पोखराः प्याब्सन कास्की र पोखराका पत्रकारबीच भएको मैत्रिपूर्ण फुटबल बराबरीमा सकिएको छ । शनिबार पोखरा रंगशालामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (प्याब्सन) कास्की र पोखराका पत्रकारबिच भएको खेल ६/६ को बराबरी सकिएको हो । प्याब्सनका लागि अन्जन अधिकारीले ह्याट्रिक गर्दा रोशन लिम्बु र रविन कार्कीले १/१ गोल गरे । पत्रकार टिमबाट निकोलस गुरुङले ह्याट्रिक गर्दा सुरज श्रेष्ठ, बसन्त शेर्पा र प्रविन मगरले १/१ गोल गरे ।
पोखराः १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सवमा कास्की मोड्नाइज एकेडेमी च्याम्पियन भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा पोखरामा शुक्रबार सम्पन्न भएको १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत १ सय ६६ अंक सहित कास्की मोड्नाइज एकेडेमी च्याम्पियन भएको हो । कास्की मोड्नाइज एकेडेमीले सिनियर बास्केटवल छात्र तर्फ उपाधि, व्याडमिन्टन सिनियर छात्र तथा छात्रा तर्फ दोहोरो उपाधि, फुटवल सिनियर तथा जुनियर सेभेन ए साइड फुटवल प्रतियोगितामा र टेवल टेनिस सिनियर छात्र तर्फ उपाधि जित्यो । त्यसै गरी कास्की मोड्नाइज एकेडेमीले एथ्लेटिक्स तर्फ ७ वटा इभेण्टमा प्रथम हुदै स्वर्ण पदक हात पार्न सफल भयो । कास्की मोड्नाइज एकेडेमीले एकल तथा सामुहिक खेलमा १३ वटा खेलमा जित हासिल गरेको हो । नेश्नल क्रियसन स्कुलले ४५ अंक ल्याउदै कास्की मोड्नाइज एकेडेमीलाई पछ्याएको थियो । यस्तै, एथलेटिक्सतर्फ हेम्जा बोर्डिङ स्कुलले ५० अंक सहित पहिलो, कास्की मोड्नाइज ४५ अंकसहित द्वितिय र चिल्ड्रेन एकेडेमी तृतिय भयो । त्यस्तै बास्केटबतर्फ कास्की मोड्नाइज प्रथम, न्यू ग्यालेक्सी बोर्डिङ स्कुल द्वितिय, त्रिवेणी बोर्डिङ स्कूल र लिटिल फ्लावर बोर्डिङ स्कुल तृतिय भए । मंसिर २० गते देखि पोखरामा संचालन भएकोे उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि भएको एन प्याब्सन कास्कीका सचिव मानकाजी गुरुङले बताए । उक्त कार्यक्रममा वोल्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का केन्द्रिय अध्यक्ष पाण्डब हमालले विद्यार्थी चौतर्फी विकासको मुलधार भएको भन्दै उनले शिक्षासँगै खेलकुदलाई सँगै जोडेर हेर्नपर्ने बताए । खेलमा उत्कृष्टतासँगै सहभागिता पनि त्यसको विजेता रहेको उनको भनाई थियो । एन–प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा खेलकुद महोत्सव सम्पन्न भएको छ । छात्रा भलिबलको फाइनलको उपाधि नेश्नल क्रियसनलाई एन प्याव्सन खेलकुद महोत्सव अन्तर्गत छात्रा भलिबलको उपाधि नेशनल कृयशन माविले जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएकोे फइनलमा ज्ञानज्योती विद्याकुञ्ज माविलाई नेशनल कृयशनले २–० सोझो सेटमा पन्छ्याउँदै उपाधि हात पारेको हो । सम्पन्न फाइनल खेलमा नेशनल कृयशनले पहिलो सेट २५–१४ ले जित्दै ज्ञान ज्योतीलाई दबाबमा राख्यो । त्यस्तै दोश्रो सेटमा समेत २५–८ ले जित्दै कृयशनले पहिलो स्थान मात्रै प्राप्त गरेन उपाधि समेत हात पार्न सफल भयो । त्यस्तै प्रतियोगितामा बड्स एकेडेमी र कास्की मोर्डनाइज्डले संयूक्त रुपमा तेश्रो स्थान हासिल गर्न सफल भएका छन् । आयोजकले सेमिफाइनालमा पुग्न सफल दुई टिमलाई तेश्रो स्थान हुने गरी नतिजा प्रकाशित गरेको हो । छात्रा भलिबलतर्फ एन प्याब्सन आवद्ध २४ विद्यालयहरुको सहभागिता रहेको भलिबल खेलका संयोजक प्रकाशराज वाग्लेले जानकारी दिए । मंसिर २० गतेदेखि शुरु भएको खेलकुद महोत्सवमा ४२ विद्यालयले सहभागिता जनाएका छन् । फुटवल तथा सेभेन ए साइड फुटवलमा कास्की मोड्नाइजको दोहोरो उपाधि १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत पुरुष सिनियर फुटबल प्रतियोगिता तथा जुनियर तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा कास्की मोड्नाइजले दोहोरो उपाधि जितेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न भएको फुटवल फाइनल खेलमा लिटिल फ्लावर एकेडमीलाई कास्की मोड्नाइजले ट्राईब्रेकरमा ४–२ गोल अन्तर पराजित गरेको फुटवल खेल संयोजक राजु केसीले बताए । दुबै टीमले निर्धारित समयमा ३–३ गोलको बराबरी खेले पछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । पहिलो हाफको ६ औ मिनेटमा लिटिल फ्लावर एकेडमीका कुश पोर्खेलले गोल गर्दे टीमलाई अग्रता दिएका थियो । निकै रोमाञ्चक फाइनल खेलको २१ औ र २८ औ मिनेटमा कास्की मोड्नाइजका टीम क्यापटेन एसान्त पुनले दुई गोल गर्दे टीमलाई अग्रता दिलाए । त्यस्तै पुर्ण बहादुर गुरुङ खेलको २४ एक गोल थपेका थिए । लिटिल फ्लावर एकेडमीका विनय शाहीले २४ औ र लभ पोर्खेलले खेलको ३७ औ मिनेटमा समान एक एक गोल गरेका थिए । ट्राईबे्रकरमा कास्की मोड्नाइज एकेडमीका खेलाडी एसान्त पुन,प्रशान्त गुरुङ,कैलाश गुरुङ र प्रमोद थापाले गोल गर्दा लिटिल फ्लावर एकेडेमीको तर्फबाट भने दिपेश लामा र बिजन सुनारले मात्र गोल गर्न सफल भए । कास्की मोड्नाइज एकेडमीका तर्फ खेलाडीहरु पुर्ण बहादुर गुरुङ,एसान्त पुन,कुशल गिरी,सावन गुरुङ,प्रशान्त गुरुङ,सागर बिक,आविस्कार गुरुङ, आकाश हरमेल,कैलाश गुरुङ,प्रमोद थापा,मिसल मगर संजिप श्रेष्ठ,आरोन गुरुङ,सुसान्त गुरुङ,सन्दिप कुवँर र प्रनित कार्की रहेका थिए । त्यस्तै लिटिल फ्लावर एकेडमीको तर्फबाट खेलाडीहरु राम भुजेल,शिव गुरुङ,कृतिम गुरुङ,अकाश भुजेल,निसान केसी,सफल सुनार,आवास पुन,सर्मपण परियार,बिजन सुनार लभ पोर्खेल,टप बहादुर आले,सुसान्त गुरुङ,उत्सव शाही,कुश पोर्खेल,दिपेश लामा र सोनल तेलिजा पुन रहेको थिए । यसैबिच, जुनियर सेभेन ए साइड फुटवल प्रतियोगितामा पनि कास्की मोड्नाइज विजयी भएको छ । माछा पोखरी खेल मैदानमा आयोजना भएको प्रतियोगितामा गोर्खा एकेडमीलाई २–१ गोलले पाखा लगाउदै कास्की मोड्नाईज एकेडमी विजयी भएको हो । कास्की मोड्नाईजको तर्फबाट बिजय सुनार र न्युयोङ गुरुङले गोल गरेका भने गोर्खा एकेडमीको तर्फबाट दिपेन घर्तीले एक गोल फर्काएका थिए । त्यस्तै सेमिफाइनलमा पराजित भएका न्यू क्रियशन एकेडमी र युनिभर्सल एकेडमी तेर्सो घोषित भयो । एथ्लेटिक्समा हेम्जा बोर्डिङ प्रथम राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) कास्कीको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न भएकोे १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत एथ्लेटिक्स तर्फ हेथ्लेटिक्स तर्फ हेमजा बोर्डिङ प्रथम भएको छ । ५० अंकका साथ हेमजा प्रथम भएको हो । कास्की मोड्नाइज ४५ अंकका साथ दोश्रो र ३९ अंकका साथ चिल्ड्रेन एकेडेमी तेश्रो भयो । शुक्रबार पोखरा रंगशालामा भएको ४०० मिटर दौड सिनियर पुरुषतर्फको फाइनल खेलमा कास्की मोडनाइजका सन्दिप कुँवरले स्वर्ण पदक जित्न सफल भएभने लिटल फ्लावरका कुश पोखरेलले रजत र हेम्जा बोर्डिङका आयुष बिकले कास्य पदक जित्न सफल भए । त्यस्तै ४०० मिटरकै सिनियर महिलातर्फको फाइनल खेलमा कास्की मोडनाइजकी सितल भण्डारीले स्वर्ण, ज्ञानज्योती विद्याकुञ्जकी पल्लभी नेपालीले रजत र चिल्ड्रेन एकेडेमीकी रिता बसेलले कास्य जित्न सफल भइन् । त्यसैगरि शुक्रबार नै भएको ४०० मिटर दौड जुनियर महिलातर्फको फाइनल खेलमा हेम्जा बोर्डिङककी आस्ता मगरले स्वर्ण, लिटल फ्लावरकी सुजाता कुमालले रजत र ज्ञानज्योती विद्याकुञ्जकी स्वइच्छा गुरुङले कास्य पदक प्राप्त गरिन् । त्यस्तै २०० मिटर दौड सिनियर पुरुषतर्फको फाइनल खेलमा हेम्जा बोर्डिङका अन्जल कुँवर, न्यु लेखनाथ पब्लिकका अनुप क्षेत्री, कास्की मोडनाइजका आयुष क्षेत्रीले क्रमशः स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्न सफल भए । यता २०० मिटर महिला सिनियरतर्फको फाइनल खेलमा चिल्ड्रेन एकेडेमीकी कृष्नी क्षेत्रीले स्वर्ण, त्रिभेनी पब्लिककी सुप्रिया अधिकारीले रजत र ज्ञानज्योती विद्याकुञ्जकी एन्जिला बुढाथोकीले कास्य पदक प्राप्त गरिन् । २०० मिटर दौड जुनियर पुरुषतर्फको फाइनल खेलमा हेम्जा बोर्डिङका समिर कुँवरले स्वर्ण, कास्की मोडनाइजका श्रवण गुरुङले रजत र त्रिभेनी पब्लिकका सौगात रसाइलीले कास्य पदक प्राप्त गरेभने जुनियर महिलातर्फको फाइनल खेलमा त्रिभेनी पब्लिककी अन्जिल अधिकारीले स्वर्ण, चिल्ड्रेन एकेडेमीकी समिक्षा थापाले रजत तथा हेम्जा बोर्डिङकी गुन्जन परियारले कास्य पदक प्राप्त गर्न सफल भइन् । त्यसैगरि ४०० मिटरको पुरुष सिनियर रिलेतर्फको फाइनल खेलमा कास्की मोडनाइजले स्वर्ण, हेम्जा बोर्डिङले रजत र लिटल फ्लावरले कास्य पदक जित्न सफल भयोभने सोही रिले सिनियर महिलातर्फको फाइनल खेलमा ज्ञानज्योती विद्याकुञ्जले स्वर्ण, कास्की मोर्डनाइजले रजत र लिटल फ्लावरले कास्य पदक जित्न सफल भयो । त्यस्तै ४०० मिटरकै रिले जुनियर पुरुषतर्फको खेलमा कास्की मोडनाइज, हेम्जा बोर्डिङ र सागर मेमोरियलले क्रमशः स्वर्ण, रजत र कास्य पदक जित्न सफल भए । सोही खेलको जुनियर महिलातर्फको खेलमा लिटल फ्लावरले स्वर्ण, कास्की मोडनाइजले रजत र चिल्ड्रेन एकेडेमीले कास्य पदक जित्न सफल भयो । टेबलटेनिस छात्रतर्फ कास्की मोड्नाईज एकेडेमीका मञ्जित थापा प्रथम, गोर्खा बोर्डिङ स्कुलका विजय विक द्वितिय, त्रिवेणी एकेडेमीका प्रवेश विक र पुष्प सदन एकेडेमीका अनमोल थापा तितृय हुँदा सोही विधाको छात्रातर्फ यूनिभर्स इङ्लिस बोर्डिङ स्कुलकी करुणा शर्मा प्रथम, साइनिङ स्टारकी सजिना राई द्वितिय हुँदा नेश्नल क्रियशनकी आस्था परियार र अल्फा एकेडेमीकी कृति गुरुङले तृतिय स्थान प्राप्त गरेका थिए । यसैगरि, ब्याडमिन्टनको छात्र एकलतर्फ कास्की मोड्नाईज एकेडेमीका दीप राना प्रथम, गोर्खा बोर्डिङ स्कुलका लेलिन नेपाली द्वितिय, यूनिभर्स बोर्डिङ स्कुलका सिरिष बास्तोला र बड्स एकेडेमीका आयूष पहारी तृतिय भए । छात्रातर्फ कास्की मोड्नाइजकी सोनिका थापा अञ्जुली सेकेण्डरी बोर्डिङ स्कुलकी मेनुका पुन द्वितिय, त्रिवेणी पब्लिक स्कुलकी परिसा गुरुङ र ज्ञानज्योती विद्याकुञ्ज माविकी अन्सु गुरुङ तृतिय भएकी छन् ।
पोखरा: नेपालकै जेठो म्याराथन–‘पोखरा अन्तरराष्ट्रिय म्याराथन’ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्वभरका दौडहरु ‘वर्ल्ड रनिङ’को छाता संगठन एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)को सदस्यता प्राप्ती संगै यसले अन्तरराष्ट्रिय मान्यता पाएको हो । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको पोखरा अन्तरराष्ट्रिय म्याराथनले १६ औं संस्करण पार गरिसकेको छ भने आगामी फागुन ६ गते १७ औं सस्करणको तयारीमा जुटिसेको छ । हालै मात्रै पोखरा अन्तरराष्ट्रिय म्याराथनको दौड रुटले मान्यता पाएको थियो भने लगतै एम्सको समेत सदस्य प्राप्त गर्न सफल भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताएका छन् । “यो हाम्रो लागि निकै गर्वको विषय हो । नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीहरुको लागि गौरवको विषय हो ।” अध्यक्ष पराजुलीले पोखरा म्याराथनलाई यहाँ सम्म ल्याइ पु¥याउन सहयोग गर्न देश तथा विदेशमा रहेका मञ्चका २४० भन्दा वढि आजिवन सदस्यहरु, कार्यसमितिका सदस्य, पदाधिकारी र सल्लाहाकारहरु संगै सहयोगी मनहरु प्रति आभार व्यक्त गरेका छन् । उनले भने–“यो सदस्यता प्राप्त गर्नुमा सबैको उत्तिकै सहयोग र साथ छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र आम पोखरेलीहरु संग यो खुसीलाई सामुहिक रुपमा हामी बाँड्न चाहन्छौं ।” सदस्यता प्राप्त गरे संगै एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिंदै म्याराथनको अन्तरराष्ट्रिय यात्रामा संग–संगै हिड्न पाउँदा खुसी लागेको बताएका छन् ।
पोखराः कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शनिबार) क्वाटरफाइनलका अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । आज हुने क्वाटरफाइनलको खेलमा मोरक्कोले पोर्चुगलसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि अल थुमामा स्टेडियममा हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपल्ट क्वाटरफाइनलमा पुगेको मोरक्को अन्तिम आठमा पनि पोर्चुगललाई स्तब्ध पार्दै पहिलोपटक सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । यता, युवा र प्रतिभावान् र स्टार खेलाडीले भरिएको पोर्चुगल पनि अफ्रिकी टोली मोरक्कोलाई हराएर सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । मोरक्को विश्वकपको पछिल्लो पाँचै खेलमा अपराजित छ । सन् २०१८ को विश्वकपको समूह चरणमै पोर्चुगलसँग १-० ले पराजित भएयता मोरक्को विश्वकपमा अपराजित छ । जसमा ३ (पेनाल्टीमा स्पेनमाथि) को जित पनि समावेश रहँदा २ खेलमा बराबरीमा नतिजा छ । युरोपको बलिया राष्ट्र क्रोएसियालाई बराबरी र बेल्जियमलाई पराजित गरिसकेको मोरक्को पोर्चुगलसँग खेल्दा त्यही उच्च मनोवलका साथै मैदान उत्रनेछ । अन्तिम १६ मा स्वीट्जरल्यान्डविरुद्ध खेल्दा ६-१ को रवाफिलो जित निकाल्दै क्वाटरफाइनलमा पुगेको पोर्चुगल सोही जितको लयलाई मोरक्कोविरुद्धको खेलमा पनि दिन चहान्छ । अर्को खेलमा राति १२ः४५ बजे अल बायट स्टेडियममा साविक विजेता फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको नतिजासँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा हुनेछ । एजेन्सी
काठमाडौंः नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ४-३ को जितका साथ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना उपाधिनजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । एक समय २-० को आरामदायी अग्रतामा रहेको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सले नाटकीय पुनरागमन गरेको थियो । इन्ज्युरी समयको दशौं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको डच टोली टाइब्रेकरमा भने सफल हुन सकेन । टाइब्रेकरमा नेदरल्यान्ड्सका लागि कप्तान भर्जील भान डाइकले पहिलो प्रहारमा गोल गर्न सकेनन् । अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले आफ्नो दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै गोल बचाए । लगत्तै अर्जेन्टिनी कप्तान मेस्सीले सहजै गोल गरेर दक्षिण अमेरिकी टोलीलाई अघि राखे । मार्टिनेजले डच टोलीका लागि स्टिभन बर्घिअसले गरेको दोस्रो प्रहार पनि विफल पारे । यसपटक आफ्नो बायाँतर्फ डाइभ दिँदै उनले नेदरल्यान्ड्सलाई गोल गर्न दिएनन् । अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले दोस्रो प्रहारमा पनि गोल गर्दै २-० ले अघि बढाए । त्यसपछि डच टोलीका लागि तिउन कुपमेनर्स, अर्जेन्टिनाका गोन्जालो मोन्टिएल र नेदरल्यान्ड्सका वुट वेघर्स्टले गोल गरे । अर्जेन्टिनाको लागि एन्जो फर्नान्डेजको प्रहार बाहिर गएपछि नेदरल्यान्ड्सले खेलमा फर्कने अवसर पाएको थियो । लुक डे जोङले आफ्नो पाँचौ प्रहारमा गोल गर्दै खेललाई टाइब्रेकरको अन्तिम पेनाल्टीसम्म पुर्याए । तर लौटारो मार्टिनेजले अन्तिम पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिँदै खेलमा पकड जमाएको थियो । दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेपछि नेदरल्यान्ड्सले आक्रामक परिवर्तन गरेको थियो । वेघर्स्टलाई मैदान पठाएको ५ मिनेटमा गोल फर्काएको डच टोलीले इन्ज्युरी समयको दशौं मिनेटमा फ्रिकिकमा चलाखीपूर्ण गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेल्यो । अतिरिक्त समयमा पनि गोल नहुँदा खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । मोलिनाले ३५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनले कप्तान लिओनेल मेस्सीको अविश्वसनीय पासलाई वन भर्सेस वनको स्थितिमा फिनिस गरेका थिए । मेस्सीले बल लिएर पेनाल्टी क्षेत्रको बायाँतर्फ बढ्न लागेको अवस्थामा नेदरल्यान्ड्सको पूरै डिफेन्स लाइन चिर्नेगरी अगाडि पास खेलेका थिए । मेस्सीले अगाडि नहेरी दिएको पास मोलिनाकै पथमा पुगेपछि उनले गोल गरे । ७३ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए । मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई २-० ले अघि बढाए । उनले गोलरक्षकलाई विपरित दिशातर्फ पठाउँदै गोल गरेका थिए । ८३ औं मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । स्टिभन बर्घाउसको क्रसमा वुट वेघर्स्टले गोल गर्दै खेलमा अर्जेन्टिनाको अग्रता १ गोलमा घटाए । उनले क्रसमा गरेको हेडर गोलरक्षक एमिलियानो मार्टिनेजको हात मुनिबाट गोलमा परिणत भएको थियो । त्यसपछि इन्ज्युरी समयमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो । फ्रिकिकमा बर्घिअसले दिएको चलाखीपूर्ण पासलाई वेघर्स्टले गोलमा परिणत गरे । पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई बर्घिअसले सिधा छोटो पास खेलेका थिए । वेघर्स्टले त्यसलाई नियन्त्रणमा लिँदै गोल गरेपछि खेल बराबर भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको इन्ज्युरी समयमा अर्जेन्टिनाको जितसामु पोस्ट बाधक बन्यो । एन्जो फर्नान्डेजको प्रहार पोस्टमा लागेर बाहिरिंदा अर्जेन्टिना अग्रता लिनबाट चुकेको थियो । अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । क्रोएसियाले आज सम्पन्न पहिलो क्वाटरफाइनलमा ब्राजिललाई टाइब्रेकरमा ४-२ ले पराजित गरेको थियो । निर्धारित समय गोलरहित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
काठमाडौंः टाइब्रेकरमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले टाइब्रेकरमा ब्राजिललाई ४-२ ले स्तब्ध पार्दै सेमिफाइनल प्रवेश गरेकोहो । एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा ब्राजिलले अग्रता लिएपनि क्रोएसियाले खेल बराबरी गरेपछि टाइब्रेकरमा खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा क्रोएसियाका निकोलस भ्लासिचले गोल गर्दै अग्रता दिलाए । जवाफमा ब्राजिलका रोड्रीगोको प्रहारलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाए । त्यसपछि क्रोएसियाका लोभ्रो माएरले गोल गर्दा क्यासेमिरोले पनि कुनै गल्ती गरेनन् । क्रोएसियाका लागि लुका मोड्रीचले तेस्रो प्रहारमा गोल गरेपछि ब्राजिलका पेड्रोले पनि गोलरक्षकलाई गलत दिशामा पठाए । चौथो प्रहारमा क्रोएसियाका मिस्लाभ ओर्सिचले गोलरक्षक एलिसनलाई बिट गर्दै अग्रता कायम राखे । ब्राजिलको चौथो प्रहारमा मार्किन्हसले पोस्टमा प्रहार गरेपछि क्रोएसिया सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । अघिल्लो खेलमा जापानलाई टाइब्रेकरमा पराजित गरेको क्रोएसिया लगातार दोस्रो खेलमा जित हासिल गर्न सफल भयो । अतिरिक्त समयको पहिलो हाफ सकिनै लाग्दा नेयमारले सुन्दर गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । तर क्रोएसियाका लागि बेन्चबाट मैदान छिरेका ब्रुनो पेत्कोभिचले ५ मिनेट समय बाँकी रहँदा गोल गर्दै खेल पुनस् बराबरीमा ल्याए । अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिर आफैं सुरु गरेको मुभलाई ६ यार्ड बक्सभित्र गोलरक्षकलाई समेत छलाउँदै गोल गरेका थिए । नेयमारले पेनाल्टी क्षेत्र बाहिरबाट लुकास पाक्वेटालाई पास दिएर आफू भित्र पसे । त्यसपछि डिफेन्डरको चुनौती चिर्दै उनले गोलरक्षकलाई बिट गर्दै सुन्दर गोल पूरा गरे । दोस्रो हाफको ४ मिनेट समय बाँकी रहँदा क्रोएसियाले बराबरी गोल फर्कायो । पेत्कोभिचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । बायाँ विंगबाट मिस्लाभ ओर्सिचले दिएको पासमा पेक्तोभिचले गरेको प्रहार डिफेन्डरलाई लाग्दा गोलरक्षक एलिसनले बचाउने अवसर नै पाएनन् । आज हुने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स खेल्नेछन् । खेल नेपाली समयअनुसार रातको १२:४५ बजे सुरु हुनेछ ।
पोखरा: ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलको जोडीले पोखरामा जारी आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता अन्तर्गत मेन्स डबल्समा प्रथम स्थान हाँसिल गरेका छन् । शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा ताइपेइका के हाउ हङ र काई एन याङको जोडीलाई ६–४, १–६ र सुपरटाईमा १०–५ ले पराजित गर्दै पटेल जोडी विजयी भएका हुन् । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी प्रतियोगिता अन्तर्गत महिला डबल्सतर्फ भारतका दुर्गान्सी कुमार र काइरा सिद्धार्थ चेत्नानीको जोडीले प्रथम स्थान हाँसिल गरे । फाइनल खेलमा नेपालकी रायना शाह र भारतका स्निग्दा कान्तको जोडीलाई ६–२ र ६–० को सहज सेटमा जित निकाल्दै दुर्गान्सी जोडी विजयी भएको हो । पुरुष एकलतर्फ भारतका बंश नन्दललाई ६–२, ६–३ ले पराजित गर्दै ताइवानका के हाउ हङले फाइनलमा स्थान बनाएका छन् । अमेरिकाका हानु पटेलले ताइपेइका केइ यन याङलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल पुगे । प्रतियोगिताको सिंगल्स फाइनल तथा समापन शनिबार विहान हुने आयोजक संघका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिए ।
पोखरा: ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत पोखरामा सिनियर र जुनियर छात्रतर्फ फुटबल प्रतियोगिताहरु जारी रहेका छन् । निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिट अन्तर्गत बिहिबार दोश्रो दिन फुटबलका प्रतिष्पर्धाहरु जारी रहेका हुन् । बिहिबार प्रतियोगिता अन्तर्गत सिनियर र जुनियरतर्फ गरी २० खेलहरु सम्पन्न भएको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन् । सम्पन्न प्रतियोगिता अन्तर्गत सिनियरतर्फ गौरीशंकर खेल मैदानमा सम्पन्न भएको खेलमा रेन्वो एकेडेमीले कन्चनजंगालाई ३–० ले पाखा लगाउँदा शान्ती दिपले कुमुदिनी होम्सलाई ४–१ गोलले पराजित गरेको छ । त्यसै गरी टप्सले हावर्डलाई ५–१ ले, तारा कुञ्जले सनफ्लावरलाई ३–० ले, पोखरा पव्लिकले डिजनी ल्याण्डलाई २–१ ले पराजित गरेको छ । सिनियरतर्फनै आदर्श क्लव खेल मैदान लेखनाथमा सम्पन्न खेलमा पोखरा एकेडेमीले धौलागिरीलाई ४–० गोलले, बाल प्रभातले सबलाइमलाई ४–० ले, शान्ती निकुञ्जले गुरुकुललाई ७–० को भारी गोल अन्तरले पराजित गरेको छ । त्यस्तै सृजना र फिसटेल एकेडेमीको खेल भने टाइ व्रेकरमा सकिएको छ । निर्धारित समयमा १–१ गोल भए पछि टाइव्रेकरमा सृजना बोर्डिङले ५–४ ले आफ्नो खेल जितेको छ । त्यसै गरी जुनियर तर्फ शान्तीदिप खेल मैदानमा सम्पन्न खेलमा पारामाउण्टले तारा कुञ्जलाई २–१ ले, गुरुकुलले बाल कल्याणलाई ७–० ले, रेन्वोले सवलाइमलाई ५–० ले, सगरमाथाले स्टेप वाई स्टेपलाई ४–० ले पराजित गरेको प्रचार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् । यता जुनियरतर्फको एक अर्को खेलमा पोखरा स्पाइरलले पोखरा लनर्सलाई ५–० ले पराजित गरे पनि पोखरा लनर्सले खेलाडीको विषयलाई लिएर प्रोटेष्ट हालेको थियो । छानविन पश्चात स्पाइरललाई आयोजकले २० हजार नगद सहित एक वर्षका लागि प्याव्सनको कुनै पनि गतिविधीमा सहभागि हुन नपाउने गरी निलम्वन गरिएको अध्यक्ष पौडेलले जानकारी दिएका छन् । त्यस्तै नेपाल आदर्श खेल मैदानमा जुनियरतर्फको खेलमा हिल पोइन्टले अल्फालाई ३–० ले, केफले डायमण्डलाई २–१ ले, कुमुदिनीले फिसटेललाई ३–१ ले, शान्तीदिपले बेथानीलाई ३–१ ले र हाभर्डले लेखनाथ विभुतीलाई ४–० ले पाखा लगाउँदै दोश्रो चरणमा प्रवेश गरेको १७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिएका । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ । प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् । कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।
काठमाडौं: रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुनेछ । नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु एक लाख ११ हजार एक सय ११ र द्वितीय हुनेलाई रु ५५ हजार पाँच सय ५५ नगदसहित शिल्ड र मेडल प्रदान गरिनेछ । चौधरीले प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई रु दुई हजार पाँच सय र सम्पूर्ण खेल मध्ये म्यान अफ दि सिरिज हुने खेलाडीलाई रु १२ हजार पाँच सय प्रदान गरिने जानकारी दिए । प्रतियोगिताका लागि नगरपालिकाले रु सात लाख ९८ हजार छ सय ६६ बजेट विनियोजन गरेको उनले जानकारी दिए । नगरपालिकास्तरीय मेयर कप भइरहने भए पनि जिल्लास्तरीय अन्तर नगरपालिका फुटबल भने पहिलो भएको चौधरीले जानकारी दिए । जिल्लाका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकाका खेलाडीको सहभागिता रहने छ ।