पोखरा:   पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ ।  लामा अमृत फाउण्डेशन ...

पोखरा:   स्पेनिस बि डिभिजन क्लब कासेरेन्यो सीपीले गण्डकी ११लाई ३–० ले पराजित गरेको छ ।    पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा कासेरेन्यो खेलाडी कारमेलो,  बेरमु र स्पेनका पूर्व राष्ट्रिय खेलाडी माइकल कारलेरोले एक–एक गोल गर्दै जित हासिल गरेका थिए ।   कारमेलोले २३ औं मिनेटमा, माइकलले ३५ औं मिनेटमा र दास्रो हाफ इन्जुरीको समयमा बेरमुले तेस्रो गोल गर्दै जित सुनिश्चित गरका हुन् ।  गण्डकी ११ को टिमलाई अनिल गुरुङले कप्तानी गरेका थिए । गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ पनि मैदान उत्रिएका थिए । उनी डिफेन्डरको जिम्मेवारी सम्हाल्दै खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गरेको खेलमा सहभागी हुन ५५ जनाको टोली पोखरा आएको थियो । उक्त टोलीले बिहीबार काठमाडौं(११ सँग काठमाडौं दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछन् ।

पोखराः    पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” दोश्रो दिन पनि जारी रहेको छ ।  कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा जारी रहेको हो ।  पौष १५ गते सम्म सञ्चालन भएको उक्त प्रतियोगिताको दोश्रो दिन मेन्स सिंगल्स र भेट्रान्सतर्फका प्रतिस्पर्धाहरु जारी रहे संगै ५५ वर्ष भन्दा माथीको क्वाटर फाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् ।  मेन्स सिंगल्स ओपन जारी प्रतियोगिता अन्तर्गत दोश्रो दिन मेन्स सिंगल्स ओपनतर्फका खेलहरु सुरु भएका छन् । प्रतियोगितामा पेमा नोर्वुले देवाशिस रेयूललाई ६–१, ६–० ले, निर्मल मगरले मनोज महर्जनलाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दा अकि जुवेन रावतले प्रितम परियारलाई ६–०, ६–१ ले पाखा लगाए । त्यस्तै नेहाल जेवी थापाले नवराज शर्मालाई ६–१, ६–१ ले, निजेज महर्जनले प्रशिद्ध मोक्तानलाई २–६, ६–३, ६–३ ले पराजित गरे । त्यसै गरी उग्यान शेर्पाले कुमार जिशीलाई ६–१, ६–० ले, आयुष्मान घलेले बिबेक मगरलाई ६–४, ६–१ ले, अभिनव आचार्यले विष्णु नेपालीलाई ६–२, ७–५ ले, सौगात विकले गोविन्द नेपालीलाई ६–४, ६–२ ले पराजित गरे । त्यस्तै राजविर प्रधान र आशिष खड्का वाक ओभर पाउँदै दोश्रो चरणमा प्रवेश गरेका छन् ।  मेन्स डबल्स ओपन प्रतियोगिता अन्तर्गत मंगलबार मेन्स डबल्स ओपन तर्फका खेलहरु सुरु भएका छन् । प्रतियोगिताको पहिलो दिन सौगात बिक र आशिष खड्कका जोडी, प्रनभ र गोविन्दको जोडी, शक्षम शाह र प्रितमको जोडी, आयूष घले र पेमा नोर्वुको जोडीले आ–आफ्नो खेल जितेका छन् ।  मेन्स ४५ वर्ष माथी सिंंगल्स/डबव्स मेन्स ४५ वर्ष माथी सिंंगल्सतर्फको खेलमा सिजर गुरुङले हुम आलेलाई ६–२, ६–१ ले पराजित गर्दा र प्रदिप शाह वाक ओभर पाउँदै दोश्रो चरणमा प्रवेश गरेका छन् । त्यसै गरी ४५ वर्ष माथी मंगलबार ७ खेलहरु सम्पन्न भएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत निमा र टिटि सिंहको जोडी, राजु श्रेष्ठ र यज्ञ भण्डारीको जोडी, पदम र हुम आलेको जोडी, आशिष र सिजर गुरुङको जोडी, गोपी भट्टराई र सूर्य भूजेलको जोडी, शरण र विकासको जोडी बिजयी भएको आयोजकले जनाएको छ ।  मेन्स ५५ वर्ष माथी सिंगल्स/डबल्स ५५ वर्ष माथीको सिंगल्सतर्फ स्पर्धामा ध्रुर्व गुरुङले काजी गुरुङलाई २–६, ६–१ र १२–१० को सेटमा संघर्षपूर्ण खेलमा परजित गरे भने अनिल तुलाचनले राजकुमार गुरुङलाई पहिलो सेटमा ६–३ ले जिते पनि तुलाचन रिटयार्ड हर्ट हुँदै खेलबाट बाहिरिएका छन् । त्यस्तै भारतिय खेलाडी एन दिलिपले युकेका खेलाडी वाल्टर स्मिथलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दा बाबु कार्कीले वाक ओभर दिंदा कर्ण तामाङ खेलमा विजयी हुँदै अघि बढेका छन् ।  त्यस्तै समिर शेरचनले राजेन्द्र घिमिरेलाई ६–२, ६–१ ले, कृष्ण राज घलेले सुरेन्द्र माकाजुलाई ६–०, ६–१ ले, उत्तम शेर्पाले डियोनमलाई ५–७, ६–१, १०–४ को सघर्षपूर्ण खेलमा पाखा लगाउँदा प्रदिप शाहले बिनोद कायस्थलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्न सफल रहे ।   प्रतियोगिता अन्तर्गत ५५ वर्ष माथी मेन्स डबल्समा कमल र चाम्वा ढुन्ढुपको जोडीले राजु श्रेष्ठ र उत्तमलामालाई ६–३, ६–५ ले, अनिल तुलाचन र बिनोद कायस्थको जोडीले विदुर विष्ट र काजी गुरुङको जोडीलाई ६–३, ६–२ ले, हिमाल शाह र बिमल गुरुङको जोडीले मनोज र ध्रुर्ब घलेको जोडीलाई ६–०, ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।   ३५ वर्ष माथी डबल्स  जारी प्रतियोगितामा ३५ वर्ष माथी ८ खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत कमल र यज्ञ, अनुज बास्तोला र नविन श्रेष्ठको जोडी, मिन पुन र मलिन गर्वुजाको जोडी, राजन पौडेल र लक्ष्मणको जोडी, समिर र अनिलको जोडी, जितेन्द्र र चेवाङ लामाको जोडी, सञ्जय र अनिलको जोडी, सन्तोष र सिमन्तको जोडीले आ–आफ्नो खेल जित्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।  जारी प्रतियोगितामा ६५ वर्ष माथी सिंगल्समा विष्णु गुरुङले इन्द्र कार्कीलाई तेसतेन नोर्गायलले विकाश रानालाई पराजित गरेको जिल्ला टेनिस संघ कास्कीले जनाएको छ ।  प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरबाट आएका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो ।  प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्ष माथी मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्ष माथी सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथी सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्ष माथी सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिएका छन् । प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ । 

पोखराः  सहारा क्लब पोखराले आयोजना गर्ने २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको  तयारी पुरा भएको छ । क्लबले आज (मंगलबार)  पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशवराज बरालले बताए ।  ‘२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता पुष १४ देखि २३ सम्म सञ्चालन हुदैं छ, बरालले भने, प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी १० टिमको सहभागिता रहनेछ । यस पटक पुरस्कार राशीमा बृद्धि गरी १२ र ६लाख पु¥याएका छौं ।’ उनका अनुसार प्रतियोगिताको पुरस्कारमा २ लाख थप गरी प्रथम पुरस्कार १२ लाख र द्धितिय पुरस्कारमा १ लाख थप गरी ६लाख कायम गरिएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले २५ हजार, म्यान अफ दि म्याच प्रत्येक खेलमा ८ हजार र फाइनल खेलमा १० हजार, निष्पक्ष खेलाडी टिमलाई १० हजार पुरस्कार कायम गरेको छ ।  प्रतियोगितामा पहिलो संस्करण देखि नै मुख्य प्रायोजकमा रहँदै आएको हिमश्री फुड्स प्रा.लिले थप दश वर्ष सम्झौता गरिसकेको छ ।   प्रतियोगितामा कुल आम्दानी १ करोड ५९ लाख ५० हजार र खर्च १ करोड १३ लाख ५६हजार खर्च हुने अनुमान गरेको छ, भने करिव ४५ लाख ९४ हजार बचत हुन अनुमान गरेको छ । बचत भएको रकमले संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए । एकेडेमीमा तेस्रो व्याचका १० जिल्लाका १३ जना प्रशिक्षार्थी रहेका छन् ।  प्रतियोगिता अवलोकन गर्न आयोजकले प्रि र क्वाटरफाइनलमा १ सय, सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय कायम गरेको छ । भने भिआईपी तर्फको प्याराफिटमा प्रि र क्वाटरफाइनलमा २ सय, सेमिफाइनलमा ४ सय फाइनलमा ५ सय टिकटको दर कायम गरेको छ । प्रतियोगिता अवधिभर सिजनल टिकट रु २ हजार राखेको छ ।  पुष १४ देखि २३ गतेसम्म सञ्चालन हुने २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल, संकटा क्लब, चर्च ब्बाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, आयोजक सहारा क्लब र विदेशी क्लबमा भुटानी युवा खेलकुद क्लब मिनेसोटा संयुक्त राज्य अमेरिका रहेको छ ।  २१ औं संस्करणको प्रतियोगितामा नेपाल एपिएफ क्लब विजेता र मनाङ मस्याङ्दी क्लब उपविजेता भएका थिए ।  सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई  सहारा क्लबले प्रदान गर्दै आएको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलिका टिम सदस्य अनन्त तामाङलाई प्रदान गर्ने भएको छ ।  २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा खेलाडी तामाङलाई सम्मान गर्ने क्लबका महासचिव अधिकारीले बताए ।  यसअगाडी क्लबले भरत खवास, किरणकुमार चेम्चोंग, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्टलाई पुुरस्कृत गरी सकेको छ । पुरस्कार राशीमा रु १५ हजार ५ रुपैयाँ थप गरी ५० हजार ५ रुपैयाँ पु¥याएको छ ।   

पोखराः   नेपाल खेलकदु महासंघले प्रदेश खेलकुल परिषद् गण्डकीको रिक्त सदस्य सचिवको नियुक्ती प्रक्रिया रोक्न युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश मार्फत मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।   महासंघले आज (मंगलबार) युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीलाई प्रेस विज्ञप्ती बुझाउँदै सदस्य सचिवको नियुक्त रोक्न ध्यानाकर्षण गराएको हो ।  महासंघका अध्यक्ष विष्णु पुनले सचिव अधिकारीलाई विज्ञप्ती बुझाउँदै काम चलाउ सरकारले नियुक्ती प्रक्रिया जस्तो कार्य गर्न नपाउने र यस्तो निर्णयले विधीको शासनको धज्जी उडाएको बताए ।   ‘प्रदेश खेलकुद नियामवली २०७८ विपरित प्रदेश खेलकुद परिषद् सदस्य सविचको  नियुक्ती प्रक्रिया तत्काल रोक्न आग्रह गरेका छौ, नेपाल खेलकुद महासंघले गरेको अपिललाई वेवास्ता गरे आन्दोलनका कार्यक्रम घोषणा गछौं ।’ अध्यक्ष पुनले भने ।    गण्डकी प्रदेश सरकारले रिक्त सदस्य सचिव पदका लागि गत पुस ६ गतेको मन्त्री परिषद निर्णय गरेको थियो । सोही निर्णयका आधारमा यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले एक साताको म्याद राखेर दरखास्त आह्वान समेत गरिसकेको छ । दरखास्त आह्वानको म्याद आज (मंगलबार) सकिएको छ ।  प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको ६० वर्षे उमेर हदका कारण गत कार्तिक २४ गते पदावधी सकिए पछि आगामी चार वर्षका लागि प्रदेश सरकारले नियूक्ति प्रक्रिया अघि बढाएको थियो । प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद ४ को उपदफा १७ को ३ बमोजिम सदस्य सचिव नियूक्ति गर्ने प्रावधान रहेको छ । सोही परिच्छेदको उपदफा ३ बमोजिम प्रदेश सरकारले यूवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा मन्त्रालयको सचिव र एक जना विशेषज्ञ सहित तिन सदस्यिय सिफारिस समिति गठन गर्ने प्रावधान रहेको छ । सिफारिस समितिको संयोजकमा यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, सचिव बद्रिनाथ अधिकारी रहेका छन् भने खेल विज्ञको रुपमा हरिप्रसाद पराजुली रहेका छन् । पराजुली नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत हुन् । परिषदको सदस्य सचिव नियूक्तिका लागि ३० वर्ष उमेर पुरा भएको, स्नातक तह अध्ययन पुरा भएको र ६० वर्ष ननाघेको हुनुपर्ने खेलकुद विकास ऐनमा उल्लेख छ ।

काठमाडौं:  लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा लुम्बिनीले पोखरा रेन्जर्सलाई तीन विकेटले हरायो । जितका लागि एक सय ३४ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ रन बनाउनुभयो । शाड्ली भान शाल्कविकले ३१, उन्मुक्त चन्दले २२ र अनिल शाहले १९ र गुलसन झाले १० रन बनाउनुभयो । बलिङमा पोखराका विपिन खत्री र कुशल मल्लले दुई दुई तथा प्रतिश जिशी, अभिमन्यु मिथुन र जाहिर खानले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले सर्बाधिक ६१ रन बनाउनुभयो । उस्तै उपुल थरंगाले ४२ रन जोड्दा अन्यले खेलाडीले दोहारो रन जोड्न सकेनन् । बलिङमा लुम्बिनीका शाड्ली भान शाल्कविकले तीन विकेट लिनुभयो । किशोर महतो र गुलसन झाले दुई दुई विकेट लिनुभयो । तेस्रो जितसँगै ६ अंक बनाएको लुम्बिनी शीर्षस्थानमा छ । तीनवटै खेलमा पराजित पोखरा अंकविहन बन्दै अन्तिममा छ । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताका ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । 

काठमाडौं: कतार विश्वकप फुटबलका कारण रोकिएको इङ्लिस प्रिमियर लिग फुटबल सोमबारदेखि सुरु भएको छ । सोमबार राति भएको खेलमा शीर्षटोली आर्सनल र लिभरपुलले सहज जित निकालेका छन् । घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेस्ट हामलाई ३—१ गोलले हरायो । अर्को खेलमा लिभरपुलले एस्टन भिल्लालाई उसैको मैदानमा ३–१ गोलले नै स्तब्ध बनायो । आर्सनलको जितमा बुकायो साका, गाब्रियल मार्टिनेली र इडवार्ड एनकेइटाले गोल गर्नुभयो । वेस्ट हामका सेड बेनरहमाले सान्त्वना गोल गर्नुभयो । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले १५ खेलबाट ४० अङ्क बनाएको छ । पराजित वेस्ट हाम १४ अङ्कसहित १६औं स्थानमा छ ।  यसैगरी लिभुपुललाई जिताउन मोहम्मद सलाह, भर्जिल भान डाइक र स्टेफन बाजसेटिकले गोल गर्नुभयो । एस्टन भिल्लाका ओली वाट्किन्सले सान्त्वना गोल फर्काउनुभयो ।  जितसँगै लिभरपुल छैटौं स्थानमा छ । लिभरपुलले १५ खेलबाट २५ अङ्क बनाएको छ । पराजित एस्टन भिल्ला १८ अङ्कसहित १२औं स्थानमा छ ।  अन्य खेलहरुमा ब्राइटनले साउथह्याम्पटनलाई ३–१, न्युक्यासल युनाइटेडले लेस्टर सिटीलाई ३–०, वल्भ्सले एभर्टनलाई २–१ र फुलहामले क्रिस्टल प्यालेसलाई ३–० गोलले हराएको छ । टोट्टनहाम र ब्रेन्टफर्डले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी 

पोखरा:   पृथ्वीनारायण क्याम्पसमा अन्तर संकाय सप्ताहव्यापी खेलकुद प्रतियोगिता जारी रहेको छ ।  प्रतियोगिताको दोस्रो दिने निबन्ध लेखन र कविता लेखन सम्पन भएको छ । निबन्ध लेखनमा ३० जना र कविता लेखनमा २२ जनाले सहभागिता जनाएका थिए ।  कविता लेखन तर्फ मानविकी संकायका तारानाथ पराजुली प्रथम, शिक्षा संकायका रोजिना घिमिर द्धितिय,  व्यवस्थापन संकायका सम्झना सार्की,विज्ञान संकायका विवेक सापकोटा  तृतिय र कानुन संकायका अभिषेक रेग्मीले सान्तवना भने निबन्ध लेखन तर्फको नतिजा समापन कार्यक्रमको दिन प्रकाशन गरिने कार्यक्रम संयोजक शोभाकान्त गौतमले बताए ।    यस्तै क्याम्पसमा अन्तर संकाय स्तरीय फुुटबल, भलिबल र बास्केट प्रतियोगिताहरु समेत सञ्चालन भएको छ ।  फुटबल फुटबलतर्फ क्वाटरफाइनल खेलको पहिलो खेलमा विविए संकायले पहिलो जित निकालेको छ । क्याम्पसको फुटबल मैदानमा भएको खेलमा विज्ञान संकायलाई ६–५ गोलको अन्तरले पराजित गदै सेमिफाइनल प्रवेश गरेको छ ।  दोस्रो खेलमा मानविकी संकायलाई पराजित गर्दै विविएस संकाय (राहुल)को समूह सेमिफाइनल प्रवेश गरेको छ । मानविकी संकायलाई ५–१ गोलले पराजित गर्दै विविएस सेमिफाइनल प्रवेश गरेको हो ।  यस्तै तेस्रो खेलमा विविएस संकाय (अशोक समूह) विजयी भएको छ । विसिए संकायलाई ५–० गोलको अन्तरमा पराजित गर्दै विविएस संकाय (अशो समूह) सेमिफाइनल प्रवेश गरेको छ । यस्तै अन्तिम खेलमा विविए संकाय विजयी भएको छ । विएड संकाय र कानुन संकायबीच भएको खेलमा ४–१ गोलको अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । फुटबल तर्फको सेमिफाइनल खेल पुष १३ गते सञ्चालन हुने क्याम्पस प्रशासनले जनाएको छ ।   भलिबल  यस्तै छात्र भलिबल प्रतियोगिताको पहिलो खेलमा शिक्षा संकायलाई पराजित गदै विविए संकाय विजयी भएको छ । विविएले २५–१७ र २५–१७ को अङ्कमा पराजित गरेको छ ।  दोस्रो खेलमा विज्ञान र व्यवस्थापन संकायबीच भएको खेलमा विज्ञान संकाय विजयी भएको छ । विज्ञान संकायले २५–२०, १५–२५ र २५–१० अङ्कले पराजित गरेको हो ।  तेस्रो खेलमा विविए र विएड संकायबीचको खेलमा विएड संकाय विजयी भएको छ । विएडले २५–१८ र २५–१२ को अङ्कले पराजित गरेको छ ।  बास्केटबल  बास्केटबल तर्फ पहिलो खेलमा विविए र कानुन संकाय बिच ६३–२४ नम्बरका साथ विविए संकायले पहिलो जित निकालेको छ ।  दोस्रो खेलमा विज्ञान र शिक्षा संकाय बिच ५२–५३ नम्बरले शिक्षा संकाय, तेस्रो खेलमा विए र विविएस बिच २८–२७ नम्बरका साथ विविएस संकाय, चौथो खेलमा विसिए र विविएस बिच ४१–४० नम्बरले विविए संकाय र पाचौँ खेलमा विविएस र विज्ञान संकाय बिच ३५–२३ ले विविएस संकाय विजयी भएको छ ।  बाँकी खेलहरु मंगलबार सञ्चालन हुने क्याम्पसले जनाएको छ । पुष १० देखि सुरु भएको प्रतियोगिता पुष १४ गतेसम्म सञ्चालन हुनेछ ।                     

पोखराः   पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सुरु भएको छ ।  कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको हो । पौष १५ गते सम्म सञ्चालन भएको उक्त प्रतियोगिताको पहिलो दिन भेट्रान्सतर्फका ५१ स्पर्धाहरु सम्पन्न भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् ।  सोमबार सुरु भएको प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथी सिंगल्स र डबल्स स्पर्धाहरु सम्पन्न भएका छन् । प्रतियोगितामा ४५ वर्ष माथी सिंगल्समा प्रदिप शाहले विरेन्द्र लामा ६–०, ६–२ ले, सिजर गुरुङले राम बहादुर विकलाई ६–१, ६–४, मिन पुनले पदम गुरुङलाई १–६, ६–१ र १०–३ ले, शरण गुरुङले मनिष श्रेष्ठलाई ६–१, ६–४ ले, आशिष सिग्दलले अनुजा बास्तोलालाई ७–६, ६–४ ले, अमृत रोक्काले देव थापालाई ६–०, ६–१ ले पराजित गरे । त्यस्तै उत्तम वोगोटीले राजेन्द्र चापागाई लाई ६–४,६–१, रोहित सुनुवारले केबी लामालाई ६–१, ६–० ले, ठाकुर खनालले भिष्मराज पौडेललाई ७–६, ५–७, १०–७ ले, सुनिल श्रेष्ठले नारायण पाहारीलाई ६–१, ६–४ ले पराजित गर्दा शिव सुवेदीले एमडी यूनसलाई वाक ओभर दिएका छन् । त्यसै भारतका टि तुलेश्वर सिंहले नेपालका मनोज श्रेष्ठलाई ६–०, ६–१ ले, माधव भण्डारीले अर्जुन गुरुङलाई ६–३, ६–३ ले, महेश श्रेष्ठले युेका वाल्टर स्मिथलाई ६–०, ६–० ले, गोपी भट्टराईले विकाश गुरुङलाई ६–४, ६–२ ले पाखा लगाउँदा बिमल गुरुङले मनोज ढुङ्गानलाई वाक ओभर दिएका छन् ।  प्रतियोगिता अन्तर्गत नै सोमबार भएको ३५ वर्ष माथीको खेलमा सन्तोष खत्रीले दिपराना लाई ६–३, ६–१ ले, माधव भण्डारीले मनोज श्रेष्ठलाई ६–१, ६–१ ले, निरज थापाले प्रकाश राज वाग्लेलाई ७–५, ६–३ ले, जितेन्द्र परियारले नविन श्रेष्ठलाई ६–१, ६–१ ले, कमल भण्डारीले सरिन देउजालाई ६–०, ६–१ ले, देव क्षेत्रीले मिलन गर्वुजालाई ६–२, ६–३ ले, चेवाङ लामाले सविर मियाँलाई ६–०, ६–१ ले, चोम बहादुर शाहीले नवराज शर्मालाई ७–६, ६–१ ले, सम्दुप लामाले अनिल सेञ्चुरीलाई ६–३,  ६–४ ले र सिमन्त गुरुङ लक्ष्मण तामाङलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् ।  ५५ वर्ष माथीको सिंगल्सतर्फ पहिलो चरणको स्पर्धामा काजी गुरुङ, अनिल तुलाचन, एन दिलिप सिंह, कर्ण तामाङ, बिनोद कायस्थ, समिर शेरचन, सुरेन्द्र माकाजु र डियोनम लामाले आ–आफ्नो खेल जितेको टुर्नामेण्ट डाइरेक्टर पौडेलले जानकारी दिए ।  यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटन प्रवद्र्धनमा खेलकुदको महत्व अहम हुने बताए । उनले भने–“खेलकुदले स्वास्थ्य संगै शारिरीक सुगठनका लागि मात्रै नभई पर्यटनका लागि समेत यसको महत्व उत्तिकै छ ।” मेयर आचार्यले कास्की टेनिसले पोखराको खेलकुद संगै पर्यटन प्रवद्र्धनमा समेत उत्तिकै महत्वका साथ अघि बढेको बताउँदै प्रशंसा समेत गरे ।  कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल टेनिस संघका उपाध्यक्ष तथा कास्की टेनिसका संस्थापक बिनोद कायस्थ, कास्की टेनिसका उपाध्यक्ष नविन चालिसे, सचिव नविन श्रेष्ठ, सदस्य मोनिका थापाले समेत कास्की टेनिसलगायत प्रतियोगिताको महत्व माथी प्रकाश पारेका थिए ।  प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरबाट आएका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो ।  प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्ष माथी मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्ष माथी सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथी सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्ष माथी सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिएका छन् । प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ । 

पोखराः    गण्डकी प्रदेश पुरुष भलिबल टिमका प्रशिक्षक रमेश केसी सम्मानित भएका छन् ।  गण्डकी प्रदेश भलिबल संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा संघले गण्डकी प्रदेशको भलिबल गण्डकी प्रदेश भलिबलको विकासमा योगदान पुयाएका केसीलाई प्रदेशको प्रशिक्षकमा नियुक्त भएको भन्दै सम्मान गरेको हो । उनलाई गण्डकी प्रदेशमा नवनिर्वाचित प्रदेश सांसद प्रकाश बरालले सम्मानपत्र तथा दोसल्ला अर्पण गरे । सो अवसरमा बोल्दै बरालले गण्डकी प्रदेश भलिबलको शिर उचो बनाउनतर्फ सधै अग्रसर हुन आग्रह गरेका थिए ।  गण्डकी प्रदेश पुरुष भलिबल टिमको प्रशिक्षक सम्हालीरहेका केसीलाई गण्डकी खेलकुद परिषद्ले गण्डकी प्रदेश भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।