पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा: पोखरामा शनिबार सम्पन्न भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगिताको उपाधि फोटो पत्रकार युनिश गुरुङले जितेका छन् ।  माईन्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगितामा फोटो पत्रकार गुरुङले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेका हुन् ।  प्रतियोगितामा बाह्रखरी डटकम पोखराका संवाददाता विशन क्षेत्री द्धितिय, नयाँ लिपि डटकमका संवाददाता दिपक कुमार श्रेष्ठ तृतीय भए ।  यस्तै प्रब्लिक फोरकेका प्रबन्धक निर्देशक मन क्षेत्री चौथो, रातोपाटी डटकम पोखरा संवाददाता प्रकाश ढकाल पाँचौ, नयाँ लिपिका सम्पादक सुरज श्रेष्ठ छैठौ र महेश भण्डारी सातौं भए ।  उपाधि विजेता गुरुङ राष्ट्रिय समाचार समिति (रासस), समाधान दैनिक पत्रीका, अमेरिकी समाचार संस्था दि एसोसियटेड प्रेस–एपीमा आवद्ध छन् ।  प्रतियोगितामा प्रथम भएका गुरुङले ५ हजार नगदसहित मेडल, प्रमाणपत्र टफी प्राप्त गरे । द्धितिय भएका क्षेत्रीले ३ हजार र तृतीय भएका श्रेष्ठले २ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । भने, चौथो, पाँचौ, छैठौं र सातौ भएकाहरुले मेडल र प्रमाणपत्र प्राप्त गरे ।  

पोखरा:    ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा सम्पन्न पुरुष भलिबलको उपाधि युके लण्डनले जितेको छ ।   ऐतिहासिक ३१ औं चैत्र दशैं मेला अन्तर्गत आज (शनिबार) भएको फाइनल खेलमा युके लण्डनले र घाचोकलाई ३–२ सेटले हराउँदै लण्डनले उपाधि जितेको हो ।   उपाधिसँगै लण्डनले नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।   यस्तै उपविजेता बनेको घाचोकले नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । भने, सान्त्वना बनेको टि गार्डेनले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।     उक्त खेलबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा युके लण्डनका कमल सुनार पुरस्कृत गरिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।   उनका अनुसार उत्कृष्ट सर्भरका रुपमा सोही टिमकै संजोग परियार, उत्कृष्ट सेटरका रुपमा युके लण्डनकै देवेन्द्र परियार, उत्कृष्ट लिब्रोका रुपमा सोही टिमकै राजन दर्लामी मगर पुरस्कृत भए । भने, उत्कृष्ट स्पाइकरका रुपमा घाचोकका मिलन विक र उत्कृष्ट ब्लकरका रुपमा सोही टिमकै देवेन्द्र कुँवर पुरस्कृत भए । पुरुष भलिबलतर्फ कुल २४ टिमको सहभागिता रहेको थियो ।   खेल संयोजक अनोद गुरुङका अनुसार महिलातर्फ हिमशिखर क्लब धम्पुसले बौद्ध सिर्जना क्लब घलेललाई ३–० को सोझो सेटले हराउँदै धम्पुस च्याम्पियन बन्यो । च्याम्पियन बनेको धम्पुसले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्राप्त गर्याे ।     यस्तै उपविजेता बनेको घलेलले, नगद रु १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र हात पार्याे ।   विजेता तथा उपविजेता टोलीलाई गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, वडा सदस्य अर्जुन परियार, माछापुच्छ्रे गाउँपालिका खेलकुद संघका सदस्य सचिव हुमबहादुर गुरुङ, क्लबका अध्यक्ष सुजन गुरुङ, स्थानीय अग्रजहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।   गत २४ गतदेखि सञ्चालनमा रहेको सो मेलामा हिजो (बिहीबार) बेलुकी लोक तथा दोहोरी गायीका मन्जु विक, कृष्ण सुवेदी लगायतले प्रस्तुती दिएका थिए ।    

पोखरा:  ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबलतर्फ युके लण्डन र घाचोक उपाधिका लागि भिड्ने भएका छन् ।   क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार युके लण्डन र टि गार्डेनबीच आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा टि गार्डेनलाई २५–१८, २५–२० र २५–१९ को सोझो सेटले  पराजित गर्दै युके लण्डन फाइनलमा प्रवेश गरेको हो ।   यस्तै दोस्रो सेमिफाइनल खेलमा घाचोकले स्याङ्जालाई ११–२५, २५–१८, २५–२१ र २३–२५ को सेटमा पराजित गर्दै फाइनलमा युके लण्डनसँगको भेट पक्का गर्याे ।   उक्त फाइनल खेल शनिबार हुने खेल संयोजक अनोद गुरुङले जानकारी दिए । उनका अनुसार तृतीय स्थानका लागि भने टि गार्डेन र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।    महिलातर्फ यसअघि नै हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेका छन्  । उक्त खेल पनि शनिबार नै सम्पन्न हुने गुरुङले बताए ।    कुल २४ टिमको सहभागिता रहेको पुरुषतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव निरोज गुरुङले बताए ।   उनका अनुसार उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।   यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ । गत २४ गतदेखि सञ्चालनमा रहेको सो मेलामा खेलकुदका गतिविधिसँगै विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुँदै आएको छ । 

पोखरामा चैत अन्तिममा मिडिया कप किङ्गस बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।   चैत ३० गते शनिबार प्रतियोगिता हुन लागेको हो । माईन्ड फ्रेस चेस क्लब पोखरा कास्कीको आयोजनामा हुने प्रतियोगिता नेपाल पत्रकार महासंघको भवनमा हुनेछ ।   प्रतियोगिता सहभागीता जनाउनका लागि आयोजक माईन्ड फ्रेस चेस क्लबका अध्यक्ष युवराज भण्डारीले आग्रह गरेका छन् । प्रतियोगिताको बिजेताले नगद ५ हजार मेडल र ट्रफि प्राप्त गर्ने छन् ।   प्रतियोगित दोस्रो, तेस्रो हुनेल नगद ३ हजार, २ हजार र मेडल प्राप्त गर्ने छन् । त्यसै गरी सातौं स्थान सम्म प्राप्न गर्ने खेलाडी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।   प्रतियोगितालाई पोखराको महेन्द्रपुलमा रहेको किङ्गस इन्स्टिच्युटले मुख्य प्रायोजना गरेको छ ।   प्रतियोगितालाई अन्नपूर्ण गाउँपालिका कास्की, रुपा गाउँपालिका, फेदीखोला गाउँपालिका, नेपाल पत्रकार महासंघ कास्कीले सघाएका छन् ।  

पोखरा: तेस्रो एबिसी भेट्रान्स ४५ वर्षमाथि एट ए साइड भेट्रान्स कप रनिङ शिल्डको उपाधि हेटौंडा भेट्रान्सले हात पारेको छ ।  अमरसिंह ब्वाइज क्लबले आयोजना बिहिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा हेटौंडा भेट्रान्सले रुपन्देही ११ लाई  २ – ० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।  उपाधिसंगै हेटौंडाले नगद  १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्राप्त गरे । उपबिजेता रुपन्देही ११ ले नगद  ७७ हजार ७ सय ७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलमा पहिलो हाफको १९ औं मिनेटमा हेटौडाका उमल मोक्तानले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।   त्यस्तै  दोश्रो हाफको २७ औं मिनेटमा अटल बर्माले दोश्रो गोल गर्दै हेटौडाको उपाधी सुनिश्चित गराए । उक्त खेलमा प्लेयर अफ दी म्याच हेटौडाका उमल मोक्तान घोषित भए । त्यस्तै प्रतियोगितामा मोस्ट भ्यालुयबल प्लयेर अफ द टुर्नामेन्टको उपाधि हेटौडाकै उदय गुरुङले हात पारे । गुरुङले नगद १० हजार प्राप्त गरे ।  प्रतियोगिताका विजेताहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, एबिसी क्लबका अध्यक्ष राजेश गुरुङ,  पोखरा महानगरपालिका वडा नं १० का सदस्य परमेश्वर बहादुर  कार्की, एबिसी हङकङका सल्लाहकार रक्षा गुरुङ, एबिसी युकेका सल्लाहकार भोज बहादुर गुरुङ, गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले समाज रुपान्तरण र खेल क्षेत्रको बिकासको लागि एबिसी क्लबले महत्वपूर्ण योगदान पु¥याएको बताइन ।  एबिसी क्लबले भेट्रान्स फुटबल प्रतियोगिताको आयोजना गरी एक आपसमा भाइचारा अभिवृद्धि संगै शारिरीक तन्दुरुस्तका लागि समेत प्रौढ उमेर समुहलाई प्रेरिरत गर्ने काम गरेको समेत बताइन ।  अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङले बिगतका संस्करणहरु जस्तै तेस्रो संस्करणको भेट्रान्स कप सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने प्रति आभार ब्यक्त गरे ।

पोखरा:    ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबल अन्तर्गत क्वाटरफाइनलका ३ खेल सकिएका छन् ।   क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश गरेका हुन् ।    युके लण्डनले घाचोक टिम ‘बि’लाई २–० को सोझो सेटमा पाखा लगाउदै युके लण्डन सेमिफाइनलमा प्रवेश गर्याे ।    टि गार्डेनले सिदिङलाई पनि २–० कै सेटमा हराउँदै टि गार्डेन अन्तिम चारमा प्रवेश गर्याे । अब सेमिफाइनलमा टि गार्डेनले युके लण्डनको सामना गर्नेछ ।   यस्तै अर्काे क्वाटरफाइनल खेलमा पञ्चासेलाई घाचोकले २–१ को सेटमा पराजित गर्दै घाचोक पनि सेमिफाइनलमा प्रवेश गर्याे ।   खेल संयोजक अनोद गुरुङका अनुसार प्रिक्वाटर र क्वाटर गरी २ खेल अझै बाँकी रहेको छ ।   उक्त खेलहरु शुक्रबार सम्पन्न भएपछि सेमिफाइनलमा घाचोकसँग भिड्ने टिमको टुंगो लाग्नेछ ।    यसअघि महिलातर्फ हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेको छ ।   बुधबार बेलुकी लाइभ कन्सर्टतर्फ निष्कर्ष ब्याण्डले प्रस्तुती दिएको थियो ।   पुरुषतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   यस्तैे उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।   यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ । 

काठमाडौं:  हङकङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले कुबेतलाई छ विकेटले पराजित गरेको छ ।  कुबेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८ दशमलव ५ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो ।      नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ५० बल खेल्ने क्रममा छ चौका र छ छक्काको सहयोगमा ८१ रन बनाए भने शेखले ३८ बल खेल्ने क्रममा दुई चौका र चार छक्काको सहयोगमा ५३ रन बनाए । साथै दीपेन्द्र सिंह ऐरीले १२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३१ रनको महत्वपूर्ण योगदान दिए ।       कुबेतका लागि  यासिन पटेलले दुई विकेट लिए भने मोहम्मद सफिक र मोहम्मद आस्लामले एक÷एक विकेट लिए ।       त्यसअघि पहिले ब्याटिङ गरेको कुबेतले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । उसका लागि ओपनरद्वय क्लिन्टो एन्टोले ४१ र राभिजा सान्दारुवानले २६ रन बनाए । साथै मिट भाबसारले ३५ र बिताल ताहिरले ३२ रन बनाए ।      नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई र ललित राजवंशी तथा कुशल भुर्तेलले एक÷एक विकेट लिए ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा ऐतिहासिक ३१ औं चैत्र दशैं मेला जारी छ ।   ग्रिनहिल युवा क्लबको आयोजनामा गत २४ गतेदेखि ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित जारी मेलामा आज (बुधबार) देखि पुरुषतर्फको भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।   उनका अनुसार आज पहिलो चरणका ५ वटा खेल सम्पन्न भएका छन् ।   ल्वाङको खेलमैदानमा आज भएको पहिलो खेलमा आयोजक ल्वाङ टिम ‘ए’लाई ठाँटीले २–० को सोझो सेटमा पराजित गर्याे । यस्तै दोस्रो खेलमा धम्पुसलाई नयाँपुलले २–० कै सोझो सेटमा हराउँदै नयाँपुल दोस्रो चरणमा प्रवेश गर्याे ।    तेस्रो खेलमा ल्वाङ टिम ‘बि’लाई कुँइबाङले पनि २–० कै सोझो सेटमा पराजित गर्याे । चौथो खेलमा पकुवाले ल्वाङलाई २–० को सोझो सेटमा पाखा लगायो । पाँचौ खेलमा घाचोकले ल्वाङ टिम ‘सि’लाई २–० कै सेटमा हराउँदै घाचोक दोस्रो चरणमा प्रवेश गर्याे ।    आज भएको अन्तिम तथा दोस्रो चरणको पहिलो खेलमा ठाँटीलाई युके लण्डनले २–० को सेटमा पराजित गर्दै युके लण्डन क्वाटरफाइनलमा प्रवशे गरेको संयोजक गुरुङले बताए । उनका अनुसार पुरुषतर्फ २४ टिमको सहभागिता रहेको छ ।   यसअघि महिलातर्फ हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेको छ ।   पुरुषतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   यस्तैे उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।   यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ ।    उनका अनुसार सो मेलामा म्युजिकल चियर, बेलुन फुटाउने प्रतियोगिता सम्पन्न भइसकोको छ । भने, हरेक बेलुका विविध साँस्कृतिक कार्यक्रम, लाइभ कन्र्सट, ख्यातीप्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहदैं आएको छ ।  

पोखरा: पोखरामा जारी केपी ओली कप टी२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता जारी रहँदा समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेको छ ।  मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिताको पाँचौ दिनमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हराएको छ ।  १०३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा १०६ रन बनायो । ओपनर साकिब हकले ५३ रनको अविजित अर्धशतकीय पारि खेले । उनले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अर्जुन कुमालले ४६ रनको अविजित पारी खेले । उनले २९ बलमा ९ चौका प्रहार गरे ।  त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८.४ ओभरमा १०२ रन बनाउँदा अल आउट हुन पुग्यो ।  ओपनर इशान पाण्डे शुन्यमै पेभिलियन फर्किए । कृष कार्की ४ रनमा क्याच आउट भए । उत्तम रंघु थापा मगर १८ रनमा क्याच आउट भए । उनले १७ बलमा ४ चौका प्रहार गरे । दिनेश बुढामगर ४ र अभिषेश थापा १४ रनमा आउट भए । अशोक पौडेल ६ रन बनाउँदा दिपक केवत १७ रनमा बोल्ड भए । उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । चन्द्रकान्त पौडेल १ रनमै एल्बी डब्लु भए । सन्दिप पराजुली ७ रनमा आउट भए ।  गण्डकीका लागि कृष्ण पौडेलले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अमृत गुरुङले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ तथा नारायण जोशीले ३.४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । सुदिप अर्यालले १ विकेट लिए । गण्डकीको यो दोस्रो जित हो ।  यस अघि गण्डकीले चितवनलाई ४ विकेटले हराएको थियो । ग्रेट हिमालयको यो दोस्रो हार हो । यस अघि हिमालयन क्रिकेट एकेडेमीसंग २ विकेटको हार व्यहोरेको थियो ।  सोही समूह तर्फ बुधबार भएको दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले ६ विकेटको जित हात पारेको छ ।  ११९ रनको विजयी लक्ष्य पछ्याएको हिमालयनले १२.४ ओभरमा ४ विकेट गुमाउँदै ११९ रन बनायो ।  हिमालयनको जितमा दिपक बोहोराले ८० रनको अविजित उत्कृष्ट पारी खेले । उनले ४८ बलमा ८ चौका र ५ छक्का प्रहार गरे । ओपनर दिपक बोहोरा ‘बि’ १० रनमा आउट भए । खडक बोहोराले १२, सोनु देवकोटाले २ र हिमाल दौल्याल १० रनमा आउट भए । अर्का दिपक बोहोरा शुन्यमा नटआउट रहे । चितवनका लागि दिपेश श्रेष्ठले २ तथा किरण गुरुङ र विशाल खत्रीले १÷१ विकेट लिए ।  त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवन क्रिकेट क्लब १८.१ ओभरमा ११८ रनमा अलआउट हुन पुग्यो । ओपनर गोविन्द विक ७ रनमा बोल्ड भए । सुर्यान्सु कोइराला १ रनमा क्याच आउट भए । आशुतोष घिरैयाले अर्धशतकीय इनिङ खेल्दै क्याच आउट भए ।  उनले ४१ बलमा ६ चौका र २ छक्काको मद्धमा अर्धशतक बनाए । प्रतिक श्रेष्ठ ३८ रनमा क्याचआउट भए । उनले २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । विवेक राना मगर ५ र गौतम केसी १ रनमा क्याच आउट भए । रोशन झा २, दिपेश श्रेष्ठ ३, कमल परियार ८, विशाल खत्री १ रनमा आउट भए ।  हिमालयनका लागि प्रकाश जैशीले ४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भए । दिपक चन्दले ३ तथा प्रतिश जिसी र दिपक बोहोरा ‘बि’ ले १÷१ विकेट लिए । हिमालयनको यो दोस्रो जित हो भने चितवनको यो दोस्रो हार हो ।  समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयनको समान ४–४ अंक रहेको छ । सेमीफाइनल प्रवेशका लागि भोलि यि दुइ टिम भिड्ने छन भने चितवन र ग्रेट हिमालयनको भने अन्तिम चारको सम्भावना सकिएको छ । भोलि चितवन र ग्रेट हिमालय बिच प्रतिष्ठाको खेल हुनेछ ।