पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् ।  पोखरा–३ नदिप...

पोखरा:  क्रिकेट एसोसियशन अफ नेपाल (क्यान) ले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र युएकईबीच हुने खेलका लागि सबै टिकट विक्री भइसकेको जानकारी दिएको छ ।   क्यानले आधिकारिक फेसबुक पेजमा सुचना जारी गर्दै आज (बिहीबार) हुने खेलको सबै टिकट विक्री भइसकेको जनाउदै नेपाली टिमलाई घरघरबाटै साथ दिन आग्रह गरेको छ । साथै क्यानले ३० हजार बढी दर्शक ग्राउण्डमा पुगिसकेकोसमेत जनाएको छ  ।   टियु क्रिकेट मैदानमा यतिबेला युएईविरुद्ध नेपालले टस हार्दै नेपालले फिल्डिङ गर्नेछ ।   

काठमाडौं:  प्यालेस्टाइनमा सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली मङ्गलबार बिहान स्वदेश फर्किएको छ ।   छनोट खेलको समूह ‘बी’ मा रहेको नेपालले लगातार दुई खेल जित्दै दोस्रो चरणमा स्थान बनाएको छ । नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० र दोस्रो खेलमा नर्दन मारियानालाई  पनि ६–० गोलले हराएको थियो ।   यस समूहबाट संयुक्त अरब इमिरेट्स (युएई) ले अन्तिममा नखेल्ने घोषणा गरेको थियो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले स्वागत गरेका थिए ।   पहिलो चरणबाट आठ समूहका शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ तारिखसम्म हुनेछ । दोस्रो चरणमा नेपालसहित चीन, अष्ट्रेलिया, लेबनान, चाइनिज ताइपेइ, भियतनाम, म्यानमार र इरान प्रवेश गरेका छन् ।   दोस्रो चरणमा प्रवेश गरेका आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । यसबाट उत्कष्ट चार टोलीले सन् २०२४ मार्च ३ देखि १६ तारिखसम्म उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन् ।   आयोजक उज्वेकिस्तानसहित सन् २०१९ को विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टोली छनोट भइसकेका छन् ।

काठमाडौं: आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई नौ विकेटले हरायो ।    जितका लागि ९६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा एक विकेटको क्षतिमा एक सय रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।   नेपालका लागि ओपनर आशिफ शेखले अविजित ५३ रन बनाउनुभयो । कुशल भुर्तेलले ३३ र कुशल मल्लले अविजित १२ रन बनाउनुभयो । बलिङमा पीएनजीका चाद सोपरले एक विकेट लिनुभयो ।    यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पीएनजीले ३२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन मात्र बनाएको थियो । पीएनजीका लागि कप्तान असाद भालाले २० रन बनाउनुभयो । सेसे बाउले १८, चाल्स अमिनीले १६, हिरि हिरिले १४ र चाद सोपरले अविजित आठ रन बनाउनुभयो ।    पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिनुभयो । सन्दीपले १० ओभर बलिङ गर्दै  २५ रन खर्चिएर पाँच विकेट लिनुभएको हो । उहाँ प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै ललित राजवंशी र कुशल मल्लले दुई दुई तथा सोमपाल कामीले एक विकेट झार्नुभयो ।    यस सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रन र दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराएको थियो । जितसँगै चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अङ्क बनाएको छ ।    समान खेलबाट ११ अङ्क बनाएको पीएनजी तालिकाको अन्तिममा छ । लगातार जितसँगै नेपाल विश्वकप छनोट खेलबाट अब एक खेलमात्र टाढा रहेको छ ।   नेपालले अब लिगकै अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएमा आगमी जुन–जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।    यसअघि आइतबार युएईलाई हराएर लिगको चौथो स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाएको नेपाललाई लिगको तेस्रो स्थानमा रहन अब पुनः युएईलाई हराउनु पर्ने बाध्यता छ । नेपालले सिरिजको अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । ३४ खेलबाट ३१ अङ्क बनाएको युएई छैटौँ स्थानमा छ ।    सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । नेपालको लगातार जितले नामिबियालाई थप झस्काएको छ ।    ३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा झरेको छ ।आइतबार नेपालले युएईलाई हराएपछि अमेरिका पाँचौँ स्थानमा झरेको हो । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।  

काठमाडौं: सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिएपछि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले ९६ रनको सहज लक्ष्य दिएको छ ।    त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पीएनजीले ३२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन  मात्र बनायो ।    पीएनजीका लागि कप्तान असाद भालाले २० रन बनाउनुभयो । सेसे बाउले १८, चाल्स अमिनीले १६, हिरि हिरिले १४ र चाद सोपरले अविजित आठ रन बनाउनुभयो ।    पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिनुभयो । ललित राजवंशी र कुशल मल्लले दुई दुई तथा सोमपाल कामीले एक विकेट झर्नुभयो ।    नेपाल आजको खेलमा पनि लगातार जितको लय कायम राख्ने लक्ष्यमा छ । लिगको चौथो स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाएको नेपाल बाँकी दुई खेल जित्दै शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ ।   तालिकाको अन्तिममा रहेको पीएनजी छनोटबाट बाहिरि सकेको छ । लिग-२ अन्तर्गत सिरिजकै अन्तिम खेल नेपालले चैत २ गते युएईसँग खेल्नेछ । 

काठमाडौं:    आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले युएईलाई १ सय ७७ रनले हराएको छ ।  नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१ रनमै अलआउट भयो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक २९ रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले ५ विकेट लिए । यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए । यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ युएईका आयन अफजल खान, जहूर खान, रोहन मुस्तफा र जवार फरिदले २/२ विकेट लिए । यो जितसँगै नेपालले लिग–२ बाटै दुई खेलअघि नै आउँदो चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको छ । नेपालले सन् २०१८ मार्च १५ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो । नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाको चौथौ स्थानमा उक्लिएको छ । एकदिवसीय मान्यता कायम गर्न तालिकाको शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ । नेपालसँगको हारसँगै युएईले एकदिवसीय मान्यता कायम राख्न प्लेअफ क्वालिफार खेल्नुपर्नेछ । ३४ खेलमा ३१ अङ्क भएको यूएई तालिकाको छैटौँ स्थानमा छ । पाँचौँ स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अङ्क छ । नामिबिया ३६ खेलमा ३९ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । यो जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ । अब नेपालले लिग–२ को अन्तिम शृङ्खलाको बाँकी दुइटै खेल जित्नुपर्ने हुन्छ । अब नेपालले भोलि सोमवार पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ । लिग–२ बाट स्कटल्यान्ड ३६ खेलमा ५० अङ्क र ओमान ३६ खेलमा ४४ अङ्कसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै सोझै विश्व कप खेल्नका लागि छनोट भइसकेका छन् ।

काठमाडौँ:  आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध लागातार सफलता हात पारेको छ ।  त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले छैटौं ओभरमा आफ्नो चौथो विकेट गुमाएको हो ।    नेपालका सोमपाल कामीले आसिफ खानलार्य पाँचौं ओभरको पहिलो बलमा ६ रनमा आउट गराएका हुन् ।  यसअघि ललित नारायाण राजवंसीले नेपालका लागि तेस्रो विकेट लिएका थिए ।

काठमाडौं : कप्तान रोहित पौडेलको अर्धशतकप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा यूएईलाई दुई सय ४९ रनको लक्ष्य दिएको छ।   त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर दुई सय ४८ रनको योगफल तयार गर्यो। आठौं ओभरमा दुवै ओपनरसहित तीन विकेट गुमाएको नेपालका लागि कप्तान रोहित र भीम सार्कीले ५४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए।   भीम ३७ बलमा चार चौकासहित २९ रन बनाएर आउट भए। पाँचौं नम्बरमा क्रिजमा उत्रिएका आरिफ शेखले रोहितसँग ८६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए।   रोहित एक सय १२ बलमा ९ चौकासहित ७७ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्के। आरिफ शेख ५२ बलमा पाँच चौकासहित ४३ रन जोडेर आउट हुँदा गुल्शन झाले ३२ बलमा एक चौका र तीन छक्कासहित ३७ रनको आक्रामक इनिङ खेले।   ओपनर आसिफ शेख शून्य, कुशल भुर्तेल आठ र कुशल मल्ल ९ रन बनाएर आउट भएका थिए। सन्दीप लामिछाने दुई रनमा आउटमा हुँदा दीपेन्द्रसिंह ऐरी १९ बलमा तीन चौका र दुई छक्कासहित ३४ रन जोडेर पभिलियन फर्के। ललित राजवंशी शून्यमा अविजित रहँदा सोमपाल कामी २ रन जोडेर पेभेलियन फर्के।   यूएईका लागि आयान खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई–दुई विकेट लिए। आर्यान लाक्रा र जुनेद सिद्धिक्वीले एक–एक विकेट लिए।   यो खेलमा जित निकाले नेपालले लिग २ का दुई खेल बाँकी रहँदै एकदिवसीय मान्यता जोगाउने छ। यो योगफल जोगाउन सके नेपालको शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम रहने छ।   आजको खेलमा पराजित भए यूएईले एक दिवसीय मान्यता गुमाउने छ।

पोखरा:  पोखरामा सम्पन्न भएको शितल ज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ को उपाधि एल.जी. एकताले जितेको छ ।  अम्मरसिंह चौरको खेल मैदानमा भएकोे फाइनल खेलमा एल.जी.ले रत्न सेवा समाजको समुहलाई सडेन डेथमा पराजित गर्दै उपाधि सहित नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  उपविजेता भएको समाजले भने ८५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो । निर्धारित समय २५/२५ मिनेट र थपिएको ५/५ मिनेटमा समेत गोल हुन नसके पछि टाईब्रेकरमा दुबै तर्फ ३/३ गोल भए पनि टाईब्रेकरको सडेन डेथमा ७-६ मा एलजीले रत्न सेवा समाजलाई पराजित गर्दै उपाधि जितेको हो । सडेन डेथमा समाजका गोलरक्षक विश्वास पौडेलले प्रहार गरेको पेनाल्टी सुट क्रसबारमा लागेर फर्कीएको थियो । एलजीका गोलरक्षक कृष्ण गुरूङले सडेन डेथमा गोल गरे ।  एलजीका प्रिन्स तुलाचन, प्रशान्त गुरुङ र राहुल थापाले टाईब्रेरमा गोल गरे भने समाजका विनय तामाङ, सीमोन तामाङ र राकेश गुरुङले समेत टाईब्रेकरमा गोल गरेका थिए । त्यसै गरी टाईब्रेकरको सडेन डेथमा एलजीका विवेक गुरुङ, जीवन गुरुङ, दीवस परियारले गोल गरे भने समाजका आइत तामाङ, जोन तामाङ र नकुल तामाङले पेनाल्टी सुटमा गोल गरे । निकै आक्रमक शैलिमा उत्र्रिएका दुबै टोलीले खेलमा गोल गर्न नसक्दा जित निकाल्न टाईब्रेकर हुदै सडेन डेथमै पुग्नु पर्यो ।  त्यसैगरी प्रतियोगितामा ई-लाइट फुटवल क्लव अनुशासित टीम घोषित भएको छ भने उसले ट्रफीको साथमा नगद ८ हजार पुरस्कार प्राप्त गर्यो ।  प्रतियोगितामा रत्न सेवा समाजका राकेश राई उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडी राईलाई माउण्टेन वाइक पुरस्कार वितरण गरिएको थियो ।  प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा समाजका विश्वास पौडेल, उत्कृष्ट डिफेण्डरमा एलजीका प्रिन्स तुलाचन, उत्कृष्ट मिडफिल्डरमा समाजका नकुल तामाङ, सर्वाधिक गोलकर्ताको उपाधि ६ गोल गरेका तारा एफ।सी।का मनिस थापा मगर घोषित भए । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकमा समाजका खिम छन्त्याल घोषित भए । विभिन्न विधामा उत्कृष्ट भएका उनीहरुलाई जनही ५ हजारको साथमा ट्रफी पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा २९ टिमको सहभागिता रहेको शितल ज्योति क्लवका सचिव पुर्ण गुरुङले बताए ।  विजयी खेलाडीहरुलाई नेपाल सेभेन ए साईड फुटवल महासंघका अध्यक्ष नवीन पुन, प्रतियोगिताका संयोजक सन्तोष गुरुङ, क्लवका अध्यक्ष नर प्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।  क्लवले उक्त अवसरमा कलाकार बुद्वि प्रसाद गुरूङ (गौरी) लाई सांस्कृतीक क्षेत्रमा पुराउनु भएको योगदानको मुल्यांकन गर्दै सम्मान गरेको छ । त्यसै गरी खेलकुदको क्षेत्रमा सहयोग पुर्याएको भन्दै क्लवले पूर्व खेलाडी एवं प्रशिक्षक हरि खड्कालाई समेत सम्मान गरेकोे छ । प्रतियोगिता यही फागुन २० गतेदेखी सञ्चालन भएको पूर्व अध्यक्ष सुरज गुरुङले जनाए ।

स्याङजा:    डिफेन्डिङ च्याम्पियन भारतिय सेनाका अनिस थापा मगरले तेश्रो संस्करणको सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधि जितेका छन ।  सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजना र कोल्मा बहाकोट समाज यु.के.को मुख्य प्रायोजन र स्याङजा समाज युकेको सह प्रायोजनमा सम्पन्न भएको क्रस कन्ट्री दौडमा फलेबास २ थापाठाना पर्वतका  अनिस थापा मगरले निर्धारित २० किमीको दुरी १ घण्टा ४ मिनेट ३६ सेकेण्डमा पार गर्दै प्रतियोगिताको उपाधि चुमेका हुन् । उपाधिसहित थापामगरले  नगद ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।  प्रतियोगितामा नेपाल आर्मीका खेवराज बस्नेतले निर्धारित दुरी १ घण्टा ६ मिनेट ५६ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरे । बस्नेतले दोश्रो स्थान सहित नगद २५ हजार, मेडल र प्रमाण प्रत्र प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा आर्मीकै सुबास कार्कीले निर्धारित दुरी १ घण्टा ८ मिनेट १३ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरे । कार्कीले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।   त्यसैगरी २१ वर्ष मुनिको १० किलो मिटर पुरुष दौड प्रतियोगिताको उपाधि सिरानचोक २ हर्मी गोर्खाका सन्दिप ढकालले हात पारे । निर्धारित दुरी ४३ मिनेट ३० सेकेण्डमा पार गर्दै ढकालले उपाधि हात पारेका हुन । उपाधिसंगै ढकालले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी गोर्खाकै दिनेश बोगटीले निर्धारित दुरी ४४ मिनेट २० सकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरे । बोगटीले नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरे  । यस्तै रुकुम पुथाउत्तरगंगाका मनोज रोका मगरले निर्धारित दुरी ४६ मिनेट ५ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हांसिल गरे । तेश्रो स्थान सहित रोका मगरले नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।  प्रतियोगितामा १० उत्कृष्ट भित्र आउनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने ।  १० किलो मिटर दौड पार गर्ने दुईजना महिला धाविकालाई विशेष सम्मान गरिएको थियो । प्रतियोगिताका बिजेताहरुलाई अन्तराष्ट्रिय अल्ट्रा धावक मीरा राई, पुतलीबजार नगरपालिकाका उप प्रमुख देवी अर्याल, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष जित बहादुर गुरुङ, छिमेकी गाउँ समाज हङकङका अध्यक्ष प्रेम थापा मगर, कोल्मा बहाकोट समाज युकेका सल्लाहकार धनकाजी गुरुङ, कोल्मा बहाकोट आमा समुह युकेकी अध्यक्ष हुम कुमारी गुरुङ लगायतले बिजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।  सो अवसरमा बोल्दै अन्तराष्ट्रिय अल्ट्रा धावक मीरा राईले युवाहरुलाई खेलकुदमा सहभागी गराउनका लागि क्रसकन्ट्री दौड जस्ता प्रतियोगिताले उल्लेख्य भुमिका खेल्ने वताइन । गाउँठाउलाई चिनाउन सबै भन्दा उत्तम खेलकुद कार्यक्रम भनेकै दौड प्रतियोगिता हुने बताउदै राईले गाउँलाई चिनाउनका लागी विभिन्न देशमा छरिएर रहेको सातसय कोल्मा बासीको योगदान रहेको र यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरिन ।  त्यस्तै पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले सात सय कोल्मा लाइ समेटेर कोल्मा मात्र नभई पुतली बजार नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बिरुवा गाउपालिकालाई समेत खेलको माध्यमबाट जोड्ने काम गरेकोमा धन्यवाद ब्यक्त गर्दै नगरपालिकाको तर्फबाट सहयोग र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरिन ।  सात सय कोल्मा सम्पर्क मञ्चको आयोजना र पुतलीबजार नगरपालिका स्याङ्जा, शुक्लागण्डकी नगरपालिका सहआयोजनामा सम्पन्न उक्त कार्यक्रमको सह प्रायोजन छिमेकी गाउँ समाज हङकङ, कोल्मा बहाकोट समाज युकेले गरेको थियो भने सम्राट फिजिकल ट्रेनिङ सेन्टर पोखरा, ब्रिटिस गोरखा ट्रेनिङ सेन्टर पोखरा, ईलाईट गोरखा फिटनेस ट्रेनिङ एण्ड एजुकेशन सेन्टर, मिलनसार तमु समाज बेगनासताल पोखरा, कोल्मा बहाकोट तमु समाज, फुलवारि  सेवा केन्द्रको सहयोग रहेको थियो ।  चिरुवा सामुदायिक होमस्टे पुबनपा २, कन्या बराही सामुदायिक होमस्टे पुतलीबजार २, पोखरीछाप सामुदायिक होमस्टे पुतलीबजार ९, कोल्मा सामुदायिक होमस्टे पतलीबजार ९, भैसेगौडा सामुदायिम होमस्टे पुतलीबजार २, काल्खु सामुदायिक होमस्टे पुतलीबजार ९, राईपुर सामुदायिक होमस्टे शुक्ला गण्डकी नगरपालिका ११, राङभाङ सामुदायिक होमस्टे बिरुवा ३ र खुदी सामुदायिक होमस्टे बिरुवा ४ प्रवद्र्धकको रुपमा रहेको थियो ।