पोखरा:   पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ ।  लामा अमृत फाउण्डेशन ...

पोखराः   रेडियो अन्नपूर्ण पोखराद्धारा आयोजित गोल्डकप महापण्डितका विजेता पोखरा ११ फूलबारीका बिजय लामिछाने र पोखरा ३२ का बादल बस्नेत बन्न सफल भएका छन् ।   पोखरामा पुस १४ गते देखि २३ गतेसम्म सञ्चालन भएको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ अन्तर्गत यस पटकको उपाधि कस्ले जित्ला ? भन्ने प्रश्नमा अनुमानित सहि उत्तर दिने स्रोताहरुमा गोलाप्रथाबाट लामिछाने र बस्नेत विजेता बन्न सफल भएका हुन् ।   आइतबार रेडियोमा आयोजित एक विशेष कार्यक्रममा उनिहरुलाई रेडियोका अध्यक्ष विश्वशंखर पालिखे, प्रवन्ध निर्देशक विजेश पालिखे, स्टेशन म्यानेजर सञ्जयकुमार मल्ल, सहारा क्लब पोखराका पुर्व अध्यक्षय बिक्रम थकाली, महासचिव रामजीप्रसाद अधिकारी, हिमश्री फुड्स प्रालिका सेल्स म्यानेजर बमबहादुर बराल, कर्मचारी माधव लम्साल, वान स्टप इलेक्ट्रोनिक्सका सञ्चालक रविराज भुर्तेल, बिजि  इलेक्ट्रोनिक्सका भरत केसी, नबिल बैंक गण्डकी प्रदेश प्रमुख सूर्य रोक्का, रेडियोका मार्केटिङ म्यानेजरद्धय नारायण पौडेल र निराजन पौडेलले संयुक्त रुपमा दुबै जनालाई  ३२ इन्चको  वेगा र टिसिएल   कम्पनीको टेलिभिजन र एक, एक काटुर्न रारा चाउचाउ हस्तान्तरण गरेका हुन् ।   प्रतियोगिता अवधिभर रेडियोले हरेक दिन साँझ ७ः४५ देखि ८ः४५ सम्म नबिल बैंक आहा ! रारा  पोखरा गोल्डकप विशेष कार्यक्रम सञ्चालन गरेको  थियो ।   यस्तै हरेक दिनको प्रश्नको सही उत्तर दिने मध्येबाट अनुमानित सहि उत्तर दिने स्रोताहरु मध्येबाट सेभेन बी फोनजोन बुद्ध विशाल बजारको तर्फबाट १ थान मोबाइल सेट र हिमश्री फुड्स प्रालिद्धारा उत्पादित १ कार्टुन रारा चाउचाउ प्रदान गरएिको थियो ।   कार्यक्रममा बोल्दै नबलि बैंक गण्डकी प्रदेशका प्रमुख सूर्य रोकाले काठमाडौं बाहिरको सबैभन्दा उत्कृष्ट प्रतियोगिता आहा ! रारा पोखरा गोल्डकपमा सहकार्य गर्न पाउँदा निकै खुसि लागेको बताए ।   रोकाले यस प्रकारका प्रतियोगिताले बजारलाई चलायमान बनाउन सहयोग गर्ने बताए । उनले आगामी दिनमा पनि रेडियोले गर्ने सामाजिक कार्यमा सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।   वान स्टप इलोक्ट्रोनिक्स पोखराका सञ्चालक भुर्तेलले लोकप्रिय रेडियोमार्फत जोडिन पाएकोमा खुशी व्यक्त गरे । उनले भविष्यमा पनि सहकार्य हुने बताए ।   हिमश्री फुड्सका सेल्स म्यानेजर बमबहादुर बरालले आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए ।   बिजि इलेक्ट्रोनिक्सका केसीले रेडियोको कार्यक्रम गोल्डकप महापण्डितसगँ जोडिन पाउँदा खुसि लागेको बताए । उनले सहकार्यलाई निरन्तरता दिने जनाए ।   सहारा क्लब पोखराका पुर्ब अध्यक्ष थकालीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र रेडियोको कार्यक्रमले प्रतियोगिताको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे ।   रेडियोका अध्यक्ष बिश्वशंखर पालिखेले कार्यक्रममा सहकार्य गर्ने सम्पूर्ण आयोजक तथा प्रयोजकहरुलाई धन्यवाद दिए ।   सहारा क्लब पोखराको आयोजनमा पुस १४ गते देखि २३ गतेसम्म सञ्चालन भएको आरा ! रारा पोखरा गोल्डकपमा १० टिमको सहभागिता रहेको थियो ।   संकटा क्लव र भुटनिज युथ क्लवबिचको खेलमा संकटाले ३–२ ले हराउदै उपधि जित्न सफल भएको थियो ।   उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाख प्राप्त ग¥यो ।  

पोखराः   गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लब चितवनबिच खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता भएको छ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमको लागि सम्झौता गरेको हो ।  सम्झौताअनुसार माघ १८ देखि २१ सम्म तालिम चितवनका स्कुलका खेलकुद शिक्षक, क्लबका सदस्यलाई तालिम प्रदान गरिनेछ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट कार्यक्रमका कोडिनेटर डा मधु सुदन सुवेदी र पटिहानी फुटबल क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले स्नातक तहको स्पोर्टस म्यानेजमेन्ट (बिएसएम) नेपालमा पहिलोपटक अध्ययन अध्यापन शुरु गरेको हो । कुनै पनि विषयमा कक्षा १२ वा नेपालमा सञ्चालन भएका सिटिइभिटी कोर्षबाट डिम्लोमा उर्तिण गरेकाहरुले बिएसमको अध्ययन गर्न पाउछन् । ४ वर्षे कोर्षको ८ सेमेष्टर अन्तर्गत अध्ययन अध्यापन हुने स्पोर्टस म्यानेजमेन्ट (बिएसम)ले नेपाली खेलकुदको जगलाई अझ बलियो बनाउन सहयोग पुग्ने भन्दै उद्देश्यका साथ विश्वविद्यालयले यो विषयको शुरुआत गरेको हो ।  ‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ पटिहानी फुटबल क्लबले मंसिरमा जिल्लाको ३२ सामुदायिक विद्यालयको सहभागितामा ‘पिएफसी इमर्जिङ कप’को आयोजना गरेको थियो । स्थापनादेखि नै यस क्लबले फुटबलमा नयाँ खेलाडी उत्पादनको लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ। अध्यक्ष तिमिल्सिनाका अनुसार सबै गरेर ३० जना यो प्रशिक्षणबाट लाम्वाभित हुनेछन् ।  

काठमाडौं:   लुम्बिनी अल स्टार नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।  जितका लागि लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३७ रनमा समेटिएको थियो । जनकपुरका लागि शमिउल्लाह शिनवारीले सर्वाधिक ४५ रन बनाउनुभयो । यस्तै पवन सर्राफले अविजित ३० रन, शराफुद्दिन अशरफले २४, राजेश फुामीले १३ र कप्तान ट्रेभोन ग्रिफिथले १० रन बनाउनुभयो । बलिङमा लुम्बिनीका विपुल शर्मा, दीपेन्द्र सिंह ऐरी र सागर ढकालले दुई दुई विकेट लिनुभयो । श्याड्ली भानले एक विकेट झार्नुभयो ।  यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो । लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाउनुभयो । अनिल शाहले २४, विपुल शर्माले २०, श्याड्ली भानले अविजित १७ र लाहिरु मिलान्थाले १६ रन बनाउनुभयो । बलिङमा जनकपुरका जितेन्द्र मुखिया, असन प्रियरन्जन र सोमपाल कामीले दुई दुई विकेट लिनुभयो । पवन सराफ र ट्राभोन ग्रिफिथले एक एक विकेट झार्नुभयो । पराजित जनकपुरले अव एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटर खेलमा विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच सोमबार प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको थियो । फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदीयमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ । 

काठमाडौंः   काठमाडौंमा आज (आइतबार)देखि शुरु भएको सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विगागीय क्लब नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेका छन् ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्  (राखेप)को कभर्डहलमा आज(आइतबार) भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले नयाँ बजार समाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो ।  पुलिसले २५–१०, २५–६ र २५–८ को सोझो सेटमा नयाँ बजार सामाजिक युवा क्लबलाई पराजित गरेको हो । जितसँगै समुह ‘ए’मा पुलिसले ३ अंक जोडेको छ, नेपाल पुलिस क्लबकी उषा भण्डारी केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । यो समूहमा पुलिससँगै होङग्वान्जी न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब र नयाँ बजार रहेको छ ।   यस्तै आज नै भएको दोस्रो खेलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा त्रिभुवन आर्मी क्लबले कृष्ण सेकेन्डरी एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।  आर्मीले कृष्णमाथि २५–३, २५–५ र २५–१० को सेटमा पराजित गरेको हो । आर्मीकी सृष्टि खड्गी केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् ।  पहिलो जितसँगै आर्मीले समूह ‘बी’ मा ३ अंक जोडेको छ । यो समूहमा आर्मीसँगै एपिएफ, गण्डकी प्रदेश, कृष्ण सेकेन्डरी एकेडेमी रहेको छ । आज पुरुषतर्फ नेपाल पुलिस क्लब र न्युटन भलिबल एकेडेमी तथा त्रिभुवन आर्मी क्लब र दावाली मिलान क्लबबीच प्रतिस्पर्धा हुँदैछ । माघ १ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता रहेको छ । पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फ (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।  

पोखराः  सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । निर्धारित समयमा २–२ को बराबरीको खेलमा अतिरिक्त समयको  अन्त्यतिर कप्तान सुनिल बलले निर्णायक गोल गरेपछि भ्रमणकारी टोली भुटनिज युथ एससी अमेरिकालाई ३–२ ले हराउँदै संकटाले दोस्रो पटक उपाधि जितेको हो । अतिरिक्त समयको २७ औं मिनेटमा दुई विदेशी खेलाडीको समन्वयमा पेनाल्टी बक्समा प्राप्त बलमा सुनिलले गोल गर्दै संकटालाई जित दिलाएका हुन् । मेसुके ओलामाउ अघि बढाएको बललाई स्टेफन बिनोङले निकालेको पासमा सुनिलले गोल गरेका हुन् । सुनिल यहि सिजन लिग च्याम्पियन मछिन्द्र एफसी छाडेर संकटामा आबद्ध भएका थिए । पोखरा रंगशालामा त्यसअघि निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो । संकटाले पहिलो हाफमै लिएको २–० को अग्रतालाई जोगाउन नसक्दा खेल अतिरिक्तमा धकेलिएको हो । ३५ औं मिनेट भित्रमै संकटाले २ गोलको अग्रता बनाएको थियो सुरज ज्यू ठकुरीले आठौं मिनेटमा गोल गर्दै संकटालाई अघि बढाएका थिए । निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पुजन थापामगरले रोकेका थिए । तर त्यहि बल रिबाउन्ड हुँदा सुरजले गोल गरेका हुन् ।   विदेशी मेसुके ओलामोउले ३५ औं मिनेटमा गोल गर्दै संकटाको अग्रतालाई दोब्बर पारेका थिए । कप्तान सुनिल बलको कर्नरमा मेसुकेले गोल गरेका थिए । त्यसको दुई मिनेट पछि (३७ औं मिनेट) मा रेने सान्टिलोनले गोल गर्दै भुटनिज युथलाई खेलमा फर्काएका थिए । विल्स ग्रिफितले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हेडमार्फत बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक मोडमा लगेका थिए । सहारा क्लब पोखराको आयोजित प्रतियोगिताको विजेताले संकटाले उपाधिसहित १२ लाख र दोस्रो भुटनिज युथले ६ लाख रुपैयाँ प्राप्त गरेको छ।   सुनिल बने सर्वोत्कृष्ट खेलाडी   संकटा क्लबका कप्तान सुनिल बल आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।    सर्वोत्कृष्ट खेलाडी घोषित सुनिलले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गरे । टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले उनलाई स्कुटरको साचो हस्तान्तरण गरेका थिए । व्यक्तिगत अवार्डमा पनि विजेता संकटाकै खेलाडीको दबदबा रह्यो । टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, आयुष घलान उत्कृष्ट मिडफिल्डर, स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड, मेसुके ओलेमोउ उच्चकर्ता र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए । भुटनिज युथका हेक्टर ओर्टेगा उत्कृष्ट रक्षक घोषित भए । धरान एफसी फेयर प्ले टोली चुनियो ।

काठमाडौं:    काठमाडौं नाइट्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको दोस्रो खेलमा फार वेस्ट युनाइटेडले पोखरा एभेन्जर्सलाई ४१ रनले हराएपछि काठमाडौंं प्लेअफमा पुगेको हो । काठमार्डौं तालिकाको चौथो स्थानमा रह्यो । हारसँगै पोखरा प्रतियोगिताबाट बाहिरिएको छ । फार वेस्ट यसअघिनै बाहिरि सकेको थियो । फार वेस्टले दिएको एक सय ८८ रनको विजय लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४६ रन मात्र बनाउन सक्यो ।  पोखराका लागि कप्तान उपुल थरंगाले ३६ रन बनाउनुभयो । प्रतिश जिशीले ३४, सिद्धान्त लोहनीले २८ र सुमित महर्जनले १४ बनाउनुभयो । बलिङमा फार वेस्टका लागि दुर्गेश गुप्ता र कप्तान हशमतुल्लाह शाहिदीले दुई दुई विकेट लिनुभयो । करण केसी र प्रकाश जैशीले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८८ रन बनाएको थियो । फार वेस्टका कप्तान शाहिदीले ६७ रन बनाउनुभयो । विनोद भण्डारीले ५९, राशिद खानले १४ र करण केसीले अविजित ११ रन बनाउनुभयो । बलिङ पोखराका लागि अभिमन्यु मिथुनले दुई तथा प्रतिश जिशीले एक विकेट लिनुभयो ।  यससँगै लिगको प्लेअफ समिकरण पूरा भएको छ । लुम्बिनी अल स्टार, जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सले यसअघिनै प्लेअफमा स्थान बनाईसकेका छन् । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । 

पोखराः   सहारा क्लब पोखराको आयोजनामा जारी २२  औं आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि संकटा र अमेरिकाको भुटानिज युथ स्पोर्टसबीच प्रतिस्पर्धा हुदैं छ ।  । उपाधिका लागि आज (शनिबार) पोखरा रंगशालामा १ः३० बजे प्रतिस्पर्धा हुनेछ ।    संकटाले विभागिय क्लब त्रिभुवन आर्मी र साविक विजेता एपिएफ क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो । यी दुई खेलमा संकटाले कुल ७ गोल गर्दा २ खोल खाएको छ । भुटानिजले भने सर्वाधिक आहा गोल्डकप विजेता मनाङ मर्स्याङ्दी र पहिलो पटक आहा रारामा डेब्यु गरेको चर्च ब्वाइजलाई हराउँदै फाइनलको यात्रा गरेको हो । दुवै टिमलाई समान १–० को अन्तरमा हराएको हो । भुटानिजले दुई गोल गर्दा कुनैपनि गोल खाएको छैन । हिमश्री फुड्स प्रा. लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् । प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के.सी स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।  

काठमाडौं:   नेपाल टीः २० लिगमा लुम्बिनी अल स्टार्स र जनकपुरले क्वालिफायर–१ मा प्रतिस्पर्धा गर्ने भएका छ्न्। शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा जनकपुरले लुम्बिनीमाथि २३ रनको जित निकाल्यो। समूह चरणको खेल सकिदा लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहदा जनकपुर दोस्रो भयो। समूह चरणका सबै खेल खेल्दा लुम्बिनीले १० खेलबाट १६ अंक जोड्दा जनकपुरले १४ अंक बटुल्यो।  शुक्रबार त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित १७ ‌ओभरमा ६ विकेटको क्षतिमा १५९ रन जोड्यो। उसका लागि ट्रेभन ग्रिफिप्तले ११ बलमा नटआउट ४७ रन जोडे। उनले ३ चौका र ५ छक्का हिर्काए। त्यसअघि शराफुद्दिन असरफले ३४ रन र खडक बोहाराले २२ रन जोडे। बलिङमा लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए।  १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन जोड्यो। उसका लगि अनिल साहले ३५ रन, लाहिरू मिलन्थाले ३२ र सुनील धमलाले २७ रन जोडे।  बलिङमा जनकपुरका ट्रेभनले ३ विकेट लिए भने शमिउल्लाह शिनवारीले २ विकेट लिए।

पोखराः   आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा संकटा क्लब र  भुटनिज युथ एससी अमेरिका उपाधीका लागि भिड्ने भएका छन् ।    पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा भुटनिज युथ एससी अमेरिकाले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा संकटा क्लबसँगको भेट पक्का गरेको हो ।  संकटाले साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । दश खेलाडीमा सिमित चर्च ब्वाइजविरुद्ध भुटनिज युथले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको छ । रोजित प्रजापतिले भुटनिज टोलीका लागि गोल गरेका थिए । आशिष चौधरीले रातो कार्ड पाउँदै मैदान छाडेपछि चर्च ब्वाइज १० खेलाडीमा सिमित भएको थियो । पहिलो खेलमा भुटनिज युथले मनाङ मस्याङ्दी क्लबलाई हराएको थियो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।