काठमाडौं: इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको ईलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्ने भएको छ । यो खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेताले फाइनलमा पुग्न हिजो भएको पहिलो क्वालिफायरमा पराजित टोली गुजरात टाईटन्ससँग शुक्रवार खेल्नेछ र दोस्रो क्वालिफायरमा विजयी हुने टोली फाइनलमा पुग्नेछ । फाइनल खेल चाँही आइतवार हुनेछ ।
काठमाडौं: नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटमा पहिलो खेल घरेलु टोली जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले विश्वकप छनोटको समूह विभाजन र खेल तालिका मंगलबार सार्वजनिक गरेको छ । समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ । नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ । यदी समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ । सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाले भने सिधैं विश्वकपमा स्थान बनाएका छन् । यदि नेपाल सुपर सिक्समा स्थान बनाउन नसके प्लेअप खेल्नेछ । फाइनल भने असार २४ (जुलाई ९) मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले भने प्रतियोगिताको लागि २२ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल एक सातापछि अन्तिम टोली घोषणा गर्दै दक्षिण अफ्रिका जानेछ । दक्षिण अफ्रिकामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ । हालसम्म वेस्टइन्डिज र स्कटल्यान्डले प्रतियोगिताको लागि अन्तिम टोली घोषणा गरेका छन् ।
बेलायत: आगामी मे २८ तारिखमा हुने २१ औं गोर्खा कपको तयारी पूरा भएको छ । 'द तमु नेप्लिज कम्यूनिटी सेन्टर' मिचिटमा आइतबार आयोजिन पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । आयोजक संस्था तमु धि यूकेका अध्यक्ष हरि गुरुङले सम्पूर्ण तयारी पूरा भएको बताउदै पहिलोपटक नेपालबाट प्रतियोगितामा सहभागिता जनाउनका लागि ‘पोखरा–११’ बेलायतको यात्रामा रहेको जानकारी दिए । उनका अनुसार क्युइन्स ऐभ्न्यू फुटबल ग्राउन्डमा हुने प्रतियोगितामा खुलातर्फ ३२ टिम, भेट्रानतर्फ १० टिम र महिलातर्फ २ टिमको सहभागिता रहने छ । नेपालबाट बेलायत पुगेको ‘पोखरा –११’ ले भेट्रानतर्फ प्रतिस्पर्धा गर्नेछ । यस्तो सो प्रतियोगितामा वेल्स र नेदरल्यान्डबाट पनि भाग लिने अध्यक्ष गुरुङले बताए । उनका अनुसार खुला प्रतियोगिताको च्याम्पियन टिमले २ हजार ५ सय पाउन्ड, उपविजेताले १ हजार ५ सय पाउन्डसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै भेट्रानतर्फ विजेताले १ हजार २ सय पाउन्ड, दोस्रो हुनेले ८ सय पाउन्डसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । महिलातर्फ भने प्रथमलाई ५ सय पाउन्ड र द्वित्तिय हुने टिमलाई ३ सय पाउन्ड प्रदान गरिनेछ । प्रतियोगितामा फुटबलसँगै विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक नृत्य, कलाहरु प्रस्तुत हुनेछन् । सो प्रतियोगितामा ग्रीस र डेनमार्कका राजकुमार फिलिपोस र राजकुमारी नीना सहभागि हुने बताइएको छ । यस्तै नेपालबाट महानायक राजेश हमाल र गायक धिरज राईको पनि उपस्थिति रहने आयोजकले जनाएको छ । (गोर्खा मिडियाको सहयोगमा)
पोखरा: पोखरामा जारी मुवाँथाईको समर क्याम्पमा सहभागीहरुलाई मंगलबार मुवाँथाई खेलको शैद्धान्तिकतर्फको प्रशिक्षण सम्पन्न गरिएको छ । थाईल्याण्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाँथाई विश्वव्यापी बने संगै यूवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प सुरु गरिएको हो । सो समर क्याम्पन अन्तर्गत मंगलबार मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको उक्त खेलका अन्तर्राष्ट्रिय सर्टिफाइड तथा नेपालका मुख्य प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए । विभिन्न विद्यालयका १ सय जना भन्दा बढि सहभागि रहेको समर क्याम्पमा मुवाँथाई खेलको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताका बारेमा समेत जानकारी गराइएको थियो । सो अवसरमा व्यवसायिक खेलकुदमा मुवाँथाईको विकासका बारेमा जानकारी गराउनुका साथै सो को प्रदर्शनी खेलहरुसमेत गरिएको क्षेत्रीले बताए । सहभागिहरुलाई प्रशिक्षकहरु ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनिश मगर, अर्मान गुरुङले प्रशिक्षण दिएका थिए । उक्त समर क्याम्पको यहि शनिबार समापन गर्ने तयारी समेत भइरहेको प्रशिक्षक क्षेत्रीले जानकारी दिए। दिक्षान्त समारोहसहित कार्यक्रमको समापन गरिने र सहभागिहरुलाई ब्याण्डसमेत प्रदान गरिने छ । मुवाँथाई खेल बुद्ध र हिन्दु धर्मको समिश्रण रहेकोले पनि यो खेलको महत्व उत्तिकै रहेको जनाउँदै मुख्य प्रशिक्षक क्षेत्री यो वर्ष पोखराका केही विद्यालयहरुमा प्रशिक्षणको सुरुवात गरिने बताए । 'मुवाँथाई खेलको विकासका लागि हामी प्रतिबद्ध छौं । विश्वमा यो खेलको प्रोफेसानिलिजम बढे संगै त्यसका लागि तयारी आवश्यक छ । नेपाल पनि यो खेलमा सक्षम छ भन्ने सन्देश दिन आवश्यक छ,' उनले भने ।
पोखरा: आयोजक अरण्यज्योति क्रिकेट क्लव र पेलिकेण्ट्स क्रिकेट क्लव, तनहुँ पोखरामा जारीलुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को फाइनलमा प्रवेश गरेका छन् । अरण्यज्योतीले साँग्रिला क्रिकेट क्लवलाई तथा तनहुँले बाग्लुङ्गलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । पोखरा रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा अरण्यज्योलीले साँग्रिला क्रिकेट क्लवलाई ३० रनले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको अरण्यज्योतीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४ रन बनाएको छ । अरण्यज्योतीको व्याटिङमा अभिषेक बस्नेतले ३१ तथा विवेक नेपालीले १८ रन जोडे । जितका लागि १ सय ५ रनको लक्ष्य पाएको साँग्रिलाले १६.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ७४ रन बनायो । साँग्रिलाको तर्फबाट नारायण जोशीले २४ तथा सिब्रिन श्रेष्ठले १८ रन जोडे । अरण्यज्योतीका बलरहरु अब्दुल मियाले ४ र अमरसिंह राउटेलाले ३ विकेट लिए । अर्को सेमिफाइनलमा तनहुँले बाग्लुङलाई ७ रनले पराजित ग¥यो । पहिला व्याटिङ गरेको तनहुँले १५.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८६ रन बनाएको थियो । बाग्लुङको तर्फबाट म्यान अफ द म्याच प्रतिक श्रेष्ठले ४० रन हाने । प्रत्युत्तरमा बाग्लुङले पुरा २० ओभर खेल्दै १० विकेटको क्षतिमा ७९ रन बनायो । बाग्लुङका लागि दीपेन्द्र रावतले २१ तथा विश्व कार्कीले १२ रन बनाए । प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजकले जनाएको छ ।
पोखरा: तमु धि यूकेले आयोजना गरेको २१ औ गोर्खा कपमा सहभागिता जनाउन नेपालबाट पोखरा ११ बेलायत लागेको छ । बेलायतमा आगामी मे २८ तारिखदेखि सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका इश्वर गुरुङको नेतृत्वमा १५ सदस्यीय टोली आज (आइतबार) बेलायत प्रस्थान गरेको हो । सो टोलीमा इश्वर (चन्द्र) गुरुङ, अमित (जोन) गुरुङ, अबतार गुरुङ, एन्फा कास्की अध्यक्ष उज्वल रन्जित, राजेन्द्र तामाङ, कुमार गुरुङ, जमान सिंह दुरा, राजु हमाल, नरेन्द्र जङ्ग (मुखिया) गुरुङ, अभिषेक पिया, विजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेक बहादुर गुरुङ र सचिन श्रेष्ठ रहेका छन् । खेलाडीहरुलाई बेलायत जानका लागि बगर भाईखलक यूके र तमु धि यूकेले संयोजन गरेको थियो । बेलायत प्रस्थान गरेको टोलीलाई बगर भाइखलक पोखराले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको थियो । सो टोली बेलायत करिब दुई साता बस्नेछ ।
पोखरा: पोखरामा आयोजना हुने तेस्रो देश्ना चन्द स्मृति तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता २०८० को तयारी तिब्र पारिएको छ । पोखरा महानगरपालिका १ स्थित नयाँ गल्ली युवा क्लबको आयोजनामा जेठ १३ देखि २० गतेसम्म हुने प्रतियोगिताको तयारी तिब्र पारिएको आर्थिक संयोजक हिटलर घलेले जानकारी दिए । उनले यसअघि जेठ २० गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालनको मिति घोषणा गरेतापनि मैदान निर्माणका कारण एक हप्ता अघि सारेको बताए । ‘प्रतियोगितालाई हामीले घोषणा गरेको मितिभन्दा एक हप्ता अघि सारेका छौं, उनले भने, ‘टुडिखेलको मर्मत संभार तथा दुवो रोप्नका लागि बजेट विनियोजन भएका कारण काम सुरु गरिहाल्नुपर्ने भएकाले आउदौ १३ गतेदेखि प्रतियोगिता खेलाउने छौ ।’ घलेका अनुसार पोखरा पुरानो टुँडिखेल मैदानमा एक साता सञ्चालन हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार, उपविजेताले ८० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो प्रतियोगितामा उत्कृष्ट विधागततर्फ नगद राशीले पुरस्कृत गर्ने क्लबका अध्यक्ष शुशिल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उत्कृष्ट खेलाडीले १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले जनही ५/५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ७ हजार निर्धारण गरिएको खेल संयोजक अञ्जन देवकोटाले जानकारी दिए । उनका अनुसार टिम दर्ता फोन (९८०६६०७२७८) बाटैपनि गर्न सकिनेछ ।
पोखरा: प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरामा खुल्ला कायाकिङ प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रदेश खेलकुद सदस्य तथा सहाशिक खेलकुद संयोजक बसन्तराज दवाडीका अनुसार प्रतियोगितामा ३० जना प्रतियोगिले सहभागिता जनाउने छन् । प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो पाँचौ हुने विजेता खेलाडीले क्रमश नगद रु ३५ हजार, २५ हजार, १५ हजार र १० हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता संयोजक दवाडीले ‘वाटर स्पोर्टस’को बिकास संगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने प्रतियोगिता याम्दीमा पुगेर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने जानकारी परिषदले दिएको छ ।
पोखरा: रण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा बिहीबारदेखि ग्रुप ‘बि’तर्फको खेल शुरु भएको छ । बिहीबारको खेलमा साँग्रिला क्रिकेट क्लव र पल्सर सिइसी विजयी भएका छन् । पहिलो खेलमा साँग्रिलाले पेलिक्याण्टस् क्रिकेट क्लव, तनहुँलाई १४ रनले पराजित ग¥यो । टस हारेर व्याटिङ गरेको साँग्रिलाले १८.२ ओभरमा पुरा विकेट गुमाएर १ सय २ रन बनायो । साँग्रिलाको तर्फबाट राजु खनालले ३२ तथा विपिन खत्री र शरद भेषावकरले समान १८ रन जोडे । तनहुँको बलिङमा चन्द्रकान्त पौडेलले ४ तथा प्रदीप अर्याल, कमल परियार र इशान पाण्डेले दुई दुई विकेट बाँडे । जितका लागि १ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा तनहुँको टोली १९.४ ओभरमा ८८ रनमै खुम्चियो । तनहुँको व्याटिङमा नविन यादवले १९ तथा कृष कार्कीले १५ रन बाहेक अन्य व्याट्स्मायनले दर्शनिय प्रदर्शन गर्न सकेनन् । खेलमा म्यान अफ द म्याच भएका साँग्रिलाका बलर कृष्ण कार्कीले ३ विकेट लिए । त्यस्तै सिब्रिन श्रेष्ठले पनि ३ तथा नारायण जोशिले २, विपिन खत्री र शरद भेषावकरले एक एक विकेट लिए । अर्को खेलमा सिइसीले राइजिङ पोखरालाई ६ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको राइजिङ पोखराले १४.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । जसमा सन्दीप खत्रीले २९ तथा अनिल गुरुङ्गले ९ रन हाने । म्यान अफ द म्याच सिइसीका सुवास खत्रीले ४ विकेट लिदै पोखराको व्याटिङ लाइनअप कमजोर पारे । त्यस्तै, अविनास बस्यालले ३ तथा किरण चन्दले २ विकेट लिए । ६० रनको सानो लक्ष्य पाएको सिइसीले १६ औं ओभरमा ४ विकेट गुमाएर जित हाँसिल ग¥यो । सिइसीका लागि बिराट भण्डारीले अबिजित ३४ रन बनाए । पोखराका बलरहरु धिरज शाही ठकुरीले २ तथा करण केसी र कृष्ण पौडेलले एक एक विकेट लिए ।

