पोखरामा ४ वर्षपछि भेटियो दुई नयाँ लागूऔषध
डाईजापाम, फेनेरागन र नुर्फिन बढी नियन्त्रणमा
पाेखरा | साउन ३१, २०८०
पोखरा: लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरीले वर्षेनी लागूऔषध ओसारपोसार गरेको भन्दै लागूऔषधसहित कास्कीमा विभिन्न व्यक्तिहरुलाई प्रकाउ गर्छ ।
विशेषगरी प्रतिबन्धित गाँजा, चरेस, ब्राउन सुगर, डाइजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित विभिन्न व्यक्तिहरुलाई प्रकाउ गरेको गएको चार आर्थिक वर्षको रेकर्ड जिल्ला प्रहरी कार्यालय कास्कीसँग छ ।
गएको चार आर्थिक वर्षमा लागूऔषध नियन्त्रण ब्यूरो र कास्की प्रहरीले गाँजा, चरेश, ब्राउन सुगर, डाईजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित विभिन्न व्यक्तिहरुलाई प्रकाउ गरेको रेकर्ड छ । तर गत आर्थिक वर्ष कास्की प्रहरीले पोखराबाट एलएसडी र एम्फेटामाईन नयाँ लागूऔषधसहित एक विदेशी नागरिकसहित दुईजनालाई पोखराको लेकसाइडबाट प्रकाउ ग¥यो ।
पोखराको लेकसाइडबाट एक विदेशी नागरिकसहित प्रकाउ परेका दुईजनाको साथबाट बरामत भएको एलएसडी र एम्फेटामाईन चार वर्षयताकै नयाँ लागूऔषध भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् श्रवणकुमार विकले जानकारी दिए ।
‘कास्कीमा लागूऔषध नियन्त्रण ब्यूरो र कास्की प्रहरीले गाँजा, चरेश, ब्राउन सुगर, डाईजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित प्रकाउ गरेको रेकर्ड छ’, डीएसपी विकले भने, ‘अघिल्लो वर्षमा यस्तो लागूऔषध भेटिएको थिएन, गत आर्थिक वर्षमा एलएसडी र एम्फेटामाइन भेटिएको छ, अहिले मुद्धा चलिरहेको छ ।’
उनका अनुसार प्रहरीले गत आर्थिक वर्ष एलएसडी २६ पिस र एम्फेटाईन लागूऔषध ४ सय ग्रामसहित दुईजनालाई प्रकाउ गरेको हो ।
कुन आर्थिक वर्षमा कति कुन लागूऔषध प्रहरीको नियन्त्रणमा ?
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएको चार आर्थिक वर्षमा सबैभन्दा बढी डाईजापाम, फेनेरागन र नुर्फिन बढी फेला परेको छ । कास्की प्रहरीले आर्थिक वर्ष ०७८÷०७९ मा १३ हजार १ सय ६१ एम्पुल लागूऔषध नियन्त्रणमा लिएको थियो । भने ०७६÷७७ मा ८ हजार ४ सय ६७ एम्पुल, ०७७÷७८ मा ८ हजार १ सय ३३ र गत आर्थिक वर्ष ७ हजार ८ सय ५ एम्पुल लागूऔषध बरामत गरेको थियो ।
गाँजा– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०७६/०७७ मा ३५ किलो ६सय ८७ ग्राम, ०७७/७८ मा ७२ किलो ५ सय ५१ ग्राम, ०७८/०७९मा १ सय १९ केजी ४० ग्राम र गत आर्थिक वर्ष ०७९/८० मा ४१ केजी ३ सय ३६ग्राम गाँजा बरामत गरेर नष्ट गरेको जनाएको छ ।
यस्तै, चरेश– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष ०७६/०७७ मा चार वर्ष यताकै बढी १८ केजी ७ सय ६९ केजी चरेश नियन्त्रणमा लिएको थियो । प्रहरीले आर्थिक वर्ष ०७७/०७८ मा ९ सय ग्राम, ०७८/०७९ मा २ किलो ६सय ९१ ग्राम र गत आर्थिक वर्ष ३ केजी ३ सय ग्राम चरेश बरामत गरेर नष्ट गरेको जनाएको छ ।
ब्राउन सुगर– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष ०७८/०७९ मा चार वर्ष यताकै बढी ९३ ग्राम ६सय ६२ ग्राम ब्राउन सुगर नियन्त्रण लिएको थियो । यस्तै २०७६/०७७ मा ४० ग्राम ३ सय ६६ मिलिग्राम, ०७७/०७८मा ८७ ग्राम र गत आर्थिक वर्ष ०७९/०८० मा ८५ ग्राम ७ सय ३४ मिलिग्राम नियन्त्रण लिएको कास्की प्रहरीले जनाएको छ ।
यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष भने चार वर्ष यताकै नयाँ लागूऔषध एलएसडी २६ पिस र एम्फेटामाईन ४ सय ग्राम बरामत गरेको थियो ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...

