पोखरा:   पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइट...

पोखरा:    भारत सिक्किमको थन्डर बोल्टस् नर्थ युनाइटेडलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रागंशालामा मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा थन्डर बोल्टस् ३–० ले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो। योसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब ले सेमिफाइनल पुगिसकेका छन् । ३६ औं मिनेटमा इस्लोमजोन अब्दुकोडिरोभको गोलमा ब्ल्याक बुल्सले अग्रता बनाएको थियो। सभ्कात्जोन सत्तोरोभको पासमा उनले थन्डर बोल्ट्स गोलकिपर र डिफेन्डरको बिचबाट सेकेण्ड बारबाट उत्कृष्ट गोल गरे। ७३ औं मिनेटमा साभ्कातजोनको क्रसमा साइडजामोलले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर पारे। खेलको ७५ औं मिनेटमा साभ्कातजोन सत्तोरोभको गोलमा ब्ल्याक बुल्सले ३–० को आरामदायी अग्रता बनायो। सेमिफाइनलमा ब्ल्याक बुल्सले थ्री स्टारको सामना गर्नेछ। पहिलो सेमिफाइनल बुधवार पुलिस र चर्च ब्वाइजबिच हुनेछ। प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछ।

पोखरा:    चर्च ब्वाइज फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन क्लब माथि १–० को कठिन जित निकाल्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।   पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफ पनि सकिन एक मिनेट बाँकी रहँदा चर्चका ब्वाइजका नवीन लामाले प्रहार गरेको कर्नर बललाई राज भुसालले हेडमार्फत गोल गरे । भुसालले गरेको गोलनै खेलको निर्णायक बन्यो । पहिलो तथा दोस्रो हाफमा दुवै टोलीले गोलका केही मौका पाएकामा सदुपयोग गर्न सकेनन् ।  अघिल्लो संस्करणको उपाधि विजेता आर्मी यस वर्ष पहिलो खेलबाट बाहिरिएको छ । आर्मीले सिधै क्वाटरफाइनलमा स्थान बनाउँदा चर्च ब्वाइजले एनआरटीलाई पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएको थियो ।  चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले खेलाडीको मेहनतबाटै जीत सम्भव भएको बताउनुभयो । आर्मीका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो खेले पनि अवसर सुदपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिनुभयो ।  यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार र उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाइ स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि गन्नी एफसी र रामघाट एफसी भिड्ने भएका छन् ।   उक्त फाइनल खेल मंगलबार दिउँसो १ बजे पोखरा महानगरपालिका १ स्थित पुुरानो टुंडिेखलमा हुने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।   अध्यक्ष थापाका अनुसार आज (सोमबार) भएको पहिलो सेमिफाइनल खेलमा गन्नी एफसीले चरी सुशान एफसीलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा प्र्रवेश गरेको हो ।    यस्तै दोस्रो सेमिफाइनल खेलमा रामघाट एफसीले बिग सिटी लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा गन्नी एफसीसँगको भेट पक्का गरेको विनोद गुरुङले बताए ।   उनका अनुसार ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा गत २२ गतेदेखि सुरु भएको प्रतियोगिता भोलि (मंगलबार) सम्पन्न हुनेछ ।    कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।     

पोखरा:   सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन् ।  क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीहरुमध्ये ६ जना सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् ।  क्लब अध्यक्ष केशवराज बरालले खेलाडीहरु विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाएका हुन् ।  यसैबीच, ब्रिगेड ब्वाइजले सहारा फुटबल एकेडेमीमा रहेका खेलाडीको उत्थानको लागि सहयोगस्वरुप २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।  समारोहमा एकेडेमीका स्पोन्सर हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, एन्फाका सहायक सिइओ विनोद गुरुङ, एन्फा गण्डकी उपाध्यक्ष मिलन गुरुङ, एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जित, क्लबका पूर्व अध्यक्षहरु, मानार्थ सदस्य एवं सल्लाहकारहरुको उपस्थिति थियो ।  यस्तै, ब्रिगेड ब्वाइज क्लबका तर्फबाट धनबहादुर गुरुङ, खेलाडी संघका अध्यक्ष विक्रम लामाको उपस्थिति थियो । कार्यक्रमबारे एकेडेमी संयोजक एवं सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले प्रकाश पारेका थिए ।  सहारा एकेडेमीमा हाल चौथो ब्याजका रुपमा ३० जना बालकहरु आश्रित छन् । उनीहरुले निःशुल्करुपमा शिक्षा, दीक्षा, आवासीय सुविधा सहित फुटबल सिकिरहेका छन् । क्लबले बर्सेनि फुटबल प्रतियोगिता आयोजना गरेर बचत रकम एकेडेमीमा खर्चिंदै आएको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

कास्की:    थ्रीस्टार फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको दोस्रो खेलमा टाइब्रेकरमा थ्रीस्टार मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।  खेलको नियमित तथा थप गरिएको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा थ्रीस्टारले ४–२ गोलले जित निकाल्यो ।  पेनाल्टीमा मछिन्द्रका विशाल घलानको प्रहार बारमा लागेर गोल हुन सकेन । थ्रीस्टारका गोलकिपर सरिनले मछिन्द्रका आदित्य शाक्यको प्रहार रोक्न सफल भएपछि थ्रीस्टारले अन्तिम चारको यात्रा तय गरेको हो । मछिन्द्रका सनिश श्रेष्ठ र दिवाकर चौधरीको प्रहारले भने गोलको दिशा लिएको थियो । थ्रीस्टारका लागि दिपेश घले, फोडे फोफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे । प्रतियोगितामा मछिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई पजित गरी क्वाटरफाइनलको यात्रा तय गरेको थियो । थ्रीस्टारले भने सिधैं क्वाटरफाइनल खेलेको हो ।  प्रतियोगिताअन्तर्गत सोमबार चर्च ब्वाइज र विभागिय टोली नेपाल आर्मी क्लबका बीच खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो । यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १२ लाख, उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पाउने छन् । 

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलका खेल हुने भएको छ ।   ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।   उनका अनुसार सोेमबार चारी सुशान एफसी र केआइइसी बुनबीच पहिलो क्वाटरफाइनल खेल बिहान ७ बजे हुनेछ । यस्तै दोस्रो खेल बिहान ८ बजे एलसी ब्रदर्श र गन्नी एफसी भिड्ने छ ।   तेस्रो क्वाटरफाइनल खेल बिग सिटी लेकसाइड र स्याङ्जा एफसी प्रतिस्पर्धा गर्नेछ । भने, अन्तिम क्वाटरफाइनल खेल कमलपोखरी एफसी र रामघाट ह्वाइटबीच बिहान १० बजे प्रतिस्पर्धा हुने विनोद गुरुङले बताए ।   उनका अनुसार प्रतियोगितामा कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।  

म्याग्दी:   जिल्लाको दरबाङ र नारच्याङमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको आयोजनामा तरुण कप भलिबल प्रतियोगिता– २०८१ हुने भएको छ ।      म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता आगामी फागुन ७, ८ र ९ गते मालिका गाउँपालिका–६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता एवं अन्तरपालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता फागुन १४, १५ र १६ गते अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा हुने आयोजकले जनाएको छ । तरुणदल म्याग्दीका  अध्यक्ष श्रीप्रसाद रोका मगरले तरुण कप–२०८१ को तयारीलाई तीव्र पारिएको जानकारी गराउनुभयो ।  दुवै प्रतियोगिताको पुरुष विधातर्फका विजेताले रु एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । उपविजेताले रु ६६ हजार ६६६ ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ  ।  त्यसैगरी महिला भलिबल विधाका विजेताले रु ७७ हजार सात सय ७७ र उपविजेताले रु ४४ हजार ४४४ ट्रफी मेडलका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।  रु १५ लाख ५० हजार बढी खर्च अनुमान गरिएको छ । आयोजनाबाट खर्च कटाएर आम्दानी भएको रकमले दुर्गम क्षेत्रलाई लक्षित गरेर शिक्षा ,स्वास्थ्यलगायत क्षेत्रमा खर्च गर्ने तरुणदल म्याग्दीले जनाएको छ ।

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा आजदेखि दोस्रो चरणका खेल सुरु भएका छन् ।   ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा दोस्रो चरण अन्तरगतको ८ खेल सम्पन्न भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।   उनका अनुसार शुक्रबार भएको खेलमा आकुरा एफसीले एन टु क्याफेलाई १–० गोल अन्तरले पराजित गर्याे । आकुराको जीतमा सौरभ पुनले निर्णायक गोल गरे ।   यस्तै अर्काे खेलमा बिग सिटीले ठमेल एकता समुहलाई ३–०  गोल अन्तरले हरायो । बिग सिटीको जीतमा आयुष थापाले ह्याट्रिक गरे ।   तेस्रो खेलमा बिटी एलाई स्याङ्जा एफसीले पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले पराजित गर्याे ।   अर्काे खेलमा ए सेभेन ब्रदर्शलाई क्य्रास एफसीले ३–१ गोलले पराजित गर्याे ।   क्य्रासएफसीको जीतमा सुरज गुरुङले २ गोल  र सञ्जय लामाले १ गोल गरे । भने, ए सेभेनका लागि प्रशान्त सुनारले १ गोल फर्काए ।   यस्तै पाँचौ खेलमा एलसी ब्रदर्शलाई लिभिक कन्स्ट्रक्सनले २–० गोल अन्तरले हरायो । लिभिकको जीतमा आश्मान थापा र अंकित थापाले समान १÷१ गोल गरे ।   छैटौं खेलमा रामघाटले सम्पदा अंकित स्पोर्टसलाई ३–० गोलले पराजित गर्याे । रामघाटको जीतमा आशिष गुरुङले २ र शिव सुवेदीले १ गोल गरे ।   सातौ खेलमा गोल्डेन नाइटलाई कमल पोखरीले १–० गोले हरायो । कमलपोखरीको जीतमा मन्दिप गुरुङले निर्णायक गोल गरे ।   आज भएको अन्तिम खेलमा स्मृति क्लबलाई लामा गाउँले ४–० गोल अन्तरले हयायो । लामागाउँको जीतमा लिलजंग गुरुङले २ गोल र विश्व थापा र अनुज भण्डारीले समान १/१ गोल गरे । शनिबार पनि दोस्रो चरणकै खेल हुने क्लबका सचिव रेशम सापकोटाले बताए ।   उनका अनुसार कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।    

काठमाडौं:    महिला टी–ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम खेलमा नेपाललाई सात विकेटले पराजित गरेसँगै थाइल्याण्डले उपाधि चुमेको हो ।  थाइल्याण्ड श्रृङ्खलामा खेलेका ६ खेलमध्ये पाँचमा जित तथा एकमा हार बेहोर्दै १० अङ्कका साथ शीर्ष स्थानमा रह्यो । यस्तै  नेदरल्याण्ड्स ६ खेलमा चारमा जित तथा दुईमा हार बेहोर्दै आठ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । नेपाल भने प्रतियोगितामा अङ्कबिहीन रह्यो । नेपाल आफ्ना सबै ६ खेलमा पराजित रह्यो ।        नेपालले आफ्नो अन्तिम खेलमा थाइल्याण्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितरे पहिला ब्याटिङ रोजेकी थिइन् ।  नेपालले निर्धाति २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनायो । नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, राजमती ऐरीले अविजित ११ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।       बलिङतर्फ थाइल्याण्डकी ओनिचा कामचोम्फुले तीन तथा चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान एक एक विकेट लिइन् ।       बयासी रनको विजयी लक्ष्य थाइल्याण्डले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डका लागि कप्तान नारुइमोल चाइवाईले अविजित २७, नान्नापत खोन्चरोएन्कले २३ तथा नाट्टाया बुचाथमले ११ रन बनाइन् । बलिङतर्फ नेपालका लागि कप्तान इन्दु बर्माले दुई तथा पुजा महतोले एक विकेट लिइन् ।       नेपाल यसअघि नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो ।