पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:  पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनल अन्तरगतका ८ खेल सम्पन्न भएका छन् ।    खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (बुधबार) भएको पहिलो खेलमा गन्नी एफसीले हाम्रो एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । गन्नी एफसीको जितमा अनिश तामाङ र अर्जुन  गुरुङले समान १/१ गोलको योगदान दिए ।   यस्तै दोस्रो खेलमा विष्णुपादुका क्लबले शितलज्योती युवा क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हरायो । विष्णुपादुकाको जितमा अंकित गुरुङ र सञ्जय केसीले समान १/१ गोल गरे भने सुबिन श्रेष्ठले २ गोलको योगदान दिए ।  तेस्रो खेलमा लेकसाइड क्लबले नव प्रतिभा एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । लेकसाइडको जितमा  सञ्जय बुढाथोकी र विवेक सन्तोषीले समान १/१ गोलको योगदान दिए ।     त्रिशक्ती क्लब लाहाचोक र सिमपानी एफसीबीच भएको चौथो खेल गोलरहित भएपछि ट्राईबेकरमा ४–३ गोल अन्तरले सिमपानीले जित निकाल्यो ।   यस्तै पाँचौ खेलमा मण्डला एफसी र उद्धब एफसीबीच भएको खेल गोलरहित भएपछि ट्राइबेकरमा ७–६ गोल अन्तरले मण्डला एफसीले जित हासिल गर्याे ।     छैटौं खेलमा बुन एफसीले माइती गोर्खाज्माथी ३–० गोल अन्तरले सहज जित निकाल्यो । बुन एफसीको जितमा आकाश थपलिया र विशाल सुनारले समान १/१ गोल गरे भने माइती गोर्खाज्कोे तर्फबाट आत्मघाती १ गोल भएको थियो ।     सातौ खेलमा आयोजक बिटी ह्वाइटले सागर एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । आयोजक ह्वाइटको जितमा सुशन गुरुङ र सन्नी गुरुङले समान १/१ गोलको योगदान दिए ।   आज भएको अन्तिम खेलमा आयोजक बिटी ग्रीनले क्लबमाथी बेलीज् एफसीले ३–१ गोल अन्तरले जित निकाल्यो । बेलीज् एफसीको जितमा कुशल परियार २ गोल र साइमन तामाङले १ गोल गरे भने बिटी ग्रिनका लागि अबिष गुरुङले सान्त्वना १ गोल फर्काएका थिए ।  खेल संयोजक गुरुङका अनुसार बिहीबारपनि प्रिक्वाटरका ७ खेल हुनेछन् ।   पोखरा महानगरपालिका १ स्थित पुरानोटुडिखेल बगरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।

पोखरा:  पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनल अन्तरगतका ८ खेल सम्पन्न भएका छन् ।    खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (बुधबार) भएको पहिलो खेलमा गन्नी एफसीले हाम्रो एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । गन्नी एफसीको जितमा अनिश तामाङ र अर्जुन  गुरुङले समान १/१ गोलको योगदान दिए ।   यस्तै दोस्रो खेलमा विष्णुपादुका क्लबले शितलज्योती युवा क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हरायो । विष्णुपादुकाको जितमा अंकित गुरुङ र सञ्जय केसीले समान १/१ गोल गरे भने सुबिन श्रेष्ठले २ गोलको योगदान दिए ।  तेस्रो खेलमा लेकसाइड क्लबले नव प्रतिभा एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । लेकसाइडको जितमा  सञ्जय बुढाथोकी र विवेक सन्तोषीले समान १/१ गोलको योगदान दिए ।     त्रिशक्ती क्लब लाहाचोक र सिमपानी एफसीबीच भएको चौथो खेल गोलरहित भएपछि ट्राईबेकरमा ४–३ गोल अन्तरले सिमपानीले जित निकाल्यो ।   यस्तै पाँचौ खेलमा मण्डला एफसी र उद्धब एफसीबीच भएको खेल गोलरहित भएपछि ट्राइबेकरमा ७–६ गोल अन्तरले मण्डला एफसीले जित हासिल गर्याे ।     छैटौं खेलमा बुन एफसीले माइती गोर्खाज्माथी ३–० गोल अन्तरले सहज जित निकाल्यो । बुन एफसीको जितमा आकाश थपलिया र विशाल सुनारले समान १/१ गोल गरे भने माइती गोर्खाज्कोे तर्फबाट आत्मघाती १ गोल भएको थियो ।     सातौ खेलमा आयोजक बिटी ह्वाइटले सागर एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । आयोजक ह्वाइटको जितमा सुशन गुरुङ र सन्नी गुरुङले समान १/१ गोलको योगदान दिए ।   आज भएको अन्तिम खेलमा आयोजक बिटी ग्रीनले क्लबमाथी बेलीज् एफसीले ३–१ गोल अन्तरले जित निकाल्यो । बेलीज् एफसीको जितमा कुशल परियार २ गोल र साइमन तामाङले १ गोल गरे भने बिटी ग्रिनका लागि अबिष गुरुङले सान्त्वना १ गोल फर्काएका थिए ।  खेल संयोजक गुरुङका अनुसार बिहीबारपनि प्रिक्वाटरका ७ खेल हुनेछन् ।   पोखरा महानगरपालिका १ स्थित पुरानोटुडिखेल बगरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।

पोखरा:   पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (मंगलबार) पहिलो चरणका खेल सम्पन्न भएका छन् ।  पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (मंगलबार) भएको पहिलो खेलमा गार्डेन एफसीले दिव्यज्योती क्लबलाई २ –१ गोल अन्तरले पराजित गर्याे । गार्डेनको जितमा सागर गुरुङ र प्रनिश गुरुङले समान १/१ गोलको योगदान दिए । भने दिव्यज्योतीको लागि राजन थापाले सान्त्वना १ गोल फर्काए । यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा युडिटीसिएल एफसीलाई एनएमसिवाईले १–० गोल अन्तरले हरायो । एनएमसिवाईको जितमा सुजन गुरुङले निर्णायक १ गोल गरे । तेस्रो खेलमा सुनगाभा क्लबको अनुपस्थितिमा काउवेज ग्याङले वाकओभरमार्फत विजयी हासिल गर्याे । चौथो खेलमा घाचोकक्लबलाई सागर एफसीले १–० गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा सागर एफसी प्रवेश गर्याे । सागर एफसीको जितमा महेन्द्र गुरुङले निर्णायक गोल गरे । पाँचौ खेलमा नयाँगल्ली एफसीलाई लाँलीगुँरास क्लब धम्पुले ४–१ गोल अन्तरले सहजै जित निकाल्यो । धम्पुसको जीतमा साजन मगरले २ गोल र दिपेश क्षेत्री र समिर परियारले समान १/१ गोलको योगदाद दिए भने नयाँगल्लीको लागि निश्चल गुरुङले सान्त्वना १ गोल फर्काए ।  छैटौं खेलमा उद्धब एफसीले टुडिखेल एफसीलाई २–० गोल अन्तरले पाखा लगायो र उद्धबको जितमा सन्देश भुजेल र सबिन मगरले समान १/१ गोलको योगदान दिए । सातौ खेलमा हरिचोक युनाइटेड क्लबले पोखरा म्युजिकल हाउसलाई १–० गोल अन्तरले पराजित गर्याे । हरिचोक युनाइटेको जितमा छबिन्द्र गुरुङले निर्णायक गोल गरे । आज भएको अन्तिम खेलमा लामागाँउ एफसीले पिएन क्याम्पसमाथी ५–० गोल अन्तरले जित निकाल्यो । खेल संयोजक गुरुङका अनुसार बुधबारदेखि प्रिक्वाटरका ८ खेल हुनेछन् । आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६÷६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ । प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक जना खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको  छ ।  

काठमाडौं:    छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले जितेको छ ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा गर्दै पराजित गर्दै उपाधि जितेको हो ।   प्रतिस्पर्धात्मक फाइनल खेलमा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै पहिलो पटक छैटो केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको हो ।  होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले  २८–२६, १९–२५, २५–२२, २४–२६ र निर्णायक तथा पाचौँ सेट १५–९ ले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै उपाधि जितेको हो ।  यस्तै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो भएको छ ।  उपाधि जितेको होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले ३ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ ।  उपविजेता नेपाल एपिएफले १ लाख ५० हजार र तेस्रो भएको नेपाल पुलिस क्लबले ७५ हजार पुरस्कार पाएका छन् ।   

धनुषा : पाचौं साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता धनुषामा सुरु भएको छ। स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर विगत चार वर्षदेखि हुँदै आएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको पाँचौ संस्करण सोमबारबाट धनुषाको मिथिला नगरपालिकामा सुरु भएको हो।    नेपाल हक्की संघ तथा स्थानीय मिथिला नगरपालिकाको आयोजनामा नक्टाझिजस्थित हिमालय युवा क्लबको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका प्रदेशसभा सदस्य हरिनारायण महतोले गरेका हुन्।   सोमबार भएका तीनवटा खेलमा लुम्बिनी, नेपाल आर्मी र मधेस प्रदेशले जित हात पारेको छ। प्रदेश १ र लुम्बिनीबीच भएको पहिलो खेलमा लुम्बिनी २–० गोल अन्तरले विजयी भएको हो। लुम्बिनीका लागि पुजा कुमारीले गरेको दुई गोल जितका लागि निर्णायक बन्यो। खेलको म्यान अफ दि म्याच घोषित उनले दुई हजार नगद पुरस्कार पाइन्।   यस्तै, विभागीय टोली नेपाल आर्मी र सुदुरपश्चिम प्रदेशबीच भएको दोस्रो खेलमा नेपाल आर्मी ६–० गोल अन्तरले जितेको छ। नेपाल आर्मीका लागि सितामाया बलले सर्वाधिक ३, सिमा खड्काले २ र सिता कुमारी चौधरीले १ गोल गरिन्। दोस्रो खेलका म्यान अफ दि म्याच सिता कुमारी बल घोषित भइन्।   त्यसैगरी, मधेस र गण्डकी प्रदेशबीच भएको तेस्रो खेल रोमाञ्चक बनेको थियो। त्यस खेलमा कडा प्रतिस्पर्धाकाबीच मधेस प्रदेशले गण्डकीलाई ४–२ गोल अन्तरले पराजित गरेको छ। मधेस प्रदेशका लागि कुमकुमले सर्वाधिक २, मुस्कान र अन्जली साहले समान १ गोल गर्दा गण्डकीकी सोनु बरालले दुई गोल गरिन्। मधेस प्रदेशकी कुमकुम म्यान अफ दि म्याचको पुरस्कार पाईन्। ​ प्रतियोगिताको दोस्रो दिन पनि तिन खेल हुने टुर्नामेन्ट डाइरेक्टर अशिम शर्माले जानकारी दिए। उनका अनुसार मंगलबारको पहिलो खेल बागमतीविरुद्ध सुदुरपश्चिम, दोस्रो खेल प्रदेश १ बिरुद्ध गण्डकी प्रदेश र तेस्रो खेल लुम्बिनीबिरुद्ध मधेस प्रदेशबीच हुनेछ।   माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा कर्णाली बाहेक ६ वटा प्रदेश र एक विभागीय टोली (नेपाल आर्मी) सहभागी रहेको हक्की खेलका राष्ट्रिय प्रशिक्षक बाबुराम नेपालले जानकारी दिए।  उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ७५ हजार, ४० हजार र ३० हजार नगद पुरस्कार र डमी शील प्रदान गरिने छ। प्रतियोगितामा विभिन्न ५ वटा विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कार दिइने नेपालले जनाए। 

काठमाडौं:  बङ्गलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (मङ्गलबार) भारतसँग प्रतिस्पर्धा गर्नेछ ।   ढाकामा दिउँसो २:४५ बजे सुरु हुने खेलमा नेपाल भारतलाई हराएर फाइनलमा स्थान बनाउने लक्ष्यमा छ । फाइनलमा पुग्न नेपाललाई भारतविरुद्ध जित निकाल्नैपर्ने बाध्यता छ ।   पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई हराएर उपाधि दौड कायम राखेको थियो । नेपाल अहिले दुई खेलबाट तीन अङ्क जोड्दै तेस्रो स्थानमा छ । चार अङ्क बनाएको भारत शीर्ष स्थानमा छ ।   भारतलाई फाइनल पुग्न बराबरी नतिजा पनि प्रयाप्त छ । दोस्रो स्थानमा रहेको आयोजक बङ्गलादेशको पनि चार अङ्क छ । दुवै खेलमा हार खेपेको भुटान अन्तिममा छ । आजै अर्को खेल बङ्गलादेश र भुटानबीच हुनेछ ।   बङ्गलादेश र भुटानको नतिजाले पनि फाइनल पुग्ने समीकरणको तय हुनेछ । चार टोलीबीच राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोलीबीच बिहीबार फाइनल खेल हुनेछ ।

कास्की:    पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज ८ खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (सोमबार) भएको पहिलो खेलमा पिएन क्याम्पसले नमस्ते ब्रदर्शलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्याे ।   खेल संयोजक विनोद गुरुङका अनुसार निर्धारित समय गोलरहित भएपनि खेला ट्राइबेकरमा पुगेको थियो ।    बिटी क्लब सि र याम्दी एफसीबीच भएको दोस्रो खेल १–१ गोलमा निर्धारित समय सकिएपछि ट्राइबेकरमा ४–३ गोल अन्तरले जित निकाल्यो ।    यस्तै मेरो नेपाल क्लब र माइती गोर्खाज्बीच भएको तेस्रो खेलपनि गोलरहित भएपछि ट्राइबेकरमा २–१ अन्तरले टाइबेकरमा माईती गोर्खाज् विजयी बन्यो ।   चौथो खेलमा हिमालय एफसीलाई जि नाइनले २–० गोल अन्तरले पराजित गर्याे र जि नाइनको जीतमा सुमन सुनार र आशिम रोकाले समान १/१ गोलको योगदान दिए ।   यस्तै पाँचौ खेलमा नव प्रतिभा एफसीले सपोर्ट डेभलपमेन्ट फोरमलाई ३–० गोलको फराकिलो अन्तरले पाखा लगायो । नव प्रतिभाको जीतमा राहुल थापाले २ गोल रुविन गुरुङले १ गोल गरे ।     छैटौं खेलमा ब्रदर्श युनाइटेडले घान्द्रुकलाई ५–२ गोलको अन्तरले सहज जित निकाल्दै दोस्रो चरणमा प्रवेश गर्याे ।      युनाइटेलको जीतमा सफल गुरुङ, करण तामाङ, सुशान्त थापामगर र सुरेन्द्र राईले समान १/१ गोल गरेका थिए भने एक गोल घान्द्रुकको तर्फबाट आत्मघाती गोल भएको थियो । यता घान्द्रुकको तर्फबाट  निन्ती सुनार र सफल आचार्यले सान्त्वना गोलका रुपमा समान १/१ गोल फर्काए । सातांै खेलमा दिव्यज्योती क्लबलाई त्रिशक्ति क्लबले २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्याे  । त्रिशक्तीको जितमा टाइसन क्षेत्री र प्रवेश ठकुरीले समान १/१ गोलको योगदान दिए ।    आज भएको अन्तिम  तथा आठौं खेलमा शितलज्योती क्लबले लामागाँउलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । शितलज्योतीको जीतमा दिपेश गुरुङ र सुजन बुढाथोकीले समान २ गोल गरे भने निश्चल जिसीको १ गोलको योगदान दिए ।   खेल संयोजक गुरुङका अनुसार मंगलबार पनि पहिलो चरणको ६ खेल र २ खेल दोस्रोचरणका २ खेल हुनेछन् ।   आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।    यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।   अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६÷६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ । प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक जना खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको  छ ।  

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षकका रूपमा आज सार्वजनिक हुँदै मोन्टी देशाईले सन्दीप लामिछाने सम्पूर्ण कानुनी र व्यावसायिक प्रक्रिया पूरा भएपछि मात्रै बन्द प्रशिक्षणमा बोलाइएको बताएका छन्।    करिब १० दिनअघि नै नेपाल आइपुगेर बन्द प्रशिक्षण सुरु गरेका देशाईको सबै कानुनी प्रक्रिया नपुगेकाले नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको थिएन।   ‘कोचलाई सार्वजनिक गराउन ढिलो भएका छौं। १० दिनअघिदेखि प्रशिक्षण सुरु गरे पनि औपचारिक रूपमा सार्वजनिक गर्न सकेका थिएनौं,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘उहाँसँग लामो अनुभव छ, कन्सल्ट्यान्ट भएर पनि काम गरिसक्नु भएको छ।’   नेपाली क्रिकेटको भविष्यलाई हेरेरै देशाईलाई मुख्य प्रशिक्षक बनाएर भित्र्याएको अध्यक्ष चन्दले बताए। नेपाली राष्ट्रिय टिम विगतका प्रशिक्षकहरूका लागि ट्रान्जिट प्वाइन्ट हुने आरोप लागेको र देशाईबाट त्यो आरोपबाट मुक्त हुने विश्वास रहेको पनि उनले बताएका थिए।   नेपाली क्रिकेटमा केही गर्छु भन्ने हौसला र उत्साहसहित मुख्य प्रशिक्षक बन्ने प्रस्ताव स्वीकारेको उनले बताए। नाबालिग बलात्कारको मुद्दामा पक्राउ परेर धरौटीमा छुटेका पूर्व कप्तान सन्दीप अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन्।    यद्यपि, उनको मुद्दाको छिनोफानो भएको छैन। गत भदौमा काठमाडौंको एक होटलमा नाबालिग बलात्कारको आरोप लागेर एक महिना फरार भएका सन्दीप असोज २० गते नेपाल आएपछि विमानस्थलबाटै पक्राउ परेका थिए।   तर, उच्च अदालत पाटनले २० लाख धरौटीसहित विभिन्न शर्तसहित रिहा गरेपछि उनी थुनामुक्त भएका छन्। उनी जेलबाट निस्कने बित्तिकै बन्द प्रशिक्षणमा समावेश गरिएपछि चर्को विरोध र आलोचना भइरहेको छ।   यसै क्रममा आज सार्वजनिक भएका मुख्य प्रशिक्षकले सबै कानुनी तथा व्यावासायिक प्रक्रिया पूरा गरेर नै उनलाई बन्द प्रशिक्षणमा समावेश गरिएको प्रष्ट पारे। ‘मलाई थाहा भएसम्म सबै कानुनी र व्यावसायिक प्रक्रिया पूरा गरेर नै उनलाई टिममा समावेश गरिएको छ,’ उनले भने।   राष्ट्रिय टिमको प्रशिक्षका रूपमा दुई वर्षको सम्झौता गरेका देशाईले सम्झौता अवधिभर नेपालमै बस्ने र त्यसपछि पनि नेपाल बसाई लम्ब्याउन तयार भएको बताए। नेपाली खेलाडीहरूमा क्षमताको कमी नभएको र एकजुट भएर मैदान प्रदर्शन गर्न मात्रै बाँकी रहेको उनले बताएका थिए।

काठमाडौं:  नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणमा भारतका मोन्टी देसाई नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार देसाईलाई प्रशिक्षक नियुक्त गरेको हो ।   देसाईले एक साताअघिनै नेपाली टोलीको प्रशिक्षण सम्हाल्न थाल्नुभएको थियो । क्यानले एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समेत स्वीकृतिमा देसाईलाई प्रशिक्षक नियुक्त गरेको पनि जनाएको छ ।   नेपाली टोलीले देसाईको प्रशिक्षणमा त्रिवि मैदानमा आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । क्यानले पुस २४ गते प्रमुख प्रशिक्षकका लागि खुला आवेदन आह्वान गरेको थियो ।   आवेदन दिएका २४ जनाबाट पाँच जनालाई सटलिस्टमा राखेर माघ ४ गते अन्तरवार्ता लिई अन्तिममा देसाईलाई छनोट गरेको हो । देसाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ कन्सल्ट्यान्ट हुनुहुन्थ्यो । त्यसभन्दा अगाडी देसाईले सन् २०१५ को आइसिसी टी–२० विश्वकप छनोटका क्रममा राष्ट्रिय टोलीमा पनि काम गर्नुभएको थियो ।