पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पाेखरा:  हङकङमा जारी फेयरब्रेक आमन्त्रण क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री आबद्ध बार्मी आर्मी सेमिफाइनलमा पराजित भएको छ ।    कुलन क्रिकेट क्लब हङकङमा भएको दोस्रो सेमिफाइनल खेलमा फाल्कोन्सले आर्मीलाई ६ विकेटले पराजित गरेको हो ।    आर्मीले दिएको १ सय ५९ रनको लक्ष्य फाल्कोन्सले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।  फाल्कोन्सका लागि चमरा अथापाथुले ५० बलमा ८ चौका र ५ छक्काको सहयोगमा ७८ रनको अर्धशतकीय ईनिङ खेलिन् ।   मरिजानी कप्पाले १० बलमा अविजित २३ रन बनाउँदा मारिको हिल ११ बलमा १९ रन बनाउँदै अविजित रहिन् ।  आर्मीका लागि रुविना क्षेत्रीले ४ ओभरमा ४१ रन खर्चिएर २ विकेट लिईन् ।    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।  आर्मीका लागि दिरेन्द्र डोट्इनले २९ बलमा ४२ रन बनाउँदा फतिमा साना ३० बलमा ४५ रनमा अविजित रहिन् ।    रुबिना क्षेत्रीले ९ बलमा २ चौका सहयोगमा १३ रन बनाएकी थिईन् ।  

पोखरा:  गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पोखरालाई खेलकुदको राजधानी नभएर खेलकुदको आर्कषक गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।  तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक गर्न टाइगर ग्रुप अफ नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हामी अहिले खेलकुदको राजधानी खोजिरहेको छौं, जहाँ आर्कषक गन्तव्य बन्छ त्यो राजधानी हो, सांसद बरालले भने, ‘पोखरा एकसमय राष्ट्रिय खेलाडीको जग नै थियो, अहिले विस्तारै हराउँदै गएको छ यसमा सबैको ध्यान पु¥याउँदै खेलाडी उत्पादनमा ध्यान दिन आवश्यक छ ।’ उनले खेलकुद क्षेत्रको पूर्वाधार विकास गर्ने जिम्मा राज्यको भएको भन्दै विभिन्न प्रतियोगिता सञ्चालन र खेलाडी उत्पादनमा क्लब र विभिन्न संघसंस्थाले त्यसमा सहयोग गर्नुपर्नेमा बताए ।  टाइगर कपमा १६ लाख बढीको टिकट बिक्री, ५ लाख बढी रकम बचत टाइगर ग्रुप अफ नेपालले आयोजना गरेको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ९० लाख ६७ हजार ५५ रुपैया आम्दानी भएको छ ।  पोखरामा माघ ८ देखि १४ गतेसम्म सञ्चालन भएको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ९० लाख ६७ हजार ५५ रुपैयाँ आम्दानी हुँदा ८५ लाख १५ हजार १ सय १४ रुपैया खर्च भएको टाइगर ग्रुप अफ नेपालका कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले बताए ।  उनका अनुसार टिकट प्रवेश शुल्कबाट १६लाख ७५ हजार ५ सय, सुश्री मिडिया प्रालिबाट १४ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद्बाट ८ लाख पोखरा महानगरपालिकाबाट ७ लाख, प्रदेश खेलकुद परिषद गण्डकीबाट ५ लाख र विभिन्न संघसंस्था, व्यक्तिबाट ३९ लाख ४१ हजार ५सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको टाइगर ग्रुप अफ नेपालले जनाएको छ ।  त्यस्तै खर्च तर्फ पुरस्कार तथा प्रोत्साहनमा १९ लाख ३० हजार, सहभागी टिमको यातायात र आवासमा १३ लाख २० हजार, विदेशी टिम खर्च ७ लाख ६६ हजार ९ सय, खेलाडीहरुको पोशाक तथा सोभिनियर ट्याक सुट खर्च १ लाख २४ हजार ९ सय, रेफ्रि अफिसियल र जुरी खर्च ६ लाख ३९ हजार ६ सय ७०, समारोह व्यवस्थापन खर्च ४ लाख २७ हजार ८ सय ७०, कार्यालय व्यवस्थापन खर्च २ लाख ६३ हजार ४ सय ३१ रुपैयाँ खर्च भएको अध्यक्ष शर्माले बताए । त्यस्तै प्याराफिट,मञ्च टेन्ट र साउण्ड सिस्टम खर्च १३ लाख ३१ हजार ९ सय ४२, प्रवद्र्धन प्रचार र विज्ञापन खर्च ५ लाख ४७ हजार ५ सय, अतिथि सत्कार खर्च १ लाख ५० हजार, खेल मैदान खर्च २ लाख २२ हजार १ सय ५६, स्वंयमसेवक खर्च १ लाख ४९ हजार ८ सय २५, मसलन्द तथा स्टेशनी खर्च ८८ हजार ९ सय ३३, टफि मेडल तथा प्रमाणपत्र खर्च ३ लाख ९८ हजार ३ सय ३५, सचिवालय खर्च ८५ हजार र औषधी तथा खानेपानी खर्च ६८ हजार ६ सय ४५ रुपैयाँ खर्च भएको टाइगर ग्रुप नेपालका कोषाध्यक्ष श्रेष्ठले बताए ।  पोखरामा सम्पन्न भएको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधि जितेका थिए ।  यस्तै प्रतियोगितामा महिलातर्फ नेपाल एपिएफ क्लब, होङ्गाजी न्यू डायमण्ड स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशको सहभागिता रहेको थियो ।  यस्तै पुरुषतर्फ नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एसटि जोसेफ वाड स्पोर्टस क्लब श्रीलंकाको टोलिकोे सहभागिता रहेको थियो ।

काठमाडौँ:  शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्  ।   लिगको आठौं चरण अन्तर्गत मंगलवार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एकएक खेल हुनेछ । दुवै खेल दिउँसो २ बजबोट शुरु हुनेछन् ।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।    त्यस्तै च्यासल मैदानमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा:   बलियो नेपाल कपमा– अन्तर एकेडेमी टि –२० क्रिकेट प्रतियोगितामा स्टार क्रिकेट एकेडेमी  च्याम्पियन बनेको छ ।   पोखरा रङ्गशालामा आज (सोमबार) भएको फाइनल खेलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै बलियो नेपाल कप २०२३ को उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको हो ।      उपाधिसँगै स्टार क्रिकेट एकेडेमीले नगद रु ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको कर्णाली एकेडेमीले नगद रु २५ हजार हात पार्याे ।   यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै केवल ७२ रनको बनाउन सफल रह्यो ।    कर्णालीका बिराट भण्डारीले २७ बल खेली सर्वाधिक १५ रन बनाए । रोशनले व्यक्तिगत १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । स्टारका लागि सुमित पराजुलीले आफ्नो व्यक्तिगत ४ ओभरमा १७ रन खर्चिंदै ३ विकेट लिन सफल भए ।    त्यस्तै शुभम खनालले २ तथा कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १ विकेट लिए।  ७३ रनको लक्ष्य पक्ष्याउंदै जवाफी ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले उक्त लक्ष्य केबल ९.५ ओवर खेली ३ विकेट गुमाउंदै पुरा गर्यो। स्टारका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाए भने कप्तान अमर मिश्रले केबल ९ बलमा २२ रन बनाए ।   विशालले ८ रन र अंकितले अविजित १५ रन बनाए । स्टारका लागि बिक्रम सिंहले चौका प्रहार गर्दै खेलमा जित निकाल्न सफल रहे। बलिङ तर्फ भने कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान १–१ विकेट लिन सफल रहे ।   फाईनल खेलको प्लेयर अफ द म्याच स्टार क्रिकेट एकेडेमीका सुमित अर्याल चुनिए ।    यस्तै प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याटस्म्यान, विराट सिंह भण्डारी, र प्लेयर अफ द सिरिज स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र पुरस्कृत भए ।    विजेता तथा उपविजेता टोलीलाई सांसद सोविता भण्डारी लगायतले पुरस्कार वितरण गरेकी थिइन् ।

पोखरा:  कास्कीको मादी गाउँपालिका ३ याङ्जाकोटमा २५६७ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला हुने भएको छ ।  याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा बैशाख २१ देखि २३ गतेसम्म बुद्ध जयन्तीको अवसरमा मेला आयोजना गर्न लागेको आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  याङ्जाकोट मिलन युवा क्लबका अध्यक्ष बिकास गुरुङले २५६७ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला आयोजना गरेको बताए ।  ‘दुईवर्ष सम्म कोरोना भाइरसका कारण मेला आयोजना गर्न सकेनौं, अध्यक्ष गुरुङले भने, २ वर्षपछि ‘२५६७’ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला आयोजना गर्न लागेका हौं, यस मेलाले मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन क्षेत्रमा सहयोग पुग्ने आशा राखेका छौं ।’ उनका अनुसार भलिबल  प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुने समूहले ५५हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् । यस्तै बास्केटबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुने समूहले समान ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् । भलिबल प्रतियोगिता खुल्ला वडा स्तरीय र बास्केटबल प्रतियोगिता खुल्ला हुने क्लबले जनाएको छ ।  यस्तै सामुहिक नृत्य तर्फ प्रथम हुने समूहले ५० हजार दोस्रो हुने समूहले ५५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । ठेलो प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार र दोस्रो हुने समूहले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने, रस्साकस्सी प्रतियोगितामा प्रथम हुने समूहले १५ र दोस्रो हुने समूहले १० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।  कुर्ची दौड प्रतियोगितामा प्रथम हुने समूहले ५ र दोस्रो हुने समूहले ३ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।  यस्तै क्लबले हाफ म्याराथन समेत आयोजना गर्ने भएको छ । म्याराथन तर्फ प्रथम हुने समूहले १५, दोस्रो हुने समूहले १० र तेस्रो हुने समूहले ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । मेलामा करिव २५ लाख आम्दानी र २१ लाख ५९ हजार ३ सय २२ रुपैया खर्च हुने अनुमान क्लबले गरेको छ ।

पोखरा:   बलियो नेपाल कप यू-१९ टि-२० क्रिकेटमा घरेलु टोली पोखरा क्रिकेट एकेडेमी र कर्णाली क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् । पोखरा रंगशालमा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेश विजयी भएको हो । टस हारेर व्याटिङमा उत्रिएको कर्णालीले २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा १३४ रन जोडेको थियो । तर जवाफी व्याटिङमा उत्रिएको पलसर सिइसीले १९.५ ओभरमा सबै १० विकेट गुमाउँदै १२४ रन मात्रै जोड्न सक्यो । कर्णालीका लागि विराट भण्डारीले ५२ बलमा ५९, खेमराज खड्काले ४९ बलमा ४९ रन बनाउँदा मनिष थापाले ९ रन बनाएका थिए । यता पल्सर सिइसीका लागि २९ रन खर्चिएर ४ विकेट लिएका थिए । जवाफी व्याटिङमा पल्सर सिइसीका लागि सन्दिप विष्टले ३७, विपिन न्यौपानेले २० र १६ रन बनाए भने कर्णालीका लागि विराट भण्डारीले २, लक्की वमले र भरत क्षेत्रीले १ विकेट हात पारे । खेलमा विराट भण्डारी म्यान अफ दि म्याच घोषित भए । यता दोश्रो खेलमा घरेलु मैदानको फाइदा उठाउँदै पोखरा क्रिकेट एकेडमीले जनकपुर क्रिकेट एकेडेमी विरुद्ध ६ विकेटले महत्वपूर्ण जित हात पारेको छ । पोखरा विरुद्ध व्याटिङको सुरुवात गरेको जनकपुरलाई २० ओभरमा १०१ रनमा खुम्चाएको पोखराका लागि प्रदिप अर्यालले महत्वपूर्ण ३ विकेट हात पारेका छन् । जनकपुरका लागि साजन कुमार अग्रवालले १२ र अखिल श्रवणले ८ रन बाहेक अन्यले खासै दोहोरो रन जोड्न सकेनन् । जनकपुरका विरुद्ध व्याटिङका उत्रिएको पोखराका लागि खेलमा म्यान अफ दि म्याच समेत रहेका सिव्रिन श्रेष्ठले २१ बलमा नट आउट रहँदै २७, सोहेल कुंवरले २७ बलमा २७ रन सफल श्रेष्ठले २५ बलमा १९ रनको योगदान दिए । जनकपुरका लागि राजेश कुमार दाश र रोहन यादवले समान १–१ विकेट हात पार्दा अखिल श्रवणले २ विकेट झारे । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्य खेल पर्यटन विकासका लागि यस्ता खेल कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । दुई समूहमा विभाजन गरी हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने छ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसै गरी म्यान अफ दि म्याचमा समेत नगद २ हजार ५ सय प्रदान गरिने छ । २७ गतेसम्म संचालन हुने प्रतियोगिताको पोखरा क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी र पल्सर सिइसिको सहभागिता रहेको छ ।

पोखरा:  पोखरामा राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी) लाई सम्मान गरिएको छ ।   नेपालले थ्री नेसन्स कप जितेपछि पहिलोपटक गृह जिल्ला आएका उनलाई स्पार्टस् क्यासल प्रालिले स्वागतसहित सम्मान अर्पण गरेको हो ।   पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका स्पार्टस् क्यासलका सञ्चालक इश्वर गुरुङ र विजया गुरुङले फुटबलर श्रेष्ठलाई खादा माला तथा सम्मान पत्रमार्फत बधाई अर्पण गरे ।    सो अवसरमा बोल्दै पूर्व राष्ट्रिय फुटबल खेलाडी गुरुङले उदीयमान खेलाडी श्रेष्ठको उज्जल भविष्यको कामना गरे ।    उनले श्रेष्ठलाई बाल्यकालदेखि नै हातेमालो गर्दै आएको स्मरण गर्दै अहिले आएर श्रेष्ठ आफ्नो सपना नजिक पुगेको उल्लेख गरे । ‘यिनीहरुलाई मैले सानैदेखि हातेमालो गर्दै आएको छ, उनले भने, ‘थ्री नेसन्स कपमा डेब्यु गर्दै देशको नाममा खेल्ने सपना अहिले आएर पुरा हुदैछ । आगामी दिनमा थप राम्रो गर्न चुनौती पनि छ त्यसका लागि म शुभकामना व्यक्त गर्दछु ।’    गुरुङले राष्ट्रिय टिममा स्थान बनाइरहनका लागि कडा मेहनत गर्नुपर्ने धारणा राखे । ‘सुमितको लागि यो अवसर निकै महत्वपूर्ण छ । र त्यतिकै चुनौती पनि छ । किनभने खेलाडीहरु निकै जन्मिरहेका छन् त्यसैले कडा मेहनत र परिश्रमी बन्नु आवश्यक छ’ उनले भने । सम्मान ग्रहण गर्दै फुटबलर सुमित श्रेष्ठले आगामी दिनमा थप राम्रो गर्ने हौसला मिलेको बताए ।    उनले आफु एउटा सपना नजिक पुगेको बताउदै थप मेहनत गर्ने सुनाए ।  ‘म तपाइहरुकै मायाले यहाँसम्म पुगेको छु । यो सम्मानले मलाई थप जिम्मेवारीको भारी बोकाएको छ, श्रेष्ठले भने, ‘म बोक्न मात्रै तयार छैन । गन्तव्यमा सकुशल अवतरण गराउन पनि तत्पर छु । त्यसैले झन कडा मेहनत गर्ने प्रण गर्दछु ।’   उनले आगामी दिनमासमेत आफुलाई साथ र सहगोग गर्न आग्रह गरे । ‘तपाइहरुको माया मेरो एउटा पावर हो जसले गर्दा म सधै छलाङ मार्न सकिरहन्छु, उनले भने ‘त्यसैले साथ र माया दिइरहनु होला ।’   सो अवसरमा श्रेष्ठलाई केल्मीको आधिकारिक विक्रेता शोरुमको तर्फबाट राज रम्तेलले आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।  राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठ जारी शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबबाट खेलीरहेका छन् ।   सम्मान कार्यक्रममा बगर भाइखलकका वरिष्ठ उपाध्यक्ष इश्वर गुरुङ, कोषाध्यक्ष रमेश श्रेष्ठ, जुनियर बगर भाइखलकका अध्यक्ष धन बहादुर गुरुङ, एन्फा फुटसल विभागका पूर्व संयोजक विनोद गुरुङ खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बराल लगायतको सहभागिता रहेको थियो । 

पोखरा । भारतीय दूतावास, भारतीय पेन्सन क्याम्प रामबजार पोखराको आयोजनामा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि  ५/३ जिआरले उचालेको छ । भारतिय पेन्सन क्याम्पमा आयोजित उपाधि भिडन्तमा ३/९ जिआरलाई ३–१ सेटले पराजितगर्दै उपाधि उचालेको हो । उपाधि संगै ५/३ जिआरले नगद ४० हजार प्राप्त गरेको छ भने उपविजेता बनेको  ३/९ जिआरले नगद २५ हजार, शिल्ड, मेलड र प्रमाणपत्र प्राप्त गरेको छ । सम्पन्न फाइनल खेलमा पहिलो सेट २५–२३ ले जितेको भएपनि दोश्रो सेटमा ३÷९ जिआरले २३–२५ ले जित्दै खेलमा फर्कियो । तेश्रो र चौथो सेट २५–१८ र २५–ले जित्दै उपाधि जितेको छ । विजेता टिम तथा खेलाडीहरुलाई भारतिय पेन्सन क्याम्पका प्रमुख ले.कर्नल प्रशान्त सिंह बघेलले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजकको रुपमा नेपाल एसबिआई बैंक तथा दोस्रो पुरस्कारको प्रायोजनको रुपमा ऐभरेष्ट बैंक रहेको थियो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । 

काठमाडौं: नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि उचालेको हो ।    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो हाफको ८७ मिनेटमा नेपालले निर्णायक गोल गरेको हो । खेलको सुरुवाती अग्रता लाओसले लिएको भए पनि नेपालले घरेलु मैदानमा उपाधि रक्षा गरेको हो ।    नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गर्नुभयो। खेलको १७ औं मिनेटमा लाओसका लागि फोउचाङभोङ साङ्भिले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो ।    खेलको २४ औं मिनेटमा नेपालका आयुष घलानले बराबरी गोल फर्काउनु भएको  थियो। एरिक विष्टको पासमा आयुषले गोल गर्नुभएको हो । उपाधि रक्षाका लागि लाओसविरुद्ध खेलको ८७ औं मिनेटमा अन्जन विष्टको पासमा मनिष डाँगीले नेपालका लागि गोल गर्नुभएको हो ।    फाइनल खेलमा म्यान अफ द म्याच नेपालका २१ नम्बर जर्सीका मनिष डाँगी बन्नुभयो । सर्वोत्कृष्ट खेलाडीको उपाधि नेपालकै जर्सी नम्बर १९ का आयुष घलानले पाउनुभएको छ।    प्रतियोगिताको विजेता नेपालले पाँच हजार अमेरिकी डलर र दोस्रो हुने लाओसले तीन हजार डलर पुरस्कार पाएका छन्। विजेता र उपविजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रफी र पुरस्कार प्रदान गर्नुभएको छ ।   नेपालले उद्घाटन खेलमा लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो । लाओसले भुटानलाई २–१ गोलले हराएर फाइनल यात्रा बनाएको थियो। भुटान भने अन्तिम खेलमा नेपालसँग उत्कृष्ट प्रदर्शन गर्दै १–१ गोलको बराबरी खेल्दै  प्रतियोगिताबाट बाहिरिएको थियो।