पोखरा: पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई &...

पोखरा:    टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा आयोजक टोलीले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित हो ।  योसँगै महिला टोलीतर्फ ‘जित्ने समूह’ बाट आयोजक टोली र सशस्त्र प्रहरी बल एपिएफ शीर्ष दुई स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको छ । पहिलो र दोस्रो स्थानको टुंगो भने लिगको अन्तिम खेलबाट लाग्नेछ । लिग चरणको एक खेल अगावै आयोजक टोलीले ३–३ अंक जोड्दै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । उक्त समूहबाट दुवै खेलमा पराजित भएको न्यू डायमण्डले ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग एलिमिनेटरमा प्रतिष्पर्धा गर्नेछ । आजै भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटले पराजित गरेको थियो । अहिले पुरुषतर्फको गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच खेल जारी छ । त्यसपछि पुरुषतर्फ नै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

पोखरा:   मुस्ताङ फेमेलीले स्वर्गीय भिमप्रसाद गौचनको स्मृतिमा पहिलो संस्करणको ‘मुस्ताङ कप खुला फाइभ ए साइड फुटसल’ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।   पोखराका ११ स्थित रानीपौवा स्पोटस् सेन्टरमा आगामी ३ गते स्वर्गीय भिमप्रसादको सम्झनामा फुटसल प्रतियोगिता अयोजना गर्ने संयोजक टाँसी गुरुङले जानकारी दिए ।   उनका अनुसार उक्त प्रतियोगितामा मुस्ताङ भित्रका स्थायी बासिन्दाले मात्र खेल्न पाउनेछन् ।    संयोजक गुरुङले आपसी भाइचारको सम्बन्धलाई सुमधुर बनाउने र स्थानीय खेलाडीलाई प्रोत्सहान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताए ।   उनले आगामी वर्षपनि उक्त प्रतियोगितालाई निरन्तरता दिने जानकारी दिए ।   सो प्रतियोगिताको विजेताले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले  नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।   यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगदसहित आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।   सो प्रतियोगिताको मुख्य प्रायोजन स्व. भिमप्रसाद गौचनको जापानमा कार्यरत छोरा बुद्धि गौचन र जित गौचनले गरेका छन् ।   प्रतियोगिता सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क ४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।   टिम दर्ता फोनमार्फत (९८१६१९३४५३, ९८६७६४४४६०, ९८०२८५०७७८) पनि गर्न सकिने अयोजकले जनाएको छ ।  

पोखरा:     त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ इलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश गरेको हो ।  पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पो¥यो । दोस्रो सेटमा १६–१० को आर्मीको अग्रतालाई उल्टाउँदै पुलिसले जित निकालेको थियो । अन्य सेटमा भने पुलिसले सहज जित निकाल्यो । ‘हार्ने समूह’ बाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै पुलिस इलिमिनेटरमा प्रवेश गरेका हुन् । पुुलिसले यसअघि ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो । आर्मी र ट्राभल इन्क्वारी एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् । ‘हार्ने समूह’बाट अंकविहीन रहेका आर्मी र ट्राभल इन्क्वारीले खेल्नेछन् । पुलिसले अब ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहने टोलीसँग इलिमिनेटर खेल्नेछ । ‘जित्ने समूह’ मा आयोजक टाइगर ग्रुप, सशस्त्र प्रहरी बल एपिएफ र टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब छन् । अहिले ‘जित्ने समूह’ बाट महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोर्टस क्लब र आयोजक टाइगर ग्रुपबिच प्रतिस्पर्धा भइरहेको छ । त्यसपछि पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच पौने १ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबिचको खेल स्थगित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा खराब प्रकाशका कारण उक्त खेल स्थगित गरिएको हो । हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै गण्डकीले २७–२५ को जित निकालेको थियो । त्यसपछि खेल स्थगित गरिएको हो । ‘हार्ने समूह’ समूहबाट शीर्ष स्थानमा रहने टोली इलिमिनेटर खेल्नेछ । उक्त समूहमा गण्डकी, हेल्प नेपाल र सशस्त्र प्रहरी बल एपिएफ क्लब छन् । यीमध्ये एक टोलीले मात्र इलिमिनेट खेल्नेछन् । दुई टोली भने प्रतियोगिताबाट बाहिरिनेछन् । यसअघि भएको खेलमा महिलातर्फ एपिएफ जित निकाल्दा पुलिसले दोहोरो जित निकालेको थियो । महिलातर्फ एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।  महिलातर्फ नै पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो । पुरुषतर्फ पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

पोखरा:   एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतको सुनिल भलिबल क्लबमाथि शानदार जित दर्ता गराएको छ ।  पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–१० र दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । ती दुई सेटमा भारतको सुनिल क्लबमाथि पुलिस हाबी बनेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै सुनिल क्लबले २५–२२ को जित दर्ता ग¥यो । तर, प्रतिस्पर्धात्मक भएको चौथो सेटमा २५–२२ ले जित हासिल गर्दै पुलिसले दोस्रो जित दर्ता ग¥यो । सुनिल क्लबले भने पहिलो हार चाखेको छ । यसअघि भएका महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपिएफ विजयी भएका थिए । पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ र एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।  टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको पहिलो खेलमा ‘जित्ने समूह’ अन्तर्गत एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा पराजित गरेको हो ।  एपिएफले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२१ को जित निकाल्न सफल भयो । एपिएफकी निरुता ठगुन्ना टाइगर अफ द म्याच घोषित भइन् । खेलको बेष्ट स्पाइकर न्यू डायमण्डकी सलिना बुढामगर बनिन् ।  ‘जित्ने समूह’ मा एपिएफ, न्यू डायमण्डसहित आयोजक टोली छन् । अब महिलातर्फ ‘हार्ने समूह’ बाट ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

पोखरा:   एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सोमबार ४ खेल हुने भएका छन् । शनिबारबाट सुरु भएको प्रतियोगिताको तेस्रो दिन भोलि महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुने तालिका छ ।  अब लिग चरणका खेल हुनेछ । सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्नेे टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् ।  पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहान पौने ९ बजे पहिलो खेल हुनेछ । उक्त खेल महिलातर्फ ‘जित्ने समूह’का टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब र शसस्त्र प्रहरी बल एपिएफबिच प्रतिष्पर्धा हुनेछ ।  दोस्रो खेल महिलातर्फ ‘हार्ने समूह’का ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र नेपाल पुलिस क्लबले खेल्नेछन् । उक्त खेलमा पौने ११ बजेबाट सुरु हुनेछ ।  तेस्रो खेल पुरुषतर्फ ‘जित्ने समूह’का भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । भोलिको अन्तिम तथा चौथो खेल पुरुषतर्फ ‘हार्ने समूह’का गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोटर््स क्लबबिच हुनेछ ।  लिगपछि ‘जित्ने समूह’ बाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् ।  पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । ‘हार्ने समूह’ बाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।    

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई सोझो सेटमा पराजित गरेको छ ।  पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफमाथि आर्मीले ३–० को सहज जित निकालेको हो । आर्मीले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो ।  यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकीलाई ३–२ सेटमा पराजित गरेको थियो ।  यस्तै पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो । आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।  प्रतियोगितामा अब लिग चरणका खेलहरु हुनेछन् । पहिलो खेलमा जित निकाल्ने टोली र पराजित हुने टोलीले छुट्टाछुट्टै लिग खेल्नेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । 

पोखरा:   एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग पराजित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा गण्डकी पुलिससँग ३–२ को सेटमा पराजित भयो ।  पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौं सेटमा सम्हालिन नसक्दा खेल गुमाउनुप¥यो ।  पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । गण्डकीले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१४ ले जितेको थियोे ।  पाँचौं सेटमा गण्डकीले सुरुआती अग्रता जोगाउन नसक्दा खेल १५–१० ले गुमाउनुप¥यो । अब आजको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ ।  यसअघि पुरुषतर्फ भएको खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटले पराजित गरेको थियो ।  यस्तै आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।