पोखराः हिसान गण्डकीको आयोजनामा पोखरामा भएको प्रथम हिसान फुटसल प्रतियोगिताको उपाधि पोखरा २६ लेखनाथको जुनियर सिटिजन एकेडेमी (जेसिए)ले जितेको छ । कास्की छनौट प्रतियोगिताको फाइलनमा जेसिएले कास्की मोडनाइज एकेडेमीलाई २–१ गोलले पराजित गर्दै उपाधि चुमेको हो । फाइनलमा जेसिएका लागि विकास परियार र विमल चन्द्रले एक एक गोलको योगदान दिए । त्यसै गरी कास्की मोडनाइजका लागि विजय गिरीले एक गोल गरे । आइतबार नै भएको सेमिफाइनल खेलमा कास्की मोडनाइजले करुणनिधि एजुकेसन फाउण्डेसनलाई ५–० गोलले हराउदै फाइनल प्रबेश गरेको थियो । त्यसै गरी जेसिएले सगरमाथालाई ३–२ गोलले हराउदै फाइनल प्रबेश गरेको थियो । विजयी खेलाडीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, उपाध्यक्ष डा रामजी प्रसाद शर्मा, कास्की अध्यक्ष यमबहादुर रोका, प्रतियोगिताका संयोजक सन्तोष पराजुली, सबिन मेमोरियल फुटबल क्लबका अध्यक्ष सन्जय लिगल, प्रदेश खेलकुद परिषद्की सदस्य निर्मला बराल लगाएतले अबिर, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए । प्रतियोगितामा हिसान गण्डकीको सदस्य विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । कास्की जिल्लाबाट ८ टिम छनौट भै प्रदेशस्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन् । छनौट भएका टिममा सगरमाथाका दुई टिम, लिटिलस्टेप, केफ, जेसिए, माउण्ट अन्नपुर्ण, कास्की मोडनाइज, सृजना सेकेण्डरी स्कुल छनोट भएका छन् । कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने उनले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् ।
पोखराः पोखरामा आजदेखि सुरु भएको तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज (आइतबार) भएको खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । गण्डकीले पुलिसलाई २५-२३, २५-२० र २५-१६ ले पराजित गरेको हो । यस्तै आज नै भएको पुरुषतर्फको पहिलो खेलामा विभागिय क्लब नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको छ । पहिलो सेट गुमाएर पनि एपिएफले उत्कृष्ट पूनरागमनका गर्दै एपिएफले २०-२५,२५-२२,२६-२४,२५-१९ ले विजयी भएको थियो । त्रिभुवन आर्मी क्लब गत वर्षको साविक विजेता टोली समेत हो । महिलातर्फको पहिलो खेलमा भने त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । न्यू डायमण्ड स्पोर्टस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै आर्मीले विजयी सुरुवाता गरेको हो । आर्मीले २७-२५, २५-१७ र २५-२३ को सेटमा विजयी भएको थियो । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन । त्यसको ठाँउमा गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्दैछ । महिलातर्फ अर्को टोली एपिएफ रहेको छ । राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ गण्डकी प्रदेश, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ । यस्तै पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ । तेस्रो संस्करणमा पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउन लागेका हो । गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लब र पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधी जितेका थियो । आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको जानकारी दिएको छ । महिलारपुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५÷५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए । त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक/एक खेलाडीले जनही समान नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।
काठमाडौं: नेपालकी सूस्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नुभएको छ । आइबार भएको ४८ केजी तौल समूहको सेमिफाइनलमा सुस्माले मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाउनुभएको हो । फाइनलमा सुस्माले बुधबार ज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग प्रतिस्पर्धा गर्नुहुनेछ । च्याम्पियनसिपमा नेपालबाट तीन पुरुष र तीन महिला गरी ६ खेलाडीको सहभागिता रहेको छ । यस च्याम्पियनसिपमा कम्बोडिया, चीन, इन्डोनेसिया, इराक, काजकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, मलेसिया, मङ्गोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलङ्का, ताजिकिस्तान, आयोजक थाइल्याण्ड, उज्बेकिस्तान र भियतनाम गरी २० देशको सहभागिता रहेको छ ।
काठमाडौँ: ओमानको मस्कटमा जारी २० औँ विश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपाललाई स्वर्ण पदक प्राप्त भएको छ । आज शनिबार सम्पन्न पुरुष ४५ वर्ष माथिको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले भारतीय खेलाडी रजनीश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् । नेपाली जोडीले भारतीय जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले पराजित गर्दै स्वर्ण जितेको मस्कटबाट प्रशिक्षक अनिता महर्जनले जानकारी गराएकी छिन् । नेपाली खेलाडीहरूको हौसला अभिवृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदूत डोरनाथ अर्याल र नेपालीहरूको उपस्थिति रहेको खेलाडी दुलालले जानकारी गराए ।
पोखराः पोखरामा रंशशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आयोजना हुने तेस्रो संस्करणको ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता तयारी पुरा भएको छ । टाइगर ग्रुुप अफ पोखरा नेपालले आज (शनिबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । भोलि माघ ८ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो खेल पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा त्रिभुवन आर्मी क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबको बीचमा हुने टाइगर ग्रुपका सचिव डिबी नेपाली बताए । ‘पोखरा रंगाशालास्थित भलिबल प्रशिक्षणमा तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता तयारी पुरा भएको छ, पहिलो खेल त्रिभुवन आर्मी क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबको बीचमा हुनेछ भने उद्घाटन खेल पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबको बीचमा हुनेछ ।’ नेपालीले भने । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना माघ ८ देखि १४ गते सम्म पोखरामा रंगशालामा हुने प्रतियोगितामा महिला ४ र पुरुषतर्फ ५ टिम गरी ९ टिमको सहभागिता रहेका संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताए । ‘तेस्रो संस्करणको टाइगर कपमा महिला र पुरुषतर्फ ५/५ टिमको सहभागिता हुने अन्तिम टुङ्गो लागेको हो, शर्माले भने, ‘महिला तर्फ नेपाल पुलिस क्लबको खेलाडी घाइते भएको भन्दै सहभागिता नहुने र भारतको महिला टिम नआउने भएकाले महिला तर्फ गण्डकीको सहभागितासँगै ४ र पुरुष तर्फ ५ समुहको सहभागिता रहनेछ ।’ राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ गण्डकी प्रदेश, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ । यस्तै पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ । तेस्रो संस्करणमा पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउन लागेका हो । गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लब र पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधी जितेका थियो । आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको जानकारी दिएको छ । महिलारपुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५÷५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए । त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५÷२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०÷१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई थप आकर्षण बनाउनका र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी यो पटक विशेष प्रकारको प्यारापिट निर्माण गरिएको आयोजकले बताएको छ । प्रतियोगितामा वृद्ध/वृद्धाहरुलाई खेल हेर्न छुट्टै व्यवस्थाका साथै प्रतियोगिता स्थलमा एलइडि स्क्रिन, डिजिटल स्कोर बोर्डको व्यवस्था गरी प्रविधिलाई पनि अन्तर्राष्ट्रियस्तर कै बनाउने प्रयास गरेको आयोजकले जनाएको छ । खेल अवलोकन गर्न सेमिफाइनल र फाइनलमा ३ सय र बाँकी खेलमा २ सय शुल्क निर्धारण गरेको आयोजकले जनाएको छ ।
पोखरा: बुद्धटोल युवा क्लबले आगामी माघको तेस्रो साता १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी २२ गते देखि फागुन २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने आज ९शनिबार० आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको बताए । उनले क्लबका सल्लाहकार स्वर्गीय विरेन गुरुङको स्मृतिमा विगतमा चैत्रमा प्रतियोगिता आयोजना गरिदै आएको बताउदै यसपटक स्व। गुरुङको जन्मदिनको दिनदेखि सुरु गरिने जानकारी दिए । ‘हाम्रो क्लबको सल्लाहकार हुनुहुन्थ्यो स्वर्गीय विरेन दाई, प्रतियोगिता उहाँको स्मृतिमा चैतमा आयोजना गर्दै आएका थियौ, अध्यक्ष थापाले भने, ‘चैत्रमा हावाहुरी र पानी पर्ने भएकाले दाईकै जन्मदिन पारेर प्रतियोगिता माघमा सारेका छौं ।’ उनले सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६/६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिनेछ । सो प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने र प्रतियोगिता सञ्चालनका लागि करिब २३ लाख खर्च हुने आयोजकले जनाएको छ ।
म्याग्दी: म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरी गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो । प्रतियोगितामा धवलागिरी गाउँपालिकालार्ई २५–२२, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिका प्रथम हुन सफल भएको हो जिल्ला भलिबल सङ्घ म्याग्दी अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ रुपियाँ र दोस्रो हुनेले ३३ हजार ३३३ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । सातौं म्याग्दी महोत्सव एवम् माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
पोखराः पोखराको पुरानो टुँडीखेल मैदानमा मंगलबारबाट“प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता”सुरु भएको छ । उद्घाटन खेलमा बगर भाई खलकले गण्डकी स्पोर्टस क्लवलाई ५-१ को भारी गोल अन्तरले पराजित गरेको हो । उक्त खेलमा भाई खलकका लागि सुजन शाक्यले ह्याट्रिक गर्दै खेलको म्यान अफ दि म्याच घोषित भए । त्यसै गरी अर्को खेलमा दिप युनाइटेडले एक्स वारियर पोखरालाई ३-१ ले पराजित गर्यो। खेलमा अर्जुन गुरुङ, अन्तिम गुरुङ र अशिम बजिमयले समान १–१ गोल गरे भने एक्स वारियरका तर्फबाट किशोर देव थापाले गोल फर्काए । प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले गरेका यिए ।प्रमुख आचार्यले अग्रज फुटबल खेलाडी खेम बहादुर गुरुङलाई सम्मान गरेका थिए । सो अवसरमा विभिन्न महानुभावहरुले ग्रासरुट फुटबल प्रशिक्षणका लागि स्थापना गरिएको अक्षयकोषका लागि नगद सहयोग गरेका थिए । स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम भन्ने नाराका साथ सुरु भएको “प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” माघ ८ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ट्रफी सहित नगद ५ हजार प्रत्येक उत्कृष्ट खेलाडीले प्राप्त गर्ने छ । सेमिफाइनलमा पुग्ने दुइ टिमलाई २०र२० हजार आयोजकले उपलब्ध गराउने बताएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने छ
पोखराः पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले पोखरा म्याराथन सफल बनाउन पोखरा महानगरले अपनत्व लिने बताएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १७ औं संस्करणको पोखरा म्याराथन सफल बनाउने सन्दर्भमा आयोजित अन्तक्रिया कार्यक्रममा मेयर आचार्यले उक्त कुरा बताएका हुन् । उनले भने–“पोखरा म्याराथन पोखरा महानगरको आफ्नै कार्यक्रम हो । यसलाई सफल बनाउन पोखरा महानगरले सहकार्य संगै आवश्यक कार्यहरु पुरा गर्नेछ ।” पोखरा म्याराथनले १६ औं सस्करण पुरा गरिसकेकोले पनि यसको आफ्नै गरिमा रहेको बताउँदै मेयर आचार्यले धेरै भन्दा धेरै पोखरेलीहरुलाई सहभागि गराउन सबै वडाहरुले तदारुकताका साथ अधि बढाउन पनि आफूले निर्देशन दिने बताउँदै पोखरा म्याराथनका रुटहरुको समेत मर्मत गराउनेतर्फ आफ्नो पहल हुने बताए । महानगर संग भगिनी सम्वन्ध रहेका मुलुकका खेलाडीहरुलाई निमन्त्रणा गर्ने संगै नेपालका अन्य शहरहरुका मेयरहरुलाई समेत निमन्त्रणा गर्ने गरी पोखरा महानगरले पत्राचार गर्ने मेयर आचार्यले बताए । सो अवसरमा आफ्ना भनाई राख्दै मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरामा खेल संस्कृतीको विकास एवं प्रवद्र्धन गर्न पोखरा म्याराथनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै पोखरा महानगरले अपनत्व ग्रहण गरेमा यसले थप उचाई प्राप्त गर्ने बताए । हालै मात्र पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाए संगै पोखरा म्याराथनको चर्चा अन्तर्राष्ट्रियस्तरमा मात्रै नभई अन्तर्राष्ट्रिय धावकहरुको समेत ध्यनाकर्षण हुन थालेको उनले उल्लेख गरे । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिकाका उपमेयर मञ्जु देवी गुरुङ, विभिन्न वडाका वडा अध्यक्षहरु, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, सल्लाहकारहरु महोश गुरुङ, अग्रज पत्रकार नारायण कार्की लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो । १७ औं सफल पोखरा म्याराथन आगामी फागुन ६ गते शनिबार हुँदैछ । पोखरा रंगशालाबाट सुरु हुने पोखरा म्याराथनले पोखरा महानगरका १ देखि १७ नं वडाहरुको रुटमा आयोजना हुने गर्दछ । पोखरा म्याराथन अन्तर्गत ४२.१९५ किमि, २१ किमि, १० किमि, ५ किमि, ह्विल चियर र दृष्टिविहिन दौड हुनेछन् । पोखरा म्याराथन खुलातर्फ यस वर्ष ५ लाख नगद पहिलो पुरस्कार रहेको छ ।