक बजेट  व्यवस्था गरिदिन ध्यानाकर्षण गराइएको प्रमुख विश्वकर्माले जानकारी दिए ।   उक्त टोलीले बुझाएको पत्रमा नवलपुर (ब.सु.पू.) जिल्लाको गण्डकी प्रदेश राजधानी जोड्ने पहाडी मार्गलाई छिटो सम्पन्न गर्न जोड दिनुपर्ने,  जिल्लाको नमुना सदरमुकाम हुँदै बग्ने केरुङ्गे खहरे खोला लगायत जिल्लामा अवस्थित अन्य खोलाहरु मानवबस्ती भन्दामाथी भएकाले सोबाट निकट भविष्यमा कावासोती बजार र अन्य क्षेत्रमा पर्न सक्ने जोखिमलाई ध्यान दिँदै खोला व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्नुपर्ने, नवलपुर (ब.सु.पू.) जिल्लामा पर्ने नेपालकै सबैभन्दा ठूलो धौबादी फलाम खानी संचालनमा ल्याउन आवश्यक बजेट व्यवस्था गर्नुपर्ने, नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लाको नाम परिवर्तन गरि नवलपुर जिल्ला नामाकरण गर्नु पर्ने, दुम्कीबासबाट त्रिवेणी जोडने सडकलाइ तत्काल संचालनमा ल्याउनु पर्ने,  प्रदेश औद्योगिक क्षेत्र लोकाहाको कार्य अगाडी बढाउनु पर्ने उल्लेख छ ।     जिल्ला समन्वयको संयोजनमा पुगेको टोलीमा संघीय सांसद डा. शशांक कोइराला, प्रदेश सांसद रोशन बहादुर गाहा, दमयन्ती रूचाल, देवचुलीका नगर प्रमुख हरिप्रसाद न्यौपाने, गैंडाकोटका मेयर मदन भक्त अधिकारी , विनयी त्रिवेणीका अध्यक्ष घनश्याम गिरी, माओवादी केन्द्रका नेता किसन शर्मा लगायत विभिन्न राजनीति दलका व्यक्तिको सहभागीता रहेको थियो ।   प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नवलपुरको भूगोलका विषयमा आफू जानकार रहेको र उठाएका विषय सम्बोधनका लागि पहल गर्ने धारणा राखेका थिए ।  

तनहुँमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्।   ऋषिङ गाउँपालिका- ६ स्थित ज्यामिरेमाई आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन्। उनी त्यहीँका स्थानीय हुन्।    थापाविरूद्ध भदौ ३ गते सोही विद्यालयमा पढ्ने १२ वर्षीया छात्रालाई बलात्कार गरेको उजुरी प्रहरीमा आएको थियो। त्यसपछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले बताए।   थापालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको एसपी विष्टले जानकारी दिए।

काठमाण्डौ:  सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८० पारित गरेको छ ।    शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खासगरी विद्यार्थीहरू ठूलो मर्कामा परेका थिए । अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।   गृहमन्त्रीको सचिवालयका उपसचिव वेदनिधि खनालले सहज बनाउने र त्रुटि भएको सच्याउने समय थप हुनेगरी नियम पारित भएर आएको जानकारी दिनुभयो । शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकताबाहेक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन् ।   कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकतासम्बन्धी प्रचलित कानुनबमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नाम थर संशोधन गराएकामा त्यसबमोजिम एसएलसी, एसईई वा कक्षा १२ को प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नाम थर सच्याउन चाहेमा एक पटकका लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ ।   ‘तर कुनै विद्यार्थीले यो उपनियम प्रारम्भ हुनुअघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नाम थर संशोधन गराएकामा त्यसबमोजिम एसएलसी, एसईई वा कक्षा १२ को प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नाम थर सच्याउन पाँच वर्षभन्दा पुरानो कुनै व्यक्तिले पनि एक पटकका लागि यो उपनियम प्रारम्भ भएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ’, उल्लेख छ ।    त्यसैगरी नागरिकता सच्याएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्याउन दरखास्त दिन पाउनेछ । गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकले त्यो नियम पारित गरेको जनाएको छ ।

पोखरा:  नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीको सातौ वार्षिक साधारण सभाको अवसरमा समुदायलाई योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।   गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्र बहादुर थापामगरले नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापामगर, हास्यकलाकार तथा नेपाल मगर सांस्कृतिक संघका संस्थापक अध्यक्ष दिपक थापामगर, नृत्य निर्देशक घनश्याम पुनमगर, पोखरा महानगरपालिका सदस्य भिम कुमारी पुनमगरलाई खादा, मालाले सम्मान गरे ।   सो अवसरमा बोल्दै वनमन्त्री थापामगरले संस्कृतिको संरक्षण गर्ने समय आएको बताए । उनले मगर समुदाय संस्कृतिमा धनि रहेको बताउदै उजागर र संरक्षणको जिम्मेवारी कलाकारहरुको काधमा रहेको धारणा राखे ।   उनले देश विकास सवालमा पनि मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउदै आगामी दिनमा पनि सोही अनुरुप लाग्नुपर्ने बताए । उनले फरक प्रसंगमा बोल्दै जातिय सद्भाव कायम गर्न सबैले विवेक पुर्याएनुपर्ने भएकाले अराजकता तर्फ उन्मुख हुन नहुने बताएका थिए ।     सो कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापा मगर, कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रिय समितिका भाषिक उपाध्यक्ष फुलकुमारी थापा मगर, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापा मगर, पत्रकार शान्ति गुरुङ लगायतले बोलेका थिए ।    कार्यक्रममा मगर समुदायमा प्रचलित सांस्कृतिक नृत्यहरु कौरा, घाटु, सालैजो प्रस्तुत गरिएको थियो ।   सभाको बन्दसत्रमा कोषाध्यक्ष सोममाया आलेमगरले आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन सचिव बसन्ती थापामगरले प्रस्तुत गरेका थिए ।    संघका अध्यक्ष सरिता सारुमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममाा उपाध्यक्ष दिलु फगामी मगरले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव बसन्ती थापामगर र सहसचिव रामचन्द्र थापा मगरले सँयुक्त रुपमा गरेका थिए ।  

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि भने छोड्न आवश्यक नभएको बताएका छन् ।   संसदमा मंगलबार भएको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेका बताए । त्यही कारण राजनीतिक प्रणालीप्रति जनतामा छाएको वितिष्णालाई चिर्न सफल भएको उनको दाबी छ । दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने जनतामा परेको भन्दै उनले भने, ‘कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम गरेका छैन ।’   दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् भनेर आफूले भनेको भन्दै प्रधानमन्त्रीले भने, ‘यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन मेरो पार्टीको त के कुरा ।’ आफ्नो या पराय भनेर विभेद नगरेको भन्दै उनले सबै भ्रष्टाचारमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा करबाही गर्ने बताएका छन् ।

पोखरा:   पोखराको प्रतिष्ठित सहारा क्लबले गत वर्षको पौष १४ देखि २३ गतेसम्म पोखरा रंगशालामा भएको फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गरेको छ ।   पत्रकार सम्मेलन गर्दै आज (मंगलबार) गत वर्ष सम्पन्न २२ औं आहा ! रारा पोखरा गोल्डकप २०७९, फूटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो ।   क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजले सो प्रतियोगिताबाट कुल ३ लाख १८ हजार ६ सय ५७ रुपैयाँ बचत भएको बताए ।    उनका अनुसार प्रतियोगितामा प्रवेश शुल्क (टिकट) बाट १७ लाख ८६ हजार ९ सय ३० रुपैयाँसहित कुल आम्दानी ९४ लाख ६५ हजार ६ सय २६ रुपैयाँ भएको थियो भने खर्च ९१ लाख ४६ हजार ९ सय ६९ भएको थियो ।   कुल १० टिमको प्रतिस्पर्धा रहेको सो प्रतियोगिताको उपाधि संकटा क्लब काठमाण्डौंले जितेको थियो ।   सहारा क्लबले ‘आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने नारासहित क्लबद्वारा सञ्चालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई सहयोग गर्दै आएको छ ।  

पोखराः   सधैं झै तनहुँका १६ वर्षीय युनिश थापा साउन ३० गते पनि झोला बोकेरै स्कुल गए ।   विज्ञान विषयको गृहकार्य (होमवर्क) नगरेपछि सजायस्वरुप सय पटक उठबस गरे । पछि गणित विषयको समयमा सोही कक्षाकै एकजनासँग झगडा गरेपछि थापालाई गणित शिक्षकले फेरि उठबसको सजाय सुनाए । त्यसपछि सजाय भोगीरहेका युनिश १ सय पटक गर्दै गर्दा एक्कासी ढले ।   यो घटना तनहुँको ब्राइट फ्युचर स्कुलको हो । स्कुल अवधिमै ढलेका थापाको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएपछि कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई मानसिक र शारीरिक यातना दिइएको खुल्न आएको हो । अस्पतालको रिपोर्टका अनुसार  युनिशको पिसाबमा रगत देखिएको, खुट्टाको मसल च्यातिएको र कलेजोमा समस्या देखिएको उनका आमा सुनिता खत्री थापाले बताइन् ।   ‘विद्यालयमा झगडा र होमवर्क नगरेको भन्दै सजाय दिँदा अहिले बाबुको स्वास्थ्यमा असर परेको छ’, खत्री थापाले भनिन्, ‘विद्यालयमा दिएको सजायको कारण नै बाबु राम्रोसँग बस्न र ट्वाइलेट बस्न पनि नसकेपछि भदौ १ गते अस्पताल भर्ना गरेको हो । अहिले उपचार पछि घर फर्किएका छौं ।’ विद्यालयमा सजाय पाएकै कारण युनिश साउन ३१ गते विद्यालय जान नमानेपनि फकाएर विद्यालय पठाएको सुनिताले सुनाइन् । उनका अनुसार ३२ गते झन् गाह्रो भएपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । युनिश ६ दिनको उपचारपछि अहिले घरमै आराम गरिरहेका छन् । विद्यालय प्रशासनसँग सो विषयबारे बुझ्दा प्रशासन शाखामा कार्यरत कर्मचारी मनिषा थापाले भनिन्, ‘होइन त्यो बच्चा आफै के–के लागुपदार्थ सेवन गर्ने गरेको, बाबामम्मीले पोखरामै कता कता लानुभको र नसकेर पोखराको स्टुडेन्ट यहाँ लिएर आका हुन् के उल्लाई ।’ तर विद्यालयमा दुईजनाबीच झगडा भएपछि शिक्षकले उठबस गराउन लगाएको भने उनले स्वीकारिन् । ‘त्यो बाबुचाँही क्लासमा आफ्नो साथीसँग झगडा गरिराको रैछ । टाउकोमा हानाहान गरिरराको रहेछ । त्यसपछि उनीहरुलाई गणित शिक्षकले सक्छौ भने उठबस गरन भनेपछि गर्दै गर्दा १ सय चोटीमा उ ९युनिश थापा० लडेको हो,’ उनले भनिन् । दुई विद्यार्थीबीच कुटाकुट गरेको भिडियो सिसिटिभी फुटेजमा देखिएको उनले बताइन् । ‘विद्यालयमा यस्तो घटना भएको भनेर जानकारी आएपछि सिसीटिभी हेर्दा फुटेजमा त्यो रेकर्ड देखिएको छ’, ति कर्मचारीले भनिन्, ‘घटना भएको भोलिपल्ट विद्यार्थी विद्यालय आएपनि त्यसपछि विद्यालयमा आएका छैनन् ।’