पोखरा: हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोइनाइजका लागि इसान्त पुनले एक गोल गरे । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधि सगँ नगद १ लाख, मेडल र ट्रफि जित्न सफल भयो । उपविजेता बनेको कास्की मोडनाइज एकेडेमीले नगद ५० हजार मेडल र ट्रफि प्राप्त ग¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी गुरुकुल विद्यासदनका सुमित मल्ल बने । त्यसै गरी हाइस्कोरर कास्की मोडनाइजका इसान्त पुन, उत्कृष्ट गोलरक्षक कास्की मोडनाइज कै कुसल गिरी बन्न सफल भए । कजेज तर्फ इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई हराउदै उपधि जितेको छ । इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई ५–२ गोल अन्तरले हराउदै उपाधि जितेको हो । इन्फोम्याटिक्स कलेजका नारन पुन ३, मन्दिप राजभण्डारी र निश्चिल घिमिरले एक एक गोल गरे । पोखरा कलेज अफ म्यानेजमेन्टका लागि रमित गुरुङ र कुशल खड्काले एक एक गोलको योगदान दिए । इन्फोम्याटिक्स कलेजले उपाधि सगँ नगद २० हजार, मेडल, ट्रफि प्राप्त गर्दा पोखरा कलेज अफ म्यानेजमेन्टले नगद १० हजार, मेडल र ट्रफिमा चित्त बुझायो । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको थियो भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको थियो । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ ।
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । मंगलबार भएको विद्यालय तर्फको खेलमा बिजयी कास्की मोडनाइज, गुरुकुल विद्यासदन फाइनल प्रबेश गरेका छन् । त्यसै गरी कलेज तर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट र इन्फोम्याटिक्स कलेज फाइन प्रबेश गरेका छन् । स्कुल तर्फ कास्की मोडनाइज एकेडेमीले सगरमाथा सेकेन्डरी स्कुललाई ३–१ गोल अन्तरले हराउदै फाइन प्रबेश गरेको छ । अर्को खेलमा गुरुकुल विद्यासदनले अरनिको इङलिस बोडिङ स्कुल तनहुँलाई ८–४ गोलको फराकीलो अन्तरले हरायो । कलेज तर्फको फुटसलमा इन्फोम्टिक्स कलेजले इन्फोम्यक्स कलेज अफ आइटी एण्ड म्यानेजम्यान्टलाई ९–२ गोलको फराकीलो अन्तरले हराउदै फाइनलको यात्रा तय गरेको छ । अर्को खेलमा पोखरा कलेज अफ म्यानेजम्यान्टले ला ग्याण्डी इन्टरनेस्नल कलेजलाई ६–२ गोल अन्तरले हराउदै फाइनको यात्रा तय गरेको छ । फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए । कलेज तर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ ।
काठमाडौं: अन्तरर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले सुखद् सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमला चौधरीले गोल गरिन् । उनले खेलको ११औँ मिनेटमा गोल गरिन् । यो जितसँगै नेपालले तीन अङ्क जोडेको छ । अब नेपालले यही फागुन ८ गते लेबनानसँग खेल्नेछ ।
पोखरा: कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन १३ देखि १५ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ । चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन १३ देखि महाशिवरात्री मेला हुने क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । ‘मादी गाउँपालिका–६ चिप्ली गाउँमा सामजिक क्षेत्रमा क्रियाशिल रहेको सिद्ध युवा क्लबले आफ्नो ३७ औं वाषिकोत्सवको अवसरमा महाशिवरात्री मेलालाई निरन्तरता दिएको हो, अध्यक्ष गुरुङले भने, ‘ महाशिवरात्री मेलाले पर्यटकीय गाउँ चिप्लीको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’ उनका अनुसार महाशिवरात्री मेलामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता,छेलो, रस्साकस्सी, टोलस्तरीय बास्केटबल प्रतियोगिता र, घैटो फुटाई प्रतियोगिता आयोजना गरिएको छ । क्लबका अध्यक्ष गुरुङका अनुसार गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ७० हजार र उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै रस्साकस्सी प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छेलो प्रतियोगिताको विजेतालाई नगद १० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र फेटाले सम्मान गरिने क्लबका अध्यक्ष गुरुङले बताए । यस्तै मेलाको अवसरमा टोल स्तरीय पुरुष बास्केटबल प्रतियोगिता समेत आयोजना गरिएको छ । बास्केटबल प्रतियोगिताको विजेतालाई बोका र उपविजेतालाई भाले, मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गर्ने आयोजकले जनाएको छ । मेलाको अवसरमा आयोजित घैटो फुटाई प्रतियोगिताको विजेताले ३ हजार रुपैयाँ र प्रमाणपत्र पत्र प्राप्त गर्नेछन् । मेलामा आयोजित छेलो, रस्साकस्सी, टोलस्तरीय पुरुष बास्केटबल प्रतियोगिता र घैटो फुटाई प्रतियोगितामा दर्ता शुल्क निशुल्क रहेको क्लबका सचिव अमृतमान गुरुङले बताए । फागुन १३ देखि १५ गतेसम्म सञ्चालन हुने महाशिवरात्री मेलामा राष्ट्रिय तथा पोखराको आदिमकला मञ्चका कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरुसमेत आयोजना गरिएको क्लबका सचिव गुरुङले बताए । महाशिवरात्री मेलाको मुख्य प्रायोजकमा मादी गाउँपालिका र सहप्रायोजकमा चिप्ली समाज युके रहेको क्लबका निवर्तमान अध्यक्ष विशाल गुरुङले जानकारी दिए । ‘महाशिवरात्री मेलालाई स्थानीय सरकार मादी गाउँपालिका मुख्य प्रायोजक र सहप्रायोजकमा चिप्ली समाज युके रहेको छ’, गुरुङले भने, ‘मेलाको अवसरमा आयोजित प्रतियोगिताले आपसी भाइचारासँगै ग्रामिण क्षेत्रबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’ फागुन १३ देखि १५ गतेसम्म सञ्चालन हुने मेलाको औपचारिक उद्घाटन १४ गते मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले गर्ने क्लबका निवर्तमान अध्यक्ष गुरुङले बताए । कास्कीको उत्तरी भेगमा अवस्थित मादी गाउँपालिका–६ चिप्ली गाउँमा पोखराको काहुँखोला, काभ्रेडाँडा, छाचोक, मेलबोट, थाक, तप्राङ हुँदै चिप्ली गाउँ पुग्न सकिन्छ । पोखराबाट सवारी यात्रामा १ घण्टामा नै चिप्ली गाउँमा पुग्न सकिन्छ ।
काठमाडौं: प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ । यही फागुन ११ गतेदेखि शुरू हुने प्रतियोगिताका खेल बैतडीको दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा रहेको दशरथचन्द क्रिकेट मैदानमा खेलाइने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताए । आठ टोली सहभागी हुने प्रतियोगिताका खेल प्लेट र एलाइट गरेर दुई चरणमा हुनेछन् । प्लेट च्याम्पियनसिपका खेल फागुन ११ गतेदेखि र फागुन १४ देखि एलाइट कप सञ्चालन हुने छ । प्लेट च्याम्पियनसिपको उद्घाटन खेलमा फागुन ११ गते बझाङ र दार्चुला भिड्ने छन् । सोही दिन हुने अर्को खेलमा डडेल्धुरा र डोटी खेल्ने छन् । फागुन १२ गते पहिलो खेलमा दार्चुला र डोटी भिड्दा दोस्रोमा डडेल्धुरा र बझाङ आमनेसामने हुने छन् । फागुन १३ गते हुने पहिलो खेलमा दार्चुला र डडेल्धुरा प्रतिस्पर्धा गर्दा दोस्रोमा बझाङ र डोटीबीच भिडन्त हुनेछ । प्लेट च्याम्पियनसिपको च्याम्पियन टोली एलाइट कपका लागि छनोट हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । फागुन १४ गते हुने एलाइट कपको उद्घाटन खेलमा बैतडी र अछाम भिड्ने छन् । फागुन १५ गते प्लेट च्याम्पियन र अछाम, फागुन १६ गते बैतडी र प्लेट च्याम्पियन, फागुन १७ गते अछाम र कञ्चनपुर, फागुन १८ गते कञ्चनपुर र प्लेट च्याम्पियन, फागुन १९ गते कैलाली र अछाम, फागुन २० गते प्लेट च्याम्पियन र कैलाली, फागुन २१ गते बैतडी र कञ्चनपुर, फागुन २२ गते कैलाली र कञ्चनपुर, फागुन २३ गते कैलाली र बैतडी खेल्ने छन् । फागुन २४ गते प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली तयार गरिनेछ ।
पोखरा: मुस्ताङ युथ फेमेलीले आयोजना गरेको पहिलो संस्करणको ‘मुस्ताङ कप भिमप्रसाद गौचन स्मृति फाइभ ए साइड फुटसल प्रतियोगिता’ को उपाधि पूर्वेली एफसीले जितेको छ । पोखरा महानगरपालिका ११ स्थित रानीपौवा स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा जिसिबिएसलाई ३–१ गोल अन्तरले पराजित गर्दै पूर्वेलीले उपाधि जितेको हो । उपाधिसँगै पूर्वेलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको जिसिबिएसले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । कुल ८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट जिसिबिएसका वाङ्गेल गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यस्तै पूर्वेलीका सन्देश राई सर्वाधिक गोलकर्ता (५ गोल), तथा सोही टिमकै सुवास गुरुङ उत्कृष्ट गोलरक्षक बने । प्रतियोगिताको विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोह तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथिसमेत रहेको गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन, स्व. भिमप्रसाद गौचनका परिवार, जिल्ला खेलकुद विकास मुस्ताङका उपाध्यक्ष असिम शेरचन, कार्यक्रम संयोजक टासी गुरुङ, प्रायोजकहरु लगायतले पुरस्कार वितरण गरे । सो अवसरमा बोल्दै प्रदेश सांसद शेरचनले उक्त प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले आगामी वर्षमा हुने दोस्रो संस्करणको प्रतियोगितालाई भव्य बनाउनका लागि आफ्नो तर्फबाटपनि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले प्रतियोगिताले मुस्ताङबासीलाई एकताको सुत्रमा बाँध्ने उल्लेख गरे । ‘यो प्रतियोगिता केवल प्रतियोगिता मात्र नभएर मुस्ताङबासीलाई एकताको सुत्रमा बाँध्ने एउटा माहौल भएको छ, उनले भने, ‘त्यसैले यो प्रतियोगिता आगामी वर्षपनि परिस्कृत गर्दै आयोजना गर्न आवश्यक छ । त्यसका लागि म मेरो तर्फबाट पनि सहयोग गर्न तयार छु ।’
पोखरा: २४ औं आहा! रारा पोखरा गोल्डकपकमा उज्बेकिस्तानको 'ब्ल्याक बुल्स च्याम्पियन' बनेको छ । पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । च्याम्पियन बनेको बुल्सको जीतमा कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८ औं तथा साभकातजोन सात्तोरोधले ६६ औं मिनेटमा गोल गरे । पुलिसका लागि भने शिशिर चौधरीले ७४ औं मिनेटमा सान्त्वना गोल फर्काए । पहिलो सहभागितामै ऐतिहासिक उपाधि जित्दै ब्ल्याक बुल्सले नगद रु १२ लाख १ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको पुलिस क्लबले नगद रु ६ लाख १ हजार हात पार्याे ।
पोखरा: थ्रीस्टार क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी २४ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बिहीवार भएको दोस्रो सेमिफाइनलमा थ्रीस्टारलाई ४–० गोल अन्तरले हराउँदै ब्ल्याक बुल्स उपाधि नजिक पुगेको छ। पहिलो हाफमा १–० ले पछि परेको थ्रीस्टारले दोस्रो हाफ ३ गोल सामना गर्यो । ब्ल्याक बुल्सले अब उपाधिका लागि ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबसँग खेल्नेछ। पहिलो सेमिफाइनलमा बुधवार पुलिसले चर्च ब्वाईज युनाइटेड लाई १–० ले हराउँदै फाइनल पुगेको थियो। फाइनल शनिबार हुनेछ।
पोखरा: १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले आज पत्रकार सम्मेलन गर्दै म्याराथनको तयारी पूरा भएको जानकारी दिएको हो । फागनु ३ गते हुने १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन विभिन्न विधामा करिव ३ हजार बढी धावकको सहभागिता हुने नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन पुरुषतर्फ २१ देशका ८० विदेशी धावकसहित १ सय ५० जना पुरुष र ८ जना महिलाको सहभागिता रहेको छ । यस्तै महिला हाफ म्याराथनमा १० देशका ४० धावक, हाफ म्याराथन पुरुषतर्फ १० विदेशी धावकसहित १ सय १० जनाको सहभागिता रहनेछन् । यस्तै १० किलोमिटर पुरुषतर्फ ११ देशका २ सय ११ धावक, १० किलोमिटर महिलातर्फ ११ देशका १ सय ९ जना धावक, भेन्ट्रान्स ५० वर्ष माथि ५ किलोमिटरतर्फ पुरुष÷महिला गरी ६० जना धावक र ५ किलोमिटर छात्रतर्फ १ हजार ४ सय ७० र छात्रातर्फ १ हजार २५ जना धावकको सहभागिता रहनेछन् । यस्तै रन फर रनमा करिव ७ हजार जनाको सहभागिता रहने नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ । खुला म्याराथन र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरिने मञ्चले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ५ लाख, दोस्रोले ३ लाख र तेस्रोले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। आठौं स्थानकाले नगद पुरस्कार पाउनेछन् । जसमा सान्त्वना स्वरुप चौंथोले ३० हजार, पाँचौंले २५ हजार, छैटौंले २० हजार, सातौंले १५ हजार र आठौंले १० हजार रुपैयाँ पाउनेछन् । मञ्चले पा्खरा म्याराथन अन्तर्गत नै गत माघ २६ गते महिला÷ पुरुष ह्विलचियर तथा दृष्टिविहिन दौड प्रतियोगिता सम्पन्न गरि सकेको छ । मञ्चले प्रतियोगितामा मात्र कुल २१ लाख ३४ हजार रुपैयाँ खर्च हुने जानकारी दिएको छ । म्याराथनमा कुल १ करोड ८९ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।