काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्त्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको बताउनुभएको छ। मंगलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ।” प्रधानमन्त्रीले “खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएको” भन्दै खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेकोसमेत बताउनुभयो। प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठ एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित यस १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपले एसियन एथलेटिक्समा नेपालको पहिचानलाई थप फराकिलो बनाउने विश्वाससहित सर्वप्रथम प्रतियोगिताको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन पटक स्वर्ण पदक जित्ने क्रममा धावक बैकुण्ठ मानन्धरले साढे तीन दशकभन्दा अगाडि २ घन्टा १५ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै म्याराथुनमा राखेको कीर्तिमान अहिलेसम्म कायमै छ। पछिल्लोपटक नेपालमा आयोजित १३ औं सागमा १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नुले एथलेटिक्समा नेपालले प्राप्त गरेको सफलता प्रमाणित गर्दछ। यी सफलताहरूले नेपाली खेलाडीहरूको दक्षता र खुबीमात्रै प्रदर्शन भएको छैन, सिंगो राष्ट्रकै गौरव र प्रतिष्ठासमेत उच्च भएको छ। त्यसबीचमा अन्य खेलाडीले पनि एथलेटिक्स खेलमार्फत आ–आफ्नो ठाउँबाट विशिष्ट योगदान गर्दै आउनुभएको छ। विश्व खेलकुदको महाकुम्भको रूपमा रहेको ओलम्पिकमा नेपालबाट सबैभन्दा बढी एथलेटिक्स खेलाडीकै सहभागिता रहनु हाम्रा लागि गर्वको विषय हो। खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्। खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन्। कुनै समय खेलकुदलाई शारीरिक र मानसिक स्फूर्तिको माध्यमका रूपमा मात्र लिइन्थ्यो। तर, अहिले समय फेरिएको छ। आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ। खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो। नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध छ। त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्म स्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्ति विकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ। साथै एथलेटिक्सको विकासका निम्तिसमेत राज्यले उचित ध्यान दिनेछ। दुई दशकभन्दा लामो समयपछि नेपाललाई एसियन क्रस कन्ट्री च्याम्पियनसिपको आयोजनाको अवसर दिने एसियन एथलेटिक्स एसोसिएसन परिवारलाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै आगामी दिनमा समेत नेपाल यहाँहरूको उच्च प्राथमिकतामा पर्नेछ भन्ने मैले विश्वास लिएको छु। अन्त्यमा, यस प्रतियोगितालाई शानदाररूपमा सफल पार्न भूमिका खेल्ने सरकारी र गैरसरकारी क्षेत्रका सबै संस्था र प्रतिनिधिज्यूहरूप्रति विशेष आभार प्रकट गर्दछु। च्याम्पियनसीपमा भाग लिने नेपालसहित ११ देशका खेलाडीहरूमा प्रतियोगितामा राम्रो प्रस्तुतिको अपेक्षासहित शुभकामना व्यक्त गर्दछु। यस प्रतियोगिताका आयोजक, व्यवस्थापक, सम्पूर्ण प्रयोजकहरू एवं सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउँदै बिदा हुन्छु, धन्यवाद।
काठमाडौं: आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको छ । जितसँगै नेपालले विश्वकप छनोटको गणितीय सम्भावना कायम राखेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा नेपाल घरेलु टोली यूएईलाई ४२ रनले हरायो । जितका लागि नेपालले दिएको दुई सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८७ रनमा समेटियो । यूएईका लागि आशिफ खानले सर्वाधिक ८२ रन बनाए । आर्यन लक्राले ५० र भिरितिया अर्भिन्दले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले तीन-तीन विकेट लिए । आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले एक-एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय २९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले अर्धसतकीय इनिङ्स खेले । उनले सर्वाधिक ७० रन बनाए । उनले ९९ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाएका हुन् । भीमको यो एक दिवसीयमा पहिलो अर्धशतक हो । आरिफ शेखले अविजित ४३ रन बनाए । कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७, करण केसीले १७, प्रतिश जिसीले अविजित ११, ओपनर ज्ञानेन्द्र मल्लले ११ र आशिफ शेखले ६ रन बनाए । बलिङमा यूएईका जुनेद सिद्धिकीले तीन विकेट लिए । आर्यन लाक्रा र रोहन मुस्तफाले दुई(दुई विकेट लिए । कार्तिक मेइयापानले एक विकेट लिए । जितसँगै नेपाल पाँचौं स्थानमा उक्लिएको छ । नेपालले ३२ खेलबाट ३२ अंक बनाएको छ । समान खेलबाट ३१ अंक बनाएको यूएई छैटौं स्थानमा झरेको छ । यसअघि नेपाल छैटौं स्थानमा थियो । यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) समान खेलबाट नौ अङ्क जोड्दै तालिकाको अन्तिममा छ । युएईपछि सिरिजका बाँकी खेल नेपालमा हुनेछ । नेपाललाई विश्वकपमा छनोट हुन अबका सबै (चार) खेल जित्नु पर्ने बाध्यता छ । सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि कम्तीमा पाँचौँ स्थानमा रहनु पर्नेछ ।
पोखरा: खेलकुदमा राज्यको लगानी न्युन छ । तर खेलसंग प्रेम गासेका खेलाडी तथा प्रशिक्षकहरुले अनेकौं तरिकाले खेल खेलाइरहेका हुन्छन् प्रशिक्षण दिइरहेका हुन्छन् । खेलकुदको सहर मानिने पोखरामा पोखरा रंगशाला बाहेक बाहिर त्यति खेल स्थलन छैनन् । भएका पनि प्रयोग गर्न निकै कठिन छ । त्यस्तै कठिनमा परेकी विमला नेपालीले अहिले अस्थाई प्रशिक्षण केन्द्रको स्थापना गरेकी छिन् । सितेरियो करातेँकी राष्ट्रिय खेलाडी विमला नेपालीले पोखरा ११ फुलबारीमा कराते सिकाउँदै आएकी छिन् । फुलवारीमा रहेको क्लब भवनको प्राङ्गणमा प्रशिक्षण दिदैँगर्दा केहि व्यक्तिका कारणले उक्त स्थल गुमाउन पुगेपछि उनले अर्को ठाउँ खोजिन उक्त ठाउँमा समेत प्रशिक्षण गर्ने वातावरण सिर्जना नभएपछि प्रशिक्षण नै नगराउने सोँच बनाइन् । करातेको प्रशिक्षण लिन आउने खेलाडीलाई नखेलाउने सोँच बनाएर बसेपछि खेलाडीले उनको घरकै आगनमा भएपनि प्रशिक्षण गराउन अनुरोध गरेपनि उनले केहि समय घर आगनमै प्रशिक्षण गराइन । तर खेलाडी बढ्न थालेपछि प्रशिक्षण स्थल सानो भयो । त्यसपछि उनले जग्गा खोजेर अस्थाई रुपमा प्रशिक्षण स्थल निमार्ण गरेकी छिन् । ‘खेलाडी आउने क्रम बढेपछि ठाउँको अभाव भयो । पहिला प्रशिक्षण गराइ राखेको ठाउँपनि दिन मानेनन् । वडालाई भनेको ९जनप्रतिनिधिहरुलाई० वास्ता गरेन’ उनले भनिन्,‘कतिसमय त घरमै सिकाए । घरको माथि प्रशिक्षण गराउँदापनि देखि सहेनन् । बच्चाहरुले प्रशिक्षण निकै राम्रो गरेका छन् । जसो तसो सहेर काम गरेको थिए तर अहिले अति भएर ठाउँ आफै खोजेर बनाए । यसमा मेरा गुरुहरुको पनि ठूलो हात छ ।’ प्रशिक्षण स्थल बनाउनका लागि समेत साना खेलाडीहरुले साथ दिएको विमलाको भनाइ छ । ‘प्रशिक्षण गराउनै नसक्ने स्थिति आएको थियो । म एक महिला खेलाडी भएकाले पनि कतिपय अवस्थामा मलाई गाह्रो थियो तर मेरा खेलाडी, परिवार र गुरुका कारणले यो सम्भव भएको छ’ उनले भनिन् । उक्त स्थानमा भोलिदेखी नै प्रशिक्षण हुने उनले बताइन् ।
काठमाडौं: प्यालेस्टाइनमा मार्च ४ देखि १२ तारिखसम्म आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट खेल खेल्ने टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार महिला टोलीको बिदाइ गरेको हो । नेपाली टोली आजै प्यालेस्टाइन प्रस्थान गर्नेछ । छनोट खेलमा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा नेपालसहित आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्यान्ड छ । नेपालले पहिलो खेल मार्च ८ तारिख प्यालेस्टाइनसँग खेल्नेछ । छनोट खेलको शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरणको छनोट खेल जुन ३ देखि ११ तारिखसम्म हुनेछ । दोस्रो चरणबाट चार टोली उज्वेकिस्तानमा सन् २०२४ मा आयोजना हुने यू-२० महिला एसियन कपमा छनोट हुनेछन् । एसिया कपमा १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । नेपाली यू–२० महिला टोली गोलक्षक : कविता विक, सावित्री किसन र लीला जोशी रक्षक : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनीता भुलन, दिव्या यस्मालीमगर, प्रतीक्षा चौधरी र कुमारी तामाङ मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल र दीपा शाही स्ट्राइकर : गरिमा राई, अमिषा कार्की, ममता पुन र सदीपा भोलन
पोखराः प्रथम फ्लो फ्लो कपको उपाधि आयोजक गन्नी एफसी निलोले जितेको छ । उपाधी संगै गन्नी एफसीले नगद २ लाख ११ हजार १ सय ११, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले सी फोर्टिन रत्नचोक एफसीलाई पराजित गर्दै उपाधि हात पारेको हो । खेलको पहिलो हाफमा रत्नचोकका मनोज नेपालीले गोल गर्दै अग्रता लिएको भएतापनि दोश्रो हाफमा भने रत्नचोक चुक्न पुग्यो । दोश्रो हाफको सुरुमा गन्नीका युनिक गुरुङले सी फोर्टिनका खेलाडीलाई लडाएपछि रेडकार्ड पाएर गन्नी ६ खेलाडीमा सिमित हुन पुगेको भएतापनि दोश्रो हाफको बीचमा गन्नीका सुनिल गोतामेले एक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । प्रतियोगिताको उपबिजेता सी फोर्टिन रत्नचोकले नगद १ लाख ५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए । खेलमा म्यान अफदी म्याचको उपाधी गन्नी एफसीका सुनिल गोतामेले हात पारे । त्यसैगरी प्रतियोगितामा गन्नीका आकाश रानाभाटले सवोत्कृष्ट खेलाडीको उपाधी सहित ट्रफी र नगद ७ हजार प्राप्त गरे । त्यसैगरी सर्वाधिक गोलकर्ता गन्नीकै गणेश क्षेत्रीले नगद ५ हजार प्राप्त गरेभने उत्कृष्ट गोलरक्षकको उपाधी सी फोर्टिनका गोल रक्षक प्रविण गुरुङ घोषित भए । उपाधी संगै गुरुङले नगद ५ हजार प्राप्त गरे ।
पोखरा: लामो समयदेखि पोखराको टेनिसमा क्रियाशिल खेलाडी तथा प्रशिक्षक विष्णु नेपालीले अब रुपन्देहीमा टेनिस प्रशिक्षकका रुपमा काम गर्ने भएका छन् । पोखरा–५, पस्र्याङका विष्णु झण्डै १५ वर्ष देखि पोखराको टेनिसमा आवद्ध छन् । सानै उमेरबाट टेनिस कोर्टमा सहयोगीका रुपमा काम गर्दै आएका उनले खेलाडीका रुपमा विभिन्न राष्ट्रिय तथा स्थानिय प्रतियोगिताहरुमा पदक जितिसकेका छन् । पछिल्लो समय उनले यहाँका जुनियर खेलाडीहरुलाई प्रशिक्षण समेत दिंदै आएका थिए । कास्की जिल्ला टेनिस संघले उनलाई शनिबार एक समारोहका विच विदाई समेत ग¥यो । सो अवसरमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले पोखरेली खेलाडीहरुले टेनिसमा उत्कष्ट प्रदर्शन गर्दै आएकोमा खुसि व्यक्त गरे । संघ कास्कीका अध्यक्ष लोक गुरुङ्ग, उपाध्यक्षद्धय नविन चालिसे, राजु गुरुङ्ग, सचिव नविन श्रेष्ठ, कोषाध्यक्ष अनुज बाँस्तोला, सदस्य भिष्मराज पौडेल, सल्लाहकार समिर शेरचन, गोपी भट्टराई, सूर्य भुजेल, बसन्त प्रधान तथा पोखरेली खेलाडी एवं प्रशिक्षकहरुले उनलाई सफलताको शुभकामना प्रदान गरेका थिए । खेलाडीहरुको अथक मेहनत र प्रयासका कारण अहिले देश विदेशमा पोखरेली टेनिस खेलाडीहरुले प्रशिक्षकका जिम्मेवारी सम्हाल्ने अवसर पाएको कायस्थले जनाए । पोखरेली टेनिस स्टारहरु कुमार अधिकारी, शक्ति सर्मा, निरज गुरुङ्ग, नविन मगर, प्रदीप खड्का लगायतले माल्दिभ्समा तथा महेश्वर तिवारीले कुवेतमा टेनिस प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।
स्याङ्जा: स्याङजाको कोल्मामा फागुनको २६ गते तेश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको छ । स्वास्थ्यका लागि दौड, राष्ट्रका लागी दौड भन्ने मुल नाराका साथ कोल्मा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर जीत बहादुर गुरुङले जानकारी दिनुभयो । स्याङजाको पुतलिबजार नगरपालिका वडा नम्बर ९ को कोल्मा बहाकोट सहित, तनहुको शुक्लागण्डकी र बिरुवा गाँउपालिकालाई समेटेर उक्त क्षेत्रमा रहेको सांस्कृतिक तथा ऐतिहांसिक पक्षहरुलाई उजागर गर्ने उद्देश्यले क्रस कन्ट्री दौडको आयोजना गरिएको बताउदै अध्यक्ष गुरुङले ग्रामीण भेगमा आर्थिक बिकास गर्न सकेको खण्डमा गाँउ बस्ती रित्तिनबाट जोगिन सक्ने बताउनुभयो । दौड संगै स्थानीय कला संस्कृतीको प्रदर्शन र होमस्टे सांझ समेत उक्त कार्यक्रममा समेटिने छ । २० किलो मिटर खुल्ला पुरुष र २१ वर्ष मुनिका १० किलोमिटर पुरुष गरी दुई विद्यामा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागीहरुले कोल्मा बराहचौरदेखी, काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, तनहुको शुक्लागण्डकी नगरपालिका ११ बिसाउना, विरुवा गाउपालिकाको खुदी, मड्किना हुदै कोल्मा बराहचौरमा पुग्नुपर्नेछ । प्रतियोगितामा खुल्ला पुरुषतर्फ प्रमथ हुनेले नगद ३५ हजार, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले नगद २५ हजार, मेडल र प्रमाण पत्र र तृतीय हुनेले नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने २१ बर्ष मुनिका पुरुष १० किलोमिटर दौडतर्फ प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश नगद १५ हजार, १० हजार र ७ हजार, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन । प्रतियोगितामा १० औ स्थान सम्म आउने प्रतियोगीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने मञ्चका महासचिव मन बहादुर थापा मगरले जानकारी दिनुभयो । अघिल्लो संस्करणको ३१ किलोमिटर खुल्ला पुरुषतर्फ नेपाली सेनाका हवलदार राजन खत्रीले उपाधी चुमेका थिएभने १४ किलोमिटर दौडमा कलम प्रसाद श्रेष्ठले उपाधी चुमेका थिए । कार्यक्रममा एनआरएन युके र स्याङ्जा समाज युकेको संयोजन र कोल्मा बहाकोट युकेको प्रमुख प्रायोजकमा सञ्चालन हुने कार्यक्रममा सम्पर्क मञ्च विदेश विभाग प्रमुख क्याप्टेन दोलबहादुर गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा कोल्मा बहाकोट चारथुम बासी, स्थानिय संघ सस्था, युवा क्लब, आमा समुह, स्थानीय सरकार, स्वयंसेवक एवं सुरक्षाकर्मीको विशेष सहयोग रहनेछ ।
पोखरा: प्रथम फ्लो फ्लो कपमा रत्नचोक, गन्नी एफसी ब्लु, रत्नसमाज र प्रोफिट एफसी सेमिफाइनलमा प्रवेश गरेका छन । गन्नी एफसी फु्टवल क्लबको आयोेजनामा पोखराको माछापोखरी खेलमैदानमा जारी प्रथम फ्लो फ्लो कपमा शुक्रबार सम्पन्न क्वाटर फाइनल खेलबाट रत्नचोक, गन्नी एफसी ब्लु, रत्नसमाज र प्रोफिट एफसी सेमी फाइनलमा प्रवेश गरेका हुन । ज शुक्रबार सम्पन्न पहिलो खेलमा रत्नचोक र केआईइसी बुन एफसी बिचको खेलमा निर्धारित समयमा कुनै गोल हुन नसक्दा टाईब्रेकरमा ३–२ गोल अन्तरले रत्नचोकले केआईइसीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय ग¥यो । त्यसैगरी दोश्रो खेलमा गन्नी एफसी ब्लुले रामघाटलाई १–० गोल अन्तरले पराजित ग¥यो । खेलमा गन्नीका विश्व थापाले निर्णायक गोल गरे । ।तेश्रो खेलमा रत्नसमाजले कमलपोखरीलाई १–० गोल अन्तरले पराजित ग¥यो । खेलमा रत्न समाजका बिनय तामाङले निर्णायक गोल गर्न सफल भए । शुक्रबार सम्पन्न अन्तिम खेलमा प्रोफिट एफसीले गन्नी एफसी रातोलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश ग¥यो । प्रोफिटका सोवित भण्डारीले २ र मनिल गुरुङले १ गोल गरे । प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजार र गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५–५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ ।
पोखरा: पाँचौं सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् । पोखरा रंगशालामा शुक्रबार फाइनलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो । पोखरा १८, भकुण्डेस्थित शान्त गत वर्षको पनि विजेता हो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै शान्तले उपाधिसहित १ लाख रुपैयाँ जितेको छ । छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै पोखराको राजाकोचौतारास्थित ब्रम्हरुपाले उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २५–१८, १९–२५, २५–२०, १५–२५ र १५–१३ सेटमा हरायो । पहिलो सहभागितामै उपाधिसहित ब्रम्हरुपाले १ लाख पुरस्कार प्राप्त गरेको छ । छात्रातर्फ जनप्रिय मावि तेस्रो भयो । शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा इन्द्रराज्यलक्ष्मीलाई २५–१६, २५–१४ र २५–१९ को सोझो सेटमा हराएको हो । छात्रतर्फ साविक विजेता शान्त मावि यसपालि तेस्रो स्थानमा सीमित भयो । उसले जनप्रियलाई ३–१ सेटमा पराजित गरेको हो । २५–२२, २५–२१ गरी पहिलो दुई सेट आफ्नो पक्षमा पारेकोमा तेस्रो सेट गुमाउन पुगेको थियो । जनप्रियले १८–२५ ले पराजित गरेकोमा अन्तिम सेट भने शान्तले २५–१३ मा जित्न सफल भयो । छात्रछात्रा दुवैतर्फ विजेतालाई १/१ लाख, उपविजेतालाई ६०/६० हजार र तृतीयलाई ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट खेलाडी छात्रातर्फ शान्त माविकी जमुना गुरुङ घोषित हुँदा छात्रतर्फ ब्रम्हरुपाका सुदीप परियार बने । छात्रातर्फ उत्कृष्ट सर्भर शान्तकी त्रिशला बराम, सेटर कन्याकी हिरा रोका, डिफेन्डर कन्याकै तुलकुमारी थापा, ब्लकर शान्तकी शोभा पाइजा, स्पाइकर जनप्रियकी स्माइल पुल, प्रशिक्षक शान्तका दिनेश चौधरी घोषित भए । छात्रतर्फ उत्कृष्ट सर्भर शान्तका ज्ञानु परियार, ब्लकर राष्ट्रियका राजकुमार सुनार, डिफेन्डर ब्रम्हरुपाका मनिष ठकुरी, सेटर ब्रम्हरुपाकै अञ्जन सुनार, स्पाइकर राष्ट्रियका अनिल परियार, प्रशिक्षक ब्रम्हरुपाका सुन्दर श्रेष्ठ घोषित भए । विजेतालाई प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ, भलिबल संघका केन्द्रीय सल्लाहकार नारायण शर्मा, सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापा, कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णु गुरुङ, सृजना विकासका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, पूर्व अध्यक्ष गणेशबहादुर अधिकारी, हरिप्रसाद बराल, निवर्तमान अध्यक्ष एवं प्रचार संयोजक इन्द्रप्रसाद पौडेल लगायतले पुरस्कार वितरण गरेका हुन् । सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरियो । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाए । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पाँचौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलमा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका थिए । समापन समारोहमा कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णुबहादुर गुरुङको अध्यक्षतामा भएको हो । प्रमुख अतिथि राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङले भलिबल खेलको विकासका लागि आफू सधैं दत्तचित्त रहेको बताए । कार्यक्रमको उद्देश्यमाथि सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले प्रकाश पारेका थिए । स्वागत भलिबल संयोजक मीनप्रसाद भट्टराई र संचालन कास्की भलिबल संघ महासचिव टंकराज पौडेलले गरेका थिए । सो अवसरमा भलिबल संघका केन्द्रीय सल्लाहकार एवं टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल संघ कास्की निवर्तमान अध्यक्ष भीम पराजुली, सृजना विकास केन्द्रका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, हरिप्रसाद बराल, तत्कालीन सृजना रनिङ सिल्डका संयोजक एवं सृजना विकास केन्द्रका पूर्व उपाध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेलाई भलिबल खेल एवं संस्थागत योगदानमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरियो । इन्द्रराज्यलक्ष्मी माविलाई अनुशासित टिमको उपाधि दिइयो । समापनमा सृजना बहिरा विद्यालयका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । स्कुल स्कुलमा भलिबल लक्ष्यका साथ आयोजित प्रतियोगिता ४ दिन चलेको थियो ।