बालयौन शोषण आरोपमा चाइल्ड केयरका संचालक पक्राउ

काठमाडाैं | साउन २९, २०८०

बालयौन शोषण आरोपमा चाइल्ड केयरका संचालक पक्राउ

ललितपुर:  बालयौन शोषण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा  ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका संचालक हुम्ला सिमिकोट गाउँपालिका–६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढा रहेका छन् ।

 

बुढाले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरूपयोग गरेको र बालिकाले त्यस्तो नर्गन आग्रह गर्दा कुटपिट तथा शारीरिक यातनासमेत दिएको उजुरीमा उल्लेख छ ।

 

सोही उजरीको आधारमा  प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ भने बुढामाथि जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्