मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ ।   नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा कायम भएको छ ।   बिहीबार यस मुद्राको मूल्य एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको थियो ।   युरोपियन यूरोको आजको मूल्य एकको खरिदर एक सय ४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७४ पैसा कामय भएको छ  भने बिहीबार यस मुद्राको मूल्य एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण भएको थियो ।   बिहीबार केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा कामय भएकामा आज एकको खरिदर एक सय ७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ३९ पैसा कायम भएको छ ।   यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ३६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।   क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३९ र बिक्रीदर एक सय तीन रुपैयाँ ८६ पैसा कायम भएको छ ।   जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा कायम छ ।   राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा कायम छ ।   साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा रहेको छ ।   मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १६ पैसा र बिक्रीदर १३ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९९ पैसा र बिक्रीदर २० रुपैयाँ ०८ पैसा छ ।   हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १४ पैसा र बिक्रीदर १७ रुपैयाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९१ पैसा छभने बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ०८ पैसा कायम भएको छ ।   राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

लमजुङ:  बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ ।   खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् ।   धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार बर्खायाममा दैनिक दुई–चार जना पर्यटक आउने गरेकामा हाल एक सय ५० जना आउन थालेका छन् । पर्यटक आगमनसँगै पदमार्ग क्षेत्रका होटल व्यवसायी पनि व्यस्त भएका छन् ।   सन् २०२४ को जनवरीदेखि हालसम्म उक्त पदमार्गमा १२ हजार तीन सय ५५ जना पर्यटक आएका प्रमुख गुरुङले बताउनुभयो ।   अघिल्लो वर्षको सोही अवधिमा १० हजार आठ सय ९७ जना पर्यटकले पदयात्रा गरेका थिए । हालसम्म फ्रान्सका एक हजार एक सय ७२, इजरायलका एक हजार ८२, जर्मनीबाट आठ सय ९२, भारतका आठ सय २८ जना पर्यटकले यो भेगको भ्रमण गरेका उहाँले जानकारी दिनुभयो ।   पर्यटक आउने याममा दैनिक ५० हजारभन्दा बढी आम्दानी हुने गरेकामा बर्खायाममा पर्यटक नआउँदा दैनिक रु दुई–चार हजार आम्दानी हुँदै आएकामा हाल रु १५ देखि ३० हजारसम्म कारोबार हुने गरेको मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले बताउनुभयो ।   हिमाल, उच्च पहाडका र पहाडका साथै यहाँको रीतिरिवाज, वेशभूषाबारे जानकारी लिँदै संसारको सबैभन्दा अग्लो मानिसएको थोराङला पासबाट मुस्ताङक र पोखरा जान पर्यटकहरू अन्नपूर्ण पदमार्गमा आउने गरेका छन् । पर्वतारोण र पदयात्राका निम्ति प्रख्यात मनाङ आउने पर्यटक थोराङलातर्फ पनि जाने गरेका छन् ।   यो स्थान पार गर्न करिब २१ दिन लाग्ने गरेकामा केही स्थानमा सवारीसाधनसमेत सञ्चालनमा आएपछि थोराङलाको यात्रा १२ दिनमा टुङ्गिने गरेको पदयात्रा व्यवसायीहरूले बताएका छन् ।   विगतका वर्षहरूमा झै यो वर्ष पनि दैनिक चार सय पर्यटकले मनाङ भ्रमण गर्ने उनीहरूको अपेक्षा छ ।

मनाङ:   जिल्लाको प्रवेशद्वार आगन तालगाउँ खेलाडी र कलाकारले भरिभराउ भएको छ ।   आजदेखि यहाँ आयोजना हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्पर्धा गर्न प्रतिष्ठित खेलाडी र कलाकारहरूको आगमन भएको हो ।   मनाङमा हिउँचितुवा र याकको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा दिगो विकास गर्ने उद्देश्यले आयोजित खेलमा भाग लिन देशका विभिन्न भागबाट कलाकार तथा खेलाडीको आगमन भएको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।   विभिन्न सङ्घसंस्थाका साथै स्थानीय तह, खेलाडी, कलाकार, स्थानीयवासीको सहयोगमा चेतना फैलाउन गत वर्षदेखि प्रतियोगिता आयोजना गरिएको हो ।   कार्यक्रमलाई निरन्तरता दिइरहेको ‘एन्ट फाउण्डेसन’का निर्देशक प्रशान्त ताम्राकारले भन्नुभयो, “हामी हाम्रो प्रकृतिको संरक्षण गर्न जरुरी छ । यहाँको पर्यटन प्रवर्द्धनका साथै चेतनामूलक कार्यक्रमले लोपोन्मुख वन्यजन्तुको संरक्षणका साथै जैविक विविधता संरक्षणमा टेवा पुग्नेछ ।”   जैविक विविधता संरक्षण समाज नेपालका निर्देशक पारसविक्रम शाहले पर्यटकीयस्थल मनाङको पर्यटन प्रवर्द्धनका साथै यहाँको जैविक विविधतालाई बचाउने अभियानका रुपमा खेलकुद प्रतियोगितालाई लिएको बताउनुभयो ।   उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेको वैज्ञानिकहरूको भनाइलाई आत्मसात गर्दै सम्पदाको संरक्षणमा जुट्नुपर्छ । एकैपटकमा धेरै प्रभाव पार्न नसके पनि आमनागरिक सचेत हुनेछन् ।” चामे गाउँपालिका–५ का स्थानीय फुर्वा लामाले कार्यक्रमपछि जिल्लामा केही प्रभाव परेको बताउनुभयो ।   उहाँले विभिन्न सङ्घसंस्थाको सहकार्यमार्फत सञ्चालित चेतनामूलक कार्यक्रमले स्थानीयलाई सचेत तुल्याएको बताउनुभयो ।   जैविक विविधता संरक्षण समाज नेपाल र ऐन्ट फाउन्डेसनको संयुक्त आयोजनामा चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाको सहकार्यमा विभिन्न सङ्घसंस्था, राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल सङ्घको सहयोगमा जिल्लाका विभिन्न स्थानमा ‘हिउँ चितुवा र याकको लागि सँगसँगै’ भन्ने नाराका साथ मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।

दमौली:    ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ ।   गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो ।   गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार दुई सय ५०स्ट्रबेरीका बिरुवा रोपिएका छन् ।   परीक्षणका रूपमा खेती गरिएको हो । तीन प्रजातिका बिरुवा रोपिएको छ ।   केहीमा रासायनिक र केहीमा जैविक मल हालेर बिरुवा रोपिएको बताउँदै उहाँले भन्नुभयो, “कुनचाहिँ राम्रो हुन्छ परीक्षण गर्छौँ र त्यसैअनुरुप खेती विस्तार गर्नेछौँ ।”ऋषिङको हावापानी स्ट्रबेरीका लागि सुहाउँदो भएकाले प्रतिफल पनि राम्रो हुने प्राविधिक पण्डितको विश्वास छ ।   अपेक्षाअनुसार उत्पादन भएमा खेती विस्तार गरिने उहाँले बताउनुभयो ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपाल मै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ आजबाट सुरु हुदैंछ । आज र भोलि पोखरा रंगशालामा हुने प्रतियोगितामा नेपालका १६ जना राष्ट्रिय स्तरका बाइक रेसिङ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।   डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाका अनुसार यो प्रतियोगिता नेपाल मै पहिलो पटक हुन लागेको हो।   समाज सेवामा लामो समयदेखि सक्रिय लायन्स क्लबले युवा सशक्तिकरण र मोटर स्पोर्टस् जस्ता साहसिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको छ। यसले राष्ट्रिय खेलाडीहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि अघि बढ्न सहयोग पुर्‍याउने विश्वास छ।   प्रतियोगिताको सम्पूर्ण प्राविधिक व्यवस्थापन मोटर स्पोर्टस् नेपाल क्लबले गर्नेछ। प्रतियोगिताका लागि असोज ४ गते प्राक्टिस राउन्ड आयोजना हुनेछ भने असोज ५ गते मुख्य प्रतियोगिता हुनेछ। लायन्स डिष्ट्रिक्ट ३२५ जे का स्पोर्टस् चिफ लायन अनिल कुमार बरालका अनुसार यो प्रतियोगिताले नेपाली मोटर स्पोर्ट्सलाई नयाँ उचाईमा पुर्‍याउने अपेक्षा छ।   प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरुलाई कप र नगद पुरस्कार प्रदान गरिनेछ साथै प्रतियोगितामा सहभागी सबै खेलाडीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिने जानकारी चिफ पिआरओ लायन रामराजा थापाले दिए। प्रतियोगिताको संयोजनमा लायन्स क्लब अफ काठमाडौं युनाईटेड स्टार्स र लायन्स क्लब अफ पोखराले प्रमुख भूमिका निर्वाह गरिरहेका छन्।  

पोखरा:   असोज ३ गते । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, जिल्ला समन्वय समिति, कास्कीले आफ्नो प्रथम जिल्ला परिषद्‌का अवसरमा शैक्षिक क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई बिहिवार पोखरामा सम्मान गरेको छ ।   आफूले काम गरेका विद्यालयहरूको चौतर्फी विकासमा भूमिका खेलेका भन्दै सम्मानित हुने प्रधानाध्यापकहरूमा माछापुच्छ्रे मावि, माछापुच्छ्रे-२ का प्रधानाध्यापक सन्तोष आचार्य, विन्ध्यवासिनी मावि, पोखरा-१६ का प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, निष्पक्ष मावि, माछापुच्छ्रे-५ का प्रधानाध्यापक दुर्गाबहादुर रावत, शिवालय मावि, रूपा-२ (हाल: कालिका मावि, पोखरा-३३० का प्रधानाध्यापक रुपिन्द्र प्रभावी, अमरसिंह माविका प्रधानाध्यापक शेरबहादुर थापा, रतनपाण्डे माविका प्रधानाध्यापक डिल्लीराम बराल, धनुबाँस कालिका मावि, मादीका प्रधानाध्यापक गोपाल सापकोटा र बाँकोट आधारभूत विद्यालय, अन्नपूर्णका प्रधानाध्यापक महेश न्यौपाने रहेका छन् ।   त्यसै गरी रतनपाण्डे माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरदचन्द्र बराल, शिशुकल्याण माविका विव्यस अध्यक्ष श्रीभद्र बराल, सहिदस्मृति माविका शिक्षक मधुविलास न्यौपाने, सीताराम माविका शिक्षक सुरेन्द्र बराल, लिटिल फ्लावर बोर्डिङ स्कुलका शिक्षक शम्भुप्रसाद अधिकारी र सरस्वतीटीका माविका लेखापाल रमेश कार्कीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।   नेपाल सरकारका पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले उनीहरूलाई सम्मान गरेका थिए ।   शर्माले नेपालको शिक्षा मन्त्रालय नै विदेशी पैसाबाट चलेको खुलासा गरे । ‘उनीहरूको पैसामा हाम्रो देश पढाउन लगाउने कुरा पनि भएन । हाम्रो पाठ्यक्रममा देश पढाउने स्थिति छैन ।’ उनले भने, ‘उनीहरूकै निर्देशनअनुसार बनेका पाठ्यक्रमअनुसारको पढाइले विदेशीका लागि जनशक्ति तयार भएका छन् ।’   आफू शिक्षामन्त्री हुँदा शिक्षा ऐन तयार पारेर मन्त्री परिषद्‌बाट पास गरी राष्ट्रपतिकहाँ लैजाँदा काङ्ग्रेस (  एमालेका सङ्घरसङ्गठनले नमानेको भन्दै राष्ट्रपतिले लालमोहर लगाउन नमानेको प्रसङ्ग स्मरण गर्दै उनले भने, ‘त्यो ऐन पारित भएको भए नेपाली शिक्षा धेरै अघि बढ्ने थियो ।’ उनले नेपालको माटो पढाउने शिक्षा दिनुपर्नेमा जोड दिँदै शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तनको खाँचो औँल्याए ।   शिक्षकहरू स्वच्छ र निष्कलङ्क छवि भएका व्यक्ति भएको बताउँदै नेकपा ९माओवादी केन्द्र० का सचिवसमेत रहेका शर्माले सबैभन्दा पवित्र कर्म नै शिक्षण भएको बताए । राष्ट्रका सच्चा सेवक र क्रान्तिका बाहक शिक्षक नै भएको उनको भनाइ थियो ।   उनले अबको १० वर्षभित्र समाजवादी क्रान्तिको अनुहार देख्न पाउने विश्वास व्यक्त गरे ।   शिक्षकका साथमा विद्यार्थी, अभिभावक र सिङ्गो समाज रहने बताउँदै शर्माले शिक्षकले ठिक ढङ्गले विद्यार्थीलाई पढाए समाज परिवर्तनको बाटोमा जान सक्ने बताए ।   उनले शिक्षकहरूसँग माटो र क्रान्तिकारी आशावादी विचार पढाउन आग्रह गरे । शिक्षक राजनीतिक दलले बनाएका नभई राजनीतिक नेता बनाउने नै शिक्षक भएको भन्दै शर्माले देशका इमानदार र असल बाहक शिक्षक भएको विचार राखे ।   कार्यक्रमका अध्यक्ष तथा सङ्गठनका जिल्ला अध्यक्ष महेन्द्रमणि पौडेलले शिक्षकका समस्या हिजोभन्दा आज बढ्नुको कारण खोजी गर्नुपर्ने बेला आएको धारणा राखे ।   हाम्रा भन्दा राम्रा प्रधानाध्यापक, शिक्षक, अध्यक्ष र कर्मचारीलाई सम्मान गरिएको जानकारी दिँदै पौडेलले शिक्षकले आफूले काम गरेका विद्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए । राज्यले कम्तीमा पनि न्यूनतम दरबन्दी दिनुपर्ने माग गर्दै उनले शिक्षामा कम्तीमा २० प्रतिशत लगानी हुनुपर्ने उनको विचार थियो । सङ्घीय शिक्षा ऐन जारी गरेर शैक्षिक समस्याहरूको समाधान गर्नुपर्ने उनको माग थियो ।   कार्यक्रममा सङ्गठनका निवर्तमान जिल्ला अध्यक्ष तारानाथ पौडेल, बराह माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन रोका, पत्रकार तथा पुराना शिक्षक नेता कोमलनाथ बराल, गण्डकी प्रदेशका शिक्षक सङ्गठनका फ्य्राक्स इन्चार्ज मित्रशरण शर्मा, कास्कीका शिक्षक सङ्गठनका फ्य्राक्सन इन्चार्ज विश्वप्रकाश लामिछाने, पूर्व अध्यक्ष गोपालमणि लामिछाने, शोभा तमु, शिवभक्त देवकोटा, सम्मानित व्यक्तिहरूका तर्फबाट रुपिन्द्र प्रभावीलगायतले बोलेका थिए । सचिव सचिन सुवेदीको सञ्चालनमा भएको उद्‍घाटन सत्रमा उपाध्यक्ष प्रकाश रिजालले स्वागत गरेका थिए ।     यसैबिच, प्रथम जिल्ला परिषद्ले जिल्ला समन्वय समितिका अध्यक्ष महेन्द्रमणि पौडेलको संयोजकत्वमा ४९ सदस्यीय जिल्ला परिषद् गठन गरेको छ । असोज ५ गते जनप्रिय मावि, पोखराको सभाहलमा गण्डकी प्रदेश परिषद् आयोजना गरिएको पौडेलले जानकारी दिए ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।   व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर विष्ट अमेरिका जानुभएको हो ।   लोमान्थाङ होटल व्यवसायी सङ्घका सचिव छेवाङ गुरुङ धेरै व्यवसायीहरू निमाजस्तै पलायन हुने अवस्थामा रहेको बताउनुहुन्छ ।   “उपल्लो मुस्ताङ पर्यटकका लागि ‘भर्जिन एरिया’ हो । यहाँ भएका पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धन भएसँगै करोडौँ लगानीमा सुविधायुक्त होटल सञ्चालन भए”, उहाँले भन्नुभयो, “अर्धनिषेधित क्षेत्र कायम राखिनु, झञ्झटिलो प्रक्रिया पूरा गरी महँगो शूल्क तिर्नुपर्ने भएपछि पर्यटक चाहेर पनि उपल्लो मुस्ताङ आउन नसक्दा व्यवसायी पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको हो ।”   कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्त्वका दरबार, गुम्बा, छोर्तेन, कोरलानाका उपल्लो मुस्ताङका आकर्षण हुन् ।   बौद्ध तथा हिन्दू धर्मावलम्बीको साझा तीर्थस्थल दामोदरकुण्ड पनि उपल्लो मुस्ताङमै अवस्थित छ ।   करोडौँ लगानीमा खुलेका होटल सुनसान निषेधित क्षेत्रका कारण विदेशीहरू सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको हो ।   बिदा र चाडपर्वको समयमा घुम्न आउने नेपालीले उपल्लो मुस्ताङको पर्यटन तथा होटल व्यवसाय निर्भर छ । लोमान्थाङमा रहेका २५ वटा होटलमा दैनिक चार सय पर्यटक बास बस्न सक्ने क्षमता छ । धेरैजसो होटल सधैँ रित्ता हुने मिस्टिक होटलका सञ्चालक रामबहादुर गुरुङले बताउनुभयो ।   पर्यटक आगमन कम हुँदा उपल्लो मुस्ताङमा रहेका ७० वटा होटलका सञ्चालक समस्यामा परेका छन् ।   एउटा होटल स्थापनाका लागि सरदर रु तीन करोड ५० लाख लगानी भएको सचिव छेवाङले बताउनुभयो ।   दैनिक एक हजार पाँच सय पर्यटक बस्न सक्ने होलटको क्षमता भए पनि वार्षिक तीन हजार जनाको हाराहारीमा मात्र पर्यटक पुग्ने गर्छन् । विदेशीको तुलनामा केही बढी नेपाली उपल्लो मुस्ताङ घुम्न गए पनि उनीहरूको आधिकारिक तथ्याङ्क छैन ।   अर्धनिषेधित क्षेत्र र महँगो शुल्क उपल्लो मुस्ताङको पर्यटन विकासका लागि तगारो बनेको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्यसमेत रहेका व्यवसायी लाक्पा वाङ्दी गुरुङले बताउनुभयो ।   “पर्यटक आगमनलाई सहज बनाउन सकेमा राज्य, व्यवसायी र समुदायलाई पनि फाइदा पुग्ने थियो”, उहाँले भन्नुभयो, “अर्धनिषेधित क्षेत्रका कारण युवायुवतीहरू व्यवसाय छाडेर विदेश पलायन हुने क्रम बढेको छ ।”   दश दिन घुम्न पाँच सय डल शुल्क चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ गाविस र वडा नं ५ को साङ्तालाई सुरक्षा संवेदनशीलताका कारण सरकारले निषेधित क्षेत्र तोकेको हो ।   मनाङ र गोरखाका केही भूगोल पनि निषेधित क्षेत्रमा समेटिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) गर्ने उपल्लो मुस्ताङ भ्रमण गर्न नेपालीबाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ ।   दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु ५० का दरले शुल्क तिर्नुपर्ने नियम छ । लोमान्थाङ गाउँपालिका–१ मा पर्ने नेचुङभन्दा माथि पर्यटकलाई जान रोक लगाइएको छ ।   सरकारले सन १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो । वार्षिक तीन हजार पर्यटक सन् २०२३ मा ७० देशका तीन हजार चार सय ८४ जना विदेशी नागरिकले भ्रमण गरेको उपल्लो मुस्ताङमा सन् २०२४ मा पनि सोही सङ्ख्याकै अनुपातमा पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका रेञ्जर मदन पौडेलले बताउनुभयो ।   सन् २०२२ मा तीन हजार एक सय १२, २०२१ मा तीन सय ३२, २०२० मा ६२ र सन् २०१९ मा तीन हजार नौ सय १८ जना विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०१७ मा हालसम्मकै बढी चार हजार एक सय १५ जना विदेशी नागरिकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।   तथ्याङ्कानुसार मुस्ताङ भित्रने कुल पर्यटक सङ्ख्याको १० प्रतिशत पर्यटक पनि उपल्लो मुस्ताङ जाँदैनन् ।   आएका पर्यटक पनि पर्याप्त समय नहुँदा सबै ठाउँ घुम्न नपाउँदै हतारहतार फर्कनुपर्ने समस्या छ ।   सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल किसिमको शुल्क निर्धारण र प्रक्रिया नभएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन बढ्न नसकेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताउनुभयो ।   निषेधित क्षेत्र हटाउन माग निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताउनुभयो ।   “उपल्लो मुस्ताङलाई निषेधित क्षेत्र कायम राख्दा पर्यटक आगमनमा कमी भई यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “शुल्कसमेत अत्यधिक बढी भएकाले उक्त निषेधित क्षेत्रलाई हटाउन माग गरेका छौँ ।”

बाँके:   चौथो नेपालगञ्ज फोटो फेस्टिबलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ ।   फोटो पठाउने अन्तिम मिति यही असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ ।   अ​न्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिबल प्रतिस्पर्धामा देशभरबाट फोटो पठाउन सकिन्छ । अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार नौ विधामा फोटो प्रतिस्पर्धा हुनेछ ।   उहाँका अनुसार हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटोमध्ये सर्वोत्कृष्टलाई वर्ष फोटो उपाधिबाट पुरस्कृत गरिनेछ ।   वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लब पिजे क्लबका पूर्वअध्यक्ष विकास कार्कीको नेतृत्वमा वरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टिमले फोटोको अन्तिम छनोट गर्नेछन् ।   फोटो प्रतिस्पर्धामा रहेका विधा समाचार, दैनिक जीवन, पर्यटन, वन्यजन्तु, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, कृषि, खुसी र उत्साह झल्किने फोटो नेपाल स्माइल रहेका छन् ।   हरेक विधामा एकजना व्यक्तिले दुईवटासम्म फोटो पठाउन सक्नेछन् । अन्तरालको अफिसियल वेबसाइट अन्तराल डटकम डटएनपी लगइन गरेर फोटो पठाउन सकिनेछ । “उक्त फोटो फेस्टिबलमा सिङ्गो नेपाल झल्किने छ ।   फेस्टिबलका रूपमा नेपालगञ्ज फोटो फेस्टिबललाई सञ्चालन गरिने छ”, अन्तरालका प्रमुख कार्यकारी शाहले भन्नुभयो, “यो फोटोग्राफीसम्बद्ध धेरै व्यक्तिका जमघटको साझा फोरम पनि बन्नेछ ।” फेस्टिबल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ ।   यस अवसरमा गरिने फोटो प्रदर्शनीमा देशभरबाट छानिएका एक सय ५१ फोटो राखिनेछ । जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाडौँबाट वरिष्ठ फोटो पत्रकारको उपस्थिति रहनेछ । यसैगरी फोटोग्राफी अन्तक्र्रियासमेत आयोजना हुनेछ ।   जसमा फोटो पत्रकार र फोटोग्राफरले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिबलले अघिल्लो पुस्ता र नयाँ पुस्ताबीच सेतुको काम गर्ने आयोजकको विश्वास छ । यसैगरी प्रदर्शनीमा राखिएका फोटोलाई सर्वसाधारणको बढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ ।   फेस्टिबलपछि फोटो राजधानी काठमाडौँ र मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरिनेछ । फोटो प्रतिस्पर्धाको सर्वोत्कृष्टलाई विगतमा रु २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गर्दै आएकामा पुरस्कार राशि यस वर्षदेखि दोब्बर गरी रु ५१ हजार एक सय ११ पु¥याइने अध्यक्ष शाहले बताउनुभयो ।   दोस्रो संस्करणसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका फोटोमात्र सहभागी गराइएको यस प्रतिस्पर्धालाई तेस्रो संस्करणदेखि देशव्यापी बनाइएको थियो । राष्ट्रियस्तरको स्पर्धा भएकाले यस वर्षदेखि पुरस्कार राशि वृद्घि गरिएको र हरेक विधाको उत्कृष्टलाई विगतमा नगद रु पाँच हजारसहित प्रमाणपत्र दिने गरिएकामा यस वर्ष वृद्धि गरिने भएको उहाँले बताउनुभयो ।   यसैगरी फोटो प्रतिस्पर्धामा देशैभरबाट छानिएका उत्कृष्ट २५ वटा फोटोमध्येबाट एउटा फोटोलाई ‘पिपुल्स च्वाइस फोटो अवार्ड’ प्रदान गरिनेछ । यस अवार्ड विजेताले रु ५० हजार एक नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।   टप २५ वटा फोटोमध्ये अनलाइन भोटिङका आधारमा यो अवार्ड छानिनेछ । सबैभन्दा बढी भोट प्राप्त गर्नेले अवार्ड जित्नेछन् ।   फोटो छनोटपछि १५ दिनको समय दिएर अनलाइन भोटिङ खुला गरिने आयोजक अन्तरालले जनाएको छ ।

प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।   बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्नो गाउँमा खेल पर्यटन प्रबद्र्धन हुने गरी प्रतियोगिता हुन लागेकोमा उत्साहित हुँदै कार्यक्रम सफल पार्ने प्रतिबद्धता जनाएका हुन् ।   ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ यही असोज १२ गते ८ किमीको खुला पर्वतीय दौड हुन लागेको हो ।   पोखरा २२ का प्रमुख पर्यटकीय गन्तव्य पुम्दीभुम्दीस्थित शान्ति स्तुप, विशाल महादेव मूर्ति र बुद्ध पार्क जोडेर खेल पर्यटन प्रवद्र्धन गर्न आयोजित उक्त पर्वतीय दौडका धावकलाई आफूहरुले फूलमालाले स्वागत गर्ने स्थानीयले बताए ।   वडाध्यक्ष हिमलाल बरालले आफ्नो वडामा नयाँ अवधारणाका साथ आयोजना हुने उक्त प्रतियोगिता सफल पार्न सबै जना लाग्नुपर्नेमा जोड दिए ।   उनले यस वर्ष सफल भए अर्को वर्ष फरक ढंगले सहयोग र साथ दिने बताए । धावक आफ्नो घरआँगन अगाडि आउँदा स्वागत गर्न आग्रह गर्दै उनले वडामा पर्यटकको कम्तीमा एक दिनको बसाइँ अवधि लम्बाउने गरी धेरै भौतिक संरचना निर्माण गर्न आवश्यक भएको बताए ।   वडा कार्यालयका अधिकृत रामप्रसाद पौडेलले २५ किमी सडक क्षेत्रमा दौड उपयुक्त रुट हुने बताए । उच्च मनोबलसाथ उक्त प्रतियोगिता सम्पन्न गर्न सुझाए ।   शुक्रराज माविका प्राचार्य नरनाथ बरालले १६ वर्षमुनिका धावकका लागि निःशुल्क दर्ताको व्यवस्था गर्न सुझाव दिए । विश्वसामु परिचित गर्न गाउँमा आयोजना हुने उक्त प्रतियागिता सफल पार्न विद्यालयबाट आवश्यक विद्यार्थी सहभागी गराउने वचन दिए ।   बुद्ध पार्क समिति अध्यक्ष लाला गुरुङले उक्त प्रतियोगिता सफल पार्न समिति सहित सिंगो गाउँले नै तयार रहेको जनाए ।   पोखरा–२२ लाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रबिन्दु बनाउन खेल पर्यटनले समेत सहयोग पुग्ने हेतुले प्रतियोगिताको जमर्को गरिएको आयोजक पोखरा क्लिक प्रालि अध्यक्ष दीननाथ बरालले बताए ।   दौडको रुट विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने व्यवस्थापक सागर सुनारले बताए ।   प्रतियोगितामा खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।   यस्तै, महिला धावक, १६ वर्ष मुनिका बालबालिका धावक र पोखरा–२२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जना नगद ७ हजारसहित पुरस्कृत हुने छन् । कार्यक्रममा शुक्रराज माविका शिक्षक मिलन गुरुङ, नेकपा (माओवादी केन्द्र) २२ का उपाध्यक्ष सनतकुमार बराल, कालीमाटी टोल विकास संस्थाका अध्यक्ष सुदीप विक, प्रवीण बराल, सावित्री भुजेललगायतले सहयोग गर्ने बताए । प्रतियोगितको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका छन् ।