पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा:   पोखरामा मोहन भूगोल ब्याडमिन्टन फाउण्डेशनको आयोजनामा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसन र पोखरा महानगर खेलकुद विकास समितिको सयुक्त आयोजनामा बैशाख २७ देखि ३० गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता आयोजना हुने पोखरामा पत्रकार सम्मेलन गरेर फाउण्डेशनले जानकारी दिएको छ ।   ९ विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा निम्न माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स, माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स विधामा राष्ट्रियस्तरको प्रतिस्पर्धा हुने मोहन भुगोल ब्याडमिन्टन फाउण्डेशनका महासचिव वरदान लामाले बताए ।    कास्की जिल्ला वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्ससँगै ३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्समा खुला प्रतिस्पर्धा हुनेछ ।  निम्न माध्यमिक तहस्तरीय छात्रछात्रा सिंगल्स प्रतिस्पर्धाका विजेताले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । माध्यमिक तहस्तरीय छात्रछात्रा सिंगल्स, कास्की जिल्लाको वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्सका उपाधि विजेताले जनही ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तस्रो हुनेले क्रमशः २० हजार र १० हजार रुपैयाँको साथमा मेडल प्राप्त गर्नेछन् । माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्समा उत्कृष्ट एक जना खेलाडीले माउन्टेन बाइक पाउने आयोजकले जानकारी दिएको छ । ३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्स खुलामा विजेता, दोस्रो र तेस्रोले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँको साथमा मेडल हात पार्नेछन् । देशभर फैलिएका उदीयमान प्रतिभालाई एकिकृत गर्दै राष्ट्रका लागि अनुशासित खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने भुगोल ब्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले बताए ।  प्रतियोगिता सञ्चालन गर्न १४ लाख ४५ हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । ३ सय भन्दा बढी खेलाडीहरु सहभागी हुने प्रतियोगितामा १२ वर्ष मुनिका खेलाडीदेखी ५५ वर्ष माथिका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।   

पोखरा:    राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारीलाई पोखरा स्पोट्र्स अवार्ड प्रदान गरिएको छ ।  लमजुङका भण्डारी राष्ट्रिय टिमबाट खेलिरहेका छन् । राष्ट्रिय फुटबल टोलीकी फरवार्ड भण्डारीलार्ई इलेक्ट्रिक स्कुटर सहित ट्रफि प्रदान गरिएको हो । भण्डारी अहिले भारतमा लिग खेलिरहेकी छिन् ।  उनले आर्चरीकी रोजिना थापामगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर पछि पार्दै उपाधि हासिल गरेकी हुन् । गत वर्ष भारतमा भएको मैत्रीपूर्ण खेलमा सावित्राले दुई गोलले पछि परेको स्थितिको अन्तिम समयमा दुुई गोल गर्दै बराबरी गरेकी थिइन् ।  

पोखरा:   राष्ट्रिय क्रीकेट खेलाडी करण केसीलाई पोखरा स्पोट्र्स अवार्ड प्रदान गरिएको छ ।  बागलुुङका केसी कास्कीमा क्रीकेट सुरु गर्दै राष्ट्रिय टिमबाट खेलिरहेका छन् । अलराउन्डर केसीलाई इलेक्ट्रिक स्कुटर सहित ट्रफि प्रदान गरिएको हो । हालै नेपालमै सम्पन्न एसीसी प्रिमियर कपको उपाधि जित्दा उनलको मूमिका पनि महत्वपूर्ण रह्यो । नेपालले विश्वकप छनोटमा सोझै स्थान बनाएको छ । 

पोखरा:  यू-१९ क्रीकेटका राष्ट्रिय खेलाडी सुवास भण्डारी  सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड अन्र्तगत उदीयमान खेलाडीबाट सम्मानित भएका छन् ।    उदियमान खेलाडीको मनोनयनमा पर्न सफल सुवास भण्डारीलाई आज नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज (शनिबार) एक कार्यक्रमकाबीच प्रदान गरिएको हो ।   उदियमान खेलाडीतर्फ क्रिकेटका भण्डारीले भलिवलबाट बागलुङका रवि केसी, फुटवलबाट कास्कीका सुमित श्रेष्ठलाई पछाडि पार्दै उपाधि चुम्न सफल भए । ।    उदियमान खेलाडीबाट सम्मानित भण्डारीले ३५ हजार रुपैयाँको साथमा ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छन् । यस्तै मनोनयमा पर्न सफल भलिबलका रवि केसी र फुटवलका सुमित श्रेष्ठले मनोनयन ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।   

पोखरा:    सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिने भएको छ । अवार्ड अन्तरगत गठन भएको पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको पच्चिसौं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश व्युरो प्रमुख हुन्  । क्लिक गण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत तिमिल्सिनाले पोखरा एफ एम, एभिन्युज टेलिभिजन, सेतोपाटी डट कम, गन्थन डट लगायतका सञ्चार माध्यममा काम गरिसकेका छन् । यस अगाडि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक र दीपक परियारले यो विधाको अवार्ड हात पारेका थिए ।  शनिबार दिउँसो दुई बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रम कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ । यि मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ ।  जस अनुसार वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् ।  वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् ।  उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् ।  यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गर्ने मञ्च गण्डकीका महासचिव पौडेलले बताए ।  अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहनेछ । यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत अवार्ड कार्यक्रमका थप आर्कषण हुन् । लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको छ ।  अवार्ड कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको विषेश सहयोग रहेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चलाई अन्य विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, तमु धिं युके, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ, मञ्चका पूर्व अक्ष्यक्ष प्रेमनारायण न्यौपाने, सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली रहेका छन् । नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९, १२ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, रुपाकोट सुनचाँदी पसल, हाम्रो पोखरा सोफा होम, ओम बुद्ध नर्सरी कर्मचार्य ग्रुपको कोसेली तेल, सिर्जना विकास केन्द्र, नेपाल टेलिकम पोखरा, नेपाल आयल मिल, बुमराङ रेष्टुरेन्ट, टेनिस संघ, पोखरा उद्योग वाणिज्य संघ, अटोवेज प्रालि, एसके साउण्ड एण्ड म्युजिक पोखरा, युनाइटेड क्लब, यति एयरलाइन्स, आँगन स्विट न्युरोड, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका लगायतले समेत सघाउने तय भैसकेको छ । अवार्ड कार्यक्रमको पब्लिक फोर के टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । जसका लागि टेलिभिजनसँग सहकार्य गरिएको मञ्चले जनाएको छ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा उपस्थित भएर खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हौसला बढाउन सम्पूर्ण सञ्चारकर्मी र  खेलप्रेमीलाई मञ्चले अनुरोध गरेको छ ।  

पोखरा:   पोखरामा देश्ना चन्द स्मृति तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता  २०८० जेठ तेस्रो साताबाट सुरु हुने भएको छ ।    पोखरा महानगरपालिका १ स्थित नयाँ गल्ली युवा क्लबको आयोजनामा जेठ २० देखि २७ गतेसम्म तेस्रो संस्करणको देश्ना चन्द स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने आर्थिक संयोजक हिटलर घलेले जानकारी दिए ।   उनले फुटबलको विकास गर्ने उद्देश्यले खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘हामीले खेलकुद सँगै सामाजिक क्षेत्रमा पनि काम गर्दै आएका छौ, उनले भने, ‘फुटबल लभर नानी देश्नको स्मृतिमा यसपटक खुल्ला सेभेन ए साइड फुटबल आयोजना गर्न लागेका छौ यसले खेलकुदको विकासमा केही टेवा पुग्ने विश्वास लिएका छौ ।’   घलेका अनुसार पोखरा पुरानो टुँडिखेल मैदानमा एक साता सञ्चालन हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार, उपविजेताले ८० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।    सो प्रतियोगितामा उत्कृष्ट विधागततर्फ नगद राशीले पुरस्कृत गर्ने क्लबका अध्यक्ष शुशिल श्रेष्ठले बताए ।   श्रेष्ठका अनुसार उत्कृष्ट खेलाडीले १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले जनही ५/५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।    प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ७ हजार निर्धारण गरिएको खेल संयोजक अञ्जन देवकोटाले जानकारी दिए ।  उनका अनुसार टिम दर्ता फोन (९८०६६०७२७८) बाटैपनि गर्न सकिनेछ ।    

पोखरा:   मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षकमा पोखरेली विष्णु गुरुङ नियुक्त भएका छन् ।  गुरुङ हाल जारीसहित दुई सिजनका लागि क्लबको प्रशिक्षकमा बिहीबार अनुबन्धित भएका हुन् ।   हिजो (बिहीबार) क्लबका अध्यक्ष विजय घले र मुख्य प्रशिक्षक गुरुङले औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरे ।    सहिद स्मारक ए डिभिजन लिगमा लगातार खराब प्रदर्शन गरेपछि यसअघिका प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएका थिए ।    अब मनाङ मर्स्याङ्दी  क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न लागेका गुरुङ अन्य विभिन्न ए डिभिजन क्लबहरुमासमेत प्रशिक्षणको काम गरिसकेका छन् ।    मनाङको नयाँ प्रशिक्षकका रुपमा नियुक्त भएपछि खेल सुध्रर्ने आशा गरिएको क्लबले जनाएको छ ।    जारी लिगको १३ राउन्डको खेल सकिदा मनाङ पछिल्ला ६ खेलमा पराजित भएको थियो । लिगमा मनाङको यो अहिलेसम्मकै खराब प्रदर्शन हो ।     लिगको सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ लगातार ६ खेलमा पराजित हुने क्रममा चर्च ब्वाइज, नेपाल पुलिस, खुमलटार, त्रिभुवन आर्मी, जावलाखेल र सातदोबाटोसँग पराजित भएको थियो ।

पोखरा:    बागलुङ जिल्ला खेलाडीहरुको उर्वर भुमिका रुपमा परिचित छ । जुन जिल्लाका विभिन्न दुरदराजमा व्यक्ति भुईमान्छेका रुपमा जन्मिन्छ । त्यहि साधारण जीवन लिएर जन्मिएको भुईमान्छे कालान्तरमा एक सर्वप्रतिष्ठित र देशकै गहनाको रुपमा स्थापित हुन्छ,त्यहि नाम हो क्रिकेटका करण केसि,भलिवलकी सोफिया पुन, रवी केसी, दिल सुनार, राजु वि.क​,सुनिल घर्ती, दुर्गा बहादुर सुनार लगायत दर्जनौँ खेलाडीहरु । त्यसगरि खेलकुदको माध्यमबाट देशलाई अन्तराष्ट्रिय जगतमा चिनाउने लक्ष्यका साथ खेलकुदमै लागिपरेका अर्का खेलाडीको नाम हो सुस्मिता थापामगर । उनी आईटिएफ तेक्वान्दोका खेलाडी हुन् । वि.स. २०६० सालमा बागलुङको बडिगा्ड गाउँपालिका वडा नं १० निगलपनीको दुर्गम ठाउँमा साधारण परिवारमा जन्मिएका थापामगर बच्चैदेखि आम बालबालिका भन्दा पृथक लक्ष्यका साथ बाल्यकाल व्यतित गरिन् । उनको त्यो लक्ष्य हो खेलाडी बनेर परिवार,गाउँ र राष्ट्रकै एक प्रेरणादायी व्यक्ति बन्ने । सपनालाई पछ्याउदै छोटो समयमै खेलकुदमा छलङ मार्न सफल बन्दै गरेकी थापामगर खेल करियर सुरुवातमा भने पढाई र परिवारको असहमतिका कारण निकै दुख पाएको बताईन् । “घरमा सानो टिभी थियो, खेलप्रतिको रुचिका कारण टिभीमा आउने प्रत्येक समाचारको अन्त्यमा आउने खेल समाचार निकै प्रर्खाइमा हुन्थे म, उत्साहका साथ हेर्थे,खेलाडी बनेर टिभीमा आउने सपना बनाउथे”,उनले भने, “सुरुमा घरपरिवारबाट अनुमति नपाउदा धेरै दुख लागेको थियो, मेरो सपनाको जिद्दिको अगाडी परिवारको केहि लागेन्, अन्त्यमा खेल्ने अनुमति पाए,गेम सिके अहिले यहाँ छु ।” खेलकुदमा रुचि थियो तर गाउँमा सिक्ने अवसर थिएन उनको कक्षा ६ मा पढ्दा भलिवल खेल्दै थिईन् विद्यालय स्तरमा प्रतियोगिताहरुमा भाग लिई विभिन्न पदक लिन्थिन् । सोहि समयमा २०७४ कार्तिकमा उनी पढ्दै गरेको श्री भानु निम्न माध्यामिक विद्यालयमा रवीन्द्र बुढामगरले आईटीएफ टेक्वान्दो दोजाङ सञ्चालन गरे । त्यो निकै सुनौलो अवसर थियो थापामगरका लागि निकै खुसी पनि भईन् तर पढाईमा अव्वल उनको पढाई विग्रिने कारण देखाउदै घरपरिवारले गेम सिक्न अनुमति दिएन् । भाईबहिनीलाई भने गेम सिक्न पठाउने गरिएको थियो । “घरपरिवारलाई मनाउन हार मानेको भने थिएन, दैनिक विद्यालयबाट घर जान्थे, अनि खाजा खाएर आफ्नो गृहकार्य सकेर भाईबहिनीलगाएतले सिक्दै गरेको तेक्वान्दो खेल टाढा बसेर नियाल्थे र रविन्द्र गुरुले जसरी सिकाउनुहुन्छ हेर्दै यता मैले एक्लै अभ्यास गर्थे, यसरी नै परिवारको अनुमति विना दैनिक टाढैबाट एक्लै गरेको अभ्यास साँझ घरमा गएर भाईबहिनीलाई आज तिमीहरुले यस्तो सिक्यौ हैन भन्दै सोध्थे र मैले टाढैबाट हेरेर सिकेको पोजिसनहरु देखाउँथे”,उनले भने,दृढ संकल्पले मान्छेलाई पछाडी फर्कनै दिदैन भनेझै घरमा हजुरआमालाई गेम सिक्न अनुमतिका लागि फकाईरहेकी थिए, तर परिवारको असहमति र गुरुबाट औपचारिक सिकाइ बिना नै टाढैबाट सिक्नेहरुलाई नियाल्ने अनि एक्लै अभ्यास जारी राखे ।” उनको खेलप्रतिको यो असाधारण रुचिले अन्त्यमा परिवारले तेक्वान्दो सिक्न अनुमति दिए । थापामगरका लागि त्यो पल संसार जितेको आभाष थियो । २०७४ मंसिर १६ गते देखि उनले औपचारिक रुपमा गुरुबाट आईटीएफ तेक्वान्दो सिक्न सुरु गरिन्,जुनबेला उनी कक्षा ८ मा पढ्थिन् । छोटो समयमै निगलापनी आईटीएफ तेक्वान्दो डोजाङकै उत्कृष्ट खेलाडी बन्न हुदै ३÷३ महिना को अंतरालमा हुने वेल्टटेस्ट प्रतियोगिताहरुमै आफ्नो क्षमतालाई उजागर गर्दै गईन् । पढाईमा पनि प्रथम स्थान कब्जा गरेका उनलाई गाउँको आधाभुत शिक्षा पछि ९÷१० को पढाईको गुल्मीको मालिक गाउँपालिका ३ महावीर स्थित श्री देवीस्थान माध्यमिक विद्यालय भर्ना भईन् । घरदेखि २र३ घण्टा हिडेर विद्यालय जानुपर्ने र आठौ राषर््िट्रय खेल को लागि छनोटका लागि तयारी गर्नुपर्ने चुनौति थपियो उनलाई । “नयाँ विद्यालय सुरु गरेको पढाईलाई पनि विगार्नु थिएन,छनोट खेलको लागि तयारी गर्नु दुवै एकचोटी चुनौति थपियो, तर हार मानेन् , बिहान १ घण्टा गेमको ट्रेनिङ्ग गरेर घर फर्किन्थे, हजुरआमाले बनाएको खाना खाएर विद्यालयको लागि निस्किन्थेँ, साझा स्कुल छुट्टी हुने बित्तिकै कुदेर घर फर्किन्थे र खेलमैदानमा गईहाल्थे, यसरी नै खेल र पढाई लाई निरन्तरता दिए”,उनले भने ।” निरन्तरको कर्मले उनलाई पढाई र खेल दुवैमा थप सफल्ताका सिंढीहरु चढाउदै गयो । खेलकुदबाट प्राप्त गरेका उत्कृष्ट पदकहरुले परिवारमा खुसि र आफन्तबाट आएका हौसलाका शब्दहरु सपनाले दो¥याएका कठोर संघर्षका उपब्धिहरु ठान्छन् उनी । एसईई पनि सकिएपछि उनी सदरमुकाम स्थित विद्यामन्दिर माविमा साईन्स लिएर प्लसटु पढाई सुरु गरिन् । पढाईसंगै उनले दोजाङ सञ्चालन गरि प्रशिक्षकको भुमिकामा उभिईन् । अन्त्यमा प्लस टुको पढाईपनि सकियो । त्यसपछिको पढाईको यात्राको शिलशिलामा उनी अहिले गण्डकी युनिभर्सिटीमा विएसएम ९दबअजभयिच ष्ल कउयचतक mबलबनझभलत० विषय अध्ययनरत छिन् । बालापनमा खेलाडी भएर चर्चामा आउने,सबैले माया गरुन भन्ने उद्धेश्यले खेल करियरमा होमिएका उनी अहिले भने उनको लक्ष्य अलिकति परिपक्व बन्दै गएको छ । अव खेलकुदको दिगो विकास र व्यवस्थापन नीति परिवर्तन गर्ने उनको लक्ष्य छ । “मैले खेलाडी भएर भोगेका अनेक समस्याहरु छन्,”उनले भने “अव यो समस्याको समाधान गर्ने निकायसम्म पुग्ने मेरो लक्ष्य छ ।” खेल पर्यटन मार्फत देशलाई आर्थिक रुपमा शसक्त बनाउने सक्ने वातावण राज्यबाट उनको अपेक्षा छ । नवौं राष्ट्रिय प्रतियोगिता यो खेलमा गण्डकीलाई २ वटा पदक दिलाउने लक्ष्यका साथ निकै मेहनत गरिन् । तयारी अनुसार नै खेल प्रदर्शन गर्दै उनले पहिलो चरणमा बागमती,दोस्रोमा आर्मी र तेर्सो चरणमा लुम्बिनी र फाइनलमा खेलमा प्रदेश १ लाई पराजित गर्दै ४५-५० केजी तौल समूहमा स्वर्ण हात पारिन् । अर्काे विधा मा भने पहिलो चरणमा शसत्र प्रहरी,दोस्रो चरणमा कर्णाली प्रदेशलाई पराजित गर्दै फाइनलमा आर्मी सँग पराजित भएपछि रजत पदकमै चित्त बुझाईन् । आठौ राष्ट्रिय खेलकुद आईटिएफ तेक्वान्दो प्रतियोगिताबाट जिल्ला हुदै प्रदेशबाट पनि छनोट हुदै आठौ राष्ट्रिय खेलकुदमा भाग लिने सफल भईन् । प्रतियोगिताको पहिलो चरणमै आर्मीका अव्वल खेलाडी रुबिका खड्कासँग ४५–५० केजि समुहमा प्रतिस्पर्धा गरिन् । सातौं राष्ट्रिय खेलका स्वर्ण विजेता रूबिका खड्कासँग पहिलो खेलमै सामना गर्दा डरका बाबजुत मैदानमा उत्रिएको उनले अनुभव सुनाईन् । “औपचारिक प्रतियोगिता त्यो पनि पहिलो खेल नै स्वर्ण पदक जितिसकेको खेलाडीसंग पर्दा निकै डर लागेको थियो,” उनले भनिन् “डरका बाबजुत मेरो आत्मविश्वासलाई दरिलो बनाएर मैदान छिरे, खड्कालाई सोझै पराजित गर्दै गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो टिमको अनुहारमा रौनक ल्याउन सफल भए,सबैको ध्यान मैतिर सोझियो ।” स्वर्णधारीलाई नै पछारेपछि त्यसपछिका प्रतिस्पर्धामा भने उनलाई पछाडी फर्कन परेन् । फाइनलमा बागमती प्रदेशकी नीलिमा सुनारलाई पराजित गर्दै उनले गण्डकीलाई स्वर्ण पदक दिलाईन् भने बाँकी दुई बिधामा पनि दुई रजत पदक हात पारिन् । पहिलो पटक औपचारिक प्रतियोगितामा आर्मीका सिनियर खेलाडी तथा स्वर्णधारी खड्कालाई पराजित गरे पछि थापामगरको चर्चा चुलियो । आठौ राष्ट्रिय प्रतियोगितामा आईटीएफ तेक्वान्दोमा स्वर्ण पदक ल्याउने उनी एक मात्र खेलाडी हुन् । उनले १ स्वर्ण र २ रजत पदक जितेकी थिईन् । उनी छोटो समयमै राम्रो खेल प्रदर्शन गर्दै प्रदेश लाई स्वर्ण पदक दिलाउन सफल भएकाले उनी चौथो स्पोर्ट अवार्डमा उदयमान खेलाडीमा मनोनयनमा पर्न परेकी थिईन् । सोहि समय राष्ट्रिय खेलकुदमा स्वर्ण र कक्षा ९ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण हुदाको सफल्ता उनी शब्दमा व्यक्त गर्न सक्दैनन् । बाँकी उपाधिहरु ​ -बुर्तिवाङमा सम्पन्न ‘प्रथम ढोरपाटन मेयर कप’ -२ स्वर्ण संगै उत्कृष्ट खेलाडी घोषित । -रामेछापमा सम्पन्न ‘२० औँ सिनियर राष्ट्रिय च्याम्पियनसिप’-३ रजत । -पहिलो गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगिता-२ स्वर्ण संगै उत्कृष्ट खेलाडी घोषित । उनी यहि २३ गते शनिवार नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने सातौ पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट महिला वर्ष खेलाडीको मनोनयनमा परेकी छिन् । उनलाई टक्कर दिन फुटवलकी सावित्रा भण्डारी र आर्चरीकी रोजिना थापामगर पनि प्रतिस्पर्धामा छन् । यी तिन जना मध्ये एकजनाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड पाउनेछन् । यस्ता खालका कार्यक्रमहरुले खेलाडीहरुमा हौसला प्रदान गनुका साथै अझै मेहनत गर्न प्रोत्साहन मिल्ने उनले प्रतिक्रिया दिईन् ।  

पोखरा:   सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गरिएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिहीवार पोखरामा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी ट्रफी सार्वजनिक गरेको हो ।  अवार्डको ट्रफी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्षद्धय विनोद लामिछाने र केशव पाठक, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, छेटौं संस्करणको पोखरा स्पोटर््स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गणेश बहादुर भट्टराई र पश्चिमाञ्चल खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सीनाले संयुक्त रुपमा सार्वजनिक गरेंका थिए ।  यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा सुरु हुने अवार्ड कार्यक्रमको तयारी पुरा भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।  यसपाली  स्पोर्ट्स अवार्डमा कुल ७ वटा विधामा अवार्ड वितरण गरिनेछ । यसरी वितरण गरिने अवार्डको विधामा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र  वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेका छन् । यि मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ ।  जस अनुसार वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् ।  वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् ।  उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड घोषणा हुन बाँकी छ ।  वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् ।  यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गर्ने मञ्च गण्डकीका महासचिव पौडेलले बताए ।  लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको छ ।  अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहनेछ । यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत अवार्ड कार्यक्रमका थप आर्कषण हुन् । अवार्ड कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको विषेश सहयोग रहेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चलाई अन्य विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, तमु धिं युके, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ, मञ्चका पूर्व अक्ष्यक्ष प्रेमनारायण न्यौपाने, सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली रहेका छन् । नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९, १२ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, रुपाकोट सुनचाँदी पसल, हाम्रो पोखरा सोफा होम, ओम बुद्ध नर्सरी कर्मचार्य ग्रुपको कोसेली तेल, सिर्जना विकास केन्द्र, नेपाल टेलिकम पोखरा, नेपाल आयल मिल, बुमराङ रेष्टुरेन्ट, टेनिस संघ, पोखरा उद्योग वाणिज्य संघ, अटोवेज प्रालि, एसके साउण्ड एण्ड म्युजिक पोखरा, युनाइटेड क्लब, यति एयरलाइन्स, आँगन स्विट न्युरोड, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका लगायतले समेत सघाउने तय भैसकेको छ । अवार्ड कार्यक्रमको पब्लिक फोर के टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । जसका लागि टेलिभिजनसँग सहकार्य गरिएको मञ्चले जनाएको छ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा उपस्थित भएर खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हौसला बढाउन सम्पूर्ण सञ्चारकर्मी र  खेलप्रेमीलाई मञ्चले अनुरोध गरेको छ ।   मञ्चका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव  पौडेल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव पौडेल लगायतले बोलेका थिए ।   मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् । खेलाडीलाई उर्जा थप्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ  ।