पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:    रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । शनिबार बिहान फेवातालमा भएको खुल्ला डुङ्गा दौड प्रतियोगितामा स्विमङपुल घाट ‘ए’ ले प्रथम, गौरीघाट द्धितिय तथा बाराहीघाट तृतीय भए । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, द्धितियले नगद १० हजार तथा तृतीयले नगद ५ हजार सहित प्रमाणपत्र पुरस्करा प्राप्त गरे । विजयी टोलीलाई रेवान पोखराका पूर्वाध्यक्ष गणेशबहादुर भट्टराई, पोमनपा वडा नम्बर ६ का पूर्व वडा सदस्य हरि पहारी, कार्यक्रम संयोजक बिरेन्द्र लामा लगायतले पुरस्कार वितरण गरेका थिए । त्यसअघि भएको संस्थागततर्फको प्रतियोगितामा टान गण्डकी प्रथम, रेवान पोखरा द्वितिय तथा नेपाल टुरिजम भ्यान एशोसिएसनले तृतीय स्थान हाँसिल गरेका थिए । सडक महोत्सवमै भएको वेटर रेसमा बेन्जन रेष्टुरेण्टका रेशमबहादुर अर्याल प्रथम, चिल्ली बारका सुनिल गुरुङ्ग द्धितिय तथा बेन्जनकै सौरभ ठकुरी तृतीय भए । उनीहरुले क्रमश नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । वेट्रेसफर्त बेन्जनकी मोनिका नेपाली प्रथम, बेन्जनकै माया घले द्धितिय तथा बेलिफका रश्मी तिवारी तृतीय भइन् । उनीहरुले नगद ७ हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । विजेतालाई प्रायोजक कोकाकोला कम्पनीका प्रतिनिधी, रेवान पोखराका पूर्वाध्क्ष बलराम पहारी लगायले पुरस्कृत गरे । मःम खाने प्रतियोगितामा पुरुषतर्फ प्रकास गुरुङ्ग प्रथम, गोबिन गाहा द्धितिय तथा खगेन्द्र अर्याल तृतीय भए । महिलातर्पm मिसु पुन प्रथम, सीता नेपाली द्धितिय तथा विष्णु थापा मगर तृतीय भए । उनीहरुलाई रेवान पोखराका पूर्वाध्यक्ष भिमसेन भुजेल, महोत्सव संयोजक विश्वराज पौडेल लगायतले विशेष पुरस्कार प्रदान गरे ।  

काठमाडौं:    ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिगको दोस्रो सिजनको उपाधि जितेको छ । गत सिजन समेत उपविजेता रहेको धनगढी फुटबल क्लबलाई ३–२ ले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो । दशरथ रंगशालामा ललितपुरले पहिलो हाफमा गोल खाएपनि सानदार पुनरागमन गर्दै उपाधि उचालेको हो । ललितपुरको जितमा इमोह एजेकेलले २ तथा दिनेश हेन्जनले १ गोल गरे । धनगढीका लागि ओलावाले अफिजले सुरुवाती अग्रता दिलाएका थिए । हिजाजीले अन्त्यमा सान्त्वना गोल गरे । ललितपुरले खेलमा आक्रामक सुरुवात गरेपनि धनगढीको पोस्टमा राम्रो आक्रमण बुन्न सकेन । धनगढीले भने काउन्टर अट्याकमा अग्रता लिन सफल भयो । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा ललितपुरका इमोह एजेकेलले सिधै फ्रिकिकमा गोल गर्दै खेल बराबर गरे । दोस्रो हाफमा ललितपुरले १५ मिनेटमा दुई गोल गर्दै ३–१ को अग्रता लियो । खेलको चौथो मिनेटमा धनगढीका आशिष चौधरीको क्रस ललितपुर गोलरक्षक जेफ्रि बाल्टुसले सहजै समात्न सफल भए । १२औं मिनेटमा धनगढीकै अभिषेक गुरुङको प्रहार डिफ्लेक्ट भएर पोस्टको माथिबाट बाहिरियो । १६औं मिनेटमा ललितपुरका सनिश श्रेष्ठको उत्कृष्ट ट्याकलले अहमद हिजाजीलाई विफल पार्यो । ओमोलाजा करिमले क्लियर गर्न खोजेको बलमा चाहेजस्तो सम्पर्क बनाउन नसकेपछि हिजाजीको लागि अवसर सिर्जना भएको थियो । तर सनिशले अवस्था बुझ्दै राइटब्याक बाट आएर गरेको ट्याकलका कारण हिजाजीले प्रहार गर्न सकेनन् । २७औं मिनेटमा धनगढीका कमल श्रेष्ठ र आशिष चौधरीको लगातार दुई क्रस ठाउँमा जान सकेन । ३५औं मिनेटमा ललितपुरका दिनेश हेन्जनको फ्रिकिकले पनि पोस्टको दिशा लिन सकेन । ३८औं मिनेटमा भने ओलावाले अफिजको गोलमा धनगढीले खेलमा अग्रता लियो । आशिषको लामो पासमा हिजाजीले डिफेन्स पछाडि रन बनाएर गरेको प्रहार बाल्टुसलाई लागेपछि ओलावालेले सहजै बललाई पोस्टमा हालेका थिए । इन्ज्युरी समयमा ललितपुरका लागि इमोहले सिधै फ्रिकिकमा गोल गरे । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे । दोस्रो हाफको पहिलो मिनेटमा नै ललितपुरले राम्रो अवसर खेरा फाल्यो । करिमको थ्रु–पासमा आदित्य शाक्यले खेलेको क्रसमा अनिल महर्जनले बललाई पोस्ट भन्दा केही टाढा प्रहार गरे । ५०औं मिनेटमा धनगढीले पुनरागमन पूरा गर्दै खेलमा अग्रता लियो । सेसेहाङ आङदेम्बेले मिडफिल्डमा आफूलाई स्पेस बनाएर खेलेको थ्रु(पासमा आदित्यले खेलेको क्रसमा दिनेशले सहजै गोल गर्दै खेलमा ललितपुरलाई अग्रता दिलाए । ५४औं मिनेटमा धनगढीले खेलमा बराबरी गर्ने अवसर जुटाएको थियो तर हिजाजीको प्रहार बाल्टुसले सहजै समाते । ५८औं मिनेटमा ललितपुरले अग्रता दोब्बर बनायो । अनन्तले आफ्नो हाफमा बल जितेर दिनेशको लागि पास खेले । दिनेशले राम्रो रन बनाएर खेलेको क्रस रिचार्ड अग्यमाङले क्लियर गरेपछि बल पापा केबेको मुखमा लागेर पोस्ट तर्फ नै गयो । सो अवसरमा इमोह इजिकिएलले एक्रोबेटिक प्रहार गर्दै व्यक्तिगत दोस्रो र टिमको तेस्रो गोल गर्न सफल भए । ६५औं मिनेटमा ललितपुरले गोल गर्ने अर्को अवसर खेरा फाल्यो । पापाका लागि वान अन वान अवसर सिर्जना भएको बेलामा उनले बल नियन्त्रणमा लिन नसकेपछि अवसर खेरा गयो । त्यसको लगत्तै दिनेशको प्रहार पोस्ट तर्फ जान सकेन । ७९औं मिनेटमा धनगढी दश जनामा सिमित हुन पुग्यो । डिफेन्डर रिचार्डले इमोह माथि गरेको च्यालेन्ज पश्चात उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए । धनगढीका लागि अन्तिम समयमा अहमद हिजाजीले गोल गर्दै झिनो सम्भावना दिएका थिए । त्यसअघि अन्त्यतिर ललितपुरले बल पोसेसनमा राख्दै धनगढीलाई खेलमा फर्कने अवसर दिएको थिएन ।

बागलुङ:    सातौं बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि नव मालिका युवा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा नव मालिकाले निर्माण व्यवसायी संघ बागलुङलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । नव मालिकाले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१८ ले जित्दा तेस्रो सेट १२–२५ ले गुमाएको थियो । चौथो सेट २५–११ ले जित्दै नव मालिकाले उपाधि जितेको हो । शनिबार नै भएको तेस्रो स्थानको खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ विजयी भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघले प्रेम दाईको रेष्टुरेण्ट तंग्राम भलिबललाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो ।   प्रथम भएको नव मालिका युवा क्लबले ५१ हजार १ सय ११ रुपैयाँ, द्धितिय भएको निर्माण व्यवसायी संघ बागलुङले ३१ हजार १ सय ११ रुपैयाँ र तृतीय भएको नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

पोखरा:   आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ। आयोजक सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै आहा राराको २३ औं संस्करण  माघ ९ गते देखि २० गतेसम्म सन्चालन गर्न अखिल नेपाल फुटबल संघ(एन्फा)बाट अनुमति प्राप्त भएको जनाएका छन् । पोखरा रंगशालामा सन्चालन हने आहा रारामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागिता रहने बताइएको छ । फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई‌ हराउँदै ए डिभिजन टोली संकटा क्लबले २२औं संस्करणको आहा १ राराको उपाधि जितेको थियो। त्यति बेला विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गरेको थियो । प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । पोखरा महानगरपालिकाको प्रवर्द्धन रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा यु।के।, सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हंगकंगका सल्लाहकार एंव कानुन व्यवसायी देव गुरुङ बिशेष सहयोग हुन् । प्रतियोगिताको अफिसियल बैंक( लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स (बुद्ध एयर रहँदै आएका छन् ्र उत्कृष्ट पांच विधाको पुरस्कार सुर्य बहादुर के।सी।को स्मृतिमा प्राजोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् ्र म्यान अफ द म्याच ट्रफी, नगद र मेडल हरु सहारा यु।के।द्वारा सौजन्य दिँदै आएको छ । २३ वर्ष देखि निरन्तर सञ्चालन भएको प्रतियोगितामा वचत हुने रकम सूर्य बहादुर के.सी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ । गण्डकी प्रदेश, पोखरा–१७, दोविल्लामा २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण दिदै आएको सहारा फुटबल एकेडेमीमा हाल चौथो व्याचमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् । एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै प्रतियोगिता रहेको सहाराले जनाएको छ।

पोखरा:    चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघको पहिलो साता हुने भएको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघको पहिलो साता हुने अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।  ‘टाइगर ग्रुप अफ पोखरा नेपालले सञ्चालन गर्दैै आएको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितालाई यस वर्ष पनि सञ्चालन गर्दै छौं’, अध्यक्ष शर्माले भने, ‘ चौथो संस्करणको टाइगर कप भलिबल माघ पहिलो साता सञ्चालन गर्दै छौं ।’ उनका अनुसार माघ १ देखि ६ गतेसम्म सञ्चालन हुने टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला÷ पुरुषतर्फ गरी १२ वटा क्लबको सहभागिता हुनेछ ।  चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आउने भएको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लब, आयोजक गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् । त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाउने भएको छ । प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लबले समेत ३ जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । आयोजक टिम गण्डकीले आफ्नो उपाधि रक्षाका लागि विदेशी खेलाडी भित्राउने तयारी गरिरहेको अध्यक्ष शर्माले जनाएका छन् । पुरुषतर्फ तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५ सय ५५ प्राप्त गर्नेछन् । तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेका थिए । प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड रुपैया खर्च लाग्ने तथा प्रतियोगितालाई थप आकर्षण बनाउन र दर्शकलाई सहज ढंगले खेल हेर्न अवसर प्रदान गर्ने गरि यो वर्ष बढी क्षमताको प्याराफिट तथा स्टेज आकर्षक एवं भव्य रुपको तयार गरिन लागेको संस्थाले जनाएको छ । प्रतियोगितालाई प्रविधि मैत्री समेत बनाइने आयोजकले जनाएको छ । प्रतियोगितामा म्यान अफ दि म्याच वापत खेलाडीले केल्मी र एक्सटेपको टिशर्ट पाउने छन भने दर्शकहरुले किनेको अर्धकट्टी टिकट छनौट गरि एक जनालाई केल्मीको टिसर्ट प्रदान गरिने आयोजकले जनाएको छ ।  

पोखरा:   कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन्  ।  माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा ओपन सिंगल्स पुरुषतर्फ निशान श्रेष्ठले ज्वेल राणालाई ६–३, ६–२ ले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गर्दा, संरक्षक भुषण बज्रचार्यले प्रितम परियारलाई ६–०, ६–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम आठको यात्रा तय गरेका छन् । त्यस्तै आशिष खडकाले निशाद जोशीलाई ६–०, ६–० ले, ऋतिक रानाले सिद्धान्त डेकालाई ६–२, ६–१ ले पराजित गरी अन्तिम आठमा स्थान पक्क गरे ।  त्यसै गरी प्रतियोगिता अन्तर्गत बिहिबारबाट सुरु भएको महिला सिंगल्सतर्फ शुभाङ्गी शाहले प्रशंसा मोक्तानलाई १–६, ६–२ र ६–३ को सेटमा पराजित गर्दा माहिका राणाले क्याथ्रिन लामालाई वाक आउट दिएकी छन् । त्यस्तै श्रेया भट्टराई जेनी खड्कालाई २–६, ६–४ र ६–१ ले पाखा लगाएकी छन् ।  मेन्स ओपन डबल्सतर्फ प्रवण मानन्धर र राजविर प्रधानको जोडीले प्रदिप खड्का र नेहाल जङ्ग बहादुर थापाको जोडीलाई टाई ब्रेकरमा ७–५, ४–६ र १२–१० ले पराजित गर्दा, संरक्षक र सम्यक भुषण बज्रचार्यको जोडीले आर्यन गिरी र आरभ सम्राट हाडाको जोडीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरेका छन् । अभिनन्सु ठाकुर र शिद्धान्त डेकाको जोडी आशिष खड्का र सौगात विकको जोडीलाई ७–६, ६–२ ले पराजित गर्दा ऋतिक राना र निशान श्रेष्ठको जोडीले  गोविन्द नेपाली र युगेन शेर्पाको जोडीलाई ६–१, ६–० को सोझो सेटमा पराजित गरी अन्तिम आठमा स्थान पक्का गरेका छन् ।  त्यस्तै ३५ वर्ष माथी भएको सिंगल्समा सिमान्त गुरुङले छोम बहादुर शाहलाई ६–१, ६–१ को सेटमा पराजित गर्दा अनिल शाहीले कृष्ण देव उप्रेतीलाई ६–०, ६–१ ले, भिष्म गुरुङले अक्षय थापालाई ६–२, ६–२ ले र कमल भण्डारीले प्रकाशराज वाग्लेलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका छन् ।  ४५ वर्ष माथी भेट्रान्स सिंगल्समा रोहित सुनुवारले विकाश गुरुङलाई संघर्षपूर्ण खेलमा टाइव्रेकरमा ६–०, ४–६ र ११–९ ले पराजित गर्दा, माधव भण्डारीले विष्णु चापागाई लाई ६–०, ६–० को सोझो सेटमा, प्रदिप शाहले मिन बहादुर पुनलाई ६–३, ६–३ ले, उत्तम बोगोटीले अमृत कार्कीलाई टाइव्रेकरमा ६–३, ३–६ र १०–६ ले पराजित गरे । त्यसै गरि गोपी बहादुर भट्टराईले तेज लीलाई ६–१, ७–५ ले, मछिन्द्र थापाले भिष्मराज पौडेललाई ६–४, ६–३ ले, छेवाङ लामाले केवी तामाङलाई ६–१, ६–३ ले, महेश श्रेष्ठले अशोक गुरुङलाई ६–१, ६–२ ले पराजित गरी क्वाटर फाइनलको यात्रा तय गरेका छन् ।  ४५ वर्ष माथी डबल्समा बिकास गुरुङ र शरण गुरुङको जोडीले कृष्णराज गुरुङ र सुवर्णलाई ६–२, ६–२ ले पराजित गरेका छन् ।  त्यसै गरी ५५ वर्ष माथी पुरुष सिंगल्समा विमल गुरुङले नवाङ लामालाई ६–१, ६–० ले, धरम लामिछानेले प्रदिप शाहलाई टाइ व्रेकरमा ४–६, ६–४ र ११–९ ले संघर्षपूर्ण जित निकाले भने पञ्च बहादुर पुनले इव्राहिम मुस्लिमलाई ६–२, ६–२ ले, ठोङवाम तुलेश्वरले हिमाल शाहलाई ६–०, ६–३ ले जित निकाल्दा समिर मान शेरचनले ऋषीराम पञ्डितलाई वाक आउट दिएका छन् । त्यसै गरी राम रानाले हर्क बहादुर गुरुङलाई ६–१, ६–१ ले र जिवन घिमिरेले मोती घलेलाई ६–३, ६–० तथा डियोनम लामाले सुनिल गुरुङलाई ७–६, ७–६ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।  बिहिबार नै सम्पन्न ६५ वर्ष माथी सिंगल्समा विदुर विष्टले कर्म घलेलाई ४–२, ४–१ को सोझो सेटमा पराजित गर्दा मनोज शम्सेर जङ्ग बहादुर राणाले ध्रुव गुरुङलाई ४–१, ४–१ को सेटमा पराजित गरी फाइनलको यात्रा तय गरेका छन् ।  कास्की टेनिस संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक नविन चालिसेका अनुसार प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ जना गरि २१६ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा भारत, यूके र बंगालादेशका खेलाडी समेतको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा जारी रहेको छ ।  प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।   प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” सम्पन्न गर्न करिव १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । प्रतियोगितामा पुरस्कार राशीमा मात्रै नगद करिव रु ८ लाख खर्च हुने उनको भनाई छ । उनले यो प्रतियोगिताबाट करिव २ लाख बचत हुने जानकारी दिए । टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलका अनुसार प्रतियोगितामा नेपालका नं १ देखि ८ नं सम्मका ¥याकिङ खेलाडीहरु मैदानमा छन् ।   

पोखरा:  दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट पोखरामा सुरु भएको छ ।  कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदिप सोतीले देवीनगर क्लवका सुजल राज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका छन् । प्रतियोगिताका छैटौं वरियाताका एपिएफका देवराज रानाले सुन्सरीका गणेश बहादुर चम्लागाईलाई २१–१२ र २१–८ ले पराजित गर्दा पिएसविसीका विशान गुरुङले कास्कीका इशान खड्कालाई २१–१४ र २१–१५ ले पहिलो चरणको खेलमा पाखा लगाएका छन् ।  पुरुष सिंगल्सतर्फ नै एपिएफका अनिल मल्लले देवीनगरका बविश थापालाई २१–१९, १५–२१ र २१–१२ ले पराजित गर्दा पाँचौ बरियाताका नेपाल पुलिसका सुनिल जोशी वाक आउटका आधारमा विजेता बने । एपिएफकै प्रम्भ सिम्खडाले कास्कीका अविराज शेरचनलाई १९–२१, २१–१२ र २१–१२ को सेटमा पराजित गरे भने देवीनगरका हेमन्त आयरले पिएसविसीका विवेक सुवेदीलाई २१–५ र २१–८ ले, एपिएफकै क्षितिज खनालले त्रिभुवन आर्मी क्लवका पविन लिङथेपलाई २१–८, २१–० ले, कास्कीका विधान अधिकारीले एपिएफका सुजन थापालाई २१–१९ र २१–११ ले, एपिएफका रोशन साउदले पिएसविसीका नितेश गुरुङलाई २१–११ र २१–९ ले, नेपाल पुलिस क्लवका पूर्ण बहादुर थापाले महोत्तरीका इशान झालाई २१–१२ र २१–८ ले तथा एपिएफका अरुण अधिकारीले सुनसरीका संगम गिरीलाई २१–१६ र २१–१८ ले पराजित गरेका छन् ।  ब्याइज यू १७ तर्फ भएको खेलमा कास्कीका देवेन फगामी, साइमान कार्की, अमृत थापा, र सनिश भण्डारी आ–आफ्नो खेल जित्दै प्रिक्वाटरमा प्रवेश गरेका छन् । त्यस्ते पिएसविसीका बसन्त पौडेल, कैलालीका आदित्य चौधरी, सुनसरीका संगम गिरी, एपिएफका प्रम्भ सिंम्खडा, कन्चनपुरका उदय चन्द, लाफा समुहका मनोज फौदार, पिएसविसीका सुन्दर विक, क्नचनपुरमा रेनिश धामी, म्याग्दीका डियन थापा, पिएसविसीका कृष कार्की, कन्चनपुरका आशिष खत्री, म्याग्दीका दिवश पुन, सुन्सरीका ग्रिनेश घिमिरे र एपिएफका आरुष सिम्खडाले पहिलो चरणको खेल जितेका छन् ।  त्यस्तै यू १२ ब्याइज सिंगल्सतर्फ नेभोल एकेडेमीका दिनेश थापा, कन्चनपुरका उदय चन्द, कास्कीका सविन विक्रम पालिखे, चितवनका गाव्रियल लामा, नोवल एकेडेमीकै बाशुदेव जैशीले आ–आफ्नो खेल जितेको कास्की ब्याडमिन्टन संघले जनाएको छ ।  यस अघि प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए । कास्की ब्याडमिन्टनले खेलकुद विकासका लागि गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा यस प्रकारका प्रतियोगिताहरुमा महानगरको सहकार्य रहने उनले प्रतिवद्धता जनाए ।  कास्की ब्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।  प्रतियोगिता अन्तर्गत कुल १२ वटा विभिन्न इभेन्टमा ४८ क्लब तथा जिल्लाका गरी ३ सय भन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको छ । पोखरा महानगर पालिकाको मुख्य प्रायोजनका सुरु भएको उक्त प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड पोखराले प्रवद्र्धन गरेको छ । प्रतियोगिता १४ गते सम्म सञ्चालन हुनेछ । बिजेतालो ट्रफी, नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।   

पोखरा:   अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा २२ औं सेन्चुरी ल्होसार मेला २०८० सुरू भएको छ । सेन्चुरी युवा क्लबले आयोजना गरेको मेलाको गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले बिहीबार उद्घाटन गरे । मेला १५ पुससम्म चल्ने छ । मेलाको उद्घाटनपछि बोल्दै सांसद बरालले छोम्रोङमा अधुरो रहेको टेनिस कोर्ट निर्माण पुरा गर्ने प्रतिबद्धता जनाए । अन्नपूर्ण आधार शिविर पदमार्गको स्तरोन्नति गर्न पनि प्रदेश सरकारसँग बजेटका लागि पहल गर्ने उनले बताए ।  अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरूङले केन्द्रीय विद्युतको पहुँच अन्नपूर्ण आधार शिविरसम्म पु¥याउन पहल भइरहेको जानकारी दिए । त्यसका लागि टेण्डर आव्हान् भएर कार्यान्वयनको अन्तिम चरणमा पुगेको उनले बताए ।  मेलामा क्लबस्तरीय पुरूष भलिबल र बास्केटबल प्रतियोगिता, ठेलो प्रतियोगिता, रस्साकस्सी र घैंटो फुटाउने प्रतियोगिता हुने आयोजकले जनाएको छ । पुरूष भलिबल प्रतियोगिताको विजेताले ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरूङले जानकारी दिए । बास्केटबल प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । भलिबलमा १२ र बास्केटबलमा १७ टिमबीच प्रतिस्पर्धा हुनेछ । ठेलो हान्ने प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने अध्यक्ष गुरूङले जानकारी दिए ।  मेलाको पहिलो दिन बिहीबार साँझ अन्नपूर्ण ब्याण्ड छोम्रोङमा गुञ्जियो । बाँकी दिन लोकदोहोरी कलाकार र आदिम कला मञ्चले आफ्नो प्रस्तुति राख्ने आयोजकले जनाएको छ ।   

काठमाडौं:    नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । दोस्रो क्वालिफायरको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ । आजको विजेता टोलीले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि पर्सि शनिवार खेल्नेछ । अस्ति मङ्गलवार भएको इलिमिनेटरमा काठमाण्डौ रेजर्सलाई ३–० गोलले हराउँदै ललितपुर फाइनल नजिक पुगेको हो। पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । उसले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । यसैबीच दोस्रो संस्करणको एनएसएलमा उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यस्तै,  उपविजेताले २० लाख रुपैयाँ पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।