पोखरा:   पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ ।  लामा अमृत फाउण्डेशन ...

पोखराः   उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान कास्की स्पोर्टस मिट २०७९ को उपाधि प्रतिभा माविले जितेको छ ।  पोखरा रंगशालामा गत पुष ६ गतेबाट जारी १५ औं हिसान कास्की स्पोर्टस मिट अन्तर्गत प्रतिभाले ११ अंक बटुल्दै पहिलो पटक उपाधि जितेको हो । यस अघि लगातार पाँच पटक सम्म न्यू ग्यालेक्सीले उक्त उपाधि जितेको थियो ।  प्लस टु छात्र–छात्रा र विश्विद्यालयतर्फ गरी ६० शिक्षालयहरुको सहभागिता रहेको स्पोर्टस मिट अन्तर्गत सम्पन्न प्रतियोगितामा प्रतिभाले प्लस टु बास्केटबलमा छात्रातर्फ प्रथम, छात्र बास्केटबल तर्फ तेश्रो, भलिबल छात्रतर्फ चौथो हुँदै सर्वाधिक ११ अंकका साथ रनिङ ट्रफी जित्न सफल भएको हो ।  भलिबल  १५ औं हिसान स्पोर्टस मिट प्लस टुतर्फ छात्रा भलिबलमा हिल पोइन्ट मावि पहिलो भएको छ । सम्पन्न फाइनल खेलमा हिल पोइन्टले गुरुकुल माविलाई २५–१५ र २५–१८ ले पराजित गर्दै पहिलो हुन सफल भएको हो । त्यसै गरी पश्चिमाञ्चलले केफलाई २५–२१ र २५–२२ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ ।  प्लस टु छात्र भलिबलमा स्पाइरल ग्यालेक्सी पहिलो भएको छ । स्पाइरलले युनिभर्सलाई फाइनलमा पराजित गर्दै पहिलो भएको हो भने प्रतियोगितामा केफ मावि तेश्रो भएको भलिबलका संयोजक किरण सापकोटाले जनाएका छन् ।  प्रतियोगितामा प्लस टु छात्र भलिबलमा स्पाइरल ग्यालेक्सीका मदन छन्त्याल उत्कृष्ट हुन सफल भए भने छात्रातर्फ हिल पोइन्टकी सोयाङ थापा मगर उत्कृष्ट भइन् ।  छात्र भलिबलमा उत्कृष्ट स्पाइकर स्पाइरलका शक्ती पुन मगर र छात्रातर्फ हिल पोइन्टकी वर्षा थापा उत्कृष्ट स्पाइकर भइन् ।  बास्केटबल स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र बास्केटबलमा न्यू ग्यालेक्सीले आफ्नो पुरानो दबदबा कायम गर्दै पहिलो हुन सफल भएको छ । सम्पन्न फाइनल खेलमा न्यू ग्यालेक्सीले ६९–५१ को स्कोरले मनकामनालाई पराजित गर्न सफल भएको छ । छात्र बास्केटबलमा न्यू ग्यालेक्सी मिन बहादुर पुन मगर उत्कृष्ट खेलाडी घोषित भए भने सर्वाधिक स्कोररमा मनकामनाका तिजन पुन घोषित भए । छात्र बास्केटबल प्रतिभा माविले तेश्रो स्थान प्राप्त गरेको छ ।  यता छात्रातर्फ प्रतिभा माविले मेरी गोल्डमाविलाई फाइनलमा पराजित गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भएको छ भने ग्लोबल कलेजियटले तेश्रो स्थान प्राप्त गरेको छ । छात्रा तर्फ प्रतिभाकी प्रियाङ्का थापा उत्कृष्ट खेलाडी घोषित हुँदा सर्वाधिक स्कोररतर्फ मेरी गोल्डकी तारा विक घोषि भएकाी छन् ।   यता युनिभर्सिटीतर्फ छात्र बास्केटबलमा लेकसिटीलाई हराउँदै लिंकन पहिलो भएको छ भने पेकलाई हराउँदै पिसिएम तेश्रो भएको छ । छात्रातर्फ पेकलाई हराउँदै लिंकन पहिलो हुँदा, इन्फरमेटिक्सलाई पराजित गर्दै पिसिएमले तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ ।  व्याडमिन्टन १५ औं हिसान स्पोर्टस मिट अन्तर्गत ब्याडमिन्टन फाइनलका खेलहरु सम्पन्न भएको व्याडमिन्टनतर्फका संयोजक पुरन कुंवरले बताएका छन् । प्लस टु छात्र सिंगल्सतर्फ प्रगतीका शंसाक अधिकारी प्रथम, प्रगतीका आयुस थापा द्वितिय, सगरमाथाका सौरभ थापा र विनम्र थापा तृतिय भएका छन् । छात्रातर्फ मदरल्याण्डकी आयुष्मा नेपाल पहिलो हुँदा, दोश्रो सगरमाथाकी निर्झरा खड्का र ग्लोबलकी समिक्षा गुरुङ र सगरमाथाकी सविना राना मगर तेश्रो भएका छन् ।  छात्र डबल्सतर्फ प्रगतीका शंसाक अधिकारी र आयूष थापाको जोडी पहिलो, सगरमाथाका सौरभ थापा र विनम्र थापाको जोडी दोश्रो, पिकेजीका शिद्धार्थ घले र अमन गुरुङ र प्रतिभाका प्रवेश गुरुङ र धिरज विक तेश्रो भएका छन् । छात्रा तर्फ सगरमाथाका निर्झरा खड्का र सविना मगरको जोडी पहिलो, दोश्रो कास्की मोर्डनाइजका उर्मिला सेन्चुरी र शारिका गुरुङको जोडी दोश्रो, गुरुकुल विद्यासदनका अलिशा वरुवाल र ममिता गुरुङको जोडी ज्योती कुञ्जका बबिना राना र कुश्मिला दुराको जोडी तेश्रो भएका छन् ।  युनिभर्सिटी छात्र सिंगल्सतर्फ पोखरा इन्जिनियरिङका अमित भण्डारी पहिलो, इन्फरमेटिक्सका थमन सिंह थापा दोश्रो, पोखरा लिंकनका रिजन सूर्यवंशी र पेकका निशान थापा तेश्रो भएका छन् । छात्रा सिंगल्सतर्फ पिसिएमकी मेनुका गुरुङ पहिलो, पेककी लिजा गुरुङ दोश्रो, इन्फोमेक्सकी इशा सदाशंकर र पिसिएमकी स्वस्तिका पौडेल तेश्रो भए । छात्र डबल्समा इन्फरमेटिक्स पहिलो, पिसिएम दोश्रो र पेक तेश्रो भएका छन् भने छात्रातर्फ पिसिएम, पेक र इन्फोमेक्स कलेज क्रमश पहिलो, दोश्रो र तेश्रो भएको हिसान कास्कीले जनाएको छ ।  टेबुल टेनिस  प्रतियोगिता अन्तर्गत सम्पन्न टेबुल टेनिसमा प्लस टु छात्र–छात्र तर्फ सिंगल्सतर्फ स्टेप वाई स्टेपका सुलभ केसी पहिलो, टप्सका क्षितिज गुरुङ दोश्रो, प्रतिभाका मनिष भुजेल र ग्लोबलका नयन बस्नेत तेश्रो भएका छन् । छात्रातर्फ डायमण्डकी अंकिता गुरुङ पहिलो, डायमण्डकै अनुषा गौतम दोश्रो, सिर्जनाकी पदमा थापा र न्यू मोडलीक पार्वती श्रेष्ठ तेश्रो भए ।  छात्रा डबल्सतर्फ ग्लोबल कलेजियटका विपिन श्रेष्ठ र सोनिम गुरुङको जोडी पहिलो, टप्स माविका क्षितिज गुरुङ र मुकेश थापाको जोडी दोश्रो, सिर्जनाका प्रवेश बानिया र मिलन खड्काको जोडी र प्रतिभाका मनिष भुजेल सुवर्ण रुम्वाको जोडी तेश्रो भएका छन् भने छात्रा डबल्समा डायमण्डका अनुषा गौतम र अंकिता गुरुङको जोडी पहिलो, पोखरा आदर्शका अंशु भट्ट र रोडा तामाङको जोडी दोश्रो न्यू ग्यालेक्सीका मन कमारी थापा र सुनामी तामाङ तथा ग्लोबलका बन्दना भुजेल र अमुल्य घलेको जोडी तेश्रो भए ।  यस अघि बास्केटबल खेल छात्र तर्फ फाइनल खेलको उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका थिए । विजेता टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रतियोगिताका संयोजक डा.रामजी शर्मा, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल लगायतले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।  समापन कार्यक्रम हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।  हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हरु भव्य रुपमा सम्पन्न भएको स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहेको थियो भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहेको संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको थियो । यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ टेबुल टेनिसतर्फ ३४–३४ विद्यालयहरुको सहभागिता रहेको थियो । हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च भएको आयोजकले जनाएको छ ।  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा  विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका थिए भने करिव ३ हजार ५ सय खेलाडीहरु प्रत्यक्ष रुपमा विभिन्न ४ खेलमा सहभागिता जनाएका थिए । प्रतियोगितामा ९ बटा विश्वविद्यालयहरुको सहभागिता संगै स्पोर्टस मिटमा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले स्पोर्टस मिट अवलोकन गरेको प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।

पोखरा:  पोखरामा जारी नेपाल लिटेचर फेस्टिभलको तेस्रो दिन तीन ‘खेलकुद हिजो आज र भोलि’ शीर्षकमा तीन फरक पुस्ताका खेलाडीहरुले आफ्ना अनुभव साटेका छन्।  सो सत्रमा भूतपूर्व फुटबल खेलाडी रमा सिंहले हिजो, क्रिकेटर शक्ति गौचनले आज र म्याराथन खेलाडी सन्तोषी श्रेष्ठले भोलिको प्रतिनिधित्व गर्दै अनुभव साटेका हुन् ।   छलफलमा तीनै जना खेलाडीले खेल क्षेत्रमा करिअर बनाउँदा झेल्नु परेको चुनौती साटे। नेपाली महिला फुटबलकी पहिलो कप्तान रमा सिंहले पुराना समय सम्झँदै भनिन्, ‘२०३९ सालदेखि नेपालमा महिला फुटबलको सुरुवात भएको हो। झन्डै चार वर्ष मैले फुटबल खेलेँ । पहिलो महिला क्याप्टेन पनि बनेँ। यो दौरानमा अन्तर्राष्ट्रिय खेल खेल्ने सौभाग्य मिल्यो।’ नेपाली महिला फुटबल खेलाडी बन्नुलाई संयोग भन्दै उनले भनिन्, ‘हामीले फुटबल संयोगको रुपमा खेल्न थालेका हौं । त्यो बेला फागुन १३ गते शिक्षा दिवस मनाइन्थ्यो। शिक्षा दिवस मनाउने क्रममा इन्टरकलेज भलिबल प्रतियोगिता हुँदा हामी प्रथम भएर पुरस्कार भएका थियौं। पहिलो भएको टिमले डेमोन्स्ट्रेसन खेल खेल्नुपर्छ भनेर पद्मकन्या कलेजबाट रंगशाला लगिएको थियो। त्यो बेला अखिल नेपाल फुटबल संघले महिला फुटबल इन्ट्रडुअस गर्न लागेको रहेछ। उहाँहरुले हामीलाई महिला फुटबलमा सहयोगी हुने हो भने हामी तपाईंहरुलाई दुई महिनाको आधारभूत तालिम उपलब्ध गराउँछौं । त्यसपछि २ वटा समूह बनाएर खेल खेलाउँछौं भन्नु भयौं। त्यसपछि नियमित तालिम दिन्छौं भनेको भएर भलिबल खेल्न तीन चार जना हामी फुटबलतर्फ आकर्षित भयौं।’  झन्डै चारदशकअघि फुटबल खेल्नु महिलाका लागि सजिलो थिएन। परिवार, समाज र दर्शकबाट समेत नकारात्मक टिप्पणी सुन्नु परेको सिंहको अनुभव छ।  ‘मेरो बुबाले मलाई फुटबल खेल्ने हो भने खेल तर फुटबल खेलेर पढाइ बिगार्यो भने खेल्न पाइन्न भन्ने सर्त राख्नुभएको थियो,’ उनले भनिन्, ‘ फुटबल खेल्ने त भनियो । भलिबल ट्रायक सुट लगाएर खेल्दा हुन्थ्यो तर फुटबल ट्रायक सुट लगाएर खेल्न नियमले दिँदैन। हामीलाई हाफ प्यान्ट लगाएर रंगशालामा फुटबल खेल्दा रंगशालाको प्याराफिटबाट कोही दर्शकले त राम्रै प्रोत्साहन गर्ने गरी हुटिंग गर्नुहुन्थ्यो । कोही दर्शकहरुले कस्तो अश्लिल शब्द प्रयोग गरेर पनि हुटिंग गर्नुहुन्थ्यो। दर्शकअनुसारको मानसिकता हो।’ गोल्डेन गर्ल उपमा पाएकी धावक सन्तोषी श्रेष्ठले आफूले रमा सिंहजस्तो समस्या भोग्नु नपरे पनि त्यसलाई रिलेट गरेको बताइन्।  ‘सुरुको चरण मेरा लागि पनि गाह्रै थियो। महिला भएर खेल्नु, झन् कुद्ने खेल भएपछि स्वास्थ्यलगायत अरु समस्या आउँछन्। बिहे हुँदैन भन्ने खालका कुरा पनि आउँथे,’ उनले भनिन्, ‘बिस्तारै मैले राम्रो रिजल्ट दिन थालेपछि बल्ल सहज भयो। अहिले खेलकुद पत्रकारले हाम्रो खेलकुद र महिला खेलाडीलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलिराख्नुभएको छ।’  उनले अग्रज महिला खेलाडीलाई दर्शकबाट निरुत्साहन हुने र पहिरनबारे टिप्पणी गर्ने कुरा भने आफूले भोग्नु नपरेको बताइन्।  ‘अहिलेको दर्शकबाट चिअर अप बढी भइरहेको छ। लक्की नै भन्नु पर्छ। पहिरनको अवरोध पनि हाम्रो बेलामा छैन,’ उनले भनिन्। कार्यक्रममा शक्ति गौचनले पुरुष खेलाडीको अनुभव सुनाए जुन महिला खेलाडीभन्दा भिन्न थियो। तर दुःख उनले पनि भोगेका रहेछन्। ‘उनले म अन्डर १७ को क्याम्पमा हुँदा आधा गिलाँस दुध, आधा पाउरोटी खाएर ट्रेनिङमा जान्थ्यौं। कहिले त खाली पेट नै बस्नु पथ्र्याे । चिसो खाना खानु पर्ने हुन्थ्यो । यो अवस्था झण्डै २००८ सम्म भोगेका थियौं । त्यसपछि बिस्तारै खेलको स्तर पनि बढ्दै गयो । त्यसपछि २०१४ वल्र्डकप खेल्यौं।’  अहिले नेपाली क्रिकेटले फलामदेखि सुनसम्मको यात्रा तय गरेको उनले १० वर्ष अघिको भोगाइ अहिलेको खेलाडी भोग्नु नपर्ने बताए। तर छलफलका सहभागी महिला खेलाडीद्वयले भने गौचनभन्दा फरक विचार व्यक्त गरे। सिंहले भनिन्, ‘मेरो छोरी पनि नेपालमा भएको भए र छोरीले म फुटबल खेल्न जान्छु भन्यो भने हँ भनेजस्तो हुन्छ जस्तो लाग्छ अहिले पनि। हाम्रो देशमा खेलेर जीवन निर्वाह गर्ने अवस्था छैन । मेरो बेलामा झन गाह्रो थियो।’  धावक सन्तोषीको भनाइ पनि उस्तै छ, ‘आर्थिक र लाइफ सेटल कसरी गर्ने भन्ने कुराको चुनौती छ।’  

पोखराः   पोखरामा  सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ ।  पोखरा रंगशाला भलिबल कोर्टमा आज (आइतबार) भएको फाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङलाई ३–२ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो ।    स्याङ्जाले २१–२५, २५–२३, २५–२३, ३०–२८ र १५ १३ को अङ्कको सेटमा पराजित गरेको थियो ।    प्रतियोगितामा जिल्ला भलिबल संघ नवलपुर तृतिय र कास्की जिल्ला भलिबल संघ सात्वना भएको थियो ।  प्रतियोगितामा प्रथम भएको स्याङ्जाले २ लाख, द्धितिय भएको बागलुङले १ लाख, तृतिय भएको नवलपुरले ५० हजार र सात्वना भएको कास्कीले २५ हजार प्राप्त गरेका छन् ।    यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी जिल्ला भलिबल स्याङ्जाका टिम क्याप्टेन हरि पाण्डे, उत्कृष्ट सर्भर जिल्ला भलिबल नवलपुरका टिम क्याप्टेन घनश्याम चौधरी, उत्कृष्ट ब्लकर स्याङ्जाका देबु राना, लिव्रो राजन दलार्मी मगर, स्पाइकर बागलुङका प्रकाश सुनार, सेटर बागलङका टिम क्याप्टेन मीन सुनार र उत्कृष्ट टिम कोच स्याङ्जा जिल्ला भलिबल संघका राजेन्द्र शर्मा घोषित भए उनीहरु नगद १०/१० हजार पुरस्कार प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडी स्याङ्जाका टिम क्याप्टेन पाण्डेले २० हजार पुरस्कार प्राप्त गरे ।  गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ । प्रतियोगिता पुष ६गतेदेखि १० सम्म भएको थियो ।   

पोखरा:   पृथ्वीनारायण क्याम्पसमा आजदेखि अन्तर संकाय सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । खेलकुदमा करिब १ हजार विद्यार्थीको सहभागिता हुने भएकाले क्याम्पस परिसरमा छुट्टै रौनक देखिएको छ ।    नेपालकै दोस्रो ठुलो आंगिक कलेजको रुपमा परिचित पोखरा महानगर १ स्थित पृथ्वीनाराण क्याम्पसले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई निरन्तरता दिएको हो ।   प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एउटा कलेजले यति ठुलो प्रतियागिताको आयोजना गर्नु प्रशंसनीय कार्य भएको जनाए ।    ‘मानव जीवनमा खेलकुदको महत्व अपरिहार्य छ’ मेयर आचार्यले भने ‘खेलकुदले शारीरिक, मानसिक र मनोविज्ञानमा समेत प्रत्यक्ष प्रभाव पार्दछ, तपाईहरु पनि खेलकुदमा सहभागिता जनाउनुहोला ।’    यस्तै, क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले कोरोना महामारीले २ वर्ष खेलकुद बिथोलेपछि पुनः सुरु गरेको जानकारी दिए । विद्यार्थीहरु भोलीको दिनमा विभिन्न क्षेत्र पुग्नेछन् भन्दै कोइरालाले खेलकुदबाट पनि देशको शिर उँच्चो राख्न सकिने बताए ।    ‘अध्ययनले मानसिक चेतको विकास गर्छ भने खेलकुदले शारीरिक विकास र अनुशासनमा सघाउ पुग्छ’ उनले भने ‘भोलीका दिनमा खेलकुदलाई पनि करिअर बनाउन सकिन्छ ।’   प्रतियोगिताको एथ्लेटिक्सतर्फको ५ किमी सडक दौड भने सम्पन्न भएको छ । दौडमा छात्र छात्रा गरी जम्मा ५३ जनाले सहभागिता जनाएका थिए ।    छात्रतर्फ व्यवस्थापन संकाएका सञ्जोक घर्ति मगरले १७ मिनेट ५१ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान, व्यवस्थापन संकायकै विवेक तिलिजाले १८ मिनेट ७ सेकेन्डमा दुरी पार गर्दै दोस्रोे र व्यवस्थापन संकायकै आकाश थापाले १८ मिनेट ५३ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भए ।       त्यस्तै छात्रातर्फ व्यवस्थापन संकायका अनिशा भणडारीले २५ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरे, व्यवस्थापनकै अञ्जु गिरीले २५ मिनेट ५७ सेकेन्डमा दुरी पार गर्दै  दोस्रो र मानविकी संकायका सुशिला शाहीले २६ मिनट २४ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल रहे ।    विजेतालाई त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका प्रमुख प्रा.डा. विनिल आचार्यले मेडल प्रदान गरेका छन् । प्रमाणपत्र र नगद राशी भने समापन कार्यक्रममा दिइने क्याम्पस प्रशासनले बताएको छ ।    प्रतियोगिता १४ गतेसम्म चल्नेछ ।           

काठमाडौं:   अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अझै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बस्न सहमत हुनुभएको छ । ३५ वर्षीय मेस्सी पीएसजीसँग नयाँ सम्झौता गर्न सहमत भएपछि उहाँको फ्रान्स बसाई लम्बिने पक्का भएको हो । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएर चर्चाको शिखरमा पुग्नुभएका मेस्सी पीएसजीसँग थप एक वर्षको सम्झौता गर्न तयार हुनुभएको हो । पीएसजीसँग मेस्सीको सम्झौता सन् २०२३ को जुनसम्म रहेको छ । मेस्सीले २१ वर्ष लामो बार्सिलोना बसाई टुङ्ग्याएर सन् २०२१ मा दुई वर्षको लागि पीएसजीमा अनुबन्ध हुनुभएको थियो । मेस्सीले पिएसजीका लागि ५३ खेल खेल्दै २३ गोल गर्नुभएको छ । एजेन्सी 

पोखराः   पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार  मानिएका जिल्ला भलिबल बागलुङ र स्याङ्जा फाइनलमा प्रवेश गरेको छ ।  पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको दोस्रो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुरलाई पराजित गर्दै बागलुङसँग फाइनलमा भेट पक्का गरेको हो ।  दोस्रो सेमिफाइनल खेलमा स्याङ्जाले नवलपुरलाई २२–२५, २५–२०, २५–२०, १७–२५ र १५–७ अङ्कले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।  यस्तै पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले कास्कीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  पहिलो सेट गुमाएको बागलुङले खेलमा उत्कृष्ट पूनरागमन गर्दै कास्कीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । १६–२५ ले पहिलो सेट गुमाएको बागलुङले क्रमश २५–२०ले दोस्रो जितेको बागलुङले तेस्रो सेटमा २०–२३ को अङ्कमा उत्कृष्ट पूनरागमन गर्दै २६–२४ को अङ्कमा तेस्रो सेट जितेको थियो भने चौथो सेट २५–२० ले जितेको थियो ।  फाइनलमा जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ भने तृतिय स्थानका लागि जिल्ला भलिबल संघ नवलपुर र कास्कीबीच प्रतिस्पर्धा हुनेछ  । दुवै खेल आइतबार पोखरा रंगशाला भलिबल कोर्टमा हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।  प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०÷१० हजार प्राप्त गर्नेछन् ।  गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ । 

पोखराः   पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार  जिल्ला भलिबल बागलुङ फाइनल प्रवेश गरेको छ ।  पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले कास्कीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  पहिलो सेट गुमाएको बागलुङले खेलमा उत्कृष्ट पूनरागमन गर्दै कास्कीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।  १६–२५ ले पहिलो सेट गुमाएको बागलुङले क्रमश २५–२०ले दोस्रो जितेको बागलुङले तेस्रो सेटमा २०–२३ को अङ्कमा उत्कृष्ट पूनरागमन गर्दै २६–२४ को अङ्कमा तेस्रो सेट जितेको थियो भने चौथो सेट २५–२० ले जितेको थियो ।  दोस्रो सेमिफाइनल खेलमा अहिले जिल्ला भलिबल संघ स्याङ्जा र नवलपुरले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेका छन् । फाइनल आइतबार हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।  प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् ।  गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।   

काठमाडौं:  काठमाडौं नाइट्सले नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिगमा सुखद सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा काठमाडौंले पोखरा रेन्जर्सलाई २६ रनले हरायो । काठमाडौंले दिएको एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको पोखरानिर्धारित १९ ओभरमा सात विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो । पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रन बनाउनुभयो । आरिफ शेखले २०, अमिर हमाज र अभिमन्यु मिथुनले समान १८र१८ रन बनाउनुभयो । बलिङमा काठमाडौंका अभिनास बोहराले तीन, बसिर अहमदले दुई तथाअनिल खरेलले एक विकेट लिनुभयो ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो ।  खेल ढिलो सुरुभएकोले एक ओभर घटाइएको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले अविजित ८५ रन बनाउनुभयो । सुनाम गौतमले २७, एलेक्स ब्लेक्सले २१ रन र विरनदिप सिंहले १० रन बनाउनुभयो ।  कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट हुनुभएको थियो । बलिङमा पोखराका प्रतिस जिसी र जाहिर खान दुई दुई तथा मौसम ढकालले एक विकेट लिनुभयो ।  प्रतियोगिताको खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्नुभयो । आजै दोस्रो खेलमा लुम्बिनी अलस्टार्स र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स पोखरा रेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ फ्रेन्चाइज टोली सहभागी छन् । प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिता विजेता टोलीले ५५ लाख रुपियाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।  लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदयीमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । यस लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनले गरेको छ । 

पोखराः   पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएका  जिल्ला भलिबल स्याङ्जा र नवलपुर सेमिफाइनल खेल्ने भएका छन् ।   समूह ‘क’ लिग चरणको अन्तिम खेलमा जिल्ला भलिबल संघ बागलुङले नवलपुरलाई ३–२ को सेटमा पराजित गरेपछि समूह ‘क’को उपविजेता बन्दै सेमिफाइनलमा स्याङ्जा र नवलपुरको भेट पक्का भएको हो ।  पोखरा रगंशाला भलिबल कोर्टमा आज (शनिबार) बिहान भएको लिगचरणको अन्तिम खेलमा जिल्ला भलिबल संघ बागलुङले नवलपुरलाई ३–२ को सेटमा पराजित गरेको हो । बागलुङले नवलपुरलाई २२–२५, २५–२१,२५–२०, २३–२५ र १५–७ अङ्कले पराजित गरेको थियो ।  गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङ र कास्की र दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ स्याङ्जा र नवलपुरको बिच हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।  प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् ।  गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।