पोखरा: पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई &...

काठमाडौं:    महिला टी–ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम खेलमा नेपाललाई सात विकेटले पराजित गरेसँगै थाइल्याण्डले उपाधि चुमेको हो ।  थाइल्याण्ड श्रृङ्खलामा खेलेका ६ खेलमध्ये पाँचमा जित तथा एकमा हार बेहोर्दै १० अङ्कका साथ शीर्ष स्थानमा रह्यो । यस्तै  नेदरल्याण्ड्स ६ खेलमा चारमा जित तथा दुईमा हार बेहोर्दै आठ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । नेपाल भने प्रतियोगितामा अङ्कबिहीन रह्यो । नेपाल आफ्ना सबै ६ खेलमा पराजित रह्यो ।        नेपालले आफ्नो अन्तिम खेलमा थाइल्याण्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितरे पहिला ब्याटिङ रोजेकी थिइन् ।  नेपालले निर्धाति २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनायो । नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, राजमती ऐरीले अविजित ११ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।       बलिङतर्फ थाइल्याण्डकी ओनिचा कामचोम्फुले तीन तथा चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान एक एक विकेट लिइन् ।       बयासी रनको विजयी लक्ष्य थाइल्याण्डले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डका लागि कप्तान नारुइमोल चाइवाईले अविजित २७, नान्नापत खोन्चरोएन्कले २३ तथा नाट्टाया बुचाथमले ११ रन बनाइन् । बलिङतर्फ नेपालका लागि कप्तान इन्दु बर्माले दुई तथा पुजा महतोले एक विकेट लिइन् ।       नेपाल यसअघि नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो । 

काठमाडौं:    आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।  दुई वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गरिने घोषणा गरिएको थियो तर तोकिएको मितिमा खेलकुद भएन । त्यसपछि आगामी चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्नेगरी मिति सारिएको थियो । सारिएको मितिमा पनि प्रतियोगिता सञ्चालन हुनेमा पनि अन्योल देखिएको भन्दै चिन्ता व्यक्त हुने गरेको छ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसदहरूले पनि यस्तै आशङ्का व्यक्त गर्दै समयमै प्रतियोगिता हुने अवस्था बनाउन सरकारको ध्यानाकर्षण गराएका  छन् ।  आज सिंहदरबार बसेको समिति बैठकमा सांसदहरूले तोकिएको मितिमै खेलकुद प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।   बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतियोगिता तोकिएको समयमै सम्पन्न गर्ने गरी तयारी तीव्र गतिमा अगाडि बढाउन आग्रह गर्नुभयो ।  “प्रतियोगिता जसरी पनि तोकिएको समयमा गरिनुपर्छ । अब धेरै दिन छैन, अझै ढिला गरियो भने तयारी पुग्दैन । त्यसैले छुट्याइएको बजेटलाई कार्यान्वयन गरी खेलकुद सञ्चालन हुने सुनिश्चितता गरिनुपर्छ”, उहाँले भन्नुभयो ।  सांसद छविलाल विश्वकर्माले समयमै प्रतियोगिता सञ्चालन गर्न सरोकारवाला पक्षहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले तोकिएको मितिमै प्रतियोगिता सञ्चालन गर्न युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अर्थ मन्त्रालय गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।  सांसद रेखा शर्माले सरोकार भएका निकायबीच समन्वयको अभाव हुँदा खेलकुद प्रतियोगिता समयमै सञ्चालन हुनेमा आशङ्का उब्जिएको बताउनुभयो । सांसदहरूले आपसी समन्वयविना खेल अगाडि बढ्न नसक्ने बताउँदै समयमै प्रतियोगिता नभए सरकारको जिम्मेवारीमाथि समेत प्रश्न उठ्ने धारणा राख्नुभएको थियो । उहाँहरूले तोकिएको समयमै प्रतियोगिता  सञ्चालन हुने वातावरण बनाउन आग्रह गर्नुभयो ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवमा टङ्कलाल घिसिङले समयमै प्रतियोगिता सम्पन्न गर्ने विषयमा चुनौती देखिएको बताउनुभयो ।  उहाँले गत मङ्सिर २१ गते बसेको राखेपको बैठकले प्रस्ताव गरेको रु ६० करोड बजेट खर्चको मापदण्ड र उपशीर्षकगत रूपले बाँडफाँट गर्ने निर्णयलाई अर्थ मन्त्रालयले स्वीकृत नगर्दा समस्या देखिएको बताउनुभयो ।  उहाँले स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको सोसम्बन्धी फाइल  दुई महिनाभन्दा बढी समय हुँदा पनि स्वीकृत नहुँदा समस्या देखिएको उल्लेख गर्नुभयो ।  अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश भट्टराईले प्रतियोगिताका लागि मागबमोजिमको बजेट विनियोजन भएको बताउनुभयो । उहाँले प्रतियोगिताका लागि बजेट निर्माणका क्रममा बजेट बाँडफाँटको शीर्षकअनुसार तय नभएपछि एकमुष्ट राखिएको बताउनुभयो ।  युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रतिनिधिहरूबीच छलफल भइरहेको बताउनुभयो ।  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालय र राखेपबीच समन्वयको अभावका कारण काम कारबाही असहज बनेको बताउनुभयो । उहाँले समस्या समाधानका लागि काम भइरहेको बताउनुभयो । “राखेप र मन्त्रालयबीच द्वन्द्व थियो । १५ महिनासम्म बैठक नबस्ने, आपसी समन्वय नहुने अवस्था थियो । मैले त तीन÷चार महिना द्वन्द्व मिलाउन पुलको काम गरे । अहिले विस्तारै कामकारबाही सहज बनिरहेको छ”, उहाँले भन्नुभयो ।  मन्त्री चौधरीले प्रतियोगिता समयमै सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि ‘फास्ट ट्र्याक’मा काम गरिने बताउनुभयो ।

पोखरा:   तनहुँको म्याग्दे गाउँपालिकाले आगामी फागुन ८ गतेदेखि दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कप गर्ने भएको छ ।  गाउँपालिकाले दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कपमा गण्डकी प्रदेश पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता, जिल्लास्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता र म्याग्दे गाउँपालिका वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।  म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्देको पर्यटन विकासका लागि खेलकुद भन्ने नारासहित फागुन ८ देखि २२ गतेसम्म दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कपमा फुटबल,ब्याडमिन्टन र वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको बताए ।  उनका अनुसार म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता फागुन ८ देखि १० गतेसम्म सञ्चालन हुनेछ । पुरुष तथा महिला भलिबल प्रतियोगिताका विजेताले ५०÷५० हजार र उपविजेताले ५०÷५० हजार रुपैयाँसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, सर्भर, सेटर,ब्लकर,लिब्रो र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्रदान गर्ने पालिकाले जनाएको छ ।  यस्तै फागुन १३ देखि २२ गतेसम्म गण्डकी प्रदेश पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिता म्याग्दे गाउँपालिका–७ छाङ्ग फुटबल मैदानमा सञ्चालन हुनेछ ।  उक्त प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागतर्फ सर्वाधिक गोलकर्ता, उत्कष्ट मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।  यस प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई १५÷१५ हजार ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । गण्डकी प्रदेश पालिकास्तरीय पुरुष फुटबल प्रतियोगितामा सहभागी हुन एक पालिका टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको पालिकाले जनाएको छ ।  यस्तै जिल्लास्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता फागुन १६ र १७ गते म्याग्दे गाउँपालिका–४ थर्पु ब्याडमिन्टन क्लबको कवर्डहलमा हुनेछ । यस प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टोलीले १०÷१० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्याग्दे गाउँपालिकाले यस प्रतियोगिता सञ्चालनमा लागि चालु आर्थिक वर्ष २०८१÷०८२ मा २० लाख रुपैयाँ बजेट बिनियोजित गरेको छ । 

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा आज ७ खेल सम्पन्न भएका छन् । ‘ हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज (बुधबार) भएको पहिलो खेलबाट गोल्डेन नाइटले बिटी टिम ‘सि’ लाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको विनोद गुरुङले जानकारी दिए ।   उनका अनुसार गोल्डेनको जीतमा सनिज थापाले निर्णायक गोल गरे ।   यस्तै दोस्रो खेलमा हाम्रो एफसीको अनुपस्थितिमा लामागाउँ गुम्बा टिम ‘बि’ विजयी बन्यो ।   एलसी ब्रदर्श बि र जि नाइन घाचोकबीच भएको तेस्रो खेल १–१ को बराबरीमा निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा एलसी ब्रदर्श विजयी बन्यो ।   चौथो खेलमा बिग सिटी लेकसाइडले टुंडिखेल एफसीलाई ३–० गोल अन्तरले हरायो । लेकसाइडको जीतमा आयुष थापाले ह्याट्रिक गरे ।   पाँचौ खेल क्य्रास एफसीले चन्द्र सूर्यलाई ३–१ गोलले हरायो ।     क्य्रासको जीतमा सचिन गुरुङ, इश्वर बाँनिया र उत्सव श्रेष्ठले समान १÷१ गोल गरे । भने, चन्द्र सूर्यलाई करण तामाङले १ गोल फर्काए ।     छैटौं खेलमा माछापुच्छ्रे त्रिशक्तिले गहते एफसी बागलुङलाई १–० गोल अन्तरले पराजित गर्याे ।  त्रिशक्तिको जीतमा मनिष ठकुरीले निर्णायक गोल गरे ।   यसैगरी आज भएको अन्तिम खेलमा रामघाट एफसीले लेकसिटी एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्याे ।   रामघाटको जीतमा रोशन छन्त्याल, भिषण गुरुङ, शिव सुवेदी र आषिश गुरुङले समान १÷१ गोल गरे । भने, लेकसिटीका लागि बिक्की गुरुङले १ गोल फर्काए ।    भोलि (बिहीबार) पनि पहिलो चरणकै खेलहरु हुने क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए ।    कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए ।    उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७÷७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।  

पोखरामा आजदेखि आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।   ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा पोखराको टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरे ।    उद्घाटन खेलमा आयोजक बुद्धटोल युवा क्लबले क्याफे अमेरिकानो बारिष्टा ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष आशिम थापाले जानकार दिए ।    उनका अनुसार बुद्धटोलको जीतमा विपिन मगर र रिनिस तामाङले समान १/१ गोल गरे  ।    यस्तै दोस्रो खेलमा एन टु क्याफेले मसिना बगरलाई १–० गोलले पराजित ग¥यो । एन टु क्याफेको जीतमा विशाल गुरुङले निर्णायक गोल गरे ।   भोलि पनि पहिलो चरणकै खेलहरु सञ्चालन गरिने अध्यक्ष थापाले बताए ।   युवाहरुलाई खेलकुदमा जोड्न गृहमन्त्री लेखकको जोड   प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले राजनीतिकमीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक रहेको बताए ।      ‘खेलकुदले सबैलाई अनुशासनमा राख्छ । अहिले राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न जरुरी देखिएको छ, गृहमन्त्री लेखकले भने, ‘खेलकुदले आपसी सद्भाव कायम गर्छ । खेलकुद राष्ट्र र स्वास्थ्यका लागि अनिवार्य छ ।’   गृहमन्त्री लेखकले अहिले युवाहरु कुलतमा फसिरहेकाले युवा क्लबहरुले जनचेतनामूलक कार्यक्रमहरु अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरे ।    ‘अहिले युवाहरु लागूऔषधमा फसिरहेका छन् । युवा क्लबहरुले लागूऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रमहरु अगाडि बढाउन आवश्यक छ, उनले भने, ‘युवाहरुलाई लागूऔषधबाट जोगाउन खेलकुद, अध्ययन, समाजसेवासँगै राजनीतिमा जोड्न आवश्यक छ ।’   बुद्धटोल युवा क्लबको आयोजनामा पोखरामा आजबाट सुरु भएको आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको छ ।      प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए ।    उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरा:     सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् । तनहुँको पुर्कोटका सनिश विगत ७ वर्षदेखि फुटबल खेलिरहेका छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले बर्सेनि एक जना राष्ट्रिय टोलीको फुटबल खेलाडीलाई पुरस्कृत गर्दैआएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान यो‌ पुरस्कारबाट सम्मानित भइसकेका छन् । प्रतियोगिता उद्घाटन अवसरमै मंगलवार सनिशलाई उत्कृष्ट सम्मान गरिनेछ ।

पोखरा:    ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा बगर भाइखलकद्वारा आयोजित १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।   तिन वटा उमेर समूहमा (४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि)  भएको प्रतियोगिताको ४० वर्षतर्फ ब्रदरहुड काठमाडौं च्याम्पियन बनेको छ ।   फाइनल खेलमा गार्डेन एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै ब्रदरहुड च्याम्पियन बनेको हो ।   उपाधि जितेको ब्रदरहुडले नगद रु २ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको गार्डेनले नगद रु १ लाख शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे  । उक्त विधामा ब्रदरहुड भेट्रान्सका बुद्धराज लिम्बु सर्वाेत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।    यस्तै सोही टिमकै गोलरक्षक मिन बहादुर बस्नेत, सोही टिमकै अंगुर कुमार खड्की उत्कृष्ट स्ट्राइकर, गार्डेनका विनोद गुरुङ उत्कृष्ट मिडफिल्डर, सोही टिमकै किरण गुरुङ उत्कृष्ट डिफेण्डर र ब्रदुहुडका कोमल खवास उत्कृष्ट प्रशिक्षकबाट पुरस्कृत भए ।   यस्तै ५० वर्ष उमेरसमूहतर्फ बानेश्वर भेट्रान्सले हेटौडा भेट्रान्सलाई ५–० गोल अन्तरले पराजित गर्दै बोनेश्वरले उपाधि जित्यो ।    उपाधि जितेको बानेश्वरले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको हेटौडाले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । उक्त विधाबाट  बानेश्वरका हरिहर थापा सर्वाेत्कृष्ट खेलाडी बन्दै पुरस्कृत भए ।    ६० वर्षतर्फ युके मास्टर्स देहरादुनले सिडिएफए चितवन भेट्रान्सलाई १–० गोल अन्तरले हराउँदै च्याम्पियन बन्यो । युके मास्टर्सले उपाधिसँगै नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । भने, उपविजेता चितवन भेट्रान्सलाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेको भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।   उनका अनुसार उक्त विधामा देहरादुनका भरत घोसाई सर्वाेत्कृष्ट खेलाडी बने ।   प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, चिरायु नेशनल अस्पतालका प्रतिनिधि, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना पोखरा १ का वडाध्यक्ष साहरा प्रधान, तमु धि युकेका प्रतिनिधि, बगर भाइखलक युकेका प्रतिनिधि, भाइखलकका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।    गत १५ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखरा लगातयका ३९ टिमको सहभागिता रहेको थियो ।

पोखरा:     ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको फाइनल सोमबार सोमबार हुने भएको छ ।   त्यसका लागि तिन वटै उमेर समूहतर्फको (४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि) उपाधिका दाबेदार टिमको टुंगो लागेको क्लबका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।   उनका अनुसार ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी पोखरा र ब्र्रदरहुड कामाण्डौंं उपाधिका लागि भिड्नेछन् ।    यस्तै ५० वर्ष उमेरतर्फ हेटौडा भेट्रान्स र फ्रेण्डसिप काठमाडौं प्रतिस्पर्धा गर्नेछन् । भने, ६० वर्षतर्फ सिडिएफए चितवन र मास्टर्स देह्रादुन भारतबीच प्रस्पिर्धा हुनेछ ।   ६० वर्षतर्फको फाइनल खेल बिहान १० बजे, ५० वर्षतर्फको फाइनल ११ बजे र ४० वर्षतर्फको फाइनल खेल दिउँसो ३ बजे सञ्चालन हुने भाइखलकका महासचिव मनकाजी गुुरुङले बताए ।    उनका अनुसार सो प्रतियोगिताको समापन गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गर्नेछन् ।   प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।    

पोखरा:    लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि रामघाट एफसी (सेतो)ले जितेको छ ।  आइतबार पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको फाइनल खेलमा लिभिक एफसी (बी)लाई ट्राइवेकरमा २–३ को गोल अन्तरले हराउँदै रामघाटले उपाधि हात पारेको हो । निर्धारित समयसम्म दुवै टिमबाट गोल हुन नसक्दा उपाधिको छिनोफानो टाइब्रेकरबाट भएको थियो । गोलकिपर प्रविन गुरुङले लिभिकका खेलाडीको प्रहार रोक्न सफल हुदाँ रामघाटले उपाधि जित्न सफल भयो ।   जीतसँगै रामघाटले १ लाख ४० हजार सहित प्रतियोगिताको ट्रफि हात पारेको छ, भने उपबिजेता लिभिकले ८५ हजार नगद र ट्रफिमा चित्त बुझाएको छ । फाइनल खेलमा सुरुदेखी नै लिभिकलाई दवाबमा राखेको रामघाटका खेलाडीहरुको धेरै प्रहार बिफल भएको थियो । टाईब्रेकरमा रामघाटका गोलकिपर प्रविन गुरुङ चम्किएपछि लिभिक स्तब्ध भयो । खेलमा सर्वोत्कृष्ट खेलाडी रामघाटका सुशन गुरुङ घोषित भए । यस्तै रामघाटकै विशान गुरुङ सर्वोत्कृष्ट मिडफिल्ड र प्रविन गुरुङ सर्वाधिक गोलकर्ता भए ।  लिभिकका संगम ठकुरीले सर्वोत्कृष्ट डिफेन्डर घोषित भए भने माछापुच्छ«े त्रिशक्तीका मनिस ठकुरी सर्वोत्कृष्ट गोलकर्ता घोषित भए । यस्तै अनुशासित टिम घोषणा भएको माछापुच्छ«े त्रिशक्तीले ट्रफी प्राप्त गर्यो । विधागत तर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैया र ट्रफी प्राप्त गरे । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा यही माघ १३ गते देखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई पोखरा महानगरपालिका वडानम्बर १३ का अध्यक्ष किरण बराल, वडानम्बर २६ का अध्यक्ष नरेन्द्र थापा, समितिका अध्यक्ष अब्वास अलिमियाँ लगायतले मेडल, शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।