पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:   पोखरा १३ माछापोखरीमा आयोजित गन्नी एफसी फुटबल क्लबद्धारा आयोजित ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आजबाट तेश्रो चरणको खेल सुरु भएको छ । प्रतियोगिताको तेश्रो दिन आज (बिहिबार) ६ खेल सम्पन्न भएको क्लबको अध्यक्ष गणेश क्षेत्रीले बताए ।  तेश्रो दिनको पहिलो खेलमा बि र्थटिनले सितलज्योती क्लवलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलको पहिलो हापमा बि र्थटिनलका दिपेश गुरुङले एक गोल गर्दै टिमलाई अग्रता बनाए पनि खेलको दोस्रो हापमा शितलज्योती क्लवबाट मन्दीप गुरुङले गोल गदै खेलमा फर्काउन सफल भएका थिए । त्यसैगरी दोश्रो खेलमा कमल पोखरीले कृष्ति एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । प्रतियोगितामा कमल पोखरीका प्रदीप गुरुङले २ गोल गर्न सफल भए ।  त्यसैगरी तेश्रो खेलमा एलजी एकतालाई प्रो फिट्सले ट्राइबेकरमा ३–२ गोल  अन्तरले पराजित गर्न सफल रहयो । खेलको अन्तिम समय सम्म पनि दुवै टिमबाट गोल हुन नसकेपछि निर्णयको लागि ट्राइबेकरमा पुगेको हो ।    त्यस्तै चौथो खेलमा रत्नचोकले सैनिक एफसीलाई १–० गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा रत्नचोकको तर्फबाट अभिषेक गुरुङले निर्णायक गोल गर्दै टिमलाई अघिल्लो चरणमा प्रवेश गराए ।   त्यस्तै पाँचौ खेलमा सन्देश मेमोरिएलले गन्नी एफसी (रातो) लाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित  ग¥यो  । खेलको अन्तिम समय सम्म दुई-दुई गोलमा बराबरी भएपछि ट्राइबेकरबाट सन्देश मेमोरिएल अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ । त्यस्तै आजकै छैंटौै खेलमा रत्न समाजले बि र्थटिनलाई ट्राइबेकरमा २–० गोल अन्तरले पराजित ग¥यो । खेलमा बि र्थटिनको तर्फबाट सन्देश देबकोटाले  एक गोल गर्दै अग्रता बनाएपनि त्यस लगतै रत्न समाजको तर्फबाट बिनय तामाङले गोल गर्दै ट्राइबेकरमा पु¥याउन सफल भएका थिए। ट्राइबेकरमा रत्न समाजको गोल रक्षकले उत्कृष्ट बचाउ गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए ।  

काठमाडौं:     आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले युएईलाई हराउँदै ८ वर्षपछि विश्वकपमा पुगेको छ । युएईलाई ६ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो । योसँगै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपको नेपालले स्थान बनाएको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपालको जित पक्का गराएका हुन् । युएईका मध्यक्रमका ब्याटर इथान डी सोल्झाले ६६ बलमा ५ चौकासहित सर्वाधिक ५० रनको योगदान दिए । ओपनर अर्यान्श शर्मा ५० बलमा ४ चौकासहित ३२ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट भए । पहिलो विकेटका लागि ओपनर अर्यान सक्सेना र अर्यान्शले १७.२ ओभरमा ६७ रनको साझेदारी गर्दै युएईलाई राम्रो सुरुवात दिलाएका थिए । सुवास भण्डारीले अयान्शलाई आउट गर्दै पहिलो सफलता दिलाएका थिए । त्यसपछि नेपालले पाँच रनको अन्तरमा थप दुई विकेट लिँदै ७२-३ को अवस्थामा पुर्याएको थियो । चौथो विकेटका लागि ध्रुव र सोल्झाले ४२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दीपेश कँडेलले अर्का ओपनर अर्यान सक्सेनालाई ६५ बलमा ५ चौकासहित ३४ रनमा दीपक डुम्रेबाट क्याच आउट गराए । सुवास भण्डारीले २२ औं ओभरको अन्तिम बलमा कप्तान आयन खानलाई कप्तान देव खनालबाट शून्यमा क्याच गराएपछि नेपाल खेलमा फर्किएको थियो ।  स्पिनर दीपेश कँडेलको बलमा विशाल विक्रम केसीले लङअनमा सानदार क्याच लिदै ध्रुव पराशरलाई १७ रनमा पेभेलिएन फर्काएका थिए । नेपालका सुवास भण्डारीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए ।

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय शृंखलामा युएईविरुद्धको खेलमा नेपालले तीन ‌ओभरमा तीन विकेट गुमाएको छ।   तीन ओभरको समाप्तिमा नेपालका कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेलको विकेट झरेको हो।   युएईका लागि जुनेदले दुई र सबिर अलिले एक विकेट लिएका हुन्। टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको छ। २०८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २३ रनमा खेलिरहेको छ। 

यूएई : देव खनालको अर्धशतकप्रेरित नेपाल यू १९ ले आईसीसी यू १९ विश्वकपको एसिया रिजन छनोटमा यूएईलाई एक सय ९२ रनको लक्ष्य दिएको छ। अज्मानस्थित इडेन गार्डेन ओभलमा जारी खेलको ४.५ ओभरमा सबै विकेट गुमाएर नेपालले एक सय ९१ रनको योगफल तयार गर्यो।   नेपालका लागि ८४ बलको सामना गरेका कप्तान देवले तीन चौका र एक छक्कासहित ५१ रनको इनिङ खेले। यस्तै, उत्तम रङ्गु थापा मगरले ३६,विशाल विक्रम केसीले ३८ रन बाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।   यूएईका लागि ध्रुव पराशरले सर्वाधिक तीन तथा आयान अफ्जल खान र हरित हरिस सेट्टीले दुई–दुई विकेट लिए। यस्तै, हर्सित सेठ र अमार बदामीले एक–एक विकेट लिए।   नेपालले आजको खेलमा जित निकाल्न सके अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाउने छ। नेपालले पछिल्लो पटक सन् २०१६ मा पछिल्लो पटक यू १९ विश्वकप खेलेको थियो।

काठमाडौं:  विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।   यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दोस्रो सफलता हात पारेको छ।   नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन्।    युएईका लागि ३८ बलमा १ चौकासहित १८ रन बनाएर खेलिरहेका वृत्य अर्विन्दलाई  लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गरेका हुन्।   यसअघि पहिलो ओभरमै करण केसीले सफलता दिलाएका थिए।   केसीले मोहम्मद वासिमलाई शुन्य रनमा बोल्ड गरे। पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका थिए।     यो समाचार तयार पार्दासम्म युएईले २ विकेट गुमाएर १४ ओभरमा ५३ रन बनाएर खेलिरहेको छ।    नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्। रोहितले लगातार छैठौं पटक टस जितेका हुन्।   आज नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पनि खेल्दैछन्। मौसम ढकाल (श्याम) घाइते भएपछि सन्दीप उनको स्थानमा खेल्न लागेका हुन्।   अभ्यासको क्रममा काँधमा चोट लागेका कारण मौसमको स्थान सन्दीपले लिएका हुन्।    सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई विदेश जान अनुमति दिएपछि उनी युएई पुगेका हुन्। बिहीबार नै आईसीसीले सन्दीपलाई टोलीमा खेल्न स्वीकृतिसमेत दिएको थियो।

पोखरा:   पोखरा १३ माछापोखरीमा जारी प्रथम फ्लो फ्लो कपमा बुधवार देखी दोश्रो चरणको खेल शुुरु भएको छ ।  गन्नी एफ सी फुटबल क्लबको आयोजनामा जारी फ्लो फ्लो कपमा बुधवार सम्पन्न पहिलो खेलमा प्रो फिट फुटबल क्लबले नमुना फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो ।  खेलमा प्रोफिटका आशिस कुंवर र प्रवेश गुरुङले १–१ गोल गर्न सफल भए । त्यसैगरी दोश्रो खेलमा बी १३ ले बीवाइएस एफ सीलाई ६–० कोे फराकिलो गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा बी १३ को तर्फबाट दीपेश गुरुङले ५ र सन्देश देवकोटाले १ गोल गरे ।  तेश्रो खेलमा केआइइसी बोन एफसीले दीनेश एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग¥यो । खेलमा केआइइसीका तर्फबाट अविनाश तामाङले निर्णायक गोल गरे ।  चौथो खेलमा एलजी एकताले दीप १६ लाई १–० गोल अन्तरले पराजित ग¥यो । खेलमा एलजीको तर्फबाट प्रशान्त गुरुङले निर्णायक गोल गरे । पांचौ खेलमा रामघाट एफसीले ढुंगेसांघु एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो । उक्त खेलमा रामघाटका गंगा गुरुङ र प्रविन  गुरुङले समान १–१ गोल गरे ।  त्यसैगरी पांचौ खेलमा रत्न समाजलाई सैनिक एफसीले २–० गोल अन्तरले पराजित ग¥यो । खेलमा सैनिकको तर्फबाट सुजल गुरुङ र बिकास परियारले समान १–१ गोल गरे । त्यसैगरी बुधबार सम्पन्न अन्तिम खेलमा रत्नचोकले संगम एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग¥यो । खेलमा रत्नचोकका अभिषेक गुरुङले निर्णायक गोल गरेका थिए ।  प्रतियोगितामा बिजेतालाई नगद २ लाख ११ हजार  १ सय ११ रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन  । त्यसैगरी उपबिजेताले नगद १ लाख ५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ । त्यसैगरी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५÷५ हजार नगद  र ट्रफि प्रदान गरिने छ ।

पोखराः     पोखरा १३ माछापोखरीमा आयोजित गन्नी एफसी फुटबल क्लबद्धारा आयोजित ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता जारी रहेको छ ।    प्रतियोगितामा दोश्रो दिन चार खेल सम्पन्न भएको आयोजकले जनाएको छ । दोश्रो दिनको पहिलो खेलमा ढुंगेसांघु फुटबल क्लबले सिङदी लाई १-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलमा ढुंगेसांघुका जय गुरुङले निर्णायक गोल गरेका थिए । त्यसैगरी दोश्रो खेलमा कमलपोखरीले पोखरा पसगाँउलाई ३-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । प्रतियोगितामा कमलपोखरीका सन्दीप गुरुङले २ र प्रदीप गुरुङले १ गोल गर्न सफल भए ।    त्यसैगरी तेश्रो खेलमा हाम्रो एफसीलाई कृष्ती एफसीले २-१ गोल  अन्तरले पराजित गर्न सफल रहयो । खेलमा कृष्ती एफसीका योगेश क्षेत्री र मनोज गुरुङले समान १-१ गोल गर्दै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न सफल रहे भने हाम्रो एफसीका अनिस श्रेष्ठले सान्त्वना गोल गरे । अन्तिम खेलमा गन्नी ब्लूूले निकु एफसीलाई ७-२ गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा गन्नी ब्लूको तर्फबाट गनेश क्षेत्री (गन्नी) ले ६ गोल र हेमन्त तामाङले १ गोल गर्न सफल रहे भने निकुको तर्फबाट प्रयास गुरुङले २ गोल गर्न सफल रहे ।  प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए ।

काठमाडौंः    नेपालले आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ । मङ्गलवार यूएईमा भएको खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार चौथो जित निकालेको हो । मलेसियाले दिएको ७३ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयो । मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले ३, मिलन बोहराले २ र सुवास भण्डारीले १ विकेट लिए । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो । नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ । नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ ।

पोखरा:   गन्नी एफसी फुटबल क्लवको आयोजनामा ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।प्रतियोगिता सुरु भएसगैं सोमबार ६ खेल सम्पन्न भएको हो। सोमबार सम्पन्न पहिलो खेलमा सीतलज्योती एफसीले बिजयपुरलाई ३/१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो । यस्तै दास्रो खेलमा दीप १६ले एनएम वाइ सीलाई ३/२ गोल अन्तरले पराजित गर्दै अघिल्लो संस्करणमा प्रवेश गर्न सफल रहयो भने तेस्रो खेलमा रामघाटले म्याग्दी चोकलाई २/० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । चौथो एलजी एकता र खरबारी एफसी बीचको खेलमा एलजीले खरबारीलाई २/१ अन्तरले बिजयी गर्दै अघिल्लो चरणमा प्रवेश गनृ सफल रहयो । त्यसैगरी पाचौं खेलमा भने रत्न समाजले ३/० गोल अन्तरले लेकसाइडलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल रहयो । यस्तै छटौ खेलमा निकी एफसीले १/० गोल अन्तरले सिरेस एफसीलाई पराजित गर्दै दोस्रो चरण प्रवेश गर्न सफल भयो । प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५र५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । प्रतियोगिता पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा फागुन १४ गते देखि २० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष गणेश क्षेत्रीले जानकारी दिए ।