विश्वकपको उपाधि चुम्न अर्जेन्टिना बाधक बनेपछि कुनै प्रतिक्रिया नजनाएका फ्रेञ्च स्ट्राइकर किलियन एमबाप्पेले अन्ततः मौनता तोडेका छन् । एमबाप्पेले ट्वीट्मार्फत् ‘वी विल बी ब्याक’ अर्थात् हामी फेरि आउनेछौं भनेका छन् । उनको भनाई अनुसार फ्रेञ्च टोली आगामी विश्वकपकालागि पुनः तयार हुनेछ । एमबाप्पेले फाइनलमा ह्याट्रिक गरेपनि टाइब्रेकरमा देशलाई जिताउन सकेनन् । विश्वकपको फाइनल इतिहासमा सन् १९६६ मा बेलायती खेलाडी जिओफ हस्र्टपछि एमबाप्पेले ह्याट्रिक गरेका हुन् । अर्जेन्टिनासँग निर्धारित र थप समयमा ३–३ बराबरीपछि टाइब्रेकरमा ४–२ को गोल अन्तरले फ्रान्स उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।
काठमाडौं: फिफा विश्वकप कतार २०२२ का गोल्डेन बुट विजेता फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले फाइनलमा पराजित भएपछि सामाजिक संजालमा आफ्नो भनाइ राखेका छन् । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलमा एमबाप्पेको उत्कृष्ट प्रदर्शनका बाबजुद फ्रान्स फाइनलमा पराजित भएको थियो । एमबाप्पेले ह्याट्रिक गरेपनि खेल अर्जेन्टिनाले टाइब्रेकरमा जितेको थियो । एक समय अर्जेन्टिनाले सहजै फाइनल जित्ने देखिएपनि एमबाप्पेले सानदार प्रदर्शनका साथ फ्रान्सलाई खेलमा फर्काए । एमबाप्पेले प्रतियोगिताको गोल्डेन बुट पनि जितेका थिए । तर खेलपछि पुरस्कार वितरण समारोहमा उनी निकै निराश देखिएका थिए । उनले इन्स्टाग्राममा गोल्डेन बुट बोकेर विश्वकप उपाधि पार गरेको क्षणको तस्वीर राख्दै लेखेका छन्, ‘हामी फर्कनेछौं’ । फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै एमबाप्पेको गोलसंख्या १२ गोल पुगेको छ । सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लिओनेल मेस्सी रहे । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए ।
पोखराः दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र साइकल सिटी पोखराको संयोजनमा हुने दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । टुर दि पोखराको संयोजक राजन गोङ्गजुका अनुसार दोस्रो राष्ट्रिय मेयरकप साइकलन दौड प्रतियोगितामा महिला र पुरुष तर्फ प्रथम, द्धितिय, तृतिय र सात्वना हुने प्रतियोगिले ३० हजार, २० हजार, १० हजार र ५÷५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै ४० वर्ष माथिको राष्ट्रिय साइकल दौड प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार र तृतिय हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने टुर दि पोखराको संयोजक राजन गोङ्गजुले बताए । मंगलबार फुशखोला छोरेपाटन पोखरामा हुने दोस्रो राष्ट्रिय मेयरकप साइकलन दौड प्रतियोगितामा ८० टिमको सहभागिता हुनेछ । प्रतियोगितामा ६० ले नामदर्ता गरेका छन् । टुर दि पोखराको तयारी पुरा साइकल सिटी पोखराले आयोजना गरेको टुर दि पोखराको तयारी पुरा भएको छ । दुई वर्ष कोरोना भाइरसको कारणको रोकिएको छैटौं टुर दि पोखरा यो वर्ष ‘थोपा थोपा इन्धन बचाऊ’ मुख्य नारा सहित कार्यक्रम आयोजना गरेको हो । बाह्य शहरबाट आन्तरिक तथा बाह्य साइकल पर्यटकहरु आमन्त्रण गरी बागलुङको शालिग्राम, संग्रहालय, बागलुङ बजार र कुश्मा बजारमा पर्यटन प्रवद्र्धन गर्न पहिलो पटक स्थानीय तहसँग सहकार्य गरेको साइकल सिटी पोखराले जनाएको छ । साइकल सिटी पोखराले पौष ७ गते छैटौं टुर दि पोखराको आयोजनामा बागलुङको कालिका मन्दिरदेखि विन्ध्यवासिनी मन्दिरसम्म ७२ किलोमिटर सडकमा १ सय २० जनाले साइकल ¥याली गर्नेछन् । यस्तै पुष ९ गते पोखराको प्रर्दशनी केन्द्र, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, बागबजार, टुडिखेल, हरिचोक, मिरुवा, जिरोकिमि, सभागृहचोक, बिपिचोक, महेन्द्रपुल, रानीपौवा, सितलादेवि, भद्रकालीस्कुल, मियाँपाटन, ३२ केभी, अमरसिँह,कालिकाचोक, बुद्धचोक, पृथ्वीचोक र पुनः प्रर्दशनीकेन्द्रमा आएर साइकल ¥याली सम्पन्न हुनेछ । स्लो साइकल प्रतियोगितासँगै लायन्स क्लब अफ पोखरा ग्रिन हिलको सककार्यमा रक्तदानसँगै सांगितिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
पोखराः गण्डकी प्रदेश भलिबल संघले पोखरामा आयोजना गर्नै प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । संघले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । पुष ६ देखि १० गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा सञ्चालन हुने गण्डकी प्रदेश स्तरीय स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकीका १० जिल्लाको सहभागिता हुने संघका महासचिव टहलसिंह थापा मगरले बताए । ‘पुष २४ देखि काठमाडौंमा एनभिए कप र माघ ८ देखि पोखरामा टाइगर कपलाई मध्यनजर गर्दै गण्डकी प्रदेशका जिल्लाबाट खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरेका हौं, महासचिव थापामगरले भने, ‘पत्राचार ११ जिल्लालाई नै गरेका हौं, मनाङबाट उपस्थित नहुने खवर पाएका छौं मनाङ बाहेक १० जिल्लाको सहभागिता रहन्छ ।’ उनका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०÷१० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालन गर्न ३१ लाख १० हजार रुपैयाँ खर्च हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । गण्डकी प्रदेशका मुस्ताङ, पर्वत, बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहनेछ । आयोजकले प्रतियोगिता अवलोकन गर्न सेमिफाइनल र फाइनल खेलमा २ सय बाँकी खेलमा १ सय रुपैयाँ टिकटको दर कायम गरेको छ । उनले प्रतियोगिताबाट संकलित रकमले खेलाडीहरुलाई लक्षितगरि महिला तथा पुरुष भलिबलको एकेडेमी स्थापना गर्ने लक्ष्य लिएको बताएका थिए ।
काठमाडौं: फिफा विश्वकप कतार २०२२ को उपाधि जितेपछि अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने भएका छन् । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलपछि मेस्सीले टिवाईसी स्पोर्ट्ससँग बोल्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । उपाधि जितेपछि उनलाई भविष्यबारे गरिएको प्रश्नमा मेस्सीले यस्तो जवाफ दिए, ‘यो कप हेर्नुहोस् कति सुन्दर छ । यसका लागि हामीले निकै मिहिनेत गरेका छौं । म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न आतुर छु । म राष्ट्रिय टोलीबाट बिदा लिने छैन । म एक च्याम्पियन बनेर राष्ट्रिय टोलीबाट खेलिरहन चाहन्छु ।’ मेस्सीले फिफा विश्वकप कतार २०२२ मा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते । उनले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् ।
काठमाडौंः अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्वकप सहभागितामै जित्न सफल भए । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका उनले सबै खेलमा पूरा समय मैदानमा बिताएका थिए । मार्टिनेजले विश्वकपको ७ खेलमा ३ क्लिनसिट राखेका थिए । यसबाहेक उनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्ध टाइब्रेकरमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे । विशेषगरी अष्ट्रेलियाविरुद्ध इन्ज्युरी समयमा र फ्रान्सविरुद्ध अतिरिक्त समयको इन्ज्युरी समयमा उनले गरेको बचाउले खेलको नतिजा अर्जेन्टिनाको पक्षमा बसेको थियो । मार्टिनेजले यसअघि अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए । ३० वर्षीय उनी प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट खेल्दै आएका छन् । एजेन्सी
काठमाडौंः फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपविजेता फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका हुन् । फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै एमबाप्पेको गोलसंख्या १२ गोल पुगेको छ । सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लिओनेल मेस्सी रहे । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए । एजेन्सी
काठमाडौं: कतारमा सम्पन्न फिफा विश्वकप फुटबलमा डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई हराउँदै र अर्जेन्टिना तेस्रो पटक च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलको निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो । यसपटक जितेसँगै अर्जेन्टिना तेस्रो पटक फिफा विश्वकप फुटबलमा च्याम्पियन बनेको छ । अर्जेन्टिनाको जीतमा खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कप्तान लियोनल मेस्सीले पहिलो गोलको योगदान दिए । डि एरियाभित्र फ्रान्सका ओसुमाने डेम्बेलेले डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर प्राप्त गरेको थियो । यस्तै खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यसैगरि अतिरिक्त समयमा कप्तान मेस्सीले नै व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरेका थिए । यता डिफेण्डिङ च्याम्पियन फ्रान्सले पहिलो हाफमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन तर दोस्रो हाफमा भने खेलमा फर्किदै २ गोल र अतिरिक्त समयमा पेनाल्टीमार्फत १ गोल गर्दै किलियन एम्बाप्पेलेले ह्याट्रिक पुरा गरेका थिए ।
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्सले २ गोल फर्काउदै कमब्याक गरेको छ । पहिलो हाफमा २ गोलले पछि रहेपनि फ्रान्सले दोस्रो हाफमा दुई गोल फर्काउन सफल रह्यो । फ्रान्सका लागि किलियन एम्बाप्पेले दुई गोल फर्काए । यसअघि पहिलो हाफमा खेलको २३ औ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले र ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गरेका थिए । अब थप ३० मिनेट खेल हुनेछ ।