पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:  पोखरामा जारी १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि लामागाउँ एफसी र गन्नी एफसी भिड्ने भएको  छ ।   बुद्धटोल युवा क्लबद्वारा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल पोखरा १ पुरानो टुडिखेलमा भोली  हुने दिउँसो १ बजे हुने खेल संयोजक विनोद गुरुङले जानकारी दिए ।    उनका अनुसार आज (आइतबार) भएको पहिलो समिफाइनल खेलबाट आयोजक बिटी ह्वाइटलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ एफसी फाइनल प्रवेश गरेको हो । लामागाउँको जितमा युनिक तामाङले निर्णायक गोल गरे । यस्तै अर्काे सेमिफाइनल खेलमा एलजी एसोसियशलाई २–१ गोल अन्तरले हराउदै गन्नी एफसी फाइनलमा लामागाउँसँगको भेट पक्का गर्याे ।   गन्नीको जितमा लक्षु थापा मगर र सुनिल घोतानेले समान १÷१ गोलको योगदान दिए भने हार व्यहोर्न बाध्य भएको एलजीको तर्फबाट आशिष गुरुङले सान्त्वना १ गोल फर्काएका थिए ।   प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ ।   यस्तै विधागत तर्फपनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।  

बागलुङ:   स्याङ्जाको वालिङमा हुने मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउन जिल्ला भलिबल संघ बागलुङले टोली घोषणा गरेको छ ।  फागुन १ देखि ३ गतेसम्म स्याङ्जाको वालिङमा आयोजना हुने  मुख्यमन्त्री कपमा पुरुष तर्फ यू–२३ राष्ट्रिय टोलीका सदस्य रवि केसी र महिला तर्फ तेलिना छन्त्यालको कप्तानीमा टोली घोषणा गरेका संघका उपाध्यक्ष किशोर छन्त्यालले जानकारी दिए ।  पुरुषतर्फ रवि केसीको कप्तानीमा प्रकाश सुनार, प्रविण विक, राजकुमार प्रटेल, ईन्द्र विक, नकुल शाही, कुश्मन थापा, नविन क्षेत्री, मिन सुनार, छम कुवर र कुन्जन शाही छनोट भएका हुन् । पुरुषतर्फको कोचमा कृष्ण शेरचन र व्यवस्थापकमा दिपक मल्ल रहेका छन् ।  महिलातर्फ तेलिना छन्त्यालको कप्तानीमा यशोदा पुन, माया पुन, रिता काउचा, चन्द्रीका रोका, अपेक्षा काउचा, शमिक्षा श्रीस, शुशीला घर्ति, रोजि राना, सुस्मीता सिपार्ली, आंशिका क्षेत्री र हिमाली रोका छनोट भएका हुन् । महिलातर्फ टिम कोचमा किशोर थापा र व्यवस्थापकमा प्रकाश थापा रहेका छन् ।  मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा सहभागिता जनाउन गलकोटमा सम्पन्न भएको मेयरकप भलिबल प्रतियोगितामा सहभागि भएका पालिकाबाट खेलाडी छनोट गरेको जिल्ला भलिबल संघ बागलुङले जनाएको छ ।     

पोखरा:    पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा क्वाटरफाइलनलको समिकरण पूरा भएको छ ।  पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (शनिबार) भएको पहिलो खेलमा लामागाउँ एफसीले लेकसाइड एफसीलाई ४–१ गोल अन्तरले पराजित ग¥यो । लामागाउँको जितमा अनुज भण्डारीले ह्याट्रिक गर्दा सरोज तामाङले १ गोल र लेकनाथ एफसीका विवेक सन्तोषीले सान्त्वना गोल फर्काए ।  यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा एलजी एसोसियशनले विष्णुपादुका क्लबलाई १–० गोल अन्तरले पराजित ग¥यो । एलजीको जितमा आनन्द दुराले निर्णायक गोल गरे ।  तेस्रो खेलमा आयोजक बिटी ह्वाइट र सत्य युवा क्लबबीच भएको खेल निर्धारित समयमा २–२ गोलमा बराबरी भएपछि ट्राइबेकरमा आयोजक बिटी ह्वाइटले ६–५ गोल अन्तरले जित निकाल्यो ।  चौथो तथा अन्तिम खेलमा गन्नी एफसीले वी आर ब्रदर्शलाई ३–१ गोल अन्तरले पराजित ग¥यो । गन्नीको जितमा सुनील घोतानेले २ र सन्जीव रानाले १ गोलको योगदान दिए भने वी आरका मान्नाले सान्त्वना १ गोल फर्काए ।  आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।  

पोखरा:  पोखरा रंगशालामा ड्यामसाइडन क्लब र पोखरा महानगरपालिका १७ को आयोजनामा दोस्रो अन्तर विद्यालय वडाध्यक्ष कप फागुन १ देखि ६ गतेसम्म सञ्चालन हुने भएको छ ।   ६दिनसम्म सञ्चालन हुने वडाध्यक्ष अन्तर विद्यालय कपमा पोखरा १७ भित्रका सामुदायिक तथा संस्थागत विद्यालयले सहभागिता जनाउने पाउने प्रतियोगिता सहसंयोजक पदम बहादुर ढकालले बताए ।  ‘वडाध्यक्ष कपमा पोखरा १७ का सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहनेछ, प्रतियोगितामा ६देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता लिन पाउँछन्, ढकालले भने, ‘विद्यालय भन्दा बाहिर र कक्षा १० भन्दा माथिका विद्यार्थीहरु समावेश गरेको पाइए कारवाही गछौं ।’ विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने महानगरको एक वडा एक खेल मैदानको अवधारणा अनुसार खेल मैदान स्तरोन्नती गर्ने उद्धेश्य रहेको उनले बताए ।  प्रतियोगितामा प्रथम, प्रथम दित्तीय तृतीय हुनेले क्रमश ३० हजार, २० हजार र १० हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगीतामा सान्त्वना पुरस्कारको समेत व्यवस्था गरेको छ । त्यस्तै आयोजकले विभिन्न पाँच विधामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकर्ता, मिडफिल्डर, उत्कृष्ठ गोलरक्षक, उत्कृष्ठ डिफेन्डरलाई पुरस्कार प्रदान गर्नेछ ।     ड्यामसाइड क्लबले विगत लामो समयदेखि विशेषगरि फुटवलको क्षेत्रमा काम गर्दै आइरहेको छ । क्लबले राष्ट्रिय स्तरका धेरै खेलाडीहरुसमेत उत्पादन गरिसकेको संहसंयोजक ढकालले जानकारी दिए । उनका अनुसार क्लबले ए डिभिजनदेखि राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गरिसकेको छ । ती खेलाडीहरुमा बसन गौचन, भिषन गौचन, राजेन्द्र तामाङ, दिपेन्द्र तामाङ लगायत कम्तिमा २६ खेलाडी रहेका छन् ।  प्रतियोगितामा ५ लाख २० खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न पोखरा महानगरपालिका वडा नं १७ ले ३ लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम क्लबको आन्तरिक स्रोत र वडा नं १७ का स्थानीयको सहयोगमा प्रतियोगित सञ्चालन गर्ने छ ।  २०७६ सालमा पहिलो पटक प्रतियोगिता सञ्चालन गरेको क्लबले विश्वभर फैलिएको कोरोना भाइरसका कारण प्रतियोगिता सञ्चालन गर्न नसकेको भन्दै दोस्रो संस्करणको प्रतियोगिता फागुन १ देखि ६गतेसम्म सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ ।     

ढल्केवर:  पाँचौं महिला राष्ट्रिय हक्की प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। धनुषाको नक्टाझिजमा जारी पाचौं साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल आर्मी र लुम्बिनी प्रदेश भिड्दैछ ।   सेमिफाईनलमा मधेस प्रदेशलाई हराउँदै नेपाल आर्मी र सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै लुम्बिनी प्रदेश फाइनलका लागि छनौट भएको थियो। नेपाल हक्की संघ तथा मिथिला नगरपालिकाको आयोजनामा भईरहेको प्रतियोगिताको फाईनल खेल नक्टाझिजस्थित रहेको हिमालय युवा क्लबको खेलमैदानमा आज साढे २ बजे हुने नेपाल हक्की संघका केन्द्रीय सदस्य समेत रहेका टुर्नामेन्ट डाइरेक्टर अशिम शर्माले जानकारी दिए।   उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमश ७५ हजार, ४० हजार र २५ हजार नगद पुरस्कारसहित शिल्ड प्रदान गरिने छ। प्रतियोगिताको तृतीय स्थानमा मधेस प्रदेशले आफ्नो स्थान जमाई सकेका छन्। शुक्रबार भएको लुजर फाईनल खेलबाट सुदुरपश्चिम प्रदेशलाई हराउँदै मधेस प्रदेशले तृतीय स्थान कब्जा गरेको हो।   स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर हुँदै आएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो। त्यस्तै, तेस्रो र चौथो संस्करणको उपाधि पनि विभागीय टोली नेपाल आर्मीले जितेको थियो।

पोखरा:   पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरको समिकरण पूरा भएको छ ।    पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (शुक्रबार) भएको पहिलो खेलमा लामागाउँ एफसीले मण्डेला एफसीलाई ३ –० गोल अन्तरले पराजित गर्याे । लामागाउँको अनुज भण्डारी, सरोज तामाङ र विश्व थापाले समान १/१ गोलको योगदान दिए ।    यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा लेकसाइड एफसीले सिमपानी एफसीलाई २–१ गोल अन्तरले हरायो ।     लेकसाइडको विवेक सन्तोषीले २ गोल गरे भने सिमपानीको तर्फबाट सगुन शर्माले सान्त्वना १ गोल फर्काए ।   तेस्रो खेलमा बुन एफसीलाई विष्णुपादुका क्लबले १–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्याे । विष्णुपादुकाको जितमा अनिल सुचिकारले निर्णायक गोल गरे ।   चौथो खेलमा मानारथा चर्चलाई सत्य युवा क्लबले १–० गोल अन्तरले पराजित गर्याे । सत्य युवा क्लबको जीतमा दिपेश गुरुङले निर्णायक गोल गरे ।    यस्तै पाँचौ खेलमा बेलीज् एफसीलाई एलजी एसोसियशनले १–० गोल अन्तरले पाखा लगायो एलजीको जितमा आशिष गुरुङले निर्णायक गोलको योगदान दिए । छैटौं खेलमा गन्नी एफसीले हरिचोक युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्याे । गन्नीको जितमा सन्दिप राना र लक्ष्य थापाले समान १/१ गोल गरे ।   सातौ खेलमा आयोजक बिटी ह्वाइटले एम फाइभलाई २–० गोल अन्तरले हरायो । आयोजकको जितमा संगम दर्जी र सुशान गुरुङले समान १/१ गोलको योगदान दिए ।    वी आर ब्रदर्श काठमाडौ र कमलपोखरीबीच भएको खेलको निर्धारित समय गोलरहित भएपछि ट्राइबेकरमा वी आर ब्रदर्शले ५–४ गोल अन्तरले जित निकाल्यो ।   खेल संयोजक गुरुङका अनुसार प्रिक्वाटरको समकिरण पुरा भएको छ । शनिबार क्वाटरफाइनलका खेल हुनेछन् भने सो खेलबाट म्यान अफ द म्याच प्रदान गरिने उनले जानकारी दिए ।   आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

काठमाडौं : साफ यू-२० महिला च्याम्पियनसिपको उपविजेता नेपाली टिम स्वदेश फर्किएको छ। टिम विमान बंगलादेशबाट बिहीबार नेपाल आइपुगेको हो|   बिहीबार भएको फाइनलमा बंगलादेशसँग ३-० गोलको नतिजामा पराजित भएपछि आज स्वदेश फर्किएको हो। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा शाहिदा अख्तर रिपा,शामसुनाहार जुनियर र उन्नती खातुनले एक-एक गोल गर्दै घरेलु टिमलाई च्याम्पियन बनाएका थिए।   शाहिदाले ४२औं मिनेटमा  गरेको गोलसँगै बंगालदेशले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा शामसुनाहारले गरेको गोलसँगै पहिलो हाफमा २-० ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा एक गोल थप्यो।    निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा उन्नतीले गरेको गोलसँगै बंगलादेशले ३-० को सहज जित सुनिश्चित गर्यो । राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको लिग चरणबाट शीर्ष दुई टिम नेपाल र बंगलादेशले फाइनल यात्रा तय गरेका थिए।    लिग चरणमा पनि बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले फाइनलमा त्यसको बदला लिन सकेन। नेपाल र बंगलादेशसँगै च्याम्पियनसिपमा भुटान र भारत पनि सहभागी थिए।

काठमाडौं:    २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–० गोलले पराजित भयो । पहिलो हाफमा दुई गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले १/१ गोल गरे । लिग चरणको अन्तिम खेलमा भारतलाई हराउँदै फाइनल पुगेको नेपाल उपविजेता बन्न पुग्यो । बङ्गलादेश भने अपराजित रहँदै विजेता बन्यो । नेपाल लिग चरणको खेलमा पनि बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।  प्रतियोगितामा नेपाल र बङ्गलादेशसहित भारत र भुटानको सहभागिता रहेको थियो । सिङ्गल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा बङ्गलादेश र नेपाल शीर्ष दुई टोलीको रूपमा फाइनलमा पुगेका हुन् । यसअघि १८ र १९ वर्षमुनिको फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिको फर्म्याटमा भएको हो ।

पोखरा:   पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइलका ७ खेल भएका छन् ।   खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (बिहीबार) भएको पहिलो खेलमा एलजी एसोसियशनले एनएम एफसीलाई १–० गोल अन्तरले पराजित गर्याे । एलजीको जितमा आशिष गुरुङले निर्णायक गोल गरे । यस्तै लालीगुँरास धम्पुष र कमलपोखरीबीच भएको दोस्रो खेलको निर्धारित समय गोलरहित भएपछि ट्राइबेकरमा कमलपोखरीले ४–३ गोलअन्तरले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।   तेस्रो खेलमा सत्य युवा क्लब बाझापाटनले लयर्स गयाङलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । बाझापाटनको जितमा समिप रानाले ह्याट्रिक गरे भने समिर गुरुङले २ र दिपेश गुरुङले १ गोलको योगदान दिए ।   चौथो खेलमा गार्डेन एफसीमाथी मारानथा चर्च​ कस्केरीले २–० गोल अन्तरले जित निकाल्यो । कस्केरीको जितमा नविन तामाङ र सौरभ छन्त्यालले समान १/१ गोल गरे ।   यस्तै पाँचौ खेलमा आयोजक बिटी ब्ल्याकलाई हरिचोक युनाइटेडले १–० गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा स्थान बनायो । हरिचोक युनाइटेडको जितमा अमन साईले निर्णायक गोल गरे ।    छैटौ खेलमा नयाँगाउँ ब्रदर्श युनाइटेडलाई एफ फाइभ मालेपाटनले १–० गोलले हरायो । एफ फाइभको जितमा रविन्द्र गुरुङले गोल गरे ।    आज भएको अन्तिम खेलमा जि नाइन युनाइटेडलाई वी आर ब्रदर्श काठमाडौंले २–० गोल अन्तरले पराजित गर्याे । ब्रदर्शको जितमा सञ्जिव मगरले २ गोलको योगदान दिएका थिए ।   खेल संयोजक गुरुङका अनुसार शुक्रबार प्रिक्वाटरफाइनलको समिकरण पुरा हुनेछन् ।   पोखरा महानगरपालिका १ स्थित पुरानोटुडिखेल बगरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।