पोखरा ।    जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।  ...

कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ ।   नेपालीहरुको महान् पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न प्रदेशभर चार हजार ३५१ प्रहरी परिचालन गरिएको हो ।   चाडपर्वको बेला हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिलाई रोकथाम, नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्न उक्त योजना निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।   “चाडपर्व सुरक्षा योजनाका साथै विपद्लाई पनि लक्षित गरेर यो योजना कार्यान्वयन गर्न÷गराउन प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुबाट उल्लिखित सङ्ख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, उहाँका अनुसार परिचालित प्रहरीमध्ये चार हजार ९९ जनपद र २५२ ट्राफिक प्रहरी रहेका छन् ।   चाडपर्वका समयमा जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी विभिन्न आपराधिक घटना हुनेसक्ने, सवारी दुर्घटनाका घटना, बैङ्क तथा वित्तीय सङ्घसंस्थालगायत क्षेत्रमा हुने लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, पाकेटमारीजस्ता आपराधिक गतिविधि कम तथा निरुत्साहित गर्ने उद्देश्यले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरी नायब महानिरीक्षक भट्टराईले जानकारी दिनुभयो ।   सुरक्षा योजनाअनुसार प्रदेश तथा जिल्ला कमान्ड १२ पोष्टहरुमा १४५ जना प्रहरी परिचालन गरिएको छ ।   प्रदेश तथा जिल्ला ‘रिजर्भ’ टोली १४ वटामा ४०१ प्रहरी जनशक्ति परिचालन गरिएको छ । भवितव्य वा आकस्मिक रुपमा कुनै घटना घट्दा परिचालित प्रहरी जनशक्ति अपुग भएमा रिजर्भ टोलीले सहयोग गर्ने प्रहरी नायब महानिरीक्षक भट्टराईले बताउनुभयो ।   त्यसैगरी, ४८ मोबाइल गस्ती टोलीमा २३४, एक सय दुई मोटरसाइकल गस्तीमा १५२, पैदल गस्तीअन्तर्गत २३३ गस्तीमा ६२७, एक सय नौ तत्काल प्रतिकार्य टोली (क्युआरटी) परिचालन गरी सोअन्तर्गत २४८, लामो तथा छोटो दूरीको एक सय गस्तीमा तीन सय ७७, पिकेट एक सय १३ स्थानमा दुई सय ७६, स्ट्राइकिङ नौ स्थानमा ७६ र मातहत प्रहरी अनुगमन तीनवटामा २४ जना प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।   लामो तथा छोटो दूरीको गस्तीअन्तर्गत एक सय गस्तीमा ३७७ जना प्रहरी खटाइएको छ ।   नियमित, विशेष तथा आकस्मिक चेकिङका लागि १६२ स्थानमा ३९०, पचासी ठाउँमा ट्राफिकसहित १९९ प्रहरी र बैङ्क तथा वित्तीय सङ्घसंस्था, बजार अनुगमन, विशिष्ट व्यक्तिको सुरक्षालगायतको सुरक्षाका लागि १९८ स्थानमा ७५० प्रहरी परिचालन गरिएको प्रहरी जनाएको छ ।

इनरुवा (सुनसरी):   सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो ।   उहाँले ती मध्ये उहाँले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गर्नुभएको थियो । उहाँले भन्नुभयो, “दशैं अगाडि नै धान भित्र्याने सोच बनाएको थिए । आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए ।   यसबाट आएको आम्दानीबाट दशैं मनाउने सोच थियो । ” यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पु¥याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उहाँले भन्नुभयो, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ । ”   यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो । े   उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गर्नुभएको थियो । उहाँले भन्नुभयो, “बाढीले भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो । यसपटक दसैँ दशा भएर आयो । ” बाढीका कारणले जिल्लाकोे धानबालीमा धेरै क्षति भएको छ ।   धानखेतीका लागि किसानले प्रतिबिघा रु ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ । धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ ।   जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ ।   कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।   उहाँले बाढीबाट रु दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ््क आउने क्रम जारी छ । ”

तनहुँ:  व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सविन कुमाल रहेका छन् ।   ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकको उचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।   सोही वडास्थित ज्ञानगङ्गा बोडिङ स्कुलमा कक्षा २ मा अध्यनरत रहेका कुमालको टयाक्टरको ठक्करबाट सख्त घाइते भई उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।   ट्याक्टर चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

दमौली:  दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।   व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी चुडामणि दाहालले बताउनुभयो ।   अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ पर्यटकको बढी घुइँचो हुने गरेको उहाँले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “दसैँ लागेपछि यहाँ पर्यटक आउने क्रम बढेको छ । दसैँका बेला विद्यालय तथा कार्यालयहरु बिदा हुने भएकाले आन्तरिक पर्यटक बढ्न थालेका हुन् । दुर्गापक्षअन्तर्गत सप्तमीदेखि पर्यटकको आगमन अझै बढ्ने अनुमान गरेका छौँ ।”   स्थानीय अनिल अधिकारीले बिहानै यहाँबाट देखिने सूर्योदय र कुहिरोले पर्यटक लोभिने गरेका बताउनुभयो । उहाँले भन्नुभयो, “दमौली बजारलाई ढपक्क कुहिरोले ढाकिएको सुन्दर दृश्य हेर्न एकपटक आएकाहरु पुन: आउने गरेका छन् ।”   मानुङकोट घुम्न पुग्नुभएका व्यास–४ का मनोज राउतले यहाँबाट देखिने कुहिरो, सूर्योदय र हिमशृङ्खलाको दृश्यले मोहित बनाएको बताउनुभयो ।   उहाँले भन्नुभयो, “यो ठाउँ कोरोनाको समयदेखि चर्चामा आएको हो । यहाँको पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जनसँग जोड्दै धेरै पर्यटक भित्र्याउन जरुरी छ ।”   मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ नयाँ र आधुनिक होटल सञ्चालन हुन थालेका छन् ।   विगतमा एउटा पनि नरहेको यस ठाउँमा अहिले एक दर्जन बढी होटल सञ्चालित छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ निर्माण गरी व्यवस्थित गरिएको छ ।   रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।   मानुङकोटबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने आन्तरिक पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुन: फर्किएर व्यवसाय गर्न थालेका छन् ।   यसअघि खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए ।   बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो ।   अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको होटल व्यवसायी दाहालले बताउनुभयो । उहाँका अनुसार कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ ।

पाेखराका विभिन्न ठाउँमा आज र भोलि अर्थात् सोमबार र मंगलबार दिउँसो १ देखि ४ बजेसम्म लाइन नआउने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।   पोखरा ग्रिड महाशाखा अन्तर्गत कुँडहर १३२/११ केभी सब स्टेसनमा रहेको ११ केभी बसबार तथा ब्रेकर प्यानलहरू मर्मत सम्भार कार्यको लागि सो सब स्टेसन रहेको पावर ट्रान्सफर्मर बन्द गरी कार्य गर्नु पर्ने भएकाले ती ठाउँहरुमा लाइन नआउने भएकाे हाे ।   केन्द्रले जारी गरेकाे सूचनाअनुसार आज सोमबार अन्तर्राष्ट्रिय विमानस्थल, विजयपुर, सिटी एरिया, गलेश्वर, टास्क हाइड्रो, तातोपानी, पोखरा ‌औद्योगिक क्षेत्र, पुरानो विमानस्थल, फेवा फिड र वैदाम क्षेत्रमा दिउँसो १ देखि दिउँसो ४ बजेसम्म लाइन आउने छैन ।   यसैगरी भोलि (मंगलबार) सेती इन्कमर, फेवा इन्कमर, आर्वा, सराङकोट, सहिदचोक, न्युरोड र रामबजार क्षेत्रमा लाइन नआउने बताएकाे छ ।  

काठमाडौं:   हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान चाड बडादसैंको अवसरमा हङकङमा सांगितिक कार्यक्रम हुने भएको छ ।  दीप समाज हङकङको आयोजनामा “दीप साँझ” हुने भएको हो । कार्यक्रममा पोखरेली ब्याण्ड “ओपन सी” र चर्चित गायिका मेलिना राईको प्रस्तुति रहने दीप समाज हङकङका अध्यक्ष गोकुल गुरुङले बताए ।  कार्यक्रममा ब्याण्डबाट गायिका अजुदा थापा, गायक सन्तोष बस्याल र गायिका प्रीया गुरुङले प्रस्तुति राख्नेछन् भने बाध्यबादन तर्फ ड्रमसेटमा सुनिल थापा, तबलामा राजा मुखिया, लिड गितारमा अमित गुरुङ्ग, किबोर्डमा महिपाल लामा र बेस गितारमा अनिल गुरुङको प्रस्तुति रहनेछ ।  हङकङको रिच गार्डन रेष्टुरेण्ट जेडी मल (जोर्डन कोरियन रेष्टुरेण्ट बिल्डिङ) मा १९अक्टुबर २०२४ मा  हुने कार्यक्रम दीप साँझको छैठौं संस्करण हो ।  हङकङको समयानुसार साँझ ७ः३० बजेबाट सुरु हुने कार्यक्रममा ओपन “सी” ब्याण्डले नेपाली नयाँ पुराना गीत प्रस्तुत गर्नेछ भने गायिका मेलिना राई आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने सचिव अशु रानाले जानकारी गराए ।  संस्कृति संरक्षण गर्ने उद्देश्य स्वरुप हङकङमा रहेका नेपाली मनहरुलाई जोड्ने कार्यक्रम दीप साँझ भएको भनाई उनको छ । कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको उनले बताए ।  कार्यक्रमलाई सफल पार्न हङकङमा प्रचारप्रसारलाई समेत तीव्र पारिएको छ । कार्यक्रमका लागि अग्रीम टीकट बुकिङ समेत खुल्ला गरिएको छ । कार्यक्रम सफल हुनेमा दीप समाज हङकङ विश्वस्त छ । कार्यक्रमका लागि नेपालबाट कलाकारहरु ३० अक्टुबरमा हङकङ प्रस्थान गर्नेछन् ।

सुनसरी:    सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो । उहाँले ती मध्ये उहाँले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गर्नुभएको थियो ।  उहाँले भन्नुभयो, “दसैँ अगाडि नै धान भित्र्याने सोच बनाएको थिए ।  आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए ।  यसबाट आएको आम्दानीबाट दसँै मनाउने सोच थियो । ”   यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पु¥याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन ।  उहाँले भन्नुभयो, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ । ” यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गर्नुभएको थियो । उहाँले भन्नुभयो, “बाढीले  भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो ।  यसपटक दसैँ दशा भएर आयो । ”   बाढीका कारणले जिल्लाकोे धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा रु ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ ।   धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ ।  कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले  बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । उहाँले बाढीबाट रु दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ््क आउने क्रम जारी  छ  । ”

म्याग्दी:    गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताउनुभयो । “जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ”, उहाँले भन्नुभयो, “गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो । यो सडकमा नियमित र सहज रूपमा यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ ।” भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले डोल्पाको सिमानामा पर्ने सुकसाम्बामा बेलीब्रिज बनाउन चालु आर्थिक वर्षमा रु ८५ लाख विनियोजन गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले थप तीनवटा बेलीब्रिज अथवा मोटरेबल पुल बनाउन र जोखिमयुक्त ठाउँको सडक स्तरोन्नति गरेर नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन स्घीय सरकारलाई प्रस्ताव गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङबाट साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । रु २२ करोडको लगानीमा पाक्लिङबाट ५६ दशमलव पाँच किलोमिटर सडक खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघि नै सडक निर्माण भएको थियो । डोल्पा जोड्ने सडकको प्रवेशबिन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा दुई वर्षअघि प्रदेश सरकारमार्फत एक सय २० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले याकखर्कसम्म सवारी चल्न थालेपछि उपल्लो डोल्पाका बासिन्दा, व्यापारी र किसानको दुई दिनको यात्राअवधि तीन घण्टामा छोटिएको बताउनुभयो । “हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन थालेका छन्”, उहाँले भन्नुभयो, “छार्काताङसोङलगायत उपल्लो डोल्पाका बासिन्दाले दैनिक उपभोग्य सामान, निर्माण सामग्री ढुवानी, भेडाच्याङ्ग्रा र याक चौरी बिक्रीका लागि बजार लैजान यही सडक प्रयोग गर्छन् ।” डोल्पा र राजधानी काठमाडौँ जोड्ने यो छोटो दूरीको सडक हुने जनाइएको छ । सडक निर्माण भएपछि साङ्ता, याकखर्क घुम्न पर्यटक आउन थालेका साङ्ताका बासिन्दासमेत रहेका वडासदस्य छिरिङपासाङ गुरुङले बताउनुभयो । सडकमा थुप्रिएको हिउँ र पहिरो पन्छाएर गाउँपालिकाले याकखर्कसम्म नियमित यातायात सञ्चालनको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । समुद्री सतहबाट चार हजार मिटरभन्दा बढीको उचाइमा मानव बस्ती नभएको झमटङ डोल्मा हिमालको फेदीमा हुँदै निर्माण भएको सडकमा यात्रा गर्ने क्रममा वन्यजन्तु नाउरको बथान देखिन्छन् ।

काठमाडौं:    बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् ।   अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।  दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।  उहाँका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौँबाट बाहिरिएका छन् ।  दसैँका लागि काठमाडौँ उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ ।   कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् । बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरु दसैँको समयमा पनि घर जान नपाएर काठमाडौँ उपत्यकामै रोकिन बाध्य भएका आज काठमाडौँ बसपार्कबाट सुदूरपश्चिम जान हिँडेका कैलालीका लोकेश सिंहले बताउनुभयो ।  उहाँले भन्नुभयो, “बस, हवाई केहीको पनि टिकट सहज पाउन सकिएको छैन, मैले त पहिले नै काटेकाले सिट पाए, मसँगका साथीहरू टिकट नपाएर काठमाडौँमै छुटेका छन् । कति नरमाइलो लागेको छ”, दसैँका लागि भन्दै अहिले यात्रुहरू महँगो मूल्य तिरेर बस तथा हवाईमा यात्रा गर्न बाध्य भएका छन् । यतिमात्र नभई कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर भए पनि यात्रा गर्न बाध्य भएका काठमाडौँबाट अछाम जानका लागि काठमाडौँको गोङ्गबु बसपार्कमा भेटिएका दीपकबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्ष दिनको चाड घर जानैपर्यो, सिटका लागि टिकट पाइएन, गाडीले भाडा मिलाउला भनेपछि बोनटमा बसेर भए पनि घर जाँदैछु”, उहाँजस्तै टिकट नपाउँदा कतिपय यात्रुहरू बसमा राखिएका मुडा तथा बसको बोनटमा बसेर यात्रा गर्न बाध्य भएका छन् ।