फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

पोखरा:  पोखराको नदिपुरमा आज देखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणको तीन खेल सम्पन्न भएको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सुरु भएको प्रतियोगिताको लिग चरणको खेलमा घान्द्रुक क्रोम्छे, आधिखोला न्यू दिल्ली र ढुङ्गे देउराली क्लबले विजयी सुरुवात गरेको छ ।  लिगचरणको पहिलो खेलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  घान्द्रुकले ढुङ्गे देउरालीलाई २५–१६, २५–१४ र २५–१७ ले पराजित ग¥यो । घान्द्रुकले पहिलो खेलमा ३  अङ्क जोड्यो ।  दोस्रो खेलमा आधिखोला न्यू दिल्लीले एपिएफ पोखरालाई ३–१ को सेटमा पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २६–२८ ले गुमाएको आधिखोलाले दोस्रो सेटमा २५–२३ ले जित्यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २८–२६ले जितेको आधिखोलाले चौथो २५–२० ले जित्यो ।  पहिलो खेलमा जित निकालेको आधिखोलाले ३ अङ्क जोडेको छ ।  यस्तै तेस्रो खेलमा ढुङ्गे देउराली क्लब पौवेगौवे स्यङ्जाले ठकुरी समाज तनहुँलाई पराजित ग¥यो । ढुङ्गे देउरालीले ठकुरी समाजलाई ३–२ को सेटमा पराजित ग¥यो । पहिलो सेट २५–२३ ले जितेपनि ढुङगे देउराले दोस्रो सेट २२–२५ र तेस्रो सेट २२–२५ ले नै गुमायो । चौथो सेटमा २५–१८ ले पूनरागमन गर्दै पाँचौ तथा निर्णायक सेट १५–१३ ले जित्यो ।  ढुङ्गे देउराली क्लब पौवेगौवे स्यङ्जाले लिग चरणको पहिलो खेलमा पराजित भएपनि दोस्रो खेलमा जित निकाल्दै २ अङ्क जोडेको छ । यस्तै पराजित भएपनि ठकुरी समाजले १ अङ्कले जोडेको छ ।  आज नै भएको भेट्रान्स तर्फको पहिलो खेलमा माछापुच्छ«े गाउँपालिका विजयी सुरुवात गरेको छ । माछापुच्छ«े गाउँपालिकाले जिएम ब्रोडर्स लामाचौरलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित ग¥यो ।  पहिलो सेट १९–२५ ले गुमाएको माछापुच्छ«ेले दोस्रो सेटमा उत्कृष्ट पूनरागमन ग¥यो । दोस्रो सेटमा एक समय ११–२० ले पछाडि परेको माछापुच्छ«ेले २४–२४ को बराबरी गर्दै ३१–२९ को जित निकाल्यो । तेस्रो तथा निर्णायक सेट २५–२१ ले माछापुच्छ«ेले जित्यो ।  सभ्य समाज निर्माणमा खेलकुदको महत्वपूर्ण भुमिकाः अध्यक्ष केसी अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सभ्य समाज निर्माणमा खेलकुद क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताएका छन् ।  लामा अमृत फाउण्डेशन घान्द्रुकले आज देखि पोखराको नदिपुरमा सञ्चालन गरेको तेस्रो संस्करणको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।  ‘सबै हिसाबले समाज राम्रो बनाउन पर्छ भनेर हामी लागेका छौं, समाजलाई गतिशिल र अनुशासित बनाउन पर्छ भनेर तपाई हामी लाग्न पनेै छ, त्यसमा अझ बढी खेलकुद क्षेत्रको योगदान बढी छ, अध्यक्ष केसील भने, ‘ खेलाडी जब अनुशासनमा रहन्छ राष्ट्रलाई चिनाउछ र सभ्य समाज सहयोग पु¥याउँछ ।’ लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले भोलि बाँकी रहेका लिग चरण र भेट्रान्सतर्फका खेल हुने बताए ।  प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।  यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।  क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविनको आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन भएको छ ।  फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।   प्रतियोगिताको उद्घाटन समारोहमा दर्शकलाई निशुल्क प्रवेश रहेपनि भोलिदेखि टिकटको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमहरु समेत हुने आयोजकले जनाएको छ । 

पोखरा:   बक्स पोखराको आयोजनामा यही असार २७, २८ र २९ गते पोखरा रंगशालामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । बक्स पोखराले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।  बक्स पोखराका उपाध्यक्ष चुमान गुरुङले प्रतियोगिताको तयारी तिव्र पारिएको बताए ।  ‘खेलकुद युवाको शक्ति हो हो भन्ने नाराका साथ खुल्ला फुटसल प्रतियोगिता आयोजना गरेका छौं, उपाध्यक्ष चुमानले भने, ‘ तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा २५ देखि ३० समूहको सहभागिता हुने अनुुमान गरेका छौं । ’ उनका अनुसार प्रतियोगिताको विजेताले १ लाख ७० हजार रुपैयाँ,उपविजेताले १ लाख रुपैयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले ७ हजार ट्रफि मेडल र प्रमाणपत्र, उदीयमान खेलाडी, उच्च गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई ६ हजार बराबरको १ महिने सदस्यता प्रदान गरिने छ ।   प्रतियोगितामा सहभागिताका लागि एक समूहलाई  नौ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।  युवाको प्रतिभा उजागर गर्ने, स्थानीय र राष्ट्रिय खेलाडीबिच सम्पर्क तथा सम्बन्ध स्थापित गर्ने उद्देश्य रहेको बक्स पोखराका उपाध्यक्ष चुमान गुरुङले बताए । प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा योगदान पुग्ने उनको भनाइ छ । प्रतियोगितालाई निरन्तरता दिइने आयोजकको भनाइ छ । बक्स पोखराले आएको छ ।

काठमाडौं: नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो ।  नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि जितेको थियो ।सिंगापुरले जितका लागि दिएको १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा भेटेको थियो । ओपनर परिमार्जन यादव १३ रनमा र शिवांश बजागाई २० रनमा आउट भए । लगतै रौनक श्रीवास्तव रन नजोडी आउट भए । तीन विकेटको नोक्सानीमा नेपालले ४० रन जोड्यो। चौथो विकेटको रूपमा प्रसिद्ध जैशी १७ रनमा र सुगम बुढाथोकी १ रनमा आउट भए । शुभम खनाल १९ रनमा, सचिन णट्ट १ रनमा र विपिन प्रसाद शर्मा शुन्य रनमा आउट हुँदा नेपाल दबाबमा आयो । ९२ रन जोड्दा ८ विकेट गुमाउदा नेपाली टिम दवावमा परेको थियो । तर यसपछि जोय थापा अविजित २४ र अभय यादव अविजित १० रनमा रहँदै नेपाललाई २ विकेटको जित दिलाउन सफल रहे । गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

पोखरा: स्याङजा जिल्लाले गण्डकी प्रदेश टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ ।  प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो । उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।  ५७ रनको विजयी लक्ष्य पाएको स्याङजाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा ग¥यो ।  स्याङजाका लागि सिमाना केसीले १७ रनको अविजित पारी खेलिन् । उनले २२ बलमा १ चौका प्रहार गरिन् । कुशुम गोदार ११ रनमा अविजित रहिन् । उनले १३ बलमा १ चौका प्रहार गरिन् । ओपनर श्रेया शाह ५, सलिना सेन ६, ज्योत्सनिका मरासिनी ६ रनमा आउट भइन् । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान १÷१ विकेट लिए ।  त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले १६ ओभरमा अलआउट हुँदै ५६ रनमात्रै जोड्न सफल भयो ।  कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । रेखाले २८ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । रचनाले २५ बलमा २ चौका प्रहार गरिन् । ओपनर सिर्जना पौडेल ५, विनिता नेपाली, शिखा दवाडी र रिया तामाङ शुन्यमा आउट भए ।  विनिता सिग्देल २, चन्द्रमाया बराल २ रनमा आउट हुँदा यशोदा भुजेल, सुशिला डिम्टुक पनि शुन्यमै पेभिलियन फर्किए ।  सोनिमा पुन मगर शुन्यमा नटआउट रहिन् । स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले ३ ओभरमा ६ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । सिमाना केसीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् ।  स्याङजाकी सिमाना केसी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनी खेलको वुमन अफदी म्याचसँगै उत्कृष्ट बलर समेत घोषित भइन् ।  कास्कीका सिर्जना पौडेल उत्कृष्ट ब्याटर र सोनिमा पुन मगर उदियमान खेलाडी घोषित भइन् । चार दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वतको सहभागिता रहेको थियो ।   

पोखराः पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् ।  प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनलको यात्रा तय गर्ने पहिलो टिम बनेको हो । ११८ रनको विजयी लक्ष्य दिएको नवलपुरलाई ७८ रनमै समेट्दै कास्कीले लगातार दोस्रो जित हासिल गरेको हो ।  नवलपुरले २० ओभरमा ७ विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो । नवलपुरका लागि यमुना पंगेनी ७ र वर्षा सुनार शुन्यमा अविजित रहे । मोनिका लामिछाने २२, धनकुमारी क्षेत्री ८, लिजा गुरुङ शुन्य, श्रेया शर्मा ४, आयुषा चापागाईँ ३, पुर्णिमा सुनार ७ र वर्षा सुनार शुन्यमा आउट भइन् ।  कास्कीका लागि चन्द्रमाया बराल २ तथा श्रद्धा गुरुङ, रेखा तामाङ र रिया तामाङले समान १÷१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्कीले २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन बनायो । कास्कीका लागि रचना चौधरीले २५ र चन्द्रमाया बरालले १५ रनको अविजित पारि खेले । कप्तान सिर्जना पौडेल २७ रनमा आउट भइन् । उनले ३१ बलमा १ चौका प्रहार गरिन् । श्रद्धा गुरुङ ८, शिखा दवाडी १५, रेखा तामाङ २ रनमा आउट भइन् ।  नवलपुरका लागि यमुना पंगेनीले २ तथा श्रेया शर्मा र आयुषा चापागाईँले समान १÷१ विकेट लिए । उता दोस्रो खेलमा पर्वत र स्याङ्जाले वर्षाका कारण खेल रोकिएपछि अंक बाडेका छन् ।  १४६ रनको विशाल लक्ष्य पाएको पर्वतले १.१ ओभरमै २ विकेट गुमाउँदै ३ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । लगातार वर्षाभएपछि खेल हुन नसक्दा दुवै टिमले अंक बाडेका हुन् ।  वर्षा हुनुअघि ओपनर शुसिला भट्टराई ३ रनमा अविजित रहँदा योगिता केसी क्याचआउट भइन भने जिविका क्षेत्री शुन्यमा रनआउट भइन् । स्याङ्जाका लागि निरु जिटीले १ विकेट लिइन् ।  त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनायो । स्याङ्जाका लागि सिमाना केसीले ३३ रनको योगदान दिइन् । उनले ३८ बलमा २ चौका प्रहार गरिन् ।  श्रेया शाह १९, सलिना सेन १३ रनमा आउट भइन् । ज्योत्सनिका मरासिनी २४ रनमा रिटायर्ड आउट भइन् । कुशुम गोदार ४ र निरु जिटी ४ रनमा नटआउट रहिन् ।  पवर्तका लागि दिपिका सापकोटाले २ तथा प्रतिभा खड्काले १ विकेट लिइन् । 

काठमाडौं:  नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालले आजै भएको पहिलो सेमिफाइनलमा मलेसियालाई पराजित गरि फाइनलमा स्थान बनाएको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए । समूह चरणको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । फाइनलमा नेपालले मलेसियामाथि २ सय २१ रनको जित निकालेको थियो । नेपाल र सिंगापुरबीचको फाइनल खेल आगामी शनिबार हुनेछ ।

काठमाडौं:  एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तरसम्म ४–० गोलको अग्रता लिएको नेपालले मध्यान्तर पछि फेरि ४ गोल थप्यो । यसअघि  उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले हराएको थियो । यता श्रीलङ्का भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो अन्तरमा हारेको थियो 

पोखरा:  गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु भएको प्रतियोगितामा कास्कीले डिफेन्डीङ च्याम्पियन स्याङ्जा र नवलपुरले पर्वतलाई हराएको हो ।  पहिलो खेलमा कास्कीले स्याङ्जालाई ४ रनले हराएको छ । ९६ रनको विजयी लक्ष्य पाएको स्याङ्जालाई ९१ रनमा समेट्दै कास्कीले पहिलो जित हासिल गरेको हो ।  स्याङ्जाका लागि सिमाना केसी र कुशुम गोदारले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सिमानाले ४० बलको सामना गर्दै १ चौका र १ छक्काको मद्धतमा ३१ रन बनाउँदै आउट भइन् । कुशुमले २४ बलमा १ चौका प्रहार गर्दै १७ रन जोडिन् । रविना बुढामगर ४ र रन्जना साउद ३ रनमा नटआउट रहिन् । आरमिना अधिकारी ६, सलिना सेन शुन्य, अपेक्षा बुढाथोकी शुन्य, निरु जिटी शुन्य, ज्योत्सनिका मरासिनी १, सेरिना थापा ६, आकृति शुन्यमा आउट भइन् । कास्कीको लागि सुशिला डिम्टुक र चन्द्रमाया बरालले समान २÷२ तथा रचना चौधरी, यशोदा भुजेल र रिया तामाङले १÷१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रनका बनायो । कास्कीको जितमा रेखा तामाङले ३३ रनको उत्कृष्ट पारी खेल्दै अविजित रहिन् ।  उनले ३७ बलमा ३ चौका प्राहर गरिन् । शिखा दवाडी १ रनमा नटआउट रहिन् । कास्कीकी सिर्जना पौडेलले ३५ रनको योगदान दिइन् । उनले ५७ बलमा १ चौका प्रहार गरिन् । यस्तै श्रद्धा गुरुङ, चन्द्रमाया बराल २, रचना चौधरी शुन्य, विन्दु ठकरी शुन्यमा आउट भइन् । स्याङ्जाका लागि सिमाना केसीले ४ ओभरमा १४ रन खर्चदै सर्वाधिक ३ विकेट लिइन् । निरु जिटीले १ विकेट लिइन् । दोस्रो खेलमा नवलपुरले पर्वतमाथि ४६ रनको जित हासिल गरेको छ । ७७ रनको विजयी लक्ष्य पाएको पर्वतलाई ९.५ ओभरमा ३० रनमै अलआउट गर्दै नवलपुरले जित हासिल गरेको हो । पर्वतका लागि कुनैपनि ब्याटरले दाहोरो अंक जोड्न सकेनन् ।  विपिशा विक १, गरिमा केसी शुनय, शुशिला भट्टराई ३, एन्जल अधिकारी १, योगिता केसी २, जिविका क्षेत्री ३, प्रतिभा खड्का ९, कृषा अखेली शुन्य, अनुशा पौडेल १ र रिजिता चापागाईँ शुन्यमा आउट भइन् । नवलपुरका लागि आयुषा चापागाईँँले ३.५ ओभरमा १ मेडनसहित १० रन खर्चेर सर्वाधिक ५ विकेट लिइन् । उनी खेलको वुमन अफ दी म्याच घोषित भइन् । यस्तै पुर्णिमा सुनारले २ तथा श्रेया शर्माले १ विकेट लिइन् ।  त्यसअघि टस जितेर ब्याटिङ रोजेको नवलपुर १५.४ ओभरमा ७६ रनमा अलआउट हुन पुग्यो । नवलपुरका लागि धनकुमारी क्षेत्रीले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।  उनले ४८ बलमा ३ चौका प्रहार गर्दै ३२ रनको योगदान दिइन् । मोनिका लामिछान ३, श्रेया शर्मा शुन्य, श्रेया गिरी १, आयुषा चापागाईँ शुन्य, पुर्णिमा  सुनार ४, यमुना पंगेनी शुन्य, वर्षा सुनार ३, निहारिका शर्मा शुन्य, लिजा गुरुङ, जिविका क्षेत्री १ रनमा आउट भइन् । पर्वतका लागि प्रतिभा खड्का र कृषा अखेलीले समान २÷२ तथा अनुसा पौडेल, जविका क्षेत्री र सुशिलाा भट्टराईले १÷१ विकेट लिइन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा कुल चार जिल्लाको सहभागिता रहेको छ ।   

पोखरा:  पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सञ्चालन हुने तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।  ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित असार २४ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गर्दै छौं, संस्थापक गुरुङले भने, ‘सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको फाउण्डेशनले आयोजना गरेको प्रतियोगिता पोखरा–३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा हुनेछ ।  फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।  संस्थापक गुरुङका अनुसार तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद तथा राष्ट्रिय पुरुष भलिबल टिमका ३ जना खेलाडी समावेश गर्न पाइने छ । यस्तै भेट्रान्स भलिबलमा ३८ वर्ष उमेर पुरा भएको खेलाडी मात्र समावेश गर्न पाइनेछ ।  उनका अनुसार प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।  यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।  क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा ६ टिमलाई मात्र सहभागी गराउने लामा अमृत फाउण्डेशन घान्द्रुकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा ५ समूहको मात्र सहभागिता भए राउण्ड रोविनको आधारमा सञ्चालन हुने अन्र्तराष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापामगरले बताए ।  ‘क्लबस्तरीय प्रतियोगितामा ६ टिमलाई मात्र समावेश गर्ने आयोजकले निर्णय गरेको छ, अहिलेसम्म ५ टिमले सहभागिता जनाउने जानकारी आएको छ’, थापामगरले भने, ‘प्रतियोगितामा ६टिमको नै सहभागिता भए लिग चरण र ५ टिमको मात्र सहभागिता भए राउण्ड रोविनको आधारमा सञ्चालन गर्छौ ।’ प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन गर्ने लामा अमृत फाउण्डेशनले जनाएको छ । प्रतियोगिताको पहिलो दिन दर्शकलाई निशुल्क प्रवेश रहेपनि दोस्रोदिन देखि टिकटको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमहरु समेत हुने आयोजकले जनाएको छ ।