पोखरा:   जब प्रकृति, संस्कृति र आतिथ्य एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यको सङ्गम हो भन्द...

धनगढी: अछामको ढकारीमा मृत भेटिएकी दुई किशोरीको हत्या भएको आशङ्का गरिएको छ । रहस्यमय मृत्यु भएको भन्दै पोष्टमार्टमका लागि शव नेपालगञ्ज पठाइएको छ भने प्रहरीले आशङ्का गरिएका दुई युवकलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका दुबै जनाको नाम गोप्य राखिएको छ । ढकारी गाउँपालिका– १ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ दुई किशोरी मृत भेटिएका थिए । शुक्रबार देखि हराइरहेका ढकारी गाउँपालिका– ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको शव शनिवार साँझ जङ्गलमा भेटिएको थियो । शुक्रवार बाख्रा हेर्न गएका किशोरीहरू शनिवार मृत अवस्थामा फेला परेका थिए । मृत भेटिएका दुबै किशोरी फुपू/भदैनी नाता पर्ने हुन् । सरस्वती फुपू र ईशरा भदैनी हुन् । आफन्तले उनीहरूको हत्या भएको दाबी गर्दै आएका छन् । घटना रहस्यमय नै देखेपछि प्रहरीले पनि पोष्टमार्टमकै लागि शव नेपालगञ्ज पठाइएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी र प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसहितको टोली घटनास्थलमा पुगेको थियो । परिवारका सदस्यहरूले सुरुदेखि नै हत्याको दाबी गरिरहेका छन् । पोस्टमार्टम पछि मात्रै घटनाका तथ्यहरू खुल्ने डीएसपी भण्डारीले जानकारी दिए । ‘हामी घटनास्थलको अध्ययन गरेर फर्किएका छौँ, अहिलेसम्म कसरी घटना घट्यो भन्ने कुनै तथ्य बाहिर आएको छैन’ उनले भने, ‘पोस्टमार्टम गर्छौँ त्यसपछि केही कुरा बाहिर आउला ।’ अछाममै पोस्टमार्टमको व्यवस्था भए पनि घटना गम्भीर भएकाले शव नेपालगन्ज पठाइएको प्रहरीको भनाइ छ । डीएसपी भण्डारीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि प्रयोग गरिएको छ। उनीहरूको शव अलगअलग ठाउँमा फेला परेको डीएसपी भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै किशोरीको टाउकोमा गहिरो चोट लागेको छ भने अन्य भागमा पनि चोटहरू लागेका छन् । शव भेटिएको स्थानमा मरेको गोरु फालिएको थियो । त्यहाँ नै शव फाल्दा गन्ध गोरुको आउने र आशङ्का नहुने मनसाय देखिएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले पनि घटनाबारे गहिरो अनुसन्धान भइरहेको बताए ।

पोखरा:   एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सोमबार ४ खेल हुने भएका छन् । शनिबारबाट सुरु भएको प्रतियोगिताको तेस्रो दिन भोलि महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुने तालिका छ ।  अब लिग चरणका खेल हुनेछ । सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्नेे टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् ।  पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहान पौने ९ बजे पहिलो खेल हुनेछ । उक्त खेल महिलातर्फ ‘जित्ने समूह’का टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब र शसस्त्र प्रहरी बल एपिएफबिच प्रतिष्पर्धा हुनेछ ।  दोस्रो खेल महिलातर्फ ‘हार्ने समूह’का ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र नेपाल पुलिस क्लबले खेल्नेछन् । उक्त खेलमा पौने ११ बजेबाट सुरु हुनेछ ।  तेस्रो खेल पुरुषतर्फ ‘जित्ने समूह’का भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । भोलिको अन्तिम तथा चौथो खेल पुरुषतर्फ ‘हार्ने समूह’का गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोटर््स क्लबबिच हुनेछ ।  लिगपछि ‘जित्ने समूह’ बाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् ।  पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । ‘हार्ने समूह’ बाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।    

पोखरा:  पोखरा–१३ माछापोखरी फुटबल मैदानमा लोक कवि अलि मियाँको स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ  ।  पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको उद्याटन खेलमा ट्रिकर एफसी काहुँखोलाले जितेको छ । नेपाल मुस्लिम युथ समितिको सी टिमलाई ६–० गोलअन्तरले पराजित गदैँ ट्रिकरले खेल जितेको हो । यस्तै आजै भएको दोस्रो खेलमा एलसी ब्रदर्श लामाचौरले मिक्की एफसी रामबजारलाई २–१ को अन्तरमा जित निकाल्यो । प्रतियोगिता अन्तरगत सोमबार सात खेल हुने आयोजक समितिका सरशुल हकले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।  

रुपन्देही:  रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको हो ।

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई सोझो सेटमा पराजित गरेको छ ।  पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफमाथि आर्मीले ३–० को सहज जित निकालेको हो । आर्मीले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो ।  यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकीलाई ३–२ सेटमा पराजित गरेको थियो ।  यस्तै पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो । आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।  प्रतियोगितामा अब लिग चरणका खेलहरु हुनेछन् । पहिलो खेलमा जित निकाल्ने टोली र पराजित हुने टोलीले छुट्टाछुट्टै लिग खेल्नेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । 

पोखरा:    पोखरामा रहेको आई एन एफ नेपाल हरियोखर्क अस्पतालमा ७२ औँ विश्व कुष्ठरोग दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । ‘एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौ’भन्ने मूल नाराको साथमा ७२ औँ विश्व कुष्ठरोग दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै आई एन एफ नेपलका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले आई एन एफको संक्षिप्त इतिहासको बारेमा बताउदै,कुष्ठरोग नियन्त्रण र रोकथामको लागि अस्पताल लागि परेको बताए । अधिकारीले नेपाल सरकारको शून्य कुष्ठरोग रणनीतिप्रति अस्पताल प्रतिबद्ध रहेको र चुनौतीका बाबजुत पनि सबैको साथ, सहयोग र साझेदारी मार्फत त्यो लक्ष्यमा पुग्न सकिने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिकाका वडा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले रोग नियन्त्रणको लागि दुरदराज सम्म पुगेर जनचेतना फैल्याउन आवश्यक रहेको बताए ।वडा अध्यक्ष बानियाँले रोग नियन्त्रण र उपचारमा अस्पतालले खेलेको भुमिका महत्वपूर्ण रहको उल्लेख गरे । प्रदेश स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठ फोकल पर्सन गीता कुंवरले अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित भएको बताउदै, यसलाई नियन्त्रण गर्न सरकार तथा सबै सरोकारवाला निकायले तत्काल पहल र प्रतिबद्धता गर्न आवश्यक रहेको बताइन् । स्वास्थ्य कार्यलय कास्कीका प्रमुख  रामबहादुर नेपालीले कुष्ठ रोगको चुनौति झनै बढ्को बताउदै न्युनिकरण,नियन्त्रण गर्न तिनै तहका सरकार, गैरसरकारी सस्था र समुदायको भूमिका महत्वपूर्ण रहको बताए । आई एन एफ नेपालका कुष्ठरोग कार्यक्रम संयोजक याम बहादुर जिसीले अस्पतालले रोगको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा आई एन एफ नेपालका मेडिकल सर्भिसेज डाइरेक्टर डा.अरुण कुमार बुढा ,स्वास्थ्य कार्यलय कास्कीका क्षय कुष्ठ फोकल पर्सन लक्ष्मण बसौला,स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल,स्वास्थ्य महाशाखा क्षय कुष्ठ फोकल पर्सन अर्जुन क्षेत्री,कुष्ठरोग निवारण संघ पोखराका अध्यक्षय सुवास तज्या,आइडिया नेपालका गण्डकी प्रदेश प्रमुख प्रेम वास्तोला, आई एन एफ नेपालका प्यासेन्ट एड्भोकेट थम बहादुर गुरुङ,डा सुरज महर्जन लगाएतले बोेलेका थिए । कार्यक्रममा आई एन एफ नेपालका कर्मचारी तथा अस्पतालमा उपचारारत सेवाग्राहीहरुको उपस्थिति रहेको थियो । यस्तै उक्त अस्पतालमा उपचाररत रहेका क्षयकुष्ठका बिरामीहरुलाई न्यानो कपडा पनि बितरण गरिएको थियो। मानव सभ्यताकै प्राचीन रोगहरु मध्येको कुष्ठरोग, विश्व स्वास्थ्य संगठनका अनुसार हाल पनि विश्वका १२० भन्दा बढी देशमा संक्रमण पाईने गरेको तथा वर्षेनी करिब २ लाख मानिसमा यो रोग देखिने गरेको छ । अस्पतालले हरेक बर्ष यो अवसर पारेर कार्यक्रम गदै आइरहेको छ ।

पोखरा:    मिस तामाङ पोखराको उपाधी लेकसाइडकी शिशा घिसिङ तामाङले जितेकी छिन् । शनिबार पोखरा सभागृहमा भएको प्रतिस्पर्धामा १० जना प्रतियोगीलाई पछि पार्दै उनले मिस फ्रेण्ड्ली सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् ।   प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदायलाई किन समृद्धशाली समुदाय भनिन्छ भनेर सोधेको प्रश्नमा अन्य उत्कृष्ट ५ प्रतिस्पर्धीभन्दा सर्वोत्कृष्ट उत्तरका साथ बाजी मारेकी हुन् । बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको  नवौं संस्करणको मिस तामाङ पोखरामा मिस पंक्चुवल सहित फस्र्ट रनरअप आकृति थिङ्ग तामाङ बनिन् । सोनिका मोक्तानले मिस पपुलर सहित सेकेण्ड रनरअप हुदा पुर्णिमा ब्लोन तामाङ मिस कल्चर सहित भ्युवर्स च्वाइस टाइटल जितिन् । प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छिन् । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पारिन् । भ्युवर्स च्वाइसका विजेताले नगद २० हजार पुरस्कार प्राप्त गरिन् । विजेता तथा उपविजेताहरुलाइ प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका उपाध्यक्ष  शिवु ब्लोन, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य श्री सुजन ब्लोन तामाङ, बर्षा तामाङ, अर्पणा तामाङ, मोनिका तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए । यसैगरि प्रतियोगितामा मञ्जिता पाख्रिनले मिस फोटोजेनिक, प्रिन्सेस घिसिङ तामाङले मिस कन्फिडेण्ट, पुर्णिमा थिंङ्ग तामाङले बेस्ट वक, सुनिता तामाङले ब्युटी विथ पर्पोज, सुप्रिया गोले तामाङले बेस्ट स्माइलको सबटाइटल जितिन् । यस्तै सुमिना तामाङले मिस ट्यालेण्ट,  जमुना लामाले बेस्ट स्किन एण्ड हेयरको सबटाइटल जितिन् ।  सबटाइटल विजेताहरुलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगरका कार्यबाहक अध्यक्ष अन्जना तामाङ, कोरियोग्राफर जिता तामाङ, अफिसियल फोटोग्राफर गणेश तामाङ, निर्णायकहरु गीतकार तीर्थ तामाङ, कलाकार जानुका बोहोरा लगायतले पुरस्कार वितरण गरेका थिए । यस अघि कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले यस्ता खालका कार्यक्रमले युवा पुस्तामा तामाङ जातीको भाषा, संस्कार र संस्कृतिको प्रर्वद्धन हुने बताए ।  कार्यक्रममा नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, कार्यक्रमका संयोजकमा पुर्व मिस तामाङ पोखरा रोश्मा ब्लोन तामाङ, सह संयोजक रोशिला तामाङ, राम लामा, जिता लामा, सन्चारकर्मी सन्जय मल्ल लगायतले बोलेका थिए ।  कार्यक्रमको निर्णायकरुमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, गीतकार तीर्थ तामाङ, कलाकार जानकी बोहरा, कमला गुरुङ रहेका थिए ।  गायक सोनाम मोक्तान, हास्य कलाकार राजेन्द्र नेपाली, युवराज भण्डारी लगायतले प्रस्तुती राखेका थिए । कार्यक्रम बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको थियो ।

पोखरा:    पोखरा महानगरपालिका वडा नं १२ मा नि:शुल्क प्रजनन् स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ । नेपाल परिवार नियोजन संघ कास्कीले पोखरा महानगरपालिका वडा नं १२ वडा कार्यालयको सहयोगममा कार्यक्रम गरेको हो । कार्यक्रमबाट शनिवार ५८ जना लाभान्वित भएका छन् ।  एक सातासम्म वडा कार्यालयको सिफारिसमा संघको कार्यालयमा सम्पर्कमा आउनेलाई सेवा प्रदान गरिने छ । कार्यक्रमक उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले हरेक नागरिक आफ्नो स्वास्थ्य बारे सचेत हुनुपर्ने बताए ।  उनले काम गर्नका लागि दृढ इच्छा शक्ति आवश्यक भएको उल्लेख गरे ।     नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य गर्दै संघ अघि बढ्न चाहेको उल्लेख गरे ।  उनले वडा अध्यक्ष बास्तोलाले नागरिकप्रतिको स्वास्थ्यमा गम्भिरता देखाएका कारण नै पोखरा १२ मा कार्यक्रमका गरिएको जानकारी दिए ।  नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १२ का वडा सदस्य शान्ति कोइराला, नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी र स्त्री रोग विशेषज्ञ डा कालिका भण्डारी लगायतले बोलेका थिए । 

पोखरा:   एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग पराजित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा गण्डकी पुलिससँग ३–२ को सेटमा पराजित भयो ।  पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौं सेटमा सम्हालिन नसक्दा खेल गुमाउनुप¥यो ।  पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । गण्डकीले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१४ ले जितेको थियोे ।  पाँचौं सेटमा गण्डकीले सुरुआती अग्रता जोगाउन नसक्दा खेल १५–१० ले गुमाउनुप¥यो । अब आजको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ ।  यसअघि पुरुषतर्फ भएको खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटले पराजित गरेको थियो ।  यस्तै आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।