पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:   पोखरा महानगरपालिका– वडा १ को खेलकुद विकास समितिले यही (२१ गते) शनिबारदेखि व्यायाम अभियान सुरु गर्ने भएको छ ।    वडाका सम्पूर्ण नागरिकहरुलाई स्वस्थ्य राख्न, शारीरिक व्यायाममा जागरुक बनाउने उद्देश्यसहित ‘आऔं, खेलौं, स्वस्थ्य बनौं’ भन्ने नारासहित पोखरा–१ मा सामूहिक व्यायाम सुरु गरिने खेलकुद विकास समितिका अध्यक्ष विष्णुकुमार गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।    उनका अनुसार सो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म राष्ट्रिय माविको प्राङ्गणमा सञ्चालन हुने छ ।   ‘विश्वव्यापी विकवित प्रविधि, सामाजिक परिवर्तन र संस्कृतिमा भएको परिवर्तनले मानिसहरुको दैनिकीलाई व्यस्त बनाएको छ’, अध्यक्ष गुरुङले भने, ‘मानव स्वास्थ्यमा दिनानुदिन थपिदै गएको चुनौतीहरुलाई मध्यनजर गर्दै पोखरा–१ मा साप्ताहिक रुपमा शारीरिक व्यायाम सञ्चालन गर्दैछौं ।’   उनले वडावासीलाई शारीरिक व्यायाम र खेलकुदप्रति जनचेतना फैल्याउने बताउदै हरेक शनिबार बिहान २ घण्टा शारीरिक व्यायाम कार्यक्रम सञ्चालन गर्न लागेको दोहोर्याए ।   उनका अनुसार उक्त २ घण्टाको समयावधिमा जुम्बा,  योगा र ध्यान हुनेछ ।   ‘हामीहरुले पोखरा–१ का नागरिकहरुलाई शारीरिक व्यायाम र खेलकुदप्रति जनचेतना फैल्याउन पनि प्रत्येक शनिबार शारीरिक व्यायाममा जोड्न लागेका हौं’, उनले भने, ‘हामीले शनिबार करिब २ घण्टा जुम्बा विज्ञ र योगा प्रशिक्षकबाट व्यायाम गराउने छौं ।’   अध्यक्ष गुरुङका अनुसार जुम्बाका लागि प्रशिक्षक तमन्ना गुरुङ  र योगातर्फ भगवती सुवेदीले नेतृत्व गर्नेछिन् ।    पोखरा–१ को खेलकुद विकास समितिले आयोजना गर्ने सो कार्यक्रममा वडाको बजेट नभई विभिन्न व्यवसायीहरुको सहयोगमा खर्च जुटाइएको वडाध्यक्ष साहारा प्रधानले बताए ।   उनले वडाका नागरिकहरुलाई स्वस्थ्य बनाउनका लागि अभियान नै सञ्चालन गरेको जानकारी दिए ।   कम्तिमा  ६ महिनामा २४ दिन चल्ने सो कार्यक्रममा करिब ३ सय देखि ५ सय जनाको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।  

पोखरा:   पोखरामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता माघ अन्तिम साता हुने भएको छ । बगर भाइ खलकको आयोजनामा पोखरा टुँडिखेलको खेलमैदानमा १३ औं संस्करणको बगर भाइ खलक तथा दोस्रो हिमालयन ब्रअरी अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुन लागेको हो ।  प्रतियोगिताको मुख्य संयोजकमा इश्वर गुरुङ रहेका छन् । प्रतियोगिताका तयारीका लागि विभिन्न १३ वटा उपसमितिहरु बनाइएको अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिएका छन् ।  उनका अनुसार तीन वटा उमेर समुह ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि खेलाडीहरु बिच प्रतियोगिता हुनेछ । ४० वर्षमाथि उमेर समुहको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एकलाई रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड्फिल्डर, फरवार्ड र प्रशिक्षकले समान पाँच/पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।    ५० वर्षमाथि उमेर समुहको विजेताले नगद एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ६० वर्ष माथि उमेर समुहका विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ प्रप्त गर्नेछन् ।  प्रतियोगिताको मुख्य प्रायोजकमा हिमालयन ब्रुअरी रहेको छ भने सह–प्रायोजकमा प्रदेष खेलकुद परिषद गण्डकी, बगर भाइखलक युके र पोखरा महानगरपालिका रहेको छ ।  विशेष सहयोगी संस्थामा सहारा युके, पोमनपा वडा न १ को कार्यालय, कृषि बिकास बैंक र सफल दुध रहेका छन् ।  माघ २१ देखि माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रतियोगितामा युके, देहरादुन, कलकत्ता, काठ्मान्डौ, ललितपुर, हेटौडा , नवलपरासी, बुटवल, सिमरा, वीरगंज, चितवन, पोखरा लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि करिब ३० टिमको सहभागिता रहने आयोजकको अनुमान रहेको छ।

काठमाडौं:     सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपरस्थित त्रिवि मैदानमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।  एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ४ विकेटको क्षतिमा १०३ रन जोड्न सक्यो।  कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ६२ रन जोडिन्। अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको स्थितिमा रुबिना पहिलो बलमै आउट भएकी थिइन्। उनले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गरिन्।  यस्तै काजल श्रेष्ठले २२ रन जोड्दा कोशीका अरु ब्याटर चल्न सकेनन्।  बलिङमा एपिएफका करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक विकेट लिए।  एपिएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो। समूह चरणका ६ खेल जितेको एपिएफले क्वालिफायर र फाइनलमा पनि उत्कृष्ट खेल देखाउन सफल भयो। यता प्रतियोगितामा राम्रो लयमा देखिएको कोशीले एपिएफविरुद्ध भने जित निकाल्न सकेन। कोशीले एपिएफविरुद्ध समूह चरण, क्वालिफायर र फाइनल गरी तीन खेलमा हार बेहोर्‍यो। यीबाहेक कोशीले अरु सबै खेलमा जित निकाल्यो।

पोखरा:   तमु जातिको महान पर्व, नयाँबर्ष मप्ह«ी  ल्हो तमु ल्होछारको अवसरमा तमु धिं नेपालले आयोजना गरेका तीनदिने कार्यक्रम विविध कार्यक्रम गरी भव्यताको साथ सम्पन्न भएको छ ।  हि ल्होको विदाई र मुप्ह«ी ल्हो तमु ल्होछार कार्यक्रम अन्र्तगत आयोजित परम्परागत छेलो खेल प्रतियोगितामा पैयुखोला तमु समाजका युवराज गुरुङले उपाधि जिेतेका छन् । यस्तै गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका राजेश गुरुङ उपविजेता घोषित भएका छन् । उनीहरुले क्रमशः २५ हजार र १० हजार नगद पुरस्कार पाए ।  कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री, गण्डकी प्रदेस सभा सदस्य बेदबहादुर गुरुङ श्यामले तमुहरुको मौलिक सँस्कृति एवम पहिचान बोकेको छेलो खेल संरक्षणका लागि राज्य, तमु समुदाय र छेलो खेलाडीहरुको भुमिका आवश्यक रहेको बताए ।  छेलो खेलको संरक्षणका लागि आफ्नो बुबाको स्मृतिमा पहिलो पुरस्कार प्रायोजन गरेको गुरुङले छेलो संरक्षणको लागि आफ्नो तर्फबाट सहयोग रहिरहने भन्दै छेलो खेल विद्यार्थीहरुसम्म पु¥याउने बताए । 

पोखरा:   रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सव अन्र्तगत रस्साकसी प्रतियोगितामा पुरुषतर्फ गौरीघाट ‘ए’ प्रथम भएको छ । गौरीघाटकै ‘बी’ टिमलाई पराजित गर्दै गौरीघाट ‘ए’ ले प्रथम स्थान हाँसिल गरेको हो । प्रतियोगितामा डेमसाइड फिटनेश हबले पावरहाउस टिमलाई पराजित गर्दै तेश्रो स्थान हाँसिल ग¥यो । प्रथम हुने टिमले खसी, दोश्रोले बोका र तेश्रो हुने टिमले दुईवटा कुखुराको भाले पुरस्कार पाए । महिलातर्फ फिटनेश हब डेमसाइड प्रथम र त्रिपुरा महिला नारी समुह दोश्रो भए । उनीहरुले क्रमश: नगद १५ र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । नाट्टा गण्डकीको संयोजनमा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, टान गण्डकीका अध्यक्ष धर्म पन्थी, आयोजक रेवानमा महासचिव विकास भट्टराई, रेवान पोखराका पूर्वाध्यक्ष भिमसेन भुजेल, महिला खेलका सह–संयोजक कृष्ण आचार्य, ट्याक्सी व्यवसायी समितिका अध्यक्ष शोभाकान्त पौडेल, टानका सचिव तीर्थराज सुवेदी, नाट्टाका सचिव चेतन कार्की, पिटिसीका पूर्व कोषाध्यक्ष कृष्ण काफ्ले लगायतले पुरस्कार प्रदान गरेका थिए । महोत्सव अन्र्तगत खेलकुद कार्यक्रम संयोजक सूर्यबहादुर भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए । यसैविच पाँच दिने पोखरा सडक महोत्सव सोमबार रातिदेखि अनौपचारिक रुपमा सम्पन्न भएको छ । त्यसअघि आइतबार मध्यरातमा बसुन्धरा पार्कमा भव्य आतिसबाजी गर्दै अंग्रेजी नयाँ वर्षको स्वागत गरिएको थियो । नयाँ वर्षको स्वागतका लागि हजारौं पर्यटकहरु लेकसाइडको सडकमा पुगेका थिए । महोत्सव सफल पार्न सहयोग गर्ने पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, प्रायोजक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्थानिय आमा समुह, युवा समुह लगायतलाई रेवान पोखराले कृतज्ञता जाहेर गरेको छ । ‘सबैको सहयोगमा यो महोत्सव सफल भएको छ, उहाँहरु सबैजना धन्यवादका पात्र हुनुहुन्छ’–आयोजक संस्थाका महासचिव विकास भट्टराईले भने । 

पोखरा:   २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पौष १४ गतेदेखि भएको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ । पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच भएको प्रतिस्पर्धामा आइतबार भएको प्रतियोगितामा पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो । विजेता पर्वत भलिबल क्लबले एक लाख ११ हजार एक सय ११ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने दोस्रो भएको टफ गोर्खा ट्रेनिङ सेन्टरको टिमलाई ७७ हजार सात सय ७७ रुपैया नगद सहित प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो । सो अवसरमा बेस्ट प्लेयर लाई १० हजार, बेस्ट सेटर ३ हजार, बेस्ट डिफेन्डरलाई ३ हजार, बेस्ट सर्भर ३ हजार र बेस्ट ब्लकरलाइ ३ हजार नगद, कप र प्रमाणपत्र प्रदान गरिएको संघका कोषाध्यक्ष तथा सहप्रायोजक सुविन गुरुङले बताए । प्रतियोगितामा गलकोट भलिबल क्लब, पोखरा महानगरपालिका निलो, पोखरा महानगरपालिका रातो, पर्वत भलिबल क्लब, बसुन्धरा पार्क क्लब, गुरुकुल माबी, सिद्धार्थ लभडेल माबी, टफ गोर्खा सहभागी भएका थिए ।  

बागलुङ:  बागलुङको गलकोटमा सम्पन्न भएको बुकी कप–२०८० को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।  हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्ट एण्ड फिल्म्सले बागलुङको गलकोट नगरपालिका वडा नम्वर–६ को मजुवाफाँटमा पुस ८ गतेदेखी  बुकी कप–२०८० आयोजना गरेको थियो ।    प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २७–२५, २२–२५, २१–२५, २७–२५ र अन्तिम सेटमा १५–६ को अन्तरमा उपाधि चुमेको हो ।  बुकी कपको उपाधि विजेता त्रिभुवन आर्मी क्लबले नगद ५ लाख, कप, मेडल र प्रमाणपत्र गरेको छ । प्रतियोगितामा उपविजेता भएको नेपाल पुलिस क्लबले २ लाख ५० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

पोखरा:    गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्ष विजय शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सोमबार सम्पन्न संघको प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष शाहीसहित सम्पूर्ण कार्यसमित सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा मनिषा गुभाजु, सचिवमा सन्दिप बराल, कोषाध्यक्षमा प्रदिप छिन्दाल सर्वसम्मत निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यमा शिब शर्मा, महेश प्रसाद पौडेल, रुद्र बहादुर खड्का (रविन्द्र) विरेन्द्र तिवारी, कृष्ण बहादुर रानाभाट, निशान कार्की र दिपेश गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशन लगतै सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्दै कार्यसमिति सदस्यमा सुस्मिता पाठकलाई मनोनयन गरेको छ । यस अघि भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले दशौंको तयारीमा जुट्न र खेलाडी उत्पादनमा विशेष ध्यान दिन आग्रह गरे । सो अवसरमा नेपाल फेन्सिङ संघका कोषाध्यक्ष अनुप कपालीले पोखरामा ५ वर्ष अघि बाट सुरु भएको फेन्सिङ खेलले खेलाडी उत्पादन गरी राष्ट्रियस्तरमा पदक जित्न सफल भएको भन्दै प्रशंसा गरे । संघका नवनिर्वाचित अध्यक्ष शाहीले गण्डकीमा फेन्सिङ खेलको विकासका लागि निर्वाचित कार्यसमितिले कोही कसैसंग भेदभावपूर्ण ब्यबहार नगरी योजनावद्ध रुपमा कार्य गर्ने प्रतिवद्धता जनाए । उनले भने–“यहाँहरुले दिनुभएको साथ र सहयोगका लागि आभार व्यक्त गर्दछु । संघलाई सुशासन तर्फ अघि बढाउने संगै लैङ्गिक समानता, अनुशासन र खेलकुदप्रतिको उच्च मर्यादामा रहि संघ अघि बढ्ने छ ।” सम्पन्न अधिवेशनमा निर्वाचन समितिको संयोजकको जिम्मेवारी सम्हालेका विष्णु प्रसाद अधिकारी र घनश्याम पौडेलले नवनिर्वाचितहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

पोखरा:   दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रशिलाले महर्जनले जितेका छन् ।  कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना, पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स ओपन सिंगल्सतर्फ प्रिन्स र उमेन्स सिंगल्सतर्फ रशिलाले उपाधि जितेका हुन् । उपाधि संगै उनीहरुले समान नगद रु ५०/५० हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारे ।  मेन्स सिंगल्सतर्फको भिडन्तमा नेपाल नं २ ¥याकिङ एपिएफका प्रिन्सले त्रिभुवन आर्मी क्लवका नेपाल नं ३ ¥याकिङ खेलाडी प्रफुल महर्जनलाई २१–१७, २१–११ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् । त्यसै गरी प्रतियोगितामा नेपाल पुलिस क्लवका विष्णु कटुवाल र एपिएफ क्लवका क्षितिज खनाल तेश्रो भएका छन् । उपविजेता प्रफुलले नगद २० हजार तथा विष्णु र क्षितिजले ट्रफि, मेडल र प्रमाणपत्रका साथमा जनही समान नगद १०–१० हजार हात पारे ।  महिला सिंंगल्सको फाइनलमा नेपाल १ ¥याकिङ त्रिभुवन आर्मी क्लवकी रशिलाले आर्मीकै अनुमाया राईलाई २१–१२, २१–१५ ले हराइन् । त्यसै गरि प्रतियोगितामा आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सिमा राजवंशी भएका छन् । उपविजेता अनुमायाले नगद २० हजार तथा अमिता र सिमाले ट्रफि, मेडल र प्रमाणपत्रका साथमा जनही समान नगद १०–१० हजार हात पारे । त्यसै गरी ब्वाइज यू–१७ तर्फ एपिएफका अरुण अधिकारीले आर्मी कलवका अभय महरालाई २१–१३, २१–१४ को सोझो सेटमा पराजित गरी प्रथम भएका छन् भने आर्मीका कविर केसी र सोही क्लवका सुविन श्रेष्ठ तेश्रो भए । गर्ल्स यू–१७ तर्फ कास्कीकी दिलाशा रानाले आर्मीकी रिहाना शेरचनलाई २१–१५ र २१–१७ को सोझो सेटमा पराजित गरी प्रथम हुँदा सुर्खेतकी दिपिका रोकाया र एमविएफकी निभा राई तेश्रो भएका छन् ।  प्रतियोगिता अन्तर्गत नै मेन्स डबल्स फाइनलमा एपिएफका प्रिन्स दाहाल विजित थापा मगरको जोडीले सोही क्लवका क्षितिज खनाल देवराजरानालाई २१–१८, २१–१७ को सोझो सेटमा पराजित गरी प्रथम भएका छन् भने तेश्रो स्थान एपिएफको जोडी प्रनिश सिंह ठकुरी र सुजन थापा तथा नेपाल पुलिस क्लवका जिवन आचार्य र विष्णु कटुवालको जोडीले प्राप्त गर्न सफल भए ।  यस्तै उमेन्स डबल्स तर्फको फाइनलमा आर्मी क्लवका जोडी अमिता गिरी र रशिला महर्जनले आर्मी र कस्तुरी कलव सम्मिलित जोडी अनुमायाँ राई र सिमा राजवंशीलाई २१–१०, १०–२१ र २१–१७ ले पराजित गरेका छन् भने प्रतियोगितामा कास्कीका याम कुमारी गुरुङ र दिलाशा राना तथा झापा र बेल्टारका अन्जना राई र रोजीराईले तेश्रो स्थान हात पारे ।  मिक्स डबल्स तर्फको फाइनलमा आर्मीका प्रफुल महर्जन र रशिला महर्जनले एपिएफका प्रिन्स दाहाल र रिना तामाङलाई २१–१३ र २१–१४ ले पराजित गरेका छन् । सोही इभेन्टमा बुटवल र कास्कीका जोडी गणेश रायमाझी र दिलाशा राना तथा कास्कीकै विशाल खड्का र याम कुमारी गुरुङको जोडी तेश्रो भएको छ ।  व्याइज सिंगल्स यू–१२ तर्फको फाइनल तनहुँका सफल भुजेलले एपिएफका आरुष सिम्खडालाई २१–१२ र २१–१३ ले हराएका छन् । सोही इभेन्टमा आर्मीका सुदेश राजकोटी र कन्चनपुरका आशिष खत्री तेश्रो भएका छन् । गर्ल्स सिंगल्स यू–१२ मा दिपक बोहरा एकेडेमीका अस्मिता खत्रीले क्लव मध्यपुरकी स्वर्लिन श्रेष्ठ विरुद्ध फाइनलमा १७–२१, २१–१२, २४–२२ ले जित्दा म्याग्दीकी व्रिटिना सुवेदी र कास्कीकी सेरीन प्रधानाङ्गले तेश्रो स्थान हासिल गरे ।  मेन्स डवल्स ३५ वर्ष माथी मास्टर्समा कास्की र आर्मी क्लवका विशाल खड्का र सुरज महर्जनको जोडीले कास्की र नेपाल पुलिस क्लवका जोडी होम गुरुङ र विष्णु कटुवाललाई २१–१७, २१–१९ ले फाइनलमा पराजित गरे । प्रतियोगितामा कास्कीका इच्छा गुरुङ र शम्भु कुमार श्रेष्ठ तथा चितवन र नवपलुरका जोडी विधान गुरुङ र केवल श्रेष्ठ तेश्रो स्थान प्राप्त गरे ।    मेन्स डवल्स ४५ वर्ष माथी मास्टर्समा कास्की र पर्वतको जोडी डोलराज आले र प्रेम गुरुङले कास्कीको जोडी खेलाडी राजेश गुरुङ र शम्भु कुमार श्रेष्ठलाई २१–१९, १९–२१, २१–१९ ले पराजित गरे । त्यस्तै कास्की र तनहुँको जोडी रामशरण केसी र मान बहादुर राना तथा कास्कीका नर बहादुर गुरुङ र विशाल हिराचनको जोडी तेश्रो भए ।    प्रतियोगिता अन्तर्गत नै भएको ५५ वर्ष माथी मास्टर्स डबल्समा कास्कीको जोडी विर बहादुर आले र राजेन्द्र गुरुङले फाइनल प्रतिस्पर्धामा कास्की र बागलुङको जोडी सुरेश वम र निर्माण श्रेष्ठलाई १८–२१, २३–२१ र २१–१५ ले पराजित गर्न सफल भएका छन् । प्रतियोगितामा काठमाण्डौ र खोटाङको जोडी दिल बहादुर कान्दङवा र दिपक राई, फिटनेश पार्कको जोडी उमेश केसीले गोविन्दन शाहीको जोडी तेश्रो भएको छ ।  तिन दिन देखि जारी प्रतियोगितामा कुल १२ इभेन्टमा ४८ क्लव तथा जिल्लाका गरी ३ सय भन्दा महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा मास्टर्स, मेन्स उमेन्स डबल्स र मिक्स डबल्सतर्फका पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुलाई जनही क्रमश नगद रु ४०, २० र १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने यू–१७ र यू–१२ व्याइज तथा गर्ल्स तर्फका पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुलाई जनही क्रमश नगद रु २०, १० र ५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।  सम्पूर्ण विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, पूर्व राखेप सदस्य तथा संघका वरिष्ठ सल्लाहकार जयराम हमाल, हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्तलगायतले नगद, ट्रफि, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।  समापन कार्यक्रम कास्की ब्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठको अध्यक्षतामा भएको थियो । सो अवसरमा उनले प्रतियोगितालाई सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे ।