काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग २ को एकदिवसीय त्रिदेशीय शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्ध दुई सय १३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १९ ओभरमा पाँच विकेट गुमाएको छ। नेपालका ओपनरद्वय कुशल भुर्तेल एक तथा आसिफ शेख १२ रन जोडेर आउट हुँदा ज्ञानेन्द्र मल्ल २१ रन जोडेर पेभेलियन फर्केका छन्। यस्तै, कुशल मल्ल १७ तथा सन्दीप जोरा एक रन जोडेर आउट हुँदा अहिले क्रिजमा कप्तान रोहित पौडेल १७ तथा दीपेन्द्रसिंह ऐरी दुई रन बनाएर खेलिरहेका छन्। नेपालले १९.२ ओभर सकिँदा पाँच विकेट गुमाएर ७१ रन बनाएको छ। नेपाललाई जितका लागि ३०.३ ओभरमा एक सय ४२ रन आवश्यक छ । पहिलो इनिङमा जर्ज मन्जीको अर्धशतकप्रेरित स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रनको योगफल तयार गरेको थियो। नेपालको कसिलो बलिङसामू संघर्षरत स्कटल्यान्डले पहिलो विकेटका लागि ४२ रनको साझेदारी पाएको थियो। तर त्यसपछि लामो साझेदारी गर्न नसकेको स्कटल्यान्डले ठूलो योगफल बनाउन सकेन। स्कटल्यान्डका लागि ५० बलको सामना गरेका मन्जीले ९ चौका र दुई छक्कासहित ६० रनको इनिङ खेले। यस्तै, पाँचौं नम्बरमा क्रिजमा उत्रिएका विकेटकिपर–ब्याटर म्याथ्यु क्रसले ६३ बलमा चार चौका र एक छक्कासहित ४२ रन जोडे। त्यसबाहेक, ब्रान्डोन म्याकमुलेनले ३१, काइल कोइट्जरले २२ र क्रिस्टोफर म्याकब्राइडले २२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपालका लागि स्पीनर सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक चार विकेट लिए। यस्तै, ९.१ ओभरमा ४२ रन खर्चिएका करण केसीले तीन तथा ललित राजवंशी र कुशल मल्ले एक विकेट लिए। यसअघि शुक्रबार भएको स्कटल्यान्डविरद्धको पहिलो एकदिवसीयमा नेपालले दुई सय ७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो। जारी शृंखलामा अपराजित नेपाल आजको खेल जित्दै शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ। नेपाललाई विश्वकपको ग्लोबल छनोटमा पुग्न योसहित नौ वटै खेल जित्नुपर्ने दबाब छ। नेपालले यो शृंखला लगत्तै यूएईमा घरेलु टिम र पपुवा न्यू गिनी (पीएनजी)सँग अर्को शृंखला खेल्ने छ।
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा जितका लागि स्कटल्यान्डले नेपालाई दुई सय १३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १२ रन बनायो । स्कटल्यान्डका लागि जर्ज मुन्शेले ६० रन बनाउनुभयो । आज जन्मदिन परेका जर्जले ४६ बलमा सात चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै म्याथ्यु क्रसले ४२, ब्राण्डन म्याकमुलनले ३१, क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछानेले चार विकेट लिनुभयो । सन्दीपले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिनुभएको हो । करण केसीले तीन तथा कुशल मल्ल र ललित नारायण राजवंशीले एक एक विकेट लिनुभयो । यस खेलसँगै करणले एकदिवसीयमा ५० विकेट पूरा गर्नुभएको छ । नेपालका लागि यसअघि सन्दीप र सोमपाल कामीले पनि एकदिवसीयमा ५० विकेट पूरा गर्नुभएको छ । अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा आज पनि जित निकाल्ने लक्ष्यमा छ । अघिल्लो खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । लिग–२ च्याम्पियन बनिसकेको स्कटल्यान्ड पनि आज जित किनाल्दै सिरिजको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । ३५ खेलमा ५० अंक बनाएको स्कटल्यान्ड शीर्षस्थानमा छ । २७ खेलमा २४ अंक बनाएको नेपाल छैटौं स्थानमा छ । नेपाललाई विश्वकपमा स्थान बनाउन अबका सबै खेल जित्नु पर्ने बाध्यता छ । सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोलीले एकदिवसीय विश्वकपमा स्थान बनाउनेछ ।
काठमाडौं: आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । स्कटल्यान्डले पहिला ब्याटिङ गर्नेछ । नेपालले आजको खेलमा तीव्र गतिका बलर गुलशन झाको ठाउँमा ललित नारायण राजवंशीलाई मौका दिएको छ । नेपालले स्कटल्यान्डसँग यो शृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई तीन विकेटले तथा पहिलो खेलमा दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपालले पहिलो पटक लगातार तीन खेल जितेको छ । श्रृङ्खला अन्तर्गत हिजो भएको खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हराएको थियो । स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कसहित शीर्षस्थानमा छ । लिग २ को च्याम्पियन बनेको स्कटल्यान्डले आज नेपालको खेलपछि नै ट्रफी पाउनेछ । लिगका सबै ३६ वटा खेल खेलिसकेको ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । दुवै टोली विश्व कपका लागि छनोट भइसकेका छन् । सात टोली रहेको लिग–२ बाट शीर्ष तीन टोली विश्व कपका लागि छनोट हुनेछन् । लिगको तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन् । अहिले तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलमा ३७ अङ्क छ । अब नामिबियाका दुई खेल बाँकी छन् । चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अङ्क र पाँचौँ स्थानमा रहेको यूएईको २६ खेलमा २७ अङ्क छ । छैटौँ स्थानमा रहेको नेपालको २७ खेलमा २४ अङ्क छ । नेपालले नौ वटा खेल खेल्न बाँकी छ । पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेलमा पाँच अङ्क मात्रै जोडेको छ । नामिबियाले बाँकी दुवै खेल जितेमा ४१ अङ्क हुनेछ । नेपालले सबै खेल जितेमा ४२ अङ्क हुनेछ । नेपालले यूएई र पपुवा न्युगिनीसँग चार–चार खेल खेल्नेछ । नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय श्रृङ्खला अर्को हप्तादेखि यूएईमा हुनेछ ।
पोखरा: अघिल्लाे शनिबार नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गरेको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन, १७ औं संस्करण’मा रंगशालामा थिए प्रेमबहादुर पछाइ । सहभागी धावकहरु आयोजकको सिट्ठीपछि दौडन शुरु गरे । तर प्रेम आशा र उत्साह बोकेर त्यही उभिइरहे । छट्पटाहट र झिनो आश बोकेर उभिइरहेका प्रेमको पर्खाई १ घण्टा २३ मिनेट ६ सेकेण्डमा पुरा भयो । उक्त समयमा नेपाल प्रहरीको ब्यानरबाट महिला हाफ म्याराथनमा राजपुरा पछाइले स्वर्र्ण जितिन् । प्रेम उनै राजपुराका बाबु हुन्, जो जुम्लाबाट छोरीलाई हौस्याउन पोखरा आएका थिए । म्याराथन सुरु भएपछि राजपुरा जति दौडिइरहेकी थिइन् त्यति नै रफ्तारमा कुदिरहेको थियो बाबु प्रेमको मुटुको चाल । र, जब राजपुराको दौडको गति थामियो प्रेमले बल्ल आफुलाई नर्मल पाए । राजपुरा पछाईले ५ महिनाको फरकमा पोखरामा स्वर्ण र रजतपदक जित्न सफल भइन् । नेपाल पुलिस क्लबकी म्याराथन धावक पछाइले गएको असोजमा पोखरामै आयोजित नवौं राष्ट्रिय खेलकुदमा ५/१० हजार मिटरमा रजत पदक जितेकी थिइन् । धावक पछाइले नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गरेको महिला हाफ म्याराथनमा लगातार तीन पटक उपाधि चुम्दै ह्याट्रिक गर्न सफल भएकी हुन् । हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल पछाइले एक हप्ता अघि त्रिभुवन आर्मी क्लबले आयोजना गरेको २६० औं आर्मी म्याराथनको उपाधिसमेत जितेकी थिइन् । एक प्रतियोगितामा सहभागितापछि करिव २ देखि ३ महिना आराम गर्नुपर्ने भएपनि उनले ह्याट्रिक गर्ने लक्ष्य अनुसार नै पोखरा आएको सुुनगाभा न्यूजसँग बताइन् । ‘मेरो लक्ष्य ह्याट्रिक गर्ने नै थियो सफल भए, पोखराको रुट अहिले अठ्यारो पनि लाग्यो, सुरुमा अलमल परे पनि ह्याट्रिक गर्न सफल भए खुशी छु’ राजपुराले सुनाइन् । यसरी भइन् जुम्लेली राजपुरा पुलिसकी धावक २०५४ बैशाख १ गते जुम्लाको कनकासुन्दरीमा जन्मिएकी राजपुराको लक्ष्य नेपाल प्रहरीमा जागिर खाने नै थियो । परिवारले गाउँमै होटल सञ्चालन गर्ने भएकाले घरकी एक्ली छोरी भएपनि उनको उद्धेश्य पुरा गर्न कुनै कञ्जुस्याँइ भएन । परिवारको धोको थियो पछाइलाई पुलिसको बर्दीमा देख्ने । अहिले पुलिसको धावककारुपमा पदक हासिल गरेकी पछाईको खेलकुदको यात्रा भने भलिबलबाट भएको हो । विद्यालय स्तरीय हुने राष्ट्रपति खेलकुदमा विद्यालयको प्रतिनिधित्व गर्दै २ वर्ष भलिबल खेलेपनि सोचेजस्तो प्रगति हुन नसकेपछि पछाइले आफुलाई धावकमा परिवर्तन गरेकी हुन् । कक्षा ८ मा पढ्ने समयमा नै नेपाल प्रहरीमा भर्ती भएकी पछाइ अहिले स्नातक तह पहिलो वर्षमा अध्ययनरत छिन् । संयोग नै भन्नुपर्छ, पोखरामा महिला म्याराथनमा ह्याट्रिक गरेकी पछाईले ०७२ मा पोखरामा नै सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्डमा ५ किलोमिटर म्याराथनमा पहिलो पटक स्वर्ण पदक जित्दै राष्ट्रिय प्रतियोगितामा पहिलो पदक हासिल गरेकी थिइन् । ७२ सालमा नेपाल प्रहरीमा भर्ती भएकी पछाईले ९ महिनाको तालिमपछि पुलिस क्लबमा आवद्ध भएकी हुन् । ‘प्रहरीमा भर्ती हुने सपना पूरा गर्न बिहान बेलुका तालिम गरिरहे, विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड गाउँमै आयोजना भयो त्यसमा सहभागिता जनाए’ पछाइ भन्छिन् ‘भर्ती हुने लक्ष्यले रनिङ गरेपनि अहिले प्यासन नै रनिङ भएको छ ।’ एसियन र ओलम्पिक गेमसम्मको यात्रा तय गर्ने लक्ष्य लिएकी पछाइले अबको केही समय तालिमलाई निरन्तरता दिने बताइन् । छोरा छोरी, बराबरीः प्रेमबहादुर प्रेमबहादुर पछाई पेशाले होटल व्यवसायी भएपनि गएको स्थानीय निर्वाचनमा उनी कनकासुन्दरी गाउँपालिका ६ जुम्लाको वडाध्यक्षमा निर्वाचित भए । उनी जनप्रतिनिधि नहुँदै पेशाले होटल व्यवसायी हुन् । बेलुका बिहान घरको जेठी छोरी भएपनि राष्ट्रको महत्वपूर्ण क्षेत्रमा देख्ने सपना पूरा गर्न नै घरायसी काममा अल्झाउन नसकेको बुवा प्रेमले बताए । ‘घरको जेठी छोरी हुन्, गाउँमा नै होटल सञ्चालन गरेको छु, छोरीलाई राष्ट्रको चिनारीको रुपमा देख्ने सपना थियो, त्यही सपनामा थिइन् छोरी’, पछाईले भने, ‘अहिले विद्यालयस्तरदेखि देशको नै प्रतिनिधित्व गर्ने भएकी छिन्, खुशी छौं ।’ दुई छोरा र एक छोरीका बुवा प्रेम भन्छन्, ‘छोरा र छोरीमा भेदभाव गरिन, एक छोरो काठमाडौं अध्ययनरत छ अर्को गाउँमा व्यवसाय हेर्छ, छोरी खेलकुदमा छिन्, छोराछोरी सबै बराबर ।’ नेपाल प्रहरीका धावक राजपुरालाई बुबाआमासँगै श्रीमानले समेत निरन्तर साथ दिदै आएका छन् । धावक राजपुराले ६ वर्ष अगाडी बिहे गरेकी हुन् ।
पोखरा: पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय दोस्रो संस्करणको खुल्ला आर्चरी प्रतियोगितामा बागलुङका दुर्गा घर्तीमगर र कास्कीका केशरीमाया आलेमगर ‘च्याम्पियन’ हुनुभएको छ । पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा यही फागुन ५ देखि सुरु भएको प्रतिस्पर्धामा पुरुषतर्फको रिकर्ब विधामा घर्तीमगरले बागलुङकै खड्गबहादुर घर्तीमगरलाई ६–० अङ्कले पराजित गरी उपाधि आफ्नो पोल्टामा पार्नुभएको हो । विजेता दुर्गाले उपाधिसहित रू ३० हजार पुरस्कार प्राप्त गर्दा उपविजेता खड्गले रू २० हजार पुरस्कार पाउनुभयो । यसैगरी कास्कीका सुमन गुरुङले ६–४ को अङ्कमा कास्कीकै अशिम शेरचनलाई पछि पार्दै तृतीय हुनुभयो । यसैगरी रिकर्ब खुला महिलातर्फको प्रतिस्प्रर्धामा कास्कीले जित हासिल गरेको छ । कास्कीका केशरी आलेमगरले कास्कीकै अनुस्का शेरचनलाई ७–३ को अङ्कमा पराजित गर्दै उपाधि पोल्टामा पार्नुभयो । पुरुषतर्फको विधामा बागलुङका हिकमत पुरीले कास्कीका कुमार पुर्जालाई ६–२ को अङ्कमा पराजित गरी उपाधि आफ्नो पक्षमा पार्नुभयो । बागलुङका मुकेश रोकामगरले रोशन पुर्जा पुनलाई ७–५ अङ्कमा पराजित गरी तृतीय हुनुभयो । प्रतियोगितामा रिकर्ब ओपन पुरुषतर्फ विजेतालाई रू ३० हजार, उपविजेतालाई रू २० हजार र तृतीय हुनेलाई रू १५ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । रिकर्ब ओपन महिलातर्फ विजेताले रू १५ हजार, उपविजेताले रू १० हजार र तृतीय हुनेले रू पाँच हजार पाउनुभयो । पुरुषतर्फ विजेतालाई रू २० हजार, उपविजेतालाई रु १५ हजार र तेस्रो हुनेलाई रु १० हजार प्रदान गरिएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार भएको भेट्रान्सतर्फको विधामा म्याग्दीका जयप्रकाश छन्त्यालले प्रथम स्थान हासिल गर्नुभएको थियो । प्रतियोगितामा विजयी खेलाडीलाई नेपाल आर्चरी सङ्घका कन्द्रीय अध्यक्ष दीपकराज गुरुङ, पूर्वअध्यक्ष वसन्त थकालीलगायतले पुरस्कार वितरण गर्नुभयो । आर्चरी खेलका सुविधासम्पन्न पूर्वाधार रहेको पोखरालाई आर्चरी खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य बनाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताङ, म्याग्दी, पर्वत र कास्कीबाट गरी ८९ जना खेलाडी सहभागी भएको कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिनुभयो । गण्डकी प्रदेश खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत आर्चरी सङ्घसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले नामिबियालाई हराएको छ । त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नामिबियालाई ३ विकेटले हराएको हो । नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर तीन बलमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि आशिफ शेखले ८१ र ज्ञानेन्द्र मल्लले ६५ रन बनाए । यस्तै, कुलश मल्लले ४ छक्का र ६ वटा चौकासहित ६२ रन बनाए । रोहित पौडेलले ३९ रन बनाए । यसैबीच, आजको खेलमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले एकदिवसीय क्रिकेटमा नेपालको लागि सबैभन्दा धेरै रनको साझेदारीको कीर्तिमान बनाएका छन् । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले १ सय ३९ रनको साझेदारी गरेका हुन । यो नेपालबाट एकदिवसीयमा अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि नामिबियासँगको खेलमै कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको साझेदारी गरेका थिए । यस्तै, नेपालले यो शृङ्खलामा दुई सय ७५ रन लक्ष्य भएका दुई वटा र दुई सय ८६ रनको लक्ष्य भएको एउटा खेल जितेको छ । नेपालले सबैभन्दा धेरै लक्ष्य भेटाउने कीर्तिमान पनि यसै शृङ्खलामा बनाएको छ । यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनायो । उसका जान ग्रिनले सर्वाधिक ७५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ तथा करण केसीले १ विकेट लिए । हिजो भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । नामिबिया ३३ खेलमा ३७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । स्कटल्याण्ड ३४ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा छ । सात वटा देश सहभागि लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिनेछ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
पोखराः १७ औं संस्करणको सफल पोखरा म्याराथन गण्डकी प्रदेशतर्फको उपाधि लमजुङका रामजी बस्नेतले जितेका छन् । उनले ४२.१९५ दुरी २ घण्टा ४१ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै उपाधि जितेक हुन् । निर्धारित दुरी २ घण्टा ४५ मिनेट १३ सेकेण्डमा पूरा गर्दैै गोर्खाका निरज भट्ट दोस्रो भए भने गोर्खाका नै श्याम मगराति तेस्रो भए । उनले २ घण्टा ५० मिनेट ३ सेकेण्डमा दुरी पूरा गरे । गण्डकी प्रदेशस्तरीय म्याराथनका विजेता बस्नेतले ५० हजार, दोस्रो भएका भट्टले ३० हजार र तेस्रो भएका मगरातिले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै पोखरा म्याराथन १० किलोमिटर पोखरा म्याराथन पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले ३६मिनेट २९ सेकेण्डमा दुरी पूरा गर्दै प्रथम भएका छन् । यस्तै आर्मीका नै सुवास कार्कीले ३६मिनेट ५४ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भएका छन् भने ३७ मिनेटमा दुरी पूरा गर्दै दिपक सुहान तेस्रो भएका छन् । यस्तै १० किमी महिलातर्फ नेपाल एपिएफ क्लबका आशा रावतले ५० मिनेट १२ सेकेण्डमा दुरी पूरा गर्दै प्रथम भइन् । नेपाल पुलिस क्लबकी बिर्समा कुमालले ५० मिनेट २९ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भइन भने त्रिभुवन आर्मी क्लबकी कल्पना खड्काले ५१ मिनेट ६सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भइन् । १० किमीतर्फ महिला÷पुरुषतर्फ प्रथम, द्धितीय र तृतीय भएका उनीहरुले क्रमशः ३०, २० र १५ हजार पुरस्कार प्राप्त गरे । यस्तै १७ औं संस्करणको अन्र्तराष्ट्रिय म्याराथन अन्र्तगत ह्विल चियर प्रतियोगितामा दान थिन प्रथम, सुरज गौली दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए यस्तै महिलातर्फ लक्ष्मी सुनार प्रथम, धना मगर दोस्रो र ववित्रा बिक तेस्रो भइन् । दृष्टिविहिन महिला तर्फको दौडमा विनिता पुन प्रथम, सृजना परियार दोस्रो र देवि बराल तेस्रो भइन् भने पुरुषतर्फ विरेन्द्र लामिछाने प्रथम, आसिक खड्गी दोस्रो र प्रेम क्षेत्री तेस्रो भए । ह्विल चियर र दृष्वििहिन प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो महिला/पुरुष धावकहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।
पोखरा: सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं संस्करणको उपाधि केन्या धावक स्टेफेन कोसगेईले लगातार दोस्रो पटक जितेका छन् । आज (शनिबार) पोखरा रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पुरा गर्दै दोस्रो पटक उपाधि जितेका हुन् । केन्याका धावक स्टेफनले अघिल्लो संस्करणमा सो दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए । यस्तै केन्याका धावक जुलियस ओहोमे दोस्रो भएका छन् । उनले उक्त दूरी २ घण्टा २० मिनेट ३७ सेकेण्ड पूरा गर्दा नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा २५ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए । पोखरा म्याराथनमा उपाधि बिजेता स्टेफेनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । द्धितीय भएका सिमोनले ३ लाख र तृतीय मोहनले २ लाख रुपैयाँ पाएका छन् । हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुराको ह्याट्रिक यस्तै शनिबार नै सम्पन्न भएको हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाईले ह्याट्रिक गरेकी छिन् । उनले लगातार तेस्रो पटक उपाधि जितेकी हुन् । उनले २१ किमी दुरी १ घण्टा २३ मिनेट ६ सेकेण्डमा पूरा गरिन् । एपिएफकी वृन्दा देसार श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन । त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने तेस्रो बनिन् । उनले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरिन । यस्तै नेपाल पुलिसकी रेखा विष्ट सान्त्वना भईन । उनले १ घण्टा ३० मिनेट १४ सेकेण्ड मा पूरा गरिन् । महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख ५० हजार, द्वितीय वृन्दाले १ लाख तृतीय पूर्णलक्ष्मीले ७५ हजार र सान्त्वना भएकी विष्टले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
काठमाडौं : जेन ग्रीनको अविजित अर्धशतकप्रेरित नामिबियाले आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलामा नेपाललाई दुई सय ७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले पाँच विकेट गुमाएर दुई सय ७४ रनको योगफल तयार गर्यो। पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका नामिबियन ओपनर लो हान्द्रे लौरेन्स ४१ तथा कार्ल बिर्केन्स्टोक २० रन जोडेरर आउट भए। लौरेन्सले ५४ बलको सामना गर्दा आठ चौका प्रहार गरेका थिए। वान् डाउनमा क्रिजमा उत्रिएका माइकल भान लिङ्गेन ३५ बलमा दुई चौकासहित २२ रन जोडेर पेभेलियन फर्केका थिए। कप्तान जेरार्ड एरास्मस र यान निकोल १५–१५ रनमा आउट हुँदा ग्रीनसँग ९४ रनको साझेदारी गरेका पिकी या फ्रान्स ३९ बलमा चार चौका र तीन छक्कासहित ४९ रनमा आउट हुँदा एक रनले अर्धशतक बनाउ चुके। रुबेन थ्रुम्पेल्मानले सात बलमा तीन चौका र दुई छक्कासहित अविजित २४ रन जोडे। सुरुआती साझेदारी तोड्न संघर्षरत नेपालका लागि १५औं ओभरमा सन्दीप लामिछानेले बिर्केन्स्टोकको विकेट लिएका थिए। त्यसपछि १७औं ओभरमा सन्दीपले भ्रमणकारी टिमका अर्का ओपनर लौरेन्सलाई पनि पेभेलियन फर्काएका थिए। तेस्रो विकेट नेपालले रन आउटमा निकालेको थियो। दीपेन्द्रसिंह ऐरीले फालेको २६औं ओभरको अन्तिम बलमा भान लिङ्गनेलाई सन्दीप जोरा र दीपेन्द्रले आउट गरेका थिए। सन्दीप लामिछानेले २९औं ओभरको दोस्रो बलमा एरास्मसलाई बोल्ड गरेका थिए। करण केसीले ३८औं ओभरमा यान निकोललाई विकेटकिपर आसिफको हातबाट क्याच गराएका थिए। ४९औं ओभरमा सोमपाल कामीले फ्रान्सलाई रन आउट गरेका थिए।