पोखरामा लागूऔषधसहित एक युवा प्रकाउ
पाेखरा | साउन १६, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवालाई प्रकाउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका ८ ईन्द्रुरी टोल बस्ने ३७ वर्षीय दिक्षित तुलाचनलाई लागूऔषधसहित प्रकाउ गरेको हो ।
प्रहरीले तुलाचनको कोठामा खानतलासी गर्दा ब्राउस सुगर जस्तो देखिने पदार्थ ८ ग्राम, ब्रुफिनुर्फिन ३७ एम्पुल, डाईजापाम ७० एम्पुल, फेनेरागन ६७ एम्पुल गरी २ सय ४ एम्पुल र ४ सय ७० ग्राम लागूऔषध गाँजा, नाईट्रोभ्याट ३सय ५ ट्याब्लेट, डिजिटल तराजु २ थान र मोबाईल १ थान सहित प्रकाउ गरेको हो ।
प्रकाउ परेका युवालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ५ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

