पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा:    पोखरामा प्रथम संस्करणको पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।  बि–बग इभेन्टको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन हिमालयन मावि र गण्डकी बोर्डिङ स्कुलले विजयी सुरुआत गरेका छन् ।  पोखरा रंगशालामा भएको उद्घाटन खेलमा हिमालयन माविले बालमन्दिर माविमाथि सहज जित निकालेको हो ।  हिमालयनले बालमन्दिर माविलाई ११६ रनले पराजित गरेको हो ।  हिमालयनले दिएको १७९ रनको विशाल लक्ष्य पछ्याएको बालमन्दिर १२ ओभर ५ बलमा ६२ रनमै समेटिएको हो । बालमन्दिरका मनिल अर्यालले सर्वाधिक १५ रन जोडे । अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  बलिङमा हिमालयनका सफल थापाल एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेको सफलले १८ रन खर्चेर ६ विकेट लिए । नविन भण्डारीले २ विकेट लिए ।  यसअघि पहिला ब्याटिङ रोजेको हिमालयनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।  हिमालयनका लागि अभिषेक थापामगरले सर्वाधिक ४८ रनको योगदान दिए । सफल थापाले ३१ रन जोडे । बलिङमा बालमन्दिरका सुमन अधिकारी र सौगात लामिछानेले २–२ विकेट लिए ।  दोस्रो खेलमा गण्डकी बोर्डिङ स्कुलले छोरेपाटन माध्यमिक विद्यालयलाई ९ विकेटले पराजित गरेको हो ।  पोखरा रंगशालास्थित क्रिकेट मैदानमा छोरेपाटनले दिएको ३३ रनको सामान्य लक्ष्य गण्डकीले ४ ओभर २ बलमा १ विकेट गुमाएर पुरा ग¥यो ।  गण्डकीका लागि मनोज भण्डारीले सर्वाधिक १५ रन र रजत पौडेलले १० रन बनाए । छोरेपाटनका सदिर्श पौडेलले १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको छोरेपाटन मावि १२ ओभर ३ बलमा ३२ रनमा समेटिएको थियो । छोरेपाटनलाई सस्तोमा समेट्न गण्डकीका आरोग्य भण्डारी र रजत पौडेलले समान ३ विकेट लिए ।  ३ आभेर बलिङ गरेका भण्डारीले ३ रन र पौडेलले १० रन खर्चिए । छोरेपाटनका उत्सव त्रिपाठीले सर्वाधिक १२ रन बनाए अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । खेलको प्लेयर अफ दि म्याच रजत पौडेल घोषित भए ।  फागुन १६ गतेसम्म चल्ने प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल, उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताले विद्यालय तहबाटै क्रिकेटको विकास गर्न मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।  

काठमाडौं:    नेपाल ‘ए’ ले क्यानडा–११ सँगको तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेल खेल्दै छ । खेल बिहान ९:३० बजे मुलपानी क्रिक्रेट मैदानमा हुँदैछ । यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा–११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जित्दै शृङ्खला १/१ को बराबरी गरेको छ । आजको खेल जित्ने टोलीले यो शृङ्खला २/१ ले जित्नेछ । नेपालले पहिलो खेल विनोद भण्डारीको कप्तानीमा खेलेको थियो भने दोस्रो खेल सन्दीप जोराको कप्तानीमा खेलेको थियो । नेपाली टोलीमा विनोद भण्डारी, सन्दीप जोरा, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जि।सी। रहेका छन् । यसमध्ये हेमन्त धामी, सुजन थपलिया र आशुतोष घिरैयाले प्लेइङ-११ मा अवसर पाएका छैनन् । अरु सबैले खेलिसकेका छन् । धामीले यसअघि क्यानडाँसँगको ओडीआई शृङ्खला भने खेलेका थिए ।

पोखरा:    गण्डकी प्रदेशले  छैटौँ राइनो संरक्षण गोल्डकपको उपाधि जितेको छ। राइनो रंगशालामा बुधबार सम्पन्न फाइनलमा सेन्टर कलेज अठ्ठाइस बिघा कावासोतीलाई २–१ गोल अन्तरले हराउँदै गण्डकीले उपाधि जितेको हो।  उपाधिसँगै गण्डकीले नगद आठ लाख रुपैयाँसहित ट्रफी हात पारेको छ। प्रतियोगिताको उपविजेता सेन्टर कलेज अठ्ठाइस बिघाले चार लाख हात पारेको छ।  प्रतियोगितामा विभागीय टिम प्रदेशस्तरको टिमसहित १२ टिमको सहभागिता थियो। विश्वकै दुर्लभ एकसिँगे गैँडा संरक्षणको उद्देश्य राखेर विगत २० वर्षदेखि राइनो संरक्षण कप फुटबल प्रतियोगिता हुँदै आएको छ।

पोखरा:    बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका एट टु नाइन एफसी र लामागाउँ गुम्बा एफसी भिड्ने भएका छन् ।   पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा एट टु नाइन एफसीले एलसी ब्रदर्शलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  एट टु नाइन एफसी र एलसी ब्रदर्शबीच भएको पहिलो सेमिफाइनल खेल गोलरहित निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा एट टु नाइन एफसी ३–२ गोलले विजयी बन्यो ।  पेनाल्टी सुटआउटमा एट टु नाइनका धुव्र घिमिरे, किरण मगर र जीवन गुरुङले गोल गरे । यस्तै एलसी ब्रदर्शका विशाल गुरुङ र अजित गुरुङले गोल गर्दा धिरज मगरको पेनाल्टी एट टु नाइनका गोल किपर राज गुरुङले विफल पारिदिए ।  दोस्रो सेमिफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले रामघाट रामघाट एफसीलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।  दोस्रो सेमिफाइनल खेलमा लामागाउँ गुम्बा एफसी र रामघाट रामघाट एफसीबीच भएको खेल गोलरहित निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा लामागाउँ गुम्बा एफसी ३–२ गोलले विजयी बन्यो ।  पेनाल्टी सुटआउटमा लामागाउँ एफसीका मनिष क्षेत्री, सनिम थापा र युनिक तामाङले गोल गरे । भने यस्तै रामघाट एफसीका अमृत कुँवरले गोल गर्दा लामागाउँका गोल किपर अञ्जन क्षेत्रीले राहुल गुरुङको पेनाल्टी विफल पारी दिए ।  सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका एट टु नाइन एफसी र  बीच भोलि (बिहीबार) प्रतिस्पर्धा हुने खेल संयोजक रामकाजी गुरुङले बताए ।  उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।

काठमाडौं:    आइसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियाविरुद्ध लगातार दोस्रोमा २ विकेटले पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको पराजित भएको नेपाल अफ्रिकी टोली नामिबिया विरुद्ध दोस्रो खेलमा २ विकेटले पराजित भएको हो । १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर जित हार पार्यो । नामिबियाका लागि कप्तान जेरार्ड इरासमसले ५६ बलमा ८ चौका र २ छक्कासहित ५२ रन बनाए । यस्तै माइकल भ्यान लिङ्गेनले ३४ बलमा ४ चौका र २ छक्कासहित ३१ रन बनाए । नेपालले नियमित अन्तरालमा विकेट निकालेपनि अन्त्यमा नेपालको योगफल निकै कम साबित हुन पुग्यो । नेपालले नामिबियाका ओपनर द्वय जेपी कोट्जे र निकोलास डेभिनलाई क्रमस ३ र ८ रनमा आउट गरेको थियो । त्यसपछि तीन र चार नम्बरमा ब्याटिङ गर्न आएका भ्यान लिङ्गेन र इरासमसले खेल नेपालको हातबाट केहि टाढा लगेका थिए । तर ६९ रनमा कुशल मल्लले भ्यान लिङ्गेनलाई आउट गर्दै नेपालका लागि विकेट निकालेका थिए । ज्यान फ्राईलिंक पनि ४ रन मात्र बनाएर दिपेन्द्र सिंह ऐरिको बलमा आउट भए । ज्यान निकोल लोफ़्टि–इटन र जेन ग्रिन क्रमशः ५ र ६ रन बनाएर कुशल भुर्तेल र ललित राजबंशीको बलमा आउट भए ।  ५ रन बाँकी रहँदा नामिबियाको आठौँ विकेट खस्यो । रुबेन ट्रम्पलम्यानलाई कुशल भुर्तेलले १२ बलमा १६ रन बनाएको अवस्थामा लंग–अफमा देव खनालको हातबाट क्याच आउट गराए ।   १४२–७ को अवस्थाबाट नामिबियाले कुनै विकेट गुमाएन । जेजे स्मिट ६६ बलमा १ चौका र २ छक्कासहित ३४ रन बनाउँदै नटआउट रहेर खेललाई नेपालको हातबाट छिने । यस्तै बेर्नार्ड स्कोल्ज ५ बलमा ८ रन बनाएर अविजित रहे ।   नेपालका लागि कुशल भुर्तेलले तीन विकेट लिए भने दिपेन्द्र सिंह ऐरि, रोहित पौडेल, ललित राजबंशी र कुशल मल्लले समान १÷१ विकेट लिए ।  त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रनमा समेटियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गर्नुबाहेक अन्य ब्याटरले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । नेपालका तीन ब्याटर कुनै रन नबनाई पेभेलियन फर्किएका थिए ।      राम्रो सुरुवात गर्दै छैठौ ओभरको समाप्तिमा कुनै विकेट नगुमाएको नेपालले आठौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको थियो । नेपालको पहिलो दुई विकेट सातौ ओभरमा बर्नार्ड स्कोल्जले खसालेका थिए । ओपनिङ ब्याटर कुशल भुर्तेल १८ रन बनाएर पहिलो विकेटको रुपमा पेभेलियन फर्किएका हुन् । उनी सो ओभरको दोस्रो बलमा लेग(बिफोर(विकेट आउट भएका थिए ।  यस्तै सोहि ओभरको चौथो बलमा अनिल शाह शुन्यमा आउट हुन पुगे । अनिल नामिबियाका कप्तान जेरार्ड इरासमसद्वारा क्याच आउट भएका थिए ।  अर्का ब्याटर देव खनाललाई ज्याक ब्रासेलले आउट गरे । आठौ ओभरको अन्तिम बलमा उनी विकेटकिपर जेन ग्रिनद्वारा क्याच आउट भए । त्यसपछि आसिफ र कुशल मल्ल मिलेर चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । सो साझेदारी २०औ ओभरमा आसिफको विकेटपछि तोडियो । उनी स्कोल्जकै बलमा लेग(बिफोर(विकेट आउट भएका थिए । त्यसलगत्तै ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल पनि २४औ ओभरमा शुन्यमा ज्यान निकोल लोफ़्टि(इटनको बलमा आउट हुन पुगे । त्यसपछि पेभेलियन फर्किने कुशल मल्ल थिए । उनी २७औ ओभरमा जेरार्ड इरासमसको बलमा ५३ बल खेलेर १ चौका र ३ छक्का ३६ रन बनाएर सर्ट फाइन(लेगमा ब्रासेलद्वारा क्याच आउट भए ।    दिपेन्द्र सिंह ऐरि पनि धेरै समय क्रिजमा रहन सकेनन् । उनी १८ बल ६ रन बनाएर लोफ़्टि(इटनको बलमा ग्रिनद्वारा स्टम्प आउट भए । सोमपाल कामी पनि ४ रन बनाएर लोफ़्टि(इटनकै बलमा पेभेलियनको बाटो लागे । अर्को ओभरमा भिम शार्की स्कोल्जको बलमा ३६ बल खेल्दै २६ रन बनाएर बोल्ड आउट भए । अन्तिममा करण केसी १२ रन बनाएर लोफ़्टि(इटनको बलमा लंग(अफमा क्याच आउट भएपछि नेपालको इनिङ समाप्त हुन पुग्यो ।   नामिबियाका लागि लोफ़्टि(इटन र स्कोल्जले समान ४÷४ विकेट लिए । स्कोल्जले १० ओभरमा २ मेडन सहित ३१ रन दिएर ४ विकेट लिएका हुन् भने लोफ़्टि(इटनले ६.१ ओभरमा ४ विकेट लिने क्रममा ३४ रन दिए । यस्तै इरासमस र ब्रासेलले १÷१ विकेट लिए ।   सिरिजको अर्को खेलमा शुक्रवार नामिबियाले नेदरल्याण्ड्सको सामना गर्नेछ भने आइतवार सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्स र नेपाल भिड्ने छन् । त्यसपछि यी ३ टोलीले टी–२० त्रिकोणात्मक सिरिज समेत खेल्ने छन् ।  

पोखरा:   कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसमा  प्रथम पालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबलसँगै विविध कार्यक्रम गरेर मनाउने भएको छ ।    गाउँपालिकाले आज (बुधबार) पोखरामा पत्रकार सम्मेलन गर्दै स्थापना दिवस फागुन २७ देखि २९ गतेसम्म मादी–३ याङ्जाकोटमा कार्यक्रम गरी मनाउने जानकारी दिएको हो ।  मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गण्डकी प्रदेशस्तरीय पालिका अध्यक्ष कप भलिबलसँगै विविध कार्यक्रम गरेर गाउँपालिका स्थापना दिवस मनाउन लागेको बताए ।  ‘हामीले गाउँपालिका स्थापना दिवस फागुन २७ देखि २९ गतेसम्म विविध कार्यक्रम आयोजना गरेर मनाउँदै छौं’, अध्यक्ष गुरुङले, ‘स्थापना दिवसमा भलिबल प्रतियोगिता देखि, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न विविध कार्यक्रम आयोजना गरेको छौं ।’ उनका अनुसार फागुन २७ देखि सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय पालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना हुने पालिकाले ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै पालिकाले स्थापना दिवसको अवसरमा पालिका भित्र कार्यरत शिक्षकहरुबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गर्ने भएको छ । हाजिरी जवाफ प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  पालिकाले स्थापना दिवसको अवसरमा उत्कृष्ट विद्यालय, शिक्षक, स्वास्थ्य स्वयमसेविका, उपभोक्ता समिति, टोलसुधार समिति, सहकारी र जेष्ठ नागरिकहरु मध्येबाट ग्राम पिता र मातालाई सम्मान गर्ने जनाएको छ ।  

काठमाडौं:    आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रनमा समेटियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गर्नुबाहेक अन्य ब्याटरले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । नेपालका तीन ब्याटर कुनै रन नबनाई पेभेलियन फर्किएका थिए ।       राम्रो सुरुवात गर्दै छैठौ ओभरको समाप्तिमा कुनै विकेट नगुमाएको नेपालले आठौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको थियो । नेपालको पहिलो दुई विकेट सातौ ओभरमा बर्नार्ड स्कोल्जले खसालेका थिए । ओपनिङ ब्याटर कुशल भुर्तेल १८ रन बनाएर पहिलो विकेटको रुपमा पेभेलियन फर्किएका हुन् । उनी सो ओभरको दोस्रो बलमा लेग–बिफोर–विकेट आउट भएका थिए ।    यस्तै सोहि ओभरको चौथो बलमा अनिल शाह शुन्यमा आउट हुन पुगे । अनिल नामिबियाका कप्तान जेरार्ड इरासमसद्वारा क्याच आउट भएका थिए ।  अर्का ब्याटर देव खनाललाई ज्याक ब्रासेलले आउट गरे । आठौ ओभरको अन्तिम बलमा उनी विकेटकिपर जेन ग्रिनद्वारा क्याच आउट भए । त्यसपछि आसिफ र कुशल मल्ल मिलेर चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । सो साझेदारी २०औ ओभरमा आसिफको विकेटपछि तोडियो । उनी स्कोल्जकै बलमा लेग–बिफोर–विकेट आउट भएका थिए । त्यसलगत्तै ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल पनि २४औ ओभरमा शुन्यमा ज्यान निकोल लोफ़्टि–इटनको बलमा आउट हुन पुगे । त्यसपछि पेभेलियन फर्किने कुशल मल्ल थिए । उनी २७औ ओभरमा जेरार्ड इरासमसको बलमा ५३ बल खेलेर १ चौका र ३ छक्का ३६ रन बनाएर सर्ट फाइन–लेगमा ब्रासेलद्वारा क्याच आउट भए ।    दिपेन्द्र सिंह ऐरि पनि धेरै समय क्रिजमा रहन सकेनन् । उनी १८ बल ६ रन बनाएर लोफ़्टि-इटनको बलमा ग्रिनद्वारा स्टम्प आउट भए । सोमपाल कामी पनि ४ रन बनाएर लोफ़्टि–इटनकै बलमा पेभेलियनको बाटो लागे । अर्को ओभरमा भिम शार्की स्कोल्जको बलमा ३६ बल खेल्दै २६ रन बनाएर बोल्ड आउट भए । अन्तिममा करण केसी १२ रन बनाएर लोफ़्टि–इटनको बलमा लंग–अफमा क्याच आउट भएपछि नेपालको इनिङ समाप्त हुन पुग्यो ।  नामिबियाका लागि लोफ़्टि–इटन र स्कोल्जले समान ४/४ विकेट लिए । स्कोल्जले १० ओभरमा २ मेडन सहित ३१ रन दिएर ४ विकेट लिएका हुन् भने लोफ़्टिइटनले ६.१ ओभरमा ४ विकेट लिने क्रममा ३४ रन दिए । यस्तै इरासमस र ब्रासेलले १/१ विकेट लिए ।    पहिलो तीन खेलमा खेलाइएको पिच प्रयोग नगरी आज अर्को पिचमा खेल खेलाइएको छ । नेपालले आज प्लेइङ–११ मा १ परिवर्तन गरेको छ । करण केसीले गुलशन झाको स्थान लिएका छन् ।

काठमाडौं:      आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज (बुधबार) नेपालले नामिवियासँग खेल्दैछ । खेल बिहान ९ः३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल यसअघि ३ फागुनमा भएको पहिलो खेलमा नामिवियासँग ४ विकेटले स्तब्ध भएको थियो । टस हारेर पहिला ब्याटिङको गरेको नेपाल १३२ रनमै अल आउट भएको थियो । तर दोस्रो खेलमा एसोसिएटको बादशाह नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै नेपालले शानदार पुनरागमन गरेको थियो । नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५।२ ओभरमा पूरा गरेको थियो । उच्च मनोबलसँगै घरेलु मैदा र दर्शकको फाइदा उठाउँदै नेपाल नामिवियासँग हारको बदला लिन चाहन्छ । उता नामिविया नेपाललाई लगातार दोस्रो खेलमा स्तब्ध पार्ने सोचमा हुनेछ । त्रिवि मैदानमा नै सोमबार भएको खेलमा नामिविया नेदरल्यान्ड्ससँग १२३ रनमा अल आउट हुँदै ७ विकेटले पराजित भएको थियो ।  

काठमाडौं:    उत्कृष्ट पहिलो हाफको मद्दतले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलको नेपालले सिरिया माथि जित हात पारेको छ । साउदी अरेबियाको राजधानी रियाद स्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा नेपालले सिरिया माथि ४–१ को जित निकाल्न सफल भएको हो । नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेलले समान एक एक गोल गरेका हुन् । खेलको सुरुवातदेखि नै नेपाल खेलमा हावी भएको थियो । सुरुवाती समयमा साम्बातिर केन्द्रित भएको नेपाली अग्रपंक्तिले लगातार आक्रमण बुनिरहेको थियो । मिडफिल्डमा प्रिती राई उच्च लयमा देखिरहेकी छन् । नेपालले लगातार सिरियन टोलीबाट गल्तीहरू गराइरहेको थियो । दोस्रो मिनेटमा पूजा रानाको लामो पास सिरिया गोलरक्षक रनिम लतिफले फुस्काएपनि त्यहाँ कुनै खतरा रहन सकेन । सातौं मिनेटमा प्रिती राईको लङ रेन्ज प्रहार पोस्टको दिशामा रहन सकेन । अर्को मिनेटमा गीता रानाको लामो बलले पनि साम्बालाई भेटाउन सकेन । सोही मिनेटमा प्रिती राईको क्रससम्म पनि साम्बा पुग्न सकिनन् । १०औं मिनेटमा नेपालले खेलमा अग्रता लिन सफल भयो । डिफेन्डर मयर अलुशले बल सिधै प्रिती राईको खुट्टामा दिएपछि उनको प्रहार ब्लक हुन पुग्यो । तर बल बक्स भित्र खाली रहेकी अमिषा कार्कीको खुट्टामा पुगेपछि उनले शक्तिशाली प्रहार गर्दै खेलमा नेपाललाई अग्रता दिलाइन् । त्यसपछि पनि नेपालले लगातार आक्रमण बनिरह्यो । १२औं मिनेटमा प्रितीको अर्को लङ रेन्ज प्रहार लतिफले बचाइन् । सोही कर्नर किकमा नेपालले दोस्रो गोल गर्न सफल भयो । अनिता बस्नेतले प्रहार गरेको कर्नर किक सिधै गोलमा परिणत भएको थियो । १९औं मिनेटमा नेपालले खेलको तेस्रो गोल गर्यो । प्रितीले आफ्नै हाफबाट खेलेको थ्रु(पासमा गरेको पहिलो प्रहार लतिफले बचाएपनी बल उनकै खुट्टामा रह्यो । त्यसपछि उनले खेलेको पासमा साम्बाले सहजै गोल गर्न सफल भइन् । तेस्रो गोलपछि भने खेलमा नेपालको प्रभुत्व घट्दै गयो । तर नेपालका लागि खतरा भने बन्न सकेन । ३३औं मिनेटमा नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले सहज बल समात्न नसक्दा खतरा बनेको थियो । तर उनले दोस्रो पटकमा बल समात्न सफल भइन् । ३८औं मिनेटमा साम्बाको प्रहार लतिफले बचाउन सफल भइन् । अमिषाको पासमा उनले एक डिफेन्डर छक्याएर गरेको प्रहार लाइनभन्दा अगाडि आएकी लतिफले बचाइन् । ४३औं मिनेटमा गोलकिपर एन्जिलाको गल्तीमा नेपालले गोल खान पुग्यो । नोर मुस्ताफाको फ्रि(किक समात्ने क्रममा उनले बल नियन्त्रणमा लिन नसक्दा बल गिता रानालाई लागेर पोस्ट भित्र जान पुग्यो । ४८औं मिनेटमा मुस्ताफाको लङ रेन्ज प्रहार एन्जिलाले सहजै समातिन् । ६०औं मिनेटमा केही सेकेन्डको अन्तरालमा साम्बाले दुई अवसरको सदुपयोग गर्न सकिनन् । पहिलो प्रहार लतिफाले बचाएकी थिइन् भने दोस्रो प्रहार पोस्टको केही टाढाबाट बाहिरिएको हो । ६२औं मिनेटमा साम्बाले बक्स बाहिर बल खोसेर गरेको प्रहारमा पुनः लतिफा बाधक बनिन् । ६७औं मिनेटमा साम्बाले क्रसबारमा प्रहार गरिन् । पूजाको क्रसमा साम्बाको प्रहार क्रसबारमा लागेर फर्कियो । रिबाउन्डमा उनको फ्रि(हेडर भने पोस्टमाथि जान पुग्यो । अर्को मिनेटमा नेपालले खेलको चौथो गोल गर्यो । साम्बाको क्रसमा रेखा पौडेलले बक्स भित्रबाट गोल गर्दै नेपालको अग्रता पुनः तीन गोलको बनाइन् । ८९औं मिनेटमा अमिषाले पाँचौं गोल गर्ने अवसर खेरा फालिन् । बक्सको छेउमा खाली रहेको अवस्थामा गरेको प्रहार पोस्टको दिशामा रहन सकेन । इन्ज्युरी समयको पहिलो मिनेटमा साम्बाको प्रहार पुनः लतिफाले बचाइन् । नेपाल गुआम संगै प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । नेपालले दोस्रो खेलमा फागुन १० गते इराकसँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।