पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा:  मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा रामजी प्रसाद अधिकारी निर्वाचित भएका छन् ।  पोखरामा सम्पन्न भेलाले अधिकारीको अध्यक्षतामा २१ सदस्यिय कमिटिको घोषणा गरेको हो । अध्यक्षमा निर्वाचित अधिकारी सहारा क्लव पोखराका महासचिव समेत हुन् । उनी लामो समय देखि खेलकुद लगायत सामाजिक क्षेत्रमा कृयाशिल छन् ।  त्यसै गरी कमिटिको उपाध्यक्षमा बलराम तिमिल्सिना, सचिवमा दिपक आर्चाय, सहसचिवमा शेरकाजी गुरुङ, कोषाध्यक्षमा विजय भुजेल र कार्यसमितिको सदस्यमा कन्चन थापा  गणेश भण्डारी, हरि जि.सी, बुद्घि खनाल, जितु शाही, लेखनाथ लम्साल, टंक पौडेल, बुद्घ सिंह, रमेश भण्डारी, प्रविण रानाभाट, प्रेम बहादुर भुजेल, बेल बहादुर गुरुङ, सुन्दर श्रेष्ठ, कुशल राना, फणिन्द्र तिमिल्सिना, विशाल खड्का र महेन्द्र अधिकारी रहेका छन् ।  भेलाले माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा अनिल गुरुङसहित ११ सदस्यिय कमिटि र रुपा गाउँ पालिकाका् अध्यक्षमा सुन्दर श्रेष्ठसहित ९ सदस्यिय कमिटको घोषणा गरेको छ ।  भेलालालाई सम्वोधन गर्दै एकेडेमीका अध्यक्ष धु्रव आचार्यले नेपाली खेलकुदको जगलाई बलियो बनाउने काममा एकेडेमी अघि बढेको बताए । जननेता मदन भण्डारीको विचारले नै खेलकुदलाई अग्रगति दिने बताउँदै उनले भने–“एकेडेमी मदन भण्डारीको विचारमा उभिएको छ । यो उहाँको विचार र अभियान संग जोडिएको मात्रै छैन हजारौं खेलाडी र खेलप्रेमीहरुको भावना संग समेत यसको सामिप्यता छ ।”  खेलाडीहरुको सम्वन्धमा एकेडेमी गम्भिर रहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले खेलाडीको खेल जिवन पश्चात जिवन निर्वाहका लागि रोजगार संग जोड्न एकेडेमीले आफ्ना कार्यक्रमहरु अघि सार्ने बताउँदै उनले खेलकुद मनोरन्जनका लागि मात्रै नभई रोजगार, समृद्धि र पर्यटनसमेत जोडिएको बताए ।  लुम्विनीमा सम्पन्न दोश्रो राष्ट्रिय भेलामा ६७ जिल्लाबाट प्रतिनिधित्व रहेको जनाउँदै अध्यक्ष आचार्यले खेलकुदलाई अग्रगति दिन संगठनको विस्तारलाई समेत तिव्रता दिएको बताए । उनले हालै एकेडेमीले प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्ने गरी घोषणा गरेको बताउँदै आगामी असारमा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने गरी तयारी सुरु गरिने बताए । पोखरामा यहि बैशाख २३ गते बाट सुरु हुने केपी ओली कप रनिङ शिल्ड क्रिकेट प्रतियोगिता भव्य बनाउन उनले पोखरेलीहरुलाई साथ दिन आग्रह समेत गरे ।  कार्यक्रममा आफ्ना भनाई राख्दै कास्की क्षेत्र नं ३ का संघिय सांसद दामोदर बैरागी पौडेलले एकेडेमी खेलकुद विकासका लागि महत्वपूर्ण संस्था रहेको जनाउँदै एकेडेमीका कृयाकलापमा आफ्नो साथ रहने बताए ।  एकेडेमीका गण्डकी प्रदेश इन्चार्ज तथा उपाध्यक्ष राजेश कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश पूर्व सांसद एवं एकेडेमीका सल्लाहकार मोहन रेग्मी, एकेडेमीका उपाध्यक्षद्वय तेज विक्रम बस्नेत, तुल्सी मैनाली र केन्द्रिय सचिवालय सदस्य कृष्ण तिमिल्सिना, नवनिर्वाचित कास्कीका अध्यक्ष रामजी प्रसाद अधिकारीलगायतले आफ्ना भनाई राखेका थिए । 

काठमाडौं:    नेपाल एसिसी प्रिमियर कपमा साउदी अरेवियासँगको खेल वर्षाको कारण रद्ध भएसँगै सेमिफाइनलमा पुगेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि दुबै टोलीले १-१ अंक बाँडेका छन् । योसँगै नेपाल ३ खेलमा २ मा जित र १ मा अंकबाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ । खेल नुहने भएपछि दुबै टोली हात मिलाउँदै खेल रद्ध भएको जनाएका छन् । आजको खेलमा साउदी र नेपालले अंक बाँडेपछि समूह ए बाट कतार र मलेसिया औपचारिक रुपमा बाहिरिएका छन् । ओमान र साउदी अरेवियाबीच बुधबार हुने खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । साउदी र ओमानबीचको उक्त खेल क्वाटरफाइनल सहर हुनेछ । नेपालले समूह चरणको अन्तिम खेल बिहीबार कतारसँग टियुमा खेल्नेछ । नेपाल विजयी भएमा समूह विजेता बन्नेछ । पराजित भएमा भने समूह विजेता वा उपविजेता हुने अन्य टोलीको नतिजामा निर्भर रहनेछ । साउदी ३ खेलमा १ मा जित, १ मा हार र एक खेलमा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ एक खेल अगावै बाहिरिएको छ । मलेसियाले अन्तिम खेल कतारसँग मुलपानीमा मंगलबार खेल्नेछ । कतार दुबै खेलमा हारका साथ बाहिरिएको छ । साउदी र ओमानसँगको खेल वर्षाको कारण रद्ध भएमा भने ओमान सेमिफाइनलमा पुग्नेछ । समूह बी मा हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । उता टियु मैदानमा आज हुनुपर्ने हङकङ र बहराइनबीचको खेल पनि वर्षाको कारण सुरु हुन सकेको छैन । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । सिंगापुर तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ । यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । नेपालले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । युएई हङकङसँग ६७ रनले पराजित भएको थियो । नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने उच्च सम्भावना देखिन्छ ।

पोखरा:   १७ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ४ लाख ४१ हजार आम्दानी भएको नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।   मञ्चको पोखरामा शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभा तथा २२ औं स्थापना दिवसको अवसरमा उक्त जानकारी दिइएको हो । गत फागुन ६ गते सम्पन्न म्याराथनमा विभिन्न प्रायोजक र सहयोगीहरुबाट रु ६१ लख ६१ हजार ३७३ र खर्चतर्फ रु ५७ लाख १९ हजार ७८५ गरी कुल रु ४ लाख ४१ हजार ५८८ आम्दानी भएको मञ्चले जनाएको हो ।  साधारण सभाको उद्घाटन गर्दै नेपाली सेना पश्चिम पृतना उपरथी दिपक कुमार बानियाले नेपालको खेलकुद विकासमा मञ्चले गरेको कार्य प्रशंसनिय रहेको बताउँदै शुभकामना व्यक्त गरे । उनले भने–“मञ्चको आयोजनामा हुने पोखरा म्याराथन होस वा अन्य सामाजिक कृयाकलाप यसले सबैलाई हौसला मिलेको छ र नेपाली सेनाले समेत मञ्च संग सहकार्य गर्दै खेलकुद विकासमा अघि बढेको छ ।” कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेलले खेलकुदमा संघियता नआउँदा नितिगत रुपमा धेरै समस्या आएको उल्लेख गरे । मञ्चले खेलकुद र सामाजिक अभियानमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले आगामी दिन समेत प्रदेशको खेलकुद विकासका लागि मञ्च र परिषद सहकार्य गर्दै अघि बढ्ने बताए ।  मञ्चका तथा प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङले मञ्चको भूमिका खेलकुद विकासका लागि ऐतिहासिक रहेको जनाउँदै प्रदेशको खेलकुद जग बलियो बनाउन मञ्च संघै सबै संग हातेमालो गर्दै अघि बढ्ने बताए ।  मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बराललगायतले आफ्ना भनाई राख्दै मञ्च अझैसबै संग सहकार्य गर्दै सक्रियताका साथ अघि बढ्ने बताए ।    सो अवसरमा मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले संस्थाको सागाँठानिक प्रतिवेदन र कोषाध्यक्ष महेश पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।    कार्यक्रममा मञ्चका आजिवन सदस्य स्व.पदम बहादुर कार्की, स्व.योगेन्द्र बहादुर बस्नेत र स्व.अमर तुलाचनलाई मराणोपरान्त सम्मान गरिएको थियो भने सो अवसरमा १६ औं सस्करण पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सहयोग गर्ने संस्थाहरु तथा व्यक्तिहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।    साधारण सभा तथा २२ औं स्थापना दिवसको अवसरमा मञ्चले १८ औं संस्करणको तयारी थालेको घोषणा गरेको छ भने पुरस्कारको कुल राशी २५ लाख पु¥याउने घोषणा गरेको छ । यसका साथै एथलेटिक्स खेलाडी तथा निर्णायकहरुको उत्पादनका लागि कार्यक्रम अघि बढाउने संगै आफ्नै कार्यालय भवन निर्माणका लागि अघि बढ्ने योजना समेत घोषणा गरेको छ ।   

काठमाडौं:   सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछ।   लिगको ११ औं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुँदैछ ।  जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।   खुमलटार र मनाङको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।   खुमलटार आज चौंथो जितको योजनामा हुनेछ । खुमलटार १० खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ । मनाङ पाँचौं जितको खोजीमा हुनेछ । मनाङ १० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।   रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । जावलाखेल र चर्च ब्वाइजबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।   शीर्ष स्थानको जावलाखेल सातौं जितको खोजीमा हुनेछ । जावलाखेल १० खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चर्च ब्वाइज पाँचौं जित निकाल्न चाहन्छ । चर्च ब्वाइज १० खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।   त्यस्तै च्यासलमा मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । मछिन्द्र र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । मछिन्द्र चौंथो जित निकाल्ने योजनामा रहेको छ । मछिन्द्र १० खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।   फ्रेन्ड्स पनि चौंथो जित निकाल्न चाहन्छ । फ्रेन्ड्स १० खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ 

काठमाडौं:    एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो ।   जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २६ रनमा समेटिएको थियो । ओमानका लागि मोहमद नदिमले सर्वाधिक ६५ रन बनाए ।  यस्तै सन्दीप गोउडले ४६, आयान खानले २९, कस्यप प्रजापतिले २५, फायज बट्ले १९, जतिन्दर सिंहले १५ र अदील साफिक्वीले १३ रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । यस खेलसँगै सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गरेका छन् । ओमानविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले एक दिवसीयमा सर्वाधिक छिटो समयमा सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान रचेका हुन्  ।  उनले ४२ एक दिवसीय खेल्दै एक सय दुई विकेटको आँकडा पूरा गरेका हुन्। यसअघि एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेल खेल्दै सय विकेट लिने खेलाडीको कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो । खानले ४४ एक दिवसीय खेल्दै एक सय विकेट पूरा गरेका थिए । खानले सन् २०१८ मा बनाएको कीर्तिमान सन्दीपले तोडेका हुन् । यस्तै कराण केसीले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशीले एक एक विकेट लिए ।  यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय १० रन बनाएको थियो । नेपालको यो एक दिवसीय इतिहासकै उच्च योगफल पनि हो । नेपालका लागि कुशल मल्लले शतकीय इनिङ्स खेले । दुई ओपनर कुशल भुर्तेल र आशिष् शेखलाई शुन्य रनमा गुमाएको नेपालका लागि मल्लले एक सय आठ रनको सानदार शतकीय इनिङ्स खेलेक थिए ।  उनले ६४ बलमा नौ चौका र १० छक्काको सहयोगमा उक्त रन जोडेका हुन् । यससँगै कुशलले नेपालबाट एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । उनको यो अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो । कुशल समग्रमा एक दिवसीयमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी हुन् । यसअघि पूर्व कप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि शतक हानेका थिए ।  यस्तै सोमपाल कामीले अविजित ६३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४८ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । भीम सार्कीले ३३, आरिफ शेखले २९, करण केसीले अविजित २९, कप्तान रोहित पौडेलले २३ रन बनाए । सन्दीप लामिछानेले आठ र दीपेन्द्रसिंह ऐरी सात रनमा आउट भए ।  बलिङमा ओमानका आयन खानले दुई विकेट लिए । विलाल खान, कालीमुल्लाह, जीसान मक्सुद, फायज बट्, अक्वीब लायस र जतिन्दर सिंहले एक एक विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । ओमानको यो पहिलो हार हो । नेपाल र ओमानको यस खेललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत रहेको छ । ओमान र नेपालबीचको आजको खेल नेपालका लागि ५०औँ एक दिवसीय खेल पनि हो ।  एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।  शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । नेपालले तेस्रो खेल सोमबार साउदी अरबसँग खेल्नेछ । 

काठमाडौं:    नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् । सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे । सन्दीप लामिछानेले ४२ खेल खेल्दै ओडिआईमा १०० विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिँदै उक्त कीर्तिमान बनाएका थिए ।

काठमाडौं:    एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३१० रनको योगफल तयार पारेको हो। नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। विस्फोटक ब्याटिङ गरेका मल्लले ६४ बलमा ९ चौका र १० छक्काको मद्धतमा १०८ रन बनाए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो। यसअघि उनले सर्वाधिक ८१ रन बनाएका थिए। यस्तै नेपालका लागि सोमपाल कामीले अर्धशतकीय पारी खेलेका छन्। उनले ४८ बलमा ९ चौकाको मद्दतमा ६३ रन बनाए। भीम सार्कीले ३३ रन जोड्दा आरिफ शेखले २९ रनको योगदान गरे। कप्तान रोहित कुमार पौडेलले २३ रन जोडे। करण केसी १५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नटआउट रहे । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो । ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेट हात पारे। यसअघि मलेसियाविरूद्धको पहिलो खेलमा नेपालले ६ विकेटको शानदार जित हात पारेको थियो। प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ। एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।

काठमाडौं:    नेपालका बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध कीर्तिमानी विष्फोटक शतक हानेका छन् । कुशलले ५९ बलमा शतक पूरा गरे । कुशलले ९ चौका र ९ छक्कासहित प्रहार गर्दै शतक पूरा गरेका हुन् । स्पिनर अकिब इलियासलाई ३९ औं ओभरको पाँचौं बलमा छक्का हान्दै शतक पूरा गरेका थिए । उनको यो कुनैपनि अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान तोडेका हुन् ।   समग्रमा उनी ओडिआईमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी हुन् । पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखपछि शतक हान्ने खेलाडी हुन् ।

पोखरा: ह्यूस्टन एजुकेसनले ‘सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड-२०७९’ मा उत्कृष्ट प्रशिक्षकतर्फको पुरस्कार प्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा हुने स्पोर्टस् अवार्डलाई सफल पार्न उत्कृष्ट प्रशिक्षकतर्फको पुरस्कार प्रायोजन गर्ने भएको हो । सो सम्बन्धी समझदारी पत्रमा बिहीबार मञ्चका अध्यक्ष दीननाथ बराल र एजुकेशनका तर्फबाट प्रवन्ध निर्देशक पवित्रा थापा मगरविच हस्ताक्षर भएको छ । उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र रहेको छ । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीहरुमाझ लोकप्रिय ह्यूस्टन एजुकेशनले मञ्चको आयोजनामा हुन लागेको अवार्डलाई सफल पार्न सहयोग गरेकोमा अध्यक्ष बरालले आफ्नो क्षेत्रबाट ह्यूस्टनकोे प्रबद्र्धनमा आवश्यक सहयोग गर्ने बताए । ह्यूस्टनका प्रवन्ध निर्देशक पवित्रा थापा मगरले विगतका वर्षहरुबाट मञ्चको आयोजनामा हुँदै आएको अवार्डमा पहिलो पटक सहकार्य गर्ने अवसरमा पाएकोमा आभार व्यक्त गरिन् ।  उनले यसलाई आगमी दिनमा पनि यसलाई निरन्तरता दिने वचन दिइन्  । पोखराको बिपीचोकस्थित ह्यूस्टन एजुकेसनले उच्च शिक्षा अध्ययन गर्न नेपाल बाहिर जान चाहने विद्यार्थीहरुका सहजीकरण गर्दै आइरहेको छ । विशेषगरि ह्यूस्टनमार्फत क्यानडा, अष्ट्रेलिया, यूके, यू।एस।ए, न्यूजिल्याण्ड, आयरल्याण्ड लगायतका देशहरुमा डिप्लोमा, स्नातक, स्नातकोत्तर र रिसर्चमा अध्ययनका लागि अनुभवि प्रशिक्षकहरुद्वारा सहजीकरण हुने गरेको छ । सातौं सस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ । पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाडौं लगायतले सहयोग गर्ने तय भैसकेको मञ्चका सचिव शशी कुमार पौडेलले जानकारी दिए । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको सचिव पौडेलले जानकारी दिए ।